Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

फेक न्युजको जमानामा पत्रकार कार्ल मार्क्सको सम्झना

मार्क्स प्रेस स्वतन्त्रताका पक्षमा यसरी वकालत गर्ने गर्थेः ‘स्वतन्त्र प्रेस जनताको आत्माको सर्वव्यापी र जागरुक आँखा हो। स्वतन्त्र प्रेस आफैँमा मान्छेहरूको विश्वासको अवतार हो । प्रेस त्यस्तो प्रष्ट संयोजक हो, जसले व्यक्तिलाई राज्य र संसारसँग जोड्छ।

नरेन सिंह राव नरेन सिंह राव
जेष्ठ १, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कार्ल मार्क्स आधुनिक युगका अत्यन्त प्रभावशाली विचारकहरूमध्ये एक हुन्। उनको आमूल परिवर्तनवादी विचारले मानव जीवनका सबैजसो तप्का अनेकौँ ढंगले प्रभावित छन्। मार्क्सका लेखनहरूको सन्दर्भ नजोडिकन, आजको समयमा कुनै पनि चिन्तकले गम्भीर र व्यापक रूपमा समाज, अर्थशास्त्र, राजनीति र संस्कृतिका बारेमा सोच्न सक्दैन। आधुनिक ज्ञान पद्धति र सभ्यतामा उनको विचारको असर कति छ भन्ने कुरा यसबाट पनि नाप्न सकिन्छ।

    परम्परागत दार्शनिकहरूले मार्क्समा “पर्याप्त” दार्शनिकता नपाएका कारण उनलाई दार्शनिक ठानेनन् ! त्यसै गरी, परम्परागत समाजशास्त्रीहरूबाट उनी ‘समाजशास्त्री’ पनि ठानिएनन् किनकि उनीहरूको विचारमा मार्क्स विशुद्ध ‘समाजशास्त्री’ थिएनन्।

    त्यसो हुँदाहुँदै पनि दशकौँदेखि उनका लेखनले सबै क्षेत्रका विद्वानहरूको पर्याप्त ध्यान खिचेका छन्। र, समाजशास्त्रका विभिन्न विधामा उनका लेखहरू पढिएका छन्, रुचाइएका छन्। उदाहरणका लागि, समाजशास्त्रमा उनलाई अचेल शास्त्रीय विचारकहरूमध्ये इमिली दुर्खेम र म्याक्स वेबरहरूसँगसँगै पढिइँदैछ।

    यद्यपि, मार्क्सलाई पत्रकार जगत र मिडियासम्बन्धी वुद्धिजीविहरूले पत्रकारका रूपमा अझै व्यापक रूपमा स्विकारेका छैनन्। मूलधारका कर्पोरेट मिडियामा भएका निश्चित र प्रष्ट पूर्वाग्रह र दृष्टिदोष यसका सम्भावित कारण हुनसक्छन्। किनकि यी मिडिया सतही छन्। यस्ता मिडिया इतिहास, राजनीतिक अर्थशास्त्र र समाजशास्त्रमा सुक्ष्म र जटिल ढंगका अध्ययनहरू गर्दैनन्। यस्तो पनि आँकलन गरिन्छ कि मार्क्स अति नै ‘विद्वतापूण’ र ‘राजनीतिक’ थिए।

    ‘त्यत्रो चिन्तक पत्रकार हुन कसरी सम्भव छ?’
    पत्रकारिता र पत्रकारिताको विरासतका बारेमा आम रूपमा पत्रकारिताका स्कुल, कलेज र समाचार कक्षमा समेत पढाइँदैन, जानकारी दिइँदैन। वास्तवमा, पत्रकार मार्क्सप्रति गरिएको बेवास्ता यहाँ प्रष्टिन्छ।

    पत्रकारिता तथा आमसंचारका विषय पढाउने, उच्चशिक्षा अध्यापनका केही प्रतिष्ठानहरूमा मार्क्सवादी समालोचनाका कुरा उठाउनु, मिडिया र समाज, मिडिया र द्वन्द्वग्रस्त क्षेत्र, मिडिया र जनआन्दोलनका विषयहरूलाई आमूल परिवर्तनवादी कोणबाट उठाउनु अथवा ती विषयहरूमा पुनःविचार गर्नुलाई ‘ईश्वरनिन्दा’ गरेजत्तिकै ठानिन्छ। उदाहरणका लागि कतिपय पत्रकारिता तथा आम संचारका प्रतिष्ठानहरूमा मार्क्सका अनेकौँ महत्वपूर्ण सिद्धान्तहरू (मूल्यको श्रम सिद्धान्तलगायत) लाई स्नातक र स्नातकोत्तरका कक्षाहरूका सुनियोजित रूपमा छल्ने या हटाइने गरिएको छ। भारतमा पनि त्यस्तो हुने गरेको छ। (नेपालका विश्वविद्यालयमा यसै गरिएको देखिन्छ। अनुवादक)

    यो सत्य हो कि मार्क्सको मूल विषय र चाख पत्रकारिता थिएन। मार्क्स मूल रूपमा चिन्तक नै हुन्। आखिरी परेर मात्रै उनले पत्रकारितालाई जागिरका रूपमा रोजेका थिए। किनकि उनको प्रगतिशील, आमूल परिवर्तनवादी र गैरकट्टरपन्थी धारणाका कारण सामाजिक रूपमा पनि जर्मनीको मूलधारको एकेडेमिक तहले मार्क्स एक्लो पारिएका थिए। त्यसपछि बाँच्नका लागि, पैसाको समस्या परेर नै उनले पत्रकारिता गरेका थिए।

    वास्तवमा, व्यवसायिक पत्रकारका रूपमा, आफ्नो जीवनका उर्वर दिनमा, (सन् १८४२ देखि १८६५ सम्म) उनले कटिवद्ध रूपमा पत्रकारिता गरे। त्यस अवधिमा उनले दुईवटा प्रगतिशील र संस्थापनविरोधी अखबारको सम्पादन गरे। राइनसे साइटुङ र निउ राइनसे साइटुङको उनी सम्पादक बने भने युरोपका लागि द न्युयोर्क टाइम ट्रिब्युनको ब्युरो प्रमुख बने। १९औँ शताव्दीको प्रमुख अखबार मानिने ‘ट्रिब्युन’लाई उतिखेर व्याप्त पीत पत्रकारिता (पेनि प्रेस) को शसक्त प्रतिपक्षी ठानिन्थ्यो। ट्रिब्युनको समिक्षात्मक टिप्पणीलाई रूचाइन्थ्यो।

    यसका अलावा, मार्क्सले द पिपल्स पेस, द रिभोल्युसन र द प्रेसलगायत अनेकौँ अखबार र म्यागेजिनमा व्यापक राजनीतिक, सामाजिक र अर्थशास्त्रीय विषयमा सैयौँ लेखहरू लेखे। जस्तो किः राजनीतिक रूपमा खारिएको र ऐतिहासिक जानकारी समेटिएको ‘द एट्टिन्थ ब्रुमायर अफ लुइस बोनापार्ट’ नामको पुस्तक उनले नियमित स्तम्भमा लेखे, जसमा सन् १८५१ को फ्रान्सको तख्तापलटका बारेमा वर्णन गरिएको छ। यही तख्तापलट मार्फत फ्रान्समा बोनापार्टको तानाशाही सत्ताको उदय भएको थियो। यो पुस्तकलाई पत्रकारीय मूल्यका दृष्टिमा अहिलेसम्मकै गम्भीर पुस्तकहरूमध्ये एक मानिन्छ।

    त्यस्तै, मार्क्सले बेलायती उपनिवेश अन्तर्गत रहको उतिखेरको भारतबारे पनि धेरै प्रभावशाली र तर्कपूर्ण लेखहरू लेखे। (उनले जङ्गबहादुरलाई समेत चित्रण गरेका छन्-अनु) भारतसम्बन्धी चर्चित केही लेखहरूमा द ब्रिटिस रूल इन् इण्डिया, द ब्रिटिस कटन ट्रेड, द फ्युचर रिजल्ट्स अफ ब्रिटिस इन इण्डियाहरू आदि हुन्।

    तथ्य के हो भने आफ्ना सम्पूर्ण रचनात्मक र वौद्धिक करियरका क्रममा, कार्ल मार्क्स उनको पत्रकारीय सक्रियताकै कारण आफ्ना समयका शक्तिशाली इलिटहरूबाट व्यापक खेदिए । सोही कारण उनी घरबाट खेदिए र दण्डितसमेत गरिए। अनेकौँ पटक भाग्न र धेरै वर्ष देशबाहिर जान वाध्य पारियो मार्क्सलाई।

    वास्तवमा, पत्रकारका रूपमा मार्क्सले स्वतन्त्र पत्रकारिताका लागि आवाज उठाए। निस्सन्देह उनले आफ्नो समयका पेचिला मुद्धा र विषयमा आमूल परिवर्तनको माग राख्दै लेखहरूमात्रै लेखेनन्, पत्रकारका रूपमा स्वतन्त्र पत्रकारिताको पक्षमा वकालत गरे। उनले प्रष्ट रूपमा विश्वास गरे कि समाजमा प्रेस(मिडिया)को उपस्थिति सर्वथा अत्यन्त पवित्र विषय हो। र, त्यसकारण यो क्षेत्र बिल्कुलै स्वतन्त्र रहनुपर्दछ।

    यो कुरा उल्लेखनीय छ कि त्यस युगमा, त्यस अवस्थामा,स्वतन्त्र प्रेसप्रतिको उनको प्रतिवद्धता स्वतन्त्रतावादी/मुक्तिवादी विचारधारासँग धेरै मिल्थ्यो। निश्चितै रूपले, त्यस समयका, २० औँ शताव्दीका कम्युनिष्ट देशका प्रेसहरू राज्यका अधिनस्थ थिए। तर मार्क्सको विचार भने ठ्याक्कै विपरित थियो। उनी प्रेस राज्यको अधिनस्थ हुने कुरालाई मान्दैनथे। मार्क्स प्रेस स्वतन्त्रताका पक्षमा यसरी वकालत गर्ने गर्थेः

    ‘स्वतन्त्र प्रेस जनताको आत्माको सर्वव्यापी र जागरुक आँखा हो। आफैँमा मान्छेहरूको विश्वासको अवतार हो स्वतन्त्र प्रेस। प्रेस त्यस्तो प्रष्ट संयोजक हो, जसले व्यक्तिलाई राज्य र संसारसँग जोड्छ। यो त्यस्तो समाविष्ट संस्कृति हो, जसले भौतिक संघर्षहरूलाई वौद्धिक संघर्षमा बदल्छ। र, त्यसका कच्चा भौतिक अवस्थालाई सैद्धान्तिकृत गर्छ। यो स्वयं जनताको स्पष्ट भावनाको प्रतिविम्व पनि हो। यो एउटा आध्यात्मिक ऐना हो जसमा जनताले आफूलाई नै देख्नसक्छ।….यो राज्यको आत्मा पनि हो, जस (त्यतिखेरका पत्रिका) लाई प्रत्येक झुप्रामा पुर्‍याउन सकिन्छ, त्यो पनि कोइला र ग्याँसभन्दा पनि कम मूल्यमा। यो सर्वपक्षीय, देशव्यापी र सर्वव्यापी हुन्छ।’  

    र, पत्रकारका रूपमा काम गर्दा कार्ल मार्क्सले उत्साहजनक रूपमा प्रेस कानूनका लागि अभियान चलाए। उनले अटुट रूपमा विश्वास गरे कि प्रेस कानुनसम्बन्धी संयन्त्र हुनु प्रतिवन्धकारी र दमनकारी राज्यविरुद्धको उत्तम सुरक्षा वा प्रतिवाद हो। उनले तर्क गरेः

    ‘प्रेस कानूनमा, स्वतन्त्रताले अन्य कुरालाई दण्डित गर्छ। प्रतिवन्धसम्बन्धी कानूनलेचाहिँ स्वतन्त्रता स्वयं दण्डित हुनेगर्छ। प्रतिवन्धसम्बन्धी कानून स्वतन्त्रताको तगारो हो। प्रेस कानून आत्मविश्वासको त्यस्तो मत हो, जसले स्वयं स्वतन्त्रता प्रदान गर्छ। प्रेससम्बन्धी कानुनले स्वतन्त्रताको दुरुपयोगमा दण्डित गर्छ जबकि प्रतिवन्धसम्बन्धी कानूनले स्वतन्त्रतालाई नै अधिकारको दुरुपयोग ठान्दछ। त्यसले स्वतन्त्रतालाई अपराध ठान्दछ र त्यहीअनुसार व्यवहार गर्दछ। प्रतिवन्धसम्बन्धी कानून एक खालको कानूनजस्तो मात्र हो। प्रेससम्बन्धी कानून नै वास्तविक कानून हो।’

    वास्तवमा, मार्क्सभित्रको पत्रकारले, असंख्य रूपमा उनलाई राजनीतिक अभियन्ताका रूपमा दिक्षित बनायो, हुर्कायो। र, उनीभित्रको राजनीतिक चेतनाकै कारण पनि उनी पत्रकार बने। उदाहरणका लागि राइनसे जाइटुङ र निउ राइनसे जाइटुङमा सम्पादक हुँदाताक उनले आफ्नो अकण्टक प्रयास उतिखेर जाग्दै गरेका आन्दोलनहरूमा श्रमजीवि वर्गलाई शिक्षित गराउनेतर्फ लगाए। (सन् १८४८ का आन्दोलनहरूलाई ‘मान्छेहरूको वशन्त’ नामले पनि चिनिन्छ।)

    त्यस अर्थमा, यसो भन्न सकिन्छ, आफ्नो पत्रकारिता कर्म मार्फत दार्शनिक मार्क्सले फायरबाखको ‘एघारौँ सोध’ (Eleventh theses)को अभ्यास गर्न कडा मेहनत गरे, ‘दार्शनिकहरूले अनेकौँ कोणबाट विश्वको व्याख्यामात्र गरेका छन्। तर बदल्ने कुरा मूल हो।’

    निश्चितै रूपमा, समकालिन ‘चर्नलिजम्’ (गम्भीर पत्रकारिताको सट्टा प्रेस विज्ञप्ति, अरुले नै बनाएका तथाकथित समाचार, स्वार्थप्रेरित प्याकेज्ड समाचार/विश्लेषण छापिने खालको पत्रकारिता)को युगमा अधिकांश कर्पोरेट र मूलधारका मिडियाहरूले सूचना र ‘असूचना’हरू हमेसा चबाउँछन् र निलिदिन्छन्। बनीबनाउ रिपोर्टिङ, झुट रिपोर्टिङ, सत्तासिनको समर्थनमा नक्कली समाचार र प्रोपागाण्डा मच्चाउने काम आजको भारतमा भइरहेको छ। यस्तोमा, कार्ल मार्क्सको पत्रकारिताको विरासत बेग्लै छ। विश्लेषणात्मक पत्रकारितालाई पच्छ्याउने, तत्कालिक र सतही खबर सम्प्रेषण गर्नेभन्दा पनि राजनीतिक, सामाजिक र सांस्कृतिक गतिविधिहरूका जटिल र परिवर्तनकारी पहलूलाई अत्यन्तै मेहेनत र सुक्ष्म दार्शनिक विश्लेषण गर्ने र इमान्दारितापूर्वक उजागर गर्ने पत्रकारिताको आज ठूलो अर्थ छ। मार्क्सले गरेको त्यही हो।

    वास्तवमा, यो समय कार्ल मार्क्सभित्रको वहुप्रतिभाशाली, वस्तुनिष्ठ र विश्लेषणवाला पत्रकारलाई स्विकार्नुपर्छ,आत्मासात् गरिनुपर्छ। मार्क्सले पच्छ्याएको पत्रकारीय मूल्यलाई आत्मासात् गर्दै त्यस्तो अभ्यास सर्वत्र हुन सके फेक पत्रकारिताको जगजगीमा प्रेस जगत पुनः स्थापन हुन्थ्यो।

    भारतका नरेन सिंह राओ मिडिया शिक्षक र सामाजिक टिप्प्णीकर्ता हुन्।(द वायरबाट। अनुवादः प्रकाश अजात)

     

    यो पनि पढ्नुहोस् –

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स   

    किन लेखें – मार्क्स फर्किए… 

    मार्क्स र एंगेल्सको कम्युनिष्ट घोषणापत्रमा के छ?

    कार्ल मार्क्सको दूर्लभ अन्तरवार्ता  

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नरेन सिंह राव

      नरेन सिंह राव

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.