Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अक्षयलाई पत्रकार रबिस कुमारको चिठी, ‘गोदी मिडियाको सम्पादक बन्नुस्’

मेरो तपाईँसँग विशेष आग्रह छ कि तपाईँले अब इतिहासकारको काम छाडिदिनुस्। इतिहासले त्यसै पनि तपाईँलाई राम्रैसँग याद राख्नेछ। इतिहास पढाउने जिम्मा रिटायर्ड अकंलहरूले उसै पनि आफ्ना ह्वाट्सएप ग्रुपमा धेरै नै स्तरीय ढंगले गर्दैछन्।

nepal_readers nepal_readers
असार २, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आदरणीय अक्षय कुमारजी,
    इतिहासकार, विश्व गुरु भारत।

    भारत राष्ट्र यतिखेर संकटमा छ र संकटको यस घडीमा म तपाईँलाई हरक्षण सम्झिरहेको छु। गोदी–मीडियामा संलग्न एक कुमारको एक कार्यक्रममा प्रस्तुत भएको धारणाका कारण भारतको साखमै यतिखेर धब्बा लाग्न पुगेको छ। ती कुमारको कार्यक्रममा यस्तो केही कुरा भनियो, जसका कारण कुबेत र कतारका मान्छेहरू हामीदेखि रिसाए। त्यहाँको सरकारसमेत भारतसँग रिसायो। यतिसम्म कि ती देशहरूमा भारतीय सामानलाई बहिस्कार गर्ने अभियानहरूसमेत चलिरहेका छन्। त्यतिमात्रै होइन, भारतीय राजदूतहरूलाई बोलाएर पुछताज गरिएका समाचारहरू पढिरहँदा मलाई तपाईँ अक्षय कुमारको याद आइरहेछ। मलाई यो थाहा छ कि अहिले भारतमाथि भएको यो घट्नाको बदला तपाईँले अबको तीन वर्षपछि कुनै फिल्म बनाएर अवश्य लिनुहुनेछ। तर यतिखेर पनि तपाईँको आवश्यकता खड्किएको छ। अहिले नै तपाईँको आवश्यकता देशका लागि छ।

    भारतीय जनता पार्टी विश्वकै सबैभन्दा ठूलो पार्टी हो। कतार र कुबेतको जनसंख्याभन्दा कैयौँ गुणा बढी त बिजेपीकै सदस्य छन्। तर यति हुँदाहुँदै पनि अरब देशहरू रिसाउनेबित्तिकै भारत डरायो। आफ्ना दुई प्रवक्तालाई तिनको पदबाट निस्कासन गरायो। विचरा, ती प्रवक्ताहरू यी दिनहरूमा मुगल शासनको समयमा भएका कामहरूलाई बराबर बनाउनकै लागि भिडिरहेका थिए। तर दुःखको कुरो मुगलविरुद्धको हाम्रो लडाईँ कन्फ्युजनको ‘शिकार’ बनेको छ। पछिल्ला कैयौँ दिनदेखि मुगलले गरेका कामहरूको बदला लिनकै लागि प्रवक्ताहरू नामका हाम्रा घोडाहरूलाई मैदानमा छोडिएको थियो, धर्मगुरुहरूलाई छाडिएको थियो। तर दुःखको कुरा, अरबी घोडा देख्नेबित्तिकै भाजपाले आफ्ना प्रवक्ताहरूलाई नै निकालिदियो। भन्नुस् त, यस्तो पनि कहीँ हुन्छ? यो त भाजपा समर्थकहरूको भावनाको घोर अपमान हो।

    आखिर जुन देश मोबाइल ‘एप’हरू डिलेट गरेर वा या पटका बहिस्कार गरेर नै चीनजस्तो देशलाई तर्साउन सक्छ भने त्यस्तो देश कसरी कतार र कुबेतजस्ता देशले आफ्ना सामानहरू बहिस्कार गर्दैमा डराउँछ? डु यु गेट माइ पोइन्ट? आज भाजपाका समर्थकहरू भ्रमित भइरहेछन्। के उनीहरू अरबबाट भारत आउने पेट्रोलीयम पदार्थहरू बहिस्कार गर्न सक्दैनन्? ट्यांकरहरूमा लेखिएको ‘इराकको पानी’लाई मेटेर त्यसको ठाउँमा किन गौमुत्र लेख्न सक्दैनन्? उनीहरू किन साइकल चलाएर यात्रा गर्न सक्दैनन्?

    किन उनीहरू पैदल हिँड्न सक्दैनन्? विजेपीका समर्थकहरूमा त्यागको असीम सम्भावनाहरू छन् तर बीजेपीले आफ्ना प्रवक्ताहरूलाइ अपमानपूर्वक प्रवक्ता पदबाटै निकालेर आफ्ना करोडौँ समर्थकहरूको भावनालाई आघात पुर्याइदिएको छ। जब तपाईँहरू पुराना दिनका मुगलहरूसँग बदला लिन सक्षम हुनुहुन्छ भने मलाई भरोसा छ कि तपाईँहरू अरब देशहरूसँग पनि राम्रैसँग बदला लिन सक्नुहुन्छ। र, भारतका लागि यो अत्यन्तै गम्भीर मोड हो र यतिखेर भारत महासंकटमा परेको देखिँदैछ।

    तपाईँ ‘कुमार’ नभएको भए शायद मैले यो चिठी लेख्ने थिइनँ। म जान्दछु कि एउटा कुमारले नै अर्को कुमारको मर्म बुझ्नसक्छ। जेसकुै होस्, यतिखेर देशका लागि गोदी मिडियाको सख्त जरुरी छ। तब पो त गोदी मिडियालाई बचाउनका लागि देशको छविलाई यतिखेर दाउ लगाइँदैछ। महंगी र बेरोजगारीबाट त्रस्त्र जनताको दिमाग बोधो बनाउनका लागि यस्तो काम आवश्यक छ।

    अक्षयजी, यतिखेर गोदी मिडियालाई बचाउन जरुरी छ। गोदी मिडियाले वास्तविक पत्रकारिता गर्न थाले भने तपाईँ पनि बच्नुहुनेछैन। यसकारण गोदी मिडियाले तत्कालै फेरि अर्को चरणको प्रोपागाण्डा गर्न जरुरी छ। गोदी मिडियाले समाजमा अझै धेरै विष फैलाउनुपर्छ नत्र भने त उसको कुनै भूमिका नै हुँदैन। मालिकले उसलाई त्यही जिम्मेवारी दिएकै छन्। गोदी पत्रकारले अब पत्रकारिताका पुरस्कारहरू पनि पाउन थालेका छन्। अक्षयकुमारजी, त्यस कारण तपाईँले अब अवार्डको पनि चिन्ता नगर्नुहोला। फिल्मफेयर अवार्डमा भन्दा धेरै अब्बल अवार्डहरू छन् यहाँ।

    मेरो तपाईँसँग विशेष आग्रह छ कि तपाईँले अब इतिहासकारको काम छाडिदिनुस्। इतिहासले त्यसै पनि तपाईँलाई राम्रैसँग याद राख्नेछ। इतिहास पढाउने जिम्मा रिटायर्ड अकंलहरूले उसै पनि आफ्ना ह्वाट्सएप ग्रुपमा धेरै नै स्तरीय ढंगले गर्दैछन्। उनीहरू पनि निशुल्कमै काम गरिरहेका छन्। तपाईँ त फिल्ममा काम गर्दा पैसा लिनुहुन्छ होला। त्यसकारण अब तपाईँ सम्पूर्ण गोदी मिडिया र हाफ गोदी मिडियाको समूहको सम्पादक बन्नुहोस्। यतिखेर गोदी मिडियाका लागि नयाँ कुमारको आवश्यकता पनि छ।

    र, मलाई सो प्रयोजनका लागि अक्षयकुमारभन्दा अरु कुनै कुमार उपयुक्त छन् जस्तो लाग्दैन। काम त त्यही गर्ने हो तर नयाँ अनुहारले काम गर्दा फरकपनको आभास हुनेछ। हुनलाई त म पनि कुमार नै हुँ तर म त फेल भइसकेको छु। मेरो टिआरपी जिरो छ। र, यो मसला राष्ट्रहितको लागि छ। यसकारण आफ्नो स्वार्थभन्दा माथि उठेर म देशका बारेमा सोचिरहेको छु। वास्तवमै, यो कामका लागि तपाईँभन्दा ठूलो कुमार कोही हुनसक्दैन।

    किनकि तपाईँ पत्रकार बनेर आउनुभयो भने तपाईँको एउटै प्रस्तुतीलाई प्रत्येक च्यानलले एकै पटक चलाउनेछन्। फेरि यतिखेर त आँपको सिजन पनि छ। यदि तपाईँ गोदी मिडियाको सम्पादक बन्नुभयो भने तपाईँले जति आँप माग्नुहुन्छ, त्यति नै आँप खुवाउनेछ। अक्षयकुमार, कृपया तपाईँ इतिहासकार होइन, अब पत्रकार बन्नुहोला।

    तपाईँकै रवीश कुमार
    दुनियाको पहिलो जिरो टीआरपी ऐंकर

    (यो खुला चिठी भारतका वरिष्ठ पत्रकार तथा एनडीटीबीका प्रबन्ध सम्पादक रबीश कुमारले आफ्नो फेसवुक पेजमा ‘प्रेस रिलीज–समाचार प्रकाशनका लागि– अरबीयनहरूसँग लड्नका लागि रवीश कुमारले अक्षय कुमारसँग गरे अपील, लेखे पत्र’ शीर्षकमा गरेका थिए। स्मरणीय छ, अक्षय कुमार तिनै कलाकार हुन्, जसले केही वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अन्तवार्ता लिँदै ‘तपाईँ आँप कसरी खानुहुन्छ, ताछेर खानुहुन्छ कि चुसेर खानुहुन्छ?’ भन्नेजस्ता वाहियात प्रश्नहरू गरेका थिए। र, त्यो सुनियोजित अन्र्तवार्ता थियो। ख्याल गर्न लायक कुरा यो छ कि मोदीले स्वतन्त्र पत्रकारहरूसँग दोहोरो सवाल जवाफ नै गर्दैनन्। भारतमा अहिले पनि धेरैजसो भारतीय मिडियाहरूलाई विज्ञापनको लोभ देखाएर होस् या राज्यले दमनको त्रास देखाएर, स्वतन्त्र ढंगले काम गर्न दिइएको छैन। यस्तोमा एकाध पत्रकारहरूले त्यहाँ राज्यसँग नडराइकन पनि पत्रकारिता गरिरहेका छन्। केही औँलामा गन्न सकिने पत्रकारमध्ये रवीशकुमार एक हुन्। उनले सन् २०१९ मा भारतमा व्यवसायिक पत्रकारिता निडर भएर काम गरेको भन्दै रोमन म्यागासेसे अवार्ड पाएका थिए। म्यागासेसे पुरस्कारलाई एसियाको नोबल पुरस्कारसमेत भन्ने गरिन्छ।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.