Date
शुक्र, अशोज १२, २०८०
Fri, September 29, 2023
Saturday, September 30, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

केदार सिटौला केदार सिटौला
शुक्रबार, असार १२, २०७७
- इतिहास, विमर्शका लागि, समाज
A A
0
जनदरबार

जनदरबार

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पुर्वी यूरोपेली देश रोमानियामा एक जना शासक थिए निकोलाई चाउचेस्कु। अत्यन्त निर्धन परिवारमा जन्मेका चाउचेस्कुले गरिबीको कारण खासै पढ्न पाएका थिएनन्। उनले प्राथमिक शिक्षा अर्थात् ४ कक्षा मात्र पास गरेका थिए। चाउचेस्कु ११ बर्षकै उमेरमा घर छोडेर राजधानी बुखारेस्टमा जुत्ता सिलाउने काम सिक्न थाले।

    उनी बिस्तारै कम्युनिस्ट राजनीतिमा संलग्न हुन थाले । जब चाउचेस्कु जेल परे उनलाई उनका साथीहरुले उनको कम पढाईको कारणले हेप्ने गर्थे । उनको त्यो दयनिय अवस्था देखेर रोमानियाका त्यस बखतका ठुला कम्युनिस्ट नेता घोरघे घोरघियुले आफ्नो शरणमा लिए। जब दोश्रो बिश्वयुद्ध पछि जर्मनीका सैनिकलाई लखेट्दै सोभियत लाल सेना रोमानिया पुग्यो त्यहाँ घोरघे घोरघियुको नेतृत्वमा कम्युनिस्ट सासन स्थापित भयो। १९६५ मा घोरघे घोरघियुको निधन पछि केही चलाखी र अलिकति काकताली परेर निकोलाई चाउचेस्कु रोमेनियाका शासक बने।

    चाउचेस्कुलाई आफुले खासै औपचारिक अध्धयन नगरे पनि डिग्रीको ठुलै भोक थियो । चाउचेस्कुले राजनीतिशास्त्र र अर्थशास्त्रको मानार्थ पीएचडी ग्रहण गरेका थिए । उनका लेख रचनाका २८ वटा मोटा मोटा संकलित रचनाका ठेलीहरु प्रकाशित गराए । चाउचेस्कुको लेखन राष्ट्रवाद र मार्क्सवादको विरोधाभास पूर्ण मिश्रित विचार थियो । त्यस्तै रोमानियाको सार्वभौमसत्ता सम्बन्धी विचारलाई चाउचेस्कु डक्ट्रिनको नाम दिईयो । रोमानियाका सडक, गल्ली र चोक चोकमा चाउचेस्कुको तस्वीर टाँस्न अनिवार्य गरियो । हरेक स्कुलका पाठ्यपुस्तकमा चाउचेस्कु दम्पतिको फोटो अनिवार्य छाप्नु पर्थ्यो।

    चाउचेस्कु जम्मा ५ फिट ४ इन्च मात्र अग्ला थिए । तर उनलाई आफु अग्लो छु भनेर देखाउनु पर्थ्यो। जसकाकारण उनको फोटो विशेष कोणबाट मात्र फोटोग्राफरले खिच्नु पर्थ्यो । त्यस्तै चाउचेस्कुलाई दिनमा पटक पटक हात धुने मानसिक रोग थियो। उनी दिनमा कमसेकम २० चोटी रक्सीले हात धुन्थे । केही छोए पछि वा कसैसँग हात मिलाएपछि उनलाई हात धुनु पर्थ्यो।

    सन् १९७४ मा निकोलाई चाउचेस्कु रोमानियाको पूर्ण कार्यकारी अधिकार सहितको रास्ट्रपति बने । सो अवसरमा उनले राजाहरुले जस्तै राजदण्ड ग्रहण गरे । यो कामलाई व्यंग गर्दै प्रख्यात चित्रकार सालभडोर डालीले टेलिग्राम पठाए। चाउचेस्कुले त्यो व्यंग्य लाई बुझ्न सकेनन र त्यसलाई कम्युनिस्ट पार्टीको मुखपत्रमा प्रकाशित गरे।

    अन्तर्रास्ट्रिय क्षेत्रमा चाउचेस्कुको मुख्य काम हुन्थ्यो सोवियत संघ र त्यहाँका नेता लियोनिद ब्रेझनेभलाई दुःख दिनु । उनले सन् १९६८ मा चेकोस्लाभाकियामा भएको सोवियत हस्तक्षेपको खुला विरोध गरे । जसका कारण पश्चिमी देशहरुमा चाउचेस्कु लोकप्रिय बनेका थिए। अमेरिकी रास्ट्रपति रिचार्ड निक्सनले भनेका थिए– चाउचेस्कु कम्युनिस्ट हुनसक्छ तर उ हाम्रो कम्युनिस्ट हो।

    चाउचेस्कुले सन् ७० को दशकमा देशको औद्योगीकरण र विकास गर्न पश्चिमी देशहरुबाट अरबौं डलर ऋण लिए। उनको औद्योगीकरणको सपनाले सोचे अनुसार चरितार्थ हुन सकेन । त्यो ऋणको ब्याज रोमानियाको लागि भारी पर्न थाल्यो। आफ्नो गल्ती सुधार्न चाउचेस्कुले सबै विदेशी ऋण तिर्ने प्रण गरे । यसका लागि रोमानियाको सबै कृषि र औद्योगिक उत्पादन विदेश निर्यात गर्न थालियो । यसले गर्दा देश भित्र खाद्यान्न र अत्यावस्यक सामानको अभाव हुन थाल्यो। त्यसका साथै उनको मितव्ययिताको नीतिका कारण खाद्यान्न, बिजुली, पानीमा कटौतीका कारण सामान्य जनताको जीवन कस्टकर बन्दै गयो। चाउचेस्कुले आफ्नो हत्या हुनु भन्दा केही महिना अगाडी सबै बिदेशी ऋण चुक्त्ता गरे।

    केदार सिटौला

    चाउचेस्कुलाई आफ्नो औकात भन्दा ठुलो कुरा र काम गर्न मनपर्थ्यो । उनले राजधानी बुखारेस्टमा संसारकै सबै भन्दा ठुलो घर जन दरबार (peoples palace) बनाउन थाले । अर्बौ डलर खर्च गरेर सो दरबार बन्न थाल्यो। सो भवन निर्माण गर्न १५००० मजदुर ३ शिफ्टमा काम गर्थे । तर ती कामदारहरुको लागि दिसा-पिसाब गर्न एउटा पनि शौचालय थिएन। मजदुरहरु जहाँ अँध्यारो कुनो देख्थे त्यही दिसा-पिसाब गर्थे । त्यो जनदरबारको निर्माणको निरीक्षण गर्न चाउचेस्कु हप्तामा ३ चोटी सम्म निर्माण स्थलमा पुग्थे । चाउचेस्कु आउने भन्ने खबर पाए पछि मजदूरहरुले उनी जाने ठाउँको सफाई गरिदिन्थे। एक दिन चाउचेस्कु तोकिएको क्षेत्र भन्दा अलिकति बाटो बिराएर बाहिर पुगे । उनको खुट्टा दिसा-पिसाबको रासमा गाडियो। मजदुरहरु हाँस्न थाले तर गार्डले घुरेर हेरेपछि डरले मजदुर चुप लागे त्यसपछि गार्डहरुले उनको जुत्ता पुछपाछ गरेपछि चाउचेस्कु केही नबोली आफ्नो कार तर्फ फर्के।

    हजार कोठा भएको उक्त्त जनदरबार पुरा हुनु अघि नै रोमेनियामा क्रान्ति भयो।  आफ्नो जीवनको दोश्रो अन्तिम भाषणको क्रममा चाउचेस्कुले भने– रोमानियामा परिवर्तन त्यसबेला मात्र आउँछ जब स्याउको रुखमा नासपाती फल्न थाल्छ । भोलि पल्ट देखि विद्यार्थीहरुले रोमेनियाको राजधानी बुखारेस्टका सबै रुखहरुमा नासपाती झुन्डियाई दिए । रोमानियामा व्यापक विद्रोह सुरु भयो। चाउचेस्कुले सो विद्रोह हिंसात्मक रूपमा दबाउन खोजे। तर सफल भएनन् र भाग्दा भाग्दै पक्राउ परे। अन्तमा चाउचेस्कु दम्पतिलाई सन् १९८९ मा गोली हानी हत्या गरियो।

    अमेरिकी रक्षा मन्त्रालय पेन्टागन पछि संसारकै दोश्रो ठुलो भवन मानिने उक्त ‘जनदरबार’  उनको मृत्युको कैयौं वर्ष पछि तयार भयो। अहिले त्यो दरबारमा रोमानियाको संसद बस्छ । निर्माण भएको २५ वर्ष पछि पनि उक्त्त दरबारका ७० प्रतिशत कोठा अझै पनि खाली छन्।

    जनदरबार
    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      केदार सिटौला

      केदार सिटौला

      Related Posts

      प्रधानमन्त्रीको भ्रमणः चीनसँगको सम्बन्ध लयमा फर्केको हो?

      प्रधानमन्त्रीको भ्रमणः चीनसँगको सम्बन्ध लयमा फर्केको हो?

      झलक सुवेदी
      मङ्लबार, अशोज ९, २०८०

      प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला एकसाता लामो चीन भ्रमणमा छन्। उनी न्युयोर्कमा राष्ट्रसंघीय महासभामा सम्बोधन र अमेरिकी राष्ट्रपति जो वाइडेनसँग...

      नेपालमा संघीयताः आवश्यकताको अनुभूति अपनाउन कनीकुथी!

      नेपालमा संघीयताः आवश्यकताको अनुभूति अपनाउन कनीकुथी!

      कञ्चन झा
      सोमवार, अशोज ८, २०८०

      संघीयताको परिभाषा र विविधता एउटा राजनीतिक प्रणालीका रूपमा संघीयतालाई विश्वभर विविध स्वरूपमा देख्न पाइन्छ। जसले विविधतापूर्ण विश्वमा शासनको अनुकूलन क्षमतालाई...

      ऐतिहासिक न्यायको चाहाना हो- संघीयता

      ऐतिहासिक न्यायको चाहाना हो- संघीयता

      पीताम्बर शर्मा
      आइतवार, अशोज ७, २०८०

      नेपालमा संघीयता अस्तित्व रक्षाका निम्ति आएको होइन। नेपालको संघीयता मधेशप्रति भएको ऐतिहासिक अन्याय प्रतिको जागरुकताको फल पनि हो। त्यसैले यो...

      दश दिने अनशन

      दश दिने अनशन

      हरिशंकर परसाई
      शनिबार, अशोज ६, २०८०

      आज मैले बन्नूलाई भनें, ‘हेर बन्नू, समय कस्तो आइसक्यो भने संसद, कानून, संविधान, न्यायालय सबै निकम्मा भइसके। ठूल्–ठूला मागहरु– अनशन...

      दस्तावेज: पार्टीमा यसरी हुन्थ्यो जनवादी अभ्यास

      दस्तावेज: पार्टीमा यसरी हुन्थ्यो जनवादी अभ्यास

      केशव बडाल
      शनिबार, अशोज ६, २०८०

      नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडाल विगत पचास वर्षभन्दा पहिलेदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय छन्। २०३७ सालमा तत्कालिन नेकपा मालेमा...

      शीत युद्धमा भारत र क्यानाडा

      शीत युद्धमा भारत र क्यानाडा

      नरेश ज्ञवाली
      शुक्रबार, अशोज ५, २०८०

      ‘म आज निकै गम्भीर मुद्दामा बोल्नका लागि उभिएको छु। मैले यसबारे विपक्षका नेताहरुलाई अवगत गराइसकेको छु र अब म क्यानाडाका...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      शीत युद्धमा भारत र क्यानाडा
      विश्व

      शीत युद्धमा भारत र क्यानाडा

      नरेश ज्ञवाली
      शुक्रबार, अशोज ५, २०८०

      थप पढ्नुहोस्
      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ
      अन्तर्वार्ता

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      नेपाल रिडर्स
      बिहिबार, भदौ ७, २०८०

      थप पढ्नुहोस्
      कसले जितिरहेको छ युक्रेन युद्ध?
      विश्व

      कसले जितिरहेको छ युक्रेन युद्ध?

      रोहेज खतिवडा
      सोमवार, भदौ ४, २०८०

      थप पढ्नुहोस्
      अझै छातीमा आगो निभेको छैनः भूपाल राई
      अन्तर्वार्ता

      अझै छातीमा आगो निभेको छैनः भूपाल राई

      नेपाल रिडर्स
      शनिबार, भदौ २, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist