Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नवउदारवाद : सबै समस्याकाे प्रमुख कारक

जर्ज मन्बिओट जर्ज मन्बिओट
पुस १९, २०७४
- विचार, विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आर्थिक मन्दी, पर्यावरणीय विनास र डोनाल्ड ट्रम्पको उदय हुने सबै कुरामा— नवउदारवादले आफ्नो भूमिका निर्वाह गरेकै छ। वाम शक्ति विकल्पसहित अगाडि आउन किन सकेन ?

    कल्पना गरौं ! सोभियत युनियनका जनताले साम्यवादका बारेमा सुनेकै थिएनन्। त्यस्तै हाल हाम्रो जीवनलाई कज्याउने सिद्धान्तबारे हामीमध्ये धेरैलाई जानकारी छैन। कुनै बातचितको क्रम त्यस सिद्धान्तको उल्लेख गर्नुहोस् त! जवाफमा कुम हल्लाएर अनभिज्ञता जाहेर गरिन्छ। तपाईंका कुरा सुनिरहेका स्रोताहरूले उक्त शब्दावली सुनेकै भएपनि त्यसलाई परिभाषित गर्न तिनीहरुलाई आच्छु आच्छु पर्छ। के तपाईंलाई थाहा छ ? नवउदारवाद भनेको के हो।

    यस सिद्धान्तको अनभिज्ञता नै यसको लक्षण र शक्ति दुबै हुन्। यसले विभिन्न कोटीका संकटहरू पैदा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ: सन् २००७–८ को आर्थिक मन्दी, शक्ति र सम्पत्तिको स्थानान्तरण जसका बारे पनामा पेपर्सले हामीलाई एक सानो झझल्को मात्र देखाएको छ,  जनस्वास्थ्य र शिक्षाको सुस्त विध्वङ्स, बाल गरिबीको पुनरोदय, एक्लोपनको महामारी, इकोसिष्टमको नाश, डोनाल्ड ट्रम्पको उदय आदि। तर, यी संकटहरूलाई एकअर्कालाई मद्दत पुर्‍याउने वा चर्काउने एउटै सुसंगत दर्शनको ‘नाम’ छ वा थियो भन्ने याद गर्दैनौ र यिनीहरुलाई बेग्लाबेग्लै सम्बोधन गर्छौं। नाम  नै याद नगरिनु तर संचालित भइरहनु यो भन्दा अर्को शक्ति कुनै हुन्छ र?

    “असमानतालाई सदाचारमा परिवर्तित गरिएकोछ । बजारले नै जो जति पाउन योग्य छन् त्यति नै पाउछन् भन्ने सुनिश्चित गर्दछ ।

    नवउदारवाद यति कुटिल भएको छ की त्यसलाई एक सिद्धान्त हो भनेर हामी विरलै स्वीकार गर्ने गर्छौं। यस्तो लाग्छ, हामी यस सिद्धान्तलाई डार्बिनको विकासको सिद्धान्त जस्तै एकप्रकारको जैविक नियमजस्तै एउटा तटष्थ शक्तिको ब्याख्या गर्ने काल्पनिक, सहश्राब्दिक विश्वासका रूपमा स्वीकारी रहेछौं । तर, यो दर्शन मानव जीवनलाई पुनः आकार दिन र शक्तिको केन्द्र स्थानान्तरण गर्ने सचेत प्रयाशका रूपमा प्रतिपादन गरिएको हो।

    नवउदारवादले प्रतिस्पर्धालाई मानव सम्बन्धहरूलाई परिभाषित गर्ने एक विशेषता हो भन्ने ठान्छ। यसले नागरिकहरूलाई उपभोक्ताका रूपमा पुनर्परिभाषित गर्छ, ती उपभोक्ताहरुका लोकतान्त्रिक अधिकारहरू वस्तु किन्न र बेच्नमा सर्वोत्कृष्ट रुपमा प्रयोग गर्न सकिन्छन्। यस्को प्रकृयाले काबिलियतलाई पुरस्कृत गर्छ र असक्षमतालाई दण्डित गर्छ र यसले योजना लागू गरेर कहिल्यै प्राप्त नहुने फाइदा “बजार” बाट प्राप्त गर्न सक्छ भन्ने ठान्छ।

    यस सिद्धान्त अनुसार प्रतिस्पर्धालाई सिमित गर्ने प्रयासलाई स्वतन्त्रताको बैरी ठानिन्छ। कर र नियमनहरू कम गरिनुपर्छ, सार्वजनिक सेवाहरू नीजिकरण गरिनुपर्छ। मजदुर संगठनहरू र ट्रेड युनियनका सामुहिक सौदाबाजीलाई बजार विकृतिकरणको रूपमा प्रस्तुत गरिन्छ,  जुन विकृतिले विजेता र पराजितहरूको प्राकृतिक पदसोपान निर्धारण गर्न अवरोध खडा गर्छ। असमानतालाई सदाचार जस्तै पुनःप्रयोग गर्न सकिन्छ, अर्थात् जसलाई उपयोग र सम्पत्तिको सिर्जना गरेवापत दिइने एक पुरस्कार ठानिन्छ:  जुन निम्न वर्ग कहाँ थोपा थोपा गर्दै पुग्छ। यसले समाजलाई बढी समानतामूलक निर्माण गर्ने प्रयाशहरु प्रतिउत्पादक र नैतिकरुपमा नै विनासकारी दुवै हुन् भन्ने ठान्छ।  बजारले नै जो जति पाउनयोग्य छन् त्यति मात्र पाउने सुनिश्चित गर्छ भन्ने ठान्छ।

    हामी नवउदारवादका मतहरुलाई आत्मसात् र पुनरउत्पादन गरिरहेका छौं। धनिहरू आँफूले जोडेको सम्पत्तिमा शिक्षा, पैतृक अंश र वर्गको योगदानलाई नजरअन्दाज गर्दै त्यो सम्पत्ति आफ्नै योग्यताबाट प्राप्त गरेको ठान्दछन्। अनि गरिबहरू आफ्ना असफलताहरूको दोष आफैंलाई दिन्छन्, जबकि आफूले आफ्नो हालत परिवर्तन गर्न केही मात्रामा योगदान गर्नसक्ने अवस्थामा पनि यस्तो ठान्छन्।

    नवउदारवादले भन्छ- संरचनागत बेरोजगारीबारे मतलवै नराख्नुहोस् : तपाईं बेरोजगार हुनुहुन्छ भने यो कुरा बुझ्नुहोस् ! तपाईं उद्यमशील हुनुहुन्न। अकाशिँदो आवास भाडालाई बिर्सनुहोस् : तपाईंको क्रेडिट कार्डले धान्नै सकेन भने बुझ्नुहोस् ! तपाईं बेकम्मा र फजुलखर्ची हुनुहुन्छ। तपाईंका नानीहरूको विद्यालय खेल मैदान छैन भन्ने कुरा बिर्सनुहोस् : तपाईंका सन्तान मोटाउँछन् भने त्यो तपाईंको दोष हो। प्रतिस्पर्धाले राज गरेको विश्वमा पछि पर्ने मानिसहरू हरुवा भनी परिभाषित वा स्व–परिभाषित हुन्छन्।

    नवउदारवादका परिणामहरूबारे पौल भरहेगले आफ्नो पुस्तक ‘ह्वाट एबाउट मी ? मा उल्लेख गरेका छन्, ती मध्ये स्व–हानी, अब्यवस्थित खानपान, डिप्रेसन (मानसिक विरक्ति), एकाङ्गिपन, कार्यसम्पादन चिन्ता र सामाजिक भय जस्ता माहामारी हुन्। निसन्देह नवउदारवादको सबैभन्दा घनिभूत प्रयोग भएको बेलायत नै युरोपको एकाङ्गिपनको राजधानी हो भन्दा उदेक मान्नु पर्ने छैन। अब त हामी सबै नवउदारवादी हौं।

    नवउदारवाद भन्ने शब्द सन् १९३८ मा पेरिसमा सम्पन्न एउटा बैठकमा निर्माण भयो। उपस्थित प्रतिनिधिहरू मध्ये लुडविक भन मिसेस र फ्रेडरिक हायेक दुईजनाले यो सिद्धान्तको परिभाषित गरेका थिए। ती दुवै अष्ट्रियाबाट निष्कासित भएका थिए र उनीहरूले  रुजभेल्टको न्यु डिल र बेलायतको कल्याणकारी राज्यको क्रमिक विकाशबाट प्रस्तुत भएको सामाजिक जनवादभित्र नाजीवाद र साम्यवादले जतिकै ब्यापकता ओगट्ने सामुहिकताको झलक देखे।

    सन् १९४४ मा प्रकासित हाएकको ‘दि रोड टु सर्फडम’ (दासत्वको मार्ग) नामक पुस्तकमा, उनले व्यक्तिवादलाई ध्वस्त पारेर अपनाइने सरकारी योजनाले निर्ममताका साथ निरङ्कुशतातर्फ नै डोर्‍याउनेछ भनी तर्क गरे। यो पुस्तक पनि मिसेसको पुस्तक ब्युरोक्रयासी जस्तै ब्यापक रूपमा पढियो। यसले केही धनाढ्यहरूको ध्यान खिच्यो, जसले यो दर्शनभित्र उनीहरुले आफूहरूलाई कर र नियमनबाट मुक्ति दिने एक अवसर देखे। जब सन् १९४७ मा, हायेकले नवउदारवादको सिद्धान्त फैलाउन ‘मोण्ट पेरेलिन सोसाइटी’ स्थापना गरे, त्यसलाई कैयौं करोडपतिहरू र तिनका फाउण्डेसनहरूले आर्थिक रूपले भरथेग गरे।

    ती धनाढ्यहरूको सहयोगमा, हायेकले डानियल स्टेडमेनले मास्टर्स अफ दी युनिभर्समा ब्याख्या गरे जस्तै, “आन्ध्र महासागर वरपरका ब्यापारी, पत्रकार, विद्वतवर्ग र सक्रियकर्मीहरू रहेको -एक नवउदारवादी अन्तरराष्ट्रिय मञ्च” स्थापना गर्न खोजे। यस अभियानका धनी समर्थकहरुले नवउदारवादको सिद्धान्तलाई परिस्कृत बनाउन र त्यसको प्रबर्धन गर्न श्रृङ्खलाबद्ध थिङ्क ट्याङ्कहरूलाई कोष उपलब्ध गराए। ती मध्ये केही अमेरिकन इन्टरप्राइज इन्स्टीट्युट, दि हेरिटेज फाउण्डेसन, दि काटो इन्स्टीट्युट, दि इन्स्टीट्युट अफ इकोनोमिक अफेयर्स, दि सेन्टर फर पलिसी स्टडीज र अडाम स्मिथ इन्स्टीट्युट थिए। ती धनाढ्यहरूले विश्वविद्यालयहरुका प्राज्ञिक पदहरु तथा विभागहरुलाई, विशेषगरी सिकागो र भर्जिनियामा पनि लगानी गरे।

    विकसित हुँदै जाँदा, नवउदारवाद अत्यधिक उग्र बन्दै गयो। एकाधिकारहरू निर्माण हुनबाट रोक्न सरकारको नियमन आवश्यक छ भन्ने हायेकको परिकल्पनालाई मिच्दै एकाधिकारवादी शक्तिलाई दक्षताको पुरस्कार ठान्ने मिल्टन फ्रिडमेन जस्ता अमेरिकी उत्प्रेरकहरुहरू देखा परे।

    यस्तो संक्रमणको क्रममा कुनै अर्कै कुरा भयो : अभियानले आफ्नो नाम गुमायो। सन् १९५१ मा, फ्रिडमेन आफूलाई नवउदारवादी भनेर चिनाउन खुवै गर्व गर्थे। तर त्यसको लगत्तै, यो शब्द एकाएक गायब हुन थाल्यो। अझ अचम्म त, सिद्धान्त खरो र अभियान सँगठित बनिरहेको अवस्थामा पनि अभियानकर्ताहरुले गायब नामको ठाउँमा कुनै साझा विकल्प प्रतिस्थापन गर्न सकेनन्।

    सुरूवाती अवस्थामा, प्रचुर लगानीका बाबजुद पनि नवउदारवाद किनारामै रह्यो। युद्ध पछिको सहमति लगभग सर्वमान्य थियो : जोन मेनार्ड किन्सका आर्थिक घोषणाहरु ब्यापक कार्यान्वयन गरिए, अमेरिका र पश्चिम युरोपका अधिकांश मुलुकहरूमा पूर्ण रोजगारी र गरिबीमा राहत साझा लक्ष्य बनेका थिए। त्यहाँ करको दर उच्च नै थिए र सरकारहरू नयाँ सार्वजनिक सेवाहरू तथा सेफ्टी नेट्सहरू विकास गर्दै विना संकोच सामाजिक प्रतिफल खोजिएकै थिए।

    तर सन् १९७० मा, जब किन्सका नीतिहरू असफल हुनुका साथसाथै आर्थिक मन्दीले आन्ध्र महासागरका दुवै किनारालाई गाँज्यो, नवउदारवादी विचारहरू मुलधारमा प्रवेश गर्न थाले। फ्राइडमेनका अनुसार “ जब तपाईंले परिवर्तन हुनुपर्ने समय आइपुग्यो … त्यहाँ टिपीनका लागि तयार विकल्प उपलब्ध थियो”। सहानुभूति राख्ने पत्रकारहरू र राजनीतिक सल्लाहकारहरूको सहयोगमा, अमेरिकामा जिम्मी कार्टरको प्रशासनले र बेलायतमा जिम कालाघानको सरकारले नवउदारवादका मूल तत्वहरू, विशेषतः मौद्रिक नीतिका सुझावहरु अगिंकार गरे ।

    “छनोटको व्यवस्था हुनेछ भनी बाचा गर्ने सिद्धान्तको प्रबर्धन  गर्दा ‘यहाँ कुनै विकल्प हुनेछैन’ भन्ने नाराबाट गर्नुपर्थ्यो भन्दा अचम्म लाग्नसक्छ “ 

    मारग्रेट थ्याचर र रोनाल्ड रेगन सत्तामा आएपछि, प्याकेजका अन्य तत्वहरू: धनिहरूका उच्च करमा व्यापक कटौती, ट्रेड युनियनहरूलाई तहसनहस, नियमनको खारेजी, निजीकरण र सार्वजनिक सेवाहरुमा प्रतिस्पर्धा र ठेक्कापट्टाबाट कामदार नियुक्ति गरिने जस्ता कुराहरु एकपछि अर्को गर्दै आए। आईएमएफ, विश्व बैङ्क, मास्ट्रिच सन्धि र विश्व व्यापार संघ मार्फत् कुनै प्रजातान्त्रिक सहमति बेगर नवउदारवादी नीतिहरू विश्वका धेरै भागमा थोपरिए। उल्लेखनीय कुरा त  के छ भने एक समय वामपन्थी भनिएका पार्टीहरूले पनि यी नीतिहरू लागु गरे: उदाहरणका लागि लेबर र डेमोक्रयाटहरू (नेपालका कम्युनिष्टहरु समेत- अनु)। त्यसैले स्टेडम्यान जोन्स टिप्पणी गर्छन्, “ पूर्णरूपले साकार भएको अर्को कुनै कल्पनाको संसारबारे सोच्न कठिन भएको छ” ।

    ***

    छनोटको व्यवस्था हुनेछ भनी बाचा गर्ने सिद्धान्तको प्रबर्धन गर्दा ‘यहाँ कुनै विकल्प हुनेछैन’ भन्ने नाराबाट गर्नुपर्थ्यो भन्दा अचम्म लाग्न सक्छ। तर, ब्यापकरूपमा कार्यकम लागु भएका मुलुकहरू मध्येको एक पिनोचेको चिलीको भ्रमण-समयमा हायेकले भने, “मेरो झुकाव नवउदारवाद बिनाको प्रजातान्त्रिक सरकार भन्दा उदार तानाशाही तर्फ हुनेछ”। नवउदारवादले प्रदान गर्ने स्वतन्त्रता यति कपटपूर्ण छ की सरलभाषामा भन्नु पर्दा माछाहरूलाई हैन आफैलाई मार्ने भाला छान्नु हो। ट्रेड युनियन र सामुहिक सौदाबाजीबाट मुक्तिको अर्थ ज्याला घटाउने स्वतन्त्रता हुन्छ। नियमनबाट मुक्तिको अर्थ नदीहरूलाई बिषाक्त बनाउने, श्रमिकहरूलाई खतरामा पुर्‍याउने, अन्यायपूर्ण ब्याज लिने र अनौठा वित्तीय सन्धिसम्झौताहरू तयार पार्ने स्वतन्त्रता हुनजान्छ। कर मुक्तिको अर्थ सम्पत्तिको वितरण (जसबाट मानिसहरूलाई गरिबीबाट उन्मुक्ति दिन सकिन्थ्यो)  हुननदिने स्वतन्त्रता हुन्छ।

    मेक्सिकोमा कार्लोस स्लीमलाई सबैजसो फोन सेवाहरु संचालन गर्न इजाजत दिइयो र उनी चाँडै नै विश्वका एक अति धनाड्य बने। तस्बीर:  हेनरी रोमिरो/ रैटर्स

    नाओमी क्लेइनले “द शक डक्ट्रिन” मा उल्लेख गरे जस्तै, नवउदारवादी सिद्धान्तकारहरूले संकटहरूको अवस्थामा मानिसहरू अल्मलिएको बेला अलोकप्रिय नीतिहरू लागु गरिनुपर्छ भनी वकालत गरे: उदाहरणका लागि पिनोचेको सैनिक कु, इराक युद्ध र क्याटरिना आँधी लगत्तै फ्रिडम्यानले न्यु अर्लिन्समा “शिक्षा ब्यवस्थामा आमुल सुधार गर्ने अवसर” का रूपमा ब्याख्या गरे।

    जहाँ नवउदारवादी नीतिहरू राष्ट्रिय रूपमा लाद्न सकिदैन, त्यहाँ “लगानीकर्ता र राज्य बिचका विवाद समाधान” सहितको ब्यापार सन्धि मार्फत अन्तरराष्ट्रिय रूपले लादिने गरिएकाछन्” :  मुलुकबाहिरका इजलासमा व्यापारिक निगमहरुले सामाजिक र वातावरण सुरक्षाका शर्तहरु विरुद्ध मुद्दा हाल्न सक्नेछन्। जब जब चुरोट बिक्री नियन्त्रण गर्ने,  माइनिङ कम्पनीहरूबाट जल आपूर्ति जोगाउने, उर्जा विधेयक रोक्का गर्ने वा औषधि उत्पादकहरूलाई राज्य लुट्न नदिने पक्षमा ब्यवस्थापिका संसदहरूले मतदान गरेकाछन् त्यस्तो अवस्थामा  व्यापारिक निगमहरुले ती विरुद्ध मुद्दा हालेका छन् र प्राय सफल पनि भएका छन्। लोकतन्त्र यसरी नाट्यमञ्चमा परिणत भएको छ।

    “नवउदारवादलाई स्वपोषण गर्ने गिरोह बनाउने परिकल्पना गरिएको थिएन तर त्यो द्रुतगतिमा त्यही बन्न पुग्यो।”

    नवउदारवादको अर्को असङ्गति भनेको सर्वब्यापी प्रतिस्पर्धा आम परिमाण र तुलना माथि भर पर्नु हो। जसको परिणाम स्वरूप विजेताहरू पहिचान गर्न र हरुवाहरूलाई दण्डीत गर्न गरिने कानुनी प्रपञ्च, मूल्याङ्कन र अनुगमनसम्बन्धी घाँटी निमोठ्ने ब्यवस्थाहरूलाई प्रत्येक कामदार, कामको खोजीमा रहेकाहरू र हरेक किसिमका सार्वजनिक सेवाहरूले सामना गर्न बाध्य बन्छन्। हामीलाई केन्द्रीय योजनाको भयानक ऐंठनबाट मुक्त बनाउने उद्देश्य राखी भन मिसेसले प्रस्ताव गरेको सिद्धान्तले ठिक त्यस्तै अर्को ऐंठन गराएको छ।

    नवउदारवादलाई स्वपोषण गर्ने गिरोह बनाउने परिकल्पना गरिएको थिएन तर त्यो द्रुतगतिमा त्यही बन्न पुग्यो। नवउदारवादी युग शुरु हुनु एक दशक अघि (सन् १९८० देखि अमेरिका र बेलायतमा) आर्थिक बृद्धि उल्लेख्य रूपमा कम रह्यो, तर धेरै धनिहरू यस्तो मारमा परेनन्। ६० वर्षको गिरावट पछि,  ट्रेड युनियनहरूको तहसनहस, कर कटौती, रेन्टमा बृद्धि, नीजिकरण, नियमनको अन्त्यका कारणहरुले गर्दा त्यस दशकमा आय र सम्पत्ति दुबैको वितरणमा अत्यधिक असमानता बढ्यो।

    उर्जा, पानी, रेल, स्वास्थ्य, शिक्षा, सडकहरू र झ्यालखानहरूको निजीकरण वा बजारीकरणले आवश्यकीय सम्पत्ति र सेवाहरूको उपयोग गरे बापत नागरिकहरू वा सरकारबाट रेन्ट असुल्न कर्पोरेसनहरूलाई ती सेवाहरू दिने स्थानमा ढाट राख्न पाएका छन्। रेन्ट भनेको आर्जन नगरिएको आयको अर्को नाम हो। जब तपाईं रेल टिकटको बढाइएको भाडा तिर्नुहुन्छ, तपाईंले तिरेको मुल्यको थोरै अंशले नै  संचालकहरूको इन्धन, ज्याला, खर्च हुने सामानहरु र अन्य खर्चहरू धान्छ। बाँकी अंशले तपाईं उनीहरूबाट कति निचोरिनु भयो प्रष्ट गर्छ।

    बेलायतका निजीकृत वा वा अर्ध निजीकृत सेवाहरूका मालिकहरूले थोरै लगानी गरी चर्को सेवा शुल्क असुलेर अकूत सम्पति कमाउँछन्। रुस र भारतमा कुलिनहरूले, राज्यको सम्पत्तिलाई लिलामीबाट कौडीको मुल्यमा किनेका छन्। मेक्सीकोमा प्राय सबै ल्यान्डलाइन र मोबाइल फोन संचालन गर्न  नै कार्लोस स्लिमलाई इजाजत दिइयो र उनी चाँडै नै विश्वका एक अति धनाड्य बने।

    वित्तीयकरणका पनि लगभग त्यस्तै परिणामहरू निस्किएका छन्। यसबारे ह्वाई वी क्यान नट अफोर्ड द रिच नामक पुस्तकमा एन्ड्रयु सेयरले उल्लेख गरेकाछन्। उनी भन्छन् “रेन्ट जस्तै ब्याज पनि आर्जन नगरिएको आय हो, जुन कुनै प्रयत्न नगरिकनै बढिरहन्छ”। गरिब झन् गरिब र धनी झन् धनी बन्दै जान्छन् भने धनीहरूले अर्को महत्वपूर्ण सम्पत्ति जुन पैसा हुनसक्छ माथि नियन्त्रण बढाउँदै लान्छन्। ब्याज भुक्तानी भनेको मूलत: गरिबबाट धनीमा पैसाको स्थानान्तरण हो । आकाशीँदो सम्पत्तिको मुल्य र राज्यको लगानीका कारणले जब मानिसहरू माथि ऋणको बोझ बढ्छ (विद्यार्थीलाई दिइने अनुदान विद्यार्थीलाई दिइने ऋणमा परिणत भएको सम्झनुहोस्) तब बैङ्कहरू र तिनका कार्यकारीहरूले नाफा कमाउँछन्।

    एन्ड्रयु सेयर तर्क गर्छन् – विगतका चार दशकको विशेषता भनेको सम्पत्ति गरिबहरूबाट धनीमा स्थानान्तरण मात्र नभएर धनीहरूकै विभिन्न तहहरु बिच पनि सम्पत्ति स्थानान्तरण हुनु हो। यस्तो स्थानान्तरण नयाँ वस्तु वा सेवा उत्पादन गरी पैसा कमाउनेहरूबाट विद्यमान सम्पत्ति माथि नियन्त्रण राख्दै र रेन्ट, ब्याज तथा पूँजीगत लाभ उठाएर पैसा कमाउनेहरूमा भइरहेकोछ। आर्जीत आयलाई आर्जन नगरिएको आयले विस्थापन गरेको छ।

    हाल नवउदारवादी नीतिहरू जताततै बजारका असफलताहरूले घेरिका छन्। असफल बैङ्कहरूमात्र होइनन्, सार्वजनिक सेवा प्रदान गर्ने जिम्मा पाएका कर्पोरेसनहरू पनि त्यही पङक्तिमा लामबद्धछन्। ‘इल फेर्यस् द ल्यान्ड’मा टनी जुड्तले औंल्याए जस्तै हायेकले के बिर्से भने महत्वपूर्ण राष्ट्रिय सेवाहरूलाई विनास हुने गरी छूट दिन सकिदैन, जसको अर्थ प्रतिस्पर्धाले पुरा बेडा पार लाउन सक्दैन। नाफा जति ब्यापारले लैजान्छ र जोखिम जति सरकारको थाप्लोमा रहन्छ।

    जति ठूलो असफलता हुन्छ, सिद्धान्त त्यति नै उग्र बन्दै जान्छ। सरकारहरूले नवउदारवादका संकटहरूलाई बहाना र अवसर दुबै रूपमा लिन्छ, यसबेला कर कटौती, बाँकी रहेका सार्वजनिक सेवाहरूको निजीकरण, सामाजिक सुरक्षालाई कमजोर बनाउने, व्यापारिक निगमहरूलाई नियमन मुक्त बनाउने र नागरिकहरूलाई पुन नियमन गर्ने कार्य गर्छ। यस्तोबेला स्वयंलाई घृणा गर्ने राज्यले सार्वजनिक क्षेत्रका प्रत्येक अङ्गमा आफ्ना दाह्रा धस्छ।

    वास्तवमा नवउदारवादको सबैभन्दा डरलाग्दो असर आर्थिक संकट होइन बरु राजनीतिक संकट हो। जब राज्यको प्रभाव क्षेत्र घट्दै जान्छ, तव मतदानबाट हाम्रो जीवन परिवर्तन गर्ने क्षमता पनि साँघुरिदै जान्छ। यसका विपरित, नवउदारवादी सिद्धान्तले दावी गर्छ कि मानिसहरूले खर्च गरेर छनोटको अभ्यास गर्न सक्छन्। तर केही मानिससँग खर्च गर्नका लागि अरु मानिसहरूभन्दा धेरै हुन्छ: महान उपभोक्ता वा शेयरधनीको लोकतन्त्रमा मतहरू बराबर स्तरका हुँदैनन्। परिणाम गरिब र मध्यम वर्गको असशक्तिकरण हुन्छ। जब दक्षिणपन्थी पार्टी र वामपन्थी भनाउने पार्टीहरूले नै नवउदारवादी नीतिहरू अपनाउछन् तब असशक्तिकरण निर्वाचन बहिष्कारमा परिणत हुन्छ। बहुसंख्यक मानिसहरू राजनीतिबाट बाहिरिन्छन्।

    क्रिस हेज भन्छन् “ फासीवादी आन्दोलन राजनीतिक रूपले सक्रियहरूबाट होइन राजनीतिक रूपले निष्क्रिय, “हरुवाहरू” माझबाट उठेको थियो, जसले राजनीतिक संस्थापनमा सही रूपमा आफ्ना आवाज वा भूमिका नभएको ठान्दथे”। जब राजनीतिक वादविवादले हामीसँग संवाद गर्दैन, तब मानिसहरू नारा, सङ्केत र सपनाप्रति आकर्षित हुन्छन्। उदाहरणका लागि ट्रम्पका प्रशंसकहरूका सामू तथ्य र तर्कहरू असान्दर्भिक हुन्छन्।

    जुड्तले भनेका छन् – जब जनता र सरकारबिच हुने गन्जागोलपूर्ण अन्तरक्रिया शासन र आज्ञापालनमा सिमित हुन पुग्छ, तब हामीलाई बाँधेर राख्ने एकमात्र शक्ति राज्य शक्ति हुनेछ। जब सार्वजनिक सेवा वितरणको कारणले प्राप्त हुने नैतिक प्रभुत्व सरकारहरूले गुमाउनेछन् तब हायेकले कल्पना गरेको तानाशाही जन्मनेछ र “आफ्ना आदेशहरू पालना गराउन जनतालाई फकाउने, धम्क्याउने र अन्त्यमा जोरजुलुम गर्न थाल्नेछन्”।

    ***

    साम्यवाद जस्तै नवउदारवाद पनि असफल भगवान हो। तर त्यो प्रेत-सिद्धान्त लड्खडाउँदै भएपनि अगाडि बढ्दैछ र त्यसको कारणहरू मध्ये नवउदारवाद सम्वन्धी रहस्यात्मका नै हो, अझ भनौं,यो रहस्य नै रहस्यहरूको जेलिएको गाँठो हो।

    अदृष्य हातको अदृष्य सिद्धान्तलाई अदृष्य समर्थकहरूले प्रबर्धन गरिरहेकाछन् । बिस्तारै, अति नै बिस्तारै, हामीले तिनीहरू मध्ये केहीका रहस्य पत्ता लगाउन थालेकाछौं। हामीले पत्ता लगायौं की सूर्ति उद्योगलाई थप नियमन गर्ने कुराको जोडतोडका साथ मिडियामा विरोध गर्ने दि इन्स्टीट्युट अफ इकोनोमिक अफेयर्सलाई सन् १९६३ देखि नै ब्रिटिस अमेरिकन टोबाकोले गोप्यरूपमा लगानी (आर्थिक भरथेग) गरिरहेको रहेछ। हामीले चाल पायौं की विश्वकै धनिहरू मध्ये दुई जना, चार्ल्स र डेभिड कोचले टि पार्टी आन्दोलन चलाउने इन्स्टीट्युटको स्थापना गरेका रहेछन्। हामीले थाहा पायौं- आफ्ना थिङ्क ट्याङ्कहरूमध्ये एक स्थापना गर्दा चार्ल्स कोचले, “अनिच्छित आलोचनाहरूबाट बच्न संगठन कसरी नियन्त्रण र निर्देशित गर्नुपर्छ भन्ने कुरा ब्यापक रूपमा प्रचार गरिनु हुँदैन”, भनेका थिए।

    “कुनै समयमा पैत्रिक अंशवापत पैसा प्राप्त गर्नेहरूबाट नवधनाड्यहरू हियाइन्थे। आज त्यो सम्बन्ध उल्टिएको छ।

    नवउदारवादीहरूले प्रयोग गर्ने शब्दहरूले प्रायश स्पष्ट पार्ने भन्दाबढी अलमल्याउने गर्छन्। “बजार” भन्ने शब्द सुन्दा गुरुत्वाकर्षण वा वायुमण्डल जस्तै हामी सबैले समानरुपमा बेहोर्नु पर्ने प्राकृतिक ब्यवस्था जस्तो लाग्छ। तर त्यो शब्द शक्ति-सम्बन्धहरूले लादिएको हुन्छ। “बजार के चाहन्छ” भन्नाले व्यापारिक निगमहरु र त्यसका मालिकहरूले के चाहन्छन् भन्ने अर्थ लाग्छ। एण्ड्रयू सेयर भन्छन्- “लगानी” शब्दका दुईवटा अर्थ हुन्छन्। पहिलो उत्पादनशील र सामाजिक रूपले उपयोगी क्रियाकलापमा लगानी गर्नु, र अर्को रेन्ट, ब्याज, लाभांश र पूँजीगत लाभ दोहन गर्न विद्यमान सम्पत्ति खरिद गर्नु। भिन्दाभिन्दै क्रियाकलापका लागि एउटै शब्द प्रयोग गर्नाले “सम्पत्तिको स्रोतलाई लुकाउँछ” र सम्पत्ति-दोहनलाई नै सम्पत्ति सिर्जना हो भनी हामीलाई झुक्याउँछ।

    एक शताब्दी अगाडि पैत्रिक अंशवापत पैसा प्राप्त गर्नेहरूबाट नवधनाड्यहरू हियाइन्थे। उद्यमीहरू आफ्नो परिचय रेन्टरको रूपमा दिएर सामाजिक हैसियत खोज्दथे। आज त्यो सम्बन्ध उल्टिएको छः रेन्टर र पैत्रिक अंशियारहरू आफूलाई उद्यमीको रूपमा चित्रित गर्छन् । उनीहरू पौरख विनाको सम्पत्तिलाई नै आफूले आर्जन गरेको भनेर दावी गर्छन् ।

    यस्ता रहस्यमकताहरु र जालझेलहरु आधुनिक पूँजीवादसँगै गाउँठाउँ पहिचान गर्न नसकिनेगरी गोलमाल हुन्छन् : पूँजिवादको अधिकार-सम्पन्न मोडलले मजदुरहरूलाई हामी कसका लागि काम गरिरहेका छौं भनेर थाहा नहुने ब्यवस्था सुनिश्चित गर्छ; कम्पनीहरू मुलुकबाहिर अति जटिल सञ्जालको गोप्य व्यवस्थाबाट दर्ता गरिएको हुन्छ ताकी लाभ प्राप्त गर्ने मालिकहरू को हुन् भनेर प्रहरीले पनि पत्ता लगाउन सक्दैन (जस्तो रेनल्ड होल्डिङ्ग्स कम्पनी जसले मलेशियाको एक्जिएटालाई एनसेलको शेयर बेचेको थियो, त्यसको लाभकर उठाउन नै समस्या परेको छ -अनु); सरकारलाई नै जिल्लाराम बनाउन सक्ने करको बन्दोबस्त;  कसैले बुझ्न नसक्ने वित्तीय उत्पादनहरू आदि।

    नवउदारवादको रहस्यात्मकतालाई सतर्कताका साथ सुरक्षा दिइने गरिएको पाइन्छ। हायेक, मिसेस र फ्रिडमेनबाट प्रभावित विद्वानहरूले– केही मात्रामा न्यायका साथ अचेल यो निन्दात्मक रूपमा मात्र प्रयोग हुन्छ भन्दै उक्त नवउदारवाद शब्दलाई अस्वीकार गर्दछन्। तर उनीहरू त्यसको बदलामा अर्को शब्द दिदैनन्। केहीले आफूहरूलाई शास्त्रीय उदारवादी वा लिवर्टियन (स्वतन्त्रताका अनुयायीहरु) का रूपमा चिनाउँछन् तर यस्ता परिचयहरू भ्रामक र स्वयं लज्जित बनाउने दुबै खालका छन्, किनभने ‘द रोड टु सर्फडम’, ‘ब्युरोक्रेसी’ वा फ्रिडमेनको शास्त्रीय कृति ‘क्यापिटलिज्म एण्ड फ्रिडम’ मा त्यस्ता केही विलक्षणताहरु छैनन् ।

    ***

    यी सबै कुरा हुँदा पनि, नवउदारवादी परियोजना केही हदमा प्रशंसायोग्य पनि छ, कम्तिमा पनि सुरुवाती चरणहरूमा। यो चिन्तक र सक्रियकर्मीहरूको एकरूपको सञ्जालद्वारा प्रबर्धन गरिको र स्पष्ट कार्ययोजना बोकेको एउटा विशिष्ट र नविन दर्शन थियो। यो धैर्यशाली र दृढ थियो। दी रोड टु सर्फडम (दासत्वको मार्ग) शक्तिको मार्ग बन्न पुग्यो।

    नवउदारवादको विजयले बामपन्थको असफलतालाई पनि देखाउँछ। सन् १९२९ मा जब लेसेज–फेयर अर्थव्यवस्थाले बिल्लिबाठ निम्त्यायो तब किन्सले त्यसलाई विस्थापन गर्ने एउटा ‘विस्तृत आर्थिक सिद्धान्त’ प्रतिपादन गरे। जब सन् ७० को दशकमा किन्सको माग ब्यवस्थापन भड्खालोमा पर्‍यो, त्यसको विकल्प तयार थियो। तर जब सन् २००८ मा नवउदारवाद असफल भयो, त्यसबेला विकल्पमा केही थिएन। त्यसैले त्यो प्रेतात्मा अझै हिडिरहेको छ। वामपन्थ र मध्यमपन्थ दुवैले विगत ८० वर्ष देखि कुनै आर्थिक विचारधाराको कुनै आम ढाँचा तयार गरेका छैनन्।

    लर्ड किन्सलाई गरिने हरेक मङ्गलाचरण असफलताका स्वीकारोक्तीहरु मात्र हुन्। २१ औं शताब्दीका संकटहरूका लागि किन्सका समाधानहरू अघि सार्नु भनेको थाहापाइएका तीन वटा समस्याहरूलाई बेवास्ता गर्नु हो। पुराना सोचहरूबाट जनतालाई परिचालन गर्न कठिन हुन्छ;  सन् ७० को दशकमा देखिएका कमजोरीहरू अहिले पनि हटेका छैनन्; र सबैभन्दा महत्वपूर्ण, हामीले सामना गरिरहेको सबैभन्दा डरलाग्दो खतरा अर्थात् वातावरणीय संकटबारे किन्सका समाधानहरूले केही बोल्दैनन्। किन्सवादले आर्थिक बृद्धिका लागि उपभोक्ताको मागलाई उत्प्रेरण गर्छ। उपभोक्ताको माग र आर्थिक बृद्धि वातावरण विनासका चालक हुन्।

    किन्सवाद र नवउदारवाद दुबैका इतिहासले भत्किएको व्यवस्थाको विरोध गर्नु मात्र पर्याप्त हुँदैन भनेर देखाउँछन्। एउटा सुसंगत विकल्प प्रस्तावित हुनै पर्छ। लेबर, डेमोक्र्याट र सिर्जनशील वामपन्थको केन्द्रीय काम एउटा अति नै सुन्दर आर्थिक कार्यक्रम निर्माण गर्नु हो, जुन काम २१ औं शताब्दीको माग सम्बोधन गर्न एउटा नयाँ व्यवस्था तयार गर्ने सचेतप्रयास हुनेछ।

    यो लेख द गार्जियनबाट दामोदर उपाध्यायले अनुवाद गर्नु भएको हो। अङ्ग्रेजी हेर्नका लागि लिङ्क https://www.theguardian.com/books/2016/apr/15/neoliberalism-ideology-problem-george-monbiot?CMP=share_btn_link हेर्नुहोस्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जर्ज मन्बिओट

      जर्ज मन्बिओट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.