Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओली : ‘राम मसला’ बेच्दै, मोदीको नक्कल गर्दै

प्रकाश अजात प्रकाश अजात
माघ २, २०७७
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतमा दोस्रो पटक प्रधानमन्त्री चुनिएर ‘वादशाही’ सत्ता संचालन गरिरहेका नरेन्द्र मोदी निर्धक्क तेस्रो पटक पनि प्रधानमन्त्री बन्ने ताकमा छन्। प्रम चुनिनुअघि ‘सबैको साथ, सबैको विकाश’ को लोकप्रिय नारा ल्याएका उनले आफ्ना योजनाअनुसार पहिलो चरणको कार्यकालमा परिणाम दिन सकेनन्। जितका लागि आश्वासनका नारा दिँदै चुनावअघि उर्लनु र सरकार बनाएपछि काम गर्नु अवश्य नै चुनौतीपूर्ण नै हुन्छ। र, नायक पुजक समाजमा प्रायः सधै यस्तै हुन्छ, एउटा व्यक्तिबाट हामी अतिअपेक्षा राख्छौं। तर व्यक्तिमात्र फेरिँदा र प्रणाली चुस्त नहुँदा काम भने पुरानै ढर्रामा चल्छ। जनअपेक्षामा चिसो पानी खनिन्छ र जनता आक्रोसित हुन्छन्।

    यसरी पहिलो प्रधानमन्त्रीत्वकालमै मोदी लोकप्रियताको ग्राफ घटेको थियो। छिपाउन खोज्दाखोज्दै, सन् १९७० यता बेरोजगारीको दर सबैभन्दा उच्च रहेको तथ्य सरकारी अध्ययनबाटै बाहिरियो। तब वास्तविकता लुकाउन मूल मुद्धा छाडेर मोदीले जात, धर्म, संस्कृति र पूराणका कुरा ल्याए। किनकि राष्ट्रिय स्वयंसेवक दल आरएसएसबाट धार्मिक राजनीतिका कखरा सिकेका व्यक्ति थिए यिनी। कार्यसम्पादनमा असफल भएपछि यिनले नयाँ नाटक मंचन गर्न थाले।

    पशुपति र मुक्तिनाथमा समेत प्रहसन

    मोदीले अनेकन पटक मन्दिरहरूमा पुगेर लम्पसार पर्दै आफूमा हिन्दू संस्कृतिप्रति अगाध आस्था रहेको सन्देश दिन खोजे। बहुसंख्यक हिन्दू भएको देशमा यस्तो कुरा राम्ररी बिक्थ्यो। बुढा र ठूला ठानिने जोगीहरूका सभा र अखडाहरूमा पुगेर मोदीले तिनका गोडामै झुके, जुम्लाहात गरे। आफ्नी आमासँग शीर निहुराएर आफू सच्चा सनातनी र मातृभक्त भएको स्वाङ गर्दै बारम्बार अनेक भावभंगीका फोटा खिचाए। धार्मिकस्थल र गुफाहरूमा पुगेर अनेक आसनमा तपस्वीका झल्को दिने तस्वीर खिचाए। नेपालकै पशुपति आए, रुद्राक्ष बेरेर फोटा खिचाए। मुक्तिनाथ पुगे, सर्वसाधारणलाई फोटो खिच्न नदिइने मन्दिरभित्र आसन जमाएर पुजा गरे, फोटो खिचाए।

    नेपालको जस्तै गरिबी, अन्याय, जातीय हिंसा, अशिक्षा, भोकमरी, बेरोजगारी, भ्रष्टाचार भारतका पनि मुद्धा हुन् तर यी मुद्धाहरू एकाएक गायव भए।

    यस्ता सारा तमासा, नौटंकी र प्रपंच गर्नुपूर्व मोदी र मोदीका सल्लाहकारहरूले आम मान्छेहरूका कमजोरीहरूबारे ‘खास’ ठहर गरेका थिए, भारतीय समाजको मनोविज्ञानको गहिरो अध्ययन गरेका थिए। धर्म, जात र राष्ट्रियताका विषयले इतिहासमा मान्छे कसरी उद्वेलित भएको छ भन्नेबारे ख्याल राखेका थिए। सामाजिक संजालमा सर्वसाधारणले स्यर गर्ने सामग्रीलाई तिनले नियालेका थिए। कुन विषय भजाउँदा आफ्ना प्रधानमन्त्रीप्रति मान्छेहरूको सेन्टिमेन्ट सोझिन्छ भन्ने कुरालाई मोदीका सल्लाहकारहरूले पहिल्याएका थिए। त्यसमाथि विश्व हिन्दू परिषद र भारतीय स्वयंसेवक दललगायतका अतिवादी हिन्दूहरूको परियोजनामा १९९२ मा बाबरी मस्जिद तोडफोड गरेको विषयको ताप पृष्ठभूमिमा छँदैथियो। मस्जिद तोडिएको थियो, मन्दिर बनाउने कि नबनाउने भन्ने मुद्धा बाँकी थियो। र, टन्न एक पेट खान नपाउनेहरूका बीचमा पनि ‘मन्दिर वहीँ बनेगा’ नारा संक्रामक भएर फैलने निश्चित थियो।

    धर्म, राष्ट्रवाद र कठपुतली मिडिया

    धर्म र जातको विषयले हजारौं वर्षदेखि जेलिएको हाम्रो समाज यी र यस्तै विषयमा भड्कन्छन् भन्ने बुझेरै मोदीले चुनाव आउनै लाग्दा धर्म र राष्ट्रवादका मुद्धा प्रखर रूपमा उठाउन थाले। चर्का नाराअनुसार काम नभएपछि जनता जनता निरास हुन्छन् र अर्को पटक सत्तामा पुग्न कठिन हुन्छ भन्ने कुरा मोदीलाई राम्रोसँग थाहा थियो। उनले आम मानिसहरूको ध्यान विकाश र रोजगारीबाट अन्यत्र मोड्न चाहे। सम्भव भएसम्म सबैजसो मिडियाहरूलाई आफ्नो कठपुतली बनाउने प्रयत्न गरे। टेलिभिजन र आमसंचारका माध्यमहरूको जिउनाधार ठूला कम्पनीका उत्पादनको विज्ञापन हो। शासकसँग ठूला मालिकहरू निकट हुने नै भए। मोदीले प्रायः सबै मालिकहरूसँग समन्वय गरी आफ्नो पक्षमा खबर बजाउनेलाई विज्ञापनमा प्रोत्साहन गर्ने रणनीति अपनाए।

    आफू गुजरातको मुख्यमन्त्री हुँदा नै मोदीले आफूलाई मुसलमानविरोधी (त्यसो भएका हुनाले स्वतः पाकिस्तानविरोधी) नेताका रूपमा स्थापित गरिसकेका थिए। उनीमाथि सन् २००२ मा गुजरातमा मुसलमानविरोधी दंगा फैलाएको आरोप छँदैछ। तीन दिनको हिंसामा त्यहाँ ७९० मुसलमान र २५४ हिन्दू धर्मालम्वीहरू मारिएका थिए।

    आफू गुजरातको मुख्यमन्त्री हुँदा नै मोदीले आफूलाई मुसलमानविरोधी (त्यसो भएका हुनाले स्वतः पाकिस्तानविरोधी) नेताका रूपमा स्थापित गरिसकेका थिए। उनीमाथि सन् २००२ मा गुजरातमा मुसलमानविरोधी दंगा फैलाएको आरोप छँदैछ। तीन दिनको हिंसामा त्यहाँ ७९० मुसलमान र २५४ हिन्दू धर्मालम्वीहरू मारिएका थिए। चुनाव आउनु एक वर्षअघिदेखि धार्मिक मठमन्दीर भ्रमण र पाकिस्तानमाथि निरन्तर प्रहारबाट उनले आम जनमानसको ध्यान विकेन्द्रीत गर्न अन्ततः सफल भए। नेपालको जस्तै गरिबी, अन्याय, जातीय हिंसा, अशिक्षा, भोकमरी, बेरोजगारी, भ्रष्टाचार भारतका पनि मुद्धा हुन् तर यी मुद्धाहरू एकाएक गायव भए।

    र, नरेन्द्र मोदी पुनः दोस्रो चोटी आफ्नो पार्टीको बहुमतका साथ प्रधानमन्त्रीका रूपमा उदाए। आफू प्रधानमन्त्री भएपछि मुसलमानविरोधी रणनीतिको अर्को किस्सास्वरूप संविधानमा विशेष हैसियत पाएको ‘जम्मु कश्मीर’को स्वायत्ततालाई खारेज गरे। अहिले कश्मीरमा अघोषित सैनिक शासन छ। योजनावद्ध रूपमै मोदीले यस्ता मुद्धाहरूलाई लुकाउन सफल भए। भारतमा अहिले थोरैमात्र मिडिया स्वतन्त्र बचेका छन्। प्रायः सबै मिडिया मोदीका गोदीमा पुगेका छन्। केही थोरै मिडियाले मोदीको यस हर्कतविरुद्ध निरन्तर काम गरिरहेका छन्। सामाजिक संजालमा केही सचेत तप्काले यसविरुद्ध आवाज पनि उठाएका छन् तर यति एक अर्ब ४० लाख जनसंख्याको भारतमा तिनका आवाज उति प्रष्ट सुनिँदैनन्।

    किसान हराएका छन् मिडियामा

    पाँच महिनादेखि भारतीय किसानहरूले मोदी सरकारले ल्याएका तीन ‘किसानमारा ऐन’को विरुद्ध देशव्यापी आन्दोलन गरेका छन्। तर पनि मोदीका गोदी मिडियामा यी विषय प्रमुख मुद्धाका रूपमा छैनन्। बरु भारतीय मिडियामा अहिले पनि राष्ट्रवाद र मन्दिरकै मुद्धा छ। २०१९ को नोभेम्बरमा, मोदीको दोस्रो शासनकालमा भारतीय उच्च अदालतले बाबरी मस्जिद भत्काइएकै ठाउँमा राम मन्दिर बनाउन र वरपर कहीँ ५ हेक्टरको जमिनमा मस्जिद बनाउन भनेको छ। यस फैसलाबाट त्यहाँका धेरै हिन्दूहरू उत्साहित छन्। आत्मरतिमा डुबेका छन्। मोदीले गुमेको हिन्दू साख ‘आक्रमणकारी हस्तक्षेपकारी मुसलमान’बाट अन्ततः फिर्ता गराएको ठान्दछन् हिन्दूहरु।

    जर्मनीका हिटलर पनि आफ्नो ‘शुद्ध जात’माथि यहुदीहरूबाट ठूलो चुनौती उत्पन्न भएको तथा आफ्नो राष्ट्रमाथि अन्य राष्ट्रबाट संकट भएको कथा बुनेरै सत्तामा आएका थिए। त्यही सुत्र अपनाएर मोदीले अल्पशंख्यक मुसलमानहरूबाट बहुसंख्यक हिन्दूहरूमाथि ठूलो चुनौती रहेको कथन निर्माण गरे। विगतका मुसलमान शासकका नामबाट बनेका दरबार र बाटाहरूका नाम धमाधम परिवर्तन गराए। जनजिविका मुद्धाबाट जनताको ध्यान राष्ट्रवाद, धर्म, धर्मको संरक्षणका लागि बन्ने विशाल मुर्ति र देवालयको निर्माण र चर्चा थाले। पुराण, योग र पूर्वीय संस्कृतिको व्याख्या गर्दै आफू एक असाधारण सन्त र धर्मसंरक्षक भएको सन्देश दिन खोजे ।

    तर शिवलिंग र शालिग्राम छ मिडियामा

    ‘इस पहाडके पिछे छिपा है एक अभद्भुत रहस्य’ र ‘रुद्राक्ष, शिवलिंग और शालिग्रामके ये अद्भुत ताकत कर्ता है आपको हैरान’ जस्ता कपोल्कल्पित, झुट र सन्सनीपूर्ण विषय बेच्ने भारतीय बिकाउ मिडियाले भव्य पूजा, ध्यान र मोदीका ज्ञान प्रवचनहरूलाई वारम्बार देखाउन थाले। देवालय र मुर्तिका अघि मोदी जति धेरै घोप्टिए, उति नै उनको महिमामण्डन हुन थाल्यो। हुँदाहुँदा धर्म निरिपेक्षताका वकालत गर्ने कांग्रेस आइलगायत अन्य दलका नेताहरू पनि चुनावकै लागि मन्दिर र बाबाजीहरूकोमा धाउन थाले।

    हिन्दूले सडकमा छाडेका गाई मुसलमानले काटेर खाए भन्दै तिनीहरूमाथि रामधुलाई गरिन्छ। ‘जय श्रीराम’ भनेर अभिवादन नगरेको कसुरमा मुसलमानजस्तो पहिरन लगाएको व्यक्तिलाई बीच सडकमै कुटेर मारिन्छ। मूल मुद्धाबाट जनताको ध्यान विकेन्द्रीत गरेपछि काम गर्ने लन्ठो पर्दैन। भावनात्मक मुद्धाहरूमा जनतालाई बहकाइदिन सफल मोदी सम्भवतः तेस्रो पटक पनि ढुक्कसँग चुनाव जित्नेमा विश्वस्त छन्।

    भारतमा अहिले ‘कसरी हिजोका मुसलमान राजाहरूले हिन्दू संस्कृतिमाथि कसरी आक्रमण गरे र आज कसरी त्यसको बदला कसरी लिने, हिन्दू संस्कृतिमा अब कस्तो जागरण ल्याउने?’ भन्नेबारे निरन्तर बहस भइरहेछ। भारतको स्वाधिनताका लागि कसरी पाकिस्तान खतरापूर्ण छ भन्ने भाष्य जर्वजस्त स्थापित छ। हिन्दूले सडकमा छाडेका गाई मुसलमानले काटेर खाए भन्दै तिनीहरूमाथि रामधुलाई गरिन्छ। ‘जय श्रीराम’ भनेर अभिवादन नगरेको कसुरमा मुसलमानजस्तो पहिरन लगाएको व्यक्तिलाई बीच सडकमै कुटेर मारिन्छ। मूल मुद्धाबाट जनताको ध्यान विकेन्द्रीत गरेपछि काम गर्ने लन्ठो पर्दैन। भावनात्मक मुद्धाहरूमा जनतालाई बहकाइदिन सफल मोदी सम्भवतः तेस्रो पटक पनि ढुक्कसँग चुनाव जित्नेमा विश्वस्त छन्।

    जर्मनी, जात र प्रोपागाण्डा

    जातीय र धार्मिक दंगा र अत्याचारको चर्चा हुँदा जर्मनीका शासक हिटलरको चर्चा हुन्छ, जसले यहुदीहरूबाट आफ्नो जातिप्रति ठूलो संकट रहेको डंका पिटाएर, राष्ट्रवादको मुद्धा घन्काएर सत्तामा स्थापित बनेका थिए। हिटलरले यहुदीप्रति घृणा गर्नुमा उनीमात्र जिम्मेवार थिएनन्, बाल्यकालदेखि नै उनले बुझेको समाज पनि थियो। मध्ययूगदेखि नै युरोपका यहुदीहरू घृणा र हत्याका तारो बनेका थिए। क्रिश्चियनहरू यहुदी धर्म (विश्वास)लाई विचलन र पतनको बाटो ठान्थे, त्यसकारण त्यसलाई खारेज गर्नुपर्छ भन्ने ठान्थे।

    यहुदी धर्मालम्वीहरूले धर्म परिवर्तन गरेर क्रिश्चियन बनेमात्रै, नत्र उनीहरूलाई कतिपय काम गर्न निषेध थियो। कतिपय इतिहासविदहरू के भन्छन् भने हिटलर स्वयंका केही पूर्खाहरू यहुदी थिए र त्यसमा उनलाई खेद थियो। राष्ट्रवादी हिटलरले १९४५ आत्महत्या गरेका थिए ।

    गोयबल्स र भाषण

    नाजी पार्टी खोलेर राजनीतिमा उदाएका हिटलरले जोसेफ गोयबल्सलाई आफ्नो प्रचार मन्त्री बनाए। ‘समाअजवाद’ भनेर उदाएको नाजी पार्टीले नश्ल शुद्धतालाई आफ्नो वैचारिकी बनाएको थियो। पवित्रताका लागि ‘आर्य जाति’ नै हुनुपर्ने हिटलर र उनको पार्टीको सर्त थियो। जर्मनी, बेलायत, नेदरल्याण्ड र स्क्यान्डीनेभियन देशका नर्डिकहरू नै संसारका सबैभन्दा शुद्ध जाति हुन् भन्ने उनको मत थियो। १९३३ देखि १९४५ सम्म उनी हिटलरका प्रचारप्रसार मन्त्री थिए। गोयबल्स हिटलरका अत्यन्तै निकटतम मित्र र सहयोगी थिए।

    गोयबल्स आफैं प्रखर वक्ता थिए। सार्वजनिक मंचहरूमा कसरी भाषण गर्ने भनेर हिटलरलाई सिकाउँथे उनी। गोयबल्स ती व्यक्ति थिए, जो हिटलरको करिस्मायुक्त व्यक्तित्व, व्याख्या र भाषण सुनेर दंग पर्थे। भाषणै सुनेका भरमा गोयबल्स हिट्लरबाट लठ्ठिएका थिए।

    गोयबल्स आफैं प्रखर वक्ता थिए। सार्वजनिक मंचहरूमा कसरी भाषण गर्ने भनेर हिटलरलाई सिकाउँथे उनी। गोयबल्स ती व्यक्ति थिए, जो हिटलरको करिस्मायुक्त व्यक्तित्व, व्याख्या र भाषण सुनेर दंग पर्थे। भाषणै सुनेका भरमा गोयबल्स हिट्लरबाट लठ्ठिएका थिए। उनले आफ्नो नीजि डायरीमा लेखे, ‘कति प्रभावशाली व्यक्तित्व, म उसलाई अति माया गर्छु।’ यो प्रसंग यहाँ किन पनि उल्लेख्य छ भने खड्गप्रसाद ओली पनि आफ्ना प्रचारक, अनुयायी र उपासकहरूका माझ अति लोकप्रिय छन्। विपक्षीहरुप्रति ओलीले गरेको निन्दा र लान्छनाप्रति ओली अनुचरहरू मखलेल छन्।

    खड्गप्रसादको तरकारी र ‘राम मसला’

    जनतालाई जात, धर्म र सम्प्रदायको मुद्धाले सजिलै उद्वेलित गराउँछ। मन्दिर र मस्जिदका मुद्धाले तिनलाई संवेदनशील बनाउँछ। खड्गप्रसाद ओलीले करीब एक वर्षअघि रामको जन्मस्थल अयोध्या चितवनको ठोरीमा पर्छ भन्ने बयान दिए। भारतको उत्तर प्रदेशस्थित अयोध्या नै असली ‘रामजन्मभूमि’ रहेको  ‘पौराणिक तथ्य’ विरुद्ध थियो यो वयान। जुन वैज्ञानिक अध्ययन, ऐतिहासिक प्रमाणहरूमा आधारित थिएन र छैन। तर्कहरुले सैयौं लोककथाका पात्रको जन्मलाई प्रमाणित गर्न सक्ने कुरै भएन।

    ६ वर्षअघि भारतले नेपालमा नाकाबन्दी गरेको समय उतिखेरका प्रधानमन्त्री खड्गप्रसाद ओली जनसमर्थनको बलमा भारतसँग झुक्न नमिल्ने अवस्था बनेको थियो। त्यहीँबाट ओलीको राष्ट्रवादी पहिचान बन्न पुग्यो। राष्ट्रघाति महाकाली सन्धीमा गरेको खलनायकीलाई तत्कालको कुराले ढाकियो। यसैबीच चुच्चे रेल र घरघरमा ग्याँस लाइनका गफले उनलाई ‘सपना देखाउने प्रधानमन्त्री’ का रूपमा चर्चा भयो। जनता आकर्षित भए।

    आफूलाई संस्कृतिविद् बताउने एक सज्जनले त ओलीलाई ‘सर्वज्ञाता’ भन्नसमेत भ्याए। राम नेपालमा जन्मेको विषयले ‘ब्याकल्यास’ होला भन्ने अनुमानविपरित ओलीको थप प्रशंसा भयो। राष्ट्रवादको तरकारी खाएर बलियो भएका ओलीले तरकारीमा ‘राम मसला’ थपे र उनी झनै पुष्ट भए।

    तर उनका सपना हावा भन्ने स्थापित भइसकेपछि उनले अर्को फण्डा ल्याए। उनले राम र अयोध्याको कथा वाचन गरे। ‘राम पनि नेपालमा जन्मेको भन्ने कुरो’लाई स्थापित गराउन राष्ट्रिय सम्पत्ति र मिडियाको दुरुपयोग गरियो। यसैकारण उनको तारिफ र प्रशंसा गर्न हिन्दू कट्टरपन्थीहरू निस्किए। र, रामायणबारे टेलिभिजन र युट्युबहरूमा तथाकथित सन्त र ज्ञानीहरूले रामको जन्मबारे किटेरै प्रमाण पेश गर्न लागे। आफूलाई संस्कृतिविद् बताउने एक सज्जनले त ओलीलाई ‘सर्वज्ञाता’ भन्नसमेत भ्याए। राम नेपालमा जन्मेको विषयले ‘ब्याकल्यास’ होला भन्ने अनुमानविपरित ओलीको थप प्रशंसा भयो। राष्ट्रवादको तरकारी खाएर बलियो भएका ओलीले तरकारीमा ‘राम मसला’ थपे र उनी झनै पुष्ट भए ।

    खड्गेश्वर बाबा

    हिजो ‘वर्गसंघर्षको युद्ध’ लडेर जेलनेलसमेत भोगेर आएका खड्गप्रसाद ओली अचेल आफ्नो जीवनको उत्तरार्धमा कथापात्र राम, लक्ष्मण र ऋषीहरूका बारेमा चर्चा गर्न थालेका छन्। हिमवत्खण्डका प्रसंग जोड्दै पूर्वीय संस्कृतिको वकालत गर्न थालेका छन्। तर भारतवर्षभित्र हिमवत्खण्ड हिमाली भूभाग हो भन्ने कुराको ज्ञान उनलाई रहेनछ। बलात्कारको आरोप लागेका चतराकाण्डका एक पाखण्डीले बाबालाई ओलीलाई यो कुरोे सिकाएनछन्। ओलीले अफगानीस्तानदेखि म्यानमारसम्मलाई हिमवत्खण्ड भनेर बुझेका छन्।

    मोदीका ‘गोदी मिडिया’जस्तै ओलीका ‘गोजी मिडिया’हरु पनि छन्; खासगरी अनलाइनहरु । त्यसमाथि, एकाध मिडियाहाउस दौरा सुरुवाल लगाएरै, बालुवाटारको सयन कक्षमै पुगेर ओलीको आरती उतार्न थालेका छन्।

    ओलीका साइवर सेनाहरू मदन भण्डारीको आरति र जबजको भजन भट्याउँदै गर्दा हिजाका वामपन्थी ओलीलाई रामपन्थ प्यारो देखिन थालेको छ। पुराणका व्याख्यामा रमाउन थालेका छन्। नरेन्द्र मोदी आफू फिरन्ते जोगी भएर हिमालयको ‘गोद’मा डुलेको कुरा गर्दै हाम्रा ओली ‘सन्त, महन्त र ऋषिमुनि’हरूका सन्दर्भ उल्लेख गर्न थालेका छन् ।मोदीका ‘गोदी मिडिया’जस्तै ओलीका ‘गोजी मिडिया’हरु पनि छन्; खासगरी अनलाइनहरु । त्यसमाथि, एकाध मिडियाहाउस दौरा सुरुवाल लगाएरै, बालुवाटारको सयन कक्षमै पुगेर ओलीको आरती उतार्न थालेका छन्। अब हामीलाई कुनै अक्षय कुमारले ‘आप आम काटकर खाते हो कि चुसक?’  भनेर ‘दुरदर्शन साक्षात्कर’मा सोधेको प्रश्नको हाजिरी जवाफ हेर्नु पर्ने दिनमात्र बाँकी छ।

    सपना

    जसरी विकाशका मुद्धाबाट ध्यान हटाउन मोदीले भारतमा धर्मका कुरा उछाले, ओली पनि ठ्याक्कै त्यही गर्दैछन्। विकाश, समृद्धि र स्थायित्वका कुरा सकिएपछि खड्गप्रसद ओलीसँग यस्तै पुराणपात्रका उडन्ते विषय बाँकी छन्। र, सुधा र धार्मिक जनहरू यस्ता विषयमा सहजै अल्झन्छन्। केही वर्ष पहिले संविधानसभाको चुनावमा कमल थापाको ‘गाई’ चिन्हले प्राप्त गरेका सफलता पनि ओलीले देखेका छन्। र, अलि भित्र गएर खोज्ने हो भने ओलीको रगतमा दक्षिणपन्थी रगत नै बग्छ। किनभने झापामा चुनाव लड्दा यिनलाई दक्षिणपन्थी, हिन्दूवादी राजेन्द्र लिङ्देनले काँधमा बोकेका हुन्। जनआन्दोलन २ मा राजाको सवारीमा समेत झुल्केका यिनले बयलगाडाबाट गणतन्त्र गुल्ट्याएका पनि हुन्।

    अलि भित्र गएर खोज्ने हो भने ओलीको रगतमा दक्षिणपन्थी रगत नै बग्छ। किनभने झापामा चुनाव लड्दा यिनलाई दक्षिणपन्थी, हिन्दूवादी राजेन्द्र लिङ्देनले काँधमा बोकेका हुन्। जनआन्दोलन २ मा राजाको सवारीमा समेत झुल्केका यिनले बयलगाडाबाट गणतन्त्र गुल्ट्याएका पनि हुन्।

    छनक त उहिल्यै दिएका हुन् तर असंवैधानिक रूपमा संसद विघटन गरेपछिको ओलीका प्रहसनहरू हेर्दा सहजै के अनुमान गर्न सकिन्छ भने भारतीय जनता पार्टीका नरेन्द्र दामोदर मोदीले अपनाएका सबै तमासा, हर्कत र नाटकहरू गरेर यिनी फेरि जर्वजस्त सत्तामा पुग्न लालायित छन्। सर्वोच्चमा जारी संसद विघटन मुद्धामा ओलीको प्रतिरक्षामा उत्रेका वकिलहरु; बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी र सुरेन्द्र भटराईजस्ता हिन्दूराष्ट्रका अभियन्ताहरुलाई हेर्दा पनि ओलीपथको गर्भको अनुमान सकिन्छ । उमेर र रोगले देला नदेला, ओली विपक्षीरहित वादशाह बन्ने सपनामा छन्। ठूला मन्दिर, मुर्ति बनाउने सपना देखाएर, पूर्व राजा र कमल थापाहरूसँगै मिलेर, एकाध पुराणका केही श्लोक भट्याएर अथवा देशलाई ‘हिन्दूराष्ट्र’मै फर्काउने घोषणा गरेरै किन नहोस्, उनी शेषअघि एकछत्र शासन गर्ने आत्मरतीमा छन्।

    ग्राफिक्स स्रोतः अन्नपूर्ण एक्सप्रेस

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.