Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

उसले भन्यो, ‘यो कुकुर होइन, भेरु महाराज हो। मैले एउटा टिभी सिरियलबाट थाहा पाएको। मैले एउटा देउताको तस्वीरमा पनि सँगै कुकुरको चित्र देखेको छु। भगवानलाई कुल्चन पुगेका कारण त्यसप्रति क्षमा मागेको हुँ।’

संजय श्रमण संजय श्रमण
असार ९, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अघिल्लो सालको कुरा हो, कक्षा १२ मा टप गरेका मेरा मित्रको छोरासँग मेरो कुराकानी भइरहेको थियो। उ आफ्नो कुकुरलाई लिएर कोठामा खेलिरहेको थियो। खेल्ने क्रममा झुक्किएर उ चिप्लियो। त्यस क्रममा किताब र कुकुरलाई समेत कुल्चिन पुग्यो। उसले हत्तपत्त किताबलाई त ढोगेन मात्रै, आफ्नो कान पनि समात्यो। सँगै, कुकुरसँग समेत ‘क्षमा’ माग्यो। मैले उसलाई सोधेँ, ‘यो सबै के गरेको?’

    लेखक संजय श्रमण

    उसले भन्यो, ‘यो कुकुर होइन, भेरु महाराज हो। मैले एउटा टिभी सिरियलबाट थाहा पाएको। मैले एउटा देउताको तस्वीरमा पनि सँगै कुकुरको चित्र देखेको छु। भगवानलाई कुल्चन पुगेका कारण त्यसप्रति क्षमा मागेको हुँ।’ किताबलाई कुल्चने कुरा राम्रो होइन किनकी त्यसो गर्दा किताब च्यातिन सक्छ। र, पशुप्रति अनादर गर्ने, कुल्चने या लात्ताले हान्ने कुरा पनि खराब कृत्य हो, त्यसो गर्नु हुँदैन। तर यहाँको सन्दर्भ अलग थियो। यहाँ सम्पूर्ण कुरा इश्वरीय रहस्यसँग जोडिएको थियो।

    मैले उसको किताबलाई नियालेँ। किताबको बाहिरी कभरमा टाँसिएको नेम चिटमा ‘हावामा उड्ने कुनै देवता’को चित्र देखिन्थ्यो। मैले उसलाई व्यंग्य गर्ने शैलीमा भने, ‘यो कुन जनावरको चित्र हो?’ अप्ठ्यारो मान्दै उसले भन्यो, ‘यो कुनै जीव होइन, यो त भगवानको तस्वीर हो। शक्तिशाली भगवान।’

    मैले उसका कुरालाई वेवास्ता गर्दै उसँग गुरुत्वाकर्षणको बारेमा सोधे। उसले गुरुत्वाकर्षणको पूरा नियम एक स्वासमै बाचन गरेर सुनायो। फेरि मैले उसँग पलायन वेग (इस्केप भेलोसिटी) र प्लेनेटरी मोसनका बारेमा पनि सोधेँ। उसले तुरुन्तै त्यससम्बन्धी सिद्धान्त सुनाइदियो। र, विज्ञानका ती सिद्धान्त र सुत्र मलाई सुनाउन पाउँदा उ खुसी देखिन्थ्यो।

    मैले फेरि उसलाई सोधेँ, ‘एउटा रकेटलाई उड्नका लागि र जमिनको गुरुत्व क्षेत्रबाट बाहिर जानका लागि कति समय र उर्जा लाग्छ? र, के त्यस्तो उर्जा मान्छे या कुनै जनावरमा हुनसक्छ?’ र, सो प्रश्नमा पनि उसले तथ्यपूर्ण जवाफ दियो र भन्यो, ‘हो, ठूला र हवाइहजाज या रकेटमा मात्रै गुरुत्व बललाई लत्याएर आकाशमा जानसक्छन्। ठूला र शक्तिशाली मेसिनहरू मात्रै गुरुत्व बललाई लत्याएर आकाशमा उड्नसक्छन्।’

    मैले फेरि उसलाई सोधेँ, ‘त्यसो हो भने ती उड्नेवाला देवताहरूचाहिँ कसरी आकाशमा उड्थे होला?’ तर मेरो प्रश्न सुनेर उसलाई कुनै आश्चर्य लागेन र सहजतासँग उत्तर दियो, ‘उहाँ त भगवान हो। भगवानले त जे पनि गर्न सक्छन्।’ मैले अन्त्यमा उसलाई सोधेँ, ‘त्यसो भए के प्रकृतिका नियमभन्दा बढी शक्तिशाली हुन्छन् भगवान?’ उसले भन्यो, ‘त्यो त मलाई थाहा छैन। तर भगवानले जे चाहे, त्यही गर्न सक्छन्।’
    प्रायजसो भारतका गाउँ र शहरमा कुनै विद्यार्थीले परिक्षामा टप गरेपछि उसका/उनका परिवारले खुसीयाली मनाउँछ लड्डु बाँड्छ।

    भोजसमेत खुवाउँछ। विद्यार्थीले कुनै परिक्षामा सफलता प्राप्त गर्ने कुरा राम्रो हो। कडा मेहेनत र लगनशीतापछिमात्रै विद्यार्थी सफल हुन्छन्। र, उनीहरूलाई जस्तो शिक्षा दिइन्छ, त्यसमा धेरै अंक ल्याएर ती ‘सफल’ भएका हुन्छन्। तर, यी विद्यार्थीहरूको सफलताको वास्तविक मूल्य के हो? के यी भविष्यमा गएर तर्कशील र विवेकशील मान्छे बन्लान्? जबकि प्रायजसो यी विद्यार्थीहरूले कहीँ न कहीँ विज्ञान विषय पढेकै हुन्छन्। तर के यी भाइबहिनीलाई यो शिक्षाले वैज्ञानिक ‘चित्त’ र सोच्ने/विचार गर्ने तागत दिन्छ?

    दु:खको कुरा, यी टपर विद्यार्थीहरू अक्सर रटाइएका सुगाझैँ हुन्छन्, जसमा मौलिक चिन्तन र विचार हुने गर्दैन। यिनलाई तर्क र प्रश्न होइन, विश्वास गर्न सिकाइन्छ। यसो गरेपछि हाम्रा बालबच्चाहरू ‘पश्चिमा साहेब’ र मालिकहरूका लागि राम्रा खेताला, टेक्निसियन र म्यानेजेर हुनसक्छन्। तर आफैँमा यिनीहरू केही पनि हुन सक्दैनन्, केही गर्न सक्दैनन्। परीक्षाका परिणामलाई लिएर वरपर मनाइएका उत्सवहरू मैले विगत २० वर्षदेखि देखेको छु तर दाविका साथ भन्न सक्छु कि यी टपरहरूमध्ये अधिकांश बच्चालाई भारतका प्रमुख प्रशासनिक अधिकृत बनाउनका लागि भयानक सुगा रटानयुक्त स्पेशल कोचिङ दिलाइन्छ।

    यी बच्चाहरूलाई कुनै खास परिक्षामा पास हुनका लागि तयार पारिन्छन्। यिनीहरूमा ज्ञानका प्रति, सिक्ने र बुझ्नेप्रति कति लगाव छ भन्ने कुराको मतलब छैन। यस्ता अधिकांश बच्चाहरू धर्मभीरु, विचारहिन, आलोचनात्मक चेतबाट अन्जान तथा समाज, संस्कृति र धर्मको ज्ञानबाट शुन्य हुन्छन्। यिनीहरूमध्ये अधिकांशलाई प्रतियोगिता–परिक्षाका लागि डिजाइन गरिएको, जाँच केन्द्रित स्पेशल कोचिङमार्फत विज्ञान र गणितहरूका नियमहरू घोटेर पिलाइन्छ। र, पढेर घर फर्कनेबित्तिकै यिनलाई यिनका बाउआमा र समाजले मिथकशास्त्र, पुराना महाकाव्य, र तोतामैनाका कथाहरू पिलाउने गर्छन्। अचेल, टेलिभिजन र युट्युब च्यानलहरूमा पनि यस्तै पूराना उडन्ते कथाहरूको प्रकोप पनि उपलब्ध छँदैछ।

    त्यसो हुनाका कारण यी बच्चाहरू केबल मिथक (पूराना काल्पनिक कथाहरू) र महाकाव्यहरूमा श्रद्धा र भक्ति राख्छन्। जब श्रद्धा र भक्ति राखिन्छ, त्यहाँ प्रश्न गरिन्नँ। यिनीहरू यतिमात्रै गर्दैनन्, परिक्षा दिन जाँदासमेत कुनै देउतालाई प्रसाद चढाएर या कुनै जोगी, बाबा या मुल्लाको आर्शिवाद लिएर जान्छन्। यी बच्चाहरू एकतर्फ ग्रयाभिटी, इस्केप भेलोसिटीका नियम र सिद्धान्त रट्छन्, अर्कोतर्फ आकाशमा पहाड बोकेर हिँड्ने तथा आकाशमा गधा चढेर उड्ने देवदूतमा विश्वास गर्छन्। पुजा गर्छन्।

    यो एक भयानक खालको सिजोफ्रेनिया हो, जसमा एकै तथ्यका प्रति कैयौँ बिरोधाभासयुक्त जानकारी र विश्वास लिएर हाम्रा बच्चाहरू बाँचिरहेका छन्। र, उनीहरू ज्ञानको कुनै पनि आयाममा कुनै मौलिक कुरा खोज्ने सामर्थ्य राख्दैनन्। उनीहरू केबल पहिले नै खोजिएका चीजहरूका राम्रा प्रबन्धक अथवा व्यवस्थापक भन्न सक्छन्। तर विज्ञान, कला, साहित्य, दर्शन इत्यादिमा कुनै नयाँ योगदान दिन सक्दैनन्।
    यी बच्चाहरूको एउटै उदेश्य हुन्छ कि कुनै पनि तरहले परिक्षा पास गरेर कुनै डिग्री हाँसिल गर्ने र ठूलो कमाइ गर्ने। यिनीहरूलाई अन्य कुरामा कुनै मतलब नै हुन्न। हुनलाई, अधिकांश बच्चाहरू आफ्नो शिसुकालदेखि नै अनेकौँ जटिल विषयहरूमा अनेकौँ प्रश्नहरू उठाउँछन् तर हाम्रो शिक्षा व्यवस्था, हाम्रा परिवारहरूका अन्धविश्वास, कर्मकाण्ड र पुजापाठहरूले बच्चाका जिज्ञासाहरूलाई क्रमस: मार्दै लैजान्छन्।

    तपाईँ कल्पना गर्नुस्, जुन परिवारमा पहाडलाई हत्केलामा हालेर उड्ने देवता या आकाशमा गधा चढेर हिँड्ने स्वर्गदुतको पूजा र चर्चा हुन्छ, त्यस घरमा जन्मेको बच्चाले कसरी वर्तमानको गुरुत्वाकर्षण सिद्धान्तमा ‘कुनै कमी’ पहिल्याएर पुरानो सिद्धान्तलाई कसरी चुनौति दिनसक्छ? मन्त्र या प्रार्थनाको शक्तिले बिराट रूप लिएका कुनै अवतारको पुजा गर्दै आएको कुनै विद्यार्थीले कसरी जेनेटिक्स या जीव विज्ञानका स्थापित सिद्धान्तहरूमा रहेका कमीहरू खोज्दै कसरी मौलिक सिद्धान्तहरू प्रस्ताव गर्न सक्ला?

    निश्चितै रूपमा, त्यस खालका चिन्तन बोकेका बच्चाहरू त्यस दिशामा जानै सक्दैनन्। त्यो सम्भवै छैन। जो मान्छे आलोचनात्मक चिन्तन बोक्छ, उसले नै परलोकका गन्थनहरूलाई जीवनभर स्वीकार्न सक्दैन। अन्धश्रद्धाका कुरालाई लिएर भावुक बन्दैन। यस कारण, भारतका करोडौँ बच्चाहरू, जो कुनै न कुनै परिक्षामा पास या टप हुने गर्छन्, तिनीहरू मिलेर नै भारत बनेको छ। र, भारत त्यही देश हो, जहाँ मन्त्री, नेता तथा सरकारी अधिकारीहरू समयमा पानी परेन भनेर हवन गराउने र गर्ने गर्छन्।

    तिनै बच्चाहरूले यस्तो भारत बनाएका हुन्, जहाँ सीमारक्षाका लागि भन्दै राष्ट्र रक्षा महायज्ञ गरिन्छ। तर राज्यको रक्षाका लागि डिफेन्ससम्बन्धी प्रविधि चाहिँ फ्रान्स तथा इजरायलबाट अर्बौँ तिरेर किनिन्छ। बच्चाहरूलाई यस्तै ब्रेनवास गरिएका कारण आज भारतमा लब जिहादका नाममा धार्मिक निन्दा फैलँदो छ। फरक धर्म अँगालेकै आधारमा सार्वजनिक स्थानमा मान्छेको धुलाई गरिन्छ। आफ्ना बच्चाहरूले स्कुल या कलेजमा टप गर्दा खुसी मनाउँदै गर्दा अभिभावकहरूले यस्ता विषयहरूमा ध्यान दिनुहोला।

    संजय श्रमण–(संजय श्रमण जोठे) मूलत: मध्यप्रदेशका हुन्। इङल्याण्डको ससेक्स यूनिभर्सिटीमा अन्तर्राष्ट्रीय विकास अध्ययनमा स्नातकोत्तर गरेपछि भारतको टाटा इन्स्टीच्यूट अफ सोसल साइन्समा पीएचडी गरिरहेका छन्। बिगत १५ वर्षदेखि विभिन्न शासकीय, गैरशासकीय संस्थाहरू, विश्वविद्यालयहरू एवं कन्सल्टेन्सी एजेन्सिहरूका माध्यमबाट उनी सामाजिक विकासका मुद्दाहरूमा काम गरिरहेका छन्।

    मिडियाभिजलबाट नेपाल रिडर्सको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      संजय श्रमण

      संजय श्रमण

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.