Sunday, February 5, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » विभिन्न समूहमा छरिएका वामपन्थीहरूलाई कसरी एक बनाउने?

विभिन्न समूहमा छरिएका वामपन्थीहरूलाई कसरी एक बनाउने?

समाजवादीले मजदुर वर्गको शक्तिका लागि सबैभन्दा बढी सैद्धान्तिक र स्पष्ट लडाकु हुने प्रयास गर्नुपर्छ, साथसाथै अन्यसँग एउटा साझा लक्ष्यका लागि काम गर्नुपर्छ। अरुसँग मिलेर काम गर्नका लागि हामी आफ्नो समाजवादी राजनीतिलाई लुकाउन सक्दैनौं। तरपनि ती सुधारको परियोजनाहरूमा अन्यका साथ मिलेर काम गर्न सक्छौं, जसमा हामी विश्वास गर्छौं।

पिटर होगार्थ by पिटर होगार्थ
November 29, 2022
- विमर्शका लागि, समाचार, समाज राजनीति
A A
1.3k
VIEWS
Share on FacebookShare on Twitter

वामपन्थी धार अंगालेका जोसुकैको मनमा आइरहने प्रश्नहरू हुन्ः किन हामी सबै समाजवादी र वामपन्थी एक हुन सक्दैनौँ? एउटै उद्देश्य भएपनि किन छुट्टाछुट्टै सामाजवादी समूहहरू छन्? तिनीहरू सबै एउटा ठूलो राजनीतिक संगठनमा किन सँगै छैनन्?

उद्देश्य एउटै भएपनि स-साना टुक्रामा विभाजित वामपन्थी समूहहरूलाई एउटा ठूलो शक्तिमा परिणत गर्ने ईच्छा हुनु राम्रो हो र यो वामपन्थमा महशुस गरिएको पनि हो। तर वामपन्थ र समाजवादी आन्दोलनको इतिहासमा संख्या ठूलो भएर मात्रै ठूलो शक्ति बन्न सफल भएको उदाहरण खासै देखिँदैन। परिमाणले राजनीतिक गुणस्तर ल्याउँछ भनेर सोच्नु एउटा गतिरोध सिवाय अरु केही होइन। स–साना समाजवादी समूहरूबीचको लडाईं प्राय: क्षुद्र र बुझ्न कठिन भएपनि ती सबै नीति, कार्यनीति र कसरी सामाजिक परिवर्तन गर्ने भन्ने विषयमाथि फरक सैद्धान्तिक बुझाईमा आधारित छन्।

ती भिन्नताहरू के के हुन् भनेर परीक्षण गर्नु एकदमै महत्वपूर्ण छ, यद्यपि यो आलेख वामपन्थ कसरी समाजमा मजदुर वर्गको आत्मविश्वास, युद्ध क्षमता र रणनीतिक राजनीतिक अवस्थाको वृद्धिका माध्यमबाट साम्प्रदायिक विभाजनको अन्त्य गर्न सक्छ भन्ने विषयमा केन्द्रित छ।

संयुक्त मोर्चा पद्धति
स–साना टुक्रामा विभाजित यस्ता समूहहरू दशकौंदेखि एक अर्कामा आरोप प्रत्यारोपमा भएपनि जब साच्चिकै यी समूहहरू एक हुन्छन्, तब यिनीहरू एउटा समाजवादी विश्व बनाउनका लागि गम्भीर हुन्छन्। र, यिनीहरूसँग मजदुर वर्गलाई एक बनाउन र लड्नका लागि तयार बनाउने खालको विचार तथा रणनीति छन् भन्ने कुरा देखाउन सफल हुनेछन्।

आजको समाजमा विद्यमान वर्ग शक्ति सन्तुलन र कट्टर वामपन्थी तथा मजदुरहरूको संगठनको अवस्थाका कारण समाजवादीहरूले आफ्नो क्रान्तिकारी समाजवादी राजनीतिसँग मेल नखाने अभियानमा पनि सहभागी हुनुपर्ने हुन्छ। जसको प्रमुख उद्देश्य भनेको मजदुर तथा आम सर्वसाधारणको हित हुनेछ।

यस रणनीतिलाई ऐतिहासिक रुपमा संयुक्त मोर्चा भनिन्छ। समाजवादीहरूले यसलाई १०० वर्षदेखि प्रयोग गर्दै आएका छन् र यो एउटा ‘कमन सेन्स’ रणनीति जस्तो देखिन्छ। यसको आधारभूत सिद्धान्त भनेको वामपन्थीहरूबीचको राजनीतिक भिन्नतालाई संरक्षण गर्दै सीमित मागहरूमा रहेर एक हुनु हो, ताकि यस काममा मजदुरहरूको ठूलो संख्या पनि सामेल होस्।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

भीष्म साहनीको ‘आज के अतीत’: एउटा ‘सामान्य’ जीवनकथा

भीष्म साहनीको ‘आज के अतीत’: एउटा ‘सामान्य’ जीवनकथा

February 3, 2023
माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

January 31, 2023
के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

January 26, 2023

बलात्कारमाथि यतिका बहस भइरहेका छन्, तर एउटा पनि नेताले बोलेनन्

January 20, 2023

यो तरिका बाल्सेभिकहरूले प्रति–क्रान्तिविरुद्ध लड्नका लागि प्रयोग गरेका थिए र यसलाई लिओन ट्रट्स्की र भ्लादिमिर लेनिन जस्ता व्यक्तिले ‘कम्युनिष्ट इन्टरनेशनल’का माध्यमबाट लोकप्रिय बनाएका थिए। यो संयुक्त मोर्चा पद्धति विश्वभरका समाजवादीहरूका लागि मुख्य रणनीति बन्यो।

संयुक्त मोर्चा पद्धतिको तर्क छः क्रान्तिकारी समाजवादी तथा तिनीहरूका विचार गैर क्रान्तिकारी समयमा सधैँ अल्पसंख्यकमा पर्छन्। यसलाई सहजै बुझ्नका लागि हामीले हाम्रा सहकर्मी, छिमेकी वा हामी वरिपरिका अन्य मानिसलाई हेर्दा हुन्छ। ती मध्ये थोरै कम मात्र समानता, न्याय र शान्तिका लागि एउटा क्रान्तिकारी परिवर्तन आवश्यक पर्छ भन्ने कुरामा विश्वास गर्छन्। यसको मतलव यो होइन कि उनीहरू कुनै परिवर्तन, निस्पक्षता, समानता, मजदुरको राम्रो अवस्था र नश्लीयता, उपनिवेशिता तथा लैंगिक भिन्नताको अन्त्यको पक्षमा छैनन्। बरु उनीहरूमा ती कुरा कूशलतापूर्वक गर्नका लागि समाजवादीहरू कै जस्तोे रणनीति वा दर्शन भने नहुन सक्छ।

हो, यहीनिर आफू वरिपरी र अन्य सिद्धान्त बोकेर हिँडेका क्रान्तिकारी समाजवादीहरूलाई पहिचान गर्न र उपयोग गर्नका लागि संयुक्त मोर्चा एक महत्वपूर्ण अवधारणा बन्न जान्छ। उदाहरणका लागि मजदुरको तलब बढाउने र उनीहरूको स्थितिमा परिवर्तन ल्याउने उद्देश्य बोकेको एउटा अभियानमा सबै प्रकारका मानिसहरू सहभागी हुन्छन्, उनीहरू मजदुरलाई दिइने तलब र उनीहरूको अवस्था अन्यायपूर्ण छ र यसलाई सुधार्नुपर्छ भन्ने कुरामा विश्वास राख्छन्। यद्यपि त्यहाँ यस समस्याको समाधानका लागि धेरै तरिकाहरूमा विश्वास गर्ने मानिस हुन्छन्। कसैले सामान्य सुधारका बारेमा सोचेका हुन्छन्, कसैले निर्वाचन गर्नुपर्छ भन्ने मत राख्लान् त कसैले अझैपनि त्यस्तो रणनीतिको वकालत गर्छन्, जसमा आप्रवासीहरूको अधिकार र नश्लवादको विरोधको आवश्यकतालाई समावेश गरिएको हुँदैन।

यसको अर्थ समाजवादीहरूले उनीहरूसँग काम गर्नु हुँदैन भन्ने होइन। बरु हामी मजदुरको अवस्था सुधार्न र उनीहरूलाई राम्रो तलब दिलाउने उद्देश्यमा सँगै काम गर्नका लागि एक हुनुपर्छ र यी सबै कुराको प्राप्तिका लागि हाम्रा विचारहरू पनि अघि सार्नुपर्छ।

क्रान्तिकारी समाजवादीहरूले संगठित तथा असंगठित मजदुरहरूबीचको एकतालाई प्रवद्र्धन गर्ने खालका त्यस्ता रणनीतिहरू अघि सार्दै तीमाथि बहस गर्नुपर्छ, जसले कार्यस्थलमा नश्लवाद विरुद्ध लड्न र अन्तराष्ट्रियवादलाई समर्थन गर्न सकोस्। यो संगठनात्मक विधिले मजदुरलाई कार्यस्थलमा मात्रै होइन, पूरै वर्गमा एकता र सैन्य शक्ति बढाउँछ।

समाजवादीहरूले निर्वाचनवादमा निर्भर समाधानमा जोड नदिई सहकर्मीहरूको नेतृत्व र क्षमता विकासका लागि भूमिका निर्वाह गर्नुपर्छ। क्रान्तिकारी वामपन्थीले किन संयुक्त मोर्चा बनाउने लक्ष्य लिनुपर्छ भन्ने विषयमा ट्रट्स्कीले भनेका छन्ः

“आन्दोलनमा जनसमूहलाई जति सहभागी गराउन सकिन्छ, आत्मविश्वास त्यति नै उच्च हुन्छ। त्यस्तै जनआन्दोलन जति धेरै आत्मविश्वासी हुन्छ, त्यति नै यो दृढ संकल्पका साथ अघि बढ्न सक्षम हुन्छ। भलै, संघर्षको सुरुवाती नारा जति नै सामान्य किन नहोस्। र, यसको अर्थ यो हुन्छ कि आन्दोलनको विभिन्न पाटोमा भएको वृद्धिले यसलाई कट्टर बनाउँछ। साथै यसले नारा तथा संघर्षको पद्धति र सामान्यतः कम्युनिष्ट पार्टीको नेतृत्वदायी भूमिकाका लागि अनुकूल परिस्थितिको निर्माण गर्छ।”

समाजवादीले मजदुर वर्गको शक्तिका लागि सबैभन्दा बढी सैद्धान्तिक र स्पष्ट लडाकु हुने प्रयास गर्नुपर्छ, साथसाथै अन्यसँग एउटा साझा लक्ष्यका लागि काम गर्नुपर्छ। अरुसँग मिलेर काम गर्नका लागि हामी आफ्नो समाजवादी राजनीतिलाई लुकाउन सक्दैनौं। तरपनि ती सुधारको परियोजनाहरूमा अन्यका साथ मिलेर काम गर्न सक्छौं, जसमा हामी विश्वास गर्छौं।

संघर्षबाट एकता
हामी कुनै अभिव्यक्ति र निराकार घोषणाको माध्यमबाट होइन, संघर्षको माध्यमबाट एकता निर्माण गछौं। बरु मजदुरहरूको जीवनस्तर उकास्नका लागि गरिने साझा अभियानमाथि सामूहिक कामको माध्यमबाट एकताको निर्माण गर्छौ। यससँगै हामी अलग–अलग विचार तथा रणनीतिहरू कति उपयोगी छन् वा छैनन् भनेर मूल्यांकन गर्छौ। यसरी सामूहिक रुपमा अघि बढ्दा समाजवादी विचारहरूको प्रभुत्व नहुन पनि सक्छ, तरपनि समाजवादीहरू मजदुरको हितका लागि अन्यसँग मिलेर अघि बढ्छन्। मजदुरहरूको जितका लागि समाजवादीहरूले इतिहासको अध्ययन र वर्ग संघर्षको अनुभवहरूबाट आफ्नो तर्क स्पष्ट गर्न सक्छन्।

समाजवादी संगठन ‘सही विचार’ को एउटा सामाजिक क्लव मात्रै होइन, यो मजदुर वर्गका मानिसको राजनीतिक तथा आर्थिक संघर्षलाई सफल बनाउने साधन बन्नुपर्छ। मजदुरहरूको हित र उनीहरूको जितका लागि आवश्यक विचारलाई आम मानिसले पनि आत्मसात् गर्न सक्ने बनाउनका लागि हामीले सामाजिक संगठन र संयुक्त मोर्चा पद्धतिलाई उपयोग गर्नुपर्छ। हामीले इतिहास, राजनीति र अर्थशास्त्र मनोरञ्जनका लागि मात्रै पढेका होइनौं। हाम्रो उद्देश्य त हामी र हाम्रो आसपासका मानिसलाई एकत्रित गर्दै सामूहिक बुझाईलाई आफूसहित आम मानिसको हितका लागि आत्मसात् र उपयोग गर्नु हो।

(स्प्रिङ्म्याग डट सीएबाट भावनुवाद।)

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पिटर होगार्थ

पिटर होगार्थ

Related Posts

भीष्म साहनीको ‘आज के अतीत’: एउटा ‘सामान्य’ जीवनकथा

भीष्म साहनीको ‘आज के अतीत’: एउटा ‘सामान्य’ जीवनकथा

by अजय चन्द्रवंशी
February 3, 2023

बीसौं शतांब्दीका हिन्दी साहित्यकार भीष्म साहनीका कहानी, उपन्यास र नाटकमा तत्कालिन समय र समाजका विसंगति, विडम्बना र मानवतामाथि उनको दृढ...

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

by डिकेलेदी मोकोएना र साराह सेटलाएलो
January 31, 2023

१९ जनवरीमा बीबीसीको एउटा स्टोरीको शीर्षक विवादित बन्यो। शीर्षक थियो ‘जासिन्डा आर्डेनः के महिलाहरू साच्चै सबै सम्हाल्न सक्छन्?’ न्यूजिल्याण्डकी प्रधानमन्त्री...

के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

by जयती घोष
January 26, 2023

स्विट्जरल्यान्डको डाभोसमा वर्षेनी हुने गरेको विश्व आर्थिक मञ्च(डब्ल्यू ई एफ)को बैठक सधैं समस्याग्रस्त नै हुने गरेको छ। विश्वका धनाढ्यहरूको भेला...

बलात्कारमाथि यतिका बहस भइरहेका छन्, तर एउटा पनि नेताले बोलेनन्

by डा‍. अरुणा उप्रेती
January 20, 2023

विभिन्न चरणमा भएका आन्दोलन र अहिलेको राजनीतिक उपलब्धि हासिल गर्नका लागि महिलाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। २०४६ सालको आन्दोलन...

व्यवस्थाको नाम बदल्यौं तर प्रकृति बदल्न नसक्दा आजको निराशा देखापरेको छ

व्यवस्थाको नाम बदल्यौं तर प्रकृति बदल्न नसक्दा आजको निराशा देखापरेको छ

by राजन मुकारुङ
January 18, 2023

बदलिएको समाज, नबदलिएको नेतृत्वबीचको अन्तरविरोध हामीले लामो संघर्ष गरेर गणतन्त्रको स्थापना गरेर, गणतन्त्र ल्याएपछि देशमा, समाजमा, नागरिकको जीवनमा आमूल परिवर्तन...

नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने क्षमता नबनाई विदेश जानेलाई रोक्न सकिँदैन

नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने क्षमता नबनाई विदेश जानेलाई रोक्न सकिँदैन

by विष्णु कार्की
January 16, 2023

अहिलको प्रतिस्पर्धात्मक समय र प्रविधिको युग सापेक्ष बनाउन हाम्रो शिक्षा प्रणालीमा ठूलो सुधारको आवश्यकता धेरैले महशुस गरेको कुरा हो। सामाजिक...

Leave Comment

सिफारिस

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

5 days ago
नेपालमा वर्ग र जात/जाति

नेपालमा वर्ग र जात/जाति

6 months ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In