Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आवश्यकता, उपभोक्तावाद र शोषण

उपभोक्तावादी संस्कृतिले उपभोग गर्ने कुरालाई नै सर्वोपरी रूपमा स्थापित गर्ने कोशिस गर्छ। यसले बाँकी सारा मूल्यलाई आफ्नो अगाडि फिका बनाइदिन्छ। यसरी मानवीय मूल्यमा यसको अप्रत्यक्ष आक्रमण पर्न जान्छ। हाम्रा आवश्यकताका वस्तुहरू एकैठाउँ उपलब्ध होस् भन्ने उद्देश्य बजारको हुन्छ। तर बजारवाद आफ्नै शर्तहरूमा हाम्रो अगाडि वस्तुको भण्डार खडा गरिदिन्छ र प्रचारप्रसारको विभिन्न हथकण्डा अपनाएर हामीमा जादुमय प्रभाव बनाउन चाहन्छ, ताकि उपभोक्ता आफ्नो बुद्धिको प्रयोग नगरी बजारले चलाएको विज्ञापन र हल्लाबाट सञ्चालित होउन्।

संजय राय संजय राय
जेष्ठ ५, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आवश्यकता र वस्तुबीचको एउटा स्थानको नाम हो बजार। वास्तवमा आवश्यकताका वस्तुहरू आपूर्तिका लागि बजार अस्तित्वमा आएको हुनुपर्छ। बजारको वास्तविक उद्देश्य लाभ होइन। बरु लेनदेन, परस्पर सहयोग र आवश्यकताका वस्तुहरू एकैठाउँ उपलब्ध गराउने भावनाले प्रारम्भमा बजारको अवधारणा आएको हुनसक्छ। तर, आज बजारको स्वरुप बदलिएको छ, पहिलेभन्दा बजारको स्वभाव उल्टो भएको छ। आज आवश्यकताका वस्तुहरूको उपलब्धतासम्म मात्रै सीमित रहेन बजार। अब बजारको प्राथमिकता लाभमा केन्द्रित छ। बजार अब नयाँ आवश्यकताका उत्पादक बनेको छ।

    पुरानो बजारमा एक खालको सामाजिकता र सामूहिकता थियो। मानिसहरूबीच आपसमा संवाद हुन्थ्यो। सँगसँगै काम गर्ने चाहना पनि हुन्थ्यो। आजको नयाँ बजारले सहकारिताको यस भावनालाई अपदस्थ गरिदियो। मानिस बजारमा भएर पनि एक्लो भएको छ। पूरानो बजारको सामूहिकता नयाँ बजारको एक्लोपनमा परिवर्तन भएको छ। नयाँ बजार कुनैपनि प्रकारको संवादको सट्टा वस्तुहरूबाट आक्रान्त चेतनाको निर्माण गर्छ।

    आज बजारको चरित्रमा आक्रामकता स्पष्ट देखिन्छ। यो आक्रामकता विश्वव्यापीकरणको प्रक्रियासँगै आएको हो। आजको बजार र यसको उपभोक्तावाद विश्वव्यापीकरणको आडमा सञ्चालित नव साम्राज्यवादी नीतिको हथकण्डा बनेको छ। उपभोक्तावाद र बजारवादी अर्थव्यवस्थाको मिलीजुली संस्कृतिका लागि आज ‘बजारवाद’ शब्द नै प्रचलित छ। जुन भिन्नता बजार र बजारवादमा छ, त्यही भिन्नता उपभोग र उपभोक्तावादमा छ।

    बजारवादको स्वरुपलाई स्पष्ट गर्दै भगवान सिंह लेख्छन्, ‘बजारवाद बजारको तार्किक परिणति हो। बजारले हाम्रा आवश्यकताहरूलाई पूर्ति गर्छ र बजारवादले जुन समस्याको समाधान दिने तर्क गर्छ, तिनै समस्यालाई अझै उग्र बनाउदै लैजान्छ। बजारवाद संकटग्रस्त पूँजीवाद वा उत्तर–पूँजीवादको एउटा सन्तान हो। बजार यस्तो यान हो, जो नियन्त्रित गतिबाट चल्छ र जसमा क्लच, गियर र ब्रेक सबैले काम गरेको पाइन्छ। बजारवादी वाहनमा भने यी तीन कुरा फेल हुन्छन्। त्यसमा केवल एक्सीलरेटरले काम गर्छ।’

    बजारवादी अर्थव्यवस्था विश्वव्यापीकरणद्वारा प्रायोजित उपभोक्ता संस्कृतिलाई ठोस रूप दिने एउटा उपक्रम हो। उपभोक्तावादी संस्कृति वास्तवमा बजारवादी अर्थव्यवस्थाको पूरक शक्ति हो। दुवैमा अन्योन्याश्रित सम्बन्ध छ। बजारवादी अर्थव्यवस्थाले उपभोक्तावादी संस्कृतिलाई बढावा दिन्छ, त्यसको बदलामा उपभोक्तावादी संस्कृतिले बजारमा आधारित अर्थव्यवस्थालाई बलियो बनाइदिन्छ। दुवै वास्तवमा एकै सिक्का दुई पाटा जस्ता हुन्।

    सामान्य जीवनका लागि जुन तरिकाले बजारको आवश्यकता हुन्छ, ठीक त्यसैगरी उपभोग अथवा भोगको पनि जरुरत हुन्छ। उपभोग र बजार दुवै एक तरिकाले मानव जीवनको सञ्चालक शक्तिहरू हुन्। भोजन, कपडा, घर, श्रृंगार र आनन्द आदिका लागि जति पनि आवश्यकताका वस्तुहरू संसारमाा छन्, ती वास्वतमा मानवीय उपभोगका वस्तुहरू नै हुन्। जयशंकर प्रसादले कामायनीमा लेखेका थिए, ‘कर्मका भोग, भोगका कर्म, यही जडका चेतन– आनन्द’। अर्थात्, आनन्दको प्राप्तिका लागि कर्मबाट प्राप्त संसाधनहरूको भोग जरुरी हुन्छ, ठीक त्यसैगरी भोगका लागि कर्म। भोगबिना कर्मको महत्व हुँदैन।

    तर ठीक यसको विपरित, उपभोक्तावादी संस्कृतिले उपभोग गर्ने कुरालाई नै सर्वोपरी रूपमा स्थापित गर्ने कोशिस गर्छ। यसले बाँकी सारा मूल्यलाई आफ्नो अगाडि फिका बनाइदिन्छ। यसरी मानवीय मूल्यमा यसको अप्रत्यक्ष आक्रमण पर्न जान्छ। हाम्रा आवश्यकताका वस्तुहरू एकैठाउँ उपलब्ध होस् भन्ने उद्देश्य बजारको हुन्छ। तर बजारवाद आफ्नै शर्तहरूमा हाम्रो अगाडि वस्तुको भण्डार खडा गरिदिन्छ र प्रचारप्रसारको विभिन्न हथकण्डा अपनाएर हामीमा जादुमय प्रभाव बनाउन चाहन्छ, ताकि उपभोक्ता आफ्नो बुद्धिको प्रयोग नगरी बजारले चलाएको विज्ञापन र हल्लाबाट सञ्चालित होउन्। यो बजारवादको उद्देश्य हो।

    सच्चिदानन्द सिन्हाको मान्यता छ, ‘कुनैपनि वस्तुहरूको प्रचारको माध्यमबाट मानिसलाई मनोवैज्ञानिक रूपमै त्यो उसको आवश्यकता बनाइन्छ भने त्यो नै उपभोक्तावादी संस्कृतिको देन हो।’ उपभोगको केन्द्रिय तत्व ‘आवश्यकता’ हो भने उपभोक्तावादको केन्द्रीय तत्व ‘व्यवसायिक वृत्ति’ हो। उपभोक्तवादी संस्कृतिले मानिसको मनोविज्ञानलाई कुनै गहिरो नशामा पारेजस्तो नयाँ/नयाँ आविस्कारहरूको उपभोग गरिरहनका लागि मनोबल बढाउने काम गर्छ।

    उपभोक्तावादको सम्बन्ध मूलत: मध्यम वर्गसँग जोडिएको हुन्छ। तल्लो वर्गका मानिस पनि उपभोक्तावादको प्रभावबाट मुक्त भने छैनन्। तल्लो वर्गका मानिसमा पनि उपभोक्तावादको असर त परेको हुन्छ तर निम्न वर्गको सीमित आय र अभावकै कारण पनि यो वर्गलाई उपभोक्तावादी संस्कृतिको मारबाट भने केही हदसम्म बचाएको हुन्छ। यद्यपि २१ औँ शताब्दीमा उपभोक्तावादको चपेटामा निम्न वर्ग पनि कुनै न कुनै तरिकाले परेका छन्। उपभोक्तावादी संस्कृति पूँजीवादी व्यवस्थाको देन हो। पूँजीवादी शोषण व्यवस्थाले नै उपभोक्तावादी संस्कृतिलाई पूरै विश्वमा फैलाएको हो। यससँग पूँजीवादको आफ्नो अस्तित्व पनि जोडिएको छ।

    यस सम्बन्धमा सच्चिनान्द सिन्हा लेख्छन्, ‘आज उपभोक्तावाद पूँजीवादी शोषण व्यवस्थाको नै परिणाम मात्रै होइन, पूँजीवादलाई बचाइराख्ने सबैभन्दा प्रभावशाली हतियार पनि हो।’ पूँजीवादी शोषण व्यवस्था र उपभोक्तावादी संस्कृति दुवैको अन्योन्याश्रित सम्बन्ध छ। ठूलो मात्रामा वस्तुको उत्पादन प्रक्रियामा पूँजीवाद टिकेको हुन्छ। अत: स्वभाविक रूपमा पूरै विश्वमा ती वस्तु उपभोग गर्ने प्रवृत्तिलाई उसले ‘एक्सीलरेट’(तिव्रोत्तर गतिमा बढाउनु) गर्नु पर्ने हुन्छ नै। यदि वस्तु बिक्री हुने अवस्था हुँदैन भने पूँजीवादी व्यवस्था स्वत: ढल्नेछ।’

    विश्वको पूँजीवादी उत्पादनलाई चलाउन एउटा विश्व बजार आवश्यक हुन्छ। पूँजीवादको अस्तित्वका लागि निरन्तरको उत्पादन गरिरहनुपर्ने हुन्छ र मुनाफा पनि निरन्तर कमाइरहनुपर्ने हुन्छ। सच्चिदानन्द लेख्छन्, ‘मानिसमा बढीभन्दा बढी उपभोगवृत्ति तीव्र गर्ने प्रयास निरन्तर गरिन्छ, जसबाट ग्राहकको कुनै अभाव नहोस्। यसरी उपभोक्तावादी संस्कृति उपभोगको प्रवृत्तिलाई निरन्तर उक्साएर पूँजीवादी उत्पादनलाई जीवित राख्छ।’

    तथाकथित तेस्रो विश्वमा मध्यमवर्ग नै उपभोक्तावादको लक्षित वर्ग हो। यो वर्ग नै यसको चपेटामा पनि छ। उपभोक्तावादी संस्कृतिले मानिसमा उपभोगको वस्तुहरू किनेर जम्मा गर्ने लत लगाइदिन्छ। यसैबाट पूँजीवाद फलेको छ, फुलेको छ। यसप्रकारले वर्तमान पूँजीवादी औद्योगिक सभ्यता उपभोक्तावादी संस्कृतिको आधार पनि हो। यसले समाजको हरेक क्षेत्रको व्यवसायीकरण गरेको छ। यसले मानिसको सहज उपभोगवृत्तिलाई पनि व्यवसायिक रंगमा ढालेर आफ्नो लागि आधार तयार गरेको छ।

    भनिन्छ–आवश्यकता आविस्कारको जननी हो। तर उपभोक्तावादी संस्कृतिको सन्दर्भमा यसलाई नयाँ ढंगले परिभाषित गर्न सकिन्छ। ठूलो मात्रामा उत्पादन र वस्तुको अत्याधिक खपतका लागि मानिसको आवश्यकतालाई गुणात्मक रुपमा परिवर्तन गर्नु थियो। पूँजीवादी सभ्यताले यसैलाई मध्यनजर गर्दै तमाम संसाधनको प्रयोग गर्दै यस नयाँ संस्कृतिलाई जन्म दियो। नयाँ उपभोक्तावादी संस्कृतिमा परिस्थिति बेग्लै छ। अब आविस्कार पहिले हुन्छ र पछि प्रचार माध्यम र विज्ञापनहरूको माध्यमबाट समाजमा त्यस वस्तु वा आविस्कारको आवश्यकता पैदा गरिन्छ।

    फेसनको नाममा यस नयाँ वस्तुको आवश्यकतालाई प्राथमिकता दिइन्छ। यसका लागि तमाम सेलिव्रेटी कुस्त पैसा लिएर मूल्य लिएर झुटो प्रचार गर्छन्। वास्तवमा विज्ञापन आवश्यकता नै नभएको नयाँ वस्तुलाई समाजमा प्राथमिकताको वस्तु वा आवश्यकता बनाउने एउटा उपक्रम हो। उपभोक्तावादी संस्कृतिमा विज्ञापनको प्रमुख भूमिका हुन्छ।

    नन्द भारद्वाज लेख्छन्, ‘तमाम प्रकारका अनावश्यक वस्तुहरूको लोभलाग्दो विज्ञापनले आम मानिसलाई ‘यो वा त्यो’ वस्तु खरिद गर्नका लागि उत्प्रेरित गर्छ, चाहे मानिसको आवश्यक र प्राथमिकता केही पनि नहोस्। उपभोक्तावाद र यसबाट सञ्चालित विज्ञापनमा सम्मोहन र वशीकरणको शक्ति छ। अब ‘सुन्दर’ शब्द नै रहेन, ‘स्मार्ट’ शब्दले यसलाई विस्थापित गरिसकेको छ।’

    सच्चिदानन्द सिन्हा लेख्छन्, ‘सुन्दर शब्द पनि अब फेशनबाट बाहिरिँदै गएको छ, यसको ठाउँ ‘स्मार्ट’ ले लिएको छ। जसको सीधा सम्बन्ध पहिरन, सजधज र ‘ग्लामर’सँग छ।’ विज्ञापनले धेरै चलाखीपूर्ण तरिकाले मानिसमा अभावको सिर्जना गरिदिन्छ। यद्यपि उपभोक्तावादी संस्कृति पूँजीवादी शोषण व्यवस्थाको महत्वपूर्ण हथगण्डा हो। वास्तवमा उपभोक्तावाद पूँजीवादी व्यवस्थाको चारित्रिक विस्तार हो। यसले एक विशेष प्रकारको असमानता पैदा गर्छ। एउटा विज्ञापन आउँछ, जसको उद्देशय हो, एचडी च्यानलको प्रचार गर्नु। त्यस विज्ञापनमा केही बच्चाहरू झुम्दै गाइरहेका हुन्छन्, ‘डब्बा है डब्बा, अंकलका टी.वी. डब्बा।’

    जो व्यक्तिसँग घरमा एच.डी च्यानल हुँदैन, सोही कारण उसको मजाक उडाइन्छ र उनलाई तल्लो स्तरको देखाउने कोशिस गरिन्छ। यसरी कुनैपनि वस्तु कोसँग छ वा कोसँग छैन भन्ने कुराको स्पष्ट रेखा खिचिन्छ। यसकारण मानिसको सेंसेसनको प्रयोग गर्दै उपभोक्तावाद एक नयाँ सामाजिक विभाजन उत्पन्न गर्छ। सच्चिदानन्द सिन्हा लेख्छन्, ‘उपभोक्तावादी संस्कृतिले समाजमा कोसँग कुन उपभोग्य वस्तु उपलब्ध छ, त्यसै आधारमा असंख्य वर्गहरूमा विभाजित गरिदिन्छ र तीबीच भावनात्मक भिन्नता उत्पन्न गर्छ।’ यसप्रकारले उपभोक्तावादी संस्कृति र बजारमा सामाजिक समतामूलक मूल्यहरू निषेधित छन्।

    पूँजीवादी व्यवस्थामा थोक उत्पादनमा जोड दिइन्छ। यसकारण वस्तुहरू ठूलो उद्योगमा एकैसाथ उत्पादन नभएर अलग–अलग गरी खण्डित रूपमा तयार हुन्छ। यसबाट उत्पादनको काममा जोडिएका मजदुहरू मात्र पैसाका लागि काम गर्ने मजदुरका रुपमा रहन्छन्। उनीहरूलाई व्यक्तिगत स्तरको सानो उद्योग वा उत्पादनको सानो प्रणालीबाट प्राप्त हुने सिर्जनात्मक र कल्पनाशीलताको सन्तुष्टिलाई उपभोक्तावादी संस्कृतिले खोसिदिन्छ। खरीद गर्ने व्यक्ति पनि अब उपभोक्ता मात्रै रहदैन। यसप्रकारले यो संस्कृतिले तमाम सम्बन्धहरू, सृजनशीलता र कल्पनशीलताको मूल्यलाई पनि निषेध गर्छ।

    बजार एकप्रकारको आर्थिक पद्धति हो। विनिमयको प्रक्रिया बजारको सम्पूर्ण तन्त्रको केन्द्र हो। विनिमय नयाँ सामाजिक सम्बन्ध निर्माणको मुख्य आधारहरूमध्ये एक हो। नयाँ बजारको प्रत्यक्ष आक्रमण हाम्रो बुझाई र संवेदनामा पर्छ। नयाँ बजार कतैकतै निकै आक्रामक पनि हुन्छ। यस नयाँ बजारलाई आर्थिक पद्धतिको रूपमा लिनुको सट्टा वास्तवमा सांस्कृतिक साम्राज्यवादसँग उसको गहिरो सम्बन्धको लेखाजोखा गरिनु आवश्यक छ। नयाँ बजार वास्तवमा सांस्कृतिक साम्राज्यवादको प्रभावशाली हतियार हो।

    नयाँ बजारको यस भूमिकालाई बुझ्ने कोशिस गर्दै अच्युतानन्द मिश्र लेख्छन्, ‘एकै समय यो प्रतिरोध र समर्थन दुवैको व्यवसायिक मूल्यको रुपमा विकसित गरेर उपभोगमा बदल्न सक्छ।’ यो मात्रै होइन, संवेदनाहरूलाई पनि यसले उत्पादनमा बदलिदिन्छ। नयाँ बजारले प्रतिरोध, समर्थन र संवेदनालाई त्यति नै स्थान दिन्छ जति उसले मानिसलाई वस्तु उपभोगमा लिप्त बनाउँछ।’

    बजारको यो नयाँ स्वरुपले समाजको पारम्परिक अवधारणलाई नष्ट गरिदिन्छ। उपभोक्तावादले ‘गिफ्ट संस्कृति’लाई यसरी अपनायो कि अब रगतको नातामा पनि गिफ्टको फेभिकलको आवश्यकता पर्छ। बजार यसरी आक्रामक भयो कि यो बिना अब ‘सम्बन्धको मिठास’ पनि रहन सकेन। बजारले वर्चस्वको अवधारणासँग जोडिएर मानिसलाई मात्र ‘उपभोक्ता’ मा बदलिदिएको छ। यसरी बजारको नयाँ अवधारणा मानवको अवधारणाविरुद्ध छ। मानिसको अवधारणामा विचार, तर्क, बुद्धि, सन्देह र प्रतिरोध सामेल भएका हुन्छन्। नयाँ बजारको आक्रमण मानिसका यिनै स्वभाविक विशेषतामाथि नै पर्न जान्छ। मानिसका यी प्रवृत्तिलाई नष्ट गर्दै वर्चस्वको अवधारणा टिकेको हुन्छ। वास्तवमा वर्चस्वको अवधारणा नै बजारको मेकानिजम हो।

    सवलोग डट इनबाट मेनुका बस्नेतको अनुवाद।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      संजय राय

      संजय राय

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.