Wednesday, March 22, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » लघुवित्तः साहूकारको पूँजीवादी अवतार

लघुवित्तः साहूकारको पूँजीवादी अवतार

लघुवित्तले पूँजीवादी व्यवस्थाको आयु बढाउने काम गर्छ, किनकि यसले गरीब र मध्यमवर्गका सबै न्यायप्रेमी युवाहरूको भ्रम भत्काउने समयलाई लम्ब्याउँछ, र मध्यमवर्गका न्यायप्रेमी युवाहरूको मष्तिष्कमा पूँजीवादको नक्कली अनुहार देखाउँछ।

आनन्द by आनन्द
February 28, 2023
- अर्थ, विचार, विमर्शका लागि, समाचार
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

पछिल्ला केही महिनामा आन्ध्र प्रदेशमा गरीबहरूले आत्महत्या गरेका धेरै घटनाहरू सार्वजनिक भएका छन्। आत्महत्या गर्ने अधिकांश व्यक्ति कुनै न कुनै लघुवित्त संस्थाको ऋणमा परेका थिए। लघुवित्त संस्थाको बर्बर र शोषणकारी चरित्र यो नग्न रुपले बाहिर आएपछि राज्य र देशका शासकहरूमा अशान्ति पैदा भएको छ। ‘गरीबी हटाऔं’ अभियानको अग्रदूतका रूपमा यी लघुवित्त संस्थाहरूलाई प्रवर्द्धन गरियो, तर गरीबी हटेन। बरु यी संस्थाहरूले थोपरेको ऋणको भारी बोझले गरीबहरू भने दिनानुदिन सखाप भइरहेका छन्। हिजोसम्म यस्ता संस्थाको प्रशंसा गर्ने पुँजीवादी मिडियाले पनि अहिले यिनको आलोचना गर्न थालेका छन्।

करिब २ दशकअघि विश्व पूँजीवादमा लघुवित्त (माइक्रोफाइनान्स) एउटा नयाँ घटनाका रूपमा आएको थियो, विशेष गरी तेस्रो विश्वका देशहरूमा गरीबी निवारण पहलको नाममा यसको प्रवेश भयो। पूँजीवादी बैंकबाट ऋण लिन निश्चित सम्पत्ति हुनुपर्ने भएकाले अधिकांश गरीब जनता बैंकको पहुँचभन्दा बाहिर छन्।

परम्परागत रूपमा, गरीबहरू आफ्नो कृषि र पारिवारिक आवश्यकताहरू पूरा गर्न गाउँको साहुकार वा साहुले दिएको ऋणमा निर्भर थिए। यस्ता ऋणको ब्याजदर निकै महँगो हुने भएकाले गरीबको आम्दानीको ठूलो हिस्सा ब्याज तिर्नमा प्रयोग हुन्थ्यो र उनीहरू एक निस्कनै नसक्ने चक्रमा फस्ने गर्थे। ग्रामीण क्षेत्रका गरीबलाई साहु र साहूकारबाट मुक्त गराउने र गरीबीको दुष्चक्रबाट बाहिर निकाल्ने नाममा विगत दुई दशकमा लघुवित्त संस्थालाई धेरै प्रवर्द्धन गरियो। त्यस्ता संस्थाहरूले गरीबहरूलाई समूह लघुवित्त (सेल्फ हेल्प ग्रुप) मा संगठित गर्दछ र एक व्यक्तिको सट्टा समूहलाई ऋण दिन्छ। यस्ता समूहहरूलाई साना–घरेलु उद्योग (टोकरी बनाउने, पापड बनाउने, अचार बनाउने, कुखुरापालन) लगायत साना व्यवसायमा लगानी गर्न उत्प्रेरित गरिन्छ। महिला सशक्तीकरणको नाममा यस्ता समूहमा महिलालाई प्राथमिकता दिइन्छ।

सतही रूपमा हेर्दा यी संस्थाहरू वास्तवमा गरीबी हटाउने प्रयासमा संलग्न छन् भन्ने भ्रममा आम मानिस छन्। तर लघुवित्तको संरचना, कार्यशैली, कोषको श्रोत, यसले लिने ऋणको ब्याजदरलाई गहिरिएर हेर्दा उनीहहरूको मानवविरोधी चरित्र र वास्तवमा यस्ता संस्थाले गरीबको झन बढी शोषण गर्ने गरिरहेको घृणित सत्यको उजागर हुन्छ। वास्तवमा यस्ता संस्थाले गरीबबाट समाजका पुराना साहुकार भन्दा बर्बर शोषण र बढी ऋण लिएर लघुवित्तका संस्थापक र त्यहाँका उच्च अधिकारीहरूले दैनिक सम्पत्ति थुपारिरहेका छन् ।

लघुवित्तले पूँजीवादी व्यवस्थाको आयु बढाउने काम गर्छ, किनकि यसले गरीब र मध्यमवर्गका सबै न्यायप्रेमी युवाहरूको भ्रम भत्काउने समयलाई लम्ब्याउँछ, र मध्यमवर्गका न्यायप्रेमी युवाहरूको मष्तिष्कमा पूँजीवादको नक्कली अनुहार देखाउँछ।

लघुवित्त संस्थाहरूले ऋणको भुक्तानी सुनिश्चित गर्न समूहहरू र महिलालाई प्राथमिकता दिइरहेका छन्। तिनीहरूको ऋण चुक्ता दर लगभग शतप्रतिशत छ, यो ऋण चुक्तादर जसले ठूला बैंकहरूलाई पनि चुनौती दिन्छ। यसको रहस्य यो हो कि समयमै ऋण तिर्न नसके यी संस्थाहरूले गुण्डा र  डनहरू लगाएर पैसा असुल्न कत्ति पनि हिच्किचाउँदैनन्। यी संस्थाहरूले सामान्यतया हरेक हप्ता ब्याज लिन्छन्। ऋणीहरूबाट लघुवित्तले २८ देखि ३० प्रतिशतसम्म ब्याज लिने गरेको छ र कतिपय अवस्थामा त्योभन्दा पनि बढी ब्याज लिएको पाइन्छ।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

March 19, 2023
पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

March 18, 2023
किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

March 5, 2023
यौन उत्पीडन र शक्ति सम्बन्ध

यौन उत्पीडन र शक्ति सम्बन्ध

March 1, 2023

यी संस्थाहरूसँगै यो समग्र पूँजीवादी व्यवस्थाको अमानवीय चरित्र यो कुराले पनि बुझ्न सकिन्छ कि एकातिर मध्यमवर्गका विलासिताका लागि आवश्यक पर्ने वस्तुहरु सवारीसाधन, फ्रिज, एयर कन्डिसनर, फ्ल्याट आदिका लागि ६ देखि १० प्रतिशतसम्म सस्तो ब्याजदरमा ऋण उपलब्ध हुन्छ भने गरीबी निवारणका लागि गरिबहरुलाई दिइने ऋणमा ३० प्रतिशत वा सोभन्दा बढी ब्याजदर हुन्छ। यसबाहेक लघुवित्त संस्थाहरूले सामाजिक कार्यको नाममा बैंकबाट अत्यन्तै सस्तो दरमा ऋण लिने र गरीबलाई चर्को ब्याजदरमा ऋण दिने जघन्य व्यवसाय गरिरहेका छन्। वास्तवमा, माइक्रोक्रेडिटले लघुवित्तको यो ऋणले एक तिरले धेरै निशाना लगाउँछ । यसको एउटा निशाना यो हो कि – यसले गाउँको गरीब जनसंख्यालाई गरीबीबाट बचाउँदैन, बरु लामो समयसम्म भ्रममा राखेर बर्बाद गरिदिन्छ। दोस्रो निशाना – यसले गाउँहरूबाट बसाइँसराइको दरलाई सुस्त बनाउँछ र गाउँका गरीब जनसंख्यालाई लामो समयसम्म भोकमरीको स्तरमा जीवित राख्छ। तेस्रो निशाना– यो भन्दा छिटो दरमा वित्तीय पूँजीको नाफा बढाउने तरिकाहरू सायदै अरु केही छन्।

अर्को तरिका सबप्राइम लोन हो, तर माइक्रो लोन यो भन्दा झन् खराब र क्रुर छ किनभने यो गरीबभन्दा गरीबसम्म पुग्छ, त्यसैले यसले उनीहरूलाई नष्ट गर्छ र यसबाहेक, यसको ब्याजदर दश मध्ये आठ केसहरूमा सबप्राइम लोन भन्दा बढी छ। चौथो निशाना – यो र यस्तै धेरै कुरा गरेर यसले पूँजीवादी व्यवस्थाको आयु बढाउने काम गर्छ, किनकि यसले गरीब र मध्यमवर्गका सबै न्यायप्रेमी युवाहरूको भ्रम भत्काउने समयलाई लम्ब्याउँछ, र मध्यमवर्गका न्यायप्रेमी युवाहरूको मष्तिष्कमा पूँजीवादको नक्कली अनुहार देखाएर भ्रम सिर्जना गर्छ। यसले पुँजीवादका अन्तरविरोधहरूलाई तिखो बनाउने गतिलाई सुस्त बनाउँछ। त्यसैले त, मोहम्मद युनुसले अर्थशास्त्रमा नभइ शान्तिको लागि नोबेल पुरस्कार पाएका थिए।

गरीबको रगत चुस्ने उद्यमीले गरीबको मसीहा र विश्व शान्तिका दूतको उपाधी पाए। अब अकुत आम्दानीसँगै समाजसेवीको हैसियत पनि सजिलै हासिल गर्न सकिने भयो। लघुवित्त संस्थामा उच्च पदमा नियुक्त भएका व्यवस्थापकीय कर्मचारीको तलब, बोनस र सुविधा कर्पोरेट क्षेत्रको बराबर र कतिपय अवस्थामा त्योभन्दा बढी छ।

सन् २००६ मा लघुवित्तका जनक भनिएका मोहम्मद युनुसलाई नोबेल पुरस्कार दिइएपछि लघुवित्त संस्थाहरू अझै बढी चम्किए। गरीबको रगत चुस्ने उद्यमीले गरीबको मसीहा र विश्व शान्तिका दूतको उपाधी पाए। अब अकुत आम्दानीसँगै समाजसेवीको हैसियत पनि सजिलै हासिल गर्न सकिने भयो। लघुवित्त संस्थामा उच्च पदमा नियुक्त भएका व्यवस्थापकीय कर्मचारीको तलब, बोनस र सुविधा कर्पोरेट क्षेत्रको बराबर र कतिपय अवस्थामा त्योभन्दा बढी छ।

देशको सबैभन्दा ठूलो लघुवित्त संस्था एस.के.एस. सन् २००७ मा लघुवित्त (स्वयम् कृषि संगम सूक्ष्म ऋण)को नाफा दरमा ७०० प्रतिशतले वृद्धि भएको पाइयो। हालै यस संस्थाले सेयर बजारबाट पूँजी जुटाउन आईपीओ पनि निकालेको थियो, जुन निकै सफल भएको थियो। यो उल्लेखनीय छ कि आन्ध्र प्रदेशमा आत्महत्या गर्ने अधिकांश किसानहरूले यस संस्थाबाट ऋण लिएका थिए। सन् २००६ मा यस संस्थाका संस्थापक विक्रम अकुलालाई टाइम म्यागजिनले यस संसारको मुहार परिवर्तन गर्ने विश्वका १०० व्यक्तिको सूचीमा राखेको थियो। विक्रम अकुलाजस्ता मानिसले यस संसारको अनुहार पहिलेभन्दा झन् खराब बनाएको कुरा सन् २०१० सम्ममा विश्वले थाहा पायो। पूँजीवादी मिडियाको पोस्टर ब्वाई र नैतिकताको प्रतिक मानिने नारायणमूर्तिले पनि आफ्नो पूँजी एस.के.एस लघुवित्तमा लगानी गरेर गरीबको भलाइ गर्ने नाममा आफ्नो खजाना/तिजोरी भरिरहेका छन्। यस्ता संस्थाहरूमा स्वदेशी पूँजीपति बाहेक साम्राज्यवादी पूँजी पनि ठूलो मात्रामा संलग्न छ।

एकाएक आत्महत्याका धेरै घटनाहरू बाहिरिएपछि, आन्ध्र प्रदेश सरकारले जनआक्रोशको आगोलाई शान्त पार्न लघुवित्त संस्थाहरूलाई नियन्त्रण गर्न एक अध्यादेश पारित गर्‍यो। सञ्चारमाध्यममा चौतर्फी आलोचना भएपछि रिजर्भ बैंकले पनि सक्रिय भएर लघुवित्त संस्थाका गतिविधि नियन्त्रण गर्न समिति गठन गर्ने घोषणा गरेको थियो। तर यो सबैलाई थाहा छ कि यी सबै अभ्यासको उद्देश्य गरीबको हितमा छैन, तर कम्तिमा यस्ता घटनाहरू हुन नदिन र केही हदसम्म यसको गतिलाई सुस्त पार्ने नाटक मात्र हो। यो प्रणालीमा कुनै पनि असर परेको छैन र यो व्यवस्था चरम जनविरोधी भएको नाङ्गो तस्बिर सबैसामु प्रष्ट देखिएको छ। यस पूँजीवादी व्यवस्थाको परिधिभित्र गरीब र वञ्चितहरूको मानवअधिकारको रक्षा गर्न सम्भव छैन, किनभने पूँजीवादी लुटेराहरूले गरीबको रगतको एक–एक थोपा चुस्न दिनदिनै नयाँ–नयाँ युक्तिहरू रचिरहेका छन्। लघुवित्त यस्तै एउटा घृणित पूँजीवादी रणनीति हो।

मजदूर बिगुलमा प्रकाशित आनन्दको लेख नेपाल रिडर्सका लागि अनुवाद ।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
आनन्द

आनन्द

Related Posts

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

सही राजनीतिको लक्ष्य: उत्पीडनबाट मुक्ति

by झलक सुवेदी
March 19, 2023

मेरो पुस्ता वा म भन्दा १०/१५ वर्ष अगाडि वा पछाडिको पुस्ता खासगरी दुई कुरामा अल्मलिएको छ। एकथरी सत्ताको जोडघटाउ वा...

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

by डेभिड रोभिक्स
March 18, 2023

हाम्रा बालबालिकाहरूको बुद्धि भुट्ने पाठ्यसामग्रीहरु लेख्ने कल्पनाकारहरु छ्यासछ्यास्ति भएपनि 'हुने र नहुने','धनी र गरीब', 'शासक र शासित वर्ग' बीचको द्वन्द्वको...

किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

by इमरान बुक्कुस
March 5, 2023

युक्रेन युद्ध सुरु भएको एक वर्ष भइसकेको छ। गत साल २४ फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २ लाख सैनिकलाई युक्रेन...

यौन उत्पीडन र शक्ति सम्बन्ध

यौन उत्पीडन र शक्ति सम्बन्ध

by नम्रता मिश्र
March 1, 2023

हाम्रो समाजमा यौन उत्पीडनका विषयमा अझैपनि साँघुरो बुझाई छ। जसले गर्दा पीडक सबै ठाउँमा निर्धक्क हुन्छ भने पीडित जीवनभर विभिन्न...

के हिन्डेनबर्ग रिपोर्टले भारतीय कुलिनतन्त्रमा संकट ल्याएको हो ?

के हिन्डेनबर्ग रिपोर्टले भारतीय कुलिनतन्त्रमा संकट ल्याएको हो ?

by जयती घोष
February 22, 2023

प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साँठगाँठका कारण भारतीय अर्बपति गौतम अडानी एसियाकै धनी व्यक्ति बन्न पुगे। विश्वकै धनीहरू मध्येमा पर्ने अडानीको उदयले...

राजनीतिले निरन्तर सत्यको पक्षमा उभिने जोखिम उठाउनैपर्छ

राजनीतिले निरन्तर सत्यको पक्षमा उभिने जोखिम उठाउनैपर्छ

by केशव दाहाल
February 15, 2023

वैकल्पिक राजनीति वैकल्पिक राजनीति भनेको गतिशिल राजनीति हो। अग्रगामी राजनीति हो। भविष्य उन्मुख राजनीति हो। समय, समाज र सपनालाई एकाकार...

Leave Comment

सिफारिस

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

पूँजीवाद र साम्राज्यको संक्षिप्त इतिहास

4 days ago
किन आवश्यक छ बहुध्रुवीयता?

किन आवश्यक छ बहुध्रुवीयता?

2 weeks ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In