Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘आगामी युग पनि एशियालीको हुनेछैन’: जोसेफ नाय

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन १७, २०७६
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एशियाको द्रुत आर्थिक बृद्धि र एकआपसमा बढ्दो सन्निकटताको सिद्धान्तले अमेरिकालाई पछि पार्दै एशिया २१ औं शताब्दीमा विश्वको प्रमुख शक्ति हुनेछ भन्ने सिद्धान्तलाई जन्म दिएको छ।

    ‘तर अमेरिकाको अग्रणी स्थिति सुरक्षित छ’– अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षासम्बन्धी अग्रणी जोसेफ नायले व्यक्त गरेकाछन्। ‘हुन त अमेरिकाले आफ्नो सफ्ट पावर – यसको संस्कृति, मूल्यमान्यताहरु र नीतिहरुको आकर्षण – राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वका कारणले केही गुमाएको छ, तर बौरिनेछ’ नाय भन्छन्।

    “अमेरिका हार्ड पावरमा अहिलेपनि सबैभन्दा शक्तिशाली देश हो,” नायले भने। “चीन आर्थिकरुपमा अति नै विकासमा लम्केपनि [वर्तमान] विनिमय दरका आधारमा मूलत: अमेरिकी अर्थतन्त्रको दुई तिहाई मात्र हो। र सैन्य शक्तिमा, चीन कुनै पनि हिसाबले अमेरिकासँग बराबरी हुने सोच्न सकिदैन।

    “हार्ड पावरमा त अमेरिका विश्वव्यापी क्षमता भएको एक मात्र देश हो नै, सफ्ट पावरमा समेत अमेरिका अझै पनि चीन भन्दा अगाडि रहेको छ,” उनले बेलायती अनुसन्धान फर्म पोर्टलैंडले गरेको सर्वेक्षणलाई उल्लेख गर्दै भनेकाछन्, जुन अध्ययनले अमेरिकालाई शीर्ष पाँचमा र चीनलाई २७ औं स्थानमा राखेकोछ।

    (ट्रम्प) को ‘अमेरिका पहिला’ भन्ने नाराले अमेरिकालाई अरुले दोस्रो भएको महसुस गराउँछ र अमेरिका पहिलाका दिनमा भन्दा कम आकर्षक छ”

    केही वर्षहरू यता केही हदसम्म चीन र भारत जस्ता देशहरूको तीव्र आर्थिक बृद्धिलाई आशिंकरुपमा धन्यवाद दिँदै केही भूराजनीतिक विश्लेषकहरूले विश्व मञ्चमा एशियाको भूमिका बृद्धि भएर, यस क्षेत्रले पश्चिमाले लिइरहेको नेतृत्वदायी भूमिका लिने तर्क गरेका छन्। खासगरी भारतीय अमेरिकी विश्लेषक पराग खन्नाले आफ्नो पुस्तक “द फ्यूचर इज एशियन” मा विश्वको “एशियालीकरण” हुने भविष्यवाणी गरेका थिए।

    हुन त नाय  पनि यो दृष्टिकोणसँग पूर्णरूपमा असहमत छैनन्। “मैले १० बर्ष पहिला ‘पावर अफ फ्युचर’ भन्ने पुस्तकमा लेखेको थिएँ कि २१ औं शताब्दीको ठूलो शक्तिहरु मध्ये एक शक्ति स्थानान्तरण हुनेछ भनेको विश्वको आर्थिक केन्द्रको स्थानान्तरण हो जुन यूरोपदेखि एशियामा वा पश्चिमी गोलार्द्धबाट पूर्वी गोलार्द्धमा हुनेछ” पराग खन्नाले भने।

    यद्यपि नायको तर्क अर्को छ, एशियाले पश्चिमलाई लिनको लागि संयुक्त मोर्चा बनाउन सक्दैन र सक्नेछैन। उनी भन्छन्– “एशियाको बारेमा कुरा गरिरहँदा, तपाईंले धेरै देशहरूको बारेमा ध्यानमा राख्नु पर्ने हुन्छ। तपाईंले चीन, जापान, भारत लगायतका बारे मनमा राखिराख्नु पर्दछ।” र अमेरिकाको राजनीतिक तथा सैन्य जगतलाई संगठित गर्ने क्षमतासँग नानाथरिका विशेषता भएका क्षेत्रहरुसँग तुलना गर्न सकिदैन।

    “एशिया र पश्चिमको बीचमा विभाजन रेखा कोर्न खोजेको, यदि तपाई मुल्यको कुरा गर्नुहुन्छ भने – विभाजन रेखा तानाशाही र प्रजातन्त्रको बीच हो,” नायले तर्क दिन्छन्। तथापी जापान र भारतलाई उनले प्रजातिन्त्रक मुलुकका रुपमा नै उदाहरण दिन्छन्।

    “यदि तपाई सोध्नुहुन्छ भने, ‘के त्यहाँ एशियामा चीनको नेतृत्वमा तानाशाही गठबन्धन हुनेछ,?’ “मलाई लाग्दैन, किनभने जापान र भारत [चिनियाँ] मूल्यमान्यतामा चल्न चाहँदैनन् वा शक्तिको सन्तुलनसम्बन्धमा चिनियाँ अठोटको पक्षमा छैनन्,” उनी भन्छन्।

    र “यदि जापानी र अमेरिकीहरू सुरक्षा गठबन्धनमा सँगै बसे भने चीनले जापानलाई आदेश दिन सक्दैन,” उनी बताउछन्।
    विश्वको आर्थिक गुरुत्वाकर्षण केन्द्रको स्थान्तरण भए पनि, समग्रमा,”विश्वको शक्ति सन्तुलनको हिसाबले आगामी युग एशियाली हुन सक्दैन,” नायले भनेकाछन्।

    उनी वर्तमानको आर्थिक शक्तिको सन्दर्भमा चीन अमेरिकाको सबैभन्दा नजिकको खेलाडी भएपनि वाशिंगटन र बेइजिङ्गको अगुवाइ हुने द्विध्रुवीय विश्वको दृष्टिकोणको बिरूद्ध पनि तर्क गर्छन्। “यदि तपाईले युरोपको महत्त्व र जापानको महत्त्वबारे ध्यान दिनु भयो भने उनीहरूलाई पर राख्नु गल्ती हुनेछ,” उनी भन्छन्।

    हङ्गकङ्गमा प्रजातन्त्र समर्थकको विरोध–प्रदर्शन र चीन अमैत्री ताइवानका राष्ट्रपति त्साई इङ्गवेन पुननिर्वाचित भएको कुरालाई उल्लेख गर्दै नाय भन्छन् “चिनको आर्थिक शक्ति नाटकीय रूपमा बृद्धि भएपनि यसले केही मात्रामा राजनीतिक स्वतन्त्रता भएका स्थानहरुमा प्रजातान्त्रिक मूल्यमान्यतालाई हटाउन सकेको छैन।”

    यति भन्दै नायले ट्रम्प प्रशासनको बेलामा अमेरिकाको सफ्ट पावर क्षति भएकोमा चिन्ता व्यक्त गरेका छन्। “उन (ट्रम्प) को ‘अमेरिका पहिला’ भन्ने नाराले अमेरिकालाई अरुले दोस्रो भएको महसुस गराउँछ र अमेरिका पहिलाका दिनमा भन्दा कम आकर्षक छ” उनी भन्छन्।

    यदि नोभेम्बरमा पुननिर्वाचित भएभने ट्रम्पले अमेरिकी गठबन्धनलाई अझ नोक्सान गर्न सक्नेछन्, नायले चेतावनी दिएका छन्।

    “मेरा धेरै साथीहरू भन्छन्, ‘हामी श्‍वासप्रश्‍वास चार बर्षसम्म रोक्न सक्छौं, तर आठ बर्षसम्म श्‍वासप्रश्‍वास रोक्न गाह्रो छ,” उनले भनेका छन्।

    नाई सुझाव दिन्छन्– अमेरिकाको सफ्ट पावरमा भएको क्षति स्थायी नहुन सक्छ। “इराक युद्धको समयमा अमेरिकीहरूले सफ्ट पावरको अति नै गुमाउनु पर्‍यो, तर ओबामाको नेतृत्वमा केही हासिल हुनसके” उनी भन्छन्।

    उनले विशेषगरी युरोपसँगको सम्बन्ध पुनर्निर्माण गर्नसकिने उपाय देखेका छन्। उनी भन्छन्–, “प्रजातान्त्रिक र मानव अधिकार लगायतका साझा मूल्यमान्यताहरूको साथसाथै यी दुईमा अझै पनि ठूलो आर्थिक अन्तरनिर्भरता छ”।

    यदि २०२१ मा ट्रम्प पुनःनिर्वाचित भएनन् भएपनि अमेरिकाको अर्को उदाइरहेको नेताको कारणले “युरोपियनहरूले अमेरिकीहरूलाई त्यति धेरै भरोसा राख्दैनन्” भन्दै नायले भने, ट्रम्पले पेरिसको जलवायू सम्झौता र इरान आणविक सम्झौताबाट वापसी लिएका कारणले “गहिरो अविश्वास” सिर्जना गरेको छ।

    परनिर्भरताको गतिशीलतामा कोरोनाभाइरसको प्रभावको सन्दर्भमा, नाय भन्छन् कि यसको प्रभाव “उल्लेखनीय” छ र सम्भवतः २००० को शुरुवातको सार्सको महामारी भन्दा धेरै व्यापक छ, तर अझै पूर्णरूपमा स्पष्ट भइसकेकोछैन।

    “अल्पकालिन रुपमा, यसले हवाई उडान र व्यापार र आपूर्ति लाइनहरू घटाउने र यस्तै यस्तै कुराहरुले स्पष्ट रूपमा नराम्रो असर पारेकोछ, “तर” यो कति गहिराईमा गइरहेको छ वास्तवमै हामीलाई थाहा छैन” उनी भन्छन्।

    “हाल दुई शक्तिहरु छन् जसले अमेरिका – चीनबीचको पारस्परिक निर्भरता हटाउन कोशिस गर्दैछन्,” नाय बताउँछन्। “एउटा हो जसलाई तपाईले ‘प्राकृतिक शक्ति’ भन्न सक्नु हुन्छ, त्यो हो कोरोना भाइरस। र अर्को राजनीतिक शक्ति हो, जो राजनीतिक रणनीतिक कारणहरुले चीनबाट बढी विकर्षित हुन चाहने नागरिकहरू।”

    साभारःजोसेफ नायका धारणाका आधारमा मिकियो सुगेनोद्वारा  निक्की एशियन रिभ्यूमा प्रस्तुत फरवरी २६, २०२०मा  प्रसारित।

    ८३ वर्षीय जोसेफ नाय हार्वर्ड विश्वविद्यालयका एमेरिटस प्रोफेसर र हार्वर्डका क्यानेडी स्कूल अफ गवर्नमेन्टका पूर्व डीनले राष्ट्रपति बिल क्लिन्टनको नेतृत्वमा अन्तर्राष्ट्रिय सुरक्षाको लागि सुरक्षा सचिवको रूपमा कार्यरत थिए।

    यो पनि पढ्नुहोस्

    डा. नाय! तपाईं गलत हुनुहुन्छ, भविष्य एशियाली कै हो: पराग खन्ना

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.