Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गोर्खा सैनिकको विरगाथाः छायाँमा छुटेका महिलाका कथा

आजका युवालाई आफ्नो इतिहास र संस्कृतिको संरक्षण गर्न सिक्नुपर्छ भन्न चाहन्छु। जीवनका धेरै पाटोहरू छन्, त्यसमा खासगरी आफ्नो संस्कृति र सम्पत्तिको संरक्षण गर्न जतिसक्दो सीपको प्रयोग गर्नुपर्छ।

मेनुका बस्नेत मेनुका बस्नेत
मंसिर १५, २०८०
- यो हप्ता, समाज, सँस्कृति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सानैदेखि आफ्ना बज्यै र बाजेहरूबाट पल्टनको कथा सुन्दै हुर्केकी सुजना श्रीसको मनमा गोर्खा सैनिकको इतिहासमा महिलाहरूको योगदानबारे उत्सुकता जाग्न थाल्यो। बाजेहरू पल्टन जाँदा घरमा एक्लै बालबच्चा तथा घरधन्दाको जिम्मेवारी निर्वाह गरेका, कहिलेकाहीँ बाजेसँगै पल्टनतर्फ लागेका वा लडाइँमा गएका श्रीमानको अवस्था कस्तो हुने हो भन्ने चिन्तामा कयौं रात बिताएका बज्यैहरूका कथाले सुजनाको मन छोइरहन्थ्यो। युद्ध र लडाइँ भन्नेबित्तिकै पुरुष योद्धाहरूको चित्र मानसपटलमा आउँछ। तर के कुनैपनि युद्धमा महिलाहरूको योगदान छैन होला त ? यस्तै प्रश्नको उत्तर खोतल्दै जाने क्रममा सुजनाले आफ्नी बज्यै जस्तै गोर्खा सैनिकका श्रीमतीहरूको कथा सुन्ने निधो गरिन्। यसका लागि एउटा टिम तयार गरेर धरान, गोरखा, पोखरा, बाग्लुङ, भार्से (गुल्मी) र बुटवलका आमाहरूसँग भेटघाट तथा कुराकानी गरिन्।

    कला प्रदर्शनी तथा आर्टस् सम्बन्धि काम गरिसकेकी सुजनाले सन् २०२० मा फिल्ड रिसर्च गरिसकेपछि २०२२ मा विभिन्न ठाउँ पुगेर यो परियोजनालाई फेरि निरन्तरता दिएकी थिइन्। आफूले गरेका अनुसन्धान, भेटघाट र कुराकानीलाई संकलन गरी उनले कलामार्फत गोर्खाको विरगाथाबारे निर्मित भाष्यमा छुटेका महिलाको योगदानलाई साझा गर्ने जमर्को गरिन्। गोर्खा इतिहासमा महिलाको भूमिका सम्बन्धि फोटो तथा भिडियो प्रदर्शनमा राखिन्।

    बबरमहलस्थित नेपाल आर्ट काउन्सीलमा श्रीस क्रिएटिभ आर्टस् इनिसिएटिभको आयोजना र द ब्रिटिस कलेज, भर्सेली गोर्खा समाज तथा गोर्खा वेलफेयर ट्रस्ट (नेपाल) बीचको सहकार्यमा प्रदर्शनी यसै साता सम्पन्न भयो। मंसिर ९ देखि १३ गतेसम्म भएको प्रदर्शनीमा भूतपूर्व तथा वर्तमान गोर्खा सैनिकहरूका परिवार, कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरूले गोर्खा सैनिकका श्रीमतिहरूका फोटो, भिडियो, उनीहरुका कथा र उनीहरूसँग सम्बन्धित पोशाक, गहना लगायतको अवलोकन गरेका थिए।

    प्रदर्शनीमा आएकाहरूले उनको कामको प्रसंशा गरिरहेका थिए भने उनी आगन्तुकहरूका जिज्ञासाको जवाफ दिन व्यस्त थिइन्। गोर्खा सैनिकहरूका ऐतिहासिक अभिलेखहरूमा महिलाहरूको योग्यता र पहिचानलाई मान्यता नदिएको पाएपछि आफूले यस परियोजना थालेको उनको भनाई छ। प्रदर्शनीका लागि ५२ वटा तस्बिर, १८ वटा चित्रकला र केही भिडिओहरू राखिएका थिए। अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरिसकेकी सुजना श्रीस क्रिएटिभ आर्ट्स  इनिसिएटिभ प्रा. ली. का संस्थापक हुन्। उनले कला र चलचित्रसम्बन्धि विभिन्न कामका साथै रेडियो प्रस्तोताको रुपमा अनुभव संगालीसकेकी छिन्।

    प्रदर्शनीकै क्रममा सुजनासंग नेपाल रिडर्सले गरेको कुराकानीको सम्पादित अंश:

    हाम्रो हजुरबुवाहरू ब्रिटिश इण्डिया आर्मीमा हुनुहुन्थ्यो। बाजेहरूले दोस्रो विश्वयुद्ध पनि लड्नुभयो। म सानैदेखि लाहुरेका कथाहरू सुन्दै हुर्केको हुँ। बाबा भने सरकारी अधिकृत हुनुहुन्थ्यो।

    हरेक मान्छेको पहिचान हुन्छ। मैले गोर्खा महिलाहरूको पहिचान र अस्तित्व के छ, गोर्खा सैनिकको इतिहासमा महिलाहरूको योगदान के छ भनेर खोज्ने क्रममा सन् २०१८ मा केही अन्तर्वार्ताहरु गरेँ। त्यसबेला प्रदर्शनका क्रममा एकजना १०२ वर्षे बज्यै आफैं आफ्नो पोट्रेट हेर्नका लागि आउनुभयो। यो कुराले मलाई भावनात्मक रुपमा छोयो। आफ्नो कथा र चित्र हेर्नका लागि १०० वर्ष उमेर नाघिसकेको आमा आफैं आउनु एउटा मान्छेका जीवनमा पहिचान कत्तिको महत्वपूर्ण रहेछ भन्ने अर्थमा बुझ्नु पर्ने कुरा हो। यसले मलाई यो विषयमा थप काम गर्ने प्रेरणा दियो र यो प्रोजेक्ट तयार भयो।

    उहाँहरू जीवनभरी लाउरेको बुढी या लाउरेनी भनेर चिनिनु भयो। उहाँहरूको पहिचान भनेकै कसैकी श्रीमती, कसैकी छोरी/बुहारी र कसैकी आमा हुने गथ्र्यो। तर उहाँहरूको पनि आफ्नै पहिचान छ नि, आफ्नै कथा छ। हामीलाई भेटेर कुरा गर्न खोज्दा उहाँहरू ‘म त बुढी भइसके’, ‘मेरो के छ र ?’ जस्ता जवाफ दिनुहुन्थ्यो। कतिजनाको श्रीमान बितिसक्नुभएको थियो।

    सामान्यतया रिसर्च गर्दा संस्थाहरूमा फन्ड हुन्छ, रिसर्चर हायर गरिन्छ र काममा खटाउने गरिन्छ। यसो गर्दा रिसर्चर र सहभागीहरू व्यक्तिगत रुपमा जोडिन सकेका हुँदैनन्। तर यो प्रोजेक्टमा म आफै संलग्न थिएँ। धेरै बज्यैहरूलाई भेट्दाखेरी एकदमै भावुक पनि भएँ। अन्तरवार्ताका लागि आएको भन्दा सुरुमा त उहाँहरूले बाजेलाई भेट्न आएको होला भन्ने नै सोच्नुहुन्थ्यो।

    उहाँहरू जीवनभरी लाउरेको बुढी या लाउरेनी भनेर चिनिनु भयो। उहाँहरूको पहिचान भनेकै कसैकी श्रीमती, कसैकी छोरी/बुहारी र कसैकी आमा हुने गथ्र्यो। तर उहाँहरूको पनि आफ्नै पहिचान छ नि, आफ्नै कथा छ। हामीलाई भेटेर कुरा गर्न खोज्दा उहाँहरू ‘म त बुढी भइसके’, ‘मेरो के छ र ?’ जस्ता जवाफ दिनुहुन्थ्यो। कतिजनाको श्रीमान बितिसक्नुभएको थियो।

    जब कुरा सुरु हुन्थ्यो, उहाँहरू पल्टकनै कुरा गर्न थालिहाल्नुहुन्थ्यो। यसको अर्थ उहाँहरूमा पनि भन्नका लागि धेरै कुरा रहेछ नि ! मलाई पनि पहिले बज्यैहरूले कति कुरा सुनाइरहनुहुन्थ्यो। तर ती सामान्य जस्तै लाग्थ्यो। उहाँहरूको पनि त्यस्तै होला जसलाई सुनाउनुहुन्थ्यो, उसलाई सामान्य लाग्थ्यो होला। उहाँहरूले सुरुमै पल्टनको कुरा गर्दा कसलाई सुनाउँ जस्तो भएको थियो कि झै लाग्ने। अन्तरवार्ताका क्रममा भएका यी भेटघाटहरू रमाइला थिए। 

    अचेल लाहुरेको श्रीमती भन्नेबित्तिकै उच्चस्तरको रहनसहनको परिकल्पना गर्ने गरिन्छ। तर पहिले त्यस्तो थिएन। सानैमा बिहे हुने, पढाईलेखाई हुन्थेन, कमाई पनि खासै थिएन। सन् १९४७ मा बेलायतले भारत छाडेर जाने बेलामा गोर्खा व्रिगेडलाई भारत र बेलायतका विच विभाजन गर्ने सहमति भयो। त्यतिबेला व्रिगेडहरु विभाजन गरेपनि लाहुरेहरुलाई कता जाने भनेर रोज्न लगाइएको थियो रे। ब्रिटेनमा भन्दा पनि भारतमा बस्दा कमाई राम्रो हुने र सांस्कृति पनि मिल्दोजुल्दो भएकाले भारत बस्न खोज्थे रे लाहुरेहरू। अहिले त सामाजिक – आर्थिक दृष्टिकोणबाट धेरै परिवर्तन भएको छ। हाम्रो बज्यैहरू अहिलेका लाहुरेनीलाई धेरै राम्रो छ भन्ने गर्नुहुन्थ्यो।

    उतिबेला सानैमा विवाह हुने भएकाले लाहुरेसँग विवाह गर्न पाउँदा बज्यैहरू भन्दा पनि परिवार खुशी हुने रहेछन्। नेपालको इतिहासमा कुनै समय गोर्खाकै रेमिटेन्सबाट नेपालको अर्थतन्त्र धानेको पनि पढेको छु। त्यतिबेला त पैसा भएर घर बनाउनु नै पनि ठूलो कुरा थियो।

    हाम्रो पहाड गुल्मी हो, त्यो ठाउँका प्राय सबै घरबाट एक – एक जना लाहुरे भएकै थिए। हाम्रो जिजु पनि गल्ला हुनुहुन्थ्यो। त्यो भनेको गाउँ गाउँमा गएर लाहुरे छान्ने व्यक्ति हो। बाजे लाहुरे नभएको भए हाम्रो माइग्रेसन नै हुँदैन थियो। यो पृष्ठभूमि नभएको भए हामी गाउँतिरै हुन्थ्यौँ होला। मेरो ममी पनि धनकुटाको राईको छोरी हो।

    वृद्ध आमाहरूको अन्तरवार्ता गर्नुपरेकाले उहाँहरूबाट आफूलाई चाहिएको जानकारी लिनसक्नु ठूलो चुनौती थियो मेरो लागि। त्यसैले मैले मेरो बाबालाई नै साथ लिएर अन्तरवार्ताका लागि गएको थिएँ। म ‘विहाइन्ड दि क्यामेरा’ मा मात्र खुल्न सक्ने मान्छे हुँ। मैले रेडियोमा काम गरेँ, तर टिभीमा गरिनँ। किनभने क्यामेरा देख्नेबित्तिकै मलाई अप्ठ्यारो लाग्छ।

    बुटवल भर्सेली समाजका व्यक्तिहरूबाट पैसा उठाएर नै मैले प्रोजेक्ट सुरु गरेको हुँ। सबै आर्टहरूलाई संग्रहित गरेर राख्यौँ भने इतिहासको संरक्षण हुने र गाउँमा आन्तरिक पर्यटनको पनि विकास हुने भएकाले हङकङमा रहनुहुने लप्टन कुलबहादुर बुढाथोकी र म लगायतबीच कुरा भएर यो ग्यालरी सुरु गरेका हौं।

    बाबाले मलाई सधैँ सम्बन्धहरु बनाइरहनमा ध्यान दिन सुझाव दिइरहनुहन्छ। हामी अन्जान मान्छे एक्कासी गएर उहाँहरूको कथा भन्न लगाउँदा उहाँहरूको कुरा आउँदैन। त्यसैले फिल्डमा जानुभन्दा अगाडि फोन गरेर एउटा वातावरण बनाउने काम गर्नुपथ्र्यो। कुनै कुनै आमाहरूको हकमा गाह्रो भयो। कहिलेकाहीँ परिवारका सदस्यले धेरै सोधखोज गर्ने गर्नुहुन्थ्यो। कतिले त कोअपरोट गर्नुभयो। कतिलाई विगतका कुराहरू स्मरण गर्न पनि गाह्रो भयो। धेरैजसो ७० वर्ष भन्दा माथिका हुनुहुन्थ्यो। कतिलाई त आफ्नो उमेर नै याद हुन्थेन। एकजना ८९ वर्षको बज्यैलाई उमेर सोध्दा उहाँले ६० वर्षको भन्नुभएको थियो।

    गुल्मीको भार्सेमा बनेको भार्से संग्राहलय मैले आर्ट सुरु गरेपछि नै स्थापित भएको हो। म मेरा आर्टहरू बेच्दिनँ। आर्ट गर्ने भनेपछि कतिले कसरी कमाएर खान्छौँ भन्ने प्रश्न पनि गर्थे। बुटवल भर्सेली समाजका व्यक्तिहरूबाट पैसा उठाएर नै मैले प्रोजेक्ट सुरु गरेको हुँ। सबै आर्टहरूलाई संग्रहित गरेर राख्यौँ भने इतिहासको संरक्षण हुने र गाउँमा आन्तरिक पर्यटनको पनि विकास हुने भएकाले हङकङमा रहनुहुने लप्टन कुलबहादुर बुढाथोकी र म लगायतबीच कुरा भएर यो ग्यालरी सुरु गरेका हौं।

    अबका प्रोजेक्ट बनाउँदा पनि कला, साहित्य र डकुमेन्ट्रीलाई एकैचोटी लिएर काम गर्ने भन्ने योजना छ। यी तीनवटा तत्वलाई सँगै लैजादा दिमाग र आँखालाई एकैचोटी ड्राइभ गर्छ। हाम्रो टिम सानो छ, बजेट र स्रोत पनि सीमित भएकाले सबै काम भनेजस्तो नभएपनि अबका दिनमा सम्भव हुँदै जानेछ भन्ने अपेक्षा छ।

    आजका युवालाई आफ्नो इतिहास र संस्कृतिको संरक्षण गर्न सिक्नुपर्छ भन्न चाहन्छु। जीवनका धेरै पाटोहरू छन्, त्यसमा खासगरी आफ्नो संस्कृति र सम्पत्तिको संरक्षण गर्न जतिसक्दो सीपको प्रयोग गर्नुपर्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मेनुका बस्नेत

      मेनुका बस्नेत

      बस्नेत नेपाल रिडर्सकी संवाददाता हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.