Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आउँदो पुस्ताले असमानता र विभेद सहनै सक्दैनन्

त्रिविको दुई पल्टको दिक्षान्त समारोह मैले हेरेँ। दुवैपल्ट ६० प्रतिशत भन्दा बढी छात्राहरूले गोल्ड मेडल प्राप्त गरेका छन्। त्यस्तै, विगतको साफ गेमकै कुरा गर्ने हो भने महिलाभन्दा पुरुषका खेल धेरै थिए। तर मुलुकलाई गोल्ड मेडल जिताउनेमा चाहिँ महिला धेरै थिए। तर पनि महिलाहरूको अस्तित्वलाई अझै स्वीकार गरिएको छैन, क्षमतालाई स्वीकार गरिएको छैन।

nepal_readers nepal_readers
पुस २४, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एमालेसहित अन्य पार्टीहरूमा अहिले नेतृत्व हस्तान्तरणको प्रश्न उठेको छ। यसबारे बहस भइरहेका छन्। पुस्तान्तरण भनेको के हो? खास युवाको परिभाषा के हो?

    खासमा अहिले कति उमेर सम्मको व्यक्तिलाई युवा मान्ने वा उमेरका हिसाबले मात्रै युवा भन्ने कि अथवा वैचारिक हिसाबले पनि युवा हुनुपर्ने भन्ने बहस चलिरहेको छ। पुस्तान्तरणको बहस उठ्दा सुरुमा हामीले पनि उमेरकै विषय उठाएका हौँ। किनभने एउटा निश्चित उमेरसम्म राजनीतिक रूपमा सक्रिय भइसकेपछि अर्को पुस्तालाई नेतृत्वका लागि छाडिदिनुपर्छ भन्ने हिसाबले पुस्तान्तरणको कुरा उठेको हो। हाम्रोमा जीवनको अन्तिम स्थितिमा हुँदासम्म पनि पदमै रहनुपर्ने नेतृत्वको मान्यता र मानसिकताले राजनीतिलाई जकड्यो। त्यसविरुद्ध उठेको आवाजले उमेरकै आधारमा पुस्तान्तरणको माग राखेको हो। तर हाम्रो देशको राजनीति हेर्दा हामी जसलाई युवा भनिरहेका छौँ, उहाँहरूको पनि विचार, सोचाई र भनाई देख्दा हामी फेरि के ठहरमा पुग्यौँ भने उमेरले मात्र पुस्तान्तरण नहुने रहेछ। त्यसले गर्दा वैचारिक रूपमा पनि युवा खोजिनुपर्ने रहेछ। यसर्थ, युवा हुनु भनेको सिर्जनशील हुनु पनि हो। परिवर्तनका आवाजलाई आत्मसाथ गर्नु पनि युवा हुनु हो। अतः पुस्तान्तरण र कसलाई युवा भन्ने विषयलाई समग्रमा नै बुझ्नुपर्छ।

    उमेरका कारण मात्रै कोही युवा हुँदैन भन्ने ठहर तपाईँले कसरी गर्नुभयो?

    युवामा बढी सिर्जनशीलता हुन्छ भन्ने आधारमा सुरुमा हामीले उमेरकै आधारमा अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर पुस्तान्तरणको मुद्दा उठाएका हौँ। तर म आफैँ संलग्न भएको आन्दोलनलाई हेर्दा, हामी त्यतिखेर जसलाई नयाँ पुस्ता भनिराखेका थियौँ, तिनैमध्ये कतिपयको सोचाई युवाको जस्तो देखिएन। प्रगतिशील देखिएन। उमेरले युवाहरू पनि उही पुरानो मान्यता बोक्ने, पितृसत्तात्मक चिन्तनमै झुण्डिएका, सवालहरूलाई पुरातन दृष्टिकोणले हेर्ने, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यकप्रति पुरातन सोचाई भएका थिए।
    आजभन्दा १५ वर्ष अघि पनि उहाँहरूको र अहिलेका शीर्ष नेतृत्वमा रहेकाहरूको सोच एउटै थियो। यसको मतलव उमेरमा युवा भएपनि उहाँहरूको सोचमा युवा भेट्टाइएन। र, कतिपय अहिले ७० वर्ष भन्दा माथिका कतिपय नेताहरूले बरु नयाँ कुरालाई स्विकार गरेको पाएँ। संविधान निर्माणताका भएका बहसहरूमा मैले यी कुराको अनुभूति गरेँ।

    अर्को कुरा, पार्टीभित्रै पनि छैठौँ महाधिवेशनपछि पार्टी निर्माणको क्रममा माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलिय जनवादले मात्रै नेपाली समाजलाई समृद्ध बनाउन सकिँदैन भन्ने कुराको महशुस भयो। हाम्रो समाजमा विद्यमान पितृसत्तात्मक मूल्यमान्यता, संस्कार र संस्कृतिहरूलाई परिवर्तन गर्नका लागि महिलावादी चिन्तन पनि हामीले सँगसँगै लैजानुपर्छ भन्ने महसुस भयो। यस कुरालाई अलि सुक्ष्म हिसाबले हेर्दा जनताको बहुदलिय जनवादभित्र पनि उल्लेख भएको छ। तर पहिलो पुस्तामात्रै होइन, पछिल्लो पुस्ता भनिनेहरूमा पनि महिलावादलाई चाहिँ किनारा लगाउनुपर्छ भन्ने सोच छ। महिलावादचाहिँ गाली गर्ने शब्द हो भन्ने बुझाई उनीहरूमा छ। त्यसैले मैले पुस्तान्तरणको विषयमा उमेरमात्रै महत्वपूर्ण होइन रहेछ भन्ने बुझेँ।

    म अलि लामो समय श्रम आन्दोलनमा पनि लागेँ। श्रम आन्दोलनमा पनि घरभित्रको जुन श्रम छ, त्यो त अपरिहार्य श्रम हो। बाहिरको श्रम बरु २/४ दिन नगर्दा या हप्ता दिन बिदा लिँदा फरक पर्दैन। तर घरभित्रको सरसफाइ, खाना बनाउने काम त निरन्तर चल्ने श्रम हो। ज्येष्ठ नागरिक, बिरामी, तथा बालबच्चाको स्याहार गर्ने कुरा अपरिहार्य विषय हो। संविधानमा त्यसलाई पनि श्रमको हिसाबले गणना गरिनुपर्छ भन्ने खालको बहस पनि भएको थियो। तर त्यसको लागि अहिले समाजमा चलिरहेको कामको लैंगिक विभाजनलाई नै परिवर्तन गर्दै लैजानुपर्छ र सहकार्यको संस्कारको विकास गर्नुपर्छ भनेर बहस चलायौँ।

    यस्ता गम्भीर विषयमा बहस चलाउँदा पनि हाम्रा पुस्ताका साथीहरू सहमत भएनन्। तर पनि पहिलो संविधानसभामा चाहिँ त्यसलाई हाम्रो समितिमा छलफलका क्रममा लेखेका थियौँ, तर दोस्रो संविधानसभामा आइपुग्दा, ‘सहकार्यको संस्कारको विकास गर्दै’ भन्ने वाक्यांश काटेर घरमा गरिने घरायसी कामलाई पनि आर्थिक गणनाको रूपमा लिनुपर्छ भन्ने हिसाबले लेखियो। त्यसमा सबै उमेर समुहका नेताहरू हुनुहुन्थ्यो। तर पहिलो संविधानसभामा बहस हुँदाचाहिँ हाम्रो उमेर समुहका साथीहरूसँग नै यस विषयमा बढी बहस भएको थियो। यी कुराहरूलाई हेर्दा हामी सहजै बुझ्न सक्छौं कि उमेर एउटा पक्ष हो, विचार अर्को पक्ष हो। कुन वस्तुलाई कुन दृष्टिकोणबाट हेर्ने भन्ने कुरा अर्को पक्ष हो।

    कतिपय मान्छेहरू कांग्रेस महाधिवेशनमार्फत आएका नयाँ अनुहारबाट कांग्रेसमा पुस्तान्तरण भयो भन्दै उत्साहित पनि भएका छन्।  एमालेमा चाहिँ त्यस्तो भयो कि भएको छैन?

    नेकपा एमालेमा उमेरका हिसाबले पुस्तान्तरणको कुरा गर्ने हो भने हामीले नवौँ महाधिवेशनमा यस्तो अभ्यास गरेका थियौँ। किनभने २९ वर्षको रचना खड्का पनि एमालेको केन्द्रीय सदस्यमा त्यतिखेर नै निर्वाचित हुनुभएको थियो। त्यसले गर्दा ५० वर्ष भन्दा कम र ४० वर्षको उमेरका धेरै साथीहरू पदाधिकारीमै पनि निर्वाचित हुनुभएको थियो। नाम नै लिनुपर्दा गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल, रविन्द्र अधिकारी निर्वाचित हुनुभएको थियो। हामी पनि त्यही उमेर समूहमा थियौँ। अरु पनि तात्विक फरक के प¥यो भनेर विचार र गतिशिलताका हिसाबले एउटा खालको विश्लेषण गर्नुपर्छ। अर्को चाहिँ त्यो उमेर समूहको मान्छे आउनेबित्तिकै केही गर्न सकिन्छ त?

    नयाँ विचार बोकेर शीर्ष नेतृत्वमै कोही आएको भए केही फरक पर्थ्यो। तर त्यसको अहिलेसम्म परिक्षण हुन पाएको छैन। होइन भने अहिले नेपाली कांग्रेसमा जसरी गगनजी, विश्व जी र धनराजजीहरू आउँदा मैले चाहिँ यहाँ ठ्याक्कै हाम्रो नवौं महाधिवेशनकै स्थिति देखिरहेको छु। अहिले कांग्रेसको चौधौं महाधिवेशले पनि एउटा आशाको किरण त बोकेकै छ तर १५औँ महाधिवेशनसम्म जाँदा नतिजा के होला भन्ने कुरा हेरिरहेको छु।

    अहिले पनि उमेर समूहकै हिसाबले हेर्ने हो भनेदेखि त नेकपा एमालेमा पनि ठूलो संख्या छ ५० वर्ष भन्दा मूनिका। त्यसमा पनि महिला साथीहरूको ठूलो संख्या उमेरको हिसाबले पनि युवा नै छन्। तर ठ्याक्कै निर्णय गर्ने ठाउँमा उहाँहरूको पहुँच नपुग्ने र नयाँ पुस्तालाई पाको पुस्ताले स्वीकार गर्ने खालको स्थिति रहेन भने नतिजा आउँदैन। त्यसले गर्दा एउटा पार्टीमा के छ भन्दा पनि अन्तरपार्टी र समकालिनहरूको बीचबाट समन्वय गरेर हामी जान सक्यौँ भने केही नयाँ कुरा दिन सकिन्छ भन्ने लाग्छ। तर एउटा पार्टीमा निश्चित मान्छेलाई हेरेर भनिने पुस्तान्तरण चाहिँ आफ्नै पार्टीभित्र भोगिसकेकाले म चाहिँ धेरै उत्साहित छैन।

    त्यसको मतलव शिर्ष नेतृत्वमा युवाले जमेर हस्तक्षेप गर्न नसक्दा तात्विक फरक आउँदैन भन्ने निचोड हो तपाइँको?

    ७१ सालमा भएको हाम्रो नवौं महाधिवेशनमा आफ्नै पार्टीभित्र आशा लाग्दा युवाका अनुहारहरू आउँदा उत्साह दिएको थियो। त्यो उमेर समूहले मात्रै केही गर्न सक्छ भन्ने आशा र अपेक्षा गरिएको थियो। तर त्यस्तो हुन सकेन। उहाँहरु व्यक्तिगत हिसाबबाट हाइहाइ हुने कुरा त कति ठाउँमा भयो होला, तर नीतिगत हिसाबले हस्तक्षेप र प्रक्रिया–पद्धतिमा परिवर्तन गर्ने, अन्तरपार्टी बीच पनि फराकिलो हिसाबले काम गरौं भन्ने कुरा हिजोको स्थितिमा मैले देख्न सकिनँ। अतः आज के हुन्छ, त्यहाँबाट शिक्षा लिएर अलिकति फराकिलो अन्तरपार्टी तहमा समेत उमेर समूहको हिसाबले पनि कम्तिमा समन्वय गरेर राजनीतिलाई संस्थागत गरेर प्रणालीमा ढालेर, एकमत भएर जान सक्ने हो भने, जुन ढंगले राजनीतिले मान्छेलाई निराश बनाइरहेको छ त्यसमा केही आशा छर्न सक्छ कि भन्ने लाग्छ तर त्यसका लागि फराकिलो ढंगले अन्तरपार्टी गतिविधि गर्न चाहिँ थाल्नुपर्छ। र, त्यसलाई इमान्दारितापूर्वक हामीले प्राप्त गरेको राजनीकि उपलब्धिलाई संस्थागत गर्ने काम गर्नुपर्छ ।

    नेतृत्व हस्तान्तरणको कुरा चल्दै गर्दा, महिला नेतृत्वलाई स्वीकार्ने समाजचाहिँ कहिले बन्ला ?

    अहिले हाम्रो केन्द्रीय समितीमा १ सय १७ मा अर्थात् झण्डै आधा महिलालाई एकिकृत गरेर जान सकियो भने भोलि उहाँहरूलाई रुपान्तरणको प्रक्रियामा परिचालन गर्न सकिन्छ भन्ने स्थिति देखेको छु। ती महिलाहरूले अहिले जसरी काम गरिरहेका छन्, त्यही स्पिरिटलाई अलिकति गति थप्ने हो भने अर्को महाधिवेशनसम्ममा एकदमै धेरै प्रतिस्पर्धी महिलाहरू हाम्रो आन्दोलनमा देखिनुहुनेछ। त्यसपछाडि, जब महिलाले भ्वाइस आउट गर्न थाल्छन्, अभिव्यक्त गर्न थाल्छन्, त्यसपछाडि कि त किनारा लगाउनुभ-यो कि त उनीहरूका कुरा सुन्न प-यो। दुई चार जना मात्रै हुँदा त किनारा लगाउन सजिलो भयो तर जमात नै बनेर आइसकेपछि त किनारा लगाउन सकिँदैन।

    त्यसैले, म अर्को ५ वर्षपछिको ११ औं महािधवेशनमा एमालेमा महिलाहरूको हस्तक्षेप बलियो हुन्छ भन्ठानेको छु। हामीले जीवनबाट विदा लिनेबेलासम्म महिलालाई आम रूपमा नेता स्वीकार गरेको देख्न पाउँलाजस्तो लाग्छ। किनभने राजनीतिमा नेतृत्व स्वीकार गर्ने भन्ने कुरा १५ देखि २० वर्ष भन्दा लामो कुरा होइन। पाँच वर्ष अगाडि आज कानुनमा लेखिएको जस्तो पार्टी कमिटीमा एक तिहाई महिला हुनुपर्छ भन्ने कुरामै मुन्टो बटार्ने स्थिति थियो। अहिले एक तिहाई महिला नभई पार्टी नबन्ने स्थिति बनेको छ। तर पनि हामी अहिले नै संविधानको धारा ३८ अनुसारको व्यवस्था हाम्रो कानुनमा पनि हुनुपर्छ भनेका छौँ। त्यस हिसाबले निर्वाचन आयोगले बनाउने कानुन परिवर्तन गर्दा पनि ३८ को ४ भनेको समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिताको कुरा छ। त्यो राज्यको निर्वाचनदेखि पार्टीको निर्वाचन र संरचनामा पनि हुनुपर्छ भन्ने हिसाबले राखेका छौँ।

    हिजो पालिकाहरूमा उपप्रमुखकै हिसाबले काम गर्ने स्थिति किन नबनोस् तर उहाँहरू अहिले एकदमै प्रतिस्पर्धी हिसाबले ‘अब प्रमुखको भूमिका निर्वाह गर्न सक्छौँ’ भनेर बोल्न थालिसक्नुभएको छ। भर्खरैको एउटा सर्भे गर्दा ११६ जना उपप्रमुखहरूले दिएको उत्तरमा प्रमुख भएर काम गर्न चाहिले क्षमता योग्यता र दक्षता के हो भन्ने कुरामा सचेत रहँदै झण्डै ८२ प्रतिशतले हामी अब प्रमुख भएर काम गर्न सक्छौं र दाबी गर्छौ भन्ने हिसाबले आउनुभएको छ। यो भनेको समाजले सहजै हिसाबले स्वीकार गरोस् वा नगरोस्, महिलाहरू नेतृत्वमा हस्तक्षेप गर्ने हिसाबले आउनुभएको छ, त्यो आशावादी कुरा हो ।

    त्रिविको दुई पल्टको दिक्षान्त समारोह मैले हेरेँ। दुवैपल्ट ६० प्रतिशत भन्दा बढी छात्राहरूले गोल्ड मेडल प्राप्त गरेका छन्। त्यस्तै, विगतको साफ गेमकै कुरा गर्ने हो भने महिलाभन्दा पुरुषका खेल धेरै थिए। तर मुलुकलाई गोल्ड मेडल जिताउनेमा चाहिँ महिला धेरै थिए। तर पनि महिलाहरूको अस्तित्वलाई अझै स्वीकार गरिएको छैन, क्षमतालाई स्वीकार गरिएको छैन। तर ‘हामीले हाम्रो क्षमतालाई देखाउनुपर्छ’ भन्ने प्रतिज्ञाका साथ नयाँ पुस्ता लागेको छ। ढिलोचाँढो महिलाको नेतृत्व नस्वीकारीकन यो मुलुक समृद्धिको बाटोमा पनि जाँदैन। जुन दिन अहिलेको पुरुष नेतृत्वले यो कुरालाई आत्मसाथ गर्न सक्छ, त्यो दिनबाट महिलाको नेतृत्व सन्तुष्टी गर्नलायक हुनेछ। महिलाहरूले त आफूलाई प्रस्तुत गरेकै छन् तर पुरुषहरूले पनि त्यो नेतृत्वलाई स्वीकार गर्नुपर्ने स्थिति बन्छ।

    लामो समय राजनीतिमा लागेर पनि तपाईँ शक्तिपूजामा लाग्नुभएन अथवा शक्तिशाली पद हत्याउनेतिर लाग्नुभएन। तपाईँले आफ्नो पुस्तकमा पनि ‘शक्तिको राजनीति भन्दा पनि सिद्धान्तको राजनीति गर्ने’ भन्नुभएको थियो। तपार्इँं किन शक्तिको प्रदक्षिणामा लाग्नुभएन?

    शक्ति केमा छ र यसलाई कसरी बुझ्ने भन्ने कुरो महत्वपूर्ण छ। एउटा अग्लो कुर्सीमा बसेको कुरालाई शक्ति ठान्ने कि भूईँमा बसेको मान्छेलाई पिर्कामा बसाउने कुरालाई शक्ति ठान्ने? यथास्थितिलाई स्वीकार गरेर अगाडि बढेको भएदेखि दुईचारदिन वा महिना मन्त्री पनि हुइन्थ्यो होला र पछिल्लो पटक पार्टीको पदाधिकारी पनि बनिन्थ्यिो होला। तर शक्ति प्रदक्षिणामार्फत शक्तिमा पुगेर के गर्नु? त्यसो हुँदा, शक्तिमा रहनेले जे भन्यो त्यो स्वीकार नगर्दा त नतिजा दिन सक्ने स्थिति आउँदैनथ्यो। त्योभन्दा बढी नतिजा त मैले मैदानमै बसेर दिइरहेको छु भन्ने मलाई लाग्छ। त्यसले, मैले स्पष्टै रुपमा भनेको छु, ‘राजनीति दुई किसिमको हुन्छ, एउटा शक्तिका लागि राजनीति, अर्को सिद्धान्तको राजनीति। मचाहिँ आफूलाई शक्तिशाली बनाउने भन्दा पनि अन्यायमा परेको वर्ग र समुदायलाई शक्ति प्रदान गराउने राजनीतिमा विश्वास गर्छु। त्यसैले, पदको लागि चाकडी गर्ने, पछाडि राख्ने र खुशी पार्ने भनेको चाहिँ मेरो रगतमै छैन। जुन कुरा रगतमै छैन, त्यो कुरालाई बनाएर अघि बढ्नुपर्छ भन्ने मलाई लाग्दैन।

    समानता भन्ने कुराले मलाई राजनीतिमा आकर्षित गरेको हो। लंैगिक हिसाबले, आर्थिक, वर्गीय र जातीय हिसाबले किनारामा पारिएका छन्, त्यो वर्गलाई मूलधारमा जबसम्म ल्याउन सकिँदैन, तबसम्म समानताको कुरा एक्लै प्राप्त गर्न सकिँदैन। त्यसैले गर्दा, स्वतन्त्रता र समानताको कुरा त, मैले मेरो परिवारमा मात्रै प्राप्त गर्न सक्छु। मेरो गेटबाट बाहिर निस्कँदा मैले मेरो परिवारबाट पाएकै समानताको स्तरको व्यवहार समाजले मलाई गर्छ त? त्यस्तै, एउटा श्रमिकले अरुहरूझैँ एकैखालको सम्मान पाउँछ त? अतः श्रम सबैभन्दा मूल्यवान हो भन्दै श्रमको सम्मान गर्ने दिन आउनप¥यो। त्यस्तै, जुनसुकै लैंगिक तथा यौनिक पहिचानको होस्, उ वा उनी एउटा मानव हुन् भन्ने दृष्टिकोण समाजमा स्थापित हुनुपर्छ। र, जातीय हिसाबले ठूलो वा सानो भनेर गरिने विभेदको अन्त्य हुनुप¥यो। यो नै मैले बुझेको राजनीति हो। त्यसैले यस राजनीतिको म मूलधारमै छु भन्ने लाग्छ ।

    पुरातन कर्मकाण्ड गर्नुपर्ने र रित पुर्याउनै पर्ने कम्युनिष्टहरू टन्नै छन्। तर तपाईँको आफ्नै स्वभावले गर्दा पनि आफू समाजभन्दा अलिक अलग भएझैँ लाग्दैन ?

    हामी समाजभन्दा पर भएको होइन। हाम्रै परिवारलाई हेर्दा पनि यो नेपाली समाजको सानो एकाई जस्तो लाग्छ। कर्मकाण्डको कुरा गर्ने हो भने मेरा भदाभदैको न्वारान पनि भएको छैन। परिवारमा त्यो कुरा स्वीकार्य नै छ। परिवारभित्रको नाता सम्बन्धकै हिसाबले पनि नेपालमा जति जातजाति छन्, ति प्रायः सबै कुनै न कुनै हिसाबले हाम्रो परिवारमा जोडिएका छन्। व्यक्तिगत स्वतन्त्रताको सम्मान छ हाम्रो परिवारमा। हामी त्यो स्वतन्त्रताका लागि पनि लडेका हौँ।

    आफ्नो जीवनको उत्तराद्र्धमा नेपाली समाज समानतामूलक हुन्छजस्तो लाग्छ भन्नुभयो, त्यो सम्भव होला?

    मलाई त लाग्छ। किनभने म आन्दोनलमा लागेको र मैले समानताका कुरा गर्न थालेको ४० वर्ष भयो। यो अवधिमा धेरै कुरामा परिवर्तनहरू पनि भएका छन्। त्यसले गर्दा, अबको ३०–४० वर्ष बाँचियो भने त अहिलेभन्दा डबल परिवर्तन होला भन्ठान्छु । किनभने हाम्रो पुस्ताले ‘छोरी मान्छेले जे कुरा गर्न हुन्छ र गर्न हुन्न’ भन्थ्यो, अहिले ती सबै बदलिएका छन्।

    अघि मैले दिएका जुन उदाहरणहरू छन्, विश्वविद्यालय या खेलकुदका सफलता, हामीले कल्पना पनि गर्न नसकेको कुरा नयाँ पुस्ताले देखाएको छ। तिनको पनि छोराछोरी र नातिनातिना पुस्तामा जाँदा स्वभाविक हिसाबले जुन खालको वातावरण परिवर्तन भइरहेको छ, विज्ञान र प्रविधिको पहुँचले मान्छेलाई एकअर्काबाट सिक्ने वातावरण दिइरहेको छ, यो सबै हेर्दा दुई पुस्ता पछाडिको पुस्ता बालिग भएर आउँदा असमानता सहन र पचाउनै तिनले सक्दैनन्। सँगै, पुस्तान्तरण र विज्ञान प्रविधिको विकासले आज विश्व नै एउटा गाउँ बनेको छ। यस्तो अवस्थामा हाम्रो जीवनको उत्तरार्धमा समता स्थापित होला भन्ठान्छु। त्यसले गर्दा, समता स्थापित भएपछि ढुक्कसँग मर्न पाइन्छ भन्नेमा म विस्वस्त छु।

    एमाले नेता पाण्डेसँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानी।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.