Friday, August 12, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » किन खान्छ बाँदरले मान्छेको बालीनाली?

किन खान्छ बाँदरले मान्छेको बालीनाली?

मान्छेले आपत पर्दा भएको संख्यालाई बढाएर बढी नै भन्ने गर्छ। ‘कतिपय ठाउँमा हजारौँ बाँदर छन्’ भनेका ठाउँमा मैले गन्दा २ सय वा ३ सय मात्रै पाइएको छ। वर्षौँदेखि बाँदरहरूको अध्ययन अनुसन्धान गर्दै आएकाले म बाँदरहरूलाई चिन्ने गर्छु। समूहहरूलाई चिन्छु।

nepal_readers by nepal_readers
July 14, 2022
- विमर्शका लागि, समाचार
A A
1.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा ३ वटा प्रमुख जातका र ५ वटा उपजातका बाँदरहरू पाइन्छन्। लङगुर बाँदर, रातो बाँदर र पहरे बाँदर यिनका प्रमुख जातहरू हुन्। लङगुर बाँदरका तीनवटा उपजात छन् भने रातो बाँदरको एउटा र पहरे बाँदरका दुईवटा उपजात हुन्छन्। पहरे जातको बाँदर नेपालको संरक्षित २७ वटा जनावरहरूको सूचीमा पर्छ। यो हेर्दा रातो बाँदरजस्तै देखिन्छ, तर रातो भने हुँदैन। यसको कलेजी रंगको अनुहार हुन्छ भने रौँको रंग पनि सुनौलो नभई कालो खालको हुन्छ। यसको रंग टाढाबाट हेर्दा भैँसीको गोबरजस्तो देखिन्छ।

स्वभावैले रातो बाँदर र लंगुर बाँदर बढी आक्रामक हुन्छन्। पहरे भने कम आक्रामक हुन्छन्। लङगुरको तुलनामा रातो बाँदरले बालीनालीमा बढी नोक्सानी गरेको पाँउछौँ। रातो बाँदर स्वभावैले धेरै चलखेल गर्ने, बढी चलायमान हुने र धेरै घन्टासम्म सक्रिय रहने हुनाले नोक्सान पनि त्यसैले बढी व्यहोरेको हुन्छ। कहिले काहीँ त यसले जुनेली रातमा समेत बालीनालीमा पस्ने गरेको पाइन्छ। त्यसैले नेपालीहरूले यसलाई हजारीया र औलेजस्ता नाम दिएका छन्।

परम्परागत रूपमा नेपालमा बस्दै आए पनि रातो बाँदर नेपालको रैथाने होइन। यो बाँदर दक्षिणतिरबाट आएको हुनुपर्छ। बसाईसराई गरेर आएका हुनाले यिनीहरू आफ्नो ठाउँ बढी भन्दा बढी विस्तार गर्छन्। त्यसले गर्दा यिनीहरू तराईदेखि हिमालका काँखमा रहेका नदीका किनारहरू अथवा बेसीहरूमा बस्ने गरेको पाइन्छ। तर पहरे बाँदर मध्य–पहाडमा मात्रै पाइन्छ। लङ्गुर बाँदर भने तीनवटा विभिन्न ठाउँमा पाइन्छन्। पहेँलो देखिने लङ्गुर तराइमा, खैरो मध्य–पहाडमा र सेतो हिउँजस्तो देखिने लङ्गुर हिमाली क्षेत्रमा पाइन्छ।

बाँदर किन गाउँ पस्छन् ?

बाँदरहरूको समूहले गाउँ पसेर बालीनाली खाइदिने गरेको गुनासो अचेल बढी हुने गरेको छ। यसको नियन्त्रणका लागि ठाउँ ठाउँमा बन्दुक पड्काउने, पासो थाप्ने र करेन्ट लगाइदिने जस्ता कार्यसमेत गर्ने गरिन्छ। त्यसो गर्नु नियन्त्रणका गलत तरिकाहरू हुन्, जसले गर्दा जनावरहरूमा क्षति पुग्नसक्छ। र, यसको असर ती जनावरमा मात्रै होइन, सिंगो पर्यावरणमा पर्ने गर्छ।

बाँदरहरूले बालीनालीमा नोक्सानी पुर्याउनुका विभिन्न कारणहरू छन्। हाम्रो देशमा वन्यजन्तु संरक्षणसम्बन्धी काम वि.सं २०२९ मा विधिवत रुपमा लागु भएको हो। लोप हुन लागिरहेका जनावरहरूको बचावटका लागि सो कानुन लागु भयो। लोप हुन लागेका जनावरहरूको शिकार गर्न, मार्न, लखेट्न तथा उनीहरूको नोक्सान गर्न नपाइने कानुन लागु भयो। त्यो सूचीमा यी बाँदरहरू भने पर्दैन थिए।

RelatedPosts

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

August 11, 2022
वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

August 10, 2022
बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

August 8, 2022
स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

August 7, 2022

मानिसको संख्या बढ्दै जाँदा जंगलहरू फाँडिन थाले र कृषि क्षेत्र विस्तार भयो। जंगलको क्षेत्र कम हुनु, वन्यजन्तुलाई आफ्नै ठाउँमा बसेर खान नपुग्नु र खेती प्रणाली जंगलको किनारासम्म पुग्नुले गर्दा घास तथा कन्दमुल खाने कैयौँ जनावरहरू विस्तारै खेतीमा आश्रित हुन थाले। जंगलमा बसेर जंगलमै पाइने खानेकुरा खाने जनावरहरूले अब खेतबारीका मकैका पात, गहुँ, धान वा दालहरू खान थाले। उनीहरूलाई त्यसमा स्वाद हुन थाल्यो। जसरी अहिले शहरका बाँदरहरू मज्जाले आइसक्रिम खान्छन्। तर गाउँतिरका जंगलका बाँदरलाई आइसक्रिम दिनुभयो भने उनीहरू भाग्छन्।

हाम्रो नेपालको सामाजिक संरचना र आर्थिक प्रणाली यति चाँडै परिवर्तन भयो कि सुरुमा विस्तार भएका खेतहरूमा अब खेती हुन छाड्यो। २००७ सालपछि जंगल सखाप पार्ने र वस्ती बसाउने काम भयो। अहिले समय फेरियो, मानिसहरू जतिसक्दो छिटो पैसा कमाउनेतिर लागेका छन्। आजभोलि बजारवाद हावी भएको छ, जसले गर्दा मानिसहरू पैसामा मात्रै निर्भर रहन थाले। मान्छेको हैसियत, कुराकानी, व्यपार सबै कुरा पैसामा निहित हुन थाल्यो। यस क्रममा खेती गर्नुभन्दा अन्यत्र कहीँ गएर काम गरेर तुरुन्त पैसा कमाउनतिर मानिसहरू लागे। परिणामस्वरुप मानिसहरू विदेशिन थाले। अहिले नेपालका गाउँमा सक्रिय, मजबूद र वयस्क मानिसको जमात नरहने स्थिति छ। यो जमात कि शहरमा छ कि विदेशमा छ।

नेपालको जनसंख्यामा श्रम गर्न सक्ने वयस्क मान्छेको संख्या घट्नुको सिधा असर खेती प्रणालीमा पर्यो। अहिले गाउँगाउँका खेतहरूमा घाँस र रुखहरू उम्रिन थालेका छन्। त्यसकारण बाली खान बानी परेका जनावरहरू खेतपाती छाडेर गाउँको झनै नजिक आइपुगे। र, अर्को महत्वपूर्ण कुरा, अहिले सबैभन्दा धेरै सञ्चारको विकास भएको छ। कुनै एउटा गाउँमा रहेको मान्छेले आफ्नो गाउँमा भएको नोक्सानीको बारेमा सञ्चार माध्यमलाई बताउन सक्छ। हिजो पनि बालीनाली नोक्सानी हुन्थ्यो। आज भने मिडियामा पनि आउन थाल्यो।
खेती प्रणाली कम हुँदै गएपछि क्षतिको अनुपात बढेकोजस्तो देखिएको हो। जस्तै: हिजो १० रोपनी बारीमा एक रोपनी नोक्सान गर्दा त्यो १० प्रतिशत मात्रै नोक्सान हुन्थ्यो भने आज खेती हुने क्षेत्र खुम्चिँदा त्यति नै नोक्सान हुँदा पनि बढी भएको देखियो।

प्रचार गरिएजति छैनन् बाँदर

सामान्यतया प्रकृतिमा जेसुकैको पनि आफ्नै हिसाबले संख्या बढ्छ। तर, जंगल क्षेत्रमा अतिरिक्त खाना नहुँदा बाँदरको संख्या बढेको छैन। पशुपति र स्वयम्भूमा आजभन्दा ५० वर्ष अगाडि अमेरिकनहरूले गणना गरेको संख्या नौ सय देखि हजारसम्म मात्रै थियो। मैले लगातार १५ वर्षसम्म गणना पनि औसतमा ९ सय देखि हजारकै हराहारीमा त्यहाँ बाँदर देखिए।

किनकि बाँदरमा पनि मर्ने, हराउने र दुर्घटनामा पर्ने हुन्छ। दुईवटा मर्छन् भने तीनवटा जन्मिन्छन्। त्यसैले अतिरिक्त मेहनत गरेर जोगाएर राख्दा मात्र संख्या बढ्छ। जस्तै: चितवनका गैँडा मैलै जान्दा डेढ सय जति थिए, अहिले ६ सयको हाराहारीमा छन्। बाँदरले बाली खाएको छ। तर मेरो विचारमा प्रचार भएजति भने बाँदरले बाली खाएको छैन। मान्छेले आपत पर्दा भएको संख्यालाई बढाएर बढी नै भन्ने गर्छ। ‘कतिपय ठाउँमा हजारौँ बाँदर छन्’ भनेका ठाउँमा मैले गन्दा २ सय वा ३ सय मात्रै पाइएको छ। वर्षौँदेखि बाँदरहरूको अध्ययन अनुसन्धान गर्दै आएकाले म बाँदरहरूलाई चिन्ने गर्छु। समूहहरूलाई चिन्छु।

संख्या बढाउने होइन, व्यवस्थापनतिर लाग्नुपर्छ

यदि विज्ञानसम्मत व्यवहार गर्ने हो भने हरेक कुराको समाधान गर्न सकिन्छ। जस्तै: पानीको अभाव भयो भने पानीको मूल खोज्ने हो। पानी छैन भन्दैमा बोतलको पानी सप्लाई गर्नु ‘विकास’ होइन। वन्यजन्तुहरू, चराचुरुंगी तथा सरीसृपहरू सबैको यो धर्तीमा बाँच्न पाउने अधिकार छ। सँगसँगै मान्छेको पनि छ। यो संसारमा भएका सबै जीवित प्राणीहरूमध्ये मान्छे मात्रै त्यस्तो जात हो जसले अर्काको बारेमा सोच्न सक्छ। तपाईँ हामी अहिले बाँदरको बारेमा चिन्तन गर्दैछौँ। शिवपुरीको बँदेलले हाम्रो बारेमा सोच्न सक्छ ? उसको मस्तिष्कले त्यो गर्न सक्दैन। त्यसैले मान्छेले नै उसको संरक्षण गर्नुपर्छ।

सुरुमा सबै संख्या कम भएका जनावरहरूलाई जोगाउनुपर्छ र संख्या बढाउनुपर्छ भन्ने खालका नीतिहरू बने। अब भने हाम्रो दायित्व तिनीहरूको उचित व्यवस्थापन कसरी गर्ने भन्नेतिर हुनुपर्छ। सबै जनावर हामीलाई चाहिन्छ। त्यसैले यिनीहरूको वैज्ञानिक व्यवस्थापन गरिनुपर्छ। अहिले खेती गर्ने मान्छे घटेकाले जंगल क्षेत्र बढ्यो तर बाँदर तथा अन्य वन्यजन्तुले खानेखालको उपयुक्त जातको रुख जंगलमा नभएपछि उनीहरू गाउँ पस्न बाध्य भए। बाँदरहरू गाउँ पस्नु अर्को कारण यो पनि हो। हाम्रो देशमा वृक्षारोपण गर्ने नाममा व्यापक रुपमा सल्लाका रुखहरू लगाइए। सल्लाघारी घना भएपछि त्यहाँ चितुवा त आउन सक्यो। तर मृग आउन सकेन। भनेपछि त्यहाँ सन्तुलन भएन। चितुवा त आयो तर चितुवालाई खाने कुरा आएन।

वैज्ञानिक व्यवस्थापनका लागि सम्बन्धित वन्यजन्तुको आँकडा लिनुपर्छ। दोस्रो, तिनीहरूलाई आवश्यक खाना, खेल्ने ठाउँ, बच्चा हुर्काउने ठाउँ र आफूलाई आवश्यक पर्दा साथी भेट्न जाने क्षेत्र (जसलाई म सामान्य भाषामा चलखेल क्षेत्र भन्छु) सुरक्षित छन् वा छैनन् त्यो हेर्नुपर्छ। तर हामी जनावरको संख्या बढाउनतिर मात्रै लाग्यौँ। एउटा वयस्क बाघलाई राम्रोसँग सन्तान उत्पादन गर्नका लागि ४५ वर्ग किलोमिटर स्थान चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र करिब करिब ९ वा साढे ९ सय स्क्वायर किमीको छ। सोझो हिसाब निकाल्दा यसमा जम्मा २० वटा बाघ अटाउँछन्। यो देशको सरकारले बाघको संख्या १ सयवटा पुर्याउने भन्छ। के यो संख्याको बाघ चितवन राष्ट्रिय निकुञ्जमा अटाउँछ? नअटाएपछि के गर्ने त? उसलाई खाना नै नपुगेपछि उ गाउँमा निस्कन्छ र मान्छे तथा घरपालुवा जनावरमाथि आक्रमण गर्छ।

जनावरको संख्या बढाइँदा उनीहरूलाई खान पुग्दैन, उनीहरूलालाई खेल्ने ठाउँ कम हुन्छ, उनीहरूले आफ्नो जोडा पाउँदैनन्। बाघ बढिसकेपछि उसलाई खानका लागि चित्तल, मृग र बाँदरजस्ता जनावर प्रशस्त हुनुपर्छ। बाँदरहरूका लागि पनि खानेकुरा कम भइरहेको छ। हामीले वृक्षारोपणको नाममा विदेशी रुखहरू: सल्ला, ज्याकारान्डा र मसला रोपिरहेका छौँ। जसबाट खानेकुरा नै हुँदैन।
नेपालमा सुरुदेखि नै बेलायती शासन र उनीहरूको इच्छा पूर्ति गर्नका लागि हार्ड वुडहरू: अगरा, सिसौँ, खयर र साल काट्न नपाइने भयो। फल लाग्ने रुखहरू जस्तै जामुन, अमला, चिलाउने आदि भने काट्न पाइने भयो । हिजो ब्रिटिसहरूलाई रेलको पटरी बिसाउनका लागि चाहिने खालका रुखहरू भने काट्न दिइँदैनथियो भने फल लाग्ने खालका रुखहरू काटिँदा आज बाँदरहरूले फलफूल खान पाएनन्।

बाँदरले पोषिलो खाना चिन्छन्

जंगलमा घास र फलफुल खाने जनावरहरूले धेरैमात्रामा फलफुलहरू खान सक्छन्। चराहरूले पनि खान्छन्। हिजोसम्म जंगलमा विभिन्न जातका फलफुलहरू पाइन्थ्यो। अझै पनि नेपालका कयौँ ठाउँमा वन धान पाइन्छ। वन सुन्तला, वन केरा, वन अमला, हर्रो, बर्रो, जामुन र फँडिरहरू पाइन्छ। हामीले आफ्ना बँगैचा तथा खेतबारीमा यी सबै बोटबिरुवा वनबाटै ल्याएका हौँ। जंगलमा ती बिरुवाहरूका फल फल्दा बाँदरलगायत अन्य जनावरहरूले समेत त्यसको स्वाद खाएका थिए।

जनावरहरूले आफूलाई आवश्यक पोषक तत्व घास र फलफुलहरू नै खाने गर्छन्। उनीहरूमा आफूलाई आवश्यक खानेकुरा छानेर खानसक्ने क्षमता हुन्छ। बाँदरहरूले किन पालुवाहरू खाने गर्छन् ? किनभने तिनमा कार्बोहाइड्रेड र पानी प्रशस्त हुने गर्छ। त्यसैले जंगलमा जंगली प्रजातिकै फलफुल विरुवा रोप्नुपर्ने कुरा मैले बारम्बार भन्ने गरेको छु।

उद्धार केन्द्र बनाऔँ

सबै जंगली जनावर आफ्नै प्राकृतिक अनुशासनमा बसेका हुन्छन्। तर जब उनीहरू भोकले मर्ने अवस्था हुन्छ, तब गाउँ वस्ती छिर्छन। मान्छे पनि भोको भयो भने के गर्दैन? अत: हामीले उनीहरूको वासस्थानको उचित र वैज्ञानिक अध्ययन गरेर व्यवस्थापन गर्नुपर्छ। बाँदर धपाउँदा हचुवामा बन्दुक पड्काउन थाल्दा बाँदर पछि पछि त बन्दुक पड्काउँदा पनि भाग्नै छाड्यो। बाँदर मान्छेपछिको बुद्धिमान प्राणी भएकाले उसलाई हामी हत्तपत्त झुक्याउन सक्दैनौँ।

बाँदरसहित अन्य वन्यजन्तुका लागि जंगलभित्रै खाद्यान्न उपलब्ध हुने व्यवस्थापन गर्दागर्दै पनि केही जनावरहरू खानका लागि भोलिका दिनमा गाउँ छिर्न सक्लान्। तिनलाई हामीले समात्नुपर्छ र संरक्षण गरेर राख्नुपर्छ। हरेक पालिकामा विभिन्न नामका बजेट हुन्छन्, त्यसमा जनावरको उद्धार गर्ने बजेट पनि हुनुपर्छ। त्यसबाट स–साना खोरहरू बनाएर ती जनावरलाई राख्न सकिन्छ। तर बनमै खाने कुरा भएपछि वस्ती छिर्ने जनावरहरू एकदमै कम हुन्छन्।

र, शहरीकरण र जंगल विनाश भएका कारण सबैले बँदेल, बाँदर र मृग जस्ता वन्यजन्तु देखेका हुँदैनन्। अहिले धेरै बालबालिकाहरू जंगलतिर घाँसदाउरा गर्दैनन्। त्यसैले चिडियाखानाका रूपमा केही ठाउँमा उद्धार केन्द्रहरू बनाएर घाइते भएका, बदमास र धेरै नोक्सान पुर्याउने जनावरहरूलाई राख्न सकिन्छ।

कहिलेकाकाहीँ जनावरहरू रोग सार्ने मुख्य कारक पनि हुनसक्छन्। जस्तै: बाँदरमा भएका केही रोगहरू मान्छेमा सर्यो भने सायद मान्छे बाँच्दैनन्। बाँदरमा एकखालको भाइरस हुन्छ जसले गर्दा बाँदर मर्दैन, तर त्यो मान्छेमा सर्यो भने मान्छे तत्कालै मर्छ। यस्ता रोगहरू भएनभएको कुरा भेटेरेनरी अर्थात् अरु अनुसन्धानकर्तामार्फत पत्ता लगाएर रोग प्रसारण गर्ने जनावरलाई ‘मानवीय मृत्यु’ पनि दिनुपर्ने हुन्छ।

दु:खमात्रै दिँदैनन् बाँदरले

बाँदरका केही राम्रा पक्ष पनि छन्। हामी मानिसमा प्रयोग हुने सम्पूर्ण औषधिको फाप/अफाम छुट्याउने अन्तिम प्राणी बाँदर हो। तर त्यसो गर्दा बाँदरलाई मारिदैँन। तर अचेल त्यसरी बाँदरलाई औषधीको प्रयोग गर्न नहुने, गर्नै पर्दा एकदमै मानवीय ढंगले व्यवहार गर्नुपर्ने आवाजहरू पनि उठ्ने गरेका छन्। नेपालमा परम्परागत रुपमा जडीबुटीहरूको प्रयोग निकै गरेको छ। बाँदरमा त्यसको प्रयोग गरेर हामीले ती जुडीबुटीको वैज्ञानिक पुष्टि गर्न सकिन्छ। नेपालमा सरकारले नै आफ्नो प्रयोगशाला बनाएर उत्पादन गर्ने हो भने औषधि आयातमा हुने अर्बौ रुपैयाँ रोकिन्थ्यो होला।

बाँदरले जंगलको विविधताका लागि भूमिका खेल्छन्। बाँदरले खाएर विस्ट्याएको बिउ सबैभन्दा चाँडै उम्रिन्छ। उसले अनौठा खालका फलफुलहरू खाएको हुन्छ। बाँदरको दुवै आँखा दुरविनको जस्तो दूरदृष्टि भएको हुन्छ। सुगा, गाँैथली र कौवाले समेत नदेखेको फलफुलहरू बाँदरले देख्छ। बाँदरले पाकेर राम्रो भएको बिउ बनेको फलफुल देखेर खान्छ र त्यो अर्को ठाउँमा गएर विस्ट्याउँछ। जंगलको विविधिकरणका लागि बाँदर अति आवश्यक छ। बाँदरले विस्ट्याएको बिउको उम्रिने शक्ति बढी हुन्छ। यो प्रमाणित कुरा हो।

यो भन्दा रमाइलो कुरा: चराले जसरी बाँदरले पनि भूकम्पको पूर्व जानकारी गराउँछ। बाँदर र मान्छे नजिकका जात हुन्। बाँदरले अरु जनावरलाई पनि आफन्त ठान्छ र अरुको आक्रमणबाट तिनीहरूलाई जोगाउँछ। जस्तै: कुकुरको छेउमा सर्प आउँदैछ भने बाँदरले कुकुरलाई सर्प आएको कुराको संकेत गर्छ। कहिलेकाहीँ काठमाडौँमा एक्ला बाँदरहरू पनि देखिने गर्छ। तर, यिनीहरू सधैँ आउँदैनन्। यी भदौ र चैततिर आउँछन्। त्यतिबेला बाँदरको प्रजनन हुने बेला हुन्छ। त्यतिबेला भालेहरू पोथी खोज्दै हिँड्छन्। स्वभाविक रुपमा त्यो उमेर चञ्चल हुन्छ। पानी पर्नासाथ यिनीहरूको गर्भाधान क्रिया सुरु हुन्छन्।

बाँदरहरूमा प्राय: पोथी आफ्नो समूह छोड्दैनन्, भालेले भने समूह छोड्ने गर्छन्। त्यसैले बाँदरमा ‘हाडनाता’ करणी हुँदैन भन्ने गर्छु म। भाले जवान हुनासाथ समूह छोडेर अर्कोमा जान्छ। त्यसै क्रममा भाले–भालेबीच लडाईँ हुने गरेको पनि देखिन्छ। नेपालको वनजंगलमा मुख्य रुपमा वासस्थानको वैज्ञानिक व्यवस्थापन र संख्यात्मक नियन्त्रण गरिनु आवश्यक छ। लोप हुन लागेका जनावरको संख्या बढाउनमा मात्रै ध्यान दिने हो भने तिनका वासस्थानको वैज्ञानिक वासस्थान गर्न सकिँदैन। जस्तै: चितवनमा एक लाख गैँडा पुर्याउने हो भने त्यहाँका आदिवासीलाई लखेट्ने त? त्यसकारण, उचित संख्यामा मात्र जनावर सीमित गर्न सक्नुपर्छ। त्यसका लागि वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन आवश्यक छ।

नेपाल रिडर्सका लागि वैज्ञानिक चालिसेसँग प्रकाश अजातले गरेको कुराकानीमा आधारित। तस्वीर: महेश पाण्डेय

 

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

by हिरण्यलाल श्रेष्ठ
August 11, 2022

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले एउटा तरंग सिर्जना गरेको छ। राष्ट्रपति जो बाइडेनले पेलोसीको यो भ्रमण अमेरिकाको...

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

by भूपाल राई
August 10, 2022

म कवि हुँ, कविता लेख्छु । यहाँ हामी ठूला–ठूला कुराहरू, मार्क्स-लेनिनका कुराहरू गर्छौं, ठूला–ठूला जार्गनहरू प्रयोग गर्छौं। तर, म कवि...

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

by राम कार्की 'पार्थ'
August 8, 2022

हरेक आन्दोलन र क्रान्तिले नयाँ पदावलीहरू सिर्जना गर्छन्। भइरहेकै पदावलीलाई पनि क्रान्तिले नयाँ अर्थ दिन सक्छ। यदि आन्दोलन र क्रान्तिले...

स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

by nepal_readers
August 7, 2022

आउँदो मंसीर ४ गतेका लागि सरकारले संघ तथा प्रदेशको चुनाव घोषणा गरेको छ। चुनावी सरगर्मी बढ्दै गर्दा आउँदो संघीय सरकार...

आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

by रोशन जनकपुरी
August 5, 2022

पञ्चायतकालमा काठमाडौँमा हातहतियारको चर्चा भइरहेको थियो, तराईका कम्युनिष्टहरूले भरुवा बन्दुक लिएर आलीको पछाडिबाट प्रहरीविरुद्ध फाइरिङ गरिरहेका थिए। नेपाली कम्युनिष्ट आन्दोलमा...

के युरोप जीवित रहला ?

के युरोप जीवित रहला ?

by nepal_readers
August 3, 2022

-पाओलो गेर्बाउडो- आजका दिनमा आइपरेको संकटका कारण, विगत केही दशकका मान्यताहरूलाई तोड्दै राज्य पुनर्जीवित भएको छ। यो अझै जागा हुँदै...

Leave Comment

Recommended

नेपालका ७६ जिल्लामा फैलियो कोरोना: अधिकांस संक्रमित विदेशबाट फर्केका

थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्याे

2 years ago
धर्ममा महिलाको अवस्था के छ?

धर्ममा महिलाको अवस्था के छ?

7 months ago

Connect with us

Popular Post

  • नेपाली समाजका ७ अन्तरविरोध

    नेपाली समाजका ७ अन्तरविरोध

    0 shares
    Share 0 Tweet 0
  • भौतिकशास्त्रले कसरी समृद्धि ल्याउँछ?

    0 shares
    Share 0 Tweet 0
  • गीतामा के छ ? गीता कस्तो छ ? 

    0 shares
    Share 0 Tweet 0
  • नेपालमा वर्ग र जात/जाति

    0 shares
    Share 0 Tweet 0
  • पतित–वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In