Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

शाक्त परम्परा : पहिले पनि थिए “छाडा” र “उन्मुक्त” महिला

पुराना कथाहरूमा यस्ता केही उदाहरणहरू छन्, जहाँ महिलाहरूले आफ्नो इच्छालाई उतिखेरका सामाजिक बन्धनभन्दा पर राखेका थिए। राधा र सती त्यस्ता दुई पात्र हुन् जसले आफूले चाहेको प्रेमी पाउनकै लागि आफ्नो तथाकथित पवित्र जात, कुल र परम्परा तोडेका थिए।

नेपाल रिडर्स नेपाल रिडर्स
अशोज २६, २०७८
- विमर्शका लागि, समाज, सँस्कृति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वैदिक सनातनीहरू प्रायः देवीहरूका प्रसंग उल्लेख गर्दै सनातन–हिन्दू धर्मले कहिल्यै पनि महिलामाथि विभेद नगरेको दुहाइ दिने गर्छन्। मनुस्मृतिमा उल्लेख भएको श्लोक ‘यत्र नार्यस्तु पुज्यन्ते, तत्र रमन्ते देवता’ (जहाँ नारीको पुजा हुन्छ, त्यहाँ देवतासमेत रमाउँछन्) श्लोकको उदाहरण दिँदै ‘वैदिक परम्पराले महिलालाई यथोचित सम्मान गरेको’ भन्न छुटाउँदैनन्। तर मुल रूपमा, हाम्रो परम्परामा पुरुष र प्रकृति (भाले र पोथी) मा पुरुषकै बढी चर्चा हुने गर्‍थ्यो, जसका कारण पनि महिलाहरूको राजनीतिक, आर्थिक र सामाजिक स्थान दोस्रो नै रहिरह्यो। वेदहरूमा सरस्वतीलगायतका प्रसंग भएपनि तिनमा सरस्वतीको भूमिका एकदमै निस्क्रिय देखिन्छ। पुरुष देवताको सहायकजस्तोमात्रै बुझिन्छ सरस्वतीको भूमिका।

    शाक्त : स्त्री पुजक परम्परा

    तर सनातन परम्पराभित्रका शैव र वैष्णवभन्दा ‘शाक्त परम्परा’ अलग थियो। शाक्तले मूर्तिमा मात्रै भए पनि देवी (स्त्री शक्ति) को पूजा गर्दथ्यो। शाक्त मतालम्वीहरुका लागि शक्ति भन्नु नै स्त्री अवतार थियो। शक्ति या देवीलाई मान्नेलाई शाक्त भनिन्थ्यो। शाक्त दर्शनको मूल केलाउने हो भने त्यहाँ एक खालको स्त्री विद्रोह देख्न देखिन्छ। देवीहरूले उही स्तरमा सिर्जना र संहार गर्न सक्थे भन्ने मान्यता बोक्दथ्यो शाक्त मत। शाक्त मतले देवीलाई भयानक लडाकाका रूपमा चित्रित गर्दथ्यो। कमसेकम आजका दिनमा समेत दुर्गा र भवानीका रौद्र मुद्राका मूर्ति र चित्रले त्यस्ता संकेत मिल्छन्।

    देवीलाई शक्तिको स्रोत मान्दै पुज्ने व्यक्ति वा समूहरूलाई शाक्त भनिन्छ । यसलाई शक्ति धर्मसमेत भनिन्छ। शाक्तहरूमा अनेक मत र पन्थ थिए। त्यहाँ सात्विकदेखि लिएर कौलमार्गीजस्ता ‘घृणित’ आचरण भएका शाक्तहरू पनि थिए। कौलमार्गी शाक्तवाला ‘५ चीज’ अर्थात रक्सी, मासु, माछा, मुद्रा र यौनको माध्यमबाट मोक्ष प्राप्त गर्ने कुरामा विश्वास गर्थे। शक्ति धर्मको सिद्धान्त त्रिपुरा रहस्य, मालिनी विजय, डाकार्ण, कुलार्णव आदि तंत्र ग्रन्थहरुमा उल्लेख छ। शाक्त मूल रूपमा श्रुति र स्मृति ग्रन्थहरुमा आधारित छ। कतिपय शाक्तहरू देवीमाहात्म्य, देवी भागवत पुराण र शाक्त उपनिषद (जस्तै देवी उपनिषद) मा आस्था राख्थे।

    शाक्तहरू एउटै देवीलाई अनेक नामले पुकार्थे। उनीहरू शक्तिलाई काली, चण्डी, शकुंभारी र अम्बाजीका नामले पुकार्छन्। देवीका दर्जनौँ नामहरू भेटिन्छन्। कतिपय शाक्तहरू शिवबाट शक्ति जन्मेको ठान्थे भने केही शाक्त सम्प्रदायहरु आफ्नो देवी विष्णुसँग सम्बन्धित भएको विश्वास गर्थे। शिवलाई अर्धनारीश्वर भनिएको सन्दर्भ यहाँ सान्दर्भिक हुन आउँछ।

    स्त्री शक्तिको आराधनाको शुरुवात कहिले र कसरी भयो भन्ने विषयमा इतिहासकारहरुका अनेक मत छन्। प्रायजसोले गुप्त कालदेखि शक्ति पूजाको सुरु भएको मान्दछन्, किनकि त्यतिखेर देवी महात्म्य नामको ग्रन्थको रचना भएको ठानिन्छ। सिन्धुघाटी सभ्यतामा ‘माता देवी’को पूजाको प्रमाण पनि पाइन्छ। यसकारण शाक्त सम्प्रदाय एक प्राचीन सम्प्रदाय हो। यो गुप्तकालमा उत्तर पूर्वी भारत, कम्बोडिया, जाभा, बोर्निया र मलाया प्रायद्वीपका देशहरुमा लोकप्रिय थियो। बौद्ध धर्मको आगमनपछि यसको प्रभाव कम भएको ठानिन्छ। आजका दिनमा शाक्तहरूको संगठित संख्या एकदमै कम छ तर शाक्त संस्कृतिको प्रभाव र अवशेष भने देखिन्छ।

    वैदिक देवता पात्रहरूमा प्रायः सबै पुरुष थिए तर शाक्तको इश्वर वा सर्जक नै देवी थिइन्। र, शाक्त परम्पराका देवीहरू आम रूपमा अपेक्षा गरिने गोरी र सुशील स्त्री थिएनन्। सुन्दर, शान्त र सौम्य थिएनन्। कलाकारहरूले चित्रण गरेका उनीहरूका मुद्रा हेर्दाखरी देवीहरू भयंकर, क्रुद्ध, वासनाले उन्मत्त र काम–क्रिडारत समेत देखिन्छन्। हाम्रो समाजमा महिलाले आफ्ना यौनजन्य भावना प्रकट नगरुन् भन्ने अपेक्षा गरिन्छ तर शाक्त मतमार्फत स्त्रीको स्वभाविक कामुकता र उन्मत्तता प्रकट भएको पाइन्छ। देवीका कतिपय नामैले पनि त्यसको संकेत गर्छन्, जस्तो काम्या (काम वासनाको अपेक्षा गरिएको), रति (यौनकर्म), मोहिनी(लठ्ठ पार्नेवाला) र कामरुपिनी (शारिरीक रूपमा कामुक)। कतिपय श्लोकहरूमा देवीलाई एक अतृप्त प्रेमीका रूपमा चित्रण गरिएको छ, जो आफूले रोजेकै पुरुषको माग गरिरहेकी छिन्।

    राधा र सती

    पुराना कथाहरूमा यस्ता केही उदाहरणहरू छन्, जहाँ महिलाहरूले आफ्नो इच्छालाई उतिखेरको सामाजिक बन्धनभन्दा माथि राखेका छन्। राधा र सती त्यस्ता दुई पात्र हुन् जसले आफूले चाहेको प्रेमी पाउनकै लागि आफ्नो तथाकथित पवित्र जात, वर्ग र उतिखेरको शिष्टाचार तोडेका थिए। किनकि कथाहरूमा बताइए अनुसार राधा रायन (उसलाई आयन वा अभिमन्यू पनि भनिन्थ्यो) कि पत्नी थिइन्। तर राधाले एक दिन घोषणा गरिन्, ‘प्रेमको आफ्नै नियम हुन्छ र म कृष्णको प्रेमका लागि आफ्नो घरैसमेत जलाइदिएर हिँड्न सक्छु।’

    कृष्णसँगको प्रणयमा राधा अति आक्रामक र जर्बजस्त प्रस्तुत हुन्थिन् भन्ने प्रसंगहरू पनि छन्। उता, सति भने ब्राम्हण परिवारकी केटी थिइन् तर उनी चण्डालहरूको प्रतिनिधिका रूपमा चित्रित शिवसँगको प्रेममा परेकी थिइन्। उनीहरू कुनै हिमाली पर्वतमा लामो समयसम्म रतीक्रिडामा रहँदा त्यसले ब्रम्हाण्डमै हलचल ल्याएको र देवताहरूसमेत डराएको सन्दर्भसमेत छ। यी सन्दर्भहरूले महिलाहरूको स्वभाविक इच्छा र शारिरीक चाहनाको खुला प्रदर्शनको संकेत गर्दछ। आम रूपमा महिलालाई शान्त, जिम्मेवार, मर्यादित, सुकोमल, लजालु र ‘कुल र परिवारको इज्जत’का रूपमा चित्रण गरिने सन्दर्भमा राधा र सतीको यस्ता असामाजिक हर्कतहरूले स्त्री स्वभिमान र स्वतन्त्रताको खोजी गर्न खोजेको देखिन्छ। र, यी कथाहरूमा शाक्त मतको प्रभाव भएकै कारण यस्ता कथा–चरित्रहरू निर्माण भएका त होइनन् पनि भन्न सकिन्छ। किनकि शाक्त मत आफैँमा पुरानो मत हो।

    अर्को कुरा, धेरै लामो समयदेखि संसारभरका महिलाहरूलाई गोरी हुनुपर्ने दवाव भएको कुरा त आज पनि ‘गोरो बनाउने हावा क्रिम’को अर्बौंको व्यापार भएबाटै बुझिन्छ। तर शाक्त मतले काला, डरलाग्दा र झाँक्रो फिँजाएका देवीहरूको चित्रण र व्याख्या गरेका कारण महिला सधैँ गोरा, हँसमुख र पुरुषमैत्री हुनुपर्ने धारणालाई त्यसले प्रहार गरेको बुझिन्छ। कतिसम्म भने देवीको ‘अति नै घिनलाग्दो’ रूपलाई पनि शाक्तले पवित्र मान्दछ । अतः शाक्त मतलाई एक प्रकारले महिलामैत्री सम्प्रदाय मत मान्न सकियो।

    लिंग र योनी पुजा

    हामीले आम रूपमा शिवलिंग र शिवलिंगमा दुध र पानी चढाएको देखेका छौं। तर शाक्तमार्गीहरू योनीको पुजा गर्थे, कतै कतै आज पनि गर्छन्। भारतको कामाख्या माईमा योनीचित्रको पुजा हुन्छ। तन्त्रमन्त्रमा विश्वास राख्ने शाक्तहरूलाई ‘कौल’ भनिन्छ र कौलहरू नौवटा योनीहरूको बीच एक योनीको चित्र बनाई त्यसको पूजा गर्छन्। केही थरी कौलहरू जीवित नारीकै योनीको पूजा गर्दथे तर अहिले आएर यो प्रचलन हटिसकेको छ। लिंगको मात्रै पुजा हुने सन्दर्भमा योनी पूजाले कमसेकम समता झल्काउँछ।

    तर खासगरी नेपाली खस आर्यनहरूका दशैँमा तथा अन्य अवसरहरूमा देवीहरूका मन्दिरमा  पशुवलि गरिन्छन् । यो  रहस्यवाद शाक्त परम्पराको गलत पक्ष हो। सार्वजनिक स्थानहरूमा पशुवलि र पशुवध त्यही शाक्त र तन्त्र परम्पराको अवशेष हो। पशुहरू मारेर मूर्तिहरूमा चढाई भोग दिइने गरेका कारण यिनकी देवीलाई ‘भोगवती’ समेत भनिएको हो भनिन्छ। भोगवति पछि गएर भगवती भएको व्याख्यासमेत गरिन्छ।

    देवीपूजाको कर्मकाण्ड, पशुवलि र रहस्यवादका गन्थन छाडेर शक्त परम्पराका अन्य आयामलाई हेर्ने हो भने शाक्त परम्पराले हामीलाई लैंगिक समतातर्फ निर्देश गर्छ। त्यसका लागि चित्र र मूर्तिमा देखिने देवीझैं बलियो बन्नका लागि महिला जर्वजस्त र निर्मम रूपमा सामाजिक, आर्थिक  र सामाजिक क्रान्तिका लागि अघि बढ्नुपर्छ, सबै समतावादीहरूले आजका देवीहरूको होस्टेमा हैँसे गर्नुपर्छ। तब न समाज समतातर्फ अघि बढ्छ। स्तोत्र पाठ र कर्मकाण्डहरूले त मान्छेहरूलाई मनोवैज्ञानिक रूपमा कमजोर र आश्रित बनाउँछ। आखिर पुजा, पाठ, जप, तप र ध्यानहरूले महिला हिंसा र बलात्कार रोक्नै पो कहाँ सक्छ र? हिंसा र बलात्कारहरू आर्थिक–सामाजिक सम्बन्धकै परिणाम हुन्।

    अत: आर्थिक, सामाजिक रूपमा महिलालाई बलियो बनाउनका लागि समतावादीहरूले अगाडी लामो लडाईं लड्नु छ। जय शक्ति ! जय शशक्तिकरण।

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.