Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

लालसिं चड्डा, आमिर खान र राष्ट्रद्रोह

कतिपय फिल्म हेर्दा मान्छेप्रति तपाईंमा घृणा पैदा हुन्छ तर लालसिंह चड्डा भने ठ्याक्कै अलग छ। यो फिल्म हेरेपछि मान्छेप्रति तपाईंमा असल भावना पैदा हुन्छ।

nepal_readers nepal_readers
भदौ १, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अब लाल सिंह चड्डा कुनै साधारण फिल्म रहेन किनकि भारतमा यो फिल्म आफैंमा ठूलो राजनीतिक मुद्धा बन्यो। पछिल्ला दुई तीन हप्तादेखि ट्विटर, इन्स्टाग्राम र फेसबुकमा यो फिल्मलाई लिएर ‘रोस्ट ट्रेन्ड’ चलिरहेको छ। जति चर्चा यो फिल्मको भइरहेको छ यो वर्ष, सायदै अन्य कुनै फिल्मको भएको छ। यो फिल्मलाई बोइकट गर्नका लागि जोडका तोड नारा लागिरहेका छन्। र, यस फिल्ममा मूख्य रोल निभाएका आमिर खानलाई ‘हिन्दूफोबिक र अराष्ट्रवादी’ घोषित गरिँदै छ। दोस्रोतर्फ, कतिपय मान्छेहरूले यस फिल्मलाई भरपूर माया पनि गरिरहेका छन्, रुचाइरहेका छन्। मेरो कुरा गर्नुहुन्छ भने यो फिल्म हेर्नैपर्ने स्तरको हो। तर आमिर खानलाई हिन्दूद्वेषी भनेर जसरी किटान गरिएको छ, त्यसको सुरुवातचाँहि आमिर खानकै अर्को बहुचर्चित फिल्म ‘पिके’बाट सुरु भएको थियो।

    देशद्रोह

    लालसिंह चड्डा फिल्मलाई बोइकट गर्नेदेखि ट्रोलिङका विषयलाई अलि गहिराईमा गएर हेरौं। यो फिल्मका सन्दर्भमा पनि ‘यसले धार्मिक भावनामा प्रहार गरेको’ समेत भनिएको छ। र, आमिर खानले भनेका छन्, ‘यदि मैले कसैको दिल दुखाएको छु भने म त्यसका लागि माफी माग्छु। म कसैको दिल दुखाउन चाहन्नँ।’ भारतमा अहिले दुईवटा भाष्य प्रमुख रूपमा बनाइएका छन्ः देशभक्त र देशद्रोही। कुनै समय थियो, जतिखेर देशभक्त र देशद्रोही शब्द आफैमा गर्हुंगो शब्द हुने गर्दथे। कसैले यस्ता शब्दहरू प्रयोग गर्थ्यो भने त्यसको गम्भीर अर्थ हुनेगर्थ्यो। सबैले गर्व गर्न लायक व्यक्ति हुन्थ्यो-देशभक्त भनिने व्यक्ति, जसले समाज, राष्ट्र र देशका लागि गम्भीर योगदान गरेको हुन्थ्यो। प्रायः साहसी आर्मी अफिसर या कोही समाजसेवी, जसले हजारौं रुख रोपेर कुनै सुख्खा जमिनलाई हराभरा बनाएको हुन्थ्यो। समाजका खराबीविरुद्ध लडिरहेको व्यक्तिलाई पनि देशभक्त ठानिन्थ्यो। त्यसैगरी, देशद्रोही या गद्धार शब्दको अर्थ हुनेगर्थ्योः त्यो व्यक्ति जसले आफ्नो देशको सैन्य सूचना सार्वजनिक गरेर सत्रुदेशलाई सहयोग गर्दछ या आफ्नै देशमा बसेर दुश्मन देशका लागि जासुसी गर्छ।

    तर आजको दिनमा भारतमा देशभक्त को हो र को देशद्रोही भन्दै अलग अलग सर्टिफिकेट बाँडिदैछ। तपाईंको स्कुलको कुनै साथीले कुनै तर्कसंगत कुरा गर्‍यो भने उ देशद्रोही हुनेभयो। तपाईंको छिमेकीले कुनै विषयमा आफ्नो धारणा व्यक्त गर्‍यो भने उ/उनी देशद्रोही भयो। र, को देशद्रोही र को देशभक्त भनेर छुट्याउन सजिलो छ। यदि भारतको कुनै खास राजनीतिक पार्टीको (भारतीय जनता पार्टीको) विचार बोकेर तपाईं हिड्नुभएको छ भने तपाईंले देशभक्तिको सिर्टिफिकेट पाउनुहुन्छ। तर यदि तपाईं त्यस पार्टीले फैलाउने प्रोपागान्डा र विचारहरुका विरुद्ध बोल्नु या लेख्नुहुन्छ भने तपाईंलाई देशद्रोही भनिनेछ।

    उदाहरणका लागि यति नरसिंहानन्द भन्ने व्यक्तिलाई नै लिनुहोस्। यति नामका यी व्यक्ति खास एक धर्म (मुसलमान) विरुद्ध जातीय नरसंहारको कुरा गर्छन्, महिलाका बारेमा साह्रै तल्ला स्तरका कुरा गर्छन्। यतिसम्म कि भारतीय झण्डा (तिरंगा)लाई बहिस्कार गर्ने कुरा गर्छन्। तर पनि यी मान्छेलाई सरकारले जेलमा हालेको छैन। र, यी व्यक्तिलाइै कसैले देशद्रोही पनि भनेको छैन। किनभने यी मान्छे भारतीय जनता पार्टीको आफ्नै मान्छे हुन्। भन्नुको अर्थ, भारतमा आजका दिनमा बिजेपीका पक्षमा बोले राष्ट्रवादी, अरुका पक्षमा बोले राष्ट्रदोही।

    जस्तो किः भारतीय फिल्म इन्डष्ट्रीका सुप्रसिद्ध कलाकार नसरुद्धिन शाहलाई पनि देशद्रोहीको लेबल लगाइएको छ। यसको केही कारणहरू छन्। आजभन्दा केही वर्षअघि बुलन्दसर भन्ने ठाउँमा तीनवटा गाईका शव भेटिएका थिए। त्यसको प्रतिक्रिया स्वरूप भारतीय जनता पार्टी समर्थक बजरंग दल नामको भीडले त्यहाँको एक प्रहरी थानामा आगो लगायो। केही गाडी जले, बन्दुकसमेत पड्कियो। त्यस क्रममा प्रहरी अफिसर सुबोध कुमार सिंह र एक जना विद्यार्थी सुमित कुमारको हत्या भयो। र, त्यहाँका एडिसनल सुपरिटेन्डेन्टले उक्त दंगापछि एउटा विज्ञप्ति जारी गर्दै भने, ‘गाई हत्यारा हाम्रो प्रमुख प्राथमिकता हो। प्रहरी अफिसर र विद्यार्थीको हत्या र तोडफोडलाई पछि हेरिनेछ।’

    नसरुद्धिन शाहको आक्रोश

    र, त्यो गाई काण्डपछि कलाकार नसरुद्धिन शाह अचम्भित भए र उनले भने, ‘आजको भारतमा गाईको मृत्यु एक प्रहरी अधिकृतको मृत्युभन्दा बढी महत्वपूर्ण हुनथाल्यो।’ भारतीय हुनाका नाताले सो घट्नाले उनको कन्पारो तात्यो। त्यही कुरालाई लिएर बिजेपी समर्थकजनहरूले नसरुद्धिन शाहलाई देशद्रोहीको आरोप लगाउन थाल्यो। किनकि यस्ता कुरा बोल्नु भारतीय जनता पार्टीले फैलाएका विचारका विरुद्ध थियो। पत्रकार रबीस कुमारलाई नै लिउँ न! मिडियाको काम सत्य र तथ्य बाहिर ल्याउनु हो। देशका समस्याहरू जनतामाझ सार्वजनिक गर्नु हो। त्यसो गर्दा समस्याहरू हल गर्ने आइडिया लिन सकियोस्, दवाब सिर्जना गर्न सकियोस्। र, रबिस कुमार जब मुद्रास्फिति तथा बेरोजगारीका कुरा गर्छन्, पब्लिक विश्वविद्यालय र रोजगारीका कुरा गर्छन्, उनलाई पनि भारतमा देशद्रोहीको बिल्ला भिराइन्छ। जबकि रबिस कुमारले त आफ्नो काम गरेका हुन्।

    र, आमिर खानको पहिलो कन्ट्रोभर्सीमा पनि करिब यस्तै खालका मुद्धा र कारणहरू थिए। एउटा अन्तवार्ताका क्रममा खानलाई सोधियो, ‘देशको अवस्थाका बारेमा तपाईंको धारणा के छ?’ उनले यदि ‘थ्रि इडियट्स’कै शैलीमा ‘अल इज् वेल’ भनेका हुनेथिए भने विवाद अघि नबढ्न सक्थ्यो। मोदीकै शैलीमा उनले ‘सब चंगासी’ भनेको भए पनि समस्या हुन्थेन होला। तर उनले आफ्नो मनमा लागेको कुरा बोले, अहिलेको भारतमा असहिष्णुता बढेको बताए। तर आमिरको सो कुरा सुनेर केही मान्छेहरू धेरै रिसाए। उनीहले भने, ‘कहाँसम्मको त्यो आमिर? कहाँ छ हाम्रो देशमा असहिष्णुता? अब त्यसलाई हामी सवक सिकाउँछौं।’ त्यसो भनेर त्यहाँका केही राष्ट्रवादीहरूले आमिरले अभिनय गरेको फिल्म बहिस्कार गर्ने, आमिरसँगका ब्रान्ड डिल भएका कम्पनी र तिनका उत्पादन बहिस्कार गर्ने काम पनि थाले। तर व्यापक स्तरमा आमिरलाई मन नपराइएको भने थिएन तर विस्तारै न्यारेटिभ नै त्यस्तो बनाइयो कि देशभर नै आमिरको विरुद्धमा अभियानहरू चलिरहेका छन्।

    आइटी सेल र असहिष्णुता   

    पछि बिजेपीको आइटी सेलमा काम गर्ने एक पूर्व कर्मचारीमार्फत थाहा भयो कि बिजेपी आइटी सेलको चिफले आफ्ना पूरै सोसल मिडिया सेलका स्वयंसेवी तथा कर्मचारीहरूलाई भनेका रहेछन्, ‘आमिर खानविरुद्ध एक ट्विटर ट्रेन्ड चलाउनु।’ भन्नुको अर्थ हो, त्यतिखेर अमिर खानविरुद्धको प्रचार बिजेपीको आइटी सेलको कर्म थियो। दिवंगत गायक सिद्धु मुसवालाले आफ्नो गीतमा गाएका थिए, ‘तिमी धर्मका नाममा बहसहरू सुन्नेछौँ। र, सत्य बोल्यौ भने तिमीलाई सेक्सन २९५ (देशद्रोहको मुद्धासम्बन्धी ऐन) मा मुद्धा चलाइनेछ।’

    र, आजको भारतमा सर्वत्र यही भइरहेको देख्न सकिन्छ। पछिल्ला केही वर्षहरूमा बिजेपीको दुस्प्रचारविरुद्ध बोलेकाहरूको हत्या भएको छ। तर्कवादी नरेन्द्र दाबोल्करको हत्या, पत्रकार गौरी लंकेशको हत्या, कमेलेश तिवारीको हत्या, तब्रेज अन्सारी र पेहलु खानको हत्या तथा कन्हैयालालको केहीअघि मात्र भएको हत्याले त्यही संकेत गर्छ। यी सबै हत्याको कारण के हो? यी सबै मान्छेहरूको हत्या विचार राखेकै आधारमा भयो। यी मान्छेहरू दक्षिणपन्थी थिए या वामपन्थी तर आफ्नो विचार व्यक्त गरेकै कारण निसानामा परे।

    आजका दिनमा सामाजिक संजालमा कट्टर हिन्दूवादीहरू हनुमान जयन्तीका अवसरमा तलबार निकालेर मुसलमानका विरुद्धमा ठूला स्पिकरमार्फत नारा लगाएर हिडिरहेका भेटिन्छन्। दोस्रोतर्फ, यस्ता भिडियोहरू पनि देखिन्छन्, जहाँ कट्टर मुसलमानहरू आफ्नो हातमा ढुंगा लिएर ‘टाउको शरीरसँग जोडिएको हुन्छ’ भन्दै टाउको काट्ने धम्कीसहितका जुलुस निकाल्छन्। कुनै समय संगितकर्मी एआर रहमानविरुद्ध फत्वा जारी भएको थियो। प्रोफेट मोहम्मदको जिन्दगीको बारेमा बनाइएको फिल्मका लागि रहमानले गीत बनाए वापत नै फत्वा जारिएको थियो। सिन्धु बोर्डरमा धर्मनिन्दाको आरोपमा मान्छेलाई कुटेर मारियो। नुपुर शर्मा र जुबेरका विरुद्धमा हत्याको धम्की आए।

    यी सबै घट्ना असहिष्णुता नभए के हो त ?  र, असहिष्णुता सानातिना संगठनहरूबाटै मात्रै फैलाइएको छैन, भारतको राज्यप्रणाली नै यसमा लागेको छ। जस्तो कि उत्तर प्रदेशमा त्यहाँको पत्रकार पवन जैसवालमाथि मुद्धा दर्ता गरियो। जैसवालले ‘स्कुलका बच्चाहरूलाई दिउसोको खाजाका रूपमा नुन र रोटी खुवाएको’ भन्दै सरकारको अलोचना गरेका थिए। राजनीतिक व्यंग्यकार निलेश शर्मालाई छत्तिसगढको कंग्रेस सरकारले पक्राउ गर्‍यो, एउटा लेख लेखेकै कारण। र, अचेल प्रत्येकजसो दिन ‘बोइकट’वाला नाराहरू उछालिदैंछन्।

    कहिले यो कम्पनीको उत्पादन बोइकट गरौं, कहिले फलानो कम्पनीको उत्पादन बोइकट गरौं। कतिसम्म भने हल्दिराम कम्पनी र फ्याब इन्डियाविरुद्ध पनि बोइकट अभियान चालियो। बोइकट त गान्धीजीले पनि गरेका थिए, अंग्रेज सामानका विरुद्ध। उनले बेलायती सामान बहिस्कार गर्नुको कारण बिल्कुलै अलग थियो। उर्दु भाषा बोलेको कारण या कसैले आफ्नो अभिव्यक्ति दिएका कारण त उनले बेलायतलाई बहिस्कार गरेका थिएनन्।

    आमिर खानको लालसिंह चड्डा रिलिज भएसँगै अक्षयकुमारको फिल्म ‘रक्षा बन्धन’ पनि रिलिज भयो। त्यसविरुद्ध पनि बहिस्कार अभियान चले। त्यसको खास कारण के थियो भने मोदी सरकारले ल्याएको नागरिकता कानुनको विरुद्धमा त्यस फिल्मका लेखकले विरोध जनाएका थिए। र, भारतमा आजका दिनमा सामाजिक संजालका माध्यमबाट धम्की आउनु स्वभाविक हो। ‘बुल्ली बाई’जस्ता एप्लिकेसनका माध्यमबाट यहाँ मुसलमान महिलाहरूको हुर्मत लिइएको थियो। महेन्द्रसिं धोनी र बिराट कोह्लीका छोरीहरूका विरुद्ध अत्यन्तै घिनलाग्दो शब्दमा निन्दा हुने गरेको छ। यदि यी सारा घट्नाहरूलाई कसैले हेर्छ र मूल्यांकन गर्छ र देशमा असहिष्णुता बढ्दै गएको छ भन्छ भने उसले उनले के गलत भन्यो र? त्यसो भन्नुमा के खराबी छ?

    समस्या र समाधान

    देशमा भएका समस्याहरूका बारेमा कुराकानी हुनु स्वभाविक हो। जब हामी समस्याका बारेमा चर्चा गर्छौँ, तब त्यसको समाधानतर्फ अघि बढ्ने हो। तर कतिपय मान्छेहरू अस्ट्रिचले जमिनमा टाउको गाडेझैं बस्छन्। र, जो बोल्छन्, तिनीहरू देशद्रोही करार हुन्छन्। आमिर खानपनि तिनीहरूमध्ये एकै हुन्। र, उनीहरूको तर्क हुनेगर्छ, ‘आमिरलाई देश असहिष्णु लाग्छ भने उनी पाकिस्तान जाउन्।’ यी मान्छेहरू मलाई पनि गाली गर्छन् र भन्छन् ‘ध्रुब राठी देशबाहिर बसेरै किन देशका समस्याका बारेमा कुरा गर्छ?’ उनीहरूलाई भारतमै बसेर भारतको समस्याका बारेमा कुरा गर्नेहरूदेखि समस्या छ। भारतबाहिर रहेर भारतका समस्याका बारेमा कुरा गर्नेहरूदेखि पनि समस्या छ। त्यसो भए के गर्ने त ? के हामी अब चन्द्रमातिर भाग्नुपर्ने हो भारतका कुरा गर्न?

    खासमा भारतका कतिपय मान्छेहरू समस्याका बारेमा कुरै गर्न चाहँदैनन्। बरु भारत छाडेर आनन्दको जीवन जिउने बारेमा सोच्छन्। लोकसभामा सार्वजनिक भएको एउटा तथ्यांकअनुसार गत सालमात्रै एक लाख साठी हजार भारतीयहरूले आफ्नो पासपोर्ट त्यागेका छन्। २०१७ देखि करिब ९ लाख ३२ हजार भारतीयहरूले आफ्नो भारतीय नागरिकता नै त्यागेका छन्। कुनै त कारण होला, यी मान्छेहरूले भारत यसरी भारत छाड्नुको। र, यी मान्छेहरू भारत छाडेर सिरिया र इराकतर्फ लागेका पनि होइनन्। उनीहरू सबै प्रायः विकसित देशतर्फ नै गएका छन्। त्यतिमात्रै होइन, करोडौँपतिहरू समेत ठूलो संख्यामा विदेश पलायन भएका छन्। र, त्यसो हुँदा भारतीयहले ‘अन्य कारण’ पनि देश छाड्न खोजेका रहेछन् भन्ने कुरा प्रष्ट हुन्छ। त्यसको अर्थ हो, भारतमा भएका समस्याहरूका बारेमा अब जमेर बहस गर्नु आवश्यक छ।

    फेरि लागौँ, आमिर खानकै बारेमा। आमिर खानले टर्कीका राष्ट्रपति एर्दोगानसँग भेट गरेपछि अर्को तनाव सिर्जना गर्न खोजियो। एर्दोगान यस्ता राजनीतिज्ञ हुन्, जो धर्मका नामबाट दुनियाँलाई बहकाएर आफ्नो सत्ता र राजनीतिको दुनो भर्न चाहन्छन्। आमिर खान आफ्नो फिल्मको सुटिङका लागि टर्की गएका थिए र संयोगले टर्कीका राष्ट्रपति एर्दोगानसँग उनले त्यहाँ भेटघाट गरे। यसमा के ठूलो कुरा थियो र? आमिर खानको स्तरको कलाकारले टर्कीका राष्ट्रपतिसँग भेट्ने कुरा उति अनौठो कुरा भएन। मान्छेहरू त्यस भेटलाई किन पनि आलोचना गर्छन् भने टर्कीले अन्तर्राष्ट्रिय मंचहरूमा भारतलाई साथ दिएको छैन। टर्कीले भारतको नागरिकता कानुनको विरुद्धमा आफ्नो धारण सार्वजनिक गरेको छ। यो के अनौठो कुरा भयो र?

    टर्की

    आजका दिनसम्म भारतले टर्कीसँगको दौत्य सम्बन्धलाई खारेज गरेको छैन। उता, प्रधानमन्त्री मोदी स्वयं अन्तर्राष्ट्रिय मंचहरूमा त्यहाँका राष्ट्रपति एर्दोगानसँग कसिलो अँगालोमा बेरिएको देख्न पाइन्छ। भारत र टर्कीबीच व्यापार सम्बन्ध कायम छँदैछ। भारतले टर्कीका लागि प्रत्येक वर्ष कमसेकम ४.३ अर्ब डलर बराबरको सामान बेच्छ। विभिन्न १५० भारतीय कम्पनीहरूमा ५ हजार हाराहारीका टर्कीस नागरिकहरूले काम गरिरहेका छन्। यही वर्ष जुनमा सबैभन्दा धेरै भारतीय पर्यटकहरू टर्की घुम्न गए। त्यतिमात्रै होइन, २०१९ मा भारत र टर्कीका बीच एउटा फेस्टिबल पनि भएको थियो। यसको मतलव हो कि यी देशका बीच राजनीतिकलगायत अनकौं सम्बन्धहरू विद्यमान छ। सबै कुरा भारत र टर्कीबीच राम्रै चलेको छ। तर आमिर खानले आफ्नो फिल्म सुटिङ गर्ने क्रममा टर्कीका राष्ट्रपतिलाई भेट्नेबित्तिकै चाँहि किन उनलाई देशद्रोही घोषित गरिन्छ?

    आफ्नै व्यक्तिगत जीवनका बारेमा पनि सोच्नुहोस्, के तपाईं त्यस्ता व्यक्तिहरूसँग मात्रै संगत गर्नुहुन्छ अथवा भेट्नुहुन्छ, जोसँग तपाईंको सतप्रतिसत कुरा मिल्छ? कोही साथीले तपाईंको कुरा नमान्नेबित्तिकै तपाईं त्यो साथीसँग कहिल्यै भेट्नुहुन्न त? यही कुरा देश र उसका अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि लागू हुन्छ। जुन देशलाई भारतका हितैषी भनेर चिनिन्छन्, ती देशहरू समेत भारतका सबै कुरामा सहमत हुँदैनन्, छैनन्। आफ्ना अवधारणा र स्ट्यान्ड अलग राखेका छन्। यो कुरा हामीले बुझ्नु जरुरी छ।

    धार्मिक राजनीति

    पिके फिल्मलाई लिएर भएको तेस्रो र सबैभन्दा ठूलो कन्ट्रोभर्सी हो धार्मिक राजनीतिको। अर्थात् यसको जरा कारण हो धार्मिक राजनीति। पिके फिल्मको सन्दर्भमा एउटा खास राजनीतिक पार्टीले आफ्नै खालको भाष्य स्थापित गर्न चाहन्थ्यो। र, सोही सन्दर्भमा आमिर खानलाई हिन्दूविरोधीका रूपमा चित्रण गरियो। जबकि आमिर खान त केबल एउटा कलाकार हुन् पिकेको। उक्त फिल्मका निर्देशक राजु हिरानी हिन्दू हुन्। फिल्मका लेखक अभिजित जोशी हिन्दू नै हुन्। फिल्मका अधिकांश कलाकारहरू हिन्दू नै थिए। प्रोड्युसर पनि हिन्दू नै थिए। चलचित्रकी मुख्य अभिनेत्री अनुस्का पनि हिन्दू नै हुन् भने अर्का कलाकार सुसान्त सिंह राजपूत पनि हिन्दू नै थिए। त्यसो हुँदाहुँदै पनि बिजेपी एउटा गलत भाष्य स्थापित गर्न चाहन्थ्यो। पिके फिल्मलाई हिन्दूविरोधीका रूपमा चिनाउन चाहन्थ्यो। त्यसकारण केबल आमिर खानलाई टार्गेट गरियो।

    तपाईंले पनि पिके फिल्म हेर्नुभयो होला। फिल्मका बारेमा तपाईंलाई लागेका सत्य कुराहरू बताउनुहोस् त। जतिखेर तपाईंले यो फिल्म हेर्नुभयो, तपाईंले फिल्ममा कुनै कुरा हिन्दूबिरोधी देख्नुभयो? फिल्म हेरेर बाहिर निक्लँदा या पछि पनि तपाईंलाई यो फिल्म हिन्दूबिरोधीजस्तो लाग्यो? पक्कै, तपाईंलाई त्यस्तो केही लागेन। किनकि पिके हिन्दूबिरोधी फिल्म हो भनेर पछि मात्रै चर्चा हुन थालेको हो। जब सोसल मिडियामा भारतीय जनता पार्टीको आइटी सेलले अनेकौं कुतर्कहरूद्वारा यो फिल्मलाई हिन्दूविरोधी करार गर्न थाल्यो, तब कतिपयलाई लाग्यो होला कि, ‘यो फिल्म पक्कै पनि हिन्दूबिरोधी हो।’ पिके फिल्ममा एक सन्दर्भ छ, ‘ मान्छेलाई डर देखाएर भगवानका नाममा धन्दा चलिरहेका छन्।’ के वास्तवमै त्यस्तो हुँदैन र? यी सबै रङ नम्बरवाला बाबा र माताजीहरू के गर्छन्? धर्मको प्रयोग गरेर, झुट्टा कथा सुनाएर, तपाईँको भित्री मनमा डर सिर्जना गरेर आफ्नो व्यापार गर्छन्।

    पक्कै पनि कुनै मन्दिर या मस्जिदमा जानु गलत कुरा होइन। गरिबले पाउने पुग्ने गरी पैसा या अन्य जिन्सी दान गर्नु राम्रो काम हो तर पिके फिल्मले हामीलाई यो बताउँछ कि धर्मका नाममा जहाँकहीं व्यापार भएका छन् र तपाईं हामी सचेत हुनुपर्छ। भारतका निर्मल बाबाजस्ता हावा–जोगीहरूबाट बच्नुपर्छ, जो भन्ने गर्छन्, ‘हरियो चट्नीसँग समोसा खायौ भने तिमीले भगवानको कृपा तिमीहरूले पाउनेछौ।’ यसो भन्दाभन्दै पनि तपाईंलाई पिके एक हिन्दूविरोधी फिल्म हो भन्ने लाग्छ भने स्वामी दयानन्द सरस्वतीका बारेमा तपाईंको अवधारणा के छ? जसले ‘आर्य–समाज’को स्थापना गरे। उनले त मुर्ती पुजा नै गलत हो भने। स्वामी विवेकानन्दले धार्मिक कर्मकाण्डको विरोध गरे। यसको मतलव के तपाईंहरू स्वामी विवेकानन्दलाई पनि हिन्दूविरोधी भन्नुहुन्छ? धर्मको कुनै एक पक्षको आलोचना गर्नेवित्तिकै कोही हिन्दूविरोधी हुन्छ?

    तर यहाँ त मन नपरेको या कुनै खास धर्म विशेषको व्यक्ति वा समुदायलाई टार्गेट गर्नुछ। यदि यसरी नै भन्ने हो भने कुनै पनि फिल्मलाई हिन्दू-बिरोधी भनेर भन्न सकिन्छ। यदि थोरै मात्र पनि हिन्दू धर्मको बारेमा टिप्पणी गरिएको छ भने उसलाई हिन्दूबिरोधी भन्न सकियो। तपाईंले सोच्न पनि सक्नुहुन्न कि आफ्नो समयको सुपरहिट र अल टाइम पपुलर बनेको ‘शोले’ फिल्मलाई समेत आज आएर केही मानिसहरु हिन्दूविरोधी देख्न थालेका छन्। ३० बर्षसम्म यो फिल्मलाई लिएर कसैलाई कुनै समस्या थिएन। किनकि बिजेपीको आइटीसेलको कुनै व्यक्तिले त्यस फिल्मलाई हिन्दू विरोधी फिल्म भनेर प्रचार गर्छ। शोले फिल्ममा एउटा दृश्य छ जसमा बशन्ती नामकी चरित्र शिवको मन्दिर जान्छिन्। र, बीरुचाहिँ मन्दिरको भित्ता पछाडि लुकेर बसेको हुन्छ। र, आफै भगवान शिव भएको बताउँदै भित्तापछाडि बसेर बशन्ती बनेर कुरा गर्छ। प्रेमका लागि आफ्नो नाम प्रस्ताव गर्छ। त्यो फिल्म हो र फिल्मको बिरुले मजाक गरेको हो। पछि जयले बशन्तीलाई भित्ता पछाडि बसेको बिरुलाई देखाउँछ।

    आलोचनात्मक चेत

    र, यति सामान्य कुरालाई पनि अहिले हिन्दूविरोधी भन्दै भाष्य बनाइँदैछ। यसैसँग सम्बन्धित एक मलायलम फिल्म छ ‘ट्रान्स’ नामको। त्यसमा कसरी क्रिश्चियनिटीको बजारीकरण हुँदैछ भनेर देखाइएको छ। धर्मलाई प्रयोग गरेर मानिसहरूलाई कसरी बेवकुफ बनाइँदैछ भन्ने कुरा त्यसमा देखाइन्छ। त्यसमा फिल्ममा क्रिश्चियन धर्मलाई सम्मान नगरिएको वा मजाक उडाएको होइन, बरु जसले क्रिश्चियनिटीलाई प्रयोग गरेर मानिसहरुलाई बेवकुफ बनाइरहेका छन्, त्यस्तो प्रवृत्तिको आलोचना गरिएको हो। यति सामान्य टिप्पणीहरूलाई नसहने र नस्वीकार्ने हो भने त संसारमा विकास कसरी सम्भव छ? कसरी हुन्छ आलोचनात्मक चेतको विकास?

    दिपावलीमा अचेल पनि ‘पटका नपड्काउँ’ भन्ने अभियान चल्छ। हाम्रो स्कुल-जीवनमा पनि पटका पड्काउनु गलत हो भनेर सिकाइन्थ्यो, त्यसले वातावरण र व्यक्तिगत सुरक्षामा असर पार्छ भनिन्थ्यो। कतिले मान्थे, कतिले मान्दैनथे। यस कुराले त्यो समय कसैलाई कुनै समस्या हुँदैन थियो। तर आज त्यही कुरा कसैले भन्यो भने एकैछिनमा सो विषय ‘हिन्दूविरोधी’ भन्दै नारा लाग्न थाल्छ। र, धर्मलाई लिएर यस्ता अतिवाद सर्वत्र छन्। जस्तो किः एक इरानीयन फिल्म निर्माता छन्, जफर पान्ही। उनले फिल्म बनाएका थिए आउटसाइड। जसमा महिलाहरूले फुटबल हेर्न रोक लगाएको बारे आलोचनात्मक दृष्टिकोण छ। सो फिल्मलाई इस्लाम विरोधी भन्दै इरानी सरकारले बन्द गरायो।

    यस्ता कुराहरू अलि विकसित समाज वा देशमा देख्न पाइँदैन किनकि त्यहाँका मानिसहरु उदार सोचका भइसकेका छन्। र, उदार सोचका कारण उनीहरू विकासमा पनि अघि बढे। आजका दिनमा युरोप र अमेरिकाजस्ता देशहरूमा जिसस क्राइस्ट या क्रिश्चियनिटीबारे गम्भीर आलोचना गर्दै चलचित्र बनाएपनि कसैलाई केही फरक पर्दैन। हरर फिल्म ‘द नन’ र जिससमाथि बनेको फिल्म ‘द प्यासन अफ द क्राइस्ट’ले धर्मका कुरुप पक्षबारे प्रहार गरे तर ति फिल्ममाथि प्रतिबन्ध लागेन।

    यो सबै कुरा गर्दा कतिपय मान्छेहरू भन्ने गर्छन् कि आमिर खानले सबै कमी हिन्दू धर्ममा मात्रै किन देख्छन् भन्ने प्रश्न पनि उठ्छ। उनी किन मुस्लिम समुदायमा कुनै कमजोरी देख्दैनन् ? उनी किन हिन्दू धर्मलाई मात्र निसाना बनाउँछन्? यसको जवाफ पिके फिल्ममै नै देखाइएको छ कि उनी रक्सीको बोत्तल बोकेर मस्जिद जान्छन्। फिल्ममा भएको ट्रेन स्टेसनमा कुनै मुसलमानसम्बद्ध आतंकवादी संगठनले हमला गराउँछ र भैरो सिंह त्यस हमलामा मारिन्छन्। यो रह्यो पिकेको कुरा।

    आमिरले एउटा पुरै फिल्म बनाएका छन् मुसलमान धर्मका कमजोरीलाई लिएर। ‘सेक्रेट सुपरस्टार’मा देखाइएको छ कि सामान्य घरकी एक मुसलमान युवती कसरी सुपरस्टार बन्छिन् र पुरातनवादी सोचसँग कसरी लड्छिन्। योसँगै ‘अर्थ १९४७’ र ‘सर्फरोस’जस्ता फिल्म हेर्नुहोला। लालसिंह चढ्ढा फिल्मलाई नै हेरौं। यदि यो फिल्म तपाईंले हेरिसक्नुभएको छ भने यो फिल्ममा ‘इस्लामिक-रङ्ग नम्बर बाबा’का बारेमा आलोचना गरिएको छ। यसमा त्यस्ता बाबाहरूले कसरी मान्छेलाई आतंककारी बन्नका लागि ब्रेनवास गर्छन् र स्वर्गमा हुरसँग कसरी भेट हुन्छ भन्ने खालका आश्वासन दिन्छन् भन्ने कुरा छ। र, यस फिल्ममा त्यस्ता बाबाको मजाक उडाइएको छ।

    तर ज–जसलाई आमिरविरुद्ध भाष्य निर्माण गर्नुछ, उनीहरू यस्ता कुरामा चुप लाग्छन्। उनीहरूलाई आमिर खान हिन्दूविरोधी भएको स्थापित गर्नुछ। यहाँ हामी सबैले यो बुझ्न जरुरी छ कि यो भाष्य कसरी निर्माण गरिदैछ भनेर। आज आमिर खानलाई निशाना बनाइँदैछ, भोलि कसै अरुलाई बनाइनेछ। फिल्मबाट मनोरञ्जनसँगै सामाजिक सन्देश पनि लिने/दिने हो। त्यसैले, हामीले ती सामाजिक सन्देशलाई बुझ्ने बुझाउने र प्रचार गर्नुपर्छ। आमिर खानको सन्दर्भमा उनले कलाकारितासँगै अन्य कामहरू पनि गरेका छन्। पानी फाउन्डेशनमार्फत हजारौं मान्छेलाई पानी पिलाएका छन् र टेलिभिजन सो ‘सत्यमेवः जयते’मार्फत समाज सुधारका पक्षमा गम्भीर काम गरेका छन्। त्यसबाट पनि थाहा हुन्छ कि आमिर देशद्रोही हुन् या देशभक्त।

    लालसिंह

    लालसिंह चड्डाले मान्छेको निर्दोशपनाका बारेमा पनि बताउँछ। हामी हुर्कदैं जाँदा हामी प्रायः जीवनको अर्थ नै भुल्दै जान्छौं। जिन्दगीको भागदौडमा जीवन जिउन नै भुल्छौं। करिना कपुरको चरित्रमार्फत लालसिंह चड्डामा त्यही कुरा देखाउन खोजिएको छ। दोस्रो, यसले तपाईंलाई यो सोच्न वाध्य तुल्याउँछ कि तपाईंको जीवन जे हुन लागिरहेको छ, त्यसले तपाईंको भविष्यलाई निर्धारण गर्छ या तपाईं आफै आफ्नो जीवन निर्माण गर्न सक्नुहुन्छ।

    अक्सर मोटिभेसनल स्पिकरहरू भन्छन् कि ‘म आफ्नो जीवनको बाटो आफैँ कोर्छु।’ तर वास्तवमा जीवनमा धेरै कुराहरू त्यस्ता हुन्छन्, जो तपाईंको नियन्त्रणबाहिर हुन्छन्। र, त्यही जटिलतालाई यो चलचित्रमा पनि देखाउन खोजिएको छ। र, थाहै होला, अमेरिकन चलचित्र फरेस्ट गम्पको रिमेक हो यो। फरेस्ट गम्प पनि राम्रो फिल्म थियो। तर लालसिंह चड्डा झनै राम्रो छ। खासमा, फरेस्ट गम्पजस्ता चलचित्रलाई सबै भाषाहरूमा रिमेक गरिनुपर्छ। र, लालसिंह चड्डा हेर्नुभयो भने तपाईं पक्कै खुसी हुनुहुनेछ। कतिपय फिल्म हेर्दा मान्छेप्रति तपाईंमा घृणा पैदा हुन्छ तर लालसिंह चड्डा भने ठ्याक्कै अलग छ। यो फिल्म हेरेपछि मान्छेप्रति तपाईंमा असल भावना पैदा हुन्छ।

    -ध्रुव राठीको युट्युब च्यानलबाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.