Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अन्तिम पात हेरिरहेका नारायण ढकाल

राजनीति र कलाको धेरै ठूलो सम्बन्ध हुन्छ। राजनीति नभइकन कला नै हुन सक्दैन। त्यसैले अधिकांश कथाहरू मेरा राजनीतिक हुन्छन्, उपन्यास र कथाहरू। विपि कोइरालाले हुन्नन् भन्थे। तर उनकै तीन घुम्ति, सुम्निमा कति राजनीतिक छ। मार्क्सले भने जस्तै कलामा साहित्यमा चाहिँ जति विचारलाई लुकाउन सक्यो, त्यो उत्कृष्ट हुन्छ। विचार हुन्छ तर लुकाएर प्रस्तुत गर्नुपर्छ।

झलक सुवेदी झलक सुवेदी
कार्तिक २५, २०८०
- अन्तर्वार्ता, पुस्तक, विमर्शका लागि, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नारायण ढकाल समकालिन नेपाली साहित्यका प्रखर र अग्रदस्ताका हस्ताक्षर हुन। युवावयको आरम्भमा हिप्पी आन्दोलनको प्रभावमा परेका र पछि मार्क्सवादी विद्यालयका अध्येताका रुपमा राजनीतिक आन्दोलनलमा समेत सामेल भएका ढकाल उपन्यास, कथा र निबन्ध मार्फत आफुलाई ससक्त रुपमा व्यक्त गर्छन्। उनको भाषामा सरकारी मार्क्सवाद अर्थात कम्युनिष्ट पार्टीहरुको औपचारिक लाइनको आलोचना गर्दै विद्रोही कित्तामा रहेर लेख्ने ढकालका दुर्भिक्ष, प्रेतकल्प, वृषभवध, हजार माइलाको बाटो लगायतका उपन्यास, शोकमग्न यात्री निबन्ध र इरफान अलि र नारायण ढकालका कथा लगायतका कथासंग्रह प्रकाशित छन्। काठमाडौैंको मुलपानीमा जन्मेर माविका प्रअ, गाउँपालिकाका अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति अनि प्रतिनिधि सभा सदस्यका रुपमा राजनीतिक भूमिका समेत निर्वाह गरेका ढकाल वर्तमान राजनीतिमा खासगरी वामपन्थी दल र तिनका नेताले लिएको विचार र उनीहरुका जीवनआचार र व्यवहारका आलोचक हुन् तथा मार्क्सवादको आलोकमा वामपन्थी आन्दोलनको पुनर्गठन सम्भव छ भन्ने धारणा राख्छन्।

    हालैमात्र ढकालको नयाँ निबन्ध संग्रह अन्तिम पात बजारमा आएको छ। बेला प्रकाशनले बजारमा ल्याएको यो निबन्ध संग्रहमा सबैजसो पूर्व प्रकाशित निबन्धहरु भएपनि तिनको समय मूल्य कत्तिपनि कम भएको छैन बरु अहिले पनि ताजा र लामो समयपछिसम्म पाठकहरुलाई बाँध्नेखालका छन्। निबन्ध संग्रह अन्तिम पातमा आधारित रहेर नेपाल रिडर्सका सम्पादक झलक सुवेदीले नारायण ढकालसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

    रमाइलो प्रसंगबाटै कुरा कुरा सुरु गरौं। भर्खरै प्रकाशित कृति अन्तिम पात निबन्ध संग्रहको पहिलो निबन्धमा तपाईंहरु बिखर्चीजस्तो भएर बिराटनगरबाट रंगेली पुगेको प्रसंग छ। घरबाट भागेको कुरा भण्डाफोर भएपछिको उत्पन्न नैतिक संकट टारिदिने रंगेलीको रामबहादुरले अहिले पनि तपाईंलाई कहिँकतै तर्साउँछ?

    रामबहादुरबारे जुन लेखेँ। घटना भएको धेरै पछाडि लेखेको हुँ। निश्चित रुपले मेरो मस्तिष्कमा तिनी भइरहेको कारणले लेखेँ। अझ मैले त्यो भन्दा पछाडिका घटनाको बारेमा लेखेको छैन। पछि मैले मेरो एकजना दाइसँग कुरा गर्दा रामबहादुरको छोरालाई आफूले चिन्ने कुरा बताउनुभयो। रामबहादुरले बिवाह गरेका थिएनन् जस्तो लाग्थ्यो। म गलत पनि हुनसक्छु।

    स्थानीय विकास मन्त्रालयमा काम गर्ने दाइले आफ्नै अफिसमा रामबहादुरका छोरा काम गर्छन् भन्ने सुनेपछि मैले उहाँसँग लिएको १०० रुपैयाँ फिर्ता गर्ने विचार गरें। यत्रो लामोसमय सम्म तिर्न नपाएको त्यो पैसा तिर्न पाउने भएँ भनेर म पुलकित भएँ। त्यो बेलाको १०० रुपैयाँको लागि अहिले मैले १० हजार दिएपनि पुग्दैन थियो। तर भोलिपल्ट थाहा भयो कि रामबहादुर उनका काका रहेछन्। काका नै भएपनि उत्ताराधिकारी भएकाले पैसा दिन खोज्दा उनले लिन मानेनन्। पहिले नै तिर्न खोजेको त्यो पैसा तिर्न नपाउँदा ऋण बसेको जस्तो भइरहन्छ।

    नैतिक संकटमा परेको र परिवार समाजमा खुलेर आफ्नोबारे भन्न नसकेको यो अवस्थामा १०० रुपैयाँको भारीले थिच्दाका अरु सन्दर्भ पनि छन्? त्यहाँ सपनामा उही घरमा बस्नेहरुको पैसा चोर्न खोजेको भन्ने सन्दर्भ पनि छ नि?

    जो डेरामा बस्थे, उनीहरूको सोलुखुम्बुमा कपडा पसल थियो। उनीहरूका लागि १०० रुपैयाँ केही पनि होइन। मलाई १०० रुपैयाँ चोर्न मन लागेको पनि थियो तर आँट पुगेन।

    नेपालगञ्जलाई तपाईंले एउटा नाम दिनुभएको छ। बागेश्वरी मन्दीरतिर गल्लीतिर डुल्दै जाँदा एउटा लङ्गडो घोडा विरक्तिएर जीवनका अन्तिम पाइला चालिरहेको जस्तो र खानेकुरा खोजिरहेको जस्तो देखिन्छ। त्यसप्रति तपाईंको प्रेम अद्भूत देखिन्छ। घोडा किन निरिह छ भन्ने प्रश्नको आज उत्तर छ तपाईंसँग?

    घोडा हामी सँगै भइरहेको जस्तो लाग्छ। यस्तै कुकुर लगायत अरु जीवहरूपनि हामीसँग छन्। मैले आफ्ना निबन्धमा घोडाको प्रयोग पनि गरेको छु। त्यहाँ देखिएको घोडा जीर्ण अवस्थामा पुगिसकेको छ। मैले त्यसको आँखामा हेर्दा त्यसमा म धेरै गहिरिँदै गएको छु। उसको मनमा के छ भन्ने त थाहा भएन। तर त्यो बुढो र परित्यक्त घोडाको अवस्थामा म आफैं पनि छु कि जस्तो लाग्ने। मैल यहाँ श्यामलजीलाई प्रश्न सोधेको छु, तर उनले उत्तर दिएनन्। मैले लेखेको छु, “श्यामलजी आजकल यस्तो कुरा बुझ्दैनन्।” उनी कविता लेख्ने बेलामा एकैछिन कवि हुने हुन्। त्यस बाहेक अहिलेसम्म पनि उनमा गम्भीरता देखिँदैन।

    त्यो घोडा कुनै समय तन्नेरी थियो होला, कति बाबुसाहेबहरुलाई बोकेर हिँडेको होला। तर बुढेसकालमा परित्यक्त भएर गल्लीमा चारा खोज्दै हिँडेको छ। त्यसले हाम्रो समाजको संवेदनहिनता र पूँजीवादी समाजमा आम मानिस र मजदुर वर्ग, जसलाई राजनीतिक पार्टीले प्रयोग गरे तर तिनले राजनीतिबाट कुनैपनि ओत पाएनन्, यस्तो अवस्थाको संकेत गर्छ?

    हो, हामीले जुन सपना देखेर ४६/४७ को परिवर्तन ल्यायौँ। तर त्यसपछिका दृश्यहरूमा ती सपनामाथि विश्वासघात प्रारम्भ भए। त्यो किसिमको अन्तरविरोधको संकेत पनि त्यो घोडामा देखिन्छ। सबैभन्दा बढी सपना देखाएको नेकपा एमाले बिग्रिन थाल्दैछ।

    ओ हेनरीको ‘दी लास्ट लिफ’ मा झरिरहेका पातले नेपाली राजनीतिको संरचनागत संकटले निर्माण गरेको अर्थराजनीतिको चित्र कहीँकतै जोड्न खोजेको जस्तो देखिन्छ?

    ओ हेनरीको ‘दी लास्ट लिफ’ मा बिरामी परेर अब बाँच्दिन भन्ने अवस्थामा पुगेकी पात्रलाई जीवन त आशाको आलोकले निर्देशित छ भन्ने कुरा बुझाउन खोजिएको छ। मुख्य पात्रले एउटा कलाकारलाई सबै पात झरेपछि मर्छु भनेको हुन्छ। तर राति यस्तो हिउँ परेको हुन्छ कि जसका कारण बरु त्यो कलाकार मर्छ तर मुख्य पात्र बाँच्छ।

    म साहित्यको विद्यार्थी भएकाले मलाई त्यो कथा मन पर्‍यो। ओ हेनरीकै देशमा पात झरिरहेको देखेपछि र त्यहाँका केही पात्रहरूसँग भेटेपछि मैले पनि लेखेँ। ती भेटेका पात्र पनि त्यही देशका होइनन्, उनीहरू पनि सपना बोकेर त्यहाँसम्म पुगेका हुन्। त्यसैले दुःख र संघर्ष त जहाँ पनि हुँदो रहेछ।

    यहाँ संविधान बन्ने काम चलिरहेकै बेला मेरै अनन्य मित्ररूले फेसबुकमा केही सतही कुरा लेख्थे, जुन कविलाई गर्न सुहाउँदैन। त्यस्तो देखेपछि हामी चिन्तनको हिसाबले कता गइरहेका छौँ भन्ने कुरा र मेरो आफ्नै अनुभवहरू पनि म कुन स्थितिमा बसेर यो सब देखिरहेको थिएँ भन्ने कुरा पनि यसमा छ।

    एउटा निबन्धमा रुपवादको कुरा छ। यसमा दुईवटा कुरा छन्, एउटा जापानी उपन्यासकी पात्र बाध्य भएर वेश्यावृत्तिमा जान्छे यता तपाईले भेटेकी सुप्रिया प्रेममा परी र बच्चा जन्माउने भएपछि उसको प्रेमीले छोडेर जान्छ। र, उ बच्चालाई जन्म दिने संकल्प गर्दै उही पेसामा पुगी, जहाँ सामान्यतः महिलाहरू जान चाहँदैनन्। यसले प्रेमलाई कसरी विम्बित गर्छ?

    गर्भ लिनु र त्यसप्रति गौरन्वावित हुनुपनि संस्कृतिक रुपमा महिलाको प्रभुत्वको रुपमै लिइएको छ। नयाँ दृष्टिकोणमा गर्भ नलिनु र आफ्नो नयाँ बाटो बनाउनु पनि जायज नै हो। तर उनी जुन संस्कृतिबाट प्रभावित भएर यो निर्णय लिइन्, यो पनि जीवनको अर्थपूर्ण कुरा नै हो।

    रसियन फर्मालिजम किन आयो भन्ने प्रश्नमा बोरिस पास्तरनाकका पनि धेरै ट्रेजेडीहरू छन्। उनी आफैं समाजवादी हुन्। तर सोभियत अथोरिटीले उनीमाथि गरेको व्यवहार अत्यन्तै निन्दनीय छ।

    रसियन स्कुलको बारेमा अरु नै किसिमका समालोचना भएपनि त्यहाँभित्रको संकटको बारेमा त्यति धेरै चर्चा नगरिएको सन्दर्भमा रुपवादको विरुद्धमा हामीकहाँ कसरी अभ्यास भइरहेको छ त? रुपवाद सधैँ प्रतिक्रियावादी हुन्छ भन्ने यान्त्रिक र सरकारी मार्क्सवादी दृष्टिकोण नै हो जस्तो लाग्छ। यसले त कम्युनिष्ट आन्दोलनको इतिहासमै अन्याय गरेको छ भनेर यी सबै जोडेको हो।

    यो रुपवाद भनेको चैं के हो?
    साहित्यमा रुप र अन्तर्वस्तु हुन्छन्। अन्तर्वस्तु विचारप्रधान हुनुपर्छ भन्ने छ भने रुप भनेको त्यसलाई अलि मिलाउनु हो। तर रुप र अन्तर्वस्तुको बारेमा छुट्टाछुट्टै रुपले विभाजन गर्नु गलत हो। कलात्मक रचनामा रुप र अन्तर्वस्तु अभिन्न र अविभाज्य नै हुन्। नेपाली प्रगतिशील साहित्यको सबैभन्दा ठूलो समस्या भनेको हामी विचारगत रुपमा प्रष्ट भइसकेपछि कलामा जानुपर्दैन भन्ठान्छौँ। हामी यी दुईलाई फरक विषय भन्ठान्छौँ।

    अन्तर्वस्तु विचारप्रधान हुनुपर्छ भन्ने छ भने रुप भनेको त्यसलाई अलि मिलाउनु हो। तर रुप र अन्तर्वस्तुको बारेमा छुट्टाछुट्टै रुपले विभाजन गर्नु गलत हो। कलात्मक रचनामा रुप र अन्तर्वस्तु अभिन्न र अविभाज्य नै हुन्।

    एकातिर कला आफ्नै लागि मात्रै हो, यसको सामाजिक रुपान्तरणमा भूमिका हुँदैन भन्ने दृष्टिकोण छ। विशेषगरी जब हामी कविताको जटिलताको कुरा गर्छौँ, कविता त वास्तवमा कविको आन्तरिक संसारको बाह्य संसारसँगको प्रतिक्रिया हुन्छ। त्यो प्रतिक्रिया सबैले बुझ्छ भन्ने छैन।

    डोरियन ग्रे, देवीप्रसाद र सान्त्वना जोशीको सन्दर्भ राखेर तपाईंले प्रेम, विवाह र यौनबारे केही प्रश्नहरु गर्नुभएको छ?

    विपि कोइरालाको उपन्यास सुम्निमामा आत्म र देहको जुन द्वन्द छ, त्यो समाजमा चलिआएको नैतिकता माथिको प्रश्न थियो। हुनत विश्व साहित्यमा पनि अन्तद्र्वन्द छ। जस्तैः जेम्स ज्वयस, उनले पहिलो उपन्यास, उनको वायोग्राफिकल उपन्यासमा एउटा आर्टिस्टको जसरी चित्रित गरिएको छ, त्यसले त पछि थेगेन। जवान भएपछि यौन आकांक्षा भयो र विपरित लिंगीप्रति आकर्षण बढ्यो। यसबाट संस्कृतिको मूल्यसँग जुन टकराव हुन्छ, यसबाट म पनि रन्थनिएको थिएँ। वास्तवमा आफ्नै श्रीमति अर्कोतिर गइन् र उसले पिट्यो भने विवाह गरेर जाने भन्दा पनि पिट्ने मान्छे आततायी देखियो।

    एउटा विहा गरेपछि, श्रीमान श्रीमति सँगै रहुन्जेल तेस्रो व्यक्तिसँगको सम्बन्धमा नैतिकताको प्रश्न हुन्छ। समाजले स्थापित गरेको जुन मानक छ त्यो तोड्नु ठीक हो? वा तोडिन्छन् भन्ने कुरामा के प्रश्न आउँछन्?

    परिवार व्यवस्थामा महिलाहरु पुरुषको सन्तान उत्पादन वा श्रम गर्ने व्यक्तिका रुपमा प्रयोग भए। तर जब सोभियत संघमा पनि महिलाहरूको ठाउँ नै रहेन। महिलाहरू मजदुर आन्दोलनमा सँगसँगै गए, झण्डा पनि बोके, नारा लगाए र भाषण समेत गरे। तर घरमा आइसकेपछि यो परिवार व्यवस्थामा महिलालाई बढी भार पर्छ।

    हामीले अहिलेसम्म परिवार व्यवस्थाको सम्मुनत विकल्प पाएनौँ। तर विकल्पहरूको खोजी विभिन्न ढंगले भइरहेको छ। लुकाउने चरित्रवान भइरहेका छन्, जसले लुकाउँदैन त्यो चरित्रहीन भइरहेको छ।

    हामीले अहिलेसम्म परिवार व्यवस्थाको सम्मुनत विकल्प पाएनौँ। तर विकल्पहरूको खोजी विभिन्न ढंगले भइरहेको छ। लुकाउने चरित्रवान भइरहेका छन्, जसले लुकाउँदैन त्यो चरित्रहीन भइरहेको छ। यो त महत्वपूर्ण ढंगले सोच्नुपर्ने प्रश्न हो।

    कृष्णसेन इच्छुकको माओवादप्रति विश्वास छ भनेको सन्दर्भलाई तपाईंले प्रश्न उठाउनुभएको थियो। त्यो पढेपछि मलाई के जिज्ञासा भयो भने कृष्णसेन आज जीवित भएका भए तिनको विश्वासको कहाँनिर गएर चुक्थ्यो होला? उनले के गर्दा हुन्?

    यसका दुईवटा पक्ष छन्। एउटा मैले उहाँलाई ठाडो लेखेको थिएँ। त्यसबेला उहाँ जीवित हुनुहुन्थ्यो। मैले लेखेको केही समयपछि उहाँलाई मारियो। त्यसबेला मलाई नैतिक संकट पर्यो। मैले जसलाई ‘बौलाउँछन् या आत्महत्या गर्छन्’ भनेको थिएँ, त्यही मान्छेलाई मारियो। यसमा नमज्जा भयो। त्यसपछि मैले अर्को रचनामा कृष्णसेन इच्छुकलाई जसले मार्‍यो, तेरो जिब्रो एकदम बाक्लो छ, तँ वास्तवमा इतिहासको हत्यारा होस् भनेर लेखें। यो त वैचारिक रचना थियो। सहिद भइसकेपछि उनी आफ्नो सामथ्र्यमा बढी स्थापित भए।

    उनी अहिले भएको भए के हुन्थ्यो त्यो त देख्न पाइएन। तर उनी जस्तै सपना बोक्नेहरूको हालत चाहिँ हामी देख्न सक्छौँ। तिनीहरू या त इतिहासमा खलनायक भए या विद्रोहको अर्को बाटो खोजिरहेका होलान्।

    उनी कवितामा पनि कमजोर नै हुन्, उनको व्यक्तिगत निष्ठामा शंका छैन। तर उनले जे कुरामा जुन सपना देखेका छन्, त्यो गलत जमिनमा छ है भनेर राख्नै पर्छ भनेर लेखेको थिएँ। किनभने यो बहस भएन भने कम्युनिष्ट आन्दोलनमा जुन ढंगको ठूलो दुर्घटना भए जस्तैः बर्लिनको पर्खाल ढल्नु, सोभियत संघ ढल्नु र संसारका अरु देश विकृत भएर जानु यी झनै बढेर जान्छ। त्यसकारण नै मैले यो बहस गरेको हुँ। उनी अहिले भएको भए के हुन्थ्यो त्यो त देख्न पाइएन। तर उनी जस्तै सपना बोक्नेहरूको हालत चाहिँ हामी देख्न सक्छौँ। तिनीहरू या त इतिहासमा खलनायक भए या विद्रोहको अर्को बाटो खोजिरहेका होलान्।

    एउटा निबन्धमा तपाई जेल पर्दा एकजना कमरेडले पढाइका बारेमा गरेको सवाल जवाफ छ। उनले धेरै पढ्नेलाई मुर्ख भन्न खोजेका छन्। पढ्ने र राजनीति गर्नेहरूबीच दुश्मनी आजको राजनीतिमा पनि छ, यो कसरी व्यक्त भएको छ?

    पढ्ने र राजनीति गर्नेहरूबीच मेल नहुनु त हाम्रो त विशेषता नै हो। पञ्चायतकालमा आन्दोलनको समयमा पनि त्यतिबेला हामीले लेनिनको गाउँका गरीबहरुलाई भन्ने कृति पढ्दा या राजनीतिक स्वतन्त्रताको बारेमा कुरा गर्दैगर्दा कुनैपनि कुरा सन्दर्भसहित पढ्ने गरिन्न थियो। चिनियाँ सांस्कृतिक क्रान्तिमा एउटा स्थापित भनाइ नै थियो, लिन प्यायोले “माओत्सेतुङका एक शब्द हजारौँ गोली भन्दा शक्तिशाली हुन्छन्” भनेका थिए। यो त एक प्रकारले व्यक्ति पूजाको चरम स्थिति थियो। त्यसको प्रभाव, हाम्रो “नक्सलवादी” आन्दोलनमा थियो।

    कुन सन्दर्भमा यो कुरा कसरी आयो भनेर म खोजिरहेको थिएँ। गाउँले शहरलाई घेर्ने कुरा किन गर्नुपरेको हो भनेर म खोजिरहन्थे। जब सबै पढ्नुपर्छ भन्दा उहाँले जुन ढंगले अंगालो मारिरहनुभएको थियो, यो विस्तारै खुकुलो छोड्नुभयो। त्यसको निरन्तरता अहिले देखिन्छ। प्रचण्डले आहुतिजी धेरै पढेर बिग्रिनुभयो भनेर गरेको टिप्पणी र बुद्धिजिवीदेखि वाक्क लाग्छ भनेको कुरा उहाँको जीवन दर्शनमा प्रष्ट देखिन्छ। आफैंले स्थापित गरेका कुनै मूल्यको प्राधिकार स्वीकार्न उहाँ वारिस हुनुहुन्न। इतिहासमाथि धेरै ठूलो विश्वासघात गरिसकें कि भनेर उहाँले गम्भीरता देखाएको पनि देखिँदैन। भोलि त उहाँसित इतिहासले जवाफ माग्छ नि।

    हाम्रो राजनीतिमा उहाँ मात्र होइन, अरु नेतामा पनि कुनै राजनीतिक स्तर नै म देख्दिनँ। माधव नेपाललाई मैले नै धेरैचोटि राजनीतिक कुरा गर्न अनुरोध गरेको थिएँ। ओलीजीलाई पनि देखिहाल्नुभयो। निरज कट्टेलले लेखेको झापा आन्दोलन सम्बन्धी किताबमा उहाँलाई सर्वाधिक गफाडीका रुपमा चित्रित गरिएको छ। विप्लवजीलाई त म बुझ्नै सक्दिनँ। अस्ति भर्खरै उहाँले द्वन्दवाद खराब छ भनिदिनुभयो। त्यसका तर्कहरू त हुनुपर्यो नि।

    तपाईले लोकप्रिय साहित्यका बारेमा पनि आफ्नो निबन्धमा बहस गर्नुभएको छ। भाषा प्रस्तुति र संप्रेषणका हिसाबले आम मान्छेसँग पुग्नेगरी गम्भीर विषयमा लेख्न सकिन्छ कि सकिँदैन?

    लोकप्रिय साहित्यको अध्ययनमा ग्राम्चीले केही कुरा उठाएका हुन्। मार्क्स बाल्जाकलाई असाध्य मन पराउँथे। बाल्जाक चाहिँ एकदमै राजतन्त्रवादी र प्रतिक्रियावादी थिए। तर उपन्यास लेख्दाखेरी सन् १८१६ देखि १८४८ सम्मको इतिहास, अर्थशास्त्र र समाजशास्त्र यस्तो लेखे कि जुन न अर्थशास्त्री, न समाजशास्त्री न इतिहासकारले लेख्न सकेका थिए। तर तिनका किताबहरू धेरै नबिक्ने। तर इजिङ सुई जस्ता मान्छेको धेरै बिक्ने गथ्र्यो।

    लोकप्रिय साहित्यको कुरा चाहिँ हेजेमनीसँग जोडिन्छ। पछिल्लो समयमा धेरै अखबारहरू छापिएपछि लाखौँ मान्छेकहाँ ती पुग्छन्, लाखौँ मान्छेले पढ्छन् र लाखौँ मान्छेले समरुपको एउटा सूचना र चेतना मेन्टेन गर्छन्। तिनीहरूको दिमागमा कसको पक्षबाट बढी प्रभुत्व पारिन्छ त भनेर हामीले अध्ययन गर्नुपर्छ।

    लोकप्रिय साहित्यको कुरा चाहिँ हेजेमनीसँग जोडिन्छ। पछिल्लो समयमा धेरै अखबारहरू छापिएपछि लाखौँ मान्छेकहाँ ती पुग्छन्, लाखौँ मान्छेले पढ्छन् र लाखौँ मान्छेले समरुपको एउटा सूचना र चेतना मेन्टेन गर्छन्। तिनीहरूको दिमागमा कसको पक्षबाट बढी प्रभुत्व पारिन्छ त भनेर हामीले अध्ययन गर्नुपर्छ। त्यसलाई हामीले नजरअन्दाज गर्नुहुन्न। विशेषगरी मार्क्सवादीले त गर्नैहुन्न।

    एउटै किताब झण्डै करोडौँ मान्छेले पढ्छन्। त्यसले पार्ने प्रभावलाई हामी समाज रुपान्तरणको पक्षमा रहेकाले नजरअन्दाज गर्नुहुन्न। तर जहाँसम्म लाग्छ लोकप्रिय साहित्यले संसार परिवर्तन गर्ने होइन।

    हाम्रा देशका कयौं लेखकले नपढेको ‘वार एण्ड पिस’ कालजयी रचनाको रुपमा स्थापित छ। त्यसैले गम्भीर साहित्य नै लेख्ने हो। बरु थोरै बहस होस्, धेरैको बीचमा नजाओस्, नबिक्ला, तर लेख्न चाहिँ गम्भीर लेख्नुपर्छ। गम्भीर भनेको जटिल होइन। गम्भीर भनेको मान्छेको अन्तस्करणको कुरालाई नबिर्सिनु हो। सेक्सपियरले लखेको पपुलर हुनलाई मात्र होइन।

    लियो टोल्स्टोय भन्दा अघि जानै सकिएन भन्नुभएको रहेछ एक ठाउँमा?

    मैले उपन्यासमाथि प्रवचन गर्दा भनेको थिएँ, “हामीले टोल्स्टोयलाई खोइ नाघेको?” उनको समकक्षमा पनि पुगेनौँ भनेको हो मैले।

    ल्याटिन अमेरिकामा कोलम्बियाली लेखक मार्खेजले आफ्नो ढंगले पुनःसिर्जना गर्नुभएको छ। ल्याटिन अमेरिकाको ट्रेजेडीमाथि दक्षिण अमेरिकाको दुःख र संघर्षमाथि र त्यहाँको आशावादमाथि पनि उहाँले अदभूत लेख्नुभएको छ।

    दक्षिण एशियाको सन्दर्भमा ‘मिनिष्ट्री अफ अटमोष्ट ह्यापिनेश’ मा लेखिका अरुन्धती रोयलाई हेर्दा तपाई उनलाई कसरी मूल्याँकन गर्नुहुन्छ?

    अहिले लेखिरहेका लेखक मध्येमा उर्जाशील, बौद्धिक, विश्वव्यापी रुपमा कनेक्टिभिटी स्थापित गर्न सक्ने, मोरल्ली पनि धेरै माथि र वामपन्थी आन्दोलनको नयाँ दृष्टिकोणसहित लेख्न सक्ने कोही लेखक छ भने उनी अरुन्धति रोय हो।

    प्रज्ञा प्रतिष्ठानलाई पञ्चायतको जुठो टपरी भन्ने एउटा सन्दर्भ छ, यो राज्य सत्ताकै एउटा सांस्कृतिक अंग हो। केही अघि कुलपति भूपाल राईसँग कुरा गर्दा उनले भनेका थिए, “नेतृत्वले आफूलाई यहाँ किन पठाएको भन्ने कुरो भन्दैन। जागिर खान आएजस्तो मात्रै हुन्छ।” उनका अनुसार अहिलेका सरकारले नेपाली समाज र सिर्जनालाई यसखालको सांस्कृतिक दिशा दिने भन्ने काम गर्दैनन्।

    राजा महेन्द्र राजतन्त्रको सुप्रिमेसीमा एकदलीय व्यवस्थालाई जोगाउने र त्यसको निम्ति एउटा वैचारिक आधार निर्माण गर्ने भन्नेमा प्रष्ट थिए। प्रज्ञा प्रतिष्ठानको अहिलेको भवन धेरै किसानको दुःख, आशु र पसिनामाथि बलात्कार भएर बनेको हो। अहिले पनि काठमाडौँमा ज्यापू समुदायका बुढापाकाहरू हुनुहुन्छ, जसबाट त्यो खोसेर लिइएको थियो। त्यो इतिहासको पाटो हामी हेर्दैनौँ। त्यो पञ्चायतलाई चाहिएको थियो। पञ्चायतपछि त अर्को वैचारिक आयाम आउनुपर्ने हो, त्यो आएन। ०४६/४७ पछिको परिवर्तपछि पनि त्यसरी नै मान्छेहरू त्यहाँ गए, जसरी पञ्चायतमा जान्थे।

    प्रज्ञा प्रतिष्ठानको अहिलेको भवन धेरै किसानको दुःख, आँशु र पसिनामाथि बलात्कार भएर बनेको हो। अहिले पनि काठमाडौँमा ज्यापू समुदायका बुढापाकाहरू हुनुहुन्छ, जसबाट त्यो खोसेर लिइएको थियो।

    लोकतन्त्रका संस्थाहरूलाई कसरी बलियो बनाउनुपर्छ, हाम्रो अनुसन्धानमा के कुराको कमी थियो, हाम्रो विरोध के मा हुनसक्छ र हाम्रा आफ्ना सामथ्र्य के हुन्छ भन्ने तिर गइएन। सबै जागिर खान गए। त्यहाँ गएका साथीहरू कवितामा स्थापित भएका छन्, अहिलेका कुलपति कवितामा अर्कै किसिमले स्थापित छन्।

    पार्टीले त्यहाँ के गर्ने भन्ने कुरा गरेन भनेर जुन प्रश्न उहाँले उठाउनुभएको छ, त्यो गम्भीर र विचारणीय प्रश्न छ। त्यही आधारमा यो पञ्चायतको जुठो टपरी नै हो। नयाँ किसिमको लोकतान्त्रिक व्यवस्थाको वैचारिक संयन्त्र त हुनुपर्यो। त्यो बनाउने तिर कसैको ध्यान पनि छैन। सत्ताको परिवर्तन बाहेक राज्यको पुनःसंरचनाको कुरा त कसैले गर्न खोजेकै छैनन्।

    दर्शनशास्त्र चपाइरहेको ढाडे मुसो र तमसपुरतन्त्र जस्ता गम्भिर दार्शनिक र फरक लयका निबन्ध पनि यसमा समेटिएका छन्। इतिहास चेतसहित आजको समाजको राजनीतिमाथि हस्तक्षेप गर्ने कुरा र बिग्रिरहेको राजनीतिलाई कसरी हेर्नुभएको छ?

    एउटा कुरा स्पष्ट छ। पञ्चायतकालमा हामीले यो व्यवस्था हट्यो भने सबै कुराको समाधान हुन्छ भनेर सोचेका थियौँ। पञ्चायत त गयो। तर हामी ती समस्याको समाधानतिर जान सकेनौँ। ०४६ पछि मैले पनि केही समय सक्रिय राजनीति गरेँ। र, केही पदहरूमा पनि पुगेँ। म जिल्ला विकास समितिको उपसभापति भएँ र संसदमा पनि पुगेँ। त्यो दुई अवधिमा मैले सामान्य कामहरू गर्ने प्रस्ताव गरेको थिएँ। प्राडो पजेरो अहिले नलिउँ, बरु २० वर्षपछि लिउँला भनेको थिएँ। बरु गरीबहरूलाई माथि उठाउनका लागि भूमि सुधार गर्ने प्रस्ताव गरेको थिएँ। समाजवादी भूमि सुधार नभएपनि हुन्थ्यो। दक्षिण कोरियामा जस्ता पूँजीवादी भूमि सुधार गर्नुपर्ने कुरा गरेको थिएँ।

    भूमि सुधार भनेको सामान्यतया जमिनको कुरा मात्रै होइन। जमिनमा सामूहिक बल लगाएर काम गर्न पनि सकिन्छ। तर यो काम कसैले गर्न चाहेनन्। बरु पञ्चायतकालमा सत्तामा रहने (सुर्यबहादुर थापा)हरूले जसरी कमाएका थिए, झलनाथ खनाल, केपी ओली, माधव नेपाल लगायत पनि त्यसरी नै कमाउन तिर लागे। कांग्रेसका पनि उसैगरी लागे। हाल मान्छेको आत्माको विध्वंश छ। अहिले रुकुम रोल्पातिर जानुभयो भने ती हिजोका क्रान्तिकारीहरू निराशाले रन्थनिएका छन्।

    यो कुरालाई त हामी रोक्न सक्थ्यौँ। पूँजीवादीले त रोके भने हामी समाजवादीहरूले रोक्न सक्दैन थियौँ र? समाजवादीको हातमा कतिचोटी सत्ता आइसक्यो। नीतिगत रुपमा कहाँबाट हस्तक्षेप गर्ने र कहाँबाट समाजवाद सुरु हुन्छ भन्ने कुरा जान्दाजान्दै पनि नगरेको देखिन्छ।

    यस्तै एउटा निबन्धको एक ठाउँमा राष्ट्रकविको कुरा छ। राष्ट्रकवि भनेको लोकतान्त्रिक, नवजागरणलाई सहयोग गरेको कवि हुनुपर्ने। पुरानो सडे गलेको, संस्कृतिको पक्षधरलाई पनि राष्टकविको निरन्तरता दिने हो त? त्यसैले दर्शनशास्त्र त मुसाले खाने भयो नै। त्यो मुसो पनि बिरालोलाई तर्साउने खालको छ।

    यसमै जोडौँः धेरै निबन्धमा तपाईं अलि निराश देखिनुहुन्छ नि?

    जिन्दगी नै मेरो अध्याँरोबाट सुरु हुन्छ। तमसोमा ज्योतिर्गमय भन्छन् नि अँध्यारोबाट उज्यालोतिर। वास्तवमा मैले मनपराउने संसार, मनपराउने लेखकमा पर्छन् काफ्का, उनी जति निराशा को होला र संसारमा? (उनी मार्क्सवादी हैनन्) तर मार्क्सवादसँग पटक्कै वैरभाव छैन। तर जति उनले लेखे, इतिहास र उपन्यास लेखेका छन्। त्यहाँ तपाईं मानिसमाथिको सम्मान, श्रमजीविमाथिको सम्मान छुटेकै छैन, जसले सभ्यताको निर्माण गर्छ, जसले सौन्दर्यको निर्माण गर्छ, जसले कलाको निर्माण गर्छ। तिनीहरुप्रति भरपुर आस्था छ। हेर्नुस् त सोल्झेनित्सिन मार्क्सवादी हैनन्, तर उनले यल्त्सीनले दिएको पुरस्कार लिन्न भन्दिए। हाम्रा कवि लेखकहरूले पनि प्रचण्डले दिएको पद लिन्न भन्ने सामथ्र्य राख्नुपर्यो नि।

    तर जति उनले लेखे, इतिहास र उपन्यास लेखेका छन्। त्यहाँ तपाईं मानिसमाथिको सम्मान, श्रमजीविमाथिको सम्मान छुटेकै छैन, जसले सभ्यताको निर्माण गर्छ, जसले सौन्दर्यको निर्माण गर्छ, जसले कलाको निर्माण गर्छ।

    भलै मैले उहाँलाई व्यक्तिगत रुपले भनेको होइन। संस्थाको रुपमा भनेको हो। अनैतिक र भ्रष्ट संस्थाले दिएको पद लिन्न भन्न सक्नुपर्यो।

    यी राष्ट्रकविका कुरा पनि, युगअनुकूलको राष्ट्रकवि आओस्। यस्तो एकेडेमी नै चाहिँदैन। हो मैलेमात्र चाहिँदैन भनेर हुँदैन। अरुलाई चाहिएला। म जहाँ आन्दोलनमा सक्रिय थिएँ। जहाँ जुन बेला मैले जुन किसिमको सपना देखेर हेरिरहेको त्यो, …नायकत्वबाट फलानाकत्वमा परिणत भएको हेरिरहेको छु। हरेक इतिहासका पलहरूमा हेरिरहेको छु। त्यसैले राजनीति र कलाको धेरै ठूलो सम्बन्ध हुन्छ। राजनीति नभइकन कला नै हुन सक्दैन। त्यसैले अधिकांश कथाहरू मेरा राजनीतिक हुन्छन्, उपन्यास र कथाहरू। विपि कोइरालाले हुन्नन् भन्थे। तर उनकै तीन घुम्ति, सुम्निमा कति राजनीतिक छ। मार्क्सले भने जस्तै कलामा साहित्यमा चाहिँ जति विचारलाई लुकाउन सक्यो, त्यो उत्कृष्ट हुन्छ। विचार हुन्छ तर लुकाएर प्रस्तुत गर्नुपर्छ।

    राजनीति र कलाको धेरै ठूलो सम्बन्ध हुन्छ। राजनीति नभइकन कला नै हुन सक्दैन। त्यसैले अधिकांश कथाहरू मेरा राजनीतिक हुन्छन्, उपन्यास र कथाहरू। विपि कोइरालाले हुन्नन् भन्थे। तर उनकै तीन घुम्ति, सुम्निमा कति राजनीतिक छ। मार्क्सले भने जस्तै कलामा साहित्यमा चाहिँ जति विचारलाई लुकाउन सक्यो, त्यो उत्कृष्ट हुन्छ। विचार हुन्छ तर लुकाएर प्रस्तुत गर्नुपर्छ।

    आजको राजनीतिको पुनसंरचनाको सम्भावना केही देख्नुहुन्छ?

    यसको सम्भावना छ।किनभने तपाईं हामी जसरी कुरा गरिरहेका छौँ। यो निश्चित रुपमा पुनःसंरचनाप्रतिको आग्रह हो। हामीमात्र छैनौँ। यसो हेर्दा एमाले बिग्रियो भनेर फुटेर माले माले बन्यो, त्यो पनि उस्तै रहेछ भनेर एउटा ठूलो शक्ति माओवादीमा गयो। यदि माओवादीले त्यो शक्ति भर्ति नगरेको भए वास्तवमा माओवादी क्रान्ति यो उचाइमा पुग्दैन थियो।

    माओवादी क्रान्तिले इतिहासमाथि आफ्ना सपनामाथि एक प्रकारले बेइमानी गर्यो, त्यो विरुद्ध पनि अहिले विभिन्न धारहरू छन्, योङहरू, मैले देखिरहेको छु, २०,२२ का मान्छेहरू फेरि सपना देख्न थालेका छन्। उनीहरूसित मेरो संवाद पनि भइरहेको छ।

    डाइलेक्टिकल सोसाइटी, पुष्पलाल पाठशाला लगायतका समूह। पूर्वतिर पनि साथीहरूले त्यस्ता समूह बनाएर लागिपरेका छन्। थोरै मान्छे बसेर बहस भएका छन्। बुटवलमा पनि मैले थाहा पाएको छु। मानिसहरू अब नयाँ बाटो खोजिरहेका छन्। उनीहरूसँग कुरा हुँदा मैले भनिरहेको छु, स्टालिनिजमले हामीलाई जुन गलत बाटो देखायो त्योबाट हामी मुक्त हुनुपर्छ।

    माओवादी क्रान्ति यो उचाइमा पुग्दैन थियो। माओवादी क्रान्तिले इतिहासमाथि आफ्ना सपनामाथि एक प्रकारले बेइमानी गर्यो, त्यो विरुद्ध पनि अहिले विभिन्न धारहरू छन्, योङहरू, मैले देखिरहेको छु, २०,२२ का मान्छेहरू फेरि सपना देख्न थालेका छन्। उनीहरूसित मेरो संवाद पनि भइरहेको छ।

    त्यो बाट मुक्त भएर समाज नै बनाउने हिसाबले, समाज रुपान्तरण गर्ने हिसाबले। र हामी जान्ने सुन्नेले नेतृत्व लिने हो कि, नेतृत्व लिन लायकलाई लिन लगाउने हो कि। यस्तो किसिमको पुनर्गठनको आयामहरू, सम्भावनाहरू बढीरहेका छन् र बढ्छ पनि। अहिले नै यसले वैकल्पिक ठाउँ दिन्छ भन्ने छैन। यो ३० वर्ष त भोट दिनु मात्रै लोकतन्त्र हो भन्ने भइसक्यो, यो बाहेक स्वभाव हुँदैन भन्ने छाप परेको छ।

    त्यसैले अहिले नेपाली इतिहासमाथि अनुसन्धान, विचारमाथि बहस र छलफल आवस्यक छ। असाध्यै धेरै प्रश्न उठाउने, गर्नुपर्छ। युरोपियनहरूले पूँजीवादी खालकै दार्शनिकले उहिल्यै प्रश्न गर्नुपर्छ भनेर ठूलो स्कुल नै छ त्यहाँ।

    यहाँ मात्रै भक्ति गर्नुपर्छ जे को पनि भक्ति गर्न सिकाइन्छ। प्रश्न उठाउने। मान्छे बाहिर क्रान्तिकारी र भित्र प्रतिक्रियावादी हुन्छन्, त्यसो नहुने। अध्याँरोमा बलत्कारी, उज्यालोमा सन्यासी हुने पाखण्डबाट आन्दोलनलाई जोगाउने र मूल रुपमा जसले सभ्यता निर्माण गर्छ उसको हातमा राजनीति दिने गरि पुनर्गठनको खोजीमा लाग्नुपर्छ।

    भिडियो:

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झलक सुवेदी

      झलक सुवेदी

      सुवेदी नेपाल रिडर्सका सम्पादक हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.