Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कन्हैयाको कदममा आलोचनात्मक समर्थन

यहाँका कन्हैयाकुमारजस्ता व्यक्तिहरू दक्षिणपन्थी भाषमा जाने सम्भावना पनि छ। कन्हैयाकुमार कांग्रेसमा गएकोमा मेरोचाहिँ नैतिक सहमति छ।

nepal_readers nepal_readers
अशोज १४, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतका वामपन्थी पार्टीहरूमा लामो समयदेखि पुर्नगठन भएको छैन। कुनैपनि पार्टीमा विचार र संगठनको पुनर्गठन हुनुपर्छ। हामीकहाँ पनि धेरै वर्षदेखि कम्युनिष्ट पार्टीमा विचार र संगठनको पुनर्गठन हुनुपर्‍यो भनेर कुरा उठेको छ। माले वि.स. २०४६ सालमा नेकपा एमाले भयो। पछि नेकपा एमालेबाट बामदेव गौतमको नेतृत्वमा माले टुक्रिएर गएपछि त्यो पुनर्गठन हुन्छ कि भन्ने अपेक्षामा हामी पनि मालेतिरै लाग्यौं। मालेले ७ दिनमै पुनर्गठन नगर्ने संकेत दियो। त्यसपछि मैले माले छोडिदिएँ।

    पुनर्गठनको तेस्रोधार

    त्यसपछि मालेमा नै रहँदा हरि रोका (संयोजक रहेको) मसहित घनश्याम भूसाल,  नवराज सुवेदी र परि थापा जोडिएर कम्युनिष्ट आन्दोलनको  पुनर्गठन गर्न तेस्रोधारको रुपमा काम गर्ने योजना बनाएका थियौं। त्यो बीचमा दुर्घटनाग्रस्त भयो। त्यो मेरो कारणले भने होइन।
    त्यस धारमा मालेका साथीहरूले काम गर्ने र हामीलाई मालेले कारवाही गरेमा कारवाही खपेर यतैतिर आउने भन्ने हाम्रो न्यूनतम आचारसंहिता थियो। त्यसैक्रममा त्यसका संयोजक  हरिजीले आत्मालोचना गर्नुभयो। त्यसमा घनश्यामजीको विरोध रहेन। त्यसपछि म विचलित भएँ। झण्डैझण्डै अहिले कन्हैयाकुमारकै अवस्थामा म पुगेको थिएँ। त्यसकारण सबैभन्दा पहिले म एमालेमा फर्किएँ।

    पुनर्गठित हुन नसक्दाको परिणाम

    अहिले भारतका प्रगतिशील तथा जुझारु युवा नेता कन्हैया कुमार कांग्रेसमा प्रवेश गरेका छन्। मलाई लाग्छ उनका लागि यो नै सर्वोत्तम विकल्प हो। लामो समयदेखि पुनर्गठन नै नभएको कम्युनिष्ट पार्टीभित्र उनीजस्ता व्यक्ति कसरी रहन सक्छन्? भारतको लोकतन्त्रलाई बचाउनका लागि आफू कांग्रेस पार्टीमा बस्नुपरेको उनको तर्क छ। त्यसमा धेरै सत्यता पनि छन्।

    हाम्रो कम्युनिष्ट आन्दोलन कि संसदवादतिर कि त डगम्याटिजम (कट्टरपन्थ) तिर गएको छ। कुनै एउटा समय थियो, जतिबेला कम्युनिष्ट पार्टीमा मानिसहरूको आशा र भरोसा थियो। यस आन्दोलनमा ठूलो सहभागिता पनि थियो। तर यो आन्दोलनले आफूलाई समयअनुसार परिमार्जिन गर्न सकेन। यसरी कम्युनिष्ट पार्टीको संसदवाद तथा डगम्याटिजमको बीचको धरापमा विलक्षण क्षमता भएका, वक्तृत्व कलामा पोख्त र नैतिक रुपमा पनि राम्रा व्यक्ति कसरी अटाउन सक्छन्?

    भर्खरै म एउटा भारतीय समाचार च्यानल हेर्दैथिए, एकजना पुराना नेता भन्दैथिएः ‘म ५० वर्षदेखि कम्युनिष्ट पार्टीमा छु, अहिले कन्हैयाले जे गरे ठिक गरे।’ यसमा मेरो पनि आलोचनात्मक समर्थन छ।

    दक्षिणपन्थी भाषमा फस्ने डर

    भारतका ऐतिहासिक उपलब्धिहरू र इतिहासका मूल्यहरूको अहिले दुर्गति भइरहेको छ। हुनत एकजना कन्हैयाकुमारले नै कांग्रेस थाम्लान् भन्न त सकिँदैन। तर कन्हैया कुमारलाई त्यहाँ पुग्नका लागि वातावरण बनेको अवस्था छ। अरु धेरै मान्छेलाई कन्हैयाकुमार जस्तै हुने वातावरण बन्दै गएको छ।

    हामीकहाँ पनि कम्युनिष्ट आन्दोलनको पुनर्गठनको कुरा शुन्यतिर गएको अवस्था छ। पहिले कतै टाढा मधुरो बत्ती बलेको जस्तो आशाको दियो देखिन्थ्यो। तर पछिल्लो समयमा एमालेभित्रको विवाद र समाजवादीको गठन लगायतका घटनाले यो आन्दोलन अझै केही समय सुध्रिने सम्भावना पनि छैन।

    एमालेलाई माथिबाट हेर्नेले त भयंकर आशाको अपेक्षा देखेका होलान्। लोकतन्त्रको जगेर्ना भयो भनिरहेका होलान्। तर म त्यो देख्दिनँ। यहाँका कन्हैयाकुमारजस्ता व्यक्तिहरू दक्षिणपन्थी भाषमा जाने सम्भावना पनि छ। कन्हैयाकुमार कांग्रेसमा गएकोमा मेरोचाहिँ नैतिक सहमति छ।

    भारत संकटमा

    भारत हाम्रो छिमेकी देश भएकाले हामी आफ्नो देशभन्दा पछाडि भारतको अध्ययन गर्छौ। विभिन्न पुस्तक, इतिहास र उपलब्ध भएसम्मका विश्लेषणलाई अध्ययन गरेका हुन्छौँ। र, वामपन्थी आँखाबाट पनि हेर्दा भारत अहिले धेरै संकटमा देखिन्छ।

    जसरी अहिले भारतीय जनता पार्टीको एउटा गति देखियो, जुन एउटा अवस्था देखियो, एकातिर यसले उन्माद र साम्प्रदायिक द्वन्द्व बढाइरहेको छ। त्यहाँ अल्पसंख्यकहरूको हकअधिकार असुरक्षित हुन थालेको छ। हिजो स्थापित धर्म निरिपेक्षता, लोकतान्त्रिक मूल्यमान्यताहरूमा निरिन्तर प्रहार भइराखेको छ र मिडियालाई ध्वस्त पारिएको छ अनि मान्छेहरूको बोल्न पाउने अधिकार नै धरापमा परेको छ। बोल्ने मान्छेहरूलाई भारतमा ठाडै देशद्रोही भन्न थालिएको छ। बुद्धिजीविहरूका लागि भारत संकटपूर्ण छ।

    कतिपयलाई जेलमै कुहाइएको छ। वामपन्थी हुन नै गाह्रो छ त्यहाँ। त्यही भएर सत्तापक्षले ‘अर्बन नक्सल’ भनेर मान्छेहरूलाई दुःख दिने गर्दछ।  यही क्रममा कतिपय दिग्गज व्यक्तिहरूले ‘त्यसो भए लौ मै पनि हुँ अर्बन नक्सल’ भन्दै राष्ट्रिय स्तरका पुरस्कारहरू बहिस्कार र फिर्ता गरिरहेका छन्। र, त्यस्ता मान्छेहरूलाई सरकारले निशानामा पार्ने गरेको छ। त्यस्ता मान्छेहरूलाई जेलमा सडाइएको छ।

    र, अहिले हेर्दाखेरी भारतका मुलधारको मिडिया पूर्ण रूपमा दलाल पूँजिपतिहरूले कब्जा गरेका छन्। दलाल पूँजिपतिहरूकै पार्टीहरू अगाडि आएका छन्। र, बिजेपी दलाल पूँजिपतिहरूको मुल पार्टी बनेको छ। आम मान्छेहरूलाई त्यहाँ तिनको फरक मत दर्ज गर्न दिइँदैन। सत्तामा बिजेपीको आगमनपछि भारतीय समाजभित्र ठूलो विग्रह निम्त्याइएको छ। यस्तो विग्रहको अवस्थामा कांग्रेसजस्तो इतिहास भएको र अलिकति भएपनि समाजवादी बेसबाट आएको पार्टी हो कांग्रेस।

    यसर्थ, कन्हैयाकुमारले कम्युनिष्ट पार्टी छोडेर कांग्रेस आइ प्रवेश गरेको कुरालाई त्यति प्रहार गर्नु आवश्यक छैन। कन्हैयाकुमारप्रति मेरो नैतिक सहानुभूति छ। उनीप्रति नैतिक सहानुभूति राख्नैपर्छ। किनभने कम्युनिष्ट आन्दोलनको पुर्नगठनको समय हामीले कुर्नुपर्ने भयो। हिजो हाम्रै देशमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाका दिनमा सक्रिय रहेका पुष्पलालले पछि कम्युनिष्ट पार्टी स्थापना गरे। भोलि, इतिहासको कोर्समा भारतीय कांग्रेस आइमा गएका कन्हैया भोलि कम्युनिष्ट पार्टीमै फर्कन पनि सक्लान्। तर आजको उनको कदम मलाई त ठीकै लागेको छ।

    दबाब

    भारतीय कम्युनिष्ट आन्दोलनमा दुई खालका दबाबहरू छन्। हाम्रो कम्युनिष्ट आन्दोलनमा लगभग अहिले उग्रवामपन्थ मरेको जस्तो बुझिन्छ। त्यो उग्रवामपन्थ यदि फर्केर आयो भनेपनि भोलि उ ‘ठग्ने अनुहार’मा आउलाजस्तो बुझिन्छ। र, भारतमा अहिले उग्रवामपन्थ जमिनमा छ। तर त्यसको विस्तार र व्यापकता हुन सकेको छैन। त्यो कारणले गर्दाखेरी त्यहाँ दबाब जरुरी छ। त्यो दबाब यहाँको भन्दा पनि क्षीण भएका कारणले गर्दा कन्हैयाजीलाई कांग्रेस जानु वाध्यता नै भयो भन्ठान्छु। म त विहारबाट कांग्रेसबाट भोलिका दिनमा कन्हैयाले जिते भने उनको भाषण सुन्न जाने योजनामा छु ।

    अँध्यारो

    उसो त मैले कन्हैयासँग नजिक बसेर मैले संगत गरेको छैन। तर उनको घरसर हेरेँ, जेनयुमा छात्रसंघको अध्यक्ष हुँदा उनले लडेको लडाइँ र गत राष्ट्रिय चुनावमा उनले गरेको अगुवाइहरू नियालेँ। र, आजका दिनमा त्यहाँको कम्युनिष्ट पार्टी अफ इण्डिया (कन्हैयाले छाडेको पार्टी) त एक प्रकारले मरेका मान्छेहरूको पार्टीजस्तो हुन गएको छ। संगठन गर्ने तरिका पनि पाखण्डपूर्ण छ। पारदर्सिता छैन संगठनमा।

    संसारभर नै आज कम्युनिष्ट आन्दोलन संकटमा छ। यसलाई चाहिएको चाहिँ पुनर्गठन हो। तर पुनर्गठनको हुनुपर्ने कम्युनिष्ट आन्दोलन अहिले अँध्यारोमा छ। ब्रतोल्त ब्रेख्तको एउटा कविता छ : ‘के अँध्यारोमा गीत गाइएला?’ भन्ने। त्यसमा ब्रेख्त भन्छन्, ‘हो अँध्यारोमा गीत गाइनेछन्, अँध्यारोकै बारेमा।’

    मैले पुनर्गठनको सम्भावना देखेको थिएँ हाम्रोमा पनि जब नेकपा एमाले विभाजनको स्थितिमा थियो। अलि बढ्ता हस्तक्षेप गरेर घनश्याम भूसालजस्ता विचारक मान्छेहरू अघि बढेको हुन्थ्यो, एमालेसँग किचकिच गर्न नलागेको हुन्थ्योजस्तो लागेको थियो। र, त्यस अभियानमा बरु देशभर रहेका वैचारिक मान्छेहरू जोडिन पनि सक्थे। माओवादीसँग फ्रस्टेसनमा आएकाहरू लगायत सबैलाई समेटेर ठगी खाने होइन, गरी खाने पार्टी बनाउन सम्भावना हुन्थ्यो होला।

    “एकिकृत समाजवादी पार्टीको संकट

    तर माधवकुमार नेपालले पनि गरी खाने पार्टी बनाउने छाँट देखिएन। दुवैतर्फका साथीहरूले केही गर्न सक्लान् जस्तो देखिएन। उतातिर ठगी खाए भन्ने रीसमा एकिकृत समाजवादीमा पनि समानान्तर रूपमा ठगी खाने बाटोतिर नै गइरहेको देखिन्छ । माधवकुमार नेपालको पार्टी भनौ या  नेकपा समाजवादीमा संगठनकै कुरामा समस्या छ। संगठन कसरी बनाउने, संगठनमा लाग्ने मान्छेहरूको आर्थिक व्यवस्था कसरी गर्ने भन्ने समस्या छ त्यहाँ। अहिले त चोरीचकारी गरेर आउ र हनुमानगिरी गर भन्ने अवस्थामा छ नेकपा समाजवादी पनि।

    लेखक–विश्लेषक ढकालसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.