Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन खान्छ बाँदरले मान्छेको बालीनाली?

मान्छेले आपत पर्दा भएको संख्यालाई बढाएर बढी नै भन्ने गर्छ। ‘कतिपय ठाउँमा हजारौँ बाँदर छन्’ भनेका ठाउँमा मैले गन्दा २ सय वा ३ सय मात्रै पाइएको छ। वर्षौँदेखि बाँदरहरूको अध्ययन अनुसन्धान गर्दै आएकाले म बाँदरहरूलाई चिन्ने गर्छु। समूहहरूलाई चिन्छु।

डा. मुकेश कुमार चालिसे डा. मुकेश कुमार चालिसे
असार ३०, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालमा ३ वटा प्रमुख जातका र ५ वटा उपजातका बाँदरहरू पाइन्छन्। लङगुर बाँदर, रातो बाँदर र पहरे बाँदर यिनका प्रमुख जातहरू हुन्। लङगुर बाँदरका तीनवटा उपजात छन् भने रातो बाँदरको एउटा र पहरे बाँदरका दुईवटा उपजात हुन्छन्। पहरे जातको बाँदर नेपालको संरक्षित २७ वटा जनावरहरूको सूचीमा पर्छ। यो हेर्दा रातो बाँदरजस्तै देखिन्छ, तर रातो भने हुँदैन। यसको कलेजी रंगको अनुहार हुन्छ भने रौँको रंग पनि सुनौलो नभई कालो खालको हुन्छ। यसको रंग टाढाबाट हेर्दा भैँसीको गोबरजस्तो देखिन्छ।

    स्वभावैले रातो बाँदर र लंगुर बाँदर बढी आक्रामक हुन्छन्। पहरे भने कम आक्रामक हुन्छन्। लङगुरको तुलनामा रातो बाँदरले बालीनालीमा बढी नोक्सानी गरेको पाँउछौँ। रातो बाँदर स्वभावैले धेरै चलखेल गर्ने, बढी चलायमान हुने र धेरै घन्टासम्म सक्रिय रहने हुनाले नोक्सान पनि त्यसैले बढी व्यहोरेको हुन्छ। कहिले काहीँ त यसले जुनेली रातमा समेत बालीनालीमा पस्ने गरेको पाइन्छ। त्यसैले नेपालीहरूले यसलाई हजारीया र औलेजस्ता नाम दिएका छन्।

    परम्परागत रूपमा नेपालमा बस्दै आए पनि रातो बाँदर नेपालको रैथाने होइन। यो बाँदर दक्षिणतिरबाट आएको हुनुपर्छ। बसाईसराई गरेर आएका हुनाले यिनीहरू आफ्नो ठाउँ बढी भन्दा बढी विस्तार गर्छन्। त्यसले गर्दा यिनीहरू तराईदेखि हिमालका काँखमा रहेका नदीका किनारहरू अथवा बेसीहरूमा बस्ने गरेको पाइन्छ। तर पहरे बाँदर मध्य–पहाडमा मात्रै पाइन्छ। लङ्गुर बाँदर भने तीनवटा विभिन्न ठाउँमा पाइन्छन्। पहेँलो देखिने लङ्गुर तराइमा, खैरो मध्य–पहाडमा र सेतो हिउँजस्तो देखिने लङ्गुर हिमाली क्षेत्रमा पाइन्छ।

    बाँदर किन गाउँ पस्छन् ?

    बाँदरहरूको समूहले गाउँ पसेर बालीनाली खाइदिने गरेको गुनासो अचेल बढी हुने गरेको छ। यसको नियन्त्रणका लागि ठाउँ ठाउँमा बन्दुक पड्काउने, पासो थाप्ने र करेन्ट लगाइदिने जस्ता कार्यसमेत गर्ने गरिन्छ। त्यसो गर्नु नियन्त्रणका गलत तरिकाहरू हुन्, जसले गर्दा जनावरहरूमा क्षति पुग्नसक्छ। र, यसको असर ती जनावरमा मात्रै होइन, सिंगो पर्यावरणमा पर्ने गर्छ।

    बाँदरहरूले बालीनालीमा नोक्सानी पुर्याउनुका विभिन्न कारणहरू छन्। हाम्रो देशमा वन्यजन्तु संरक्षणसम्बन्धी काम वि.सं २०२९ मा विधिवत रुपमा लागु भएको हो। लोप हुन लागिरहेका जनावरहरूको बचावटका लागि सो कानुन लागु भयो। लोप हुन लागेका जनावरहरूको शिकार गर्न, मार्न, लखेट्न तथा उनीहरूको नोक्सान गर्न नपाइने कानुन लागु भयो। त्यो सूचीमा यी बाँदरहरू भने पर्दैन थिए।

    मानिसको संख्या बढ्दै जाँदा जंगलहरू फाँडिन थाले र कृषि क्षेत्र विस्तार भयो। जंगलको क्षेत्र कम हुनु, वन्यजन्तुलाई आफ्नै ठाउँमा बसेर खान नपुग्नु र खेती प्रणाली जंगलको किनारासम्म पुग्नुले गर्दा घास तथा कन्दमुल खाने कैयौँ जनावरहरू विस्तारै खेतीमा आश्रित हुन थाले। जंगलमा बसेर जंगलमै पाइने खानेकुरा खाने जनावरहरूले अब खेतबारीका मकैका पात, गहुँ, धान वा दालहरू खान थाले। उनीहरूलाई त्यसमा स्वाद हुन थाल्यो। जसरी अहिले शहरका बाँदरहरू मज्जाले आइसक्रिम खान्छन्। तर गाउँतिरका जंगलका बाँदरलाई आइसक्रिम दिनुभयो भने उनीहरू भाग्छन्।

    हाम्रो नेपालको सामाजिक संरचना र आर्थिक प्रणाली यति चाँडै परिवर्तन भयो कि सुरुमा विस्तार भएका खेतहरूमा अब खेती हुन छाड्यो। २००७ सालपछि जंगल सखाप पार्ने र वस्ती बसाउने काम भयो। अहिले समय फेरियो, मानिसहरू जतिसक्दो छिटो पैसा कमाउनेतिर लागेका छन्। आजभोलि बजारवाद हावी भएको छ, जसले गर्दा मानिसहरू पैसामा मात्रै निर्भर रहन थाले। मान्छेको हैसियत, कुराकानी, व्यपार सबै कुरा पैसामा निहित हुन थाल्यो। यस क्रममा खेती गर्नुभन्दा अन्यत्र कहीँ गएर काम गरेर तुरुन्त पैसा कमाउनतिर मानिसहरू लागे। परिणामस्वरुप मानिसहरू विदेशिन थाले। अहिले नेपालका गाउँमा सक्रिय, मजबूद र वयस्क मानिसको जमात नरहने स्थिति छ। यो जमात कि शहरमा छ कि विदेशमा छ।

    नेपालको जनसंख्यामा श्रम गर्न सक्ने वयस्क मान्छेको संख्या घट्नुको सिधा असर खेती प्रणालीमा पर्यो। अहिले गाउँगाउँका खेतहरूमा घाँस र रुखहरू उम्रिन थालेका छन्। त्यसकारण बाली खान बानी परेका जनावरहरू खेतपाती छाडेर गाउँको झनै नजिक आइपुगे। र, अर्को महत्वपूर्ण कुरा, अहिले सबैभन्दा धेरै सञ्चारको विकास भएको छ। कुनै एउटा गाउँमा रहेको मान्छेले आफ्नो गाउँमा भएको नोक्सानीको बारेमा सञ्चार माध्यमलाई बताउन सक्छ। हिजो पनि बालीनाली नोक्सानी हुन्थ्यो। आज भने मिडियामा पनि आउन थाल्यो।

    खेती प्रणाली कम हुँदै गएपछि क्षतिको अनुपात बढेकोजस्तो देखिएको हो। जस्तै: हिजो १० रोपनी बारीमा एक रोपनी नोक्सान गर्दा त्यो १० प्रतिशत मात्रै नोक्सान हुन्थ्यो भने आज खेती हुने क्षेत्र खुम्चिँदा त्यति नै नोक्सान हुँदा पनि बढी भएको देखियो।

    प्रचार गरिएजति छैनन् बाँदर

    सामान्यतया प्रकृतिमा जेसुकैको पनि आफ्नै हिसाबले संख्या बढ्छ। तर, जंगल क्षेत्रमा अतिरिक्त खाना नहुँदा बाँदरको संख्या बढेको छैन। पशुपति र स्वयम्भूमा आजभन्दा ५० वर्ष अगाडि अमेरिकनहरूले गणना गरेको संख्या नौ सय देखि हजारसम्म मात्रै थियो। मैले लगातार १५ वर्षसम्म गणना पनि औसतमा ९ सय देखि हजारकै हराहारीमा त्यहाँ बाँदर देखिए।

    किनकि बाँदरमा पनि मर्ने, हराउने र दुर्घटनामा पर्ने हुन्छ। दुईवटा मर्छन् भने तीनवटा जन्मिन्छन्। त्यसैले अतिरिक्त मेहनत गरेर जोगाएर राख्दा मात्र संख्या बढ्छ। जस्तै: चितवनका गैँडा मैलै जान्दा डेढ सय जति थिए, अहिले ६ सयको हाराहारीमा छन्। बाँदरले बाली खाएको छ। तर मेरो विचारमा प्रचार भएजति भने बाँदरले बाली खाएको छैन। मान्छेले आपत पर्दा भएको संख्यालाई बढाएर बढी नै भन्ने गर्छ। ‘कतिपय ठाउँमा हजारौँ बाँदर छन्’ भनेका ठाउँमा मैले गन्दा २ सय वा ३ सय मात्रै पाइएको छ। वर्षौँदेखि बाँदरहरूको अध्ययन अनुसन्धान गर्दै आएकाले म बाँदरहरूलाई चिन्ने गर्छु। समूहहरूलाई चिन्छु।

    संख्या बढाउने होइन, व्यवस्थापनतिर लाग्नुपर्छ

    यदि विज्ञानसम्मत व्यवहार गर्ने हो भने हरेक कुराको समाधान गर्न सकिन्छ। जस्तै: पानीको अभाव भयो भने पानीको मूल खोज्ने हो। पानी छैन भन्दैमा बोतलको पानी सप्लाई गर्नु ‘विकास’ होइन। वन्यजन्तुहरू, चराचुरुंगी तथा सरीसृपहरू सबैको यो धर्तीमा बाँच्न पाउने अधिकार छ। सँगसँगै मान्छेको पनि छ। यो संसारमा भएका सबै जीवित प्राणीहरूमध्ये मान्छे मात्रै त्यस्तो जात हो जसले अर्काको बारेमा सोच्न सक्छ। तपाईँ हामी अहिले बाँदरको बारेमा चिन्तन गर्दैछौँ। शिवपुरीको बँदेलले हाम्रो बारेमा सोच्न सक्छ ? उसको मस्तिष्कले त्यो गर्न सक्दैन। त्यसैले मान्छेले नै उसको संरक्षण गर्नुपर्छ।

    सुरुमा सबै संख्या कम भएका जनावरहरूलाई जोगाउनुपर्छ र संख्या बढाउनुपर्छ भन्ने खालका नीतिहरू बने। अब भने हाम्रो दायित्व तिनीहरूको उचित व्यवस्थापन कसरी गर्ने भन्नेतिर हुनुपर्छ। सबै जनावर हामीलाई चाहिन्छ। त्यसैले यिनीहरूको वैज्ञानिक व्यवस्थापन गरिनुपर्छ। अहिले खेती गर्ने मान्छे घटेकाले जंगल क्षेत्र बढ्यो तर बाँदर तथा अन्य वन्यजन्तुले खानेखालको उपयुक्त जातको रुख जंगलमा नभएपछि उनीहरू गाउँ पस्न बाध्य भए। बाँदरहरू गाउँ पस्नु अर्को कारण यो पनि हो। हाम्रो देशमा वृक्षारोपण गर्ने नाममा व्यापक रुपमा सल्लाका रुखहरू लगाइए। सल्लाघारी घना भएपछि त्यहाँ चितुवा त आउन सक्यो। तर मृग आउन सकेन। भनेपछि त्यहाँ सन्तुलन भएन। चितुवा त आयो तर चितुवालाई खाने कुरा आएन।

    वैज्ञानिक व्यवस्थापनका लागि सम्बन्धित वन्यजन्तुको आँकडा लिनुपर्छ। दोस्रो, तिनीहरूलाई आवश्यक खाना, खेल्ने ठाउँ, बच्चा हुर्काउने ठाउँ र आफूलाई आवश्यक पर्दा साथी भेट्न जाने क्षेत्र (जसलाई म सामान्य भाषामा चलखेल क्षेत्र भन्छु) सुरक्षित छन् वा छैनन् त्यो हेर्नुपर्छ। तर हामी जनावरको संख्या बढाउनतिर मात्रै लाग्यौँ। एउटा वयस्क बाघलाई राम्रोसँग सन्तान उत्पादन गर्नका लागि ४५ वर्ग किलोमिटर स्थान चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र करिब करिब ९ वा साढे ९ सय स्क्वायर किमीको छ। सोझो हिसाब निकाल्दा यसमा जम्मा २० वटा बाघ अटाउँछन्। यो देशको सरकारले बाघको संख्या १ सयवटा पुर्याउने भन्छ। के यो संख्याको बाघ चितवन राष्ट्रिय निकुञ्जमा अटाउँछ? नअटाएपछि के गर्ने त? उसलाई खाना नै नपुगेपछि उ गाउँमा निस्कन्छ र मान्छे तथा घरपालुवा जनावरमाथि आक्रमण गर्छ।

    जनावरको संख्या बढाइँदा उनीहरूलाई खान पुग्दैन, उनीहरूलालाई खेल्ने ठाउँ कम हुन्छ, उनीहरूले आफ्नो जोडा पाउँदैनन्। बाघ बढिसकेपछि उसलाई खानका लागि चित्तल, मृग र बाँदरजस्ता जनावर प्रशस्त हुनुपर्छ। बाँदरहरूका लागि पनि खानेकुरा कम भइरहेको छ। हामीले वृक्षारोपणको नाममा विदेशी रुखहरू: सल्ला, ज्याकारान्डा र मसला रोपिरहेका छौँ। जसबाट खानेकुरा नै हुँदैन।

    नेपालमा सुरुदेखि नै बेलायती शासन र उनीहरूको इच्छा पूर्ति गर्नका लागि हार्ड वुडहरू: अगरा, सिसौँ, खयर र साल काट्न नपाइने भयो। फल लाग्ने रुखहरू जस्तै जामुन, अमला, चिलाउने आदि भने काट्न पाइने भयो । हिजो ब्रिटिसहरूलाई रेलको पटरी बिसाउनका लागि चाहिने खालका रुखहरू भने काट्न दिइँदैनथियो भने फल लाग्ने खालका रुखहरू काटिँदा आज बाँदरहरूले फलफूल खान पाएनन्।

    बाँदरले पोषिलो खाना चिन्छन्

    जंगलमा घास र फलफुल खाने जनावरहरूले धेरैमात्रामा फलफुलहरू खान सक्छन्। चराहरूले पनि खान्छन्। हिजोसम्म जंगलमा विभिन्न जातका फलफुलहरू पाइन्थ्यो। अझै पनि नेपालका कयौँ ठाउँमा वन धान पाइन्छ। वन सुन्तला, वन केरा, वन अमला, हर्रो, बर्रो, जामुन र फँडिरहरू पाइन्छ। हामीले आफ्ना बँगैचा तथा खेतबारीमा यी सबै बोटबिरुवा वनबाटै ल्याएका हौँ। जंगलमा ती बिरुवाहरूका फल फल्दा बाँदरलगायत अन्य जनावरहरूले समेत त्यसको स्वाद खाएका थिए।

    जनावरहरूले आफूलाई आवश्यक पोषक तत्व घास र फलफुलहरू नै खाने गर्छन्। उनीहरूमा आफूलाई आवश्यक खानेकुरा छानेर खानसक्ने क्षमता हुन्छ। बाँदरहरूले किन पालुवाहरू खाने गर्छन् ? किनभने तिनमा कार्बोहाइड्रेड र पानी प्रशस्त हुने गर्छ। त्यसैले जंगलमा जंगली प्रजातिकै फलफुल विरुवा रोप्नुपर्ने कुरा मैले बारम्बार भन्ने गरेको छु।

    उद्धार केन्द्र बनाऔँ

    सबै जंगली जनावर आफ्नै प्राकृतिक अनुशासनमा बसेका हुन्छन्। तर जब उनीहरू भोकले मर्ने अवस्था हुन्छ, तब गाउँ वस्ती छिर्छन। मान्छे पनि भोको भयो भने के गर्दैन? अत: हामीले उनीहरूको वासस्थानको उचित र वैज्ञानिक अध्ययन गरेर व्यवस्थापन गर्नुपर्छ। बाँदर धपाउँदा हचुवामा बन्दुक पड्काउन थाल्दा बाँदर पछि पछि त बन्दुक पड्काउँदा पनि भाग्नै छाड्यो। बाँदर मान्छेपछिको बुद्धिमान प्राणी भएकाले उसलाई हामी हत्तपत्त झुक्याउन सक्दैनौँ।

    बाँदरसहित अन्य वन्यजन्तुका लागि जंगलभित्रै खाद्यान्न उपलब्ध हुने व्यवस्थापन गर्दागर्दै पनि केही जनावरहरू खानका लागि भोलिका दिनमा गाउँ छिर्न सक्लान्। तिनलाई हामीले समात्नुपर्छ र संरक्षण गरेर राख्नुपर्छ। हरेक पालिकामा विभिन्न नामका बजेट हुन्छन्, त्यसमा जनावरको उद्धार गर्ने बजेट पनि हुनुपर्छ। त्यसबाट स–साना खोरहरू बनाएर ती जनावरलाई राख्न सकिन्छ। तर बनमै खाने कुरा भएपछि वस्ती छिर्ने जनावरहरू एकदमै कम हुन्छन्।

    र, शहरीकरण र जंगल विनाश भएका कारण सबैले बँदेल, बाँदर र मृग जस्ता वन्यजन्तु देखेका हुँदैनन्। अहिले धेरै बालबालिकाहरू जंगलतिर घाँसदाउरा गर्दैनन्। त्यसैले चिडियाखानाका रूपमा केही ठाउँमा उद्धार केन्द्रहरू बनाएर घाइते भएका, बदमास र धेरै नोक्सान पुर्याउने जनावरहरूलाई राख्न सकिन्छ।

    कहिलेकाकाहीँ जनावरहरू रोग सार्ने मुख्य कारक पनि हुनसक्छन्। जस्तै: बाँदरमा भएका केही रोगहरू मान्छेमा सर्यो भने सायद मान्छे बाँच्दैनन्। बाँदरमा एकखालको भाइरस हुन्छ जसले गर्दा बाँदर मर्दैन, तर त्यो मान्छेमा सर्यो भने मान्छे तत्कालै मर्छ। यस्ता रोगहरू भएनभएको कुरा भेटेरेनरी अर्थात् अरु अनुसन्धानकर्तामार्फत पत्ता लगाएर रोग प्रसारण गर्ने जनावरलाई ‘मानवीय मृत्यु’ पनि दिनुपर्ने हुन्छ।

    दु:खमात्रै दिँदैनन् बाँदरले

    बाँदरका केही राम्रा पक्ष पनि छन्। हामी मानिसमा प्रयोग हुने सम्पूर्ण औषधिको फाप/अफाम छुट्याउने अन्तिम प्राणी बाँदर हो। तर त्यसो गर्दा बाँदरलाई मारिदैँन। तर अचेल त्यसरी बाँदरलाई औषधीको प्रयोग गर्न नहुने, गर्नै पर्दा एकदमै मानवीय ढंगले व्यवहार गर्नुपर्ने आवाजहरू पनि उठ्ने गरेका छन्। नेपालमा परम्परागत रुपमा जडीबुटीहरूको प्रयोग निकै गरेको छ। बाँदरमा त्यसको प्रयोग गरेर हामीले ती जुडीबुटीको वैज्ञानिक पुष्टि गर्न सकिन्छ। नेपालमा सरकारले नै आफ्नो प्रयोगशाला बनाएर उत्पादन गर्ने हो भने औषधि आयातमा हुने अर्बौ रुपैयाँ रोकिन्थ्यो होला।

    बाँदरले जंगलको विविधताका लागि भूमिका खेल्छन्। बाँदरले खाएर विस्ट्याएको बिउ सबैभन्दा चाँडै उम्रिन्छ। उसले अनौठा खालका फलफुलहरू खाएको हुन्छ। बाँदरको दुवै आँखा दुरविनको जस्तो दूरदृष्टि भएको हुन्छ। सुगा, गाँैथली र कौवाले समेत नदेखेको फलफुलहरू बाँदरले देख्छ। बाँदरले पाकेर राम्रो भएको बिउ बनेको फलफुल देखेर खान्छ र त्यो अर्को ठाउँमा गएर विस्ट्याउँछ। जंगलको विविधिकरणका लागि बाँदर अति आवश्यक छ। बाँदरले विस्ट्याएको बिउको उम्रिने शक्ति बढी हुन्छ। यो प्रमाणित कुरा हो।

    यो भन्दा रमाइलो कुरा: चराले जसरी बाँदरले पनि भूकम्पको पूर्व जानकारी गराउँछ। बाँदर र मान्छे नजिकका जात हुन्। बाँदरले अरु जनावरलाई पनि आफन्त ठान्छ र अरुको आक्रमणबाट तिनीहरूलाई जोगाउँछ। जस्तै: कुकुरको छेउमा सर्प आउँदैछ भने बाँदरले कुकुरलाई सर्प आएको कुराको संकेत गर्छ। कहिलेकाहीँ काठमाडौँमा एक्ला बाँदरहरू पनि देखिने गर्छ। तर, यिनीहरू सधैँ आउँदैनन्। यी भदौ र चैततिर आउँछन्। त्यतिबेला बाँदरको प्रजनन हुने बेला हुन्छ। त्यतिबेला भालेहरू पोथी खोज्दै हिँड्छन्। स्वभाविक रुपमा त्यो उमेर चञ्चल हुन्छ। पानी पर्नासाथ यिनीहरूको गर्भाधान क्रिया सुरु हुन्छन्।

    बाँदरहरूमा प्राय: पोथी आफ्नो समूह छोड्दैनन्, भालेले भने समूह छोड्ने गर्छन्। त्यसैले बाँदरमा ‘हाडनाता’ करणी हुँदैन भन्ने गर्छु म। भाले जवान हुनासाथ समूह छोडेर अर्कोमा जान्छ। त्यसै क्रममा भाले–भालेबीच लडाईँ हुने गरेको पनि देखिन्छ। नेपालको वनजंगलमा मुख्य रुपमा वासस्थानको वैज्ञानिक व्यवस्थापन र संख्यात्मक नियन्त्रण गरिनु आवश्यक छ। लोप हुन लागेका जनावरको संख्या बढाउनमा मात्रै ध्यान दिने हो भने तिनका वासस्थानको वैज्ञानिक वासस्थान गर्न सकिँदैन। जस्तै: चितवनमा एक लाख गैँडा पुर्याउने हो भने त्यहाँका आदिवासीलाई लखेट्ने त? त्यसकारण, उचित संख्यामा मात्र जनावर सीमित गर्न सक्नुपर्छ। त्यसका लागि वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन आवश्यक छ।

    नेपाल रिडर्सका लागि वैज्ञानिक चालिसेसँग प्रकाश अजातले गरेको कुराकानीमा आधारित। तस्वीर: महेश पाण्डेय ।

    भिडियो:

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा. मुकेश कुमार चालिसे

      डा. मुकेश कुमार चालिसे

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.