Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्ट नेताहरू विचौलिया र दलालमा रूपान्तरित हुँदै गए : पौडेल

गिरिजाले गणतन्त्र ल्याउने आन्दोलनको नेतृत्व गरे देउवाचाहिँ प्रतिगमनका मतियार भए

राजन पौडेल राजन पौडेल
चैत्र ७, २०७७
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई हेर्दा यसले आफ्नो कार्यदिशा तय गर्ने सन्दर्भमा लामो समय अन्यौलग्रस्त स्थितिबाट आफूलाई गुजार्‍यो । यस क्रममा माओवादी जनयुद्धको सुरुवात गर्दा एउटा निचोड निकालियो:  नेपालको सन्दर्भमा वर्गीय अन्र्तविरोधसँगै जातीय, लैङ्गिक, धार्मिक र क्षेत्रीय विभेदहरू पनि छन् । यी सबै विभेदलाई एकमुष्ट रूपमा नष्ट गर्नुपर्छ र त्यो दिशामा आन्दोलनलाई केन्द्रित गर्नुपर्छ । सोहीअनुसार जनवादी राज्यसत्ता स्थापना गर्ने हिसाबले सशस्त्र संघर्षका मार्फतबाट बल प्रयोग गर्ने कार्यदिशा अगाढि बढ्यो । त्यसलाई हामीले जनयुद्ध भन्यौं।

    माक्र्सवादले भनेको बल प्रयोगको सिद्धान्तलाई नै आत्मसात गर्दै जनयुद्धको कार्यदिशा अगाडि बढेको हो। जनयुद्धलाई आम रूपमा देख्दा त्यहाँ मृत्यु र बेपत्ता पारिएको मात्र देखियो । तर जनयुद्धभित्र लाग्ने कार्यकर्ताको एउटा पंक्तिले भने त्यतिमात्रै देखेको थिएन । त्यो पंक्तिले उत्साहजनक हिसाबले नेपालको राज्यसत्तामा आमूल परिवर्तन र सबै प्रकारको विदेभको अन्त्य देखेको थियो। र, त्यसका लागि मृत्यु र बेपत्ता पारिनबाट पनि गुज्रिएर बलिदान गर्न तयार हुनुपर्छ भन्ने भाव माओवादी जनयुद्धभित्र पैदा भएको थियो । त्यहाँ जनजीविकाका सवाल पनि जोडदारले उठेकै कारण त्यस आन्दोलनप्रति युवाहरू आकर्षित भएका थिए।

    युवापंक्ति किन निराश?

    खासगरी माओवादी शान्ति वार्ता प्रक्रियामा आउने क्रममा र एउटा कार्यनीतिक हिसाबले ‘सिफ्ट’ हुँदै जाँदा कतिपय कुरामा अन्यौलता र कार्यदिशामा अस्पष्टता रह्यो। यसले माओवादी पार्टीभित्र अन्र्तसंघर्षलाई व्यवस्थित गर्न सकेन। अन्र्तसंघर्षलाई व्यवस्थित गर्न नसक्दा पार्टी फुटको दिशामा गयो। माओवादी फुटको दिशामा जानुभन्दा अगाडि शान्तिप्रक्रियामा आउने क्रममा पार्टीभित्र ठूल्ठूला अन्र्तसंघर्ष भएका थिए । पार्टीलाई रुपान्तरण गर्नेतिर जानु पर्ने ठाउँमा फुट र छिन्नभिन्नतातिर गएको थियो ।

    मेरो अध्ययनले भन्छ: नेपालमा कम्युनिष्ट पार्टीका नेताकार्यकर्ताहरू राजतन्त्र र सामन्तवादविरुद्ध लड्दालड्दै उनीहरूमै सामन्तवादी चरित्र स्थान्तरण भएको देखियो । पछिल्लो समय नेताहरूको कार्यशैली र जीवनशैलीमा सामन्तवादी अभिव्यक्ति देखिन थाले । राजतन्त्रको अन्त्यसँगसँगै त्यो खालका प्रवृत्तिगत कुराहरू सर्‍यो ।

    अर्कोतर्फ, हाम्रो उमेर समूहका युवाहरू जो प्रत्यक्ष रूपमा जनयुद्धको मैदानमा थिए, उर्जाशील हिसाबले जनयुद्धमा सहभागी भएका थिए। त्यो बेलाको अन्र्तसंघर्षमा यो पंक्ति डटेर बहस गर्न सक्थ्यो । तर लड्दै आउने क्रममा यस खालको पंक्तिमा समेत दास मनोवृत्तिको पनि विकास हुँदै आयो। त्यसकारण हिजोको पृष्ठभूमि र यो पृष्ठभूमिमा अन्तर भयो । नेपालको राजनीतिमा भएका ठूला उथलपुथलमा सामेल भएको र ठूलो जोखिम उठाउन तयार भएको यो युवा पंक्तिमा पनि नेतृत्व तहमा जस्तै सामन्तवादी चरित्र देखा पर्‍यो।

    अवसरवाद र विवसता

    यो पंक्तिलाई राजनीतिभित्र र बाहिर भइरहेका घटनाक्रमका बारेमा राम्रो जानकारी छ । यो पंक्ति घटनाक्रमहरूको राम्रो अध्ययन र विश्लेषण पनि गर्न सक्छ । अनौपचारिक हिसाबले कुराकानी हुँदा खुलेर कुराकानी राख्छन् र भइरहेको गल्तिलाई पनि औँल्याउँछन् । देश र पार्टीभित्र कुन ट्रेण्ड चलेको छ र राजनीति कस्तो भइरहेको छ, अर्थतन्त्रको विषयवस्तु कहाँ छ र सामाजिक विषयवस्तु कसरी अगाडि बढीरहेको छ भन्नेबारे यो पंक्ति पूरै जानकार छ। तर, यो पंक्ति यी विषयहरू औपचारिक फोरम र पार्टीका बैठकमा भने खुलेर राख्दैन। बुझेका कुरा पनि अड्कलेर मात्रै भन्ने प्रवृत्ति यो पंक्तिमा हावी छ । परिस्थिति अनुसार मात्रै बोल्ने गर्छ । यो पंक्ति अहिले अवसरवादी जस्तो देखिन्छ।

    जनयुद्धका बेला मेरो उमेर समूहका युवापंक्ति १८ वर्षदेखि ३० वर्षसम्मको थियो । र, आज मोटामोटी ४० वर्ष उमेर हाराहारीको छ । कोही ५० पुग्न लागे। त्यसैले यो समूह अलि थाकेको जस्तो पनि देखिन्छ । जीवनमा जेल भोगियो, थुप्रै दुःख पाइयो, विभिन्न अप्ठ्यारा परिस्थिति झेलियो, घाइते भइयो र सारा जोखिम उठाउँदा उठाउँदै दिक्क भईयो भन्नेजस्ता मनस्थितिले प्रभाव पार्न थाल्यो। म स्वयं पनि दुई पटक गरेर साढे ३ वर्ष जेल बसें । योसँगै त्यतिबेला लडेका कतिव्यक्ति खाडी पुगे, विकृति र विसंगतिका शिकार पनि भए।

    साथै, जनयुद्धलाई समाजले हेर्ने दृष्टिकोणले पनि प्रभाव पार्‍यो जस्तो लाग्छ । खासगरी जनयुद्धलाई बुझ्ने सन्दर्भमा, अहिले भएका सामाजिक सञ्जालले गर्ने प्रचारप्रसार र नकारात्मक दृष्टिकोणले पनि यो पंक्तिलाई हतोत्साही बनाएको छ । यसका सकारात्मक पक्षहरू भन्दा पनि दोस्रो संविधानसभाको निर्वाचन ताका भएको माओवादी एजेण्डाको पराजय र त्यसले ल्याएको विघटनले गर्दा माओवादी जनयुद्ध बढी भन्दा बढी आपराधिक थियो भन्ने कोणबाट पनि प्रचार गरिँदा यसबाट प्रभाव पर्‍यो।

    संघियतालाई खोलाले बगायो

    १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, जनआन्दोलन हुँदै संविधान सभाको पहिलो कार्यकाल र दोस्रो कार्यकालका घटनामा के देखिन्छ भने जुन लेबलमा परिवर्तनका एजेण्डाहरु उठे, ती एजेण्डाहरु डिफ्युज भए। संघीयताको मर्मको कुरा अर्कै कोणबाट उठेको थियो र त्यसलाई लिएर गएर अन्ततः विकेन्द्रकरणतर्फ डाइभर्ट गरियो । संघीयता कुनै भुगोलले मागेको विषय थिएन । संघीयता त जनताले मागेका थिए । पहिचानका कुरा जोडिएका थिए, जतिपनि संघियताको कोणबाट नामाकरण भए, प्रदेशका नामाकारण, ती सबै नदीको नामबाट भयो।

    संघीयताको एजेण्डा राष्ट्रको एजेण्डा त भयो । त्यसलाई सिधैं खारेज गर्न सक्ने अवस्थामा कोही पनि पुगेन। लागू गर्ने चेतना र आत्मबल पनि यिनीहरूमा भएन । त्यसो भएपछि यसलाई खोलामा लगेर बगाइयो । जस्तो: कर्णाली प्रदेश, यो त एउटाा पछाडि पारिएको भूगोल थियो । यसलाई कर्णाली भन्नु ठीकै थियो। सँगै वाग्मती र गण्डकी प्रदेश बनाइयो। यो त कसैले मागेको नै थिएन । लुम्बिनी पनि कसैले मागेका थिएनन्। संघीयताका विषय त प्राथमिक रूपमा पहिचान र जनताका अधिकारसँग सम्बन्धित थिए। भावनासँग सम्बन्धित थिए। विचारधाराका हिसाबले सिमान्तकृत समुदायलाई राज्यको मूलधारमा ल्याउने, जाड्ने र नयाँ हिसाबले राष्ट्रिय एकिकरण गर्नेसँग सम्बिन्धत थियो।

    यसरी संघियतालाई डिफ्युज गरियो। त्यसकारण मैले नेपालमा संघियतालाई खोलाले बगायो भनेको हुँ। अहिले यसबीचमा कम्युनिष्ट पार्टीबीच विवाद भए । राजावादी शक्तिहरू बलशाली बन्दै हिन्दुराष्ट्र कायम गर्नुपर्छ भन्दै सडकमा समेत आए । यो संघीयता नै खारेज गर्नुपर्छ, बरु योभन्दा त विकास क्षेत्र नै ठिक थियो भन्नथाले । यसको अर्थ संघीयताविरोधीहरू सल्बलाए । यस्ता एजेण्डा उठाउनेहरू समानुपातिक प्रणाली तथा महिला, जनजाति र दलितहरूलाई प्राप्त आरक्षणका विरुद्धसमेत छन्। संघियता र समावेशिताका विषय बोझ भयो भन्ने कथन निर्माण गरियो।

    आरक्षणको विषयमाथि प्रहार गर्दै भनियो, ‘एमबीबीसए र इन्जिनियरिङ पढ्ने अवसर त टयालेन्टेड र सक्षम व्यक्तिलाई पो ठाउँ दिइनुपर्छ।’ योग्यता र क्षमता विकाश गर्नका लागि पहिले अवसर पनि दिईनुपर्छ भन्ने धारणाविपरित थियो यो धारणा। योसँग उठेको विवादले गर्दा रामजी रामहरू ‘हामीलाई होस्टलबाट निकाल्ने भयो, त्यसकारण होस्टलको फि कसरी तिर्ने होला?’ भन्ने अवस्थामा आइपुगेका हुन् ।

    तर सँगै अर्को तथ्य के हो भने रामजी रामहरूलाई, चमार र दलितका छोराहरूलाई डाक्टर र इन्जियनियर पढ्ने तहसम्म पुर्याउने कुरा माओवादी आन्दोलनले नै उठाएको समावेशी र आरक्षणको कुराले हो । समावेशिताका कुरालाई जातिवादी र साम्प्रादायिक एजेण्डा भनिँदै गर्दा उत्पीडित समुदायले त्यस खालका दबाब र अपमान पनि व्यहोर्नुपर्यो । तर महिला, दलित, जनजातिका लोकसेवादेखि विभिन्न क्षेत्रमा भएका आरक्षण र त्यहाँ भएका प्रतिनिधित्व हेर्दा हामीलाई आज गर्व लाग्छ । हामीले लडेको युद्धका प्राप्ति हुन् यी विषय भन्दा आत्मसन्तुष्टि हुन्छ ।

    पुस्तान्तरण

    पार्टी पुस्तान्तरको विषयमा मेरो फरक धारणा छ । यो कुरा राजनीतिक र वैचारिकतासँग जोडिनुपर्छ । पुस्तान्तरणको लागि यो बढी उमेर भयो, त्यसले गर्दा युवालाई दिईनुपर्छ भन्ने कोण सही होइन। यो लाइनको विवादै गलत छ । युवा पुस्ताहरू पनि कहाँ जाुनपर्यो भने हाम्रो कम्युनिष्ट आन्दोलनको कार्यदिशा यो हो, तपार्इँहरूबाट पुगेन भनेर उनीहरूले चुनौत दिनुपर्‍यो: स्पष्ट राजनीतिक र वैचारिक कार्यदिशासहित। उमेरको विषयमात्रै उठाएर भएन ।

    अहिले कताकता पुस्तान्तरणको कोणबाट भएका विवाद देख्छु, तर त्यसमा समस्या छ । पुस्तान्तरणमात्रै भएर विचारधारात्मक रिफर्मको आवश्यकता छ । उदाहरणका लागि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवालाई नै लिन सकिन्छ । पुस्ताको कुरा गर्दा गिरिजाको छोरापुस्ता हुन् देउवा । तर गिरिजाले गणतन्त्र ल्याउने आन्दोलनको नेतृत्व गरे देउवाचाहिँ प्रतिगमनका मतियार भए । अहिले पनि देउवा प्रतिगमनकै पक्षमा देखिन्छन् ।

    अलि अघिदेखि एउटा छलफल अगाडि आईरहेको छ: नेपालमा राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति सुरु गर्नुपर्छ । गणतन्त्रपछि उठेको विषय हो यो र यो अझै बलशाली देखिन्छ । तर यो संशोधनवादी कार्यदिशा हो। यो कुनै कम्युनिष्ट कार्यभार होइन । राजनीतिक हिसाबले विषयवस्तु ठिक ठाउँमा गएन भने हामीले देशलाई समृद्धिमा लानै सक्दैनौं । तथाकथित समृद्धिले त केबल साहुमहाजन र पूँजिपतिहरूको हित गर्छ ।

    हामीलाई चाहिएको समृद्धि त सामाजिक न्यायसहितको समृद्धि हो । यसर्थ, समृद्धि कसलाई भन्ने कुरो महत्वपूर्ण हुन्छ । नेपालमा बाम गठबन्धनको घोषणापत्रमा पनि यो विषय आयो, ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारा। तर यो नारा पनि सही छैन । मलाई के लाग्छ भने हामीले ‘आत्मनिर्भर नेपाल, स्वाभिमानी नेपाली’ भन्ने नारा दिनुपर्छ । जे गरेर भएपनि आर्थिक उपार्जन गर्नुपर्छ भन्ने आशय लुकेको छ ‘समृद्धि’को नारामा । त्यो गलत छ ।

    नामले मात्र हुँदैन

    ठूला नाम र ठूला कम्युनिष्ट हुँदामात्रै परिवर्तन भइहाल्छ भन्ने कुरा सत्य होइन । भारतमा नरेन्द्र मोदीले दुईवटा चुनाव लोकप्रिय मत पाएर जिते । तर त्यहाँ रहेका किसानको आन्दोलन हेर्नुस्, त्यसको सुनुवाईको स्तर, त्यहाँ रहेका किसानका जनजीवकाका कुरा र त्यहाँ रहेका आम सिमान्तकृतका जनजविविकाका कुरा हेर्नुस् । यसर्थ, ठूलो र लोकप्रिय पार्टी हुँदैमा मात्र हुँदैन ।

    र, अर्को कुरा, नेपालको कम्युनिष्ट आन्दोलन पनि खासगरी मध्यमवर्गीयको नियन्त्रण र पहुँचमा छ । तल्लो वर्गसम्म यसको पहुँच छैन। किसानका ऐजण्डाहरू उठान हुन सकिरहेका छैनन्, मजदुर आन्दोलनका एजेण्डाहरू कहाँ छन् ? कलकारखानामा मजदुरहरूको स्थिति के छ? केबल कलकारखानाका मात्रै मजदुरहरूलाई टेड्र युनियनले देखेको अवस्था छ । त्यो पनि थोरै मात्र । अनौपचारिक क्षेत्रमा भएका मजदुरहरुको विषयजस्तु त ट्रेड युनियनले छोएकै छैनन् ।

    किसानका विषयवस्तु उठान भएका छैनन्। अर्कोतिर, कम्युनिष्ट पार्टी र किसान संगठनहरूको सोच्ने तरिकाचाहिँ वि.सं. २०११ तिरकै छ । किनभने कम्युनिष्टको मूल नेतृत्व त्यही समय आसापासबाट हुर्केको थियो । शैक्षिक आन्दोलनलाई हेर्दा पनि त्रिभुवन विश्वविद्यालय केन्द्रित विषय र मुद्धा मात्रै उठेका छन् । कति धेरै करिकुलम, विषय र विश्वविद्यायल र अनलाईन विश्वविद्यालयहरूसमेत छिरेका छन् नेपालमा तर विद्यार्थी आन्दोलन केवल शिक्षा, आट्र्स, कमर्स र साइन्स रहँदाखेरिका मुद्धा बोकेर हिँडिरहेका छन्। त्यसो हुँदा विद्यार्थी आन्दोलनहरूमा पनि व्यापक रिफर्म आवश्यक छन् ।

    यता, अहिले हाम्रा पार्टी संरचनादेखि जनवर्गीय संगठनहरू विचौलियामा रुपान्तरण भइरहेका छन्। प्रशासनमा जनताको सहज पहुँच छैन । त्यसो हुँदा प्रशासन र जनताबीच नेता र कार्यकर्ताहरूले केबल माध्यमको रूपमा काम गरिरहेका छौं । नेता र जनताबीच त्यस्तो सम्बन्ध छ । प्रशासनिक पुर्नसंरचना भएपछि त जनताले सिधै गएर आफ्नो सेवा लिन सक्नुपर्ने नि ! प्रशासनले स्वतन्त्र रूपमा काम गर्नु पर्ने नि ! अझै त्यस्तो भएको छैन । समाजको वा दलको अगुवा समाएपछि मात्रै सरकारी काम हुने अवस्था छ । र, हामीहरू त्यसमै रमाईरहेका छौं । हामी विचौलिया र दलालमा रूपान्तरित हुँदै गएका छौं ।

    एमाले माओवादी एकिकरणबारे

    पार्टीको एकिकरण भनेको वैचारिक र राजनीतिक हिसाबले हुनुपथ्र्यो। नेकपा एमाले र माओवादी केन्द्रबीचको एकिकरण वैचारिक छलफल नभईकन भयो । यसले पनि समस्याहरू ल्याएको हो । तर कतिपय नेताहरु के भन्नुहुन्थ्यो भने वैचारिक र राजनीतिक हिसाबले एकिकरणको बहस हुन्थ्यो भने त एकतासम्म पुग्नै सकिँदैन थियो। देशको परिस्थितिको राजनीतिक र अर्थशास्त्रीय मुल्यांकन, भावी कार्यदिशा र राजनीतिक योजनासहित बहसका बीचबाट एकता गर्नुपथ्र्यो। त्यसो हुँदा त्यो बलियो हुन्थ्यो ।

    कम्युनिष्ट पार्टीको एकताको कुराकानी गर्ने हो भने हिजो केशरजंग रायमाझी कम्युनिष्ट पार्टीको महासचिव हुँदाहुँदै दरबार छिरे। त्यसो हुँदाहुँदै पनि उनी रहेकै कम्युनिष्ट पार्टी पनि पुर्नगठित गरियो। यसर्थ, अहिले भएका प्रतिगमनकारी हर्कत र नामहरूबाट कसैले भ्रमित हुन जरुरी छैन। सबैभन्दा पहिलो राजनीति र वैचारिक कार्यदिशा नै महत्वपूर्ण हो । हामी अगाडि कसरी जाने हो, हामीले लान खोजेको परिवर्तन कहाँ हो, अगाडि बढाउन खोजेको के हो भन्ने विषयमा एउटा वृहत राजनीतिक वैचारिक स्पष्टता हुनुपर्यो । त्यहीँबाट एकता गर्न सकिएमात्र परिवर्तन गर्न सकिन्छ।

    भिडियो–

    (नेपाल रिडर्ससँग नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य राजन पौडेलसँग गरिएको कुराकानीमा आधारित ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      राजन पौडेल

      राजन पौडेल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.