Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026
Thursday, June 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘श्रमिक दिवस’को शुभकामना

सरिता श्रीस सरिता श्रीस
बैशाख २०, २०७७
- समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सरप्राइज’
    तपाईंले शुभकामना पठाउनु भो
    परेडमा हिड्न उर्दी जारी नगरी
    रेडियोमा, टेलिभिजनमा
    जताततै छरिए
    ‘श्रमिक दिवस’का शुभकामना,
    म भने राहतको खोजिमा चोक-चोक,गल्ली-गल्ली भौतारिदै थिए।

    तपाईंका शुभकामना सन्देशहरु
    घन्कदै थिए रेडियोबाट, टेलिभिजनबाट
    म, ‘श्रमिक दिवश विशेष मान्छे’
    राहतको लाइनमा बसेर सुन्दै थिएँ
    सधैं झैं सुने
    ‘हाम्रा’ दिनहरु आउनेछन्
    त्यसपछि,
    तपाईंको हामीभित्र आफुलाइ खोजे,
    धेरैबेर खोजिरहे

    यसरी घोत्लिनुको कारण हो-‘हाम्रो विगत’
    ‘म’ हरु तपाईंहरुका संगतिया भएको बिगत
    संगतिया भएर लडिएको बिगत
    संगतिया भएर गरिएको उकाली-ओराली
    संगतिया भएर फेरिएको ब्यवस्था
    संगतिया भएर जितेको लडाइ

    तर,
    जब हामीले सँगै जित्यौं
    तपाईं हुलको अघि पुग्नु भो
    जहाँ पुग्नु नै थियो तपाई एकदिन
    बस! मेरो भूल यति मात्र हो कि
    म आफ्नो सपनाहरू तपाईंका कर्महरुमा खोज्न थाले
    हो,
    आफ्नो सपनाहरू तपाईंलाई सुम्पिएर भूल गरे
    बदलिदो ब्यवस्थाका कारण तपाइको ओहोदा मात्र बदलिएन,
    हाम्रो सम्बन्ध पनि बदलिएको हो
    यो सब नबुझेरै भुल गरे

    तपाईं दिने, म लिने
    तपाईं मालिक,म याचक
    थापीरहेको छु
    ‘श्रमिक दिवस’ को शुभकामना
    मानौ, तपाईंले दिनु हुन्छ र मैले थापिरहनु पर्छ ।
    यही ठानेर नै, नबुझेरै भूल गरें

    मेरो सपनाभन्दा तपाईको दुनिया ठूलो हो
    मेरो सपनाभन्दा तपाईंको दुनियाँ ठूलो हो

    ब्यवस्था फेरिदा किन पो मेरो जीवन फेरिन्थ्यो र !

    म उस्तै छु
    म मुक्त छैन
    मेरा काँधले तपाईंको शुभकामना थाम्न सकिरहेका छैनन्

    हो, प्रीयजनहरुको शुभकामना थाप्‍न असमर्थ छु यतिबेला
    आफ्नै जीवन धान्न ब्यस्त छु यतिबेला

    हाम्रा मनका खाता खोलिएकै छैनन्
    नखोलिएको खातामा तपाईंको शुभकामना राख्न सकिदैन
    ‘सरप्राइज’
    तपाईंले शुभकामना पठाइदिनु भएछ
    मेरा काँधले तपाईंको शुभकामना थाम्न सक्दैनन्
    परिवर्तित व्यवस्थामा नखोलिएको खातामा
    तपाईंको शुभकामना राख्न सकिदैन।

    मई २, २०२०

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: श्रमिक दिवससरिता श्रीस
      सरिता श्रीस

      सरिता श्रीस

      Related Posts

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      लोकसंस्कृति र मादीका विशिष्टता

      लोकसंस्कृति र मादीका विशिष्टता

      झलक सुवेदी
      बैशाख ७, २०८१

      विषय प्रवेश/परिभाषा मान्छे आफ्ना इच्छाहरूभन्दा स्वतन्त्र रहेका उपलब्ध भौतिक साधनहरूको प्रयोग गर्दै उत्पादन कार्यमा संलग्न हुन्छ, परिभाषित पद्धतिमा आबद्ध भएर...

      ओझेल परेको समताको जलवायु न्याय

      ओझेल परेको समताको जलवायु न्याय

      डा. विमल रेग्मी
      चैत्र २५, २०८०

      जलवायु परिवर्तनको त्रासदीबाट विश्वलाई जोगाउन भनी अधिकांश राष्ट्रहरूले सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिलाई पारित गरेका थिए। तर २०२३...

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      नेपाल रिडर्स
      चैत्र २२, २०८०

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल https://youtu.be/itG0btnpZUo

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      झलक सुवेदी
      चैत्र १२, २०८०

      विद्यमान उत्पादन पद्धतिमा भूमिको प्राकृतिक क्षमताको पूर्ण उपयोग भइसकेको छ। त्यही भएर पनि के कुरा अनौठो होइन भने सार्वजनिक भूमिको...

      संघीयता: राम्रो संविधान कमजोर अभ्यास – सोमत घिमिरे

      संघीयता: राम्रो संविधान कमजोर अभ्यास – सोमत घिमिरे

      नेपाल रिडर्स
      चैत्र ७, २०८०

      संघीयता: राम्रो संविधान कमजोर अभ्यास  । https://youtu.be/e5v4ojFnfQ0

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.