Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ग्लास्गोको ज्वरो : आमा बिरामी भए बच्चाको हालत के हुन्छ?

बढ्दो तापक्रमको परिणामबारे यसरी सोच्न सकिन्छ : जब हाम्रो शरीरको तापक्रम एक डिग्रीले बढ्छ, हाम्रो शरीर थाक्न थाल्छ र हामीलाई ज्वरोले सताउँछ। पृथ्वीको वायुमण्डलको तापक्रम आधा वा एक डिग्रीले बढेसँगै ध्रुवीय तथा अन्यत्रका हिमनदीहरू पग्लन थाल्छन् र मौसममा नाटकीय परिवर्तनहरू सुरु हुन्छ।

nepal_readers nepal_readers
कार्तिक २३, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हरितगृह ग्यासले सूर्यको तापलाई पृथ्वीको सतहबाट परावर्तन गर्नबाट रोक्छ, जसले गर्दा वायुमण्डल तातो हुन्छ। त्यसैले वायुमण्डलीय तापक्रममा भएको वृद्धिलाई रोक्नका लागि हरितगृह ग्यास उत्सर्जन (ग्रिनहाउस ग्यास उत्सर्जन) लाई पूर्णतया शून्यमा झार्ने प्रयास भइरहेको छ।

    स्कटल्याण्डको ग्लास्गोमा विश्व जलवायु सम्मेलन अघिल्लो आइतवारदेखि जारी छ। सन् १९९५ देखि हरेक वर्ष हुने यस्तो जलवायु सम्मेलनलाई ‘कन्फरेन्स अफ पार्टीज् सम्मेलन’ वा कोप सम्मेलन भनिन्छ। २६औँ वार्षिक सम्मेलन भएकाले यस वर्षको सम्मेलनलाई कोप–२६ नाम दिइएको छ। यस ग्लास्गो सम्मेलनले जलवायु परिवर्तन रोकथामसम्बन्धी पेरिस सम्मेलन २०१५ मा गरेका प्रतिबद्धताहरूलाई शुनिश्चित गर्नेछ।

    विश्व मौसम विज्ञान संगठनको अनुमानअनुसार गत वर्ष बाढी र आँधीजस्ता प्राकृतिक प्रकोपका कारण भारतलाई ८७ अर्ब डलर र चीनलाई २३८ अर्ब डलरको नोक्सान भएको थियो। यस्ता प्राकृतिक प्रकोपको बढ्दो खतरालाई ध्यानमा राख्दै ग्लास्गो जलवायु सम्मेलनलाई मानवजातिको सुरक्षाको अन्तिम उपायका रूपमा हेरिएको छ। सो सम्मेलनमा विश्वका सयभन्दा बढी नेता पुगेका छन्।
    करिब ६० लाख जनसंख्या भएको शहर ग्लास्गोमा विश्वभरका ३० हजारभन्दा बढी राजनीतिज्ञ, कूटनीतिज्ञ, गैरसरकारी संस्था र वातावरणविद्हरू भेला भएका छन्। सुरक्षाका लागि १० हजारभन्दा बढी प्रहरीहरू परिचालन गरिएको छ। सम्मेलनमा जानेहरूको संख्या धेरै भएपछि त्यस शहरमा कोठा अभावका कारण कति मानिसहरू पालमा पनि बस्नुपरेको छ।

    ग्लास्गो जलवायु सम्मेलनका दुई मुख्य लक्ष्यहरू छन्ः पहिलो लक्ष्य– द्रुत गतिमा बढ्दो वायुमण्डलीय औसत तापक्रमलाई औद्योगिक क्रान्तिअघिको औसत तापक्रमभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि हुन नदिनु। अर्थात् आजको वायुमण्डलको औसत तापक्रम २०० वर्षअघिको वायुमण्डलको औसत तापक्रमको तुलनामा १.५ डिग्रीभन्दा बढी हुन नदिनु हो। वायुमण्डलको औसत तापक्रम २०० वर्षअघिको तुलनामा आज १.१ डिग्रीले बढेको छ र सोही दरमा हरितगृह ग्यास निस्कने हो भने तापक्रम २.७ डिग्रीसम्म बढ्न सक्छ।

    पर्यावरणमा क्षति

    वायुमण्डलीय तापक्रमको हालको वृद्धिदर हामीलाई एकदमै सामान्य लाग्न सक्छ। तर यस्तो वृद्धि पृथ्वीको वातावरणको लागि धेरै खतरनाक छ। बढ्दो तापक्रमको परिणामबारे यसरी सोच्न सकिन्छ : जब हाम्रो शरीरको तापक्रम एक डिग्रीले बढ्छ, हाम्रो शरीर थाक्न थाल्छ र हामीलाई ज्वरोले सताउँछ। पृथ्वीको वायुमण्डलको तापक्रम आधा वा एक डिग्रीले बढेसँगै ध्रुवीय तथा अन्यत्रका हिमनदीहरू पग्लन थाल्छन् र मौसममा नाटकीय परिवर्तनहरू सुरु हुन्छ। अर्थात् ‘ज्वरो’ले पृथ्वी रोगी वा बिरामी हुन्छ। पृथ्वी नै बिरामी भएपछि त्यहाँ बस्नेको हालत के होला? आमा नै बिरामी भएपछि बच्चाको अवस्था के होला?

    बढ्दो तापक्रमको यो ‘ज्वरो’बाट पृथ्वीलाई बचाउन निर्माण कार्य र जीवनशैलीमा परिवर्तन ल्याउनु सम्मेलनको दोस्रो लक्ष्य हो। कार्बनडाइअक्साइडजस्ता ग्यासहरू उत्सर्जन गर्ने जैविक इन्धनको प्रयोग रोकेर सौर्य, वायु र हाइड्रोजनजस्ता नवीकरणीय ऊर्जाका स्रोतहरू अपनाएर जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ।

    मिथेन ग्यास निस्कने पशुपालनलाई कम गर्न पशुको मासु खपत घटाउने र भारतजस्ता विकासोन्मुख देशहरूमा जैविक इन्धन र मासुको खपत कम गर्न सफा प्रविधि र आर्थिक अनुदान उपलब्ध गराउन सकिन्छ। यी लक्ष्यहरू प्राप्त गर्न विश्वका देशहरूले स्वेच्छिक रूपमा पेरिस सम्मेलन २०१५ देखि हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा घटाउने र यसका योजनाहरू घोषणा गर्दै आएका छन्।
    उत्सर्जनको मात्रा र तिनलाई अवशोषित गर्ने रूखहरूबीच सन्तुलन कायम गर्नु नै हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्नु हो। यसलाई ‘नेट जीरो’ भनिन्छ। नेट जीरो हासिल गर्ने देशले आफ्नो जमीनमा रहेका रुख वा ग्यास अवशोषण गर्ने मेसिनले सोस्ने जति हरितगृह ग्यासहरू वायुमण्डलमा छोड्छ।

    को जिम्मेवार?

    कार्बनडाइअक्साइड, कार्बन मोनोअक्साइड र मिथेन जस्ता हरितगृह ग्यासहरूले सूर्यको तापलाई पृथ्वीको सतहबाट परावर्तन गर्नबाट रोक्छ, जसले गर्दा वायुमण्डललाई न्यानो बनाउँछ। त्यसैले हरितगृह ग्यास उत्सर्जनलाई पूर्णतया शून्यमा ल्याउने प्रयास भइरहेको छ। यस कार्यका लागि औद्योगिक विकासका कारण तापक्रम वृद्धि गरेका देशहरूबाट नै पहल हुने अपेक्षा गरिएको छ। यसमा अमेरिका र युरोपका देशहरूसहित चीन र जापानको नाम अगाडि आउँछ। ऐतिहासिक रूपमा, अमेरिका, युरोप, रुस र जापान हरितगृह ग्यास उत्सर्जनमा अग्रस्थानमा छन्। तर अहिले चीनले सबैलाई पछाडि पारेको छ।

    वायुमण्डलमा निस्किने हरितगृह ग्यासको २७ प्रतिशत चीन एक्लैले उत्सर्जन गर्छ। अमेरिकाले अहिले आफ्नो उत्सर्जन ११ प्रतिशतमा झारेको छ। युरोपियन युनियनका २७ देशले कुल ७ प्रतिशत, भारतले ६.६ प्रतिशत, रुसले ३.१ प्रतिशत, ब्राजिलले २.८ प्रतिशत र जापानले २.२ प्रतिशतभन्दा कम उत्सर्जन गर्छन्। चीनको कोइला पावर प्लान्ट, स्टिल कारखाना र सवारी साधनहरूबाट निस्कने हरितगृह ग्यासहरू हिमालयका हिमनदीहरूका लागि घातक सावित हुन सक्छन्।

    हिमालयबाट निस्कने गंगा, यमुना, सतलज र ब्रह्मपुत्रजस्ता नदीहरू निरन्तर बगिरहन्छन्। चीनबाट निस्कने उत्सर्जनले हिमालय वन र नेपाल तथा भारतको मनसुनमा पनि असर पार्न सक्छ, जसले यहाँ प्राकृतिक प्रकोप बढाउन सक्छ। विश्वका आधाभन्दा बढी कोइला पावर प्लान्टहरू चीनमा मात्रै छन्। यो विश्वको सबैभन्दा ठूलो स्टिल उत्पादक पनि हो। स्टिल कारखाना पनि कोइलाबाटै चल्छन्।

    भारत तेस्रो ठूलो हरितगृह उत्सर्जन गर्ने देश हो। प्रतिव्यक्ति उत्सर्जन अझै न्यून रहेको तर्क गर्ने भारत ‘नेट शून्य’को लक्ष्य प्राप्त गर्न अझै तयार छैन। तर सन् २०३० सम्म भारतले सन् २००५ को तुलनामा भारतले आफ्नो उत्सर्जन एक तिहाइले घटाउने, नवीकरणीय ऊर्जाबाट ४०% बिजुली उत्पादन गर्ने र कार्बन शोषण गर्न लाखौं रूखहरू रोप्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    अन्य देशका प्रतिबद्धताहरू

    यस सम्मेलनमा बेलायत, अमेरिकाजस्ता मुलुकहरू कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने कुरामा सहमत भएका छन्। ती देशहरूले नेपालजस्ता विकासोन्मुख मुलुकमा स्वच्छ ऊर्जा उत्पादन र वनजङ्गलको संरक्षणमा अन्य मुलुकलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। आफ्ना आणविक भट्टीलाई रोक्न नसक्ने भित्री मनसायमा पुगेका विकसित राष्ट्रहरूले पनि नेपालजस्ता वनजङ्गल संरक्षण गरेका मुलुकलाई आगामी दिनमा थप सहयोग गर्ने बताएका छन्।

    सम्मेलनमा नेपालले सन् २०४५ भित्र ‘शून्य उत्सर्जन’मा पुग्ने लक्ष्य लिएको उल्लेख गरेको छ। ग्लास्गो सम्मेलनलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०३० भित्र कूल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्ति सुनिश्चित गर्ने बताए। देउवाले नेपालको ४५ प्रतिशत भूखण्ड वन क्षेत्रले ढाक्ने पनि उल्लेख गर्नुभएको थियो। नेपालको वनक्षेत्रले कुल १ अर्ब १० करोड ८४ लाख ७० हजार मेट्रिक टन कार्बन सञ्चित गरेको बताइन्छ।

    त्यतिमात्रै होइन, नेपाली अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउने योजनासहितको राष्ट्रिय जलवायु योजना (एनडिसी) समेत नेपालले पेस गरेको छ। हालसम्म नवीकरणीय ऊर्जासँग सम्बन्धित आयोजनाको सञ्चालनबाट उत्पादन भएको कार्बन बिक्रीबाट नेपाललाई दुई करोड २६ लाख २४ हजार ८०८ दशमलव ९७ अमेरिकी डलर आम्दानी भएको छ।

    हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि यो सम्मेलन कति सफल रहला, त्यो त भविष्यले बताउनेछ। तर आजैका दिनबाट हामीले आफ्नो बालबच्चा र पृथ्वीको भविष्यको बारेमा सोच्ने हो भने हामी आफैँले एक्सन लिनु जरुरी छ। पानीको मूलहरूको संरक्षण, कम पानीको प्रयोग, कम उपभोग्य सामानको प्रयोग, पशुजन्य सामग्री (दुध, माछामासु)को कटौती, पेट्रोल–डिजलवाला गाडीहरूको कम प्रयोग, त्यसको सट्टा साइकलको प्रयोग या इलेक्ट्रिक सवारी साधनको प्रयोग, जल र जमिनको कम दोहन गर्नु आवश्यक छ। यो पृथ्वी जोगाउने जिम्मा हाम्रै हो किनकि पृथ्वी बिरामी भए हामी कहाँ जाने?

    (एजेन्सीको सहयोगमा नेपाल रिडर्स।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.