Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

निरुता सिंहले यत्रा वर्षसम्म आफ्नो ‘जात’ किन ढाँटेको?

थर लुकाउन सक्नेहरूले त लुकाएका छन्, लुकाउन नसक्नेहरूले मुन्टो लुकाएर हिँड्ने गरेका छन्। र, पछिल्लो दशकमा माओवादी जनयुद्धको प्रभाव र अन्य सामाजिक आन्दोलनहरूका प्रभावस्वरूप उत्पीडित समुदायको थोरै संख्याले आफ्नो नाम खुलेर लेख्न र भन्न थालेका छन्।

झंकेश्वर दास झंकेश्वर दास
पुस २, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चलचित्र नायिका निरुता सिंहले केही हप्ता पहिले एउटा नेपाली रियलिटी सोमा नेपाल र भारतीय समाजमा रहेको जात व्यवस्थाबारे दिएको अभिव्यक्ति अहिले सामाजिक संजालमा स्यर भइराखेको छ, चर्चाको विषय भइरहेको छ। कान्तिपुर टेलिभिजनको ‘डान्स च्याम्पियन’ नामको सो कार्यक्रमका प्रतिस्पर्धीहरूले जात र छुवाछुतको ‘थिम’मा आफ्नो नृत्य प्रस्तुत गरेपछि नायिका सिंहले भनिन्, ‘हामी आफूलाई २१ औँ शताव्दीमा छौँ भन्छौँ। हामीले एकदमै प्रगति गर्यौँ। हामी यो गर्यौँ/त्यो गर्यौँ भन्छौँ, हामी जातपात मान्दैनौँ पनि भन्छौँ। शहरमा बस्छौँ, ठूलाठूला कुरा गर्छौँ। तर आजपनि जातीय विभेद गाउँघर र शहर सबैतिर छ। मेरो नाम निरुता सिंह हो। र, मान्छेहरू सोध्छन्–निरुता सिंह भनेको को हो? कुन जातिको हो? तपाईँ ठकुरी हो? तर म विश्वकर्मा हुँ। उनीहरू सोध्छन्–विश्वकर्मा हो? म गर्वसँग भन्छु–म विश्वकर्मा हो। म कामी हो।’

    निरुता सिंहमात्रै होइन, नेपाली–भारतीय समाजमा नाम लुकाएर बाँच्न वाध्य धेरै कलाकारहरू छन्, श्रमजीविहरू छन्। थर(जात) नलुकाउँदा आत्मसम्मान नै धरापमा पर्छ भने, अरु मान्छेले अपमान गर्न थाल्छ भने, पेशा/व्यवसाय अपनाउनै नसकिने अवस्था आउँछ भने उनीहरूले कसरी आफ्नो थर खुलाउन्? पढेका र टन्न पैसा कमाएका मेरा एकाध साथी छन्, जो आज पनि आफ्नो ‘जात’ लुकाएर बसेका छन्। तिनले मन परेको मान्छेसँग विहे गर्नकै निम्ति पनि थर वा जात ढाँटेका छन्। सकेसम्म आफ्नो थर/जात अरुले थाहा नपाउन् भनेर उनीहरूले आफ्नो नामका पछाडि ‘टाइटल’ राखेका छन्। केहीले चाहिँ तथाकथित उच्च जातिकै थर जोडेका छन्।

    आजका दिनमा समेत ‘जात पत्ता लाग्दा’ ‘उत्पीडित जात’ले भोग्ने भुक्तमान कहालिलाग्दो छ भने केही दशक र शतकअघि मान्छेले आफ्नो जात/थर/समुदाय लुकाउनै नसक्ने अवस्थामा उत्पीडित जातिले कुन ताडना भोग्नुपर्थ्यो होला? केही पहिले आफ्नो जात खुलाएपछि काठमाडौंभित्र कोठा नपाएकी रूपा सुनारबारे धेरै मान्छेहरूले सुनेकै होलान्। जात थाहा हुनेबित्तिकै काठमाडौंमा समेत मान्छेहरूले कोठा दिँदैनन् भने दुरदराजका गाउँहरूको हालत के होला? उत्पीडित जातिमाथि कस्तो व्यवहार भइराखको होला?
    अरु कुरा किन? उत्पीडत समुदायका मेरै साथीहरू छन् जो यो लेखको विषयवस्तुसँग पूर्णः सहमत हुनेछन्। यस लेखका लागि मलाई मेसेन्जरमा धन्यवाद समेत दिनेछन् तर उनीहरू जात व्यवस्थाको बिरोध गरिएका यस्ता लेखहरू सामाजिक संजालमा शेयर गर्न डराउनेछन्। एउटा त ‘साना जातका मान्छेहरूको सानो चित्त हुन्छ’ भन्ने उच्च जातीय भाष्य समाजमा स्थापित छ।

    त्यसो हुँदा उत्पीडित समाजका मान्छेले केही बोल्नेवित्तिकै ‘लौ हेर, साना जातिको सानै सोच, यिनीहरूले जहिल्यै जातीय कुरा गर्छन्’ भनेर उडाइन्छ। अर्थात् अन्यायविरुद्ध बोल्नै निषेध गरेको उच्च जातीय भाष्य र सोचले। जसका कारण उत्पीडितहरू आफूले भोगेका अपमानका कुराहरू सार्वजनिक रूपमा व्यक्त गर्नै चाहँदैनन्। किनकि उच्च जातीय चिन्तन बोकेकाहरू ठान्छन्, ‘उत्पीडनको बिरोध होइन, उत्पीडनलाई सँस्कृति मानिदिएर त्यसको उल्टै प्रशंसा गर्नुपर्छ। समाजलाई व्यवस्थित बनाउन पुर्खाहरूले गरिदिएको वैज्ञानिक ढंगको श्रम विभाजन हो जात व्यवस्था भनेर त्यस गलत परम्परालाई प्रशंसाको पगरी गुथाइदिनुपर्छ।’

    नेपालमात्रै होइन, भारतका सबैजसो शहरहरूमा ‘जात’ खुलेकै कारण उच्च जातिकाले अन्यलाई होचो अर्घेल्याईँ गर्छन्। धनी–गरीब वा बेग्लै जाति तथा राष्ट्रियता भएका आधारमा संसारका सबै ठाउँमा विभेदहरू छन् तर हाम्रोजस्तो छुवाछुतको व्यवस्था छैन। जहाँजहाँ हिन्दू समाज छ, त्यहाँमात्रै छुवाछुत छ। ‘माथिल्लो जात’को मृतक जलाएको ठाउँमा दलितलाई लास जलाउन नदिएका, मुल सडकबाट लास जान अनुमति नभएका कारण लामो र जंगलको बाटो लास लान परेकाजस्ता सैयौँ समाचार आज पनि भारतबाट आइरहेका छन्। दुई वर्षअघि भारतको भेलोरमा मुल सडकबाट दलितको लास लैजाँदा सडक अपवित्र हुने भन्दै त्यहाँका ठूला जातिले अवरोध गरेपछि दलितहरूले लासलाई डोरीले बाँधेर पुलबाट खसाएर अर्को किनारमा पुर्याएको भिडियो अहिले पनि सामाजिक संजालमा हेर्न पाइन्छ।

    हो, नयाँ पुस्ता स्वतः थोरै प्रगतिशील हुन्छ नै तर त्यही प्रगतिशील पुस्तामा पनि खोला र बाटो छुइने चिन्तन आज पनि व्यापक छ। सोही कारण अहिले पनि तथाकथित ‘सानो जात’काले ‘ठूलो जात’को छोरी माग्न सिँगै गाउँ उठेर उसको हत्या गर्छ। नवराज विकलगायतका युवाहरूको हत्याको कारक त्यही प्रष्ट देखिने थर हो। नवराज विक यदि कुनै शहरमा बस्थे र थर लुकाउन समर्थ रहन्थे भने सम्भवतः उनले आफ्नी प्रेमिका सुष्मा मल्ल–ठकुरीसँग निर्धक्क बिहे गर्न पाउथे।

    तर हिजोदेखिको अकाट्य र गौरवशाली परम्परा तथा जात व्यवस्थाको ‘पवित्रता’ जोगाउन कसिएकाहरूले ‘त्यो त बाल बिबाह थियो नि’ भनेर रुकुम–नरसंहारको बचाउ गर्न खोजे। तर तथ्य त यही हो कि अहिले पनि समाजमा निर्धक्कसँग कानूनी रूपमा उमेर नपुगेकाहरू बीच धुमधाम विवाह भइरहेका छन्। कानुनी रूपमा विहे गर्ने उमेर नहुँदै जोडीहरू बच्चाका बाउआमा भएका उदाहरण खोजौँ न, जहाँ तहीँ छन्। प्रहरीमा उजुरी नपर्दासम्म १४ वर्षकै बच्चाबच्चीले बिहे गरेपनि त्यो बाल बिबाह ठहरिँदैन। तर अन्तर्जातीय विहेहरूमा भने आफन्त र अभिभावकले उजुरी दिने गर्छन् जसका कारण धेरै अन्तर्जातीय प्रेमहरू विवाहमा परिणत हुनुपूर्व नै झगडा र समस्यामा परिणत हुन्छ। त्यो भाँडिन्छ या कतिले नवराज विकको नियति भोग्नुपर्छ।

    मेरै आफन्तहरूले पनि बाल विवाह गरेका छन्। तर यस्ता विवाहहरू समाज र आफन्तबाट संरक्षित छन्। प्रहरी कार्यालयमा उजुरी नदिएका कारणमात्रै ती स्वतः विवाह ठहरिएका हुन्। जातकै कारण हजारौँ वर्षदेखि आर्थिक रूपमा खास खास समुदाय पछि परेको कुरो त छँदेछ, जात वा थरको पहिचान हुनेवित्तिकै त्यस मानिसको हुर्मत लिइने, त्यस मानिसप्रति हेर्ने नजरीयामा एकाएक १८० डिग्रिमा परिवर्तन हुने हुँदा दक्षिण एसियाली हिन्दू समाजमा मान्छेहरूले थर लुकाएरै जीवन बाँचेका छन्।

    थर लुकाउन सक्नेहरूले त लुकाएका छन्, लुकाउन नसक्नेहरूले मुन्टो लुकाएर हिँड्ने गरेका छन्। र, पछिल्लो दशकमा माओवादी जनयुद्धको प्रभाव र अन्य सामाजिक आन्दोलनहरूका प्रभावस्वरूप उत्पीडित समुदायको थोरै संख्याले आफ्नो नाम खुलेर लेख्न र भन्न थालेका छन्। दशकौँ नेपाली फिल्ममा काम गरेकी निरुताले पनि सम्भवतः सोही प्रभाव र बलमा ‘म कामी हुँ’ भनेर आफ्नो वेदना पोखेकी हुन्। उसो त मान्छेको जाति होमो सेपियन्स हो। अफ्रिकामा विकसित भएर संसारभर फैलेको यसको जाति एउटै हो। जातीय परिचयहरू पछि विकसित भएका हुन्। जातीय परिचयमै शोषण व्यवस्था आधारित रहेका हुनाले यो विषयलाई आज पनि जोडतोडका साथ उठाउन परेको हो। सकारात्मक विभेदका व्यवस्थाहरू ल्याउन खोजिएको हो।

    निरुताको ‘म गर्वका साथ भन्छु, म कामी हुँ’ भन्ने अभिव्यक्तिको प्रतिक्रियामा कतिपयले उनलाई सोधेका छन्, ‘उसो भए यत्तिका वर्ष निरुताले किन जात ढाँटेको?’ आफैँ निरुता सिंह भएर म उत्तर दिन चाहन्छु– बाघले आफूलाई बाँच्न दिँदैन भन्ने थाहा पाएको मृगले आफूलाई झाडीमै लुकाइराख्नुको कुनै विकल्प छ र? र, पनि हामी मृगलाई सोध्दै छौँ–किन तिमी बाघको बथानका अघि झाडीमा लुकेर बसेको? किन आफ्नो असली परिचय लुकाएको?

    नोट : जात वा थर भन्नु वा नभन्नु व्यक्तिको निजि मामिला हो। अर्को कुरा, ठूला भनिने जातिका पुरुषले दलित महिलासँग बिहे गर्दा ती दम्पतीबाट जन्मेका सन्तानको थर त ‘ठूला जात’कै हुने नै भयो। यसो हुँदा दलनमा परेका कतिपयको थर तथाकथित ठूला जातिको सँग मिल्नु अनौठो भएन। अर्को कुरा, नेपाल तथा भारतमा कतिपय साना भनिने जातिका थरहरू पहिलेदेखि नै ठूला भनिने जातिकै जस्तै रहेको कुरा जातव्यवस्थाका व्याख्याता तथा लेखक आहुतीले आफ्ना किताबहरूमा उल्लेख गरेका छन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झंकेश्वर दास

      झंकेश्वर दास

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.