Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मृत्युअघि एउटा कमरेडले अन्य कमरेडहरुलाई लेखेको पत्र

जीवनका अनावश्यक बढ्दो आवश्यकतालाई पूरा गर्नका लागि आफ्नो मूल्यमान्यतामा सम्झौता गर्न नपरोस् किनभने त्यो खस्किने शुरुवात हो जसको अन्त्य हुँदैन। संसारमा रोटी सबैले खान्छ, सुन कसैले खाँदैन, तर सम्मानजनक रोटीको कमी हुँदैन र सुनको सीमा हुँदैन।

nepal_readers nepal_readers
चैत्र ४, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    (करेन्ट बुक डिपो कानपुरका संस्थापक महादेव खेतानको सन् १९९९ अक्टोबर ६ मा निधन भएको थियो। महादेव खेतानले आफ्नो पुस्तक पसल (करेन्ट बुक डिपो) बाट वामपन्थी विचारधाराको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए र उनको योगदानलाई हिन्दीभाषी क्षेत्रमा अहिले पनि प्रशंशा गरिन्छ। विचारले कम्युनिष्ट हुनुका साथै उनी एक सफल व्यवसायी पनि थिए तर उनले आफ्नो व्यवसायिक हितलाई जनताको हितभन्दा माथि कहिल्यै ठानेनन्।

    त्यसैले उनी आफ्नो समयमा कामरेड महादेव खेतान भनेर चिनिएका थिए। आफ्नो मृत्युको दुई दिन अघि उनले आफ्नो इच्छापत्र तयार पारेका थिए। हामी पाठकहरूलाई उनको त्यही इच्छापत्र अक्षरशः प्रकाशित गर्दैछौं । यसकारण कि, एक जनपक्षीय व्यवसायीको जीवनका अन्य पक्षहरूका बारेमा पनि जानकारी प्राप्त होस्। -सं.)

    म ७६ वर्षको महादेव खेतान, स्वर्गीय मदनलाल खेतानको छोरा पुरा होसहवासमा मेरा अन्तिम इच्छाहरु निम्न शब्दहरूबाट व्यक्त गर्दैछु।

    म किशोरावस्था (१९३८–३९) देखि नै मार्क्सवादी दर्शन (द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद) को मार्गदर्शनमा त्यसबेलाको देश, सहर र शैक्षिक संस्थाहरूमा चलिरहेको बेलायती दासत्व, उत्पीडन र शोषणको विरुद्ध स्वाधीन संग्राम, क्रान्तिकारी संघर्ष, मजदुर र विभिन्न प्रकारका संघर्षमा संलग्न हुँदै आएँ। त्यही पृष्ठभूमिमा अध्ययन र आन्दोलनलाई सँगै मिलाएर यस जगत र मानव तथा समाजको विकासको प्रक्रियालाई वैज्ञानिक दृष्टिकोणबाट अध्ययन गर्ने, अवलोकन गर्ने र बुझ्ने अवसर पाएँ।

    प्रकृतिका वैज्ञानिक सिद्धान्तहरू र मानव विकासको प्रक्रियामा त्यसलाई बुझ्ने प्रयास तथा तिनीहरूसँग लड्ने वा लड्ने प्रयास गर्दै तिनीहरुलाई आफ्नो लागि बढिभन्दा बढि उपयोगी बनाउन हजारौं वर्षको मानवीय प्रयासहरू नै जगत, मानव र समाज विकाशका कारण हुन्। र, त्यही नै  असली सत्य र इतिहास हाे भन्ने आज पनि मेरो दृढ विश्वास छ। यहाँ म मानव जातिभन्दा माथि कुनै दैवी शक्ति वा ईश्वरलाई विश्वास गर्दिनँ। आजको मानव समाजको विकास हाम्रो अगाडि छ। यो प्रक्रिया निरन्तर चलिरहन्छ। यस्तो प्रक्रिया तीव्रगतिमा निरन्तर चलिरहेको छ, निरन्तर चलिरहन्छ।

    त्यसैले मेरो मृत्युमा कुनै पनि प्रकारको धार्मिक अनुष्ठान, कर्मकाण्ड, पाठ, यज्ञ, ब्राह्मण भोजन वा दान, पिण्डदान र छोराको कपाल मुण्डन आदि आदि… केही नहोस्। मेरो लाश बोकेर संसारको सबैभन्दा ठूलो झूट (रामनाम सत्य हो) लाई सत्य भन्दै सडकमा नकुदाइयोस्। मेरो शवलाई सर्वहारा वर्गको रातो झण्डा ओढाएर मेरो परिश्रमले बढेको करेन्ट बुक डिपोबाट बोकेर ‘संसारभरका मजदुरहरू एक हौं, कम्युनिस्ट आन्दोलन र पार्टी विजयी होस्’ जस्ता नारा लगाउँदै ठूलो चोकमा रहेको मेरो भाई र कमरेड राम आसरेको शालिकको आडमा राखियोस्। त्यहाँ मेरा साथीहरुलाई अन्तिम लाल सलाम गर्ने अवसर दिइयोस्। त्यसपछि लखनउस्थित सञ्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सका अधिकारीहरूलाई बोलाइयोस्। र, मेरो मृत शरीर उनीहरूलाई बुझाइयोस्, ताकि मेरा काम लाग्ने अङ्गहरु कसैले प्रयोग गर्न सकुन् र मेरा अंगहरुले उनीहरुको जीवन सहज र सफल बनोस् र आगामी पुस्ताका डाक्टरहरूको अध्ययनलाई अझ उपयोगी बनाउन मेरो मृत शरीरले योगदान दिन सकोस्।

    यसपछि समय र साथीहरूको अनुमति भए रामआसारे पार्कमा सभा गरेर मेरो जीवनका प्रेरणादायी संस्मरणबाट आउने संघर्षरत पुस्तालाई केही प्रेरणा मिल्छ भने बताई दिनुहोला। नत्र साथीहरुको राय लिएर सबैलाई पायक पर्ने समयमा यही राम आसरे पार्कमा बोलाएर संघर्षरत नयाँ पुस्तालाई प्रेरणादायी संस्मरण सुनाउनुहोला। यो र यस्तै मात्र मेरो मृत्युको अन्तिम संस्कार हुनेछ। यसपछि वा भविष्यमा कुनै दशौँ, तेह्रौँ, कुनै श्राद्ध, कुनै पिण्डदान आदि हुनेछैन।

    विशेष गरी यो भन्न चाहन्छु कि जुनसुकै अवस्थामा जुनसुकै ठाउँमा र कुनै बहानामा मेरो मृत्यु संस्कार भोज (तेह्रौं पुण्यतिथि) गर्नेछैनन्, त्यसको अनुमति छैन। मेरो मृत्युमा आफ्नो जीवन दर्शन वा आस्था, अन्धविश्वास र आफ्नो जीवनमूल्यलाई थोपर्ने प्रयास नगर्न मेरो परिवारका ज्येष्ठ नागरिकहरूलाई अनुरोध गर्दछु। घर फर्केपछि सामान्य जीवन जस्तै सामान्य खाना खानुहोला। ‘चुलो नजलाउने’ प्रथाको नाममा न मेरो ससुराली, न त छोराका ससुराली, न अरु आफन्त नातेदार र उनका ससुरालीले आफ्नो घरबाट खाना नल्याउनु होला। यसैमा मलाई धेरै आशिर्वाद मिल्नेछ।

    दोस्रो दिनदेखि पूर्णरूपमा सामान्य जीवन र सामान्य दिनचर्या चलोस्। कुनै पनि कर्मकाण्ड बिना घर र पसलको दैनिकी सुरु होस् र मैले यहाँ ब्यक्त गरेकाे मेराे अन्तिम इच्छाका बारेमा पत्रिकाहरुमा छापेर राजनीतिक र सामाजिक कार्यकर्ताहरूसम्म पुग्ने गरेर बाँडियोस्। र, हालको बुक डिपो र मार्क्सवादी आन्दोलन तथा साहित्यसँग सम्बन्धित सबैलाई हुलाकबाट पठाइयोस् ताकि एक प्रतिशतले मात्रै पनि त्यसबाट प्रेरणा लिएर त्यसलाई अनुसरण गर्ने प्रयास गरेमा म आफ्नो जीवन सफल भएको मान्नेछु।

    मैले आफ्नो जीवनमा ‘होल टाइमरी’ पछि सन् १९५१ देखि हालसम्म जे-जति निर्माण गरेको छु, त्यो करेन्ट बुक डिपो हो, जो कुनै पनि अर्थमा कुनै पनि व्यापारिक संस्था होइन तर एउटा विशेष उद्देश्यका साथ मिशन अन्तर्गत संस्थाको रूपमा विकास गर्ने प्रयास गरेको थिएँ। मसँग न त एक इन्च जमिन छ न त बैंक ब्यालेन्स। आफ्नो जीवनस्तरलाई सम्मानजनक बनाउन मात्र नभई उत्पीडन र दमनका शक्तिहरू ध्वस्त पार्न जीवन र मृत्युको लडाइँमा लडिरहेका स्वदेश तथा विदेशमा रहेका सबै शोषित उत्पीडित जनसमुदाय र क्रान्तिकारीहरुका लागि मेरो जीवनको एउटै उद्देश्य छ। मसँग तन, मन र धनले जे पनि छ, मैले उनीहरूलाई हर तरिकाले सहयोग गर्नुपर्छ, मैले उनीहरूलाई प्रेरणा दिनुपर्छ र सकेसम्म मेरो निर्देशन दिनुपर्छ। म त्यो शोषणविरुद्ध लड्ने सबैलाई सहयोग गरिरहेकोछु र गरिरहनेछु।

    यस उद्देश्यका लागि मैले करेन्ट पुस्तक डिपो खोलें र त्यसकै लागि यसलाई विकास गरें। म कत्तिको सफल भएँ भन्ने कुरा त यी संघर्षको नतिजाले नै बताउनेछ। म अहिले जे महसुस गर्छु, त्यसमा मेरो कुनै असन्तुष्टि छैन। मेरो मृत्युपछि मसँग जे छ, मेरो छोरा अनिल खेतान सबै सम्पत्ति र दायित्व सहितको एकमात्र उत्तराधिकारी हुनेछन्। मेरो मृत्युसम्म यो पसलमा त्यस्तो कुनै दायित्व नहोस्, जसको लागि मेरो छोरा अनिलले कुनै समस्या बेहोर्न नपरोस् भन्ने प्रयास गरेको छु।

    मेरो मृत्युपछि मेरो छोरा अनिल खेतानले पनि मेरो जीवनको यो मिसनलाई अगाडि बढाउने कामना गर्छु जसका लागि उनले सबैकुरा त्याग गरी हालको करेन्ट बुक डिपो संचालन गर्नेछन् र त्यसको विकास गरिरहनेछन् र त्यसरी नै अगाडि बढ्नेछन्। उनीभन्दा अगाडिका पुस्ताहरू पनि यस संस्थानमा आबद्ध हुनेछन् र त्यसपछि उनीहरूले पनि यो मिशनलाई सकेसम्म अगाडि बढाएर विकास गर्नेछन्। मैले जस्तै मेरो छोराले कुनै पनि प्रतिकूल राजनीतिक परिस्थितिमा नआत्तिएर ठूलो साहस र आत्मविश्वासका साथ हरेक समस्याको सामना गर्नेछन्। आगामी पुस्ताका लागि प्रेरणा र मार्गनिर्देशनको स्रोत यो पुस्तक भण्डारलाई बन्द हुने अवस्था आउन दिने छैनन् भन्ने आशा गर्दछु।

    जसरी मैले आफ्नो र मेरो छोराको जीवनलाई वैज्ञानिक दृष्टिकोणबाट विकास गर्ने प्रयास गरेको छु र कुनै पनि धर्म, अन्धविश्वास, कर्मकाण्डबाट टाढा राखेको छु, त्यसरी नै मेरो छोराले आफ्नो जीवन अर्पण गरुन् तर आउने पुस्तालाई भगवान र धर्म दर्शन, अन्धविश्वास र संस्कारबाट टाढा राख्दै वैज्ञानिक दृष्टिकोणबाट विकास गरी जीवनलाई न्यूनतम आवश्यकतामा बाँध्नेछन्। उनीहरुले जीवनका अनावश्यक बढ्दो आवश्यकतालाई पूरा गर्नका लागि आफ्नो मूल्यमान्यतामा सम्झौता गर्न नपरोस् किनभने त्यो खस्किने (चिप्लिने) शुरुवात हो, जसको अन्त्य हुँदैन। संसारमा रोटी सबैले खान्छ, सुन कसैले खाँदैन, तर सम्मानजनक रोटीको कमी हुँदैन र सुनको सीमा हुँदैन। संसारकै सबैभन्दा ठूलो धर्मविद् धर्मगुरु र सबैभन्दा बढी धनी कुनै विद्वान हुँदैन। किनकी त्यसका लागि बुद्धिको आवश्यकता पर्छ, धन पर्दैन। उनीहरु मानवीय आवश्यकता पुरा गर्न हजारौं वर्षदेखि असमर्थ छन् र अब पनि मानवतालाई थप दिन यीनिहरुसँग केही पनि छैन।

    संसारमा सबै तनावको मुल जरा मात्र दुई चिज पैसा र धर्म हो। यदि तपाईंले यसबाट आफूलाई मुक्त गर्नुभयो भने तपाईंको जीवन मात्र होइन, तपाईंको भावी पुस्ताको सम्पूर्ण जीवन तनावमुक्त र सुखी हुनेछ। यी कुराहरुको अलिकति पनि ख्याल राख्नुभयो र जीवनलाई ढाल्ने प्रयास गर्नुभयो भने तपाई सधैं खुशी हुनुहुनेछ। एउटा आधारभूत कुरा मनमा राख्नुपर्छ र मनन गर्नुपर्छ कि तपाईंले जुन मूल्यमान्यता, जीवनशैली र दर्शनको प्रवर्द्धन गर्नुहुन्छ र तपाईंको भावी पुस्ताले पनि त्यसलाई पालना गर्ने आशा राख्न सक्नु हुन्छ। यो सबैभन्दा महत्त्वपूर्ण छ कि तपाईंको आफ्नै आचरण र जीवन तपाईं आफैले निर्माण गरेको मूल्यमान्यता जीवन दर्शनमा होस्। तपाईंको आफ्नै जीवन एक उदाहरण बनोस्।

    अन्तमा, म करेन्ट बुक डिपोको बारेमा केही शब्दहरू भन्न चाहन्छु। मैले माथि उल्लेख गरेझैं यो एउटा विशेष मिशनका लागि स्थापित र सञ्चालित संस्था हो। जसमा स्वर्गीय राम आसरे, मेरा सहयोद्धा आनन्द माधव त्रिवेदी, मेरी पत्नी रूप कुमारी खेतान, मेरा छोरा अनिल खेतान, अरविन्द कुमार र सयौं क्रान्तिकारी कार्यकर्ता र प्रिय पाठकहरूको योगदान छ। उहाँहरू सबैप्रति म ऋणी छु र भविष्यमा पनि उहाँहरूले यसरी नै निरन्तरता दिनुहुनेछ भन्ने आशा राख्दछु। यसको उद्देश्य यो छ कि यहाँबाट प्रकाशित र वितरण हुने साहित्य मार्क्सवादी दर्शनमा आधारित र प्रेरित भएर देशका सबै पाठकहरूका लागि आवश्यक सामाग्री उपलब्ध भइरहोस्। यसको सञ्चालनले सम्बन्धित विस्तृत विषयवस्तु वा प्राविधिक समस्याहरू माथि उल्लेखित व्यक्तिहरूले आपसमा विचार-विमर्श गरेर निर्णय गर्नसकुन्।

    – महादेव खेतान-४ अक्टोबर १९९९

    (‘समकालीन तिसरी दुनिया’को जनवरी, २०१६ अंकमा प्रकाशित नेपाल रिडर्सका लागि महेश पाण्डेयको अनुवाद)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.