Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आर्टिफिसियल इन्टेलिजेन्ससमेत छ सेक्सिस्ट, गुगलसमेत छैन अछुतो

युनेस्कोका अनुसार विश्वमा केवल २२ प्रतिशत महिला एआईको क्षेत्रमा काम गरिरहेका छन्।

मलाबिका धर मलाबिका धर
बैशाख २९, २०७८
- विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जब तपाईँ थाकेर कतैबाट घर आइपुग्नुहुन्छ र आमाको सट्टा बुवा वा दाजुभाइलाई पानी दिन वा भोक लागेको अवस्थामा खाना पकाएर खुवाउन आग्रह गर्नुहुन्छ? के तपाईँलाई यस्तो कुनै घट्नाको अनुभव छ? शायद छैन होला। स्वभाविक रूपमा पितृसत्तात्मक मानसिकताका कारण मानव दिमागका घरेलु कामचाहिँ आमा, दिदीबहिनी वा कुनै पनि महिला सदस्यले नै गर्नुपर्छ भन्ने छाप परेको छ। र, यसको प्रभाव सर्वत्र छ।

    घरभित्रको काम महिलाले नै गर्नुपर्छ भन्ने सोच हाम्रो घरभित्र मात्रै सीमित छैन। यही परम्परागत सोचका परिणामहरू पछिल्लो समय कृत्रिम बौद्धिकता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स(एआई) मा पनि देखिन थालेका छन्। एआईको प्रयोग गरी यस्तो भर्चुअल एसिस्टेन्ट या ह्युमानोइड अथवा मानवरुपी रोबेटको आविष्कार भइरहेको छ, जसले महिलाको आवाज र स्वरुपलाई यस्तो कामका लागि अपनाउने गर्छन्, जसको दायरा पितृसत्तात्मक समाजले पहिलेदेखि नै तय गरीसकेको छ। हामी सबैलाई थाहा छ कि आर्टिफिसियल इन्टेजेलिजेन्सको कुनै लिङ्ग हुँदैन। तर यसका पछिल्ला अविस्कारहरू भने पितृसत्तात्मक जगमै टेकेर बनेका हुन्छन्, जसलाई विभिन्न शोध तथा रिपोर्टहरूले पुष्टि गरिसकेका छन्।

    गलत परिणाम आउनसक्छ

    आर्टिफिसियल इन्जेलिजेन्सको दुनियाँमा पनि पुरुषहरूकै बाहुल्यताका कारण जुन काममा सौहार्दता, धैर्यता, कोमलता या शिष्टाचारिताको अपेक्षा गरिन्छ, त्यस्ता कामका लागि बनेका आविस्कारहरू महिलाको स्वरुप र आवाजमा बनाइने गरिएको छ। महिलाप्रतिको यो पूर्वाग्रह तथा एआइको दुनियाँमा महिलाको नेतृत्व र सहभागिता अस्वभाविक रूपमा कम हुनु आगामी दिनका लागि पनि खतरनाक साबित हुनसक्छ।

    संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)का अनुसार एआई सिस्टमको डिजाइन, विकास र परिनियोजनामा महिलाले भाग लिनु र नेतृत्व गर्नु आज पनि उत्तिकै जरुरी छ। युनेस्कोका अनुसार महिलाप्रति एआइमा समेत हुने यो पूर्वाग्रहका कारण सन् २०२२ सम्म एआई परियोजनाले ८५ प्रतिशतसम्म गलत परिणाम दिनसक्छ।

    ‘सिरी’ देखि ‘सोफिया’सम्म महिलाको रुप

    ह्युमानाइड रोबोट अलग–अलग प्रविधिको माध्यमबाट सञ्चालित एक पूर्ण स्वायत्त या आंशिक रूपबाट स्वायत्त मेसिन हो। जो आफ्नो नजिकको माहौलअनुसार कुराकानी र व्यवहार गर्नमा योग्य हुन्छ। यो मनुष्य आकारको मात्रै हुन्छ या एक मानिस जस्तै पनि हुनसक्छ।
    एप्पल आइफोनको सहायक ‘सिरी’, एमाजोनको ‘अलेक्सा’, पहिलो रोबोट नागरिक ‘सोफिया’देखि लिएर जापानको पहिलो रोबोट ‘होटल कर्मचारी’ आर्टिफिसियल इन्टेलिजेन्सले महिलाको आवाज र महिलाकै स्वरुप अपनाउनुको पछाडिको कारण पितृसत्तात्मक सोच नै हो। जुन काम यिनले गरिरहेका छन्, त्यो काम पुरुषले गर्दैनन् वा पुरुषका लागि होइन भन्ने धारणाकै जगमा टेकेर यस्ता सेवा दिने उपकरणले महिलाको स्वरुप र आवाज पाउँछन्।

    सन् २०१६ मा माइक्रोसफ्टद्धारा ‘थिंकिंङ अबाउट यु, टीएवाई’ नामक एक च्याटबोट बनाइएको थियो। जसले १९ वर्षीय अमेरिकी किशोरीको ट्वीटिङ शैलीमा कुराकानी गर्न सक्थ्यो। यसले लाखौँ अनलाइन ट्विटर युजरहरूबाट ट्विट गर्न पनि सिकेको थियो। महिलालाई जुन रूपमा यहाँ देखाउने चलन बनेको छ, यो अवधारणालाई हाम्रो पितृसत्तात्मक समाजले दिनानुदिन पछ्याइरहको छ।
    एआईको क्षेत्रमा पुरुषको वर्चस्वका कारण जब कृत्रिम बौद्धिकता अथवा मानिसजस्तै देखिने वा काम गर्ने प्रयोजनका लागि कुनै रोबोट तयार गरिन्छ, तब मेसिन परम्परागत रूपमा महिलाद्वारा गरिने काम नै प्रदर्शन गर्छ। धेरै रोबोटलाई घरेलु सहायक, व्यक्तिगत सहायक, होटलका वेट्रेस वा संग्रहालयको गाइडका रूपमा काम गर्नका लागि पनि डिजाइन गर्ने गरिन्छ।

    एआईमा महिलाको आवेदन नै कम

    यस वर्षको अन्तराष्ट्रिय महिला दिवसमा युनेस्को र वल्र्ड इकोनोमिक फोरमले ‘गर्ल ट्रबलः ब्रेकिङ थ्रु द बायस इन एआई’ को नामबाट एक सम्मेलन गरेको थियो। सम्मेलनमा एआईको दुनियाँमा महिला एआई विशेषज्ञ खोजिए पनि उपलब्ध हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको थियो।

    एआई अथवा डेटा साइन्सको क्षेत्रमा जागिरका लागि परेका आवेदनमा १ प्रतिशत भन्दा कम संख्यामा महिलाको आवेदन पर्ने गरेको यससँग सम्बन्धित कम्पनीहरू बताउँछन्। युनेस्कोका अनुसार पुरुषको तुलनामा महिलाहरूमा कम्युटरको प्रोग्रामका बारेमा ४ गुणा कम जानकारी छ। यस्तै प्रविधिको क्षेत्रमा पेटेन्टण्का लागि पर्ने आवेदनमा पुरुषको तुलनामा महिलाको संख्या १३ गुणा कम छ।

    एआई कुनैपनि बौद्धिक कामका लागि उपयोगी हुन्छ। एआईको प्रयोग स्वायत्त वाहन जस्तो ड्रोन या सेल्फ–ड्राइभिङ कार, मेडिकल डाइग्नोसिस, गणितका सिद्धान्त प्रमाणित गर्ने, चेस खेल्ने, गुगल सर्चजस्तो सर्च इन्जिन, सिरी जस्तो अनलाइन सहायक तथा अनुहारको पहिचान गर्ने जस्ता कार्यमा हुन सक्छ। आज एआई तस्वीरको पहिचान, स्पर्म फिल्टरिङ, हवाई उडानमा हुने ढिलाईको भविष्यवाणी र अनलाइन विज्ञापनजस्ता काममा उपयोगी साबित भइरहेको छ। यद्यपि यसबाट हुने खतराहरू पनि छन्, जसका विषयमा चर्चा हुँदै आएको छ।

    पितृसत्तात्मक समाजको विडम्बना नै भन्नुपर्छ कि एआईसँग जोडिनु महिलाका लागि कल्पना मात्रै साबित हुँदै आएको छ। उदाहरणका लागि अंग्रेजी चलचित्र ‘हर’ मा एक कृत्रिम बौद्धिक अपरेटिङ सिस्टम ‘समन्था’लाई देखाइएको छ। चलचित्रमा यस अभिनेत्रीका लागि बनाइएको छविलाई जस्तो आकर्षक या सुन्दर देखाइएको छ, यसलाई पूर्ण देखाउनका लागि अभिनेत्री स्कारलेट जोह्न्सनको मनमोहक आवाजमा प्रस्तुत गरिएको छ। र, उनको मालिकको भूमिकामा हुन्छन्, अभिनेता जोआक्किन फिनिक्स्।

    युनेस्कोका धेरै आलोचकहरू एआईमाथि पक्षपाती डेटा सेटबाट चल्ने आरोप लगाउँछन्। यस प्रवृत्तिबाट हाम्रो समाजका रहेको महिलाविरोधी भावना र पूर्वाग्रह अझै बढ्दै जाने मान्यता आलोचकहरूको छ। एआईको दुनियाँमा समेत देखिएको महिलाहरूमाथिको यस्तो मानसिकताले उसैको विरुद्ध रहेको कट्टरपन्थीलाई नै बल दिइरहेको छ।

    युनेस्कोका अनुसार विश्वमा केवल २२ प्रतिशत महिला एआईको क्षेत्रमा काम गरिरहेका छन्। मानिस स्वयम्को पूर्वाग्रहको चश्माबाट एआई यन्त्र तथा अन्य व्यक्तिहरूलाई हेर्ने गर्छ। किनकि यो रुढिवादी मानसिकता समाजको कुनैपनि एक वर्ग या लिङ्गमा सीमित छैन। यसकारण चाहे सेवा गर्ने भूमिकामा होस्, या कुनै साथी या सहायक को भूमिका होस् या आवाजको आधारमा विश्वासको भावनालाई कायम गर्ने कुरामा होस्, उपभोक्ताहरूका लागि एआईलाई कुनै पनि महिलाको स्वरुप या व्यक्तित्व अपनाउन ज्यादा सजिलो हुन्छ।

    एआईको मुख्यधारासँग जोडिएका लोकप्रिय प्राविधिक कम्पनीहरूलाई यो विभेदमा कुनै आपत्ति छैन। युनेस्कोको सन् २०१९ को रिपोर्ट ‘आई कुड ब्लस इफ आइ कुडः क्लोजिङ जेन्डर डिभाइड्स इन डिजिटल स्किल्स थ्रु एजुकेसन’ का अनुसार आर्टिफिसियल इन्टेलिजेन्सले स्पष्ट रूपले नै लैंगिक पक्षपात गर्ने गर्छन्।

    रिपोर्टमा यो पनि बताइएको छ कि एआई डेटा सेट र विशेष गरी प्रशिक्षणका लागि प्रयुक्त गर्ने डेटा सेट लैंगिक रुढिवादमा आधिारित हुन्छन्। रिपोर्टले यस कुरामा जोड दिएको छ कि एल्गोरिदम तथा उपकरणहरूमा हानिकारका लैङ्गिक रुढिवादी कुरा फैलाउने तथा त्यसलाई मजबुत गर्ने क्षमता हुन्छ। यो लैंगिक पक्षपातले विश्वस्तरमै महिलाहरूलाई एउटा निश्चित दायराभित्र मात्रै राखिरहने खतरा उत्पन्न गराएको छ।

    सर्च इञ्जिन ‘गुगल’मा पनि पूर्वाग्रह

    आज एआईको बढ्दो लोकप्रियताका कारण यस प्रकारका पूर्वाग्रहले महिलाहरूलाई आर्थिक, राजनीतिक र सामाजिक जीवनको क्षेत्रमा पनि पछाडि छोडिदिन सक्छ। एआईमा व्याप्त लैङ्गिक रुढिवादले अनेक कोणबाट नकारात्मक परिणाम दिन सक्छ। यस कुराको गहिराईलाई म आफ्नो जीवनको एक घटनाबाट पनि सम्झिन चाहन्छु।

    बंगाली भाषामा क्रियाको प्रयोग बिना ‘लिङ्ग’ लाई दर्शाउन सकिन्छ। जब कुनै बंगाली वाक्यलाई मैले गुगल ट्रान्सलेट गर्छु भने त्यहाँ महिलाहरूका लागि निर्धारित रुढिवाद अनुसार नै परिणाम आउँछ। जस्तैः बंगाली भाषामा ‘शे सुन्दर’ लाई ‘सि इज व्युटिफुल’, ‘शे रोजगार कोरे’ लाई ‘हि अर्नस्’, ‘शे रान्ना काँरे’ लाई ‘सि इज कुकिङ’, ‘शे गारी चलाए’, ‘हि इज ड्राइभिङ’। यस्तै प्रकारले अन्य वाक्यहरूमा पनि अनुवाद गर्दा आउने परिणाम पनि यिनै अवधारणामा आधारित रहेको पाइन्छ।

    गुगलजस्तो विश्वसनीय मानिने सर्च इन्जिनमा करोडौं मानिसहरू निर्भर हुने गर्छन्। यस्तोमा यस प्रकारको परिणाम कुनै पनि साधारण व्यक्तिको संकीर्ण सोचको कारण बन्न सक्छ।

    प्रविधिमा महिला नेतृत्वको आवश्यकता

    आज विज्ञानको क्षेत्रमा तीव्र गतिमा प्रगति भइरहेको छ। यस क्षेत्रमा समेत पूर्वाग्रह प्रचलित हुनुको कारण विज्ञान, प्रविधि, इञ्जिनियरिङ तथा गणित (स्टेम)सँग सम्बन्धित क्षेत्रमा महिलाहरूको कम प्रतिनिधित्व छ।

    वल्र्ड इकोनोमिक फोरमका अनुसार विश्वभर शोधकर्ताहरूमा औसत ३० प्रतिशत महिलाहरू छन्। विश्वमा पुरुषको तुलनामा एक तिहाई भन्दा कम छात्रा गणित तथा इञ्जिनियरिङजस्तो विषयमा उच्च शिक्षा प्राप्त गर्ने गर्छन्। जहाँ ४९.८ प्रतिशत पुरुष गणित (स्टेम)मा स्नातक गरेर यसै क्षेत्रमा काम गरिरहेका छन् भने मात्र १२.४ प्रतिशत महिलाहरू यस क्षेत्रमा स्नातक गरेर काम गरिहरेका छन्।

    स्टेम क्षेत्रमा काम गर्ने महिलाहरूलाई अक्सर कम ख्याति प्राप्त हुन्छ। साथमा, समान कामका लागि पुरुषको तुलनामा महिलाहरू कम पारिश्रामिक प्राप्त गर्ने गर्छन्। दिगो विकासको लक्ष्यसम्म पुग्नका लागि कुनै पनि देशको विज्ञानको क्षत्रमा लैङ्गिक समानताको चुनौतीलाई पार गर्नु महत्वपूर्ण हुन्छ।

    र, संयुक्त राष्ट्र संघका अनुसार पछिल्ला केही वर्षमा प्रविधिको क्षेत्रमा महिलाहरूको सहभागिताका लागि विभिन्न प्रयास गरिएको छ। यसका बावजुत यस क्षेत्रमा आज पनि महिलाहरूको सहभागिता धेरै कम छ। आज आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा महिलाहरूमाथिको पूर्वाग्रहलाई अन्त्य गर्नका लागि महिलाको सहभागिता र महिलाकै नेतृत्व अत्यन्त जरुरी छ ताकि यस अन्र्तगत निर्माण हुने मेसिन, रोबोट तथा डेटा सेट पनि रुढिवादी सोचबाट मुक्त हुन सकुन्।

    –फेमिनिस्ट इण्डियाबाट, मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मलाबिका धर

      मलाबिका धर

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.