Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

प्रेमचन्दले आफ्नो लेखनका माध्यमबाट पितृसत्ताको जंजीरहरूमा कैद रहेका महिलाहरूको स्थितिको चित्र कोरेका छन् र त्यही साहित्यमार्फत प्रश्न गरेका छन्, 'के महिला एक्लै पार्कमा सुत्नु हुँदैन र?'

पूजा राठी पूजा राठी
असार ११, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कल्पना गर्नुहोस् त, यदि तपाईँले कुनै पार्कमा एउटी युवती निस्फक्री र निर्धक्क सुतिरेहेको देख्नुभयो भने तपाईँको मनमा कस्तो विचार आउला? या यसो पनि भन्न सकियो, ‘तपाईँ आफू महिला हुनुहुन्छ भने बिना संकोच, डर र धक नमानी पार्कमा सुत्न सक्नु हुन्छ?’

    करिब एक शताब्दी अघि प्रसिद्ध लेखक मुन्सी प्रेमचन्द (सन् १८८०–१९३६) ले सार्वजनिक स्थलमा यस्तै ‘अस्वभाविक’ देखिने महिलामाथि मानिसहरूको मनोदशालाई लिएर एउटा कथा रचना गरेका छन्। हिन्दी साहित्यमा पछाडि पारिएका र बोल्न वा विद्रोह नसक्नेहरूका आवाज र स्वाधीनतालाई लिएर कलम चलाउने लेखक मानिन्छन् प्रेमचन्द। उनी आफ्नो समयभन्दा यति अगाडि गएर लेख्छन् कि उनका कतिपय साहित्यहरू आजका दिनमा पनि उत्तिकै सान्दर्भिक लाग्छन्। तिनै कालजयी रचनामध्ये एउटा कथा हो : ‘मनोवृत्ति’। ‘मानसरोवर भाग १’ मा प्रकाशित कथा ‘मनोवृत्ति’ मा उनले महिला र पुरुषलाई हेर्ने दृष्टिकोणलाई जसरी उतारेका छन्, त्यो अवस्था आज पनि ज्यूँका त्यूँ छ।

    एउटा शहरबीचको बँगैचामा मस्त निन्द्रामा सुतेकी महिलामाथि गरिने टिप्पणी तथा संवादका माध्यमबाट प्रेमचन्दले समाजमा महिलामाथिको दृष्टिकोणलाई यस कथामा चित्रित गरेका छन्। कहानीको मुख्य भूमिकामा एक अनाम युवती हुन्छिन्। ती अनाम युवती बिहानको समयमा व्यस्त शहरको पार्कको एक बेन्चमा निस्फिक्री सुतिरहेकी हुन्छिन्। उनलाई देखेर विभिन्न उमेर समूहका पुरुष र महिलाहरूले गर्ने कल्पना, अड्कलबाजी र संवाद नै मनोवृत्तिको सार हो। एउटा पुरुष पार्कमा गएर जसरी पनि बस्न र सुत्न सक्छ तर महिलाहरूको हिँडाई, बसाई, सुताई र तिनका हरेक गतिविधि एउटा निश्चित मापदण्डभित्र रहनुपर्छ भन्ने सामाजिक मान्यताका बीच कथामा उनले चित्रण गरेको प्रमुख पात्रले आम मानिसको मनोवृत्तिमा भूईँचालो नै ल्याइदिन्छ।

    पुरुषका लागि एक महिलाको पूरै पहिचान उनको ‘चरित्र’मा मात्रै केन्द्रित हुन्छ भन्ने कुरालाई प्रेमचन्दले कथामा स्पष्ट कोरेका छन्। मानिसका रुपमा महिलाको पूरै अस्तित्वलाई नकार्छ पुरुष। कतिपय साहित्यहरूले महिलालाई शरीरमा मात्रै सीमित राखेका हुन्छन्। महिलालाई सौन्दर्य, लज्जा, धैर्यता, संस्कारी र देवी आदिको प्रतिकका रुपमा उतारिन्छ। यस्ता साहित्यहरूका बीचमा प्रेमचन्दले समाजको कल्पनाभन्दा फरक दृश्यलाई ल्याएर आम मानिसको मनोवृत्तिमाथि प्रश्न गरेका छन्।

    कथाको सुरुवात एक सुन्दर अनाम युवतीबाट हुन्छ। उनी बिहानको समय गान्धी पार्कको एउटा बेन्चमा निर्धक्क सुतिरहेकी हुन्छिन्। यो दक्षिणी एसियाली संस्कृतिको ‘सभ्य’ समाजलाई चुनौती दिनेखालको दृश्य थियो त्यो। किनकि महिलालाई आज पनि पार्कमा सुत्न वर्जित छ। महिलाको त्यस अवस्थालाई देखेर पार्कमा घुम्न मानिसहरूको मनमा जुन विचार आउँछ, त्यसले समाजको मन मनमा रहेका महिलाहरू प्रति रुढीवादी सोचलाई प्रतिनिधित्व गरेको छ।

    पार्कमा सुतिरहेकी युवती देखेर सबैभन्दा पहिले एउटा युवक मुस्कुराउँछ। त्यस दृश्यले सुरुमा उभित्रको ‘संस्कार’रुपी मनस्थितिमा धक्का पुग्छ। लगत्तै उ आफूभित्रको पुरुषत्वलाई छिपाउन सक्दैन र युवतीलाई भोग गर्ने कल्पनामा लिन हुन पुग्छ। ती अनाम युवतीलाई देखेर तीनवटा वर्गबाट प्राप्त प्रतिक्रियाहरूलाई कथामा देखाइएको छ। ती तीन वर्गले फरक–फरक संवाद गरेपनि ती सबैमा एउटा साझा अनुमानले स्थान पाएको हुन्छ। ती तीनै वर्गहरूले आपसमा गरेका संवादमा उनी वेश्या भएको चर्चा हुन्छ। कथामा समाजमा यदि कुनै महिला वा केटी पुरुषद्वारा बनाइएको नियमभन्दा बाहिर गएर व्यवहार गर्छिन् भने उनलाई कसरी ‘चरित्रहिन’ करार गरिन्छ भन्ने कुरा देखाइएको छ। उनलाई संस्कारहीन भनिन्छ र उनलाई केवल एक यौन–वस्तुका रूपमा देखाइन्छ।

    कथामा सुतिरहेकी युवतीलाई देखेर दुई वृद्धहरूबीचको संवाद यस्तो छ ः एकजनाले भन्छन् ‘कुनै राम्रै घरकी छोरी होलिन्।’ त्यसैमा अर्काले थप्छ, ‘यो त वेश्या हो, तपाईँ यति पनि बुझ्नुहुन्न?’ संवाद अघि बढ्दै जाने क्रममा उनीहरूमध्ये एकजना भन्छन्, ‘उनी यसरी सुतेकी छिन् कि उनको अंग–विन्यास, तितरवितर कपाल र खाली गर्धन देखेर कसैले छाती पिटेर उनीमाथि दावि गरुन्। यसरी उनी कसैलाई आफूतिर बोलाइरहेकी छिन्।’ उनको संवादहरूबाट प्रष्ट छ, महिला चाहे जुनसुकै उमेरका हुन्, पुरुषका लागि महिलाको अस्तित्व महिलाको शरीरसम्म मात्रै सीमित छ र हरेक स्थितिमा महिलामाथि आफ्नो अधिपत्यको दाबी गर्छ।

    कहानीको अन्तिम संवादको भागमा पार्कमा घुम्न आएका महिलाहरू जब सुतिरहेकी युवतीलाई देख्छन्, तब उनीहरू पितृसत्ताले बनाएको ‘असल महिला’ को मापदण्डका भाष्यहरूको रटान लगाउँदै ती युवतीलाई धिक्कार्न थाल्छन्। उनीहरू महिलाको स्वतन्त्रतामाथि प्रश्न खडा गर्दै अघिल्ला पुरुषहरूले गरकै कुराकानी दोहोर्याउने काम गर्छन्। ‘आधुनिक भएपनि महिलाहरू आफ्नो दायरामा रहनुपर्छ’ भन्ने कुरामा ती महिलाहरू महिला स्वतन्त्रताकै विरुद्ध देखिन्छन्। त्यहाँ आइपुगेका दुई महिलामध्ये एकले भनेकी हुन्छिन्, ‘म महिलामाथिको पर्दा चाहन्नँ, पुरुषको दासत्व चाहन्नँ। तर महिलामा जुन गौरवशीलता र सलज्जता हुनुपर्छ, त्यसलाई पनि छोड्दिनँ। मैले कुनै युवतीलाई सडकमा चुरोट पिउँदै गरेको देखेँ भने मेरो शरीरमा आगो बल्छ। के हामीले आफ्नो धर्म र आफ्नो लज्जालाई त्याग्दैमा हामी फरवार्ड छौँ भन्ने कुरा प्रमाणित हुन्छ र?’

    कथामा पुरुषहरूले आफ्नो संवादमार्फत महिलाहरूको स्वाधीनतालाई गलत ठहर्याउँछन्। आधुनिकताको नाममा महिलाहरू स्वतन्त्र हुनु गलत भएको टिप्पणी गर्छन्। फेरि, उनीहरू स्वतन्त्र भएर हिँड्न खोज्ने महिलामाथि आफूहरुको अधिकार रहेको संकेत पनि गर्छन्। कथामा महिलाको सामाजिक र सार्वजनिक स्थितिको काल्पनिकतालाई दर्शाएर आम मानिसको सोचलाई अगाडि ल्याइएको छ। समाजको संरचनामा पुरुषको अधिपत्य कुनै न कुनै प्रकारले गडेर बसेको छ भन्ने कुरा दुई युवा र दुई महिलाहरूबीच आपसमा भएको संवादबाट बुझ्न सकिन्छ।

    पार्क पुरुषका लागि स्वतन्त्रता र मनोरञ्जनको स्थल हो। तर, त्यही ठाउँमा एउटी महिला त्यसरी खुलेर बस्न सक्दिनन्। सडक तथा पार्कजस्ता सार्वजनिक स्थलमा महिलाहरू पितृसत्ताले बनाएकै नियमभित्र रहेर हिँडडुल गर्नुपर्छ भन्ने आज पनि छ। र, त्यस्तो रुढीग्रस्त मान्यतालाई लेखक प्रेमचन्दले वर्षौँअघि दर्शाएका थिए। यदि सार्वजनकि स्थलमा महिलाहरू निश्चित मापदण्डमा रहँदैनन् भने तिनलाई कसरी ‘चरित्रहिन’को ट्याग लगाइन्छ भन्ने कुरा कथामार्फत उनले उल्लेख गरेका छन्।

    मनोवृत्ति कथामा प्रेमचन्दले महिलालाई सार्वजनिक स्थलमा महिला सुतिरहेको दृश्य देखाएर महिला स्वधिनताको प्रश्न उठाएका थिए। यो अवस्था र यसमाथिको प्रश्न आज पनि हाम्रो समाजमा विद्यमान छ। कथामा देखाइएको महिलाहरूको गतिशीलतामाथि गरिएका प्रश्न र मनोवृत्ति वर्तमानमा पनि जस्ताको तस्तै छ। प्रेमचन्दले आफ्नो लेखनका माध्यमबाट पितृसत्ताको जंजीरहरूमा कैद रहेका महिलाहरूको स्थितिको चित्र कोरेका छन् र त्यही साहित्यमार्फत प्रश्न गरेका छन्, ‘के महिला एक्लै पार्कमा सुत्नु हुँदैन र?’

    यति लेखिपछिको कथाको उपसंहारमा के छ भनेर पाठकलाई जानकारी दिउँ। खासमा ती युवती रिंगटा लागेर, आफूलाई सम्हाल्न नसकेर पार्कमा पल्टिरहेकी थिइन्।

    नेपाल रिडर्सका लागि फेमिनिजम् इन इन्डियाबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पूजा राठी

      पूजा राठी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.