Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आउनुहोस्, ‘कमरेड’ बनौँ

उनी लेख्छिन्, ‘विश्वले भोगिरहेका समस्याहरू साम्यवादको माध्यमबाट मात्रै सम्बोधन गर्न सकिन्छ र, कमरेड भएर हेर्दा, आजको वर्गसंघर्ष एउटा भविस्यका लागि लडाइँ हो।’

इभान जोनस्टोन इभान जोनस्टोन
कार्तिक २२, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मैले ढाँट्नुहुन्न कि संगठित रूपमा म समाजवादी भएको एक दशकपछि मात्रै मैले यस शब्दलाई मन पराउन थालेँ। विगतमा मलाई पनि तपाईंलगायत अरु धेरैलाई जस्तै कसैले ‘कमरेड’ भनेर सम्बोधन गर्दा अक्सर नमज्जा लाग्थ्यो वा हाँस उठ्थ्यो, अथवा दुवै हुन्थ्यो।

    यसो किन हुन्थ्यो भने उत्तर अमेरिकातिर यस शब्दको प्रयोग प्रायः व्यङग्यात्मक रुपमा हुन्छ। र, प्रायः कम्युनिष्टहरूप्रति सहानुभुति राख्नेहरूलाई होच्याउन या अपमान गर्नका लागि यो शब्दको प्रयोग गरिन्छ। र, संक्षिप्तमा भन्नुपर्दा, प्रायः विरासतमा प्राप्त भएको अन्य सांस्कृतिक पूर्वाग्रहसँगसँगै यो शब्द सुनिन्छ।

    अमेरिकी राजनीतिक सिद्धान्तकार तथा कम्युनिष्ट लेखक जोडी डिनको पुस्तक ‘कमरेडः एन एसे अन पोलिटिकल विलङ्गिङ्’ मा उनले हामीलाई कमरेड शब्द के हो भनेर बुझाउने प्रयास गरेकी छिन्। डिनले यो शब्दको इतिहास र यसको ‘आदर्श वाचा’लाई नजिकबाट चिनाएकी छिन्। र, कमरेड शब्दलाई बुझाउने क्रममा उनी हामीलाई ‘राजनीतिक संघर्षको एउटै पक्षमा लड्ने’ क्रममा हामीले बनाउने, कायम राख्ने र हामीलाई आवश्यक पर्ने सम्बन्धको प्रकारकाबारे सोच्न आह्वान गर्छिन्।

    खासगरी अमेरिकामा नविकृत समाजवादी आन्दोलन र ‘मुभमेन्ट अफ दि स्क्वायर, अकुपाई मुभमेन्ट र विभिन्न मुलुकमा वाम सुधारवादी सरकारको उदय’ पछि अन्तराष्ट्रिय रूपमा व्यापक स्थान पाएको व्यापक वामपन्थी बहसहरूको सन्दर्भमा उनले ‘कमरेड’को आकृतिलाई प्रष्ट पार्न खोजेकी छिन्। र, उनी सही छिन् भन्ने लाग्छ। कमरेडका बारेमा उनले लेखेका धेरैजसो कुराले पूँजीवादलाई उखेलेर फाल्नका लागि विश्वभरका मान्छेहरूले वर्षौंदेखिको सामूहिक संघर्ष, आनन्द, मुटु दुखाइ, निराशापन र तृप्तिको पूरै श्रृंखलालाई झङ्‍कृत गर्छ।

    कमरेडको ढाँचा

    सुरुमा कमरेड के होइन भन्नेबारे प्रष्ट पारौं। कमरेड एउटा परिचय होइन। र, हामीले केवल आफ्नैमात्र सामर्थ्यमा तय गर्ने कुरा पनि होइन ‘कमरेड।’ ‘कमरेड’ले नागरिक, दिदी वा बहिनी, अभियन्ता, अथवा लडाकुजस्ता कुनै सम्बन्ध तथा सम्बोधनलाई विस्थापन गर्दैन। न त यो उस्तै सामाजिक अभियानमा संलग्न या विषयगत संघर्षमा रहेका कसैसँग साथी हुनुजस्तो हो।

    डिनले दिएका तर्कअनुसार कमरेडले ‘एउटा राजनीतिक सम्बन्ध र साझा उद्देश्यतर्फको कार्यका लागि अपेक्षाहरूको एउटा समूहलाई संकेत गर्छ।’ यसले एक समूहका मानिसको समानतालाई प्रकाश पार्छ। कमरेड तिनै मानिसहरूसँग उभिन्छ, जसको भिन्नताले केही फरक पर्दैन। सारमा भन्नुपर्दा, ‘कमरेडसिप’ ‘राजनीतिक संलग्नताको’ एउटा स्वरूप हो। ‘शोषण, दमन र कट्टरतामुक्त समाज’ देख्न चाहने सबैका लागि सँगसँगै काम गरिरहेकाहरूबीचको एउटा ‘अनुशासित’ सम्बन्ध हो कमरेडसिप। कमरेड त्यस्तो व्यक्ति हो, जोसँग तपाईंका साझा अपेक्षा र सिद्धान्तहरू हुन्छन्, जसले तपाईंलाई तपाईँको राजनीतिक कामको दौरान जिम्मेवार ठहर्‍याउँछ र जससँग तपाई भर पर्न र विश्वास गर्न सक्नुहुन्छ।

    डिनले उनका धेरै उल्लेखनीय खण्डहरूमा लेखेकी छिन्, ‘तपाईँ तपाईंको कमरेडलाई निराश बनाउन चाहनुहुन्नः तपाईं तिनको आँखा र तपाईंहरूको सामूहिक आँखाको माध्यमबाट तपाईंको कामको मूल्य देख्नुहुन्छ।’ त्यसो भए के सबै मान्छेहरू कमरेड बन्न सक्छन्? एक तरिकाले भन्नुपर्दा सक्छन् झैं  लाग्छ। तर सबै जना कमरेड हुन सक्दैनन्। कमरेड ‘एउटा सामान्य व्यक्ति’ हो भन्ने कुरामा डिन जोड दिन्छिन्। जो ‘एउटा साझा उद्देश्यका बलियोसँग बाँधिएका हुन्छन्, उनीहरू नै कमरेडहरू हुन्।’ उनका अनुसार ‘जो जित्न चाहन्छन्, जसलाई जित्नु छ र त्यसका लागि सँगसँगै लड्नैपर्छ भनेर तिनीहरू आपसमा बाँधिन्छन्, तिनीहरू नै कमरेडहरू हुन्।

    कमरेडको मूल गुणका बारेमा उल्लेख गर्दै डिन कमरेडसिपको लिंग (खासगरी पुरुष) वा नश्ल (खासगरी स्वेत) हुन्छ भन्ने पुराना आम मान्यताहरूलाई चुनौती दिन्छिन्। यी मान्यताहरू अमेरिकी कम्युनिष्ट पार्टीको इतिहासका केही उदाहरणहरूले कोरेका हुन्। क्राान्तिकारीहरूलाई सामाजिकीकरण गरिएका गहिरो संघर्ष तथा दमनका रुपहरूलाई कमरेडसिपले मेटाउने वा यसको दस्तावेजीकरण गर्ने उनको तर्क होइन। तर कमरेडले ‘त्यस्तो आकांक्षाको नाम दिन्छ, जुन सधैं पूर्ति हुँदैन, तर कमरेडले पहिचान गर्ने र त्यसलाई पूरा गर्ने प्रयास गर्ने आकांक्षाको भने अपेक्षा राखिन्छ।’

    उनी अगाडि व्याख्या गर्छिन्,

    ‘कमरेड त्यस सम्बन्धको नाम हो, जुन लिंग र नश्लभन्दा माथि छ। यसले लैंगिकता र नश्लीयतासँग जुझ्ने र यसलाई समाप्त गर्ने अपेक्षा राख्छ। पितृसत्तात्मक–नश्लीय– पूँजिवादको व्यवस्थाको माध्यमबाट उत्पन्न भएको पहिचानको सार निकाल्दै, कमरेडले व्यवस्था परिवर्तनका लागि आफूलाई साथमा काम गर्नका लागि प्रतिबद्ध गरेकाहरूबीच राजनीतिक सम्बन्धलाई स्थान दिन्छ। संघर्षहरूबाट प्राप्त स्वतन्त्रताले एकै समूहमा समान रूपमा रहेकाहरूबीचको सम्बन्धको एक नयाँ रूपलाई सक्षम बनाउँछ।

    यी सबैलाई एकैसाथ बाँध्ने अर्को एउटा महत्वपूर्ण तत्व छ। ‘कमरेडमाथि चार थेसिस’ नामक च्याप्टर– ३ मा डिन तर्क गर्छिन्, ‘कमरेडहरूबीचको सम्बन्धलाई उनी सत्यमाथिको निष्ठा भन्छिन्। त्यस सम्बन्धमार्फत एउटा समझदारी बन्छ र सो सत्य व्यवहारिक काममा अन्तरनिहित हुन्छ। र, यो व्यवहारिक काम एउटा क्रान्तिकारी पार्टीद्वारा संगठित र अनुशासित हुन्छ।’

    त्यसैले सामाजिक आन्दोलनमा राजनीतिक रूपले संलग्न हुनुमात्रै होइन, गैरसरकारी संस्थामा साझा अपेक्षा वा व्यापारिक संघको सामुहिक अनुशासनको विषय पनि होइन। कमरेडसिप एउटा बन्धनमुक्त समतावादी राजनीतिमा संगठित राजनीतिक पार्टीको एउटा प्रतिबद्ध सदस्य हुनु हो। साथै कमरेडसिपमाथि ‘दमितको संघर्षमा सहभागी हुने, क्रान्तिका लागि संगठित र अभियानका लागि एउटा निश्चित एकता कायम राख्ने’ अपेक्षा गरिन्छ।

    डिनले आफ्ना अघिल्ला पुस्तकहरू: दि कम्युनिष्ट होराइजन(२०१२) र क्राउड एण्ड पार्टी(२०१६) मा उल्लेख गरेका तर्कहरूलाई यो पुस्तक ‘कमरेड’ले विस्तार गर्ने काम गर्छ। तर कमरेडमा उल्लेख गरिएका तर्कहरूलाई बुझ्नका लागि तपाईंलाई उनका कुनैपनि अघिल्ला पुस्तक पढ्नुपर्दैन।

    दर्शन अथवा आलोचनात्मक सिद्धान्तमा मजबुद पृष्ठभूमि नभएका पाठकहरूका लागि केही चुनौतीका बावजुद यो पुस्तक एक सुलभ पठनीय सामग्री बन्छ। त्यहाँ ज्याक्स् ल्याकेन, एलेन बाडिउ र स्लाभोज जिजेककाहरूका छरिएका अनेक सन्दर्भहरू छन्। ती निश्चित रुपले साम्यवादका विचारहरूका विषय हेर्नेहरूका लागि भने रुचीको विषय हुनेछ। तर उनले प्रत्येक पाठमा उल्लेख गरेका बुँदाहरू बुझ्नका लागि कुनै अप्ठ्यारो छैन।

    कमरेडसिपका प्रतिज्ञा

    डिनले आफ्नो पुस्तकमाफर्त गरेका केही हस्तक्षेपहरूको सम्बन्ध ‘सहयोगी मोडल’(एलाइसिप मोडल)का सीमाहरूको बहससँग पनि रहेको छ। तर उनको तर्कको त्यो पक्षलाई न्याय गर्न पूर्ण रूपमा फरक समीक्षाको जरुरी छ। डिनले आफ्ना पुस्तकका यस पक्षमाथि छोटा आलेखहरू अन्यत्र पनि प्रकाशन गरेकी छिन्। साथमा केही कुराकानीहरू पनि अनलाइनमा उपलब्ध छन्। त्यसैले म यस बहसमा रुची राख्ने जो कोहीलाई उनले यस विषयमा भन्न खाजेका कुराबारे मन्थन गर्न प्रोत्साहित गर्छु।

    कमरेडसिपबाट च्युत हुनुको अर्थ के हो भन्ने विषयसँगै यो पुस्तक टुंगिएको छ। निष्काशन, राजीनामा र यसबाट टाढिनु लगायत कमरेडसीपको अन्त्यका विभिन्न तरिकाका बारेमा पनि उनले खुलस्त पारेकी छिन्।

    यीमध्ये एउटा तरिका, निष्काशनका विषयमा अझै स्पष्ट पार्न उनले सन् १९३१ मा अमेरिकन कम्युनिष्ट पार्टीका सदस्य अगस्ट योकिनेनको हार्लम मुद्दाको उदाहरण पेश गर्छिन्। जसले ‘निग्रो कामदारको अधिकारको रक्षाका लागि एउटा निर्णायक अडान’ लिने कुराको उपेक्षा गरेका थिए। श्वेत वर्चश्व कायम राखेकोमा उनलाई पार्टीले दोष लगायो। हार्लमको फिनिश क्लबको नृत्यमा अश्वेतहरूको सहभागीताको विषयलाई लिएर सो घटना भएको थियो।

    म यससम्बन्धी पूरै कहानी यहाँ बताउँदिन। तर गहिराइमा, पार्टी सदस्यहरूले कति गम्भीर रूपमा जातिवाद/नश्लवादलाई लिन्छन् र एउटा पार्टी सदस्यका रूपमा कमरेडलाई उनको कर्तव्यप्रति जिम्मेवार बनाइन्छ भन्नेबारे सो घटना सन्देशमूलक थियो भन्न चाहन्छु। अन्त्यमा, योकिनेन दोषी ठहर्‍याइए। तर आफ्नो गल्ति सुधार्दै पुनः आफ्नो पार्टीमा आवद्ध हुने मौका पनि उनलाई दिइयो। आफ्ना ठोस गतिविधिहरूमार्फत अश्वेत श्रमिकको हितलाई अघि बढाउने र श्वेत कट्टरवादको सामना गर्ने प्रतिबद्धतासहित उनलाई पुनः पार्टी प्रवेश गराइएको थियो।

    यसबाट देखिन्छः ‘कमरेडले पनि गल्ति गर्छ, गर्न सक्छ,। त्यस्ता गल्तिले पार्टीको सिद्धान्तलाई उल्लंघन गर्छ र सर्वहाराको संघर्षलाई ध्वस्त पारिदिन्छ भने त्यस्ता गल्तिको निन्दा गरिनैपर्छ। तर त्यसको मतलव यो हुनुहुँदैन कि गल्ती गर्ने कमरेडहरूलाई पार्टीमा सधैँका लागि ‘कट’ गरिदिनुपर्छ। मजदुर–न्याय र कम्युनिष्ट सिद्धान्तले गल्ती सच्याउने गरी कमरेडहरूलाई पार्टीमा फिर्ति हुनका लागि मौका दिनुपर्ने जरुरी ठान्छ।

    ‘कमरेड’मा प्रस्तुत गरिएका तर्कहरूबाट वामपन्थीहरू सबै आश्वस्त हुन सक्दैनन्। किनकि पुस्तकले सामाजिक लोकतन्त्र वा पूँजीवादविरोधी कुनै पनि कमजोर स्वरुपहरूको सट्टा ‘वामपन्थी राजनीतिको क्षितिजको रुपमा रहेको साम्यवाद’ प्रति प्रतिबद्ध रहेकाहरूका लागि बोलेको छ।

    यदि पहिले नै तपाईंको राजनीतिक अवधारणामा साम्यवाद, पार्टी र क्रान्ति छैन भने यो किताबले तपाईंको मनस्थितिलाई बदल्ने छैन। यदि तपाईं एक दिन कमरेडसिपको अनुशासन, आनन्द, उत्साह र साहसको मूल्य देख्नुहुन्छ भने यसले अझैपनि त्यस्तो राजनीतिक सम्बन्धको एक सम्मोहक विवरण प्रदान गर्छ।

    कमरेडको छविलाई अगाडि बढाउनेबारे केके चुनौती छन् तथा आज कमरेडसिपको विषय किन महत्वपूर्ण भएको हो बारे लेखकले चर्चा गरेकी छन्। उनी लेख्छिन्, ‘विश्वले भोगिरहेका समस्याहरू साम्यवादको माध्यमबाट मात्रै सम्बोधन गर्न सकिन्छ र, कमरेड भएर हेर्दा, आजको वर्गसंघर्ष एउटा भविष्यका लागि लडाइँ हो।’

    स्प्रिङम्याग डट सिएबाट अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      इभान जोनस्टोन

      इभान जोनस्टोन

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.