Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मिडियाले ‘आतंकवादी’लाई पनि नायक बनाउँछ

संसारमा जहाँपनि युरोप र अमेरिकाको हस्तक्षेपकारी भूमिका छ। उसले जहाँ चाहन्छ त्यहाँ 'प्रजातन्त्र' हुन्छ र जहाँ चाहन्छ त्यहाँ तानाशाह हुन्छ।

नेपाल रिडर्स नेपाल रिडर्स
मंसिर २२, २०७८
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नवीन तिवारी एक युवा अध्येता हुन्। राजनीति र इतिहाससम्बन्धी किताब अध्ययनमा उनको विशेष रुची छ। उनले ख्यातिप्राप्त विश्वविख्यात विश्लेषक, अध्येता तथा भाषाविद् चोम्स्कीका प्रायः सबै किताबहरू पढेका छन्। चोम्स्कीको जन्मदनिको सन्दर्भ पारेर नेपाल रिडर्सले गत ७ डिसेम्बरमा तिवारीसँग चोम्स्कीका बारेमा कुराकानी गरेको थियो। प्रस्तुत छ, सोही कुराकानीको सारसंक्षेप:

    नेपालमा नोम चोम्स्कीलाई खासगरी प्राज्ञिक व्यक्तिहरूले मात्रै चर्चा गर्ने गरेका छन्। खासमा उनी को हुन्, उनलाई आम मानिसले कसरी चिन्छन्?

    विशेषगरी नेपालको शिक्षा क्षेत्रमा संज्ञानात्मक विज्ञान र भाषा विज्ञानमा नोम चोम्स्कीको नाम आउने गर्छ। त्यो बाहेक पनि उनको एउटा छुट्टै पहिचान छ। उनी अमेरिकी विदेश नीतिको कटु आलोचकका रुपमा चिनिन्छन्। उनले मिडियामथि कलम चलाएका छन् भने उनी इतिहासकार पनि हुन्। खासगरी अमेरिकाको हस्तक्षेपकारी भूमिकालाई लिएर कठोर आलोचना गर्ने र कुनैपनि प्रकारका दमनहरूको कटु आलोचकका रुपमा नोम चोम्स्कीलाई चिन्न सकिन्छ। त्यसैले आम मान्छले चोम्स्की र उनका विचारलाई बुझ्नुपर्छ।
    हाम्रो नेपाली समाजमा कथित उपल्लो जातको प्रभुत्व छ। कथित तल्लो जातका मानिस सामाजिक संरचनाको पीँधमा छन्। चोम्स्की जहिले पनि यसप्रकारको दमनको विरोधी हुन्। त्यसैले पनि हामीले उनलाई अध्ययन गर्नुपर्छ।

    भाषा विज्ञानमा उनको के योगदान छ?

    भाषा विज्ञानमा उनको योगदानको विषयमा मैले खासै अध्ययन गरिन। उनका युनिभर्सल जेनेरेटिभ ग्रामर लगायत भाषा विज्ञान सम्बन्धी २/३ वटा सिद्धान्त छन् भन्ने पढेको छु। तर विशेषगरी उनले राजनीतिक मुद्दा, इतिहास र अर्थशास्त्रमा जे जस्तो लेख्छन् ती विषयमा मेरो रुची भयो। मैले उनको किताब भेटिसक्दा किनेर पढ्छु।

    हाम्रो अर्थराजनीति र यहाँको सामाजिक अवस्थाका बारेमा चोम्स्कीको बुझाइ के छ?

    उनी समानतामा आधारित समाजको वकालत गर्ने भएकाले कुनै एउटा देशले अर्को देशलाई अथवा कुनैपनि एउटा शासन पद्धतिले आफ्ना नागरिकलाई गर्ने दमनको खुल्ला रुपले विरोध गर्छन्। जस्तैः हाम्रो देशमा आदिवासीको मुद्दा उठाइसक्दा कतैबाट फन्ड आएको हो कि भन्ने खालको शंका/उपशंका हुने र यस्तै विषयमा विवाद गर्ने गरिन्छ। तर उनी आदिवासीको कदमले गर्दा नै संसारको पर्यावरण सुरक्षित भएको तर्क गर्छन्।

    संसारमा केही देश धनी र समृद्ध छन्। तर उनीहरू आफ्नो वर्चस्व कायम गर्न कुनैपनि देशमा जस्तोसुकै हस्तक्षेप गर्न पनि पछि हट्दैनन्। जस्तैः इराक, अफगानिस्तान, सिरिया, लिविया लगायतका देशमा  भएका हस्तक्षेपलाई हेर्न सकिन्छ। ती देशहरूका नीति तथा शासनलाई केही पश्चिमा स्वार्थ समूहले आफू अनुकूल म्यानुपुलेट गर्ने, त्यहाँका शासन व्यवस्थामा आफ्ना कठपुतलीहरू खडा गर्ने र मन नलागेको बेला अपदस्त गर्ने र मार्नेसम्मका काम गर्ने गरेको उदाहरण छन्।

    यी सबै परिपाटीलाई चोम्स्कीले खुल्ला रुपमा विरोध गर्दै आइरहेका छन्। उनको एउटा भनाई मलाई सान्दर्भिक लाग्छ। अन्डरस्ट्यान्डिङ पावर नामक किताबमा उनले भनेका छन्, ‘विश्वयुद्ध पछिका हरेक अमेरिकी राष्ट्रपतिलाई ल्याएर झुन्ड्याउनुपर्छ।’ उनको यो प्वाइन्ट मलाई ‘ड्यासिङ’ लागेको थियो।

    संसारमा जहाँपनि युरोप र अमेरिकको हस्तक्षेपकारी भूमिका छ। उसले जहाँ चाहन्छ त्यहाँ प्रजातन्त्र हुन्छ र जहाँ चाहन्छ त्यहाँ तानाशाह हुन्छ। उसले प्रजातन्त्र र तानाशाहको परिभाषा नै त्यसरी बनाएको छ। यो विषयलाई लिएर चोम्स्की आलोचना गर्ने गर्छन्।
    नेतृत्व वा शासनपद्धति भनेको बटम अप अप्रोचको हुनुपर्छ अर्थात आम नागरिकले जस्तो चाहन्छन्, त्यस्तै शासन व्यवस्था हुनुपर्छ। त्यसमा कुनै एउटा विदेशी शक्तिले टाउको नदुखाउनुपर्ने उनको भनाइ छ। यसमा केही उदाहरण दिन सकिन्छ। स्यामुएल पी हन्टिङटनले आफ्नो किताब ‘द थर्ड वेभ’ मा डेमोक्रेसी प्याराडक्सको कुरा गरेका छन्, अर्थात् उनले भनेका छन्, ‘संसारमा जतिपनि प्रजातान्त्रिक भनिएका मुलुक छन्, तिनीहरूको अमेरिकासँग एक खालको राम्रो समन्वयकारी भूमिका हुनुपर्छ।’

    त्यसले गर्दा अमेरिकाले जेलाई तानाशाह भन्यो, त्यो तानाशाह भयो र जेलाई प्रजातन्त्र भन्छ, त्यो नै प्रजातन्त्र भयो। अमेरिकाको यसखालको नीतिको विरोध गर्दै चोम्स्की जनताले आफ्नो अमूल्य मतदान दिएर आएको जननिर्वाचित सरकार नै वैधानिक सरकार हो र त्यसमा कुनै विदेशी शक्तिले टाउको दुखाइरहनु नपर्ने बताउँछन्।

    सन् १९५४ मा ग्वाटेमालामा ज्याकोव आर्भेन्जको सरकारलाई अमेरिकाले अपदस्त ग-यो। त्यो सरकार एकप्रकारले समाजवादी धार भएको मात्रै थियो, तर त्यो पूर्ण रुपमा कम्युनिष्ट थिएन। तर केही मल्टिनेसनल कम्पनीहरूको स्वार्थसँग उनको नीति बाझिने भएकाले गर्दा उनलाई अपदस्त गरियो। चोम्स्कीले अमेरिकाको यो कदमको विरोध गरे। हाम्रै पालाको उदाहरण लिनुपर्दाः भेनेजुएलामा ह्युगो चावेज लोकप्रिय मत पाएर जिते। खासगरी ‘हाउ डेमोक्रेसी डाइ’ का लेखकद्धय स्टेफन लेविट्स्की र डेभिड जिवल्याटले चावेजको उदयलाई लिएर आलोचना गरेका छन्।

    कुनैपनि देशमा शासन कसले गर्ने र कसरी गर्ने भन्ने कुरा जनतामा निहित हुन्छ। यो जनताको सार्वभौमिक अधिकार हो। प्रजातन्त्र के हो र अधिनायकत्व के हो भन्ने कुरा अमेरिकाले निर्णय गर्ने होइन भन्ने कुरा चोम्स्कीको हो।

    उनी प्रो सोसलिस्ट/कम्युनिष्ट जस्तो देखिन्छन्, उनी के हुन्?

    उनले आफूले आफैंलाई अराजकतावादी भन्छन्। उनको लाइन भनेको पिटर क्रोपोट्किन र मिखाइल बाकुनिनसँग मिल्छ। उनले साम्यवादका व्याख्याता कार्ल मार्क्सको पनि आलोचना गरेको भेटिन्छ। चोम्स्कीले अन्डरस्ट्यान्डिङ पावर भन्ने किताबमा कार्ल मार्क्सलाई पूँजीवादी दार्शनिक भनेका छन्। उनले भनेका छन्, ‘कार्ल मार्क्सले समाजवादको बारेमा पाँच लाइन भने होलान्, उनले आफ्नो जीवन पूँजीवादको व्याख्या गर्दै बिताएका छन्। तसर्थ उनी पूँजीवादी दार्शनिक हुन्।’ मलाई यो एउटा चाखलाग्दो पाटो लागेको थियो।

    चोम्स्कीलाई विभिन्न आक्षेप पनि लगाउने गरिन्छ। उनका चेला रोबोर्ट बास्र्कीको किताब ‘द चोम्स्की एफेक्ट’ मा लेखिएअनुसार चोम्स्कीलाई एउटा कार्यक्रममा सोधिएछः तपाईंको पोलिटिकल एक्टिभिजमले तपाईंको भाषा विज्ञानको अध्ययनलाई असर पारेको छ?, मानिसहरूले तपाईंलाई के भनेर चिन्छन्? खासमा त्यतिबेलाका केही चर्चित पत्रिकाहरूले उनलाई फरक –फरक ढंगले व्याख्या गर्ने गर्थे।

    अर्जेन्टिनामा अमेरिका समर्थित तानाशाह भएका बेला त्यहाँ प्रकाशित ला प्रेन्सा भन्ने पत्रिकाले ‘चोम्स्कीलाई पढ्नु हुँदैन, किनकि उनी कम्युनिष्ट हुन्’ भनेको रहेछ। त्यस्तै रुसमा प्रकाशित हुने पत्रिका प्राब्दामा भने चोम्स्की संशोधनवादी वा फ्लेगम्याटिक वा त्यस्तै केही शब्द प्रयोग गर्दै उनलाई नपढ्न भनिएको रहेछ। उनलाई समाजवादी र साम्यवादीले खेदो गर्छन्, यता पूँजीवादीले पनि देखिसक्ने कुरै भएन। ठोस रुपमा भन्नुपर्दा उनी नवउदारवादको चरम विरोधी हुन्।

    भर्खरै उनका केही किताब आएका छन्। कन्सिक्वेन्स अफ क्यापिटलजिम् र प्रोफिट ओभर पिपुल हेर्दा उनले पूँजीवाद र पूँजीवादभित्र भएको नवउदारवादको खुला रूपमा आलोचना गरेको भेटिन्छ।

    चोम्स्कीलाई एक अभियन्ता, चिन्तक र वामपन्थी भन्न सकिन्छ?

    सकिन्छ। किनभने सेन्टरबाट देब्रेतिर गइसक्दा स्वतः व्यक्ति लेफ्ट हुन्छ भन्ने मान्यता छ। चोम्स्कीका धेरैजसो मुद्दा प्रगतिशिल छन्। उनी भन्छन्, ‘आम जनताको रेखदेख र सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ।’ तर पूँजिवादले आफ्नो जिम्मा व्यक्ति आफैँ लिनुपर्छ भन्छ। पूँजीवादले सकेसम्म कर पनि तिर्नुहुँदैन भन्छ। तर चोम्स्की त्यो कुरा मान्दैनन्। पूँजीवादमा जोसँग जति पूँजी छ, त्यो लगानी गरेर व्यक्तिले नाफा कमाउँछ। तर चोम्स्की प्रश्न उठाउँछन्, ‘कसैले पूँजी नै लगानी गर्छ भने त्यो पूँजीचाहिँ कहाँबाट आयो त?’

    -नवीन तिवारी

    मानव सभ्यताकै इतिहास हेरौँ न। अमेरिकामा दासप्रथा उन्मुलन हुनुअघिसम्म त्यहाँ अश्वेतहरूलाई श्वेतहरूले दास बनाएर राखेका थिए। लिंकनको पालामा दास उन्मुलनको घोषणा त गरियो तर, पुस्तौंदेखि श्वेतहरूकोमा सित्तैमा काम गरेका मान्छेहरूको हातमा आखिरमा केही पनि परेन। न्यायको सिद्धान्तअनुसार उनीहरूले क्षतिपूर्ति पाउनुपर्थ्यो। तर पाएनन्। जबकि उनीहरूले सित्तैमा काम गरिदिएकै कारण सेताहरू धनी हुन पुगेका थिए। तिनै सेताहरूका सन्तानले अहिलेसम्म संसारमाथि आफ्नो दबदबा कायम राखेका छन्।

    कालाहरूलाई शोषण गरेर कमाएको त्यही पूँजी परिचालन गरेर उनीहरूले बहुराष्ट्रिय साम्राज्य खडा गरेका छन्। त्यही साम्राज्यका प्रवर्तक र अनुयायीहरू वा तिनैका वंशजहरूले अहिले आएर ‘लौ अब हामीसँग प्रतिस्पर्धा गर’ भनेर अरुलाई भन्नु असुहाउँदो कुरा हो।
    हिजोदेखिको इतिहास हेर्ने हो भने एकले अर्कालाई लुटेकै छन्। आज जो सम्पन्न साम्राज्य खडा गरेर बसेको छ, त्यो हिजोको लुटाहा नै हो। फ्रान्स साम्राज्यले हाइटीबाट शासन छाडेर हिँड्दा हाइटीले आफ्नो स्वतन्त्रता नै किन्नुपरेको थियो। हाइटीजस्तो गरीब मुलुकले झण्डै पाँच वर्षको बजेट फ्रान्सलाई क्षतिपुर्ति तिर्नुपरेको थियो। उसले २५ वर्ष लगाएर त्यो रकम तिर्यो। पचासको दशकमा गएर मात्रै बाँकी रकम फ्रान्सले मिनाह गरिदिएको थियो। यसको अर्थ, खुला बजार भन्ने विषय आफैँमा समस्याग्रस्त कुरा हो। चोम्स्की खुला बजारको आलोचना गर्छन्।

    चोम्स्कीलाई आजको पुस्ताले किन पढ्ने?

    चोम्स्कीले समाजमा भएका हरेक कुरिती, कुशासन र अन्यायको बिरोध गर्दै आएका छन्। उनी भन्छन्, ‘समाजमा सबै व्यक्तिको उत्तिकै अधिकार हुन्छ। सबैले बाँच्ने प्रत्याभूति पाउनुपर्छ। त्यसका लागि कसैले राज्य संयन्त्र प्रयोग गरेर आफू धनी बन्छ भने त्यो असह्य हुन्छ। किनकि सबै नागरिकले कर तिरेको हुन्छ। कर तिरेर बनेको सरकारले सबै नागरिकलाई समान रूपमा व्यवहार गर्नुपर्ने हुन्छ।’ गोरभिडेल भन्ने एक दार्शनिक छन्, ती बिसौँ शताब्दिका महान दार्शनिक पनि हुन्। उनले उदारवादका बारेमा भनेका छन् कि ‘प्राइभेटाइज प्रफिट, सोसलाइज लस।’ यही कुरालाई चोम्स्कीले बारम्बार कोट गरेका छन्।

    नेपालमै पनि केही उदारहण लिन सकिन्छ, सडकको पेटीमा बसेर व्यापार गरिरहेकालाई कर तिराइन्छ। आज मेरो व्यापार भएन भनेर उसले कर तिर्नु नपर्ने भन्ने हुँदैन। जबकि यही देशका ठूला व्यापारिक घरानाले चाहिँ लाखौँ, करोडौँ र अर्बौँ रूपैयाँ कर छुट पाइरहेका हुन्छन्। अस्ति भर्खर लकडाउनका बेला पनि तल्लो तहका मान्छेहरू रोगभोकले ग्रस्त हुँदा त्यसको सुनुवाइ भएन। तर कुनै उद्योगपति टाट पल्टिँदा भने राज्यले जनताबाटै लिइएको कर हालिदिएर उसलाई उकास्ने काम गर्छ। यसको अर्थ, नवउदारवाद आफैँमा असमानतायुक्त व्यवस्था हो। चोम्स्की यसको बिरोध गर्छन्। त्यस हिसाबमा पनि हामीले चोम्स्कीलाई पढ्नुपर्छ।

    त्यतिमात्रै होइन, दमन र अत्याचार संसारको जुनसुकै कुनामा हुने गर्छ। मार्टिन लुथर किङ्ग जुनियरले एक ठाउँमा भनेका छन्, ‘संसारको जुनसुकै कुनामा हुने अन्याय जहाँ सुकैको न्यायको लागि खतरापूर्ण हो।’ संसार साझा घर हो, यसमा हामी सबैले भाइचारा स्थापित गर्नुपर्छ। संसारको अर्को ठाउँमा एउटाले अर्कोलाई दमन गर्दा हामी चुप लागेर बस्ने कुरा हुन्छ र? चोम्स्की त्यसै भन्ने गर्छन्। अमेरिकाले भियतनाममा जुन नरसंहार मच्चायो, चोम्स्की त्यसको विरोध गर्छन्। कोरियामा जे गरियो, उनले त्यसको विरोध गरे। अथवा गल्फ क्षेत्रमा अमेरिकी भूमिका जेजस्तो छ, त्यसको उनी बिरोध गर्छन्। अतः उनी कुनैपनि देश नभनी जहाँ दमनको घटना हुन्छ, त्यहाँ बिरोध गर्छन्।

    मिडियाले सत्य निर्माण गर्ने सन्दर्भमा चोम्स्कीले आफ्ना विचारहरू राखेका छन्। के भन्छन् ग्लोबल मिडिया यस बारेमा?
    उनले क्लास वारफेयर भन्ने किताबमा भाषाको प्रयोग गरेर मिडियाबाट कसरी सत्यलाई लुकाइन्छ भन्ने सन्दर्भ उल्लेख गरेका छन्। जब प्रत्यक्ष कथन (एक्टिभ भ्वाइस)बाट अप्रतक्ष्य कथन (प्यासिभ भ्वाइस)मा कुनै पनि कुरा बदलिन्छ, त्यहाँ कर्ता देखिँदैन। घटनाको बारेमा मात्रै जनतालाई जानकारी गराइन्छ, तर त्यो घटना कसले गरायो भन्ने कुरा लुकाइन्छ भनेर उनले प्रष्ट्याउन खोजेका छन्।

    ठ्याक्कै यसैलाई प्रष्ट पार्ने कुरा मैले युबल नोहा हरारीको ‘सेपियन्स’मा भेट्टाएँ। त्यसमा उल्लेख गरिएको छ, ‘अ मिलिटरी डिक्टेटरसिप वाज् इस्ट्याब्लिस्ड इन् ब्राजिल्’, यो अप्रतक्ष्य कथन हो। तर यसलाई प्रतक्ष्य कथनमा लाने हो भने सन् १९६४ मा अमेरिकन सरकारले मिलिटरी तानशाही स्थापित गर्‍यो भन्ने हुन्छ। त्यो वाक्यमा अमेरिकालाई लुकाइएको छ। यसबाट बुझिन्छ कि ठूला भनिने मिडियाहरूले भाषाको दुरुपयोग गरेर यसरी सत्य लुकाउँछन्। अर्को कुरा, संसारका जतिपनि नरसंहारका घटनाहरूलाई शक्तिशाली मिडियाहरूले यसरी नै ढाकछोप गर्छन् भन्ने चोम्स्कीको तर्क छ।

    सामान्यतः आम मान्छेले बिन लादेनलाई आतंकवादी र जर्ज बुसलाई अमेरिकाका पूर्व राष्ट्रपति भनेर चिन्छन्। यसबारेमा चोम्स्की भन्छन्, ‘बुसलाई कसैले आतंकवादी भन्दैनन्, किनभने उ अमेरिकाको ‘वैधानिक’ राष्ट्रपति थियो। जबकि तुलनात्मक रूपमा बिन लादेन भन्दा बुस नेतृत्वमै धेरै मान्छे मारिएका छन्।’ यसको कारण आखिरमा ‘मिडिया प्रोपागान्डा’ नै हो। मिडियाले प्रसार गरेका कुरा नै सत्यका रुपमा स्थापित हुने रहेछन्।

    अर्को एउटा उदाहरणः ५ मार्च, २०१३ मा भेनेज्युएलाका राष्ट्रपति ह्युगो चाभेजको मृत्यु भयो। म सिएनएन च्यानलमा समाचार हेर्दै थिएँ। टेलिभिजनमा चाभेजको मृत्युमा को–को मानिस खुसी भए भनेर देखाइएको थियो। समाचारमा केही मान्छेहरूले नृत्य गरेको र पार्टी मनाइरहेको देखाइयो। चाबेजको मृत्युमा यस्तो दृश्य देखाइन्छ भने भोलि अमेरिकी राष्ट्रपति मर्दा पनि यसैगरी समाचार सम्प्रेषण गरिएला त भन्ने प्रश्न मेरो मनमा उठ्यो।

    र, जब पछि बुस सिनियरको मृत्यु भयो, त्यतिखेर पनि मैले सिएनएन हेरेँ। सिएनएनले बुसको मृत्युमा उनको कुकुर कति दुखी भयो भनेर समाचार बनायो। सिएनएनले कुकुरको शोक देखाएर मानिसको सेन्टिमेन्ट तान्न खोजिरहेको थियो। चाभेज मर्दा दस हजार मान्छे खुसी थिए भने बुस मर्दा दस लाख मान्छे खुसी थिए होला। किनकि संसारभर अमेरिकाले फैलाएको आतंक हेर्दा त त्यस्तै देखिनुपर्ने हो। तर यी कुराहरूलाई ठूला भनिने मिडियाहरूले प्रायः लुकाउने गरेका छन्।

    यसरी मिडियाले अमेरिकन हस्तक्षेपवादी नीतिलाई जस्टिफाइ गर्ने गर्छन्। उनीहरूको शब्दमै समस्या छ। जस्तोः भियतनाममा अमेरिकाले जुन हिंसा थोपर्‍यो, त्यसलाई मूलधारका भनिने मिडियाले ‘युद्ध’ भन्छन्, तर त्यो युद्ध होइन, नरसंहार हो। चोम्स्की आफैँ यसमा चुकेका छन्, त्यो एउटा पाटो भयो। तर मेरो बुझाइमा दुई समान शक्तिबीच हुने झगडालाई नै युद्ध भनिनुपर्ने हो। एउटाले अत्याचार गरिरहने र अर्को पीडित भइरहने कृत्यलाई युद्ध भनिँदैन। त्यसलाई अन्याय र अत्याचार मानिन्छ। यस्ता कृत्यहरूको चोम्स्कीले खुला आलोचना गर्ने गरेका छन्।

    अमेरिकाले कहीँ गएर मान्छे मारेको छ भने उसले मार्न प्रयोग गरेका हत्यारालाई स्टारडम दिने काम गर्छ अथवा हिरो बनाउने गर्छ। ग्रिस कायल नामक एउटा पात्रको बारेमा आधारित एउटा फिल्म छ। फिल्मको नाम हो, स्नाइपर। ग्रिस कायल नामको मान्छेले स्नाइपर बनेर इराकमा १६०–१७० जना मान्छेको हत्या गरेको छ। पछि अमेरिका फर्केपछि एउटा दुर्घटनामा गोली लागेर उसको मृत्यु भएको छ। र, उसको महिमामण्डन गरिएको छ। जबकि ग्रिस कायल अपराधी हो, अर्काको देशमा गएर त्यहाँका नागरिकलाई मार्ने हत्यारा हो। यदि उ हिरो हो भने इराकीले आफ्नो देशमा जे भोगे, त्यो चाहिँ के हो?

    मलाला युसुफ्जाइकै कुरा लिन सकिन्छ। मलालालाई तालिवानले गोली हानेकै कारण उनलाई नोबल पुरस्कार दिलाइयो। उनी यो पुरस्कार पाउन योग्य थिइन्, त्यो एउटा पाटो भयो। तर सन् २००६ मा अबिरकासिम अल जनाबी भन्ने १४ वर्षीय किशोरीलाई परिवारकै अगाडि अमेरिकन सैनिकले बलात्कार गरेर हत्या गरे। ती किशोरीको बारेमा आजसम्म कहीँकतै चर्चासम्म छैन। उनको बारेमा पश्चिमा मिडियाहरू बिरलै चर्चा गर्छन्।

    मलालाले नोबल पुरस्कार पाउँदा उनले पनि पाउँथिन् होला नि ! तर उनको नाम लिइसक्दा अमेरिकन सैनिक नै बदनाम हुनेवाला थियो, सोही कारण पश्चिमा मिडियाले उनको नाम समेत लिँदैनन्। यस्तै कुराहरूलाई लिएर चोम्स्की आफूलाई सर्वशक्तिमान ठान्ने अमेरिकाको आलोचना गरिरहेका हुन्छन्। संसारका सबै मिडियाहरूको आफ्नो निहित स्वार्थ हुन्छ र त्यसलाई पूरा गर्ने क्रममा उनीहरू कसैलाई ‘हिरो’ र कसैलाई ‘भिलेन’ बनाउने काम गर्छन्। यसकारण पनि आजको समयको जोदाहा चिन्तक, लेखक र अभियन्ता हुन्,चोम्स्की।

    भिडियो –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.