Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महिलाको देश कहाँ छ?

‘नो नेशन फर विमन’ साधारण भन्दा साधारण अंग्रेजी बुझ्ने पाठकका लागि पनि सहज छ। यस पुस्तकले पितृसत्ता र त्यसबाट हुने हिंसामाथि सोच्नका लागि बाध्य बनाउँछ। संवादात्मक शैलीमा रहेको यो पुस्तक पढ्दा पाठकलाई कुनै दृश्य विधामा पढिरहेको महशुस हुन्छ।

nepal_readers nepal_readers
पुस १७, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    • महेश कुमार

    गणेशन. एन. देवीले आफ्नो पुस्तक ‘काउन्टरिङ भ्वाइलेन्स’मा हिंसाको पश्चिमी र पूर्वीय दार्शनिक आधारको खोज गरेकी छिन्। यस पुस्तकमा उनले महिला र बलात्कारका विषयमा क्रिमिनोलजी, न्युरोलजी, जैविक र मनोवैज्ञाानिक मान्यताहरूलाई केलाएकी छिन्। यस क्रममा उनले ‘डर र अपराध’ को बारेमा लेखेकी छिन्। उनले भनेकी छिन्, ‘कुनै खास तप्कालाई असर पार्ने खालको हिंसा कुनै अर्को समूहको वर्चस्व स्थापित गर्नका लागि गरिन्छ।

    तर जसरी एउटा गुण्डागर्दी गर्ने मानिस मनोवैज्ञानिक रूपबाट आफ्नो ‘मर्दाङ्गी’ गुमाउनुका कारण डराउँछ, त्यसरी नै हिंसाको समर्थक व्यक्ति आफ्नै कायरताबाट डराउँछ।’ जब महिलाको विषय उठ्छ, पूरै भारतीय समाज नै स्त्रीमाथि आफ्नो वर्चस्व गुम्ने कुरालाई लिएर डराउँछ। त्यसैले यो समाज बार–बार महिला हिंसाका लागि वर्चस्वशालीलाई नै उक्साइरहन्छ, जसको परिणति बलात्कार र त्यसपछि हत्यासम्म पुग्छ।

    बलात्कार हुने प्रक्रियाको खोज

    प्रियंका दुबेले आफ्नो खोजमूलक पुस्तक ‘नो नेशन फर विमन’ले समाजको यसै मनोवैज्ञानिक पाटोलाई पाठकसमक्ष राखेकि छिन्। यस मनोवैज्ञानिक पाटोको ठोस आधार समाजशास्त्रीय, राजनीतिक, ऐतिहासिक र आर्थिक परिवर्तनका क्रममा सामन्तवादबाट पूँजीवादी व्यवस्थाको परिवर्तनमा संसाधनको नियन्त्रण र चेतना निर्माणको परिवर्तनसँग जोडिएको हुन्छ।

    १३ वटा अध्याय रहेको यस पुस्तकमा बलात्कारका पक्ष र त्यससँग जोडिएका नियतहरूलाई पाठक समक्ष ल्याइएको छ। यसमा समावेश गरिएका हरेक रिपोर्टिङ्गले बलात्कारलाई एउटा सनसनीपूर्ण घटनाको रूपमा लिन निषेध गरेको छ। यस पुस्तकमा बलात्कारका बारेमा होइन, बलात्कार हुने प्रक्रियाका बारेमा विस्तृतमा लेखिएको छ। यसमा बलात्कारको सूचना र विवरण छैन। पुस्तक देशभर भएका बलात्कारका घटनाका अलग–अलग ‘प्याटर्न’का बारेमा लेखिएको हो। पुस्तकका प्रत्येक अध्यायका शिर्षकहरूले यसको संकेत गर्छ। जस्तैः ‘त्रिपुरा: पोलिटिकल नेचर अफ रेप/सेक्सुअल क्राइम।

    करेक्टिभ रेप

    हाम्रो पितृसत्तात्मक समाजमा महिलालाई लिएर एउटा प्रचलित भाष्य छः ‘केटीहरू सधैँ दबिएर बस्नुपर्छ। त्यो आवश्यक छ।’ यस भाष्यको पछाडिको मानसिकताले भन्छः ‘केटाले त छेडखानी गर्छ नै।’ मानौं, छेडखानी गर्नु पुरुषको अधिकार हो। यस्तै, अर्को पनि भाष्य प्रचलित छः ‘केटाबाट गल्ति हुन्छ नै, केटी आफैँ जोगिएर हिँड्नुपर्छ।

    बलात्कारसम्बन्धी यस्तो भाष्य र सोचलाई ‘करेक्टिभ रेप’को संज्ञा दिन्छिन्। भारतको लेलखण्ड घटनामा महिलालाई जिउँदै जलाउनुको कारण त्यहाँका मानिसको ‘इज्जत’ र आक्रोश मात्रै होइन। जोसँग यो घटना भयो, ती महिला कथित तल्लो समुदायकी हुनु नै यसको मुख्य कारण हो। कथित तल्लो जातिका मानिसलाई उसको जातकै आधारमा अपराधी करार गरिन्छ। ‘तल्ला भनिने जातका मान्छेहरूले कथित उच्च जात र धनाढ्य परिवारलाई फसाउँछन् र व्ल्याकमेलिङ गर्छन्’ भन्ने मानसिकताका कारण यस्ता अपराधहरूलाई सामान्यीकरण गर्ने गरिन्छ।

    यदि तपाईँ आज पनि कुनै ईँटाभट्टा वा अरु कुनै स्थानका मजदुरहरूलाई नियाल्नुहुन्छ भने त्यहाँ कुन हदमा यौनजन्य अपराध हुन्छ भन्ने कुरा महशुस गर्नुहुन्छ। यसखालका अपराधलाई सहेर बस्नु मजदुर वर्गका महिलाहरूको बाध्यता हो। भोकको बाध्यताले मानिस जस्तैसुकै शोषणलाई पनि सहेर बसेको हुन्छ। ‘करेक्टिभ रेप’ र यौन अपराधलाई रोक्नका लागि सबैभन्दा पहिले बलात्कारकाविरुद्धका जोशिला नाराहरूलाई व्यवहारमा उतार्नुपर्छ। यी नाराहरू सुन्नमा जति सतही लागेपनि त्यसको व्यवहारिक असर उति नै गहिरो हुन्छ।

    राजनीतिक ढाकछोप

    उत्तर–पूर्वी राज्यमा राजनीतिक वर्चस्व कायम राखिरहनका लागि बलात्कारको प्रयोग गर्ने गरेका उदाहरणहरू छन्। मीनाक्षी नामक एक महिलाले वामपन्थी पार्टी छोडेर भाजपामा सामेल भएपछि उनलाई वामपन्थीका कार्यकर्ताले बलात्कार गरे। महिलाको सशक्तीकरणकै लागि ठूल्ठूला नारा लगाउने वाम पार्टीले पछि बलात्कारीको बचाउसमेत गरे। र, यता भाजपाका नेता तथा कार्यकर्ता भने सहानुभूति जनाउँदै, फोटो खिचाउँदै र आफ्नो राजनीतिक स्वार्थ सिद्ध गरेर महिलाहिंसा विरुद्धको मुद्दालाई किनारामा पारिदिन्छन्।

    वास्तवमा समाजले प्रभावकारी राजनीतिको अपेक्षा गरेको हुन्छ। तर दानपुण्यमा लागिरहने यो समाजलाई राजिया सुल्तानहरूले चुनौती दिइरहेका हुन्छन्। फलस्वरुपः उनको हत्या गरिन्छ या त द्रौपदीलाई जस्तै चीरहरण गरिन्छ, जसको रक्षा गर्न कुनै कृष्ण आउनेवाला छैन।
    गणेशन. एन. देवी लेख्छिन्, ‘जब कुनै समाजमा आर्थिक समृद्धि बढ्छ, त्यो समाजभित्र हिंसा पनि बढ्छ। उदाहरणका लागि, फ्रान्समा १९ औं शताब्दीमा ३०० प्रतिशत सम्म हिंसामा बढोत्तरी भएको थियो।’ तर भारतमा स्थिति अझै गम्भीर छ। भारतमा कुनै समाज आर्थिक र सामाजिक रुपबाट समृद्ध हुने कोशिस गरिरहेको हुन्छ भने त्यसै प्रक्रियाका दौरान हिंसा बढिरहेको हुन्छ। स्मरणीय छ, पारधी समुदायका मानिसलाई अंग्रेजहरूले जन्मजात अपराधी घोषित गरिदिएका थिए। यसलाई सन् १९५९ मा कानून बनाएर समाप्त गरियो।

    वर्चस्वशालीको दबदबा

    यसका बावजूद पनि घृणा, अफवाह र पूर्वाग्रहका कारण बेतुलजस्ता ठाउँमा प्रहरी, बीजेपी र कांग्रेसका नेता मिलेर सामूहिक बलात्कार गर्छन्। त्यसैले बलात्कारको मुख्य कारण जमीन र संसाधनमाथि कब्जाको मानसिकता पनि हो। यदि कुनै ठाउमा दलित, आदिवासी र कुनैपनि उपेक्षित समाजलाई वितरित जग्गा र सुविधामाथि कथित ठूला जाति वा विशेषाधिकार प्राप्त व्यक्तिले कब्जा गर्नुछ भने बलात्कारकै सहारा लिने गरेका उदाहरण पनि छन्।

    भारतमा स्त्री देहलाई एउटा यस्तो संसाधनका रुपमा हेरिन्छ, जब कुनैपनि समुदायको महिला वा किशोरीमाथि बलात्कार भयो भने इज्जतको नाममा त्यो पूरै समुदाय आफ्नो ठाउँ छोडेर अन्यत्र जान्छ भन्ने ध्येयले बलात्कारका घटना हुने गरेका छन्। यही ‘प्याटर्न’ भारत विभाजनको दौरान देखियो। विश्वमा पनि यसका उदाहरण धेरै छन्। नादिया मुरादले आफ्नो पुस्तक ‘द लास्ट गर्ल’ मा यजीदी जाति भएकै कारण कसरी इस्लामिक स्टेटले पूरै गाउँका पुरुषको हत्या गरेर जमीन हडप्छन् र महिलाहरूलाई ‘सेक्स स्लेव’को रूपमा बेचिन्छिन् भन्ने कुराको जीवन्त वर्णन गरेका छन्। इस्लामिक स्टेट यजीदी समुदायका मानिस नास्तिक हुन्छन् भन्ने कुरा विश्वास गर्छन्, त्यसैले यस समुदायका मानिसको हत्या गर्नु र यस समुदायका महिलाहरूमाथि बलात्कार गर्नु आफ्नो धर्म सम्झिछन्।

    पुरुषवादी व्यवस्थाले आफ्नो अहंकार र वर्चस्वलाई जोगाइराख्नका लागि महिला शरीरलाई माध्यम बनाउँछ। त्यसैले ‘आलोचनाका स्त्री पक्ष’ मा लेखक सुजाताले विस्तारमा बताएकि छिन्, ‘जब पितृसत्ताको निशानामा शरीर र यौनिकता नै छ भने यससम्बन्धी विमर्शमा पितृसत्ताको आपत्ति हुनु स्वभाविक हो।’ यसका साथै ‘बलात्कार र धर्म’, ‘बलात्कार र जाति’ र ‘बलात्कार र प्रशासनिक संस्थाहरू’लाई बलात्कार तथा महिलामाथि हिंसामाथि अध्ययनको विषय बनाइनुपर्छ।

    नीलम, जाहिरा (आशियाना रेप केस) र जोया घटनामा माथि उल्लिखित मुद्दा जोडिएका छन्। निलमका बलात्कारी बहुजन समाजवादी पार्टीका नेता हुन्, जसले आफ्नो शक्ति र ‘उच्च’ जातको आडमा आफ्नो छोरीको उमेरको महिलालाई बलात्कार गरे। जाहिरालाई छ जनाले गुडिरहेको बसमा बलात्कार गरे। प्रहरीले पीडित महिलालाई नै बार–बार ‘आशियानावाला केटी’ भनेर कलंकित बनाएको छ। जोयालाई प्रहरीले नै उठाएर बलात्कार गरेको थियो र बलात्कारपछि झुण्ड्याइदियो, जसलाई आत्महत्या करार गरियो। घटनाको सत्यतथ्य बाहिर नआओस् भनेर पाँच लाख रुपैयाँको प्रलोभन देखाएर रिपोर्ट नै बदल्ने कोशिस पनि गरियो।

    यी तीनै केसमा जाति, राजनीति, धर्म र प्रशासनमा हावी भएको पितृसत्तात्मक मानसिकताले काम गरेको छ। लेखकले आफ्नो रिपोर्टिङ्ग बारम्बार यही कुरालाई प्रमाणित गर्ने कोशिस गरेकी छिन्। भारतीय समाजको सामाजशास्त्रीय दृष्टिकोण नै पितृसत्तात्मक यौनिक कुण्ठाबाट ग्रस्त रहेको उनको ठहर छ।

    त्यसैले अधिकांश संवैधानिक र गैरसंवैधानिक संस्थामा यौनिक हिंसा हुने गर्छ। सन् २००४ मा मणिपुर सेनाका जवानद्वारा गरिएको बलात्कारको विरोधमा महिलाहरूले ‘इन्डियन आर्मी कम एण्ड रेप अस’ ब्यानर बनाएर नांगो प्रदर्शन गरेका थिए। त्यससमय सेनाको नामबाटै आम जनता आहत हुने अवस्था थियो। समाजको मूल विचार नै स्त्रीभोग्या छ भन्ने कुरा आम मानिसले अझै पनि स्वीकार गरिसकेका छैनन्। तमाम लोकतान्त्रिक संस्थाहरूमा यही समाजका उही चिन्तन भएका मानिस कार्यरत छन्। त्यसैले कुनै पनि संस्थाका व्यक्तिले यौन हिंसाजन्य अपराध गर्नसक्छन्।

    भारतको प्रहरी विभागमा अहिले पनि ६ प्रतिशत भन्दा कम महिला छन्। यहाँ नीतूजस्ता प्रहरीहरू बलात्कृत हुन्छन्, तर पनि उनी चुप रहिरहन्छिन्। किनकि उनलाई प्रहरी विभागले त्यस प्रकारको प्रशिक्षण गराएन, जसरी एक पुरुष प्रहरीलाई गरिन्छ। उनका सहकर्मी नै उनलाई ‘चरित्रहीन’ भन्छन्।

    त्यसपछिका दिनमा पनि महिला कन्स्टेबल (महिला प्रहरी जवान)को आत्महत्याको खबरहरू आए, जसको मूल कारण यौनिक हिंसा नै हुन्, जुन उनका सिनियरबाटै भएको हुन्छ। सिनियर महिला अधिकारी समेत यौन हिंसाबाट पीडित हुन्छन्। समाजको सुरक्षाको जिम्मेवारी बोकेका प्रहरी नै आखिर किन यस प्रकारका हिंसा सहन्छन् ? उत्तर सहज छ, पुरुषवादी दबदबा।

    बालबालिका पनि सुरक्षित छैनन्

    बाल शोषणबाट हामी सबै परिचित छौं। यसका दोषी प्रायः परिवारकै सदस्य वा नजिकका व्यक्ति हुने गर्छन्। यस्तै जेलमा बन्दी बन्न पुगेका बालबालिकालाई प्रहरी वा सजाय भोगिरहेका अपराधीबाट हिंसा हुने गरेको छ। विद्यालयमा हुने बाल यौन हिंसामा प्रायः प्रिन्सिपल र मध्य आय वर्गका शिक्षकको सहभागिता हुन्छ। यस्तै एउटा केसमा बीएडको प्रशिक्षणका दौरान छात्राहरूले प्रिन्सिपलले अडियो कल गरेर अश्लील कुरा गर्ने गरेको बताएका थिए।

    बालबालिकामाथि हुने हिंसाका कारण उनीहरूलाई जोगाउनका लागि अब ‘गुड टच र ब्याड टच’ (कसैले कुन आसयले शरीरको अंग छुन्छ) भन्ने बारेमा नाटक गरेर सिकाउन हामी बाध्य छौँ। बालबालिका समेत यौनजन्य हिंसाको भयबाट ग्रसित हुनु भनेको यस आधुनिक र सभ्य समाजकै कलंक हो।

    भ्रुण हत्याको प्रभाव

    यस प्रकारले आदिवासी समुदायका किशोरी तथा महिलाहरू अपहरण, खरीद–बिक्री र जर्बजस्ती वेश्यावृत्तिको त्रासमा बसिरहनुपर्छ। यस कार्यमा दलालहरूको लामो नेटवर्क छ। यस जटिल प्रक्रियामा दक्षिण एशियाका विभिन्न सीमामा तैनाथ सुरक्षाकर्मीका अलावा नेता र लोकल दादाहरूसमेत सामेल हुन्छन्। यो कुरा लुइज ब्राउनले आफ्नो किताब ‘एशियाको सेक्स बजार’ मा विस्तारमा लेखेका छन्। गरिबी, बेरोजगारी र भोकबाट बेहाल मानिस आफ्नी छोरीलाई बाहिर पैसा कमाउनको उद्देश्यले पठाउँछन् र ती छोरीहरू कतै बेचिएको कुरा उनीहरूले पछि मात्रै थाहा पाउँछन्। कतिपय अभिभावक यस विषयमा जानकार भएर पनि मौन बस्छन्।

    सन् २००३ मा मनीष झा निर्देशित फिल्म ‘मातृभूमिः अ नेसन विथवाउट विमेन’मा भ्रुण हत्या र यसको दुष्प्रभावको विषय समेटिएको छ। यस फिल्ममा एउटा यस्तो क्षेत्र देखाइन्छ, जहाँ महिलाको जनसंख्या नै घट्दै गएको हुन्छ। एकजना महिला मात्रै बाँकी रहेकी हुन्छिन्, उनलाई पनि आफ्ना श्रीमान र ससुराले यौन शोषण गर्छन्।

    एकैछिन्, ‘भागना रेप केस’ र बदायूँमा १२ र १४ वर्षका किशोरीको बलात्कार गरेर आँपको रुखमा झण्ड्याइएको घटना सम्झौँ। यस्तै हाथरस केसलाई फर्केर हेर्ने हो भने महिलामाथि हिंसा र बलात्कारको विमर्शमा ‘जाति’ को मुद्दा पनि महत्वपूर्ण हुन्छ। अझ हाँस्यास्पद कुरा के छ भने, अदालतमा सहजै बताइन्छ कि १४ वर्षकी किशोरीले मध्यरातमा आँपको रुख चढेर आत्महत्या गरेकी हुन्। दुखको कुरो, राजनीतिक दलका नेता आश्वासन बाँड्छन्, तर एकपटक चुनाव जितेर गएपछि ती दलित र आदिवासीका झुपडीमा फर्किँदैनन्।

    हरियाणा घटनाकी पीडित बालिकाले भनेकी थिइन्, ‘म अझै पढ्न चाहन्छु, वकिल बन्न चाहन्छु, आफ्ना दुवै दिदीलाई पुलिस र डाक्टर बनेको हेर्न चाहन्छु।’ बलात्कारबाट जीवन समाप्त नहुने उनको मान्यता छ। यसैबीच मलाई लेखक कमला भासीनको भनाई याद आयो। उनले अमिर खानसँगको अन्तरवार्तामा भनेकि थिइन्, ‘कसले किन मेरो योनिमा इज्जत राखिदियो ? मैले त राखेको होइन । मेरो बलात्कार भयो भने इज्जत बलात्कारीको जानुपर्ने थियो।’ तर हाम्रो सोच त त्यस्तो छैन।

    ‘नो नेशन फर विमन’ साधारण भन्दा साधारण अंग्रेजी बुझ्ने पाठकका लागि पनि सहज छ। यस पुस्तकले पितृसत्ता र त्यसबाट हुने हिंसामाथि सोच्नका लागि बाध्य बनाउँछ। संवादात्मक शैलीमा रहेको यो पुस्तक पढ्दा पाठकलाई कुनै दृश्य विधामा पढिरहेको महशुस हुन्छ।

    यहाँ पीत पत्रकारिताको तह कतिसम्म छ भने बलात्कार जस्तो गम्भीर विषयका समाचार पनि टिआरपीको लालचमा सनसनीपूर्ण बनाइन्छ। राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरका मिडियामा महिलाहरूको सहभागिता कम भएकाले महिलाको विषयमा गाम्भीर्यता नदेखिएको हुनसक्छ। मिडियामा संलग्न महिलाले पनि पुरुषवादी मालिकको भाषा नै बोल्छन्। यस्तो अवस्थामा प्रियंका जस्ता फिल्ड रिपोर्टरले महिलाहरूको संघर्षलाई जमीनबाटै सिंचाई गरेर बलात्कारका विविध पक्षलाई अगाडि ल्याउनका लागि ६ वर्षसम्म संघर्ष गरिन्। यसका लागि उनी हामी सबैको प्रेरणाको स्रोत हुन्।

    सवलोग डट इनबाट नेपाल रिडर्सका लागि मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.