Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आफैँसँग युद्ध लड्दैछ भारत

भारतले पछिल्लो करिब ७० वर्ष विविधतामा एकता कायम राख्ने प्रयासमा गुजार्यो। जबकि भारतसँग अलग भएको पाकिस्तान फेरि दुई टुक्रामा विभाजित भएको थियो। त्यतिबेला पाकिस्तानले आफँैलाई नष्ट गर्ने लाइन समातेको थियो। यस मामलामा पाकिस्तान भारतभन्दा धेरै अगाडि थियो। अहिले भारतले पनि त्यही बाटो लिएको छ।

nepal_readers nepal_readers
साउन १, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    –शीतल पी सिंह-

    भारतको प्राचीन तथा मध्यकालीन विगत आजको भूगोल भन्दा विपरित थियो। भारत सांस्कृतिक विविधताका बीच पनि एक थियो। तर, भूगोल आजको जस्तो एक भने थिएन। निरन्तरको आपसी युद्धले अहिलको भारतको भूगोलमा फेरबदल भइरहन्थ्यो। कहिलेकाहीँ त पूरै बदलाव पनि हुने गथ्र्यो। यो प्रक्रिया भारतमा मात्रै होइन, विश्वभर नै चलिरहन्थ्यो। कहीँ कतै अपवादका रुपमा आज पनि भूगोल परिवर्तन भइरहन्छ/भइरहेको छ।

    भारतले पछिल्लो करिब ७० वर्ष विविधतामा एकता कायम राख्ने प्रयासमा गुजार्यो। जबकि भारतसँग अलग भएको पाकिस्तान फेरि दुई टुक्रामा विभाजित भएको थियो। त्यतिबेला पाकिस्तानले आफँैलाई नष्ट गर्ने लाइन समातेको थियो। यस मामलामा पाकिस्तान भारतभन्दा धेरै अगाडि थियो। अहिले भारतले पनि त्यही बाटो लिएको छ।

    सत्ताको गुन्डावाहिनी

    यो युद्ध सन् २०१४ मा केन्द्रीय सत्तामा आएका सत्ताधारीहरूले सुरु गरे। सुरुमा यिनले ‘कांग्रेस मुक्त भारत’को नारा दिए र विस्तारै यो अघोषित रुपमा विपक्षी मुक्त भारतमा बदलियो। यो सत्ताधारी समूह आफ्नै देशको विपक्षीको अस्तित्वलाई किन नामेट गर्न चाहन्छ ? आज विपक्षी दलले नेतृत्व गरेको राज्यका सरकारहरू प्रधानमन्त्रीविरुद्ध आक्रमक रुपमा खडा भएका छन्।

    विपक्षीलाई नामेट पार्ने सत्ताधारीको नियतको नतिजा हो यो। बंगाल, तेलंगना, तामिलनाडु, झारखण्ड र केहि दिन पहिले महाराष्ट्रमा यो स्थिति देखिएको थियो। दिल्ली र पञ्जाबका सरकारहरूले पनि मनैदेखि भारतीय प्रधानमन्त्रीप्रति सम्मानको भावना राखेको पाइँदैन।

    सन् २०१४ मा आएको परिवर्तन डिजिटल गुन्डावाहिनीसहित आयो। विस्तारै–विस्तारै सबै दललाई यस डिजिटल गुन्डा वाहिनीको आवश्यकता भयो। यसलाई प्राविधिक भाषामा आइटी सेल भनिन्छ। यो वाहिनीले आफ्ना विरोधीलाई शत्रुको रुपमा लिन्छ। बिरोधीलाई सक्याउनका लागि सो वाहिनी प्रचलित सबै नियमहरू उल्लघंन गर्न समेत तयार छ।

    हिन्दुका विरुद्ध को ?

    भारतमा आन्तरिक युद्धको सबैभन्दा ठूलो एजेण्डा ‘अन्यका विरुद्ध हिन्दु’ हो। हिन्दुविरुद्ध मानिएको ‘अन्य’ मा सबैभन्दा ठूलो हिस्सा मुसलमानहरूको छ। साथै इसाई र सिख पनि यसको चपेटामा छन्। सन् २०११ को जनगणनाका अनुसार मुस्लिमहरू भारतमा १५ प्रतिशत भन्दा कम छन्। मुसलमानहरूले नियतवश आफ्नो समुदायको जनसंख्या बढाइरहेको आरोप लाग्ने गरेको छ। जबकि त्यहाँ अशिक्षा र गरिबी ज्यादा छ। भारतमा गरिबी र अज्ञानता हुनुको मतलव परिवार नियोजनको अर्थ नबुझ्नु पनि हो।

    यही आधारमा हिन्दु धर्मका असंख्य भाष्यकारहरूले डेटलाईन समेत घोषणा गरिसकेका छन्, जसलाई उनीहरू आफूअनुकुल परिवर्तन गर्ने गर्छन्। यो डेटलाईन सन् २०२७ देखि २०५० सम्म फैलिएको छ। मुसलमानहरूको संख्यात्मक वृद्धिदर हिन्दुहरूको तुलनामा बढी नभएको भने होइन। तर यो वृद्धिदर लगातार कम भइरहेको विभिन्न जनगणनाहरूको अध्ययनले देखाउँछ।

    यो निकट भविस्यमै (२०२० देखि २०३० सालसम्म) आवश्यक वृद्धिदर वा यो भन्दा कममा आउन सक्छ। इसाई धर्मावलम्बीहरूका सन्दर्भमा भारतमा धेरै भ्रमहरू छन्। उत्तर पूर्व र आदिवासीहरूमा इसाईहरूको सक्रियता छ। तर पञ्जाव र आन्ध्र प्रदेशमा मुसलमानको ‘विस्तारवादी सफलता’को बारेमा विवादास्पद मान्यताहरू प्रचलित छ। तर ती कुरा तथ्यमा आधारित छैनन्।

    यद्यपि, सिख समाजको जनसंख्यालाई लिएर हाल कुनै विवाद पनि प्रचलनमा छैन। युद्ध प्रायः हतियारबाट लडिन्छ। युद्ध उसैले जित्छ, जोसँग आधुनिक हतियार हुन्छ र जोसँग युद्धका लागि पोख्त सेना छन्। र, भारतको केन्द्रीय सत्ता सञ्चालनको बागडोर सम्हालेको पार्टीसँग यी दुवै छन्। र, आजको दिनमा युद्धको तौरतरिका बदलिएको छ।

    मिडिया, सामाजिक सञ्जाल र राजनीतिक फन्डमा ९० प्रतिशत भन्दा बढी कब्जा जमाएको भारतीय जनता पार्टी (बिजेपी) सबैभन्दा बढी शक्तिशाली राजनीतिक गठजोड बनेको छ। उसका विरुद्ध खडा भएका विपक्षी सेनाका बीचमा धेरै आपसी असहमतिहरू छन् र ती सेनाका सेनापति बेलाबेला आफ्नो सेना छोडेर अर्को पक्षमा जान्छन्। जसका कारण विपक्षीहरू दिनदिनै कमजोर बनिरहेका छन्।

    हाम्रो मध्यकालीन अतीतमा आफूलाई हिन्दूका रूपमा सोच्नेहरूका लागि  अपमान गरिएको दृष्टान्त छ। जसको परिणाम होः हिन्दु १२ औँ शताब्दी भन्दा अघिको इतिहासमा फर्कन चाहन्छन् भने मुसलमानहरूलाई १२ औँ शताब्दी पछिको इतिहाससँग मात्रै सरोकार छ। यो अन्तरद्वन्द्व आजको भारतीय देशी राजनीतिको प्रमुख अन्तरवस्तु हो। यसका अगाडि सबै अत्यावश्यक मुद्दाहरू गौण भइसकेका छन्।

    निशानामा बोल्नेहरू

    हालको युद्धमा त्यस्ता मानिस सबैभन्दा बढी निशानामा पर्छन्, जसले यो अन्तरद्वन्द्वको आधुनिक र समसामयिक व्याख्या गर्ने जोखिम मोल्छन्। जो सही कुरालाई जनताका बीच लैजाने कोशिस गर्छन् र उत्पीडितहरूका लागि न्याय खोज्छन्, उनीहरू नै सबैभन्दा बढी आजका दिनमा निशानामा परेका छन्। यसका उदाहरणहरू हुन्ः भीमा कोरेगाँव मामलामा जेलमा राखिएका बन्दी, जेएनयूका छात्र, अध्यापक र जेएनयू, जुबैर, तीस्ता सेतलवाड, डाभोलकर, कालबुरगी, गौरी लंकेश आदि।

    सत्ताका कमजोरीमाथि औँला उठाउने र उत्पीडितको पक्षमा बोल्ने मानिसहरूको जागिर खोसिन्छ। तिनलाई जागिर दिन कतिपय मान्छे र संस्थाहरू डराउँछन् भने कतिलाई त कयौँ पुराना मुद्दा व्यूँताएर जेलमा समेत जाकिन्छ। जसको उदाहरण हुन्ः संजीव भट्ट आदि। यति हुँदा पनि असंख्य मानिसहरू उल्टै चुप छन्। विपक्षीले पनि आफ्नो हतियारहरूको प्रयोग गरेर लड्ने कोशिस गरेको त देखिन्छ। तर कहिले बग्गा पक्राउ प्रकरण त कहिले रोहित रञ्जन घटनामा राज्य सरकारले विपक्षीको तागतको बोध गराइदिन्छ। केन्द्रीय सरकारका एजेन्टहरू विपक्षीको कमजोरी खोजतलास गर्छन् या त आफैँ उत्पन्न गराइदिन्छन्।

    न्यायपालिकाको दशा

    न्यायपालिका राज्यसत्ताको सबैभन्दा ठूलो प्रहसनको शिकार भइरहेको छ। विद्यमान तन्त्रले न्यायपालिकाको निर्मम प्रयोग गरिहरेको छ। न्यायपालिका आफ्ना विलापहरू विभिन्न कार्यक्रम तथा सेमिनारहरूमा त पोख्न सक्छ। तर, उसका आदेशहरू भने सत्तासँगको त्रासले भरिपूर्ण हुन्छ। यी सबै स्थितिलाई विश्वले हेरिरहेको मात्रै छैन, अब कतिपय खुलेर बोल्न पनि थालेका छन्। संयुक्त राष्ट्र संघसहित मानवअधिकारमा चासो राख्ने पश्चिमका सबै संस्थाहरू तथा मिडियाहरू निरन्तर यस युद्धमाथि टिप्पणी गर्न थालेका छन्।

    भारत सरकारले लामो समयदेखि देश र विदेशमा प्रेस कन्फरेन्स गर्ने हिम्मत गुमाइसकेको छ। अन्त्यमा, भारतमा एक प्रकारको गृहयुद्धको सुरुवात गराइएको छ। पीओक (पाकिस्तानतर्फको कास्मिक) र अक्साई चिन (भारत नजिकैको चीन शासित क्षेत्र) फिर्ता ल्याउने भन्दै स्थानीय स्तरका हुल्लडबाज नेताहरूले भाषण गर्दा ताली ठोक्नेहरू हो, तिमीहरूले त युद्ध लड्न सुरु गरिसकेका छौँ। र, सामाजिक सञ्जालको युद्धमा तिमीहरू होमिइसकेका छौँ।

    दुई टुक्रा भइसकेको पाकिस्तानको अनुभवबाट भारतले केही सिक्न सकेन। र, आज भारतको विद्यमान भूगोल पुनः खतरामा छ। भारत नपत्याउँदो गरी आज आफैँसँग युद्धमा छ।

    लेखक वरिष्ठ भारतीय पत्रकार हुन्। मिडियाभिजिलबाट नेपाल रिडर्सको अनुवाद।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.