Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सम्झनामा प्रदीप गिरि: हामी ज्ञानका भोकाहरूका लागि एउटा भरोसा हुनुहुन्थ्यो

राम कार्की 'पार्थ' राम कार्की 'पार्थ'
भदौ ५, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रदीप गिरि मानवतावादी दृष्टिकोण अख्तियार गरेका प्रबुद्ध नेपाली हुनुहुन्थ्यो। नेपालमा आलोचनात्मक चेत भएका असाध्यै कम मान्छे मध्ये एक हुनुहुन्थ्यो, प्रदीप गिरि। उहाँलाई माथिल्लो स्तरमा पुर्‍याउने प्रमुख तत्व नै उहाँको आलोचनात्मक चेत हो। उहाँ व्यवहारवादी हुनुहुन्न थियो। कतिपय अवस्थामा धेरै ठूला भनिएका राजनीतिज्ञहरू पनि व्यवहारवादी र आफ्नो आवश्यकता अनुसार सिद्धान्तमा तलमाथि गर्नेखालका हुने गर्छन्।

    प्रदीप गिरि युवा हुँदा उहाँका कमजोरी देखेर वा इर्षावश वा विपीको सामिप्यताका कारण पनि उहाँप्रति थुप्रै सकारात्मक र नकारात्मक टिप्पणी हुने गर्दथ्यो। तर प्रदीप गिरि आफ्नो कर्मले  राजनीतिबाट माथि उठ्नुभएको थियो।

    उहाँ नेपालका सन्त नेता भनिएका केपी भट्टराईको नजिक हुनुहुन्थ्यो भने उहाँमा भारतका समाजवादी डा. राममनोहर लोहियाको प्रभाव थियो। लोहियाको किताब ‘ह्विल अफ हिस्ट्री’ विश्वको समाजवादी आन्दोलनमा नै पठनीय सामग्रीको रुपमा लिइन्छ। जयप्रकाश आचार्य, नरेन्द्र देव र लोहिया आदिमध्ये खासगरी लोहियासँगको सामिप्यताले पनि होला एउटा मझौला खालको जमिन्दार र परिवारमा जन्मिएर पनि उहाँले जीवनभर सादगीलाई नै आफ्नो जीवनचर्या बनाउनुभयो।

    आलोचनात्मक चेतका धनी
    उहाँका केही खास विशेषता छन्, जसले उहाँलाई यो उचाईमा पुर्‍यायो। प्रदीप गिरिमा भएको सबैभन्दा महत्वपूर्ण विशेषता उहाँको आलोचनात्मक चेत हो। उहाँको आफ्नै पार्टी, आफूले ठूलो आदर्शको रुपमा मानेका लोहिया र विपी कोइरालाप्रति पनि उहाँका टिप्पणीहरू आलोचनात्मक छन्।

    यस्तै, उहाँले माओवादी आन्दोलनलाई आतंकवादी क्रियाकलापको रुपमा कहिल्यै लिनुभएन। कांग्रेसका अधिकांश नेता र एमालेका नेताले समेत यसलाई आतंकवादी भनिरहेको अवस्थामा उहाँले भने अलिकति अतिवादी चिन्तन भएका युवाहरूले चलाएको राजनीतिक आन्दोलनका रुपमा लिनुभएको थियो। माओवादी आन्दोलनलाई दक्षिण एसियामा राजनीतिक आन्दोलनको रुपमा मान्यता दिलाउनका लाागि प्रदीप गिरि र दुर्गा सुवेदीहरूले खेलेको भूमिका अहिले पनि बाहिर आइसकेको छैन।

    प्रदीप गिरि र दुर्गा सुवेदीहरूले भारतका समाजवादी नेताहरू शरद यादव, रामविलास पासवान लगायत बौद्धिक काम गरिरहेका समाजवादीहरूसँग मलाई लगेर भेट गराउनुभएको थियो। त्यसक्रममा उहाँले माओवादी आन्दोलन राजनीतिक भएकाले यसलाई राजनीतिक तरिकाले डिल गर्नुपर्ने कुरा राख्नुभएको थियो। प्रदीप गिरिको दृष्टिकोणको व्यापकता र बौद्धिकता त उहाँको लेखन र वाचनमा हामी प्रशस्त पाउँछौँ।

    अर्को महत्वपूर्ण कुरा उहाँ जहिले पनि परिवेशलाई आलोचना गर्नुहुन्थ्यो। जब उहाँ मार्क्सको चर्चा गर्नुहुन्छ, मार्क्सले काम गरिरहेका बेला उहाँसँग प्रतिस्पर्धा गर्ने प्रतिद्वन्द्वी को थिए, कस्तो प्रकारको इन्टेलेक्चुअल भूमिमा मार्क्सले काम गरिरहेका थिए र स्वयम् व्यक्ति कस्ता थिए, उनको पारिवारिक स्थिति कस्तो थियो लगायत विषयलाई केलाउने काम उहाँले गर्नुहुन्थ्यो।

    आफूले बौद्धिक रुपमा स्वीकार गरेका मार्क्स, लेनिन र ट्रस्त्स्कीको बौद्धिकताप्रति उहाँ असाध्यै विनम्र हुनुहुन्थ्यो। इतिहासका महान् हस्तिहरूको चर्चा गर्दा पनि आलोचनात्मक बनिरहनु हुन्थ्यो भने उहाँ परिवेशलाई पनि स्पष्ट पार्ने काम गर्नु हुन्थ्यो। जस्तैः लेनिनको किताब ‘ह्वाट इज टू बी डन’ सबैले पढेका छन्, तर लेनिनले कुन परिस्थितिमा कस्ता पात्रहरूसँगको विवादमा त्यो लेखे भन्ने कुरा प्रदीप गिरिले स्पष्ट पार्नुहुन्थ्यो र त्यसपछि मात्रै उहाँ त्यो लेखमा पस्नुहुन्थ्यो।

    यस हिसाबले हामी सबै ज्ञानका भोकाहरूका लागि उहाँ एउटा आड बनिरहनुभएको थियो। कमसेकम हाम्रो पछाडि कोही त छ भन्ने भावना उहाँप्रति राख्न सकिन्थ्यो। व्यक्तिगत रुपमा भन्नुपर्दा उहाँले मलाई धेरै स्नेह दिनुभयो। दुर्गा दाइ, सुशिला दिदी र प्रदीप गिरिहरूको स्नेह मैले जिन्दगीभर प्राप्त गरेँ। उहाँको मृत्युका कारण व्यक्तिगत रुपमा पनि मैले ठूलो नोक्सान व्यहोर्नुपरेको छ। मैले भरोसा गर्न सक्ने र मलाई स्नेह दिने व्यक्ति गुमाएँ भन्ने लागेको छ।

    उहाँलाई कसैले निकाल्न सक्दैन थियो
    कांग्रेस जहिले पनि ‘मास बेस्ड’ पार्टी रह्यो। तर यति हुँदा पनि उहाँलाई कांग्रेसले नियन्त्रण गर्न सक्दैन थियो। किनभने उहाँलाई नियन्त्रण गर्न सक्ने बौद्धिक क्षमता भएका भएका विपी कोइरालाहरू त बितिसक्नुभएको थियो। आफूभन्दा अग्रज भनेर आदर गर्ने केपी भट्टराईरूको त उहाँ प्यारो मान्छे हुनुहुन्थ्यो। त्यसैले उहाँले आफूले दृष्टिकोण राखेको आधारमा मात्रै कांग्रेसबाट बाहिर निकाल्न सम्भव थिएन।

    यसका कारणहरूमा उहाँको पृष्ठभूमि र उहाँका केही एड्भान्टेज पनि थिए। उहाँलाई शिक्षा दिक्षा लिनका लागि र बनारसमा गएर पढ्न कहिले आर्थिक कठिनाई भएन। उहाँलाई कहिल्यै परिचयको संकट भएन। उहाँका बाबा नै कांग्रेसका जिल्ला सभापति भइसक्नुभएको थियो भने काकाहरू पनि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। उहाँले बा र काकाहरूको परिचयको छायाँमा बाँच्नु भन्दा आफ्नो बेग्लै परिचयमा आउन अगाडि बढ्नुभयो। त्यसो हुनाले उहाँको बौद्धिकता, उहाँको अध्ययन र उहाँको मित्रको ठूलो संख्या आदि कारणले गर्दा कांग्रेसले उहाँलाई नियन्त्रण गर्न सक्दैन थियो।

    वामपन्थी कि दक्षिणपन्थी?
    प्रदीप गिरि नेपालको निम्ति अर्गानिक सिद्धान्त विकास गर्न प्रयासरत मान्छे हुनुहुन्थ्यो। मार्क्समाथि हजारौँ किताबहरू लेखिए होलान्, मार्क्सले ल्याएको अतिरिक्त मूल्यको सिद्धान्तमाथि हजारौँ किताब लेखियो, तर त्यसको खण्डन भएको छैन र हुँदैन पनि। यी कुराहरू राम्रोसँग बुझ्नु भएका गिरीको मार्क्सवादप्रति पनि आस्था थियो।

    यस्तै गान्धीको काम गर्ने तरिका, गान्धीको स्वराज आन्दोलन, गाउँ केन्द्रित कामहरू र माओत्सेतुङको चिनियाँ अर्गानिक क्रान्तिबाट पनि प्रदीप गिरि धेरै शिक्षित हुनुहुन्थ्यो। नेपालको निम्ति एउटा बेग्लै खालको समाजवाद विकसित गर्नुपर्छ भन्ने उहाँको थ्योरी थियो।

    कुनै देवीदेवताप्रति आस्था थिएन
    जनताको मुक्ति प्रतिको प्रतिबद्धता र यसको कार्यान्वयन हुनु नै प्रदीप गिरिप्रतिको श्रद्धा हो। पछिल्लो कालमा पर्यावरणमा आइरहेका समस्याप्रति पनि उहाँ सजग हुनुहुन्थ्यो। मुख्य रुपमा मान्छेको मुक्ति चाहने एउटा असल नेताका रुपमा उहँलाई सम्झनुपर्छ।

    सबै मान्छेमा कमिकमजोरी हुन्छन् र उहाँका पनि केही कमजोरीहरू थिए। उहाँ बेला न कुबेला रिसाउनुहुन्थ्यो। जसले गर्दा नजिकै बसेर काम गर्ने मान्छेलाई गाह्रो हुन्थ्यो। किनभने उहाँँको दिनचर्या कहिलेपनि एउटा अनुशासनमा बाँधिएको हुँदैन थियो।

    मैले नजिकबाट उहाँलाई चिन्दा उहाँको व्यक्तिगत जीवन बढी स्वच्छन्दतावादी र बढी अराजक जस्तो देखिनुमा उहाँको पहिलाको प्रेम सम्बन्ध र त्यो प्रेम सम्बन्धमा आएको बिछोडले पारेको प्रभाव जस्तो लाग्छ। म उहाँसँग यो विषयमा कुरा पनि गर्थेँ। कांग्रेसका र उहाँसँग नजिकका धेरै साथीलाई थाहा छ कि हामी भेट हुँदा धेरैबेरसम्म कुराकानी गरेर बस्ने गर्थ्यौं।  मलाई सधैँ त्यो प्रकारको स्नेह प्राप्त हुन्थ्यो। म सबै कुरा उहाँलाई सोध्न सक्थे।

    स्वभाविक रुपमा एउटा अराजकतावादको सिंहाशनसम्म पुगेर उहाँले स्वतन्त्रताको पक्ष लिनुहुन्थ्यो। महिला मुक्तिको प्रश्नमा उहाँसँग अरुलाई तुलना गर्न सकिँदैन। किनभने धेरै हाम्रा साथी तथा जानकारहरूको जीवन र व्यवहारमा पितृसत्तात्मक सोच देखिन्छ, उहाँ त्यसभन्दा अगाडि बढेको हुनुहुन्थ्यो। युरोपको इन्लाइटन्मेन्टबाट राम्ररी परिचित र मार्क्सवादी आन्दोलनमा रोजा लक्जेम्वर्ग, क्लारा जेट्किन लगायत मार्क्सवाद र यो वरिपरिका विचारको राम्रो अध्ययन गरेकाले उहाँ आधा मार्क्सवाद र त्यसमा आधा ब्राह्मण धर्म मिसाउने अचकल्टाहरू भन्दा फरक हुनुहुन्थ्यो।

    उहाँको मार्क्सवादमाथिको अध्ययनबाट बुझ्न सकिन्छ कि उहाँलाई अनुष्ठान वा कुनै देवीदेवताप्रति लगाव थिएन। उहाँको मृत्युबाट मलाई व्यक्तिगत रुपमा चोट परेकाले उहाँको बारेमा म अहिले  यो भन्दा धेरै भन्न सक्दिनँ।

    (कांग्रेस नेता एंव समाजवादी चिन्तक प्रदीप गिरिको निधनपछि उहाँको बारेमा माओवादी केन्द्रका नेता राम कार्कीसँग प्रकाश अजातले गरेको कुराकानीमा आधारित)

    यो पनि –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      राम कार्की 'पार्थ'

      राम कार्की 'पार्थ'

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.