Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सम्पत्ति माथिल्लो तहले उत्पादन गर्दैन, त्यसले त सोहोर्छ मात्र

रूड्गर ब्रेग्मेन रूड्गर ब्रेग्मेन
साउन १६, २०७४
- अर्थतन्त्र, उद्योग, मुख्य समाचार, रिडर्स डिस्कोर्स, विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आधुनिक बैकिङ क्षेत्रको ठूलो हिस्सा विरामीको रगत चुसेर बाँचिरहेको नाम्ले जुका हो ।

    यो लेख आजको दुनियाको एक ठूलो भ्रममाथि केन्द्रित छ । स्वीकार नगरिएको तर घोत्लिँदा अस्वीकार गर्नै नसकिने एउटा यस्तो सत्यमाथि केन्द्रित छ। सत्य के हो भने, हामी उभिण्डो कल्याणकारी राज्यमा बाँचिरहेकाछौं ।

    अचेल, दक्षिणपन्थी मात्र होइन, वामपन्थीसमेत सम्पत्तिको ठूलो हिस्सा माथिल्लो तहमा निर्माण हुन्छ भन्ने ठान्दछन्। दूरद्रष्टाहरू, रोजगार सिर्जनाकर्ताहरू र सम्पत्ति बनाउने जनता समेत यस्तै ठान्छन् । मौकामा चौका हान्न सक्ने चतुरहरूका साथै विश्व-प्रगतिमा सहयोग पुर्‍याउने समेत यस्तो सोच्छन् ।

    हुन त, वामपन्थी र दक्षिणपन्थीबीच कुन सीमासम्मको सफलतालाई पुरस्कृत गर्ने भन्नेबारेमा फरक-फरक धारणा  छन् । वामपन्थीको दर्शनले बलियो पाखुरा हुनेले बढी बोझ उठाउनु पर्छ भन्छ भने, दक्षिणपन्थीहरु उच्च कर दरले व्यवसायलाई हतोत्साह गर्दछ भनेर डराउँछन् । तर ती दुबै पन्थीहरु सम्पत्ति प्राथमिकरुपमा माथिल्लो तहमै उत्पादन हुन्छ भन्नेमा भ्रमित छन्।

    यस्तो भ्रम हामीले प्रयोग गर्ने भाषामा नै गहिरो गरी कुँदिएको छ । जब अर्थशास्त्रीहरूले “उत्पादकत्व” भन्दैछन् भने उनीहरुले वास्तवमा हामीले “प्राप्त गर्ने तलब” को कुरा गरिरहेका छन् ।जब हामी “कल्याणकारी राज्य”, “पुनर्वितरण” र “ऐक्यबद्धता” जस्ता शब्दहरू प्रयोग गरिरहेका हुन्छौं, तब हामीले यहाँ दुई वर्ग वा तह छन् भन्ने कुरा व्यक्त गरिरहेकाछौं। जस्तै  निर्माता र उपभोक्ता, उत्पादक र खन्चुवा, परिश्रमी नागरिकहरु र अरु सर्वसाधारण आदि।

    वास्तवमा, त्यो भ्रमको उल्टो वास्तविकता छ। वास्तविकता के छ भने कुचिकारहरू, सेवकहरू, सफाइ-मजदुरहरूको काँधहरुले नै पिरामिडको उच्च स्थान उठाइरहेका छन्। तिनीहरू नै सामाजिक “ऐक्यबद्धता” का असली पुर्जाहरू हुन्।जबकी हामीले “सफल” र “इनोभेटिभ” भनी प्रशंसा गरिएकाहरूले नै अर्काको श्रमको भरमा आफ्नो सम्पत्ति जोडिरहेका छन्। सबैभन्दा बढी प्रतिफल वा तलव थाप्नेहरू तल्लो तहमा भेटिदैनन्, ती सबैभन्दा माथिल्लो तहमा छन्। तर तल्लो तहमाथि भइरहेको भयानक शोषण देखिएकै छैन। यस विषयमा लगभग कसैले पनि कुरा गर्दैनन्। वामपन्थी राजनीतिककर्मीहरू समेत यो विषय कुनै मुद्दा नै होइन भन्नेमा छन् ।

    तर यो विषय एक महत्वपूर्ण मुद्दा हो। किन यो मुद्दा हो भनेर बुझ्न सर्वप्रथम हामीले पैसा कमाउने दुई तरिका हुन्छन् भन्ने कुरालाई स्वीकार गर्नु पर्छ।पहिलो तरिका भनेको प्रायः हामी सबैले गरेको कुरा “काम” हो। त्यो भनेको आफ्नो ज्ञान र सीप (अर्थशास्त्रको भाषामा भन्दा हाम्रो मानवीय पूँजी) प्रयोग गरी केही न केही नयाँ उत्पादन गर्नु हो। काम गर्नु भनेको सिर्जना गर्नु हो अर्थात् काम गर्नु भनेको केही न केही नयाँ सम्पत्ति सिर्जना गर्नु हो।

    पैसा कमाउने दोस्रो तरिका पनि छ । त्यो भनेको रेन्ट उठाउने तरिका हो । यो तरिका भनेको आफ्नो अधिनमा रहेको जमिन, ज्ञान वा पैसा जस्ता कुनै वस्तु रेन्टमा (बहालमा) राखेर आफ्नो सम्पत्ति वृद्धि गर्ने काइदा हो। यस तरिकामा कुनै कुरा नयाँ उत्पादन नगर्दा पनि नाफा आइरहेको हुन्छ। परिभाषा अनुसार रेन्ट लिने व्यक्तिले लाभ दावी गर्न पाउने आफ्नो शक्ति प्रयोग गरी अर्काको परिश्रमबाट आफ्नो जिवीका चलाउँछ।

    इतिहासका जानकारहरुलाई “रेन्टर” शब्दले ठूला–ठूला मौजाका उत्तराधिकारीहरूलाई सम्झाउँछ। १९ औं शदीका बेगारी रेन्टरहरूको ठूलो वर्गबारे फ्रान्सेली अर्थशास्त्री थोमस पिकेटीले बृहत व्याख्या गरेका छन्। हालका दिनहरुमा त्यो वर्ग फेरि उदाएको छ। (तथापि पुरातनपन्थीहरू रेन्टरहरूको मोज गर्ने अधिकारको जमेर प्रतिरक्षा गर्दैछन्, ती के भन्छन् भने अंशमा कर लिनु भनेको अन्यायले सीमा नाँघ्नु हो )। तर, फेरि उदाएको त्यो वर्गको रेन्ट उठाउने तरिका र माध्यम अत्यन्त नौला छन्। वाल स्ट्रिटदेखि सिलिकन भ्याली या ठूला औषधि उत्पादन कम्पनीहरूदेखि वासिङ्टन र वेस्टमिनिस्टरलाई कज्याउने संयन्त्रहरूतिर ध्यान गाडेर हेर्नु भयो भने ती नयाँखालका रेन्टरहरू जताततै व्याप्त छन् ।

    अहिले ‘को श्रम गर्ने’ र ‘को रेन्ट उठाउने’ छुट्याउनै कठिन छ । वास्तवमा, आधुनिक जमानाको रेन्टर पनि कडा श्रम गरिरहेको देखिन्छ।जस्तो कि वित्तीय क्षेत्रका असंख्य व्यक्तिहरू आफ्नो सम्पत्तिबाट “रेन्ट उठाउन” प्रशस्त रचनात्मक बन्दछन् र कठिन प्रयत्न गर्दछन् । फेसबुक र यूबर जस्ता हाम्रो जमानाका नविन-पहलकारी(इनोभेटिभ) व्यवसायहरू पनि रेन्ट उठाउने अर्थतन्त्र बढाउन मै दत्तचित्त भएर लागेका छन् । यस्ता धेरै धनी मानिसहरूको समस्या भनेको उनीहरू पटक्कै लम्पट छैनन्। ‍ठूला कम्पनीका कैयन कार्यकारी प्रमुखहरू आफ्नो भत्ता वृद्धिका लागि हप्तामा ८० घण्टासम्म खट्छन्। यसकारण उनीहरूको आफ्नो सम्पति माथिको अधिकार गलत लाग्दैन।

    हाम्रो अर्थतन्त्र गरीबसँग भन्दा पनि धनीसँग ऐक्यबद्धता कायम गर्ने प्रणाली हो भनेर बुझ्न अलिक बढी नै दिमागी कसरतको आवश्यकता पर्छ।अतः म सबैभन्दा ठूला आधुनिक फ्रिलोडर (अर्काको सम्पत्तिबाट आफ्नो सम्पत्ति बढाउनेहरू) अर्थात् बैङ्करहरूलाई एक उदाहरणको रुप दिएर मेरो कुराको थालनी गर्छु। अन्तरराष्ट्रिय मुद्रा कोष र अन्तरराष्ट्रिय बसोबास बैङ्कबाट गरिएका अध्ययनहरूले (वामपन्थी विचारकहरुले भने जसरी त होइन) अधिकांश वित्तीय क्षेत्र विशुद्ध परजीवी बनिसकेको देखाउँछन् । विभिन्न अध्ययनहरूले त्यो परजीवीले सम्पत्ति सिर्जना गर्नुको साटो कसरी सम्पत्ति ख्वाप्पै खान्छ भनी देखाएकाछन्।

    यसको गलत अर्थ नलगाउनु होला । बैङ्कहरूले जोखिम आंकलन गर्न र आवश्यक परेको ठाउँमा पैसा लगाउन मद्दत गर्छन् र यी दुबै क्रियाशील अर्थतन्त्रका लागि अति महत्वपूर्ण हुन्छन्। स्मरण रहोस् कि, अर्थशास्त्रीहरू नै भन्छन् निजी क्षेत्रको कुल ऋणको उच्चतम तह कुल ग्राहस्थ उत्पादनको १ सय प्रतिशत हुन्छ ।यस समिकरणको आधारमा, यदि वित्तीय क्षेत्रमात्र वृद्धि हुन्छ भन्नुको अर्थ थप सम्पत्ति होइन, कम सम्पत्ति हुन जान्छ। यहीनै नराम्रो कुरा भयो। अहिले संयुक्त अधिराज्यको निजी क्षेत्रको कुल ऋण १५७. ५प्रतिशत र संयुक्त राज्यको १८८.८ प्रतिशत छ।

    अर्को शब्दमा, आधुनिक बैकिङ क्षेत्रको ठूलो हिस्सा विरामीको रगत चुसेर बाँचिरहेको नाम्ले जुका हो। यसले कुनै नयाँ उत्पादन गरिरहेको छैन, बरु अरूलाई चुसेर खोक्रो बनाइरहेको छ। यसो गर्न बैङ्कहरूले एक से एक उपाय निकालेका छन्। तापनि आधारभूत विधि भने सधैं एउटै रहन्छः उनीहरू भोलि नै आउँदैन झैँ गरी ऋण लगानी गर्छन् जसले घर, शेयर जस्ता वस्तुको मुल्य अत्यधिक बढाई दिन्छ र त्यसबाट (ब्याज, कमिसन, दलाली शुल्क वा तपाईंसँग भएको वस्तुका रूपमा) ठूलै प्रतिशत नाफा कमाउँछन्। केही गरी फोहर ज्यादा थुप्रिएमा अंकल साम (अमेरिकी सरकारलाई भन्ने गरिन्छ) ले सफा गर्नेछन् ।

    आधुनिक बैकिङ्क क्षेत्रमा कार्यरत सबै गणितका दिग्गजहरू (जसले विश्वविद्यालय वा वास्तविक समृद्धि प्रबर्द्धन  गर्ने कम्पनीहरूमा काम गर्नु पर्‍थ्यो) बाट मनगढन्ते वित्तीय नवीन-पहल (इनाेभेशन)ले आधारभूत रूपमा ऋणको परिमाण बढाउने मात्र काम गरेका छन् । र, ऋण भनेको वास्तवमा रेन्ट उठाउने हतियार नै हो । अतः तलब व्यक्तिले काम गरेको मुल्यको अनुपातमा हुनुपर्छ भनी मान्नेहरू हामीले निकाल्ने निष्कर्ष धेरै बैङ्करहरूको तलब ऋणात्मक हुनुपर्छ भन्ने हुन्छ, अर्थात उनीहरूले सम्पत्ति उत्पादन गर्नु भन्दा सम्पत्ति नोक्सान गरेका छन्,  त्यस वापत तिनीहरुलाई जरिवाना गर्नुपर्छ।

    बैङ्करहरू फ्रिलोडरहरूका बगालमा स्पष्ट देखिने झुण्ड हुन् तर तिनीहरु एक्लो झुण्ड भने पक्कै होइनन् । धेरै वकिल र एकाउण्टेन्टहरूको यस्तै कमाईधमाइ हुन्छ। कर छलीको कुरा गरौं न । धेरै मेहेनती, प्राज्ञिक दक्ष पेशाकर्मीहरू अन्य देशका असंख्य जनसंख्याको मुल्यमा आरामदायी जीवन गुजारी रहेका छन् । वा विगत तीन दशकको निजीकरणको छाललाई नै हेरौं ! त्यसले रेन्ट उठाउनेहरूलाई असिमित अधिकार दिने बाहेक अरु केही गरेन। संसार कै सबैभन्दा धनी मध्ये एक कार्लोस स्लिमले मेक्सीकोको टेलिकम बजारको एकाधिकार प्राप्त गरी त्यसको सेवा शुल्क अत्याधिक बढाएर अरबौं कमाए। यहि कुरा रुसी कुलिनहरूमा पनि जस्ताको तस्तै लागू हुन्छ। बर्लिन पर्खाल ढलेपछि उनीहरूले रुसी राज्यको सम्पत्ति रेन्टबाटै जीवन चलाउनका लागि कौडीको मोलमा किने।

    समस्या अब यहाँ नेर छ । धेरैजसो रेन्ट खानेहरू छद्मभेषी छन्, ती लोभी बैङ्करहरू ब्यवस्थापकहरूलाई चिने जसरी सजिलै चिनिदैनन्। बाहिरबाट हेर्दा तिनीहरू मेहेनती देखिन्छन्, केही न केही समय उनीहरू केही न केही गरिरहेका हुन्छन् । यसै कारण उनीहरूको रेन्ट उठाउने धन्दामा आँखा पर्दैन।

    औषधि उद्योगलाई नै लिऊँ न । ग्लाक्सो – स्मिथ  – क्लाइन फाइजर जस्ता कम्पनीहरूले नियमितजसो नयाँ औषधिहरू बजारमा ल्याउँछन् तर बहुसंख्यक नयाँ औषधिहरू सरकारबाट अनुदान प्राप्त ल्याबहरूमा सहजपूर्वक तयार गरिएका हुन्छन् । निजी कम्पनीहरूले त पहिले नै उपलब्ध औषधिसँग मिल्दाजुल्दा औषधि मात्र उत्पादन गर्छन् र त्यसको स्वामीत्व अधिकार लिन्छन् । यसपछि धुँवाधार मार्केटीङ, वकिलहरूको हुद्दा र बलियो लबीका सहयोगले लामो समयसम्म अकुत नाफा कुम्ल्याउँछन् । अर्को शब्दमा भन्नु पर्दा औषधि उद्योगको विशाल कमाईमा चिम्टी भर नविन-पहल र मुठ्ठी भरी रेन्टको योगदान रहन्छ ।

    एप्पल, अमेजन, गुगल, फेसबुक, यूबर र एअरबिएनबि जस्ता आधुनिक प्रगतिका मिशालहरू रेन्ट उठाउने ध्येयमा बुनिएका तानाबाना हुन् । पहिलो कारण उनीहरूको अस्तित्व नै सरकारको अनुदानबाट भएका आविष्कार र नविन-पहलताहरू माथि अडिएको छ (आई फोनको आधारभूत प्रविधिका पुर्जा, इन्टरनेटदेखि ब्याट्रीसम्म, टच स्क्रीनदेखि स्वर पहिचानसम्मका सबै कार्यहरु सरकारको तलब खानेहरूको अनुसन्धाताहरुबाट आविष्कार भएका हुन्) । र दोस्रो कारण उनीहरूले कर छल्न असंख्य बैङ्करहरू, वकिलहरू र लबीस्टहरूलाई यस उद्देश्य पूर्तिका लागि एउटा कसिलो गाँठोमा बाँधेर राख्छन् ।

    अझ महत्वपूर्ण त के छ भने, यी कम्पनीहरू “प्राकृतिक एकाधिकार” का रूपमा क्रियाशील रहन्छन् । उनीहरूको प्ल्याटफर्ममा हजारौं मानिसहरूले निरन्तर निःशुल्क विषयवस्तुहरूको योगदान गरिरहने हुनाले यस्ता कम्पनीहरू बढ्दो वृद्धि र मुल्यको सकारात्मक फिडब्याक लुपबाट सञ्चालित भइरहन्छन् । यस्ता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न ज्यादै मुस्किल हुन्छ किनभने आकार बढ्दै जाँदा उनीहरू बलियो पनि बन्दै जान्छन् ।

    “प्ल्याटफर्म पूँजीवाद” को सटिक चित्रण गर्दै एक लेखमा टम गुडविन लेख्छन्, “संसारको सबैभन्दा ठूलो ट्याक्सी कम्पनी यूबरको आफ्नो ट्याक्सी एउटै पनि छैन, सबैभन्दा प्रख्यात मिडिया मालिक फेसबुक आफैँले एउटै विषयवस्तु सिर्जना गर्दैन, संसारको सबैभन्दा नामी खुद्रा व्यापारी अलिबाबाको आफ्नो  मौज्दात नै छैन, संसारको सबैभन्दा ठूलो आवास कम्पनी एअरबिएनबिको आफ्नो आवास क्षेत्र छैन।

    उसो भए यी कम्पनीहरूको स्वामीत्वमा के छ त ? तिनीहरुको  स्वामित्वमा के छ  भने, मात्र एउटा प्ल्याटफर्म ।  यो यस्तो प्ल्याटफर्म हो, जसलाई धेरै भन्दा धेरै मानिसहरू उपयोग गर्न चाहन्छन् । किन ? किनभने ती ‘शान्त छन्, ती रमाइला छन् र यस सन्दर्भमा तीनले केही मुल्य दिन्छन्। तथापि हामी सबै फेसबुकमा निःशुल्क विषयवस्तु प्रदान गर्न खुसी हुन्छौं किनभने हाम्रा सबै साथीहरू फेसबुकमा छन्, हाम्रा साथीका साथीहरू पनि  फेसबुकमा छन् र  हाम्रा साथीका साथीहरूका पनि साथीहरू फेसबुकमा छन् ।

    मार्क जुकरबर्गको कमाईको ठूलो हिस्सा भनेको हामीले दिनहुँ निशुल्क दिएका लाखौं फोटा र भिडियोहरूले उठाएको रेन्ट हो । र यसो गर्दा हामीलाई रमाईलो पनि लाग्छ। तर हामीसँग विकल्प पनि त छैन— आजकल हरेक मान्छे फेसबुकमा जो छन्। जुकरबर्गको एउटा वेभ साइट छ जसभित्र हरेक एडभटाईजरहरू पस्न चाहन्छन् तर त्यो त्यति सस्तो छैन । अनि जाम्बीयाका फ्रि इन्टरनेट भएका लोभलाग्दा पाइलटहरूबाट नझुक्किनु होला । आवश्यकीय वस्तु मात्र बाँकी राखेर नङ्याउँदा त्यो सामान्य विज्ञापन एजेन्सी बाहेक केही होइन। वास्तवमा सन् २०१५ मा अमेरिकाका सबै अनलाइन विज्ञापनको कुल शुल्कको ६४ प्रतिशत त गुगल र फेसबुकले कुम्ल्याएका थिए।

    उसो भए के त गुगल र फेसबुकले काम लाग्ने कुनै चिज उत्पादन गर्दैनन् त ? निश्चय केही त गर्दछन् । तर बिडम्बना त के छ भने यिनीहरूका सबै नविन-पहलताहरूले रेन्ट अर्थतन्त्रलाई अझ बढाउने काम मात्र गर्छन्। उनीहरूले नयाँ एल्गोरिदम निर्माण गर्न सयौं प्रोग्रामरहरूलाई काममा लगाएका छन् ताकि हामीहरू बढी भन्दा बढी विज्ञापनमा क्लिक गरौं । यूबरले सम्पूर्ण ट्याक्सी क्षेत्र ओगटेको छ भने एअरबिएण्डबिले  होटल उद्योग र अमेजनले पुस्तक व्यापार हड्पेका छन्। यस्ता प्ल्याटफर्महरू जति विस्तार हुँदै जान्छन् ती उति नै बलिया पनि बन्दै जान्छन्, जसले गर्दा यी डिजिटल सामन्तहरूले धेरै भन्दा धेरै बढी रेन्ट माग गर्न सक्छन् ।

    एकपटक पुनः रेन्टरको परिभाषा बारे सोचौं, त्यो व्यक्ति जसले पहिलेदेखि अस्तित्वमा रहेको कुनै वस्तु आफ्नो नियन्त्रणमा राखेर खुद आफ्नै सम्पत्ति वृद्धि गर्छन्। मध्य युगका सामन्तहरूले बाटोको बीचमा ढाट खडा गरेर त्यसबाट पार हुने प्रत्येक व्यक्तिसँग पैसा उठाउँथे। अहिलेका प्रविधि धुरन्धरहरू पनि ठ्याक्कै त्यस्तै गर्छन्,  तर ती ढाटहरु डिजिटल राजमार्गमा रूपान्तरण भएका छन्। जनताले तिरेको करबाट निर्मित प्रविधि प्रयोग गरेर उनीहरूले तपाईं र अन्य मानिसहरूका निःशुल्क विषयवस्तु (free content) बीच ढाट (tollgates) खडा गर्छन् र यस अवधिमा उनीहरूले आफ्नो कमाईमा लगभग कुनै कर तिर्दैनन्।

    यो त्यही तथाकथित नविन-पहलता (innovation) हो जसले सिलिकन भ्यालीका गुरुहरू आल्हादीत छन्ः जति ठूलो प्ल्याटफर्म उति नै ठूलो मुनाफा। तब किन हामी यसलाई स्वीकार गरिरहेका छौं ? किन जनसंख्याको ठूलो हिस्सा यिनै रेन्टरहरूको समर्थन (प्रबर्धन) मा हाड खियाउने मेहनत गर्छन् त?

    मेरो विचारमा यसका दुईवटा जवाफ हुन सक्छन् । पहिलो आधुनिक रेन्टरहरू लो प्रोफाईलमा रहन जान्दछन् । एक जमाना थियो जति बेला क–कसले फ्रिलोडिङ गरिरहेका छन् भनेर सबैलाई थाहा हुन्थ्यो । राजा, चर्च र सामन्तहरूको हातमा सम्पूर्ण जमिन हुन्थ्यो र त्यसमा खेतिपाती गर्न किसानले चर्को शुल्क तिर्नुपर्थ्याे । तर आधुनिक अर्थतन्त्रमा रेन्ट व्यवस्थाले काम गर्न ज्यादै जटिल छ । कति जनाले credit default swap,  वा  a collateralised debt obligation बारे व्याख्या गर्न सक्छन् ? वा गुगलका आकर्षक डुडलहरुको शुल्क ढाँचा बुझाउन सक्छन् ?  अनि वाल स्ट्रिट र सिलिकन भ्यालीमा काम गर्नेहरू हाड खिउन्ज्याल मेहेनत गर्दैनन् र ? उसो भए उनीहरू कुनै उपयोगी नै काम गरिरहेका छन् हैन त?

    अँ त्यसो नहुन सक्छ । गोल्डम्यान साचको सिइओ  र राजा लुई चौधौंको प्रमुख कार्यकारीले गर्ने एक दिनको काममा आकाश पातालको भिन्नता हुनसक्छ तर दुबैको शुल्क ढाँचा एउटै कुरा अर्थात् कसरी बढी लाभ लिने भन्ने कुरा वरिपरि घुम्छ । पत्रकार म्याट टाईब्बीले गोल्डम्यान साचबारे लेख्छन्, “ विश्वको सबैभन्दा ठूलो इन्भेष्टमेन्ट बैङ्क मानवताको मुखुण्डो भिरेको एउटा ठूलो पिशाच हो जसले पैसाको गन्ध पाउने वित्तिकै हरेक ठाउँमा बेचैनीका साथ आफ्ना रगत चुस्ने सुँड घुसारी हाल्छ” ।

    तर स्कुइड र पिशाचको के कुरा औसत धनी फ्रिलोडरहरूले पनि सफलतापूर्वक एउटा शिष्ट मेहेनती कामदार भएको स्वाँग रच्न सक्छ । उसले आफूलाई “रोजगार सिर्जनाकर्ता” र “उच्च उत्पादकत्व” को वरदानका कारण आफ्नो आय “कमाउने” एउटा “लगानीकर्ता” को रूपमा प्रस्तुत गर्न आकाश पाताल जोड्छ । वामपन्थ र दक्षिणपन्थ दुबै तप्काका अर्थशास्त्री, पत्रकार र राजनीतिकर्मीहरूले यस्तो कथा सहश्र ग्रहण गर्दछन्। यसरी नै दोहन र शोषणलाई सिर्जना र आर्जनको आवरणले ढाँक्न पटक–पटक भाषालाई तोडमरोड गरिएको छ ।

    यति हुँदा हुँदै पनि, यो सबै धूर्ततापूर्ण षड्यन्त्रको एउटा पाटो हो भनी ठान्नु गलत हुनेछ । धेरै आधुनिक रेन्टरहरूले आफूहरू नै वास्तविक मुल्य निर्माता (bonafide value creators) हौं भनेर स्वयम् आफैंलाई पनि विश्वास दिलाएका छन्। जब गोल्डम्यान साचका वर्तमान सिईओ लोयड ब्ल्याङ्कफिनलाई उनको कामको उद्देश्यबरे सोधियो तब उनबाट सपाट उत्तर आयो, “ म भगवानको काम गरिरहेको छु ।” सुर्य महाराजले पनि यस जवाफको समर्थन गर्ने थिए ।

    रेन्टरहरूलाई सुरक्षित राख्ने दोस्रो कुरा अति नै  डरलाग्दो रहस्यात्मक छ । हामी सबै रेन्टर बन्न चाहन्छौं । उनीहरूले लाखौं मानिसहरूलाई आफ्नो शुल्क ढाँचामा सहमत गराई सकेका छन् । यसो विचार गरौं तः हाम्रो वित्तीय क्षेत्रका पैसा दिने सबैभन्दा दुधालु गाई कुन छन् ?  उतरः घरजग्गा दलाली र पेन्सन । दुबै खालका बजारहरुमा हामीजस्ता धेरै लगानिकर्ता भएका छौं ।

    हालका दशकहरूमा धेरै भन्दा धेरै मानिसहरू घर किन्नका लागि ऋण लिन ल्याप्चे ठोकी रहेका छन् र घरको मुल्य बढ्नमा उनीहरूको चासो हुनु स्वाभाविक छ। यही कुरा पेन्सनको हकमा पनि लागू हुन्छ। विगतका केही दशकभित्र हामी झारा टार्दै  पेन्सनरूपी खुत्रुकेमा प्रशस्त भुक्तानी गर्दै खुसी रहनका लागि सबैभन्दा ठूला शोषकहरूसँग मिल्नु पर्ने चर्को दबाबमा छौं।

    विषयको मार्मिक सत्य के हो भने सामन्तवादको लोकतान्त्रिकरण भएको छ। सानो वा ठूलै हदसम्म हामी सबै लाभ माथि निर्भर छौं । यस शोषणको खेलमा हामी सबैलाई रेन्टर इलाइटले एकमुष्ट सहमत गराई सकेका छन् र फलस्वरुप धनी रेन्टरहरू र घर मालिक तथा अवकाश प्राप्तहरू बीच राजनीतिक सम्झौता भएको छ।

    मलाई गलत नबुझ्नु होला, धेरैजसो घर मालिकहरू र अवकाश प्राप्तहरूले यसबाट फाईदा पाइरहेका छैनन्। यस विपरित उनीहरूले आफ्नो घर वा पेन्सनबाट जति फाइदा पाइरहेकाछन् त्यो भन्दा कैयौं ज्यादा बैङ्कहरूले उनीहरूबाट चुसिरहेका छन् । यद्यपि आफूमा लागेपछि चोरीको लत लागेकाहरू माथि औला ठड्याउन कठिन हुन्छ ।

    उसो भए यो सब किन भइरहेछ ? यसको उत्तर चार वटा सरल शब्दहरुमा दिन सकिन्छः “किनभने यो सम्भव छ।”

    सारमा रेन्टरीजम शक्तिको प्रश्न हो । राजा लुई चौधौंले लाखौं मानिसहरूको शोषण गर्न सके किनभने उनीसँग त्यस बखत युरोपको सबैभन्दा ठूलो सेना थियो । आधुनिक रेन्टरहरूको पनि यो भन्दा फरक अवस्था होइन। उसँग कानुन छ, उसका राजनीतिज्ञहरू र पत्रकारहरू छन् । यसै कारण ठूलै धोकाधडी गरे पनि  सामान्य सजाँय मात्र पाउँछन् जबकी सरकारको सहयोगमा बाँचिरहेकी एउटी आमाले नजानेर नै गल्ती बाकस छोएमा ज्यानै जानेखालको सजाय पाउन सक्छिन्।

    सबैभन्दा दुःखद कुरा त के छ भने रेन्ट अर्थतन्त्रले समाजका सर्वोत्तम  र प्रतिभाशालीलाई कर्‍यापकुरुप पारिरहेको छ। एक जमानामा आभी लिग (Ivy League)  का स्नातकहरू विज्ञान, सार्वजनिक सेवा वा शिक्षा क्षेत्रमा आफ्नो करियर बनाउन चाहन्थे, तर आजकल उनीहरू बैङ्क, ल फर्म, वा गुगल, फेसबुक जस्ता उन्मुक्त विज्ञापन एजेन्सीहरूमा काम गर्न रुचाउँछन् । जब यसबारे सोच्न थाल्छौं हामी विक्षिप्त नै बन्छौं । हामी करबाट उठेको खरबौं रूपैयाँ पैसा हाम्रा उत्तम मस्तिष्कहरूलाई कर्पोरेट भर्‍याङ उक्लन सहयोग गर्ने काममा लगाइरहेका छौं, ताकि उनीहरूले त्यहाँ गएर अकुत आय प्राप्त गर्ने उपाय सिकून् ।

    एउटा कुरा निश्चित छः जुन देशमा रेन्टरहरूको हात माथि पर्छ त्यो देश विस्तारै अधोगति लाग्छ । रोमन साम्राज्यलाई हेरौं वा १५औं शताब्दीको भेनिसलाई हेरौं वा १८औं शताब्दीको डच गणतन्त्रलाई हेरौं । परजीवीले बालकको बृद्धिमा अवरोध पुर्‍याए जस्तै रेन्टरले देशको प्राणशक्ति नै चुसेर खोक्रो बनाउँछ ।

    रेन्ट अर्थतन्त्रमा बाँकी रहेको रहलपहल नविन-पहलता पनि त्यही रेन्ट अर्थतन्त्रलाई फैलाउन मै केन्द्रित हुन्छन्। यसबाट स्पष्ट हुन्छ कि सन् १९७० ताकाका उड्ने कार, क्यान्सरको उपचार र मंगल ग्रहमा बस्ती बसाउने जस्ता ठूला सपनाहरु किन अझै साकार भएका छैनन् जबकी बैङ्करहरू र विज्ञापन निर्माताहरूका हातमा हजारौं गुणा शक्तिशाली प्रविधि पुगेको छ।

    तर सधैं यस्तै भइरहन जरुरी छैनः रेन्ट उठाउने ढाटहरू  भत्काउन सकिन्छ, वित्तीय उत्पादनहरू माथि प्रतिबन्ध लगाउन सकिन्छ, कररहित स्वर्गस्थल (tax havens) ध्वस्त गर्न सकिन्छ, वकिलहरूलाई काबूमा राख्न सकिन्छ र पेटेन्ट अधिकारलाई अस्वीकार गर्न सकिन्छ। विपुल धनका मालिकहरू माथि उच्च कर लगाएर रेन्टरीजमलाई कम आकर्षक तुल्याउन सकिन्छ, किनभने समाजका सबैभन्दा ठूला फ्रिलोडरहरू पिरामीडको टुप्पोमा विराजमान छन्। र हामीले जमीन, तेल र नविन-पहलताबाट हुने हाम्रो आयआर्जनमा कर्मचारीहरूलाई शेयर दिन वा सर्वमान्य आधारभूत आय जस्ता विधिद्वारा न्यायपूर्वक वितरण गर्न सक्छौं।

    तर यस्तो क्रान्तिका लागि हाम्रो सम्पत्तिको उद्गमस्थलबारे  विलकुलै नयाँ व्याख्याको आवश्यकता पर्दछ। यसका लागि दयनीय तथा तल्लो वर्गसँगको “ऐक्यबद्धता” भन्ने पुरातन मान्यता तोड्न आवश्यक छ।  हामीले गर्नै पर्ने भनेको वास्तविक कडा परिश्रम गर्नेहरूलाई उनीहरुले पाउनै पर्ने प्रतिफल दिनु हो।

    र, हो मैले भन्न खोजेको फोहर उठाउनेहरू, सेवकहरू, सफाइ मजदुरहरू कै काँधहरू हुन् जसले हामीलाई बोकी रहेछन्।

    (रूड्गर ब्रेग्मेन  Utopia for Realists: The Case for a Universal Basic Income, Open Borders and a 15-hour Workweek का लेखक हुन्। उनी De Correspondentका पत्रकार हुन् । यसलार्इ दामाेदर उपाध्यायले भावानुवाद गर्नुभएको हाे ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रूड्गर ब्रेग्मेन

      रूड्गर ब्रेग्मेन

      Utopia for Realists: The Case for a Universal Basic Income, Open Borders and a 15-hour Workweek का लेखक हुन्। उनी De Correspondentका पत्रकार हुन् ।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.