Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

लक्ष्मीप्रसाद देवकोटा भर्सेस् लक्ष्मीप्रसाद परियार

प्रकाश अजात प्रकाश अजात
असार ८, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    प्रकाश अजात

    जबजब नेपाल/भारतका बन्चितिमा परेका दलितलगायत विविध समुदायहरूले आफूमाथि अन्याय भएको तथा आफ्नो आत्मसम्मानमाथि प्रहार भएको कुरा उठाउँछन्, तबतब उच्चजातिका भनिने मान्छेहरू उपदेश दिने शैलीमा भन्ने गर्छन्, ‘भो, अब पनि जातका कुरा नगर! यो एक्काइसौँ शताव्दी हो। मान्छेले चन्द्रमामा पाइला टेकिसक्दा पनि जातका कुरा गर्न कहाँ सुहाउँछ? तिमीहरू यस्तै तुच्छ कुराहरूका पछाडि लागेका कारण नै कहिल्यै उँभो नलागेका हौ।’

    झुक्किएर या कुनै दुर्लभ संयोगले आर्थिक रूपमा सम्पन्न हुन पुगेका एकाध दलित समुदायका व्यक्तिहरूले समेत कहिलेकाहीँ यस्तै उदेकलाग्दो तर्क गरेको देख्छु। तिनको तर्क हुन्छ, ‘हेर्नुहोस्, हामी पनि लडेरै हामी यहाँसम्म पुगेका हौँ। हामीले कहिल्यै जातका कुरा गरेनौँ। यसर्थ, लड्नु पो पर्छ, जातका कुरा गरेर कहाँ हुन्छ?’ कानले मात्रै सुन्दा हो कि झैँ लाग्छ यो कथन।

    देवकोटाको चर्चित कविता

    किनकि ‘हामी मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भन्ने लक्ष्मीप्रसाद देबकोटा रचित मुनामदनको एक पङ्कति गाउँदै त्यसैलाई नै महिमामण्डन गरेर हुर्केका पुस्ता हौँ। देवकोटाले त्यस पङ्कतिमा चारवर्णमा समावेश नभएको भोट मूलका व्यक्तिको दिललाई एक भिन्न जातिको दिल भन्ने अर्थमा उल्लेख गरेका हुन्। तर यसको व्याख्या उचनिच जातिको दिलका रुपमा गरियो। जसबाट यस्तो धारणा बन्यो कि ‘हुनचाहिँ दिल असल भएको मान्छे नै ठूलो हो, तर समाजमा जातचाहिँ हुन्छ।’ समाजमा जात हुन्छ भन्नुको अर्थ हो, समाजमा ठूला र साना दर्जाका मान्छेहरू हुन्छन्। समाजमा ठूला र सानाका आधारमा विभेद गरिन्छ।

    हाम्रो समाजमा जब जातपात र थरको कुरा हुन्छ, त्यसले सोझै शोषण र दर्जा बुझाउँछ। उँचनिँच बुझाउँछ। धनी र गरिब पनि बुझाउँछ। सय जना उपाध्याय बाहुनहरू र १०० दर्जीलाई एक ठाउँमा लाइन लगाएर अध्ययन नै गर्ने भने १०० मध्ये ७५ जना उपाध्यायहरू आर्थिक रूपमा सम्पन्न नै हुन्छन्। तर १०० दलितमध्ये ५ या १० जनामात्रै सम्पन्न हुने सम्भावना छ। यसरी प्रष्ट रूपमा जात र थरले त्यसभित्र निहित विभेद जनाउँछ। कमसेकम पाँच हजार वर्षदेखि दक्षिण एसियामा चलेको जात व्यवस्थाले निम्त्याएको दिर्घरोगको असर देखाउँछ।

    यसर्थ, जातका कारणले मानिस ‘ठूलो’ हुँदैन भन्ने कुरा सफेद झुट हो किनकि हाम्रो समाजमा हजारौँ वर्षदेखि जातकै कारण मान्छे ठूलो र सानो छ। अछुत र छुत छ। रोगी र निरोगी छ। भोको र अघाएको छ। यसर्थ, जातकै कारण ठूलो सानोको विभेद नहोस् भन्ने कल्पना अहिले पनि अव्यवहारिक र आदर्शवादी कल्पना हो।

    महाकवि लक्ष्मीप्रसाद परियार

    एउटा कल्पना गरौँ, महाकवि देवकोटा स्वयं मुसहर या दर्जीको परिवारमा जन्म लिएका हुन्थे भने उनी यो स्तरमा नेपाली समाजमा पुजनीय हुन्थे होला? छुवाछुत र दुर्व्यवहारको जगमा बनेको समाजले लक्ष्मीप्रसाद परियारलाई महाकविका रूपमा स्विकार्थ्यो होला? दमाईलगायत अन्य दलित परिवारमा जन्मेका व्यक्तिले आजका दिनमा त कतिपय संस्कृत पाठशालाहरूमा सहज पहुँच पाएका छैनन्। सार्वजनिक स्कुलका धाराहरूमा पानी पिउनसमेत तिनले संघर्ष गरिरहेका छन् भने लक्ष्मीप्रसाद परियारले त्यस्तो अवसर पाउँथे होला?

    अनि जातिवादलाई ऐनमार्फतै लागू गर्ने जंगबहादुर राणाका सन्तानहरूले आफ्ना दरबारहरूमा लक्ष्मीप्रसाद परियारलाई बोलाएर आफ्ना भाइभतिजालाई ट्युसन पढाउँथे होला? यसर्थ, मानिस जातकै आधारमा आजसम्म ‘ठूलो’ हुन पाएको छ। हुनुहुँदैन भन्नु राम्रो हो तर आजसम्म त्यसो भएकै छैन। दमाई, कामी, सार्की, मुसहर, दुसाँध, पोडे र च्यामेहरू आज पनि पिँधमै छन् र त्यसको जरो कारण जातिवाद नै हो। र, दक्षिण एसियामा जातिवादको मूख्य हर्ताकर्ता ‘देवता र मान्छेबीच मध्यस्थताको भूमिका खेल्ने पण्डित र ब्राह्मणहरू’ नै हुन्। यसर्थ, आजसम्म यस भेगमा मान्छे जातकै कारणले ‘ठूलो’ हुन पाएको छ।

    जातव्यवस्था : समृद्धि र विपन्नताको कारण

    हजारौँ वर्षदेखि यसैगरी बुझाइएको छ। उपाध्याय भन्नेवित्तिकै उच्च जातको बाहुन। दर्जी या मुसहर परियार भन्नेबित्तिकै तल्लो जातको, अछुत। र, त्यही छुतअछुत र उँचनिँच भएका कारण मान्छेहरूले राज्यसत्ता, आर्थिक कारोबारहरू र सामाजिक क्षेत्रहरूमा अलगअलग स्थान पाएका छन्। अवसर पाउनेहरू युगौँदेखि सम्पन्न छन्। तिनको आवाज र आत्मविश्वास ठूलो छ। युगौँदेखि डराई डराई समाजमा बाँच्नेहरूको हैसियत अहिले पनि जर्जर छ।

    तर सालाखाला ३००० वर्ष अघिदेखि दक्षिण एसियामा स्थापित जाति व्यवस्थामा पौडिरहेका हामीले अहिलेसम्म जातीय विभेदको अन्तर्द्वन्द्वलाई केलाउन सकेका छैनौँ। त्यसबारेको अध्ययन राजनीतिक दलका बडेबडे नेतामा समेत बिरलै छ भने आम मान्छेबाट दलन र उत्पीडनबारे बैज्ञानिक दृष्टिकोणको अपेक्षा कसरी गर्नु?

    सय वर्षभन्दा अघिका लक्ष्मीप्रसाद देवकोटा त्यस युगका चेतनशील सामाजिक अगुवा थिए। उनी जीवनकालभर हिन्दूवादी भएनन्। यसकारण ‘जातका आधारमा मान्छे ठूलो हुन्न’ भन्नु उनका लागि सामान्य थियो। तर त्यस पङ्कतिभित्र परिस्थितिलाई क्लाइमेक्समा पुर्याउन उनले जानी नजानी उच्चजातीय अहंकार व्यक्त गरेका छन्। जस्तो किः उनले तिब्बततिरको कुनै भोटे र काठमाडौं उपत्यकाको क्षेत्रीको छोरोबीच जातीय तुलना गरेका छन् , ‘क्षेत्रिको छोरो त्यो पाउ छुन्छ, घिनले छुँदैन।’ ‘क्षेत्रीजस्तो उच्च जात या कुलमा जन्मेर समेत भोटको जात पहिचान नभएको मान्छेको गोडा छोएको’ भन्ने सन्देश मिल्छ त्यसमा ।

    लुकेको जातिवादी अहंकार

    यस्तै खालका तर्क अचेल प्रशस्त हुने गरेका छन्। तथाकथित उच्चजातिका मान्छेहरू आफूलाई जातपातविरोधी रहेको दावा गर्दै भन्ने गर्छन्, ‘हेर्नुहोस्, म फलानो जातको भएर पनि दमाई कामीसँगै बसेर खाना खान्छु। उनीहरूको घरभित्रै पसेको छु। मेरा कति साथीहरू दलित छन्।’ यस्ता दावी र कथनहरूले फेरि पनि जातिवादलाई नै प्रश्रय दिन्छ। एउटै वाक्यमा उनीहरू आफू जातिवाद मान्दिनँ पनि भन्छन् र ‘म त उच्च जातको हुँ नि’ भन्न पनि भ्याउँछन्। दलितसँगै बसिदिएर, उनीहरूका घरमा छिरिदिएर आफूले दया र कल्याण गरेको अभिप्राय हुन्छ उनीहरूको। यति निर्घिणी र दोहोरो मापदण्डमा टेकेर जातिवादको बचाउ गर्छन् बाबुसाहेबहरू।

    जातिवादका समर्थकहरू भन्ने गर्छन् कि समाजमा सब ठीकठाक छ। विभेद छ भन्नेहरू सबै डलरजीवीहरू हुन्। समाज भँडुवाहरू हुन्। महिलाहरूले अधिकारको कुरा उठाउँदा पनि यिनीहरू यसै भन्छन्। तर हाम्रो समाज पटक्कै ठीकठाक छैन। हजारौँ वर्षदेखि हाम्रो समाजमा छुवाछुत र अन्य खालका सामाजिक विभेद छन्। र, पछिल्लो चेतनाले विगत पाँच हजार वर्षदेखि निश्चित जाति र समुदायले पाएको कोटा(विशेषाधिकार) विरुद्ध समानुपातिक सहभागिताका पहलहरू हुन थालेका हुन्। यस्तो हुन थालेको एक दशकमात्रै भएको छ। तर सहभागिताको प्रतिसत अहिले पनि थोरै छ।

    कुतर्क

    कतिपय मान्छेहरू दलितमाथिको विभेदको कारण ‘दलितहरूकै सोच’ भएको तर्क गर्छन्। अझ दलित शब्द र दलित जनाउने थरहरू हटाएमा पनि समाज जस्ताको तस्तै हुने उनीहरूको तर्क रहने गर्छ। तर यसो भन्नु र क्यान्सर लागेको व्यक्तिलाई उक्त व्यक्तिको ‘क्यान्सर सोच’ नै उनीहरूको दुखको कारण भन्दा भइगयो। अनि ‘क्यान्सर’ शब्द हटाइदिए त्यो व्यक्ति त्यस रोगबाट सहजै मुक्त हुन्छ भन्ने हावा तर्क पनि गर्न मिल्यो। समाजले नै दलन र उत्पीडन सिर्जना गरेको तथ्य बुझ्न नसक्दा मान्छेहरू यसरी हावा तर्क गर्छन्। बिरामीले ‘म बिरामी छु’ भनेर अवश्य नै भन्छ। काटिन लागेको पशु त त्रास र पीडाले चिच्याउँछ/कराउँछ भने उत्पीडनमा परेका मान्छेहरूले आवाज उठाउनु स्वभाविक हो।

    शरीरभरी रामको नाम खोपेर पनि विभेद र छुवाछुतको अत्याचार खेपिरहेका भारत छत्तिसगढका हिन्दू धर्मालम्वी।

    भाषा, अवसर, राज्यसँगको सम्बन्ध, धर्म, जात र जन्मकै कारण समाजमा स्वतः उच्चस्थानमा रहेका बाबुसाहेबहरूलाई म कहिलेकाहीँ वधशालाको बुचर(पशु काटमार गर्ने)जस्तो देख्छु म। सम्भवतः वधशालाको बुचरलाई पशुहरूकै अभाग, अज्ञान र पशुताका कारण मारिन पुगेको जस्तो लाग्न सक्छ। बुचरलाई पशुलाई मार्नु आफ्नो विशेषाधिकार भएकोजस्तो लाग्न पनि सक्छ।

    यस सन्दर्भमा जातीय विभेदको कहालिलाग्दो अत्याचार सहन नसकेर १८७० देखि भारतको छत्तिसगढको चर्पोरा गाउँका दलितहरूले आफ्नो टाउको र कतिपयले सिंगै शरीरमा ‘राम’ नामको टाटु खोपे। त्यो प्रचलन बढ्दै गयो। तर टाटु देख्नेवित्तिकै ‘उच्चजातका मान्छे’हरूले ‘यिनीहरू दलित हुन्’ भनेर चिन्ने भएपछि त्यो समुदायले झनै बढी सामाजिक उत्पीडन भोगे।

    र, आज परिस्थिति कस्तो बनेको छ भने त्यहाँका नयाँ पुस्ताका दलितहरूले शरीरमा रामको टाटु खोप्नै छाडेका छन्। तिनीहरूमाथि उच्च जातले अझै पनि छुवाछुत र सामाजिक रूपमा बहिस्कार गर्छ। नेपालमा पनि नेपाली र विश्वकर्मा थरहरूले त्यस्तै संकेत गर्छन्। तर देउताकै नाम थरका रूपमा राख्दा पनि यो हट्नेवाला छैन। रोगलाई ‘निरोग’ नाम दिएर मान्छे स्वस्थ हुन सक्दैन भन्ने प्रमाण हो यो।

    जातप्रथा हाम्रो समाजको ऐंजेरु हो। यसले दलितहरूको मात्रै विकाश र समृद्धि रोकेको होइन, सारमा सिंगै समाजलाई यस ऐंजेरूले वर्वाद पारेको छ। यसर्थ, दलनमा परेका तथा दलन बुझेका सबै न्यायप्रेमीहरू यो दिर्घरोगविरुद्ध निरन्तर लड्नुपर्छ। र, अन्त्यमा मेरो परिकल्पनाका लक्ष्मीप्रसाद परियारले भोलिका दिनमा लेख्न सक्ने न्यायको एउटा हरफ :

    थियो रे उहिले जात भन्ने चेत, अहिले कोही मान्दैन
    सेपियन्सको सन्तान, ज्ञानविज्ञान बुझ्छ विभेद जान्दैन

    मानव जातिबीच जातीय विभेदकै अवस्था नरहने यस्तो अवस्थामा सम्भवतः लक्ष्मीप्रसाद परियारले समेत आफ्नो नाम फेरिसकेका हुनसक्लान् : लक्ष्मीप्रसाद सेपियन्स।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.