Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विभिन्न समूहमा छरिएका वामपन्थीहरूलाई कसरी एक बनाउने?

समाजवादीले मजदुर वर्गको शक्तिका लागि सबैभन्दा बढी सैद्धान्तिक र स्पष्ट लडाकु हुने प्रयास गर्नुपर्छ, साथसाथै अन्यसँग एउटा साझा लक्ष्यका लागि काम गर्नुपर्छ। अरुसँग मिलेर काम गर्नका लागि हामी आफ्नो समाजवादी राजनीतिलाई लुकाउन सक्दैनौं। तरपनि ती सुधारको परियोजनाहरूमा अन्यका साथ मिलेर काम गर्न सक्छौं, जसमा हामी विश्वास गर्छौं।

पिटर होगार्थ पिटर होगार्थ
मंसिर १३, २०७९
- राजनीति, विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वामपन्थी धार अंगालेका जोसुकैको मनमा आइरहने प्रश्नहरू हुन्ः किन हामी सबै समाजवादी र वामपन्थी एक हुन सक्दैनौँ? एउटै उद्देश्य भएपनि किन छुट्टाछुट्टै सामाजवादी समूहहरू छन्? तिनीहरू सबै एउटा ठूलो राजनीतिक संगठनमा किन सँगै छैनन्?

    उद्देश्य एउटै भएपनि स-साना टुक्रामा विभाजित वामपन्थी समूहहरूलाई एउटा ठूलो शक्तिमा परिणत गर्ने ईच्छा हुनु राम्रो हो र यो वामपन्थमा महशुस गरिएको पनि हो। तर वामपन्थ र समाजवादी आन्दोलनको इतिहासमा संख्या ठूलो भएर मात्रै ठूलो शक्ति बन्न सफल भएको उदाहरण खासै देखिँदैन। परिमाणले राजनीतिक गुणस्तर ल्याउँछ भनेर सोच्नु एउटा गतिरोध सिवाय अरु केही होइन। स–साना समाजवादी समूहरूबीचको लडाईं प्राय: क्षुद्र र बुझ्न कठिन भएपनि ती सबै नीति, कार्यनीति र कसरी सामाजिक परिवर्तन गर्ने भन्ने विषयमाथि फरक सैद्धान्तिक बुझाईमा आधारित छन्।

    ती भिन्नताहरू के के हुन् भनेर परीक्षण गर्नु एकदमै महत्वपूर्ण छ, यद्यपि यो आलेख वामपन्थ कसरी समाजमा मजदुर वर्गको आत्मविश्वास, युद्ध क्षमता र रणनीतिक राजनीतिक अवस्थाको वृद्धिका माध्यमबाट साम्प्रदायिक विभाजनको अन्त्य गर्न सक्छ भन्ने विषयमा केन्द्रित छ।

    संयुक्त मोर्चा पद्धति
    स–साना टुक्रामा विभाजित यस्ता समूहहरू दशकौंदेखि एक अर्कामा आरोप प्रत्यारोपमा भएपनि जब साच्चिकै यी समूहहरू एक हुन्छन्, तब यिनीहरू एउटा समाजवादी विश्व बनाउनका लागि गम्भीर हुन्छन्। र, यिनीहरूसँग मजदुर वर्गलाई एक बनाउन र लड्नका लागि तयार बनाउने खालको विचार तथा रणनीति छन् भन्ने कुरा देखाउन सफल हुनेछन्।

    आजको समाजमा विद्यमान वर्ग शक्ति सन्तुलन र कट्टर वामपन्थी तथा मजदुरहरूको संगठनको अवस्थाका कारण समाजवादीहरूले आफ्नो क्रान्तिकारी समाजवादी राजनीतिसँग मेल नखाने अभियानमा पनि सहभागी हुनुपर्ने हुन्छ। जसको प्रमुख उद्देश्य भनेको मजदुर तथा आम सर्वसाधारणको हित हुनेछ।

    यस रणनीतिलाई ऐतिहासिक रुपमा संयुक्त मोर्चा भनिन्छ। समाजवादीहरूले यसलाई १०० वर्षदेखि प्रयोग गर्दै आएका छन् र यो एउटा ‘कमन सेन्स’ रणनीति जस्तो देखिन्छ। यसको आधारभूत सिद्धान्त भनेको वामपन्थीहरूबीचको राजनीतिक भिन्नतालाई संरक्षण गर्दै सीमित मागहरूमा रहेर एक हुनु हो, ताकि यस काममा मजदुरहरूको ठूलो संख्या पनि सामेल होस्।

    यो तरिका बाल्सेभिकहरूले प्रति–क्रान्तिविरुद्ध लड्नका लागि प्रयोग गरेका थिए र यसलाई लिओन ट्रट्स्की र भ्लादिमिर लेनिन जस्ता व्यक्तिले ‘कम्युनिष्ट इन्टरनेशनल’का माध्यमबाट लोकप्रिय बनाएका थिए। यो संयुक्त मोर्चा पद्धति विश्वभरका समाजवादीहरूका लागि मुख्य रणनीति बन्यो।

    संयुक्त मोर्चा पद्धतिको तर्क छः क्रान्तिकारी समाजवादी तथा तिनीहरूका विचार गैर क्रान्तिकारी समयमा सधैँ अल्पसंख्यकमा पर्छन्। यसलाई सहजै बुझ्नका लागि हामीले हाम्रा सहकर्मी, छिमेकी वा हामी वरिपरिका अन्य मानिसलाई हेर्दा हुन्छ। ती मध्ये थोरै कम मात्र समानता, न्याय र शान्तिका लागि एउटा क्रान्तिकारी परिवर्तन आवश्यक पर्छ भन्ने कुरामा विश्वास गर्छन्। यसको मतलव यो होइन कि उनीहरू कुनै परिवर्तन, निस्पक्षता, समानता, मजदुरको राम्रो अवस्था र नश्लीयता, उपनिवेशिता तथा लैंगिक भिन्नताको अन्त्यको पक्षमा छैनन्। बरु उनीहरूमा ती कुरा कूशलतापूर्वक गर्नका लागि समाजवादीहरू कै जस्तोे रणनीति वा दर्शन भने नहुन सक्छ।

    हो, यहीनिर आफू वरिपरी र अन्य सिद्धान्त बोकेर हिँडेका क्रान्तिकारी समाजवादीहरूलाई पहिचान गर्न र उपयोग गर्नका लागि संयुक्त मोर्चा एक महत्वपूर्ण अवधारणा बन्न जान्छ। उदाहरणका लागि मजदुरको तलब बढाउने र उनीहरूको स्थितिमा परिवर्तन ल्याउने उद्देश्य बोकेको एउटा अभियानमा सबै प्रकारका मानिसहरू सहभागी हुन्छन्, उनीहरू मजदुरलाई दिइने तलब र उनीहरूको अवस्था अन्यायपूर्ण छ र यसलाई सुधार्नुपर्छ भन्ने कुरामा विश्वास राख्छन्। यद्यपि त्यहाँ यस समस्याको समाधानका लागि धेरै तरिकाहरूमा विश्वास गर्ने मानिस हुन्छन्। कसैले सामान्य सुधारका बारेमा सोचेका हुन्छन्, कसैले निर्वाचन गर्नुपर्छ भन्ने मत राख्लान् त कसैले अझैपनि त्यस्तो रणनीतिको वकालत गर्छन्, जसमा आप्रवासीहरूको अधिकार र नश्लवादको विरोधको आवश्यकतालाई समावेश गरिएको हुँदैन।

    यसको अर्थ समाजवादीहरूले उनीहरूसँग काम गर्नु हुँदैन भन्ने होइन। बरु हामी मजदुरको अवस्था सुधार्न र उनीहरूलाई राम्रो तलब दिलाउने उद्देश्यमा सँगै काम गर्नका लागि एक हुनुपर्छ र यी सबै कुराको प्राप्तिका लागि हाम्रा विचारहरू पनि अघि सार्नुपर्छ।

    क्रान्तिकारी समाजवादीहरूले संगठित तथा असंगठित मजदुरहरूबीचको एकतालाई प्रवद्र्धन गर्ने खालका त्यस्ता रणनीतिहरू अघि सार्दै तीमाथि बहस गर्नुपर्छ, जसले कार्यस्थलमा नश्लवाद विरुद्ध लड्न र अन्तराष्ट्रियवादलाई समर्थन गर्न सकोस्। यो संगठनात्मक विधिले मजदुरलाई कार्यस्थलमा मात्रै होइन, पूरै वर्गमा एकता र सैन्य शक्ति बढाउँछ।

    समाजवादीहरूले निर्वाचनवादमा निर्भर समाधानमा जोड नदिई सहकर्मीहरूको नेतृत्व र क्षमता विकासका लागि भूमिका निर्वाह गर्नुपर्छ। क्रान्तिकारी वामपन्थीले किन संयुक्त मोर्चा बनाउने लक्ष्य लिनुपर्छ भन्ने विषयमा ट्रट्स्कीले भनेका छन्ः

    “आन्दोलनमा जनसमूहलाई जति सहभागी गराउन सकिन्छ, आत्मविश्वास त्यति नै उच्च हुन्छ। त्यस्तै जनआन्दोलन जति धेरै आत्मविश्वासी हुन्छ, त्यति नै यो दृढ संकल्पका साथ अघि बढ्न सक्षम हुन्छ। भलै, संघर्षको सुरुवाती नारा जति नै सामान्य किन नहोस्। र, यसको अर्थ यो हुन्छ कि आन्दोलनको विभिन्न पाटोमा भएको वृद्धिले यसलाई कट्टर बनाउँछ। साथै यसले नारा तथा संघर्षको पद्धति र सामान्यतः कम्युनिष्ट पार्टीको नेतृत्वदायी भूमिकाका लागि अनुकूल परिस्थितिको निर्माण गर्छ।”

    समाजवादीले मजदुर वर्गको शक्तिका लागि सबैभन्दा बढी सैद्धान्तिक र स्पष्ट लडाकु हुने प्रयास गर्नुपर्छ, साथसाथै अन्यसँग एउटा साझा लक्ष्यका लागि काम गर्नुपर्छ। अरुसँग मिलेर काम गर्नका लागि हामी आफ्नो समाजवादी राजनीतिलाई लुकाउन सक्दैनौं। तरपनि ती सुधारको परियोजनाहरूमा अन्यका साथ मिलेर काम गर्न सक्छौं, जसमा हामी विश्वास गर्छौं।

    संघर्षबाट एकता
    हामी कुनै अभिव्यक्ति र निराकार घोषणाको माध्यमबाट होइन, संघर्षको माध्यमबाट एकता निर्माण गछौं। बरु मजदुरहरूको जीवनस्तर उकास्नका लागि गरिने साझा अभियानमाथि सामूहिक कामको माध्यमबाट एकताको निर्माण गर्छौ। यससँगै हामी अलग–अलग विचार तथा रणनीतिहरू कति उपयोगी छन् वा छैनन् भनेर मूल्यांकन गर्छौ। यसरी सामूहिक रुपमा अघि बढ्दा समाजवादी विचारहरूको प्रभुत्व नहुन पनि सक्छ, तरपनि समाजवादीहरू मजदुरको हितका लागि अन्यसँग मिलेर अघि बढ्छन्। मजदुरहरूको जितका लागि समाजवादीहरूले इतिहासको अध्ययन र वर्ग संघर्षको अनुभवहरूबाट आफ्नो तर्क स्पष्ट गर्न सक्छन्।

    समाजवादी संगठन ‘सही विचार’ को एउटा सामाजिक क्लव मात्रै होइन, यो मजदुर वर्गका मानिसको राजनीतिक तथा आर्थिक संघर्षलाई सफल बनाउने साधन बन्नुपर्छ। मजदुरहरूको हित र उनीहरूको जितका लागि आवश्यक विचारलाई आम मानिसले पनि आत्मसात् गर्न सक्ने बनाउनका लागि हामीले सामाजिक संगठन र संयुक्त मोर्चा पद्धतिलाई उपयोग गर्नुपर्छ। हामीले इतिहास, राजनीति र अर्थशास्त्र मनोरञ्जनका लागि मात्रै पढेका होइनौं। हाम्रो उद्देश्य त हामी र हाम्रो आसपासका मानिसलाई एकत्रित गर्दै सामूहिक बुझाईलाई आफूसहित आम मानिसको हितका लागि आत्मसात् र उपयोग गर्नु हो।

    (स्प्रिङ्म्याग डट सीएबाट भावनुवाद।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पिटर होगार्थ

      पिटर होगार्थ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.