Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन नगई हुन्न शुक्रवार काठमाडौं ?

झंकेश्वर दास झंकेश्वर दास
माघ ८, २०७७
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भोलि माघ ९ गते नेकपाको बहुमत पक्षले काठमाडौंमा विशाल जनसभाको आह्वान गरेको छ। पार्टीभित्र अल्पमतमा परेपछि खड्गप्रसाद ओलीले एक महिनाअघि छँदाखाँदाको संसद विघटन गरेको घोषणा गरेका थिए। ओली दुई तिहाई बहुमतसहितका ‘कम्युनिष्ट’ प्रधानमन्त्री थिए। खड्गप्रसाद ओलीको ‘राष्ट्रवादी’ व्यक्तित्वको आडमा नेकपाले दुई तिहाई बहुमत ल्याएको दावी गरिएपनि मूल रूपमा स्थायित्व र समृद्धि दिने आश्वासनमा जनताले नेकपालाई पत्याएका थिए। खड्ग ओली स्वयंको कुरा गर्ने हो भने राजावादी राजेन्द्र लिङ्देनसँग सहकार्य गरेर उनले चुनाव जितेका थिए। उनी स्वयंलाई आफू जित्छु भन्ने थियो भने अवश्य पनि अर्को दलसँग सहकार्य गर्थेनन् होला।

    मान्छेहरू ‘सेटिङ’का कुरा गरिरहेका छन्। यसको अर्थ हो, आम जनमानसले अहिले पनि विधी, पद्धति, प्रणाली र न्यायालयलाई विश्वास गर्ने वातावरण बनेको छैन। यो कहालिलाग्दो विषय हो।

    खैर, वामपन्थीको खोल ओडेका उट्पट्याङ खड्गप्रसाद ओलीले संसद विघटनको घोषणा गरिदिए। अनि ‘आफ्नै पोल्टाको राष्ट्रपति’ विद्या भण्डारीले आँखा चिम्लिएर त्यसलाई सदर गरिदिइन्। र, संसद विघटनको विषय अहिले सर्वोच्च अदालतमा छ। सिंगो देश अदालतको फैसलाको प्रतिक्षामा छ। तर उन्नत खालको प्रजातन्त्र र लोकतन्त्र स्थापित नभइसकेको समाज भएर होला, संविधानले उति प्रष्ट व्यवस्था गरेपनि आम मान्छेहरू संसद पुर्नस्थापना होला भनेर ढुक्क छैनन्। मान्छेहरू ‘सेटिङ’का कुरा गरिरहेका छन्। यसको अर्थ हो, आम जनमानसले अहिले पनि विधी, पद्धति, प्रणाली र न्यायालयलाई विश्वास गर्ने वातावरण बनेको छैन। यो कहालिलाग्दो विषय हो।

    संविधान प्रष्ट छ

    संविधानको कुनै पनि धाराले खड्गप्रसादको सो कदमलाई जायज देख्दैन किनकि अर्को सरकार बन्ने अवस्था रहेसम्म प्रधानमन्त्रीले संसद विघटन गर्नै सक्दैन । विगतमा बारम्बार संसद विघटन गर्ने र सरकार ढलाउने खेल भएकाले नै नयाँ संविधानमा यो व्यवस्था भएको हो । संविधान निर्माणगर्दाताक तत्कालिन् संविधानसभा अध्यक्ष सुवास नेम्बाङले मात्रै होइन, संविधानसभाका अनेक बैठकहरूमा भएका उतिबेलाका छलफलहरूका भिडियो हेर्दा र अडियो सुन्दा पनि त्यो प्रष्टै बुझिन्छ। तरैपनि अदालतले ‘के गर्ला के गर्ला’ भन्ने शंका स्थायित्व चाहने जनतामा छ। ‘कतै भित्रभित्रै सबै मिलाएर यो व्यवस्था खत्तम पार्न त लागेका छैनन् ओली र उनका मतियारहरू’ भन्ने शंका प्रवल भएको छ।

    किनकि खड्गओली कहिले पनि गणतन्त्रका पक्षधर थिएनन्। समावेशीता, धर्मनिरिपेक्षता र गाण्तन्त्रको आन्दोलनको नेतृत्व उनले कहिल्यै गरेनन्। बरु त्यसविरुद्ध ‘बयलगाडे’ अभिव्यक्तिहरू दिइरहे । पार्टीभित्र पनि उनी कार्यकर्ताको थुक, वीर्य र मलमुत्र जाँचेर बलियो गुट बनाउन लागिरहे। मदन भण्डारीजस्ता कम्युनिष्ट नेताको नाममा भारतीय आर्थिक सहयोग बटुल्दै देशभरी अवैध गतिविधिहरू संचालन गरिरहे।

    ओलीको नाटक जनताले पत्याए, रातारात ओली उग्र राष्ट्रवादी ठहरिए। ‘महेन्द्रभन्दा राष्ट्रवादी, मरिचमानभन्दा राष्ट्रवादी’ विम्व बने । ‘महेन्द्रीय नक्कली राष्ट्रवाद’ले स्कुलस्कुलमा ‘महेन्द्रमाला’ पढाएको थियो । महेन्द्रवाणीहरू टाँसेको थियो।

    नाकाबन्दीताक संयोगले खड्ग ओली प्रधानमन्त्री थिए । नेपाली जनता भारतीय विस्तारविरुद्ध थिए र सधैं छन्। खासमा भारतीय पक्षसँग सदा नरम हुने ओलीको नीति थियो तर जनआक्रोश भारतीय हेपाहा प्रवृत्तिविरुद्ध भएको बेला ओलीले पनि आफू राष्ट्रवादी भएको नाटक गरे। ओलीको नाटक जनताले पत्याए, रातारात ओली उग्र राष्ट्रवादी ठहरिए। ‘महेन्द्रभन्दा राष्ट्रवादी, मरिचमानभन्दा राष्ट्रवादी’ विम्व बने । ‘महेन्द्रीय नक्कली राष्ट्रवाद’ले स्कुलस्कुलमा ‘महेन्द्रमाला’ पढाएको थियो । महेन्द्रवाणीहरू टाँसेको थियो । त्यही तथाकथित राष्ट्रवादी मनोविज्ञानको जगमा निर्माण भएको हो हाम्रो पुस्ताको मनोविज्ञान। र, हामीले पनि उनलाई घनघोर राष्ट्रवादी ठान्यौं। खासमा ओली पनि महेन्द्रीय राष्ट्रवादकै चेला थिए।

    आन्दोलनप्रति बिषवमन 

    माओवादी हिंसात्मक आन्दोलनमा कमजोरीहरू भएका थिए तर सोही आन्दोलनकै बलमा निरंकुश राजतन्त्र ढलेको हो। तर ओलीले निरन्तर जनयुद्धका विरुद्धमा विषबमन गरिरहे। यसर्थ, खड्गप्रसाद ओलीले कतै सेटिङ गरेर नै त यो प्रगतीशील संसदको विघटनको घोषणा गरेनन् भन्ने संसय बाँकी छ। र, अर्को कुरा, हाम्रा प्रशासन, अदालत र सुरक्षा निकायहरूले जनआन्दोलन र जनआन्दोलनको बलमा स्थापित नयाँ शासनव्यवस्थालाई बाहिरी रूपमा स्विकारेपनि भित्री रूपमा उनीहरूमा अझै राणाशाही र शाहीतन्त्रको चिन्तन छ । आफूलाई ‘मालिक’बाट जनताको सेवक भनिएकोमा तिनलाई मन परेको छैन। सबै जनता मालिक भएको उनीहरूलाई पचेको छैन।

    जनताले राज्यका कुनै पनि निकायलाई विश्वास गर्न नसकिरहेको अवस्थामा जनता आफैं सडकमा उत्रनुको विकल्प हुँदैन। जनविरोधीहरूका अघि आफ्नो तागत देखाउनुको विकल्प हुँदैन। त्यसो गरियो भने कुनै पनि तागतले संसललाई हत्या गर्न सक्दैन। यो शासनविरुद्ध आँखा उठाउन सक्दैन।

    यसर्थ, राजावादीहरू, दक्षिणपन्थीहरू, पुरानै जमाना ठीक थियो भन्नेहरूलाई नयाँ संविधान मन परेको छैन । नयाँ व्यवस्था फिटिक्कै मन परेको छैन । उनीहरू कुनै न कुनै निहुँमा यो व्यवस्थालाई सक्याउन चाहन्छन् । दक्षिणपन्थी खड्गप्रसाद ओलीलाई प्रयोग गरेर उनीहरूले कतै यो शासनव्यवस्था सक्याउन आँटेका त होइनन् भन्ने त्रास प्रवल छ अहिले। यसर्थ, ओलीले गरेको संसद विघटनलाई उल्ट्याइनु आवश्यक छ । उसो त संविधानतः संसद विघटन भएकै छैन। तरैपनि यो विषय अदालतमा भएकाले कतै अदालतले संविधानकै चीरहरण त नगर्ला भन्ने आशंका व्याप्त छ। यसर्थ, जनताले राज्यका कुनै पनि निकायलाई विश्वास गर्न नसकिरहेको अवस्थामा जनता आफैं सडकमा उत्रनुको विकल्प हुँदैन। जनविरोधीहरूका अघि आफ्नो तागत देखाउनुको विकल्प हुँदैन। त्यसो गरियो भने कुनै पनि तागतले संसललाई हत्या गर्न सक्दैन। यो शासनविरुद्ध आँखा उठाउन सक्दैन।

    किन उत्रने मैदानमा?

    खासमा यतिखेरसम्म संसद विघटनविरुद्ध कांग्रेस, जनता समाजवादी, अन्य दल र नेकपाले संयुक्त मोर्चा बनाएर देशव्यापी आन्दोलन गर्नुपर्ने हो। यद्यपि, आन्दोलनका छोटामोटा कार्यक्रम घोषणा गर्दैगर्दा चुनावको ललिपपमा कांग्रेसका केही नेताहरू अहिले पनि अल्मलिएका छन्। यो दुःखद छ । यसो हूँदा तत्कालका लागि काठमाडौंमा नेकपा(बहुमत)ले गर्न लागेको वृहत जनसभामा जनताको व्यापक उपस्थिति आवश्यक छ। आफ्ना सारा इन्तजाम गरेर कुनै पनि हालतमा भोलि माघ ९ गते, शुक्रवार काठमाडौंको रत्नपार्कमा हुने विशाल जनसभामा सहभागी बनौं।

    यतिखेरसम्म संसद विघटनविरुद्ध कांग्रेस, जनता समाजवादी, अन्य दल र नेकपाले संयुक्त मोर्चा बनाएर देशव्यापी आन्दोलन गर्नुपर्ने हो। यद्यपि, आन्दोलनका छोटामोटा कार्यक्रम घोषणा गर्दैगर्दा चुनावको ललिपपमा कांग्रेसका केही नेताहरू अहिले पनि अल्मलिएका छन्। यो दुःखद छ।

    नियमित संघर्ष हो जीवन । कति गर्ने हामीले बारम्बार संघर्ष भन्ने नठानौं । ठूलो बलिदानमार्फत बनेको संविधानको रक्षा गरौं। आज तयारी गरौं, भोलि मैदानमा उत्रौं।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झंकेश्वर दास

      झंकेश्वर दास

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.