Monday, April 12, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

कोरोनाभाइरस विरुद्धको लडाईमा, मानव जातिले नेतृत्व गुमाएको छ

by पत्रपत्रिकाबाट
March 16, 2020
- यो हप्ता, समाज
कोरोनाभाइरस विरुद्धको लडाईमा, मानव जातिले नेतृत्व गुमाएको छ

President Donald Trump departs after speaking during a news conference about the coronavirus in the Rose Garden at the White House, Friday, March 13, 2020, in Washington. (AP Photo/Alex Brandon)

Share on FacebookShare on TwitterEmail

यूवाल नोह हरारीः धेरै व्यक्तिहरूले कोरोनाभाइरस महामारीलाई भूमण्डलीकरणमाथि दोष दिन्छन् र भन्छन् कि यस्तो प्रकोप रोक्ने एक मात्र तरीका विश्वका भूभागलाई स्थानीकृत गर्नु हो। पर्खालहरू निर्माण गर्नुहोस्, यात्रा प्रतिबन्ध गर्नुहोस्, व्यापार कम गर्नुहोस्। यद्यपि महामारीलाई रोक्न अल्पकालीन क्वारन्टाइन आवश्यक छ, दीर्घकालीन अलगाववादले संक्रामक रोगहरू विरूद्ध कुनै वास्तविक सुरक्षा प्रदान नगरी आर्थिक पतनको कारण निम्त्याउँछ। यसको ठीक उल्टो। महामारीलाई शमन गर्ने वास्तविक औषधि छुट्टिनु होइन, बरु अपसी सहयोग हो।

भूमण्डलीकरणको वर्तमान युग भन्दा धेरै अघि पनि महामारीहरुले लाखौंको ज्यान लिएको थियो। १४ औं शताब्दीमा हवाइजहाज र क्रूज जहाजहरू नहुँदा पनि ब्ल्याक डेथले पूर्वी एसियाबाट पश्चिमी यूरोपमा एक दशक भन्दा बढीमा फैलियो। यसले युरेसियाको जनसंख्याको एक चौथाईभन्दा बढी ७ करोड ५० लाख देखि २ करोड व्यक्तिको ज्यान लिएको थियो। इङ्ग्ल्याण्डमा, दशमध्ये चार जनाको मृत्यु भयो। फ्लोरेन्स शहरले त्यसको १ लाख जनसंख्यामा ५०,००० गुमायो

मार्च १५२० मा, विफरको जिवाणु वाहक – फ्रान्सिस्को डे इगुआ नामक एक व्यक्ति- मेक्सिकोमा उत्रियो। त्यो समयमा मध्य अमेरिकामा रेल, बस वा अझ गधाहरु पनि थिएनन्। यद्यपि डिसेम्बर सम्ममा बिफरको महामारीले सम्पूर्ण मध्य अमेरिकालाई तहसनहस पारेको थियो र केही अनुमान अनुसार यसको एक तिहाई जनसंख्याको मृत्यु भयो।

सन् १९१८ मा विशेषगरी फ्लुको आक्रामक–घातक संस्करण केही महिनामा विश्वको दुर्गम भन्दा दुर्गम कुनामा फैलियो। यसले त्यसबेलाको मानव प्रजातिहरूको एक चौथाई भन्दा बढी आधा अरब व्यक्तिलाई संक्रमित गर्‍यो। त्यस फ्लूले भारतको ५% जनसंख्याको ज्यान लिएको अनुमान छ। ताहिती नामक टापुमा १४% को ज्यान लियो। सामोआमा २०%। सबैगरी महामारीले करोडौंको ज्यान लियो – र एक बर्षभित्र सम्भवतः १० करोड भन्दा बढीको। पहिलो विश्वयुद्धको चार वर्षसम्मको क्रूर लडाईमा मारिए भन्दा बढी।

सन् १९१८ पछि, बढ्दो जनसंख्या र यातायातको राम्रो व्यवस्थाका कारणले मानवजाति महामारीको सिकारमा पर्नसक्ने भयो। टोकियो वा मेक्सिको सिटी जस्ता आधुनिक महानगरहरूले मध्ययुगीन फ्लोरेन्सको तुलनामा धेरै खतराजन्य स्थल तयार गरेका छन् र विश्वव्यापी यातायात नेटवर्क सन् १९१८ भन्दा आज निकै द्रूत चाल चल्ने अवस्थामा छ। कुनै पनि भाइरसले पेरिसबाट टोकियो र मेक्सिको सिटीसम्मको यात्रा २४ घण्टा भन्दा कम समयमा नै गर्न सक्छ। त्यसकारण हामीले एक पछि अर्को घातक महामारी व्यहोर्दै एउटा संक्रमित नरकमा जसरी भएपनि जिउने आशा गर्नुपर्दछ।

यद्यपि, महामारीका घटनाहरु र यसका प्रभावहरु दुवै नै साच्चै नाटकीयरूपमा कम हुँदै आएको छ। एड्स र इबोला जस्ता भयानक प्रकोपहरूको बाबजुद पनि, एक्काइसौं सदिका महामारीहरुले ढुङ्गे युग पछिका महामारीहरुले भन्दा धेरै न्यून अंशमा मात्र  मानवहरुको ज्यान लिएका छन्। यस्तो किन भयो भने मानिस रोगका सूक्ष्मजिवाणु ( pathogens) बाट सुरक्षित हुने उत्तम सुरक्षा एकान्तवास (isolation ) होइन – यो सूचनाको कारण हो। मानवजातिले महामारीको बिरूद्ध युद्ध जितेको छ किनभने रोगका सूक्ष्मजिवाणु र डाक्टरहरुबीचको शस्त्र–प्रतिष्पर्धामा रोगका सूक्ष्मजिवाणुहरु जथाभावी उत्परिवर्तन ( blind mutation)   मा भर पर्छन् भने चिकित्सकहरु सूचनाको वैज्ञानिक विश्लेषणमा भर पर्छन्।

रोगका सूक्ष्म जिवाणुहरू विरुद्ध युद्ध जित्दै

जब १४ औं शताब्दीमा ब्ल्याक डेथ चल्यो, मानिसहरूलाई यसको कारण के हो र यस बारेमा के गर्न सकिन्छ भन्ने बारे केही थाहा थिएन। आधुनिक युगसम्म, मानवहरूले बिमार गराउने प्रायः क्रोधित देवताहरू, द्वेषयुक्त राक्षस वा दुषित हावामाथि दोषारोपण गर्दथे । त्यसबेला ब्याक्टेरिया र भाइरसहरूको अस्तित्वबारे कल्पना समेत शंका गर्दैनथे। मानिसहरु स्वर्गदूतहरु र स्वर्गका परीहरुमा विश्वास गर्दथे, तर तिनीहरू एक थोपा पानीमा घातक सूक्ष्मजिवाणुहरू बोक्ने युद्धपोतहरुको व्यापक समूह रहेको हुनसक्छ भनेर कल्पना गर्न सक्दैनन् थिए। त्यसकारण जब ब्ल्याक डेथ वा विफरको महामारी चल्न थाल्थ्यो,  अधिकारीहरूले गर्नसक्ने सबभन्दा राम्रो काम भनेको विभिन्न देवीदेवताहरू र सन्तहरूलाई सामूहिक प्रार्थनाहरू आयोजना गर्नु हुन्थ्यो।यसले केही सहयोग गर्दैनथ्यो। वास्तवमा, जब मानिसहरू सामूहिक प्रार्थनाको लागि भेला हुन्थे, यसले प्रायः सामूहिक संक्रमणहरू निम्त्याउँथ्यो।

पछिल्ला शताब्दीको अवधीमा, विश्वभरिका वैज्ञानिकहरू, चिकित्सकहरू र नर्सहरूले महामारीका कारणहरु र तिनीहरुलाई काबुमा राख्ने माध्यमहरू दुबैबारे सूचना जम्मा गरे र साथै व्यवस्थित गरे। विकासको सिद्धान्तले किन र कसरी नयाँ रोगहरू देखा पर्दछ र पुरानो रोगहरू बढी आक्रामक–घातक हुन्छन् भनेर वर्णन गर्‍यो। जेनेटिक्सले वैज्ञानिकहरूलाई रोगका सूक्ष्मजिवाणुहरूको निगरानी गर्ने तथा अध्ययन गर्नसक्ने बनायो। मध्ययुगीन मानिसहरूले कहिल्यै ब्ल्याक डेथको कारण पत्ता लगाउन सकेनन्, तर वैज्ञानिकहरूले नोभल कोरोनाभाइरस चिन्न, यसको जीनोम क्रमबद्ध गर्न र संक्रमित मानिसहरूलाई पहिचान गर्नसक्ने भरपर्दो परीक्षणको विकास गर्न दुई हप्तामात्र लाग्यो।

एक पटक वैज्ञानिकहरूले महामारीको कारण के हो भनेर बुझेपछि, तिनीहरूविरुद्ध लड्न सजिलो भयो। खोपहरू, एन्टिबायोटिकहरू, सरसफाइ, र विकसित मेडिकल संरचनाहरूले मानव जातिलाई आफ्नो अदृश्य आक्रमणकारीहरूमाथि हात माथि पार्न सक्ने अवस्था बनाइदिएकोछ। १९६७ मा, विफरले अझै १ करोड ५० लाख मानिसहरूलाई संक्रमित गर्‍यो र ती मध्ये २० लाखको ज्यान लियो। तर त्यसपछिको दशकमा बिफरको खोपको विश्वव्यापी अभियान यत्ति सफल भयो कि १९७९ मा विश्व स्वास्थ्य संघले मानव जातिले विजय गरेको घोषणा गर्‍यो, र बिफरलाई पूर्णरूपले उन्मूलन गरियो। त्यसपछि २०१९ सम्ममा बिफरले कुनै एक व्यक्तिलाई संक्रमित गरेको छैन ज्यान लिने त कुरै भएन।

हाम्रो सिमाना रक्षक

यस्तो इतिहासले हामीलाई वर्तमान कोरोनाभाइरस महामारीको लागि के सिकाउँछ?

पहिलो, संकेत गर्दछ – तपाईं आफ्नो सीमाना स्थायी रूपमा बन्द गरेर आफैलाई बचाउन सक्नुहुन्न। याद गर्नुहोस्!  महामारी भूमण्डलीकरणको युग भन्दा धेरै अघिदेखि मध्य युगमा पनि द्रुतरूपमा फैलिने गर्दथ्यो। त्यसोभए यदि तपाइँले १३४८ मा इङ्गल्यान्ड जतिकै तपाइँले विश्वव्यापी सम्पर्क–सम्बन्धलाई कम गर्नुभयो भने – त्यो पर्याप्त हुन सक्दैन। अलगाव (isolation) भएर आफूलाई  सुरक्षा गर्नका लागि वास्तवमा मध्ययुग तिर गरिने काम गर्नु हुँदैन। तपाईं पूरापुर ढुङ्गे युगमा पुग्नु पर्छ। के तपाई त्यो गर्न सक्नुहुन्छ?

दोस्रो, इतिहासले संकेत गर्दछ कि वास्तविक सुरक्षा विश्वसनीय वैज्ञानिक सूचनाको आदानप्रदानबाट, र विश्वव्यापी एकताबाट आउँदछ। जब कुनै देशमा महामारी चल्न थाल्छ, यसले आर्थिक संकटको भय बिना प्रकोप सम्बन्धी ईमानदारीसाथ सूचना आदानप्रदान गर्न इच्छुक हुनुपर्दछ। त्यो सूचना मृत्यूबारे बढाइचढाइ नगरिएका अरु मुलुकका लागि विश्वसनीय हुनु पर्छ, र सहयोगको हात बढाउने खालको हुनुपर्दछ। आज, चीनले विश्वका सबैजसो मुलुकहरुलाई कोरोनाभाइरसको बारेमा धेरै महत्त्वपूर्ण पाठ सिकाउन सक्छ, तर यसले उच्च स्तरको अन्तर्राष्ट्रिय विश्वसनियता र सहयोगको माग गर्दछ।

अन्तर्राष्ट्रिय सहयोग प्रभावकारी क्वारिन्टिन उपायहरुको निमित्त पनि आवश्यक छ। क्वारिन्टिन र लक-डाउन महामारीको फैलावट रोक्नलाई आवश्यक छ। तर जब मुलुकहरू एक अर्कालाई अविश्वास गर्छन् र प्रत्येक मुलुक आँफू मात्र भएको महसुस गर्दछन् भने, सरकारहरू त्यस्तो कडा कदम चाल्न हिचकिचाउँदछन्। यदि तपाईले १०० कोरोनाभाइरस केस तपाईको मुलुकमा फेला पार्नुभयो भने, के तपाई तुरुन्तै सबै शहर र क्षेत्रहरू लक गर्नुहुनेछ?  धेरै हदसम्म, यो कुरा अन्य मुलुकहरूबाट तपाइँले अपेक्षा गरेको कुरामा निर्भर गर्दछ। तपाईंले मुलुकका आफ्नै शहरहरू लक गर्दा आर्थिक संकट उत्पन्न हुन सक्छ। यदि त्यसबेला अन्य देशहरू तपाइँलाई सहयोग गर्न आउँदछन् भन्ने सोच्नुहुन्छ भने – तपाइँले यस्तो कठोर उपाय अपनाउने बढी सम्भावना हुन्छ। तर यदि तपाइँ अन्य देशहरूले तपाइँलाई वेवास्ता गर्छन् भन्ने सोच्नुहुन्छ भने,  अति नै ढिलासम्म यस्तो कदम चाल्न हिचकिचाउनु पर्ने हुन्छ।

यस्तो महामारीको बारेमा मानिसहरूले जान्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि कुनै पनि देशमा महामारी विस्तार भएमा सम्पूर्ण मानव जातिलाई नै खतरामा पार्दछ। किनभने भाइरसहरु विकसित छन्। कोरोना जस्तो भाइरसको मूल थलो जनावर हो, जस्तै चमेरो। जब त्यसबाट मानिसमा आइलाग्छ, शुरूमा त ती भाइरसहरू तिनीहरुका मानव होस्टहरूमा कम–अनुकूलनयोग्य हुन्छन्। मानव शरीरभित्र परिवर्तित भई बृद्धिहुँदा, भाइरस कहिलेकाँही उत्परिवर्तित (mutations) हुन्छ। अधिकांश उत्परिवर्तनहरु हानिरहित हुन्छन्। तर अघि पछिका हरेक उत्परिवर्तनहरुले भाइरसलाई बढी संक्रामक वा मानव प्रतिरक्षा प्रणालीबिरुद्ध बढी प्रतिरोधी बनाउँदछ। यसपछि ने भाइरसको उत्परिवर्तित संस्करण तुरुन्तै मानव जनसंख्यामा चाँडो प्रसार हुन्छन्। किनभने एकलो व्यक्तिले भाइरसका खरबौं कणहरुलाई आश्रय दिन सक्छ जुन लगातार दुई गुणा बढ्दै जान्छ । प्रत्येक संक्रमित व्यक्तिले भाइरसलाई मानवमा बढी अनुकूल हुने अरबौं नयाँ अवसरहरू दिन्छन्। हरेक मानव भाइरसवाहक व्यक्ति चिठ्ठायुक्त मिसिन जस्ता हुन्छन्, जसले भाइरसलाई खरबौं चिठ्ठाहरु दिन्छ – र भाइरसलाई आफू फस्टाउन केवल एक जित्ने चिठ्टा भएमात्र पुग्छ।

यो केवल अनुमान मात्र होइन। रिचर्ड प्रेस्टनको क्राइसिस जोन ईन दी रेड जोनले २०१४ को ईबोला प्रकोपका घटनाहरूको एक श्रृंखला जसरी नै दुरुस्तै वर्णन गर्दछ। जब केही इबोला भाइरस चमेरोबाट मानिसमा आइपुगे त्यसपछि प्रकोप सुरु भयो। ती भाइरसहरूले मानिसहरूलाई धेरै बिरामी बनाए, तर तिनीहरू अझै पनि मानव शरीरको तुलनामा चमेरोमा आश्रय लिन बढी अनुकूलित थिए। त्यही एउटा इबोला भाइरसले पश्चिम अफ्रिकाको मकोना इलाकाको कुनै स्थानमा कुनै एक मानवलाई संक्रमण गर्‍यो। त्यो इबोला भाइरस एकल अनुवंशमा एकल उत्परिवर्तन भएको थियो र त्यही इबोला भाइरसबाट उत्पन्न तुलनात्मकरुपमा दुर्लभ रोग नै हिंस्रक महामारीमा विस्तार भयो। त्यस्तो उत्परिवर्तनले उत्परिवर्तनित इबोला संस्करणलाई (मकोना संस्करण भनिन्छ) मानव कोषहरूको कोलस्ट्रोल ट्रान्सपोर्टरहरूसँग जोड्न सक्षम बनायो । अब ट्रान्सपोर्टकर्ताहरूले कोलस्ट्रोल छाडेर कोषहरूतर्फ इबोलालाई पुर्‍याउन थाले। यो नयाँ मकोना संस्करण मानवमा चार गुणा बढी संक्रामक थियो।

तपाईंले यी हरफहरू पढ्दै गर्दा, सायद त्यस्तै उत्परिवर्तन एक कोरोनाभाइरसको जीनमा भएको थियो। त्यसले तेहरान, मिलन वा वुहानमा कसैलाई संक्रमित गर्‍यो। वास्तवमै यस्तो भयो। तर यो ईरानीहरू, इटालियनहरू वा चिनियाँहरूको लागि मात्र भएको होइन, यो तपाईंहाम्रो जीवनलाई समेत प्रत्यक्ष खतरा हो। कोलोनाभाइरसले त्यस्तो खतरा नपुर्‍याओस् भने संसारभरका व्यक्तिहरू जीवन-मरणको सरोकारका रुपमा लिएका छन्। र यसको मतलब यो हो हामीले प्रत्येक देशका हरेक व्यक्तिको सुरक्षा गर्नु पर्छ।

सबै देशका सबै मानिसहरूले बिफरको खोप लगाएका कारण सन्‌ १९७० को दशकमा मानव जातिले बिफर भाइरसलाई हराउन सफल भयो। यदि एउटा देशका जनसंख्याले खोप नलगाएका थिए भने त्यसले सम्पूर्ण मानवजातिलाई नै खतरामा राखी रहन्थ्यो।  जबसम्म बिफर भाइरस अस्तित्वमा रहिरहेको र कतै विकसित भइरहेको थियो, त्यो कुनै बेलापनि पुनः कुनै स्थानमा फैलिन सक्थ्यो।

भाइरसहरू विरुद्धको लडाईमा मानव जातिले सीमा–कवचहरू राख्नु पर्छ। तर मुलुकहरू बीच सीमाहरु होइन। बरु, यसले मानव विश्व र भाइरस–क्षेत्र बिचको सीमा सुरक्षित गर्नु पर्छ। पृथ्वी असंख्य भाइरसहरुका साथ छ, र नयाँ भाइरस निरन्तर आनुवंशिक उत्परिवर्तन हुँदै विकसित भइरहन्छन्। मानव संसारबाट यस भाइरस–क्षेत्रलाई विभाजित गर्ने सीमा प्रत्येक व्यक्तिको शरीर छेउ हुँदै गुज्रिन्छ। यदि यो सीमाभित्र खतरनाक भाइरसले पृथ्वीको कुनै स्थानमा छिर्‍यो भने त्यसले सम्पूर्ण मानव प्रजातिलाई खतरामा पार्छ।

पछिल्ला शताब्दीमा मानव जातिले यस सिमानामा पहिले कहिल्यै नबनाइएको किल्ला बनाएको छ। आधुनिक स्वास्थ्य सेवा प्रणालीहरू त्यस सिमानामा पर्खाल बनेका छन् र नर्सहरू, डाक्टरहरू र वैज्ञानिकहरू रखवारी गर्ने रक्षक हुन् र तिनीहरुले घुसपैठाहरूलाई रोक्ने गर्छन्। यद्यपि यस सीमानाको लामो खण्डहरू विचित्ररुपमा निशस्त्र छाडिएको छ। संसारभरि आधारभूत स्वास्थ्य सेवाहरूको समेत अभाव भएका करोडौं मानिसहरू छन्। यस कुराले हामी सबैलाई खतरामा राखेको छ। हामी स्वास्थ्यका बारे राष्ट्रिय हिसाबले सोच्ने गर्छौं तर इरानी र चिनियाँलाई अझ राम्रो स्वास्थ्यसेवा प्रदान गर्दा इजरायली र अमेरिकीहरूलाई पनि महामारीबाट जोगाउन मद्दत गर्दछ। यो साधारण सत्यलाई सबैले स्पष्ट बुझ्नु पर्दछ, तर दुर्भाग्यवस यो कुरा बुझ्न विश्वका केही महत्त्वपूर्ण व्यक्तिहरू नै वेवास्ता गर्छन्।

नेतृत्वविहिन विश्व

आजका मानव जातिले गम्भिर संकटको सामना गर्नुपरेको छ, केवल कोरोनाभाइरसको कारणले मात्र होइन, मानव बीचमा विश्वासको कमीको कारणले समेत। महामारीलाई परास्त गर्न, मानिसहरूले वैज्ञानिकलाई विश्वास गर्न आवश्यक छ, नागरिकहरूले सार्वजनिक अधिकारीहरुलाई विश्वास गर्नुपर्दछ, र मुलुकहरूले एक अर्कालाई विश्वास गर्नु आवश्यक छ। विगत केही वर्षयता गैरजिम्मेवार राजनीतिज्ञहरूले विज्ञानको विश्वसनियता, सार्वजनिक अधिकारी र अन्तर्राष्ट्रिय सहयोगमा जानाजानी कम विश्वास गरेका छन्। यसको नतिजास्वरूप, हामी अब समन्वित वैश्विक प्रतिक्रियालाई प्रेरित गर्न, व्यवस्थित गर्न र वित्त व्यवस्थापन गर्नसक्ने वैश्विक नेताहरूको संकटको सामना गर्दैछौं।

सन् २०१४ ईबोला महामारीको बेला, संयुक्त राज्य अमेरिकाले त्यस प्रकारको नेताको भूमिका निर्वाह गर्‍यो। अमेरिकाले २००८ को आर्थिक संकटको समयमा पनि यस्तै भूमिका खेल्‍यो, जब यसले विश्वको आर्थिक मन्दी रोक्न पर्याप्त देशहरूलाई एकै मैदानमा उतार्‍यो। तर हालसालैका वर्षहरूमा अमेरिकाले विश्वव्यापी नेताको रूपमा आफ्नो भूमिका त्याग्यो। हालको अमेरिकी प्रशासनले विश्व स्वास्थ्य संघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग कटौती गरेको छ, र यसले विश्वमा संयुक्त राज्य अमेरिकाको कुनै वास्तविक मित्र छैनन् केवल रूचिहरू छन् भन्ने स्पष्ट पार्दछ। जब कोरोनाभाइरसको संकट सुरु भयो, संयुक्त राज्य अमेरिका किनारामा बस्यो, र अहिलेसम्म प्रमुख भूमिका खेल्नबाट बञ्चित भयो। यदि कथंकदाचित यसले नेतृत्व लिन खोज्यो भने पनि हालको अमेरिकी प्रशासनमा विश्वास यति हदसम्म खस्किएको छ कि अब केही देशहरूले मात्र यसलाई अनुसरण गर्ने चाहना राख्नेछन्। के तपाई त्यस्तो नेतालाई पछ्याउनुहुन्छ जसको आदर्श वाक्य नै “म पहिला” हो?

संयुक्त राज्य अमेरिकाले छोडेको खाली ठाउँ अरू कोहीले भरेका छैनन्। यसको ठीक उल्टो। जिनोफोबिया (जातिसँगको भय), अलगाववाद र अविश्वास अब धेरैजसो अन्तर्राष्ट्रिय प्रणालीको विशेषताहरु भएका छन्। आपसी विश्वास र विश्वव्यापी एकजुटता बिना हामी कोरोनाभाइरस महामारीलाई रोक्न सक्षम हुनेछैनौं, र भविष्यमा पनि हामीले यस्ता महामारी व्यहोर्न पर्ने सम्भावना छ। तर हरेक संकट एक अवसर पनि हो। आशा छ कि वर्तमान महामारीले मानवजातिलाई विश्वव्यापी मतभेद आउँदा खडा हुने खतराको महसुस गर्न सहयोग पुर्‍याउँछ।

विगत केही वर्षहरुमा गैह्र जिम्मेवार राजनीतिज्ञहरुले सार्वजनिक अधिकारीहरु र अन्तरराष्ट्रिय सहय‍ोगको विज्ञान माथिको विश्वासलाई जानाजान नजरअन्दाज गरिरहेका छन् । फलस्वरुप संकटको सामना गरिरहेको यो समयमा हामीलाई विश्वस्तरीय समयान्वत्मक सम्बोधनलाई उत्प्रेरित, संगठित र वित्तीय प्रवन्ध गर्ने नेताहरुको कमी खड्किरहेको छ।

संकटको यस घडिमा अति महत्वपूर्ण लडाइँ मानवता स्वयम् भित्र हुनेछ । यदि यो महामारीमा मानिसहरु माझ फुट (disunity) र अविश्वास बढेर जान्छ भने त्यो भाइरसको लागि सबैभन्दा ठूलो विजय हुनेछ। जब मानिसहरु भिडन्त गरिरहन्छन्, भाइरस दोब्बर हुनेछ । यसकाे विपरित जब मानिसहरु कोरोनाभाइरस विरुद्ध विश्वस्तरीीय सहकार्यमा जुट्नेछन् तब यो भाइरस मात्र होइन भविष्यमा आइलाग्ने सबै सूक्ष्मजिवाणुहरु विरुद्ध विजय हासिल हुनेछ।

भावानुवाद साभारः यूवाल नोह हरारी द्वारा  लिखित टाइम अनलाइन संस्करणमा  मार्च १५,२०२० मा प्रसारित।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

4 years ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ४ (चिली)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.