Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पतित–वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ

वामपन्थी एटा कुरा होला, मार्कसवादी भन्नु अर्कै हो। साम्यवादी भन्या पनि अर्कै हो। मार्क्सवाद भन्ने कुरा एउटा ‘ब्रड क्याटगरी’ हो भन्ने लाग्छ मलाई। सजिलो भाषामा भन्ने हो भने समाजमा अग्रगामी परिवर्तन चाहनेलाई वामपन्थी भनिएको होला।

खगेन्द्र संग्रौला खगेन्द्र संग्रौला
साउन १६, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यस कार्यक्रममा आउनुभएका सबै साथीहरूलाई स्वागत छ। अघि पिताम्बरज्यूले आफूलाई भन्न मन लागेका कुराहरू काइदाले भन्नुभयो। सहभागीहरूले उहाँका कुरालाई कति ग्रहण गर्नुभयो, त्यस विचारमा कति सहमत हुनुभयो या हुनु भएन, त्यो आफ्नो कुरा भयो। तर यस कार्यक्रममा आउनुअघि मेरो मनमा जिज्ञासाहरू थिएः ‘वामपन्थबारे छलफल गर्ने र त्यस छलफल कार्यक्रममा ६०–६५ जना आउने। त्यो ६०–६५ जनामा कोदेखि कोसम्म होलान्? कसरी त्यत्रा मान्छे जुट्लान्?’ कार्यक्रममा आएपछि सहभागीहरू अनुहार नियाल्दैछु।

    र, तपाईँलाई वामपन्थउपर विमर्श र चिन्तनकै लागि डाकेपछि तपाईँ ‘पदेन वामपन्थी’ हुनुभयो। त्यसपछि त यहाँ सहभागीमध्ये को वामपन्थी हो या को होइन भन्नेमा तर्क–वितर्क नै रहेन। तर पनि प्रश्न फेरि पनि के रहन्छ भने वामपन्थी, प्रगितिशिल, प्रगतिवादी, जनवादी, मार्क्सवादी र साम्यवादी सबैलाई ‘वामपन्थ’ले प्रतिनिधित्व गर्छ? पिताम्बरज्युले भन्नुभयो, ‘प्रतिनिधित्व गर्छ। वामपन्थ भनेपछि त्यसले सबैको प्रतिनिधित्व गर्छ।’ तर यो उपस्थितिका यी अनुहारहरू, यो चिन्तन, संलग्नता, धारणा र विश्वासले के देखाउँछ भने वामपन्थले ती सबै कुराहरूको प्रतिनिधित्व भने गर्दैन।

    वामपन्थी एटा कुरा होला, मार्कसवादी भन्नु अर्कै हो। साम्यवादी भन्या पनि अर्कै हो। मार्क्सवाद भन्ने कुरा एउटा ‘ब्रड क्याटगरी’ हो भन्ने लाग्छ मलाई। सजिलो भाषामा भन्ने हो भने समाजमा अग्रगामी परिवर्तन चाहनेलाई वामपन्थी भनिएको होला। तर परिवर्तन चाहनेको चाहनाका सीमा होलान्, चाहना पूरा गर्न उस/उनले गर्ने हस्तक्षेपका पनि सीमा पनि होलान्। उस/उनको प्रतिवद्धता र समर्पणका पनि सीमा होलान्। परिर्वतन चाहनेलाई सजिलो भाषामा वामपन्थी भनिएको होला। यसो हेर्दा त नेपालमा वामपन्थ त बलियै छ। र, यो गम्भीर विषय हो छलफलका लागि।

    नेपालमा अस्तिमात्रै दुई तिहाई कम्युनिष्टको त सरकार नै बनेको थियो। त्यसको चिन्तन, चरित्र, त्यसको कर्म र परिणती हामी सबैले भोगेका छौँ। त्यसकारण पिताम्बरजीले भनेको त्यस कुराले भने मलाई घत पर्यो। उहाँले भन्नुभयो, ‘वामपन्थलाई वामपन्थीहरूबाट जोगाउँ।’ जर्जर भएकाहरू, पथभ्रान्त भएकाहरू, पतित भएका वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ। त्यसको अर्थ हामी यहाँ वामपन्थ के हो भनेर बुझ्न र त्यसलाई परिभाषित गर्न उपस्थित भएका छौँ। यसर्थ, यो भेला अत्यन्त सामयिक र प्रासंगिक छ भन्ने मलाई लाग्छ।

    कम्युनिष्ट सभामा आएपछि यो प्रसंग पनि जोडौँ। कम्युनिष्टहरूको सभामा प्रायः के हुन्छ भने सभा जति लामो भयो, त्यति नै गजब भयो भन्ने ठानिन्छ। अनि सभामा उभिएपछि नेताले यस्सो दर्शक/स्रोतातर्फ नियाल्छ। उसले देख्छ–सभामा पचास या सय मान्छेहरू जुटेका छन्। मंच बनाइदिने कोही अर्कै छ। माइककको बन्दोबस्त मिलाइदिने अर्कै छ र भाषण सुनिदिने अर्कै छ। ‘एकबारको जुनीमा भोलि यति टाउकाहरू कहाँ फेला पर्लान् र!’ भन्ने ठान्दै नेता निरन्तर दिन थाल्छ (भाषण दिन थाल्छ)।

    त्यसो हुँदा कम्युनिष्टहरूको सभाभन्दा उच्चाटलाग्दो अरु कुनै ठाउँ हुँदैन। कांग्रेसले त्यति लामो बोल्दैनन्। उनीहरूले नजानेर नबोलेका होइनन्। त्यो कुरोमा कांग्रेसहरूका सभा र विचार विमर्शका कार्यक्रमहरू हाम्रोभन्दा होलो छन्। यद्यपि, कांग्रेसमा सबै कुरा होलो/खुकुलो छँदैछ, त्यो बेग्लै कुरा हो।

    (२०७८, साउन १४ र १५ गते नेपाल अध्ययन केन्द्रले काभ्रेको पनौतीमा ‘आजको वामपन्थ’ शीर्षकमा राखेको विचार/विमर्श कार्यक्रममा लेखक खगेन्द्र संग्रौला राख्नुभएको संक्षिप्त मन्तव्यको संक्षिप्त अंश।)

    यो पनि  –

    नेपाली समाजका ७ अन्तरविरोध – पीताम्बर शर्मा 

    आजको वामपन्थ – घनश्याम भूसाल 

    बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन – राम कार्की ‘पार्थ’ 

    सिद्धान्तबिहिन हुनु भनेको कुहिराको काग बन्नु हो – टंक कार्की 

    आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने? – रोशन जनकपुरी 

    वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने? – भूपाल राई 

    कम्युनिष्टहरुमा ‘डिकोडिङ’को समस्या छ – उमेश चौहान

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      खगेन्द्र संग्रौला

      खगेन्द्र संग्रौला

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.