Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्लेटो भन्थे–लोकतन्त्रबाटै तानाशाहहरू जन्मन्छन्

यस्तो अवस्थामा प्लेटोको मुख्य कुरा रहन्छ-‘उचित, विवेकपूर्ण र बुद्धिमानी निर्णय लिनुहोस्। मूल्यमान्यताले शासन गर्नुपर्छ, भावनाले होइन।’ठ्याक्कै, भावनामा त हामी जहाँ र जतासुकै पनि बहन सक्छौँ, तर मूल्य, मान्यता र विधीबाट शासन हुने हो भने धेरै कुरा ठीक हुन्छ।

nepal_readers nepal_readers
मंसिर १, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यदि तपाईँ समुद्रको बीचमा डुङ्गामा सयर गर्दै हुनुहुन्छ भने के गर्नुहुन्छ?

    १.तपाईँ डुङ्गा चलाउने तरिका छान्नकै लागि एउटा चुनाव गर्नुहुन्छ? २. अथवा डुङ्गामा कोही डुङ्गा चलाउन जान्ने व्यक्ति छन् कि भनेर तपाईँ खोज्नुहुन्छ?

    यदि तपाईं दोस्रो विकल्प रोज्नुहुन्छ भने, तपाईँ सायद विश्वास गर्नुहुन्छ कि यस्ता प्रकारका परिस्थितिहरूमा त्यस क्षेत्रको विशेषज्ञता सबैभन्दा महत्त्वपूर्ण छ। जन्म र मृत्युको गम्भीर अवस्थामा एक शिकारु व्यक्तिले अब त्यसपछि के गर्नुपर्ला भनेर अनुमान लगाओस् भन्ने कुरा तपाईँलाई पक्कै रुचीकर नलाग्ला।

    अब अलि फरक कुरा गरौँः एउटा ठुलो डुङ्गा, जसलाई राज्य भनिन्छ, त्यसलाई चलाउनेहरूका बारेमा चाहिँ तपाईँ के सोच्नुहुन्छ? निर्वाचनबाट नेता तय गर्नुको सट्टा राज्यको नेतृत्व गर्न अनुभवी व्यक्ति खोज्नु राम्रो होइन र?

    यो कुरा एथेन्सका दार्शनिक प्लेटोले गरेका थिए। लोकतन्त्रको आधारभूमि भनिने एथेन्सका दार्शनिक प्लेटोले आजभन्दा २४०० वर्ष पहिले नै आफ्नो पुस्तक ‘द रिपब्लिक’को छैटौँ अध्यायमा गरेका/लेखेका थिए। न्याय, मानव प्रकृति, शिक्षा र पुण्यजस्ता विषयहरूमा यो सबैभन्दा पहिलो र प्रभावशाली पुस्तक हो।

    यस पुस्तकमा सरकार र राजनीतिको पनि चर्चा गरिएको छ। कुराकानीको रूपमा लेखिएको यो पुस्तकमा सोक्रेटस, प्लेटो र उनीहरूका साथीहरूबीच राज्यसत्ताका बारेमा गरिएको कुराकानी समावेश छ। गुरु र चेलाबीचको कुराकानीमा यो बताइएको छ कि एउटा सरकार अर्कोभन्दा राम्रो किन हुने गर्छ?

    यस पुस्तकमा प्रजातन्त्रप्रतिको उनको दृष्टिकोण प्रष्ट देखिन्छ। ग्रीक भाषामा उनको पुस्तकमा लेखिएको छ, ‘निर्णय गर्ने कुरामा जनताको सरकार उपयोगी छैन।’ उम्मेदवारको रुपरङ्गजस्ता अप्रासंगिक चीजहरूले समेत मतदाताहरूलाई प्रभावित गर्न सक्ने भएकाले प्लेटोले मतादानको विषयलाई जोखिमयुक्त ठाने। प्लेटो ठान्दथे कि शासन चलाउनदेखि सरकार चलाउनका लागि कति दक्षता र क्षमता चाहिन्छ भन्ने कुरा जनताले बुझ्न सक्दैनन्।

    दार्शनिक नाइजल वारबर्टनले पनि बीबीसीको हिस्ट्री अफ आइडियाज शृङ्खलामा उल्लेख गरेका थिए, ‘प्लेटो सत्ताको शीर्ष स्थानमा हुने व्यक्तिहरू विशेष रूपमा प्रशिक्षित दार्शनिकहरू हुनुपर्छ भन्ठान्थे। त्यस्ता मान्छेहरूको चयन तिनीहरूको इमानदारी र वास्तविकताको गहिरो बुझाई (सामान्य मानिसहरू भन्दा केही धेरै बुझाई) को आधारमा चयन गर्नुपर्छ भन्ने दृष्टिकोण राख्थे प्लेटो।’

    सत्ताको स्वरूप

    यस प्रकारको सरकारको स्वरूप एरिस्टोक्रेसी (अभिजात्य वर्गको शासन) थियो, जसको ग्रीक भाषामा अर्थ हुन्छ, ‘सर्वश्रेष्ठ मानिसहरूको सरकार।’ यस संरचनामा केही व्यक्तिहरू आफ्नो सम्पूर्ण जीवन नै नेता बन्नका लागि तयारी गर्छन्। र, यिनीहरूमाथि गणतन्त्र चलाउने ठूलो जिम्मेवारी हुन्छ ताकि यिनीहरूले समाजको लागि बुद्धिमानीपूर्वक सही निर्णय लिन सकून्।

    बीबीसी आइडियाज कार्यक्रममा सामेल भएका दार्शनिक लिन्डसे पोर्टर भन्छिन्, ‘यद्यपि, उनका विचारहरू निसन्देह विशेष थिए। प्लेटो विश्वास गर्थे कि यी कुलिनहरूले निस्वार्थ र बुद्धिमानीपूर्वक नै शासन गर्नेछन्।’ तर, प्लेटोको त्यस्तो आदर्श कल्पना सधैँजसो पतनको छेउमा उभिएको हुन्छ।

    पोर्टर भन्छिन्, “उनीहरूलाई डर थियो कि शिक्षित र बौद्धिक मानिसका छोराछोरीहरू आराम र विशेषाधिकारको कारणले अन्ततः भ्रष्ट हुन जान्छन्। तिनीहरूले आफ्नो सम्पत्तिलाई कुलीन वर्ग (सीमित संख्याका मानिसहरूमा निहित शक्ति भएको सरकार) बनाउनेबारे मात्रै सोच्ने गर्छन्। र, र, त्यस्तो सरकार आखिर ओलिगार्कीमा परिणत हुन्छ। ओलीगार्कीको ग्रीक अर्थ हो, ‘केही सिमित व्यक्तिको’ शासन हो।

    यस्ता धनी र क्षुद्र शासकहरू बजेटको सन्तुलनका बारेमा ज्यादा चिन्तित हुन्छन्। जसका कारण यिनीहरू बचत गर्ने कुरामा जोड दिइन्छ र त्यसले अन्ततः असमानता बढाउनेछ। प्लेटो लेख्छन्, ‘जब धनी अझै धनी हुँदै जान्छ, उसले थप सम्पत्ति थुपार्नेबारे विचार गर्छ र जीवनका मूल्यहरूका बारेमा कम सोच्नेछ।’

    समाजमा असमानता बढ्दै जाँदा अशिक्षित गरिबहरूको संख्या धनीभन्दा बढी हुन थाल्छ। र, अन्ततः कुलीन वर्गको शक्ति समाप्त हुन्छ र राज्य लोकतन्त्रमा परिणत हुन्छ। प्रजातन्त्रको गुणगान सुन्न बानी बसाल्नेहरूका लागि प्रजातन्त्र, कुलीन र कुलीनतापछि सरकारको तेस्रो व्यवस्था हो भन्ने सुन्दा अलि अनौठो लाग्छ ।

    यति मात्र होइन, ‘रिपब्लिकन’मा प्लेटोको दिमागबाट उब्जिएका सोक्रेटस इसारा गर्छन् कि ‘प्रजातन्त्र अराजकताको एक सुखद रूप हो’ र यो शासनव्यवस्था पनि आफ्नो विरोधाभासका कारणले अन्ततः अन्य शासन व्यवस्थाहरूजस्तै नाश भएर जान्छ। र, जसरी कुलीन वर्गबाट कुलीनता(मुठ्ठीभरको शासन)को उदय भयो, त्यसैगरी लोकतन्त्र (जनताको शासन) बाटै निरंकुशता सिर्जना पनि हुनजान्छ।

    यसको खास कारण के हो भने जब मानिसहरु सम्पत्ति प्राप्तिको निर्मम दौडमा लाग्छन्, समाजमा समानताको माग उठ्छ। समानताको एक खालको भोक पैदा हुन्छ। र, त्यसैगरी कहिल्यै अतृप्त हुने स्वतन्त्रताको तिर्खाले फेरि निरंकुशताको माग पैदा गर्छ।

    अधिक स्वतन्त्रता

    यो त्यस्तो विचार हो, जसलाई स्वीकार गर्न धेरै गाह्रो छ। कुरा के छ भने जब मान्छेहरू स्वतन्त्रता प्राप्त गर्छन्, तिनीहरू अझै थप स्वतन्त्रता चाहन्छन्। यदि कुनै पनि हालतमा स्वतन्त्रता नै लक्ष्य हो भने, स्वतन्त्रताको अधिकताले गुट र विचारको भिन्नतालाई जन्म दिन्छ। यिनीहरूमध्ये धेरैजसोमा संकीर्ण स्वार्थका हुने भएका कारण यिनीहरू अरु केही देख्दैनन्।

    यस्तो अवस्थामा जो नेता बन्न चाहन्छ, उसले त्यस्ता गुट र समूहहरूलाई सन्तुष्ट पार्नुपर्छ। तिनीहरूको भावनाको ख्याल राख्नुपर्छ। र, यो अवस्था नै कुनै पनि तानाशाह फस्टाउने अवस्था हो। किनभने उसले लोकतन्त्रलाई नियन्त्रण गर्न जनतालाई भ्रमित गर्छ। यति मात्र होइन, असीम स्वतन्त्रताले एक प्रकारले उन्मादपूर्ण भीडलाई जन्म दिन्छ। यस्तो हुँदा शासकप्रति जनताको विश्वास कम हुन्छ। मानिसहरू चिन्तित हुन थाल्छन्। र, जनताहरूको त्रास र चिन्तालाई पाल्ने पोषण गर्ने तथा आफूलाई उनीहरूको संरक्षकको रूपमा प्रस्तुत गर्ने व्यक्तिलाई उनीहरूले समर्थन दिन्छन्।

    यद्यपि, प्राचीन एथेन्समा प्रत्यक्ष नै प्रजातन्त्र थियो। यस्तो अवस्थामा त्यहाँका मतदाताले लगभग सबै विषयमा मतदानमा हुने गर्थ्यो। कहिल्यै अन्त्य नहुने जनमत संग्रह जस्तै थियो यो। दार्शनिक लिन्डसे पोर्टर भन्छन्, ‘आज धेरै संस्थाहरू छन्, जुन प्लेटोको युगमा थिएनन्–प्रतिनिधिमूलक लोकतन्त्र, सर्वोच्च अदालत, मानवअधिकार कानून र विश्वव्यापी शिक्षा। अव्यावहारिक भीडको शासन नियन्त्रण गर्ने रक्षा उपकरणहरू हुन् यी।’

    तर, हालैका वर्षहरूमा डोनाल्ड ट्रम्पजस्ता उदण्ड र तानाशाही नेताहरूको उदयले ‘रिपब्लिक’ को चेतावनीलाई फेरि महत्त्वपूर्ण बनाएको छ। धेरै विश्लेषकहरू र राजनीतिक टिप्पणीकारहरू यस्तै मत राख्छन्। जस्तो कि एन्ड्रयू सुलिवान, जसले बीबीसी न्यूजनाइट कार्यक्रममा प्लेटोको विचारहरू प्रस्तुत गरेका थिए।

    प्लेटोलाई केन्द्रमा राख्दै उनी भन्छन्–त्यस्ता नेताहरू ‘सामान्यतः उच्च वर्गबाट आउँछन् तर वर्तमान समयसँग तालमेल राख्छन्। तिनीहरूले आज्ञाकारी भीडमाथि अधिकार जमाउँछन् र त्यो भीडमा भएकाहरूमध्ये धनी मान्छेहरूलाई भ्रष्टाचारी भन्न थाल्छन्।’

    ‘आखिरमा, यस्ता नेता एक्लै उभिन्छन् र लोकतन्त्रको असुरक्षामा डुबेका, भ्रम/अलमलमा परेका र असुरक्षामा डुबेकाहरूलाई अनगिन्ती विकल्पहरूमध्येबाट छनोट गर्ने एउटा स्वतन्त्रता दिन्छन्। यस्तो मान्छेले आफूलाई हरेक समस्याको समाधानको रूपमा चिनाउँछ। र, जनताले त्यस्तो मान्छेलाई नै सबै कुराको समाधान ठान्दै उत्तेजित हुन्छन्, अनि यस्तो स्वैच्छिक लोकतन्त्रले आफैँलाई हतारमा समाप्त गर्छ।’

    तर अर्को कुरा पनि छ। दार्शनिक पोर्टर कुनै अर्को कुरालाई समेत ख्याल गर्नुपर्छ भन्छन्। यद्यपि, कुलिनहरूद्वारा शासित हुने विचारको मर्म हुन्छ कि समाजलाई त्यस्ता मान्छेहरूले शासन गरुन्, जो व्याख्या गर्नै नमिल्ने सुख (भौतिक सुख) टाढा रहुन्। यस्तो आदर्श नेतृत्व भ्रष्ट चरित्रको हुँदैन र कुलिन परिवारमा पाएको शिक्षाका कारण यस्ता मान्छेहरूले राम्रो र वुद्धिमान निर्णयमात्रै गर्ने गर्छ।

    तर तिनै कुलिनहरू लगातार स्वयंलाई सोध्छन्, ‘सबैभन्दा उचित, विवेकपूर्ण कदम भनेको के हो?’ भन्नुको मतलव यिनीहरू आफैँमा भुलभुलैयामा छन्। यस्तो अवस्थामा प्लेटोको मुख्य कुरा रहन्छ– ‘उचित, विवेकपूर्ण र बुद्धिमानी निर्णय लिनुहोस्। मूल्यमान्यताले शासन गर्नुपर्छ, भावनाले होइन।’ठ्याक्कै, भावनामा त हामी जहाँ र जतासुकै पनि बहन सक्छौँ, तर मूल्य, मान्यता र विधीबाट शासन हुने हो भने धेरै कुरा ठीक हुन्छ।

    -बिबिसी हिन्दीबाट नेपाल रिडर्सको अनुवाद

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.