Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026
Saturday, June 27, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपाललाई भूजडित बनाउने राष्ट्रपति सीको भनाइमा राजनीति, कुटनीति, अर्थतन्त्र सबै छ-घनश्याम भूसाल

नेपाल रिडर्स नेपाल रिडर्स
कार्तिक ६, २०७६
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणका क्रममा भूपरिवेष्ठित नेपाललाई भूजडित बनाउने भनेर गरेको उद्घोष महत्त्वपूर्ण भएको नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका सांसद घनश्याम भूसालले बताएका छन्।

    काठमाडौंमा मदन भण्डारी अध्ययन केन्द्रद्वारा आयोजित ‘चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण: एक परिचर्चा’ कार्यक्रममा बोल्दै नेता भूसालले राष्ट्रपति सीको उक्त भनाइमा विश्व कुटनीति, अर्थतन्त्र र राजनीति सबै रहेको विश्लेषण सुनाए।

    नेता भूसालले उक्त कार्यक्रममा भने – “राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजना गरेको राजकीय भोजमा राष्ट्रपति सीले सबैभन्दा महत्त्वपूर्ण कुरा बोलेका थिए। उनले चीन नेपाललाई भूपरिवेष्ठितबाट भूजडित बनाउन चाहन्छ भन्ने कुरा राखेका थिए। राष्ट्रपति सीको त्यो भनाइमा राजनीति, कुटनीति, अर्थतन्त्र सबै छ। त्यो कुनै चीनको सामान्य व्यक्तिले भनेको होइन, राष्ट्रपतिले भनेको हो।

    नेपालको इतिहासमा नेपाल राष्ट्र जन्मेदेखि नै भूपरिवेष्ठित थियो कि भने जसरी पढाइन्छ। तर त्यो सत्य होइन। भलै त्रिभुवन विश्वविद्यालयको इतिहास विभाग धराशयी भइसकेको छ। नेपालको इतिहासमा मल्लकालसम्म नै कलकत्ता र तिब्बतलाई नाका बनाएर व्यापार हुन्थ्यो, यसको मतलब नेपाल भूजडित थियो भन्‍ने हो। सिक्किममा अंग्रेजहरूले कब्जा गरेपछि नेपाली अर्थतन्त्रको घाँटी समातिएको हो। त्यसपछि सन् १९२३ मा ब्रिटिस इन्डियासँग भएको सन्धिपछि नेपाल करिबकरिब उनीहरूको नियन्त्रण र खटनपटनमा चलेको थियो। नेपालको मन्त्रिपरिषदमा भारतको कर्मचारी बस्ने र राजाको एडिसी भारतीय नागरिक हुने भएपछि पनि गाह्रो भएको हो। भलै वि. सं. २०१५ सालमा त्यसलाई सच्याउने कोसिस भएको थियो। बिपी कोइराला, टंकप्रसाद आचार्य र राजा महेन्द्र शाहलगायतले भारतको दबदबालाई हटाउने प्रयास गरेका थिए। नेपालको शासन पद्धति अनौपचारिक रूपमा राणाकालमा ब्रिटिसको कब्जामा गएजस्तै प्रजातन्त्र आएपछि भारतको कब्जामा थियो। तत्कालिन नेपाली शासकहरूले भारतको सामू आफैं खुट्टा टेक्न र प्रतिरोध गर्न खोज्दा गाह्रो भएको थियो। भारतसँग नेपालका शासकले बेलाबेलामा लड्ने र जुट्ने क्रम जारी रह्यो। अहिले पनि दिल्लीले नेपाललाई इतिहासदेखि हाम्रो ‘त्वम् शरणम्’ गरेको र खटनपटनमा रहेको देश टाउको उठाउन खोज्नेहरु भन्ने दृष्टिकोणले हेर्छ। नेपाली जनता अहिले पनि हामी भारतभन्दा जेठो हो, सार्वभौम हो भन्ने धारणा राख्दछ। तर, अवस्था यस्तो पनि आयो कि हामी बिरामी भयौँ र अलि ठूलो रोग लागे उतै दिल्लीतिर जाने गर्न थाल्यौँ। राम्रो पद पाउन, सांसद हुन र आफ्नै पार्टीमा टिकट पाउनका लागि लैनचौर जाने गर्न थाले। भारतसामू कुनै बेला नेपालले घुँडा टेक्यो। कहिले खुट्टा टेक्दै प्रतिरोध गर्‍यो। संविधान बनाउने नेपाल र बन्‍न नदिने भारतसँगको सीधा लडाइँ भयो।

    यसबेला भारतले नेपाल विरुद्ध नाकाबन्दी गर्‍यो तर त्यो जनतासँगको सरोकारको कुरा थियो। भारतले नेपालमा नाकाबन्दी त पहिले पनि गरेको थियो तर यो पटक जनताले सरकारलाई खबरदारी गरेर मर्न तयार छौँ तर भारतसामू घुँडा नटेक भनेको थियो। नेपालमाथि भारतको नाकाबन्दीपछि भुजडित हुनुपर्छ भन्ने चेतना पनि नेपाली जनतामा र नेतामा बढेको थियो। भारतीयले जुन निर्ममताका साथ, भूकम्पले थिलथिलो भएको देशमाथि नाकाबन्दी लगायो त्यसले नेपाललाई चीनसँग जोडेको छ। नेपाललाई अप्ठेरो परेको अवस्थामा चीनले सहयोग गरेको हो। त्यसैले पनि चीनका राष्ट्रपतिले भनेको भूजडित भन्ने विषय महत्त्वपूर्ण हो।

    चीन विश्व शक्ति बन्द‌ैछ। भारत पनि शक्तिराष्ट्र बन्दैछ। यी दुई देशमा तानातानी छ र नेपाल यी दुईको बीचमा छ। यिनीहरू मिल्दा र टकराव हुँदा हामीलाई गाह्रो पर्छ। यिनीहरू मिल्दा के हुन्छ भन्ने लिपुलेक सम्झौता हेर्दा हुन्छ। यी दुई देशमा रंगरमाइलो छ। यिनीहरूले रमिता गर्दा हामी बीचमा गरिब हुने हौँ कि भन्‍ने लाग्छ। हाम्रो अवस्था धनी छिमेकीको बिहेमा नाच्दै गरेको गरिब बालकको जस्तो हुने हो कि भन्‍ने चिन्ता छ। हामीले चीन र भारतले देलान् र हाम्रो विकास होला, अलि चीनले देला अनि अलि भारतले देला र हामी समृद्ध हौँला भन्‍ने सोच्नु हुँदैन। कुनै पनि राष्ट्र आफ्ना कर्मले समृद्ध हुन्छ, वैभव हुन्छ र सकिन्छ पनि!

    राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा चीसँग गरेका सम्झौता कुनै पार्टीको वा कुनै गुटको सफलता होइन, मुलुकको सफलता हो। पार्टी नेत‌ृत्वले आदेश मात्रै गर्ने होइन। आदेश सधैं पालना हुन्‍नन्। हाम्रो पार्टीमा आदेश मात्रै हुन्छ। सहमति, छलफल भएन भने पार्टीको एकता अँध्यारो रातमा चुडिन्छ। त्यसैले पार्टी संचालन गर्नका लागि कार्यकर्ताबाट सहमति लिनुपर्छ।

    चीन अहिले विश्वको आर्थिक शक्ति राष्ट्र बनेको छ, ७० वर्षकै अन्तरालमा। त्यो प्रगतिबाट हाम्रा नेताले सिक्नुपर्छ। यो सँगै भारतसँग पनि सहमति, छलफल गर्नुपर्छ। औपचारिक तवरबाटै आउनुपर्ने बाटोमा भारतलाई ल्याउनुपर्छ। राष्ट्र बनाउन हाम्रा राजनीतिक दलहरूले नै भूमिका खेल्नुपर्छ। दलहरूले राम्रो भूमिका खेल्न सकेनन् भने गडबड सुरु हुन्छ। अझ जोड दिएर भन्छु कि हामी कतै धनी छिमेकीको बिहेमा नाच्‍ने बालक देखेर खुसी हुने त होइन! हामी व्यवस्थित हुन सक्नुपर्छ।’

    हेर्नुहोस् भिडियो –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.