Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

गणेश विश्वकर्मा गणेश विश्वकर्मा
भदौ १०, २०७७
- यो हप्ता, विचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भूमि भनेको प्रकृतिको निशुल्क हो भन्ने मान्यता छ । नेपाली समाजमा व्यक्ति, परिवार र समुदायको राजनीतिक, आर्थिक र सामाजिक हैसियत निर्माणको मुख्य श्रोत भूमि हो । तर दलित समुदायको भने भूमिका नाममा सृजना भएको असमनाताको अन्त्य अनिवार्य मुद्दा हो । विभिन्न मितिमा गठन भएका दर्जन बढी भूमि आयोगहरुले जमिन्दारलाई जमिन लुकाउने उपायसहितको सूचना दिने काम गरेको अनुभव छ । भूमिअधिकार भनेको केवल कसैको जमिन खोसेर अर्कोलाई वितरण गर्ने मात्र होइन । राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणसहित भूमिमा भएको अन्तरविरोधको हल गर्ने प्रश्न हो । त्यसैले, घटदो भूमिमा अश्रित जनसख्याको घट्दो क्रम उत्पादकत्व, र सीमित जमिनको क्षेत्रफलको अवस्थामा सुधार ल्याउन गरिने कृषिसुधारसहितको भूमिव्यवस्थापन नै आजको प्रथम काम हो । जमिनमा आधारित सामन्तवादको अवशेषको अन्त्यका लागि यसका आर्थिक आधार भत्काउने सबभन्दा बलियो हतियार भनेको भूमिमा रहेको विभेदकारी सम्बन्धको हल गर्नु हो । जसले नेपाली समाजमा विद्यमान धनी र गरीब, दलित र गैरदलित, महिला र पुरुष, मधेश र पहाड, सुगम र दुर्गम बीचको लामो समयदेखि समाधान हुन बाँकी रहेको अन्तरविरोधको हल गर्ने मेलो शुभारम्भ हुनेछ । जसका लागि निम्न कामहरु गर्न अनिवार्य छ ।

    हरवाचरवा मुक्तिको घोषणा र पुनःस्थापना एकसाथ
    नेपाली समाजको मुक्त हुन बाँकी भूमिश्रमसंग जोडिएको सवाल हरवाचरवा हो । पश्चिम नेपालको हलिया जस्तै श्रममा बाँचेको हरवाचरवाप्रथा एक्काइसौं शताब्दी मात्र होइन कम्यूनिष्ट सरकार भएको बेला पनि अस्तित्वमा रहनु लाजमर्दौ कुरा हो । हरवाचरवामाथि राज्यको संरक्षणमा लामो समयदेखि अन्याय भएकोले तत्काल मुक्तिको घोषणा गरी पुनःस्थापनाको एकीकृत प्याकेज बनाइनुपर्दछ । नेपाली समाजकै सबैभन्दा दासत्वपूर्ण प्रथामध्ये खराब र अन्तिम अवशेष भएकोले हरवाचरवा, राजनीतिक दलका प्रपितनीधि र हरवाचरवाप्रतिनीधि भएको शक्तिशाली आयोग गठन गर्ने र प्रक्रिया अगिाडि बढाउने । हरवाचरवाको सस्तो श्रमबाट रमाएको मध्यमवर्ग आजका पार्टीहरु, व्यापारी, कर्मचारी आदि ठाउँमा भएकोेले पार्टीहरुरुले आफ्नो सरोकारको विषय बनाउँदै समग्र सामाजिक जागरणको विषय बनाइनुवपर्दछ ।

    दलितको परम्परागत पेशाको औधोगिकीकरण
    नेपालको संविधानले समेत सुनिश्चित गरेको यो सवाललाई व्यहारमा उतार्न रोजगारी, भूमि र परम्पराका नाममा थोपरिएका कुप्रथाको अन्त्य गर्दै औदोगिकीकरणमा जानुपर्दछ । हालसम्म दलितहरुको जीविकोपार्जनको प्रमुख स्रोत भनेको नै परम्परागत पेशा हो । आफ्नो जातीगत पेशालाई त्याग्नू र अपनाउनुको पछाडी रहेको कारण अमर्यादा र विभेद नै हो । यसका अतिरिक्त दलितहरुको जातीगत पेशा र उनीहरुको सामाजिक, आर्थिक स्थिति र आत्मसम्मानको बीच अन्तर सम्वन्ध रहेको छ । विश्वकर्मा, परियार र मिजारहरुलगायतका दलितहरुले आफ्नो जातीगत पेशाको माध्यमबाट समाजलाई सेवा पु¥याइरहे तापनि सामाजिक संस्कारले गर्दा यिनीहरुको योगदानको अवमुल्यन भइरहेको छ । शीप, दक्षता र कलाले भरिपूर्ण दलितहरुको पेशा लोप हुनु भनेको राष्ट्रको गरिमा पनि हराएर जानु हो । यस्ता शीप कलालाई जीवित राख्ने कार्य सरकारको पनि दायित्व हो ।

    दलितका व्यवसायिक पेशामा अग्राधिकार
    बढ्दो आधुनिक उद्योगधन्दा र कलकारखानाले दलितहरुको पेशालाई विस्थापित मात्र गरेको नभइ जीविकोपार्जनमा समेत नकरात्मक असर गरेको छ । फलामको काम गर्ने विश्वकर्माहरुको पेशालाई फलाम तथा स्टीलका भाडाँकुडाँ र औजारहरु तथा धातु सम्वन्धी उद्योग धन्दा र कलकारखानाले, परियारको लुगा सिउने पेशालाई सस्ता तयारी पोशाक उत्पादन गर्ने उद्योगले र मिजारको छालाको कामलाई छाला जुत्ता कारखाना र छाला प्रशोधित उद्योगले विस्तापित गरेको छ । त्यस्तै गन्धर्वहरुको गीत गाँउने तथा सुचना सम्प्रेषण गरि जिविकोपार्जन गर्ने कार्यलाई विभिन्न संचार माध्ययमले विस्थापति गरेको छ । धातुको सामाग्री, लुगाको काम र छालाको काम दलितहरुको मौलिक पेशा भएको र नेपालको हकमा यी पेशाका जन्मदाता नै दलितहरु भएको हुदा र उनीहरुको उक्त पेशालाई उद्योग कलकारखानाले विस्थापित गरेको हुदा प्रतिलिपि अधिकारस्वरुप वार्षिक केही रकम दलितहरुलाई क्षतिपूर्तिकोरुपमा उपलब्ध गराउनपर्ने र सो रकम दलितको उत्थानको लागि खर्च गर्नु पर्दछ । र पेशामा अगधिकार दिनुपर्दछ ।

    बालिघरे प्रथाको अन्त्य र न्यायपूर्ण श्रममा रुपान्तरण
    बालीघरे प्रथा नेपालमा प्राचीन सयमदेखि नै चल्दै आएको वस्तु विनिमयसंग सम्वन्धित प्रथा हो । यस प्रथामा काम गरेवापत श्रमिकले ज्यालाको रुपमा आफ्नो मालिकबाट अन्न पाउने गर्दछन । यो प्रथा विशेष गरि काम गरिदिने दलितहरु र काम लगाउने विष्टहरुमा केन्द्रित छ । यस किसिमको बालीघरे प्रथाबाट दलितहरुलाई सकेसम्म उक्त जातिले ज्यालामा ठगि कम ज्याला दिने, दबाव र डर धाकले गर्दा विना पारिश्रमिक मजदुरी वा अत्यन्तै कम ज्यालामा काम लगाउछन् । परम्परागत पेशाबाट प्राप्त न्यून ज्यालाले दलितहरुलाई बाच्न पनि धौ–धौ परिरहेको छ । यसले गर्दा परम्परादेखि विकासको धेरै पक्षबाट बञ्चित भएका दलितहरुको आफ्नै जग्गा, हल गोरु नभएका कारण कृषि मजदुर कार्यमा आफ्नो श्रम सस्तो मूल्यमा बेच्दछन् । सरकारले तोकेको न्यूनतम मजदुरी ज्यालादर ग्रामिण क्षेत्रमा पुग्न सकेको छैन । यसले आजको युगमा नगदमा कारोवार हुन थालेपछि दलितहरुको पीीडा यथावत रहेको हुनाले यसको अन्त्यको घोषणा गर्दै न्यायपूर्ण श्रम सम्बन्ध कायम हुने गरी न्यूनत्तम ज्यालाको व्यवस्था मिलाउनुपर्दछ । र संघिय सरकारले दलितहरुको आर्थिक शोषण गर्ने प्रथामा प्रतिवन्ध लगाई काम अनुसारको उचित पारिश्रमिकको व्यावस्था गरिनुपर्दछ ।

    दलितहरुको पेशालाई प्रवर्द्धन गर्नका लागि औधोगिकिरण गरिदै लानुपर्दछ । यसका लागि दलितका परम्परागत पेशामा संलग्नहरुलाई मान्यता प्राप्त प्रमाणपत्र प्रदान गर्दै हरेक जिल्लामा प्राविधिक स्कूल र हरेक प्रदेशमा प्राविधिक शिक्षालय र राष्ट्रियस्तरमा विश्वविद्यालय स्थापना गरिनुपर्दछ ।

    कृषि श्रमिकहरुको अधिकार सुनिश्चितता
    आजको परिवर्तित सन्दर्भमा हरवाचरवा, वालीघरे तथा अन्य कृषि श्रमिकहरुको विशेष व्यवस्था गरिनु पर्दछ । कृषि–श्रमिकहरुको विकास संस्थागत रुपमा गर्न कृषि–श्रमिकलाई नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा स्थानीय कृषि–श्रमिकको ट्रेड यूनियन तथा स्थानीय सरकारको संयुक्त सिफारिशमा स्थानीय अधिकारीबाट नागरिकताको नम्बर राखेर कृषि–श्रमिक परिचयपत्र दिने । निजहरुका लागि स्थानीय स्तरमा सरकारी स्वामित्व भएको बैंकमा एउटा “कृषि–श्रमिक भलाइ कोष” सञ्चालन गर्ने । यही प्रक्रियामा सामाजिक सरक्षा लागू गर्ने । कृषि मजदूरहरुलाई सस्थागत गरी ज्याला मजदूरी गरेको दिनको निश्चित रकम (कम्तीमा रु. ५०० र कम्पनी मालिकले रु ५० र श्रम) सहयोगबाट स्थापित उक्त कोषमा जम्मा गर्ने र त्यतिनै रकम सरकारले थपिदिने । यसरी जम्मा भएको रकमले दुई किसिमका कामहरु गर्ने पहिलो, श्रमिकहरु विरामी पर्दा वा अशक्त हुँदा खर्च अनुदान दिने र दोस्रो, बृद्ध अवस्थामा ६० वर्ष पूरा भएपछि निवृत्तिभरण दिने । श्रम सहयोग कोषको संकलन र सञ्चालनको लागि ट्रेड यूनियनको मातहतमा ग्रामीण स्तरमा एक समिति बनाउने । उक्त समितिले कोषमा श्रमिकहरुको सहभागिता बढाउन क्रियाशील रहने र कोषमा दातृ निकायहरुले दिने सहयोग समेतको संकलन गरी कोष व्यवस्थापन गर्नुपर्नेछ । कोषको रकम खर्च गर्दा श्रमिकहरुले गरेको योगदानलाई आधार बनाई वर्षमा निश्चित रकम योगदान गर्नेहरुले मात्र सुविधा उपभोक्ता गर्न पाउने जस्ता आधार र व्यवस्था गर्ने । कृषि–श्रमिक संगठनलाई ट्रेड यूनियनकै रुपमा दर्ता गरी अधिकार समेत दिने । कृषिश्रमिकहरुको आर्थिक स्तर निम्न रहेको परिपेक्षमा श्रमिक परिवारका केटोकेटीहरुको शिक्षा–दिक्षातर्फ लगाउन सकिन्छ ।

    हरक्षेत्रमा अर्थपूर्ण हिस्सेदारी
    नेपालको संविधानले सुनिश्चित गरेको व्यवस्था अनुसार शासन सत्ताका हरक्षेत्रमा दलित सहभागितालाई विशेष अभियानकै रुपमा लिनुपर्दछ । कुनै पनि समुदाय तथा समाजको विकासको लागि निर्णय तह तथा राज्यका प्रमूख निकायमा समावेशीता हुनैपर्दछ । जसले दलितहरुको साहस बृद्धि हुन्छ र समृद्धिको प्रक्रियामा विकास हुन्छ । त्यसैले दलित समुदायको आर्थिक उन्नती र विकासको लागि राज्यका हरेक तह र तप्का लगायत निर्णय तहमा उनीहरुको समावेशीता हुन जरुरी छ । यसका दलितहरुका लागि फाष्ट टयाकको विधिबाट राज्यका हरेक निकायमा सहज प्रवेशको दशक घोषणा गरिनुपर्दछ । त्यसपछि उनीहरुको प्रतिष्पर्धी क्षमता अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्दै मेरिटको आधारमा छनोट हुन सक्ने वाताबरण राज्यले बनाउनुपर्दछ । भारतको सिकाइका आधारमा आजको दुनियामा केवल राज्य मात्र नभई निजी क्षेलाई पनि यस दायरामा ल्याउने योजना बनाइनुपर्दछ । अन्तमा, राजनीतिक व्यवस्थाका रूपमा समाजवादले र दार्शनिक–सैद्धान्तिक विचारका रूपमा माक्र्सवादले दलित समुदायसँग जोडिएका विशिष्ट सामाजिक समस्यालाई सम्बोधन गर्ने उपाय केबल माक्र्सवादका पुस्तकको अध्ययन मात्र हुन सक्दैन । साथै संविधान, सरकार, दल, अदालत, मिडिया, शिक्षालगायतका ‘सुपर स्ट्रक्चर’ मा रहेको निश्चित वर्गको प्रभुत्व र त्यही प्रभुत्वको आधारमा निर्माण भइरहेको वर्चस्व समाप्त पार्दै इतिहासदेखि बहिष्करणमा पारिएका दलित समुदायलाई नेपालको संविधान अनुसार समाजिक न्याय दिनु समाजवादतर्फको प्रस्थान विन्दु हुनेछ । यस ऐतिहासिक युगको नेतृत्व भूमिसम्बन्धी समस्या समाधन आयोगलाई आएको छ । सोको खबरदारी र सहकार्यका लागि दलित आन्दोलन योजनाबद्ध रुपमा लाग्नुको विकल्प छैन । किनकि दलित आन्दोलन संघर्षकासाथसाथै निर्माण समेत हो हुनुपर्दछ । -दलित अनलाइन

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      गणेश विश्वकर्मा

      गणेश विश्वकर्मा

      गणेश विश्वकर्मा - एक परिचित मानवअधिकार तथा दलित आन्दोलनका सक्रियकर्मी हुन् । राजनीति शास्त्रमा स्नातकोत्तर तथा शिक्षामा स्नातक गरेका विश्वकर्माले मानवअधिकार एलाइन्सको केन्द्रीय अध्यक्ष तथा दक्षिण एशियाली गरीवी विरुद्धको मंचको बोर्ड सदस्यका रुपमा समेत कार्य गरेका छन् । उनका राजनीतिक तथा सामाजिक विषयमा केही पुस्तकहरुको लेखन तथा सहलेखन र सयौं लेखहरु प्रकाशित छन् ।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.