Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हेलो, सुन्दै हुनुहुन्छ मित्र! इरानबारे तिनीहरुले तपाईंलाई ढाँटिरहेका छन्

 एन्द्रे भिचेक  एन्द्रे भिचेक
भदौ ८, २०७५
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पश्चिमी आमसञ्चारले विश्वबारे तपाईलाई बताउने गरेका करीब सबैजसो कुरा झुट र किर्ते हुन्। के यस्तो कहिल्यै विचार गर्नु भएको छ?

    अचेल विचार गर्न थाल्नु भएको हुनसक्छ, किनकि पश्चिमा प्रोपोगण्डाको पागलपन स्पष्ट र जगजाहेर बन्दैछ। तर तिनीहरुका प्रचारले तपाईंको बनीबनाउ धारणा नभत्केको हुनसक्छ?

    यदि तपाईं युरोप, वा उत्तर अमेरिकाबासी हो भने तपाईंलाई क्युवा, भेनेज्वेला, रसिया, चिन, उत्तर कोरिया अनि इरानबारे कति भाङ् पिलाइएको छ? के तपाईं हलचल नै गर्न नसक्ने अवस्थामा पुग्नु भएको छ ? यदि तपाईं सत्य देख्न र वास्तविकताको सामना गर्न चाहनुहुन्छ भने तपाईंले त्यस्ता प्रचारवाजीलाई अब सिर्जनशील भएर बुझ्नुपर्ने हुन्छ।

    म भर्खरै तेहरानबाट फर्किएँ – विशाल इतिहास र संस्कृति भएको, म्युजियम, थिएटर, आधुनिक कलापूर्ण मुर्तिकलासहितका व्यवस्थित पार्कले भरिएको शहरबाट। तेहरान एउटा यस्तो शहर हो जहाँ उच्च प्रविधीयुक्त मेट्रो, पर्यावरणमैत्री बस मार्गहरूका साथै ग्रामिण रेल प्रणालीसहितको पूर्ण अनुदानमा सञ्चालित सार्वजनिक यातायात ब्यवस्था छ। अग्ला–अग्ला रूखहरू, शान्त चोकहरू, सुन्दर क्याफेहरू र ज्यादै शिक्षित र दयालु मानिसहरूले भरिएको एउटा शहर। एउटा यस्तो शहर जो विश्वका अति सुन्दर दश शहरमध्ये एकमा पर्नसक्छ। हुन त यो देशको राजधानी शहरलाई मात्र होइन पश्चिमाहरुले ध्वस्त गर्न चाहेका अन्य मुलुकका शहर पनि छन् तर हाल यस शहरलाई अन्यायपूर्ण र कठोर नाकाबन्दी (के बेर सैन्य आक्रमण) गरेर ध्वस्त बनाउन खोजिरहेको छ।

    अधिकाङ्श पश्चिमका मानिसहरू इरानबारे के जान्दछन् भने जे उनीहरूलाई बताईएका छन्। मेरो विचारमा आम सञ्चारका सबैजसो माध्यमहरु “इरान– एउटा अतिवादी मुस्लिम देश एक प्रकारको सिया साउदी अरेबिया” वा त्यो भन्दा खराब छ भन्ने तस्बीर प्रस्तुत गर्न चाहन्छन्। अझ खराब किन भने लण्डन र वासिङ्टनको अत्यन्तै नजिकको सहयोगी साउदी अरबले विश्वभर जस्तोसुकै अत्याचार र आतंक फैलाए पनि पश्चिममा उसका बारे केही लेख्न बोल्न पाइदैन।

    खनिज तेलबाट प्राप्त सम्पत्ति त साउदी अरब र यसैको अर्धउपनिवेश जस्तो बहराइनसँग पनि छ। तर त्यहाँ गरिबी र सम्पत्तिको भद्दा प्रदर्शनले कुम जोडेका धर्तीका सबैभन्दा सम्वेदनाहिन समाज देख्न सकिन्छ। जेद्दाह (साउदीको दोस्रो ठूलो शहर) र तेहरान दुवै शहर नियालेका मानिसहरूले प्रष्ट भिन्नता देख्नेछन्।

    इरान सारमा एक समाजवादी मुलुक जस्तो देखिन्छ। उ अन्तरराष्ट्रियतावादी पनि छ, किनकि विश्वका धेरै उत्पीडित र सङ्घर्षशील मुुलुकहरू प्रतिको उसको पूर्ण ऐक्यबद्धता रहेको छ। यहाँ मैले सिरीया, यमन वा प्यालेस्टाइन बारेमात्र भनिरहेको छैन, क्युवा र भेनेज्वेलाका साथै अन्य धेरै मुलुकहरूको समेत कुरा गरिरहेको छु। तपाईंलाई यो कुरा थाहा थिएन? अचम्म मान्नु पर्दैन; तपाईलाई पश्चिमाहरुले थाहा नदिएका नै हुन्।

    इरानको सामाजिक ब्यवस्था समाजवादी छ भन्दा पनि तपाई आश्चर्यमा पर्नु भयो होला। निशुल्क शिक्षा र स्वास्थ्य सेवा, ठूलो मात्रामा अनुदानप्राप्त सार्वजनिक यातायात र समृद्ध संस्कृति, बलियो सरकार र आशिकरूपमै भए पनि केन्द्रिय योजना ब्यवस्था छ। समाजवाद या लोककल्याणकारी राज्यमा हुने गुणहरु यिनै होइनन् र?

    विचविचमा रोकेर भएपनि वासिङटन र उसका सहयोगीहरूद्वारा लादिएको लगातारको अकल्पनीय र अन्यायपूर्ण नाकाबन्दीका बाबजुद पनि इरान गर्वकासाथ उभिने कोशिस गरिरहेकोछ र सकेसम्म आफ्ना जनताको हेरविचार गरिरहेको छ। यस्तो अकल्पनीय भोगाइका वीच पनि इरानीहरू ठग्दैनन् र चोरी गर्दैनन्। अमेरिकाले अर्को चरणको नाकाबन्दी लगाउँदा त्यहाँका जनता निरास बने र केही स्थानमा विरोधहरू पनि भए। तर इरानी जनताहरु वास्तविक अपराधी को हो चिन्दछन्। र यो पनि सत्य हो, त्यहाँको तथाकथित प्रतिपक्ष धेरैजसो अवस्थामा पश्चिमा लगानीमा सञ्चालित हुन्छ।

    धेरैजसो आगन्तुकहरू त्यहाँको स्थानीय मुद्राको परिवर्तित मुल्यबारे अनभिज्ञ हुन्छन्। म पनि त्यस्तै थिँए। प्रायजसो म ट्याक्सी भाडा तिर्नुपर्दा म चालकलाई आफ्नो वालेट नै दिने गर्छु। उसले चाहिँदो पैसा निकाल्छ र वालेट मलाई फर्काउछ। म ठगिएँ कि भनेर आफ्ना इरानी सहकर्मीहरूसँग परामर्श लिन्छु, र सधैं चालकले लिएको पैसा जायज ठहरिन्छ।

    इरानीहरू ‘दम्भपूर्ण तुजुक’ देखाउँदैनन्। उनीहरू हजारौं वर्षको संस्कृति भएको राष्ट्रको देशभक्तिपूर्ण र शिष्ट गर्व देखाउँछन्। र यसले बताउँछ की उनीहरू इतिहाशको सही पक्षमा खडा भएका छन्।

    मलाई लाग्छ ‘इरान एक कट्टर धार्मिक’ मुलुक भन्नेमा तपाईं पनि ‘एक कट्टर’ हुनुहुन्छ होला। तर साउदी अरब र इन्डोनेसियामा जस्तो यहाँ धर्म थोपरिएको छैन, झण्डा बनाइएको छैन। इरानमा धर्म एक आन्तरिक र गहिरोरुपमा स्विकारिएको पाइन्छ, जसलाई नम्रता साथ शान्त रूपमा ब्यक्त गरिन्छ। जकार्तामा प्रत्येक दिन घण्टौंसम्म लाउडस्पिकर लगाएर पूर्ण धार्मिक प्रवचन फलाकिन्छ। त्यहाँ धर्म र धार्मिक अतिवादबारे सामान्य आलोचना गर्ने आम मानिसहरूलाई जेलमा कोचिएको छ। तेहरानमा मैले विरलै अदन (धार्मिक प्रार्थनाको आह्वान) सुने। तेहरानका अधिकांश महिलाहरू साङ्केतिक रूपमा आफ्नो कपालको एक तिहाई, कतै कतै एक चौथाई भाग मात्र ढाक्दछन् र धेरै जसो भाग खुला राख्छन्।

    तर जतिसुकै आफ्ना जनता माथि जति नै निरङ्कुस ब्यवहार गरेपनि पश्चिमले कहिले पनि इण्डोनेसिया माथि नाकाबन्दी लगाउदैन वा अन्य कुनै प्रकारले उसँग वैमनश्यता राख्छ। अमेरिका निर्देशित सन् १९६५ को सैनिक कु पछि वासिङटन, लण्डन र क्यानवेराले उसको समाजवादी दिशा ध्वस्त बनाइसकेको छ र अहिले जकार्ता एक टर्बो क्यापिटलिस्ट (प्रणालीलाई सन्तुलनमा काबूमा राख्न नसक्ने र समाजिक शान्ति कायम राख्न नसक्ने पूँजीवाद), कम्युनिष्ट विरोधी जङ्क फुड र उट्पट्याङ मनोरञ्जन मनपराउने समाजमा परिणत भएको छ। त्यस देशमा सार्वजनिक केही बाँकी छैन। पश्चिमाहरूका निम्ति त्यँहाको इलाइटले लुट्नसम्म देश लुटेको छ। इन्डोनेसियामा धर्म भनेको पश्चिममुखी फासिष्ट शासन टिकाउने औजार हो।

    इरान यसको विलकुलै विपरित छ; उसको धर्मसम्बन्धी व्याख्या ‘पारम्परिक’ नै छ। पश्चिमले विश्वका अन्य भागहरुमा उसको सारपक्षलाई केही हदसम्म अपव्याख्या गर्न सकेपनि यहाँको धर्मको सार मौलिक नै छ । इरान समाजवादी, दयालु, आत्मिक र हो –अन्तरराट्रियतावादी पनि छ।

    जेद्दाह र जकार्तामा घरबाहिर खाना खान जानु सांस्कृतिक जीवनको समृद्धताको एक परिचायक (शहरको आनन्द लिने उपाय पनि) हो। यसका साथै तेहरानमा उच्च स्तरका आर्ट फिल्महरू (इरानी सिनेमाहरू संसारमा उत्कृष्ट र बौद्धिक सिनेमा भित्र पर्दछन्), विश्वस्तरीय म्युजियमहरू र ग्यालेरीहरू, विशाल सार्वजनिक स्थलहरू र सुन्दर पार्कहरू सहित प्रशस्त खेलकुद र मनोरञ्जनका सुविधाहरू उपलब्ध छन्। तपाईं चिनिया मार्शलआर्टसम्बन्धी सिनेमा हेर्न चाहनुहुन्छ भने सिनेमा म्युजियम भन्ने ठाउँ गए हुन्छ। तपाईंलाई चेखव वा टेनेसी विलियमका नाटक हेर्ने मन छ भने ती पनि हेर्न पाइन्छन् तर तपाईले केही फारसी भाषा त बुझ्नै पर्छ।

    तपाईं कारमा यात्रा गर्न चाहनुहुन्छ भने निश्चय नै तपाईं विरक्तलाग्दो सवारी जाममा फस्न सक्नुहुन्छ, रियाद र जकार्तामा जस्तै। तर आरामसाथ यात्रा गर्ने हो भने सुपथ मुल्यमा आधुनिक मेट्रो प्रणालीबाट शहर भरी घुम्न सक्नुहुन्छ। पदमार्गबाट पनि शहर घुम्न सक्नुहुन्छ, सडकपेटी र सडक बिचको खोंचबाट उम्रिएका अग्ला–अग्ला रूखहरूको शीतल खादैं।

    यस बाहेक तपाईंलाई बताइएको हुन सक्छ, त्यहाँ महिलाको आँखामा हेर्नु हुन्न, हेरियो भने ढुङ्गाले हानी हानी मारिने छ। तर तेहरानमा जताततै जोडीहरू (श्रीमान श्रीमति) एक अर्काका हात समाएर हिडिरहेको देख्न सकिन्छ। कहिंकहीं रिसाएका केटीहरूले आफ्ना पुरुषसाथिलाई माया गरेर वा रिसाएरै गालामा थप्पड लगाइरहेको देख्न सकिन्छ।

    “यहाँ आउने युरोपेलीहरू केही सिक्न चाहदैनन् । पहिलो पटक इरान आइपुग्नेहरू पनि एयरपोर्टमा ओर्लने बित्तिकै सरासर मेरो गाडी भित्र पस्छन् र भाषण गर्छन् र मलाई मेरै देशबारे पढाउन सुरु गर्छन् । सुनाउनलाई उनीहरूसँग एउटै कथा हुन्छ, इरानको आलोचनाको एउटै कथा । तिनीहरुका कुरामा कुनै विविधता र भिन्नता छैन । उनीहरू सबै एकै किसिमले रट लगाउने गर्छन् भने कसरी आफूलाई प्रजातान्त्रिक मुलुकका भन्न सक्छन् ?”

    तर, तपाईंले यस्तो देख्नु नै भयो पनि विश्वास नलाग्न सक्छ, किनकि धेरै ढिलो भइसक्यो, हाम्रा दिमागी–बनोट नै नलच्कीने गरी सिमेन्टेड भइसकेका छन्।

    एक दिन एकजना ट्याक्सी चालकले मलाई होटलबाट प्रेस टि भी स्टेसनतिर लगिरहेका थिए, त्यस दौरानमा उनले विरक्त भएर भने; “यहाँ आउने युरोपेलीहरू केही सिक्न चाहदैनन्। पहिलो पटक इरान आइपुग्नेहरू पनि एयरपोर्टमा ओर्लने बित्तिकै सरासर मेरो गाडीभित्र पस्छन् र भाषण गर्छन् र मलाई मेरै देशबारे पढाउन सुरु गर्छन्। सुनाउनलाई उनीहरूसँग एउटै कथा हुन्छ, इरानको आलोचनाको एउटै कथा। तिनीहरुका कुरामा कुनै विविधता र भिन्नता छैन। उनीहरू सबै एकै किसिमले रट लगाउने गर्छन् भने कसरी आफूलाई प्रजातान्त्रिक मुलुकका भन्न सक्छन्?”

    तेहरानमा घतलाग्ने कुरा भनेको सोचाइको विविधता पनि हो। मेरा सहकर्मी र कमरेडहरूसँग हामी सबै कुरामाथि छलफल गर्छौं, युगोस्लाभियाको युद्ध, ल्याटिन अमेरिका र स्वयं इरानका बारेमा। उनीहरू रुस र चिनबारे बढी जान्न चाहन्छन्। म आफूले सुनिरहेका र देखिरहेका कुराहरू मन पराउँछु तर त्यहाँका मानिसहरू अन्य संस्कृतिबारे जिज्ञासा र सम्मान ब्यक्त गर्छन्, त्यो सधैं सुखद सुरुवात हुन्छ।

    इरान अप्ठ्यारोमा छ, उ पीडित छ तर दृढ छ। यहाँका सबै मानिस सरकारी नीतिप्रति सहमत छन् भन्ने होइन (हुनत अधिकांश मानिस सरकारका नीतिको समर्थन गर्छन्), तर यदि सैन्य बलले वा अन्य कुनै उपायले आफ्नो देशमाथि आक्रमण भएको अवस्थामा प्रत्येक मानिस लड्न र देशको रक्षा गर्न तत्पर छन्।

    जब जब म यहाँ आउछु, म भित्र एउटा असभ्य चाहना उदाउछ- म मेरा पाठकहरूलाई चिच्याएर भन्न चाहन्छु; यहाँ आउ र केही सिक! इरान पर्फेक्ट छैन तर अस्तित्वमा छ – यहाँको जीवन वास्तिवक छ र यहाँका जनता पनि वास्तविकता हुन्। धन्य छ! उनीहरूको संस्कृति र इतिहास, जसले गर्दा उनीहरू फोहरको थुप्रोबाट मणी छुट्याउन, प्रोपोगाण्डाबाट सुद्ध विचार छुट्याउन र सस्तो र घातक पूँजीवादबाट समृद्ध संसार निर्माणमा चाहिएका कदमहरूलाई छुट्याउन जान्दछन्। यदि विश्वास लाग्दैन भने उनीहरूका फिल्म हेरे हुन्छ; एकपछि अर्को मास्टरपिस।

    शायद त्यसैले होला, पश्चिम यो देशलाई पहिले बिगार्न र त्यसपछि पूर्णरूपले ध्वंश गर्न चाहन्छ। पश्चिमका लागि इरान ‘खतरनाक’ छ। इरान विश्वको सामाज्यवादी व्यवस्थापनका लागि खतरनाक र अझ घातक पनि छ जसरी चिन, रुस, क्युवा, भेनेज्वेला, सिरिया र बोलिभिया छन्।

    इरानलाई खतम गर्न त्यति सजिलो छैन। म त अझ के भन्छु भने, “इरानलाई खतम गर्न असम्भव सिद्ध हुनसक्छ”। यहाँका मानिसहरू धेरै चलाख छन् र दृढ र सबल छन् । इरान एक्लो छैन, उसका धेरै मित्र र कमरेडहरू छन्। हाल आएर उसका छिमेकी टर्की र पाकिस्तानले पनि द्रुत गतिमा आफ्नो दिशा बदलिरहेका छन्, पश्चिमबाट टाढा रहन।

    मैले भनेका कुराहरूमै विश्वास नगर्नुहोस्। तर, इरान आउनुहोस र हेर्नुहोस्। यहाँ आएर कृपया भाषण नछाट्नुहोला तर प्रश्नहरू सोध्नुहोस्। कुनै ठाउँमा बसेर सुन्नुहोस् र सिक्नुहोस्। यो देशको इतिहास ७००० वर्ष पुरानो र गौरवपूर्ण छ। यो देशमा बम बर्साउनुको साटो यहाँका कविहरूलाई पढ्नुहोस्, उनीहरूका सिनेमा हेर्नुहोस् र उनीहरूका अन्तरराष्ट्रियतावादी अडानबाट केही सिक्नुहोस्। र त्यसपछि मात्र निर्णय गर्नुहोस्– इरान तपाईंको शत्रु हो या असल कमरेड र मित्र हो?

    (धेरै पुस्तकहरुसाथै Revolutionary Optimism, Western Nihilism. का लेखक एन्द्रे भिचेक एक दार्शनिक, उपन्यासकार, फिल्मनिर्माता र अनुसन्धान पत्रकार हुन् ।)

    –न्यू ईस्टर्न आउटलुकबाट दामोदार उपाध्यायबाट भावानुवाद ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
       एन्द्रे भिचेक

       एन्द्रे भिचेक

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.