Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीको कदम विरुद्ध ‘बिसे नगर्ची’लगायत सबै जनता उठ्नुपर्छ

यो आन्दोलन ओलीहरुले प्रचार गरेजस्तो माधव र प्रचण्डका लागि होइन, संविधानमा छेड पारेर लोकतन्त्रका उपलव्धी मास्न उद्यतका विरुद्ध हो

श्रवण मुकारुङ श्रवण मुकारुङ
माघ १८, २०७७
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    २०६२/६३ को जनआन्दोलनमा गणतन्त्रको लागि सारा जनता उठेका बेला हामी पनि निरकुंश राजतन्त्रको अन्त्यका लागि जनतासँग सहभागी भएका थियौँ। त्यसको १५ वर्षपछि अहिले फेरि उस्तै आन्दोलनका लागि हामी सडकमा छौँ। ०६२/६३ को आन्दोलनका समयमा आम नेपाली जनताले गरेका आकांक्षाहरु धेरै थिए। त्यसपछि संविधान बन्यो। कुनैपनि संविधान पूर्ण हुन्छ भन्ने छैन। तर समग्रमा हेर्दा यो संविधान प्रगतिशील छ। संविधानमा नेपाली जनताका धेरै आकांक्षाहरु समेटिएका छन्। तर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको उल्लघंन गर्नुभयो। विज्ञहरुले पनि भनिरहेका छन्। आम जनतामा यो कुरा सञ्चारित भइरहेको छ। म एउटा लेखक र सजग भएको हिसाबले आम नागरिकको चेतनाको हिसाबबाटै मैले बुझ्ने हो।

    मैले यसरी बुझ्दा पनि प्रधानमन्त्रीको कदम र कार्यशैली असाध्यै अप्रिय छ। यो पश्चगमन र प्रतिगमन हो भन्ने एउटा लेखकलाई पनि अनुभव भयो। त्यही कारणले नै यो राम्रो भएन अब यसरी जान दियौँ भने हामी फेरि पुरानै ठाउँमा पुग्ने भयो भनेपछि एउटा स्रष्टा बाहिर निस्केको हो। र मैले त्यहाँ गएर पनि प्रतीकात्मक रुपमा जुन बिसे नगर्चीको बयान लगायतका कविता सुनाए त्यसमा अर्थ छ। मैले अरु कविता पनि सुनाउन सक्थे, किन मैले त्यही सुनाए भने, हाम्रो समय फेरि ०६२/६३ कै समयमा देश पुग्यो कि,अहिलेको शासकहरुले पुर्‍याउँदैछ्न कि भनेर मैले त्यो कविता पढेको हुँ।

    संविधान जोगाउन श्रष्टा

    संविधान भनेको त राज्यलाई अगाडि बढाउने मेरुदण्ड नै हो त। संविधान छैन भने देश छैन। देश छ भन्ने कुराको आधार संविधान हो। मैले बुझ्ने त्यसरी हो। यो देश नेपाल भन्ने छ भनेर बुझ्दा के हेरेर बुझ्ने हो भने यो देशमा संविधान छ। अनि यो देश छ भनेर मैले बुझ्ने हो। त्यसकारण, उदाहरणहरु केही छन्। कुनै देशमा लिखित संविधान नहुनु त्यो फरक कुरा हो।

    मूलतः हाम्रो जस्तो देशमा, बारम्बार राजनीतिक परिवर्तन र संक्रमणबाट गुज्रिरहने देशका लागि त संविधान झनै मेरुदण्ड नै हो। यदि त्यस्तै हो भने मैले केपी ओलीलाई प्रधानमन्त्री नमानेपनि भयो त? संविधानभित्र प्रधानमन्त्री छ र त मैले मान्नु परेको हो। संविधानमा राष्ट्रपति छ र त मैले मान्नु परेको हो। संविधान एउटा राज्यलाई चलाउने एउटा मेरुदण्ड हो। र हाम्रो जस्तो देशका लागि हेर्ने मुलुकका लागि हेर्ने नै संविधान हो। र त्यसैको उल्लघंन हुँदा यो देश कता जाँदै छ त? या देशै नहुने स्थितितिर जाँदै छ त? भनेर लेखकहरु र जनताले शंका व्यक्त गर्छन्।

    स्रष्टाहरु चेतनाको संवाहक हुन्। आम नागरिकले भन्दा लेखकले अगुवाको भूमिका निर्वाह गरिरहेको हुन्छ। र अहिले संसारमा स्रष्टाहरु पनि विभिन्न खालका हुन्छन्। विविध हुन्छन्। इतिहास हेर्नुभयो भने, राजामहाराजाहरुको गाथा जीवनभर गाउने लेखकहरु पनि संसारमा छन्। ती पनि प्रसिद्ध छन्। जनताको आम मानिसको देश र समाजको चिन्ता गर्नेहरुको पाटो अलग्गै छ । त्यसकारण ती यस्तो समयमा छुट्टिन्छन्।

    कुन लेखक कित्ताको हो भनेर यस्तै समयमा छुट्टिन्छ। हिजो हामीले ०६२/६३ मा सडकमा कविताहरु सुनाउदा ज्ञानेन्द्रको भक्तिगान गाउने स्रष्टाहरु थिए भने यिनले खराब गरे, यो ठिक होइन भन्ने हामी पनि थियौँ। जब जब देशमा राजनीतिक संकट र संक्रमण आउछ र त्यस्तो बेलामा स्रष्टाहरुको कित्ता छुट्टिन्छ। र सबैखाले स्रष्टाहरु हुन्छन् समाजमा। पत्रकार पनि सबैखालका हुन्छन्।

    हामीले ०६२/६३ जनआन्दोलनमा गणतन्त्रका लागि लड्यौं। गणतन्त्र भनेको एउटा ठूलो अक्षर मात्रै होइन। त्यसभित्र यो देशका आम शोषित पीडित जनताको आवाज पनि त्यहाँ प्रतिविम्बित हुने छ। सामाजिक न्याय र सामावेशिताका आकांक्षालाई गणतन्त्रले सम्बोधन गर्छ भनेर हिजोको आन्दोलन सफल भएको हो। र आज अहिले आएर त्यो किन प्रतिगमनतिर जाँदैछ भन्दा यी चिजहरु, अहिलेको शासकले जुन चिज प्राप्त गर्‍यौं, ती चिजहरुप्रति उनको पूरै वितृष्णाहरु देख्छौँ। संघीयता, धर्म निरपेक्षता, समावेशिता र सामाजिक न्यायका मुद्दाहरुमा दुईतिहाईको सरकार र प्रधानमन्त्रीको अरुची र वितृष्णा हामी देख्छौँ।

    उल्टो यात्रा

    ठ्याक्कै उल्टो यात्रा देखियो। यसैकारण हामी सडकमा आउनुपरेको हो। हामीले हिजोको आन्दोलनबाट प्राप्त गरेका उपलब्धीलाई संस्थागत गर्ने जुन अवस्था र कर्तव्य थियो, त्यो चाहिँ उहाँले छोडेर त्यस विपरितको कार्यशैली हामीले देख्यौँ। यो धेरैले देखीसकेको कुरा हो। हामीले उहाँका केही अन्तरवार्ता हेर्दा पनि संघीयताविरोधी अभिव्यक्तिहरु आउँथ्यो। संसद विघटनसम्म आइपुग्नुपर्ने कारणहरु अरु पनि होलान्। तर उहाँको भित्र, आशंका सम्पूर्ण अरुचीहरुको एउटा पुञ्ज पनि हो कि! प्रधानमन्त्रीले कि त संसद विघटन फिर्ता लिनुपर्यो नत्र अदालतले संसद पुनर्स्थापना गर्नुपर्छ। तर यी सबै छोडेर निरकुंशता तर्फ गए भने जनताले सहँदैन।

    प्रधानमन्त्रीको यो कदमबारे दुईवटा धारणा छ। एउटा पूरै असंवैधानिक हो, र ओली निरंकुश भएर संविधान नै काम नलाग्ने बनाइसक्यो भन्ने धारणा छ। खत्तम भइसक्यो भन्ने पनि छ। अर्को पनि धारणा के छ भने त्यो लेभलमा पुगेको छैन भन्ने पनि छ। अब अदालतले के भन्छ भन्ने ठाउँहरु पनि छ। कुन लेभलको कू हो त? त्यो त मैले भन्न सक्दिन, त्यो बताउन संविधानका विशेषज्ञहरु छन्। तर अब बुझ्दै जाँदा यो डर लाग्दै कुरा हो भनेरै आएको हुँ।

    चुनावबाटै तानाशाहहरु जन्मिएका पनि छन्

    केपी ओलीले तोकिएकै समय मै चुनाव गराउलान् त? भन्ने प्रश्नमा, प्रधानमन्त्रीले कतिबेला चुनाव गराउछन् त भन्दा जतिबेला उनले जित्ने ग्यारेन्टी हुन्छ। यो त सबैले पहिलो सर्त भनेको संसदको पुनस्थापना हो। हो, लोकतन्त्रमा चुनावको विकल्प छैन। तर, शासकलाई जतिबेला मनलाग्यो तेतिबेला, संविधान विपरीत, अनि आफु जित्ने मात्रै गराउने चुनावले भने लोकतन्त्र हैन निरंकुशतन्त्र नै जन्माउँछ। इतिहासमा हिटलर पनि चुनाव नै जितेर आएका थिए, राजा महेन्द्रले पनि राष्ट्रिय पञ्चायतको चुनाव नै गराउँथे, त्यस्तै ज्ञानेन्द्रको चुनाव पनि देखिएकै हो। त्यसैले चुनाव मात्रै लोकतन्त्रको सबैथोक हैन। त्यसैले ओली गराउने चुनावले लोकतन्त्र जोगाउने हैन निरंकुशतन्त्र जगाउने बाटो लिनेछ।

    केही समय अघि खगेन्द्र संग्रौला दाइले पनि बोल्नुभयो, अहिले केपी ओलीलाई त्यो ठाउँमा कसले पुर्‍यायो? त्यो पद कसले दियो? उनीहरुले आत्मलोचना गर्नुपर्छ। हामीले गल्ती गर्‍यौं, माफ पाउँ भन्नुपर्छ। त्यसै जनता आउनेवाला छैन। यो चाहिँ बुझ्नुपर्छ। बयलगाडा चढेर अमेरिका पुग्न सकिन्न भन्ने मान्छेलाई थाह हुँदाहुँदै पनि त्यहाँ पुर्‍याउनु हुँदैनथ्यो। त्यसकारण जनतासँग माफी माग्नुपर्छ। अनि मात्र जनताले साथ दिन्छन् भन्ने लाग्छ।

    यो आन्दोलन कुनै नेतालाई प्रम बनाउन होइन

    नत्र अहिले कस्तो सन्देश गइरहेको छ भन्दा, माधव नेपाल र प्रचण्डका लागि यो आन्दोलन हुँदैछ। यो त होइन। जति हामी सडकमा जाँदैछौँ। त्यो त संविधानको कू गरियो, संविधानको बर्खिलाप गएर निरंकुश हुन थाल्यो। हामी लोकतन्त्रमाथि नै खतरा उत्पन्न गर्‍यो भनेरै आएका हौं। तर ओलीहरु नेपाल र प्रचण्डको पो सभा समारोह हो की भनेर भन्छन्। यस्तो प्रचार गलत हो। हामी त प्राप्त गरेको ठूलो उपलब्धिमाथि ठूलो प्रहार भयो, र यसलाई निलम्बन गरेर एउटा अधिनायक शासक तयार हुँदै गयो भन्ने कुरा जनतामा पुर्‍याउन पर्‍यो भनेर आइरहेका छौं।
    म आफैंलाई के लाग्छ भने ०६२/६३ को जनआन्दोलनमा नागरिक समाजको, श्रष्टाहरु र बुद्दिजीवीहरुको कत्रो ठूलो भूमिका थियो, त्यसपछि सत्तामा त सबै पुग्नुभयो। तर नागरिक समाजलाई उहाँहरुले सम्बोधन गर्नुभयो? म आफैंले पनि अनुभव गर्छु। नागरिक समाज भनेको जनताकै अंग हो। त्यसकारण त्यसलाई बेवास्ता गरेर उनीहरु आफैंमा केही होइनन् भनेर कुनैपनि निर्णय गर्दा नागरिक समाजलाई नसोध्ने,तीनवटा पार्टी मिल्यो, नेता नेता भेट भयो र निर्णय गर्ने परिपाटी भयो। यसले गर्दा समस्या ठिक ठाउँमा ल्याउन धेरै गाह्रो पर्छ। त्यसकारण नेतृत्वले आह्वान गर्दैमा जनता आउँदैनन्। जनताले त हेरिरहेका हुन्छन्।

    काँग्रेसमा पनि व्यक्ति हैन, विधि स्थापित हुँदैछ

    कांग्रेसमा सुरुमा यो अन्तरविरोध पैदा भयो। त्यसमा पार्टी सभापति भएपनि देउवाको कुरा अलिक बेग्लै आयो तर पछि उहाँको कुरा सुनिएन। र आम पार्टीलाई आन्दोलनमा लगेको अवस्था हो। उहाँ एउटा व्यक्ति पनि हो र सभापति पनि हो। उहाँले पार्टीमा के कुरा पास गराउनुभयो, त्यो महत्वपूर्ण हो। उहाँ व्यक्तिले के गर्नुहुन्छ भन्ने कुरा गौण हो। अहिलेसम्म भएको त यही कुरा हो।

    त्यसकारण भोलि आम पार्टीले आन्दोलनमा जानुपर्छ, यो असंवैधानिक छ भनेर पार्टी कार्यकर्ता जान्छ र उहाँ मात्रै एक्लो वृहस्पति जस्तो भएर उहाँले ठिक छैन भन्न थाल्नुभयो भने उहाँ आफैं पखालिनुहुन्छ। त्यसकारण यो अवस्था होइन, महामन्त्री शशांक कोइरालाले हिन्दु राज्य चाहिन्छ भन्दै बोल्दै हिंड्नुभयो, तर त्यो पार्टीको धारणा होइन। पार्टी त धर्म निरपेक्षताका लागि लडेको पार्टी हो। मेरो बुझाई के हो भने आम पार्टी कार्यकर्ता र पार्टीको बाहिर गएर उहाँले धारणा बनाउन थाल्नुभयो भने त्यो समस्या उहाँको हो,पार्टीको होइन।

    कांग्रेस आन्दोलनमा सरिक भइरहेको छ। अर्को पार्टीले बोल्दा उडाएर बोल्नु अर्को कुरा हो। तर देउवा आन्दोलनको पक्षमा छैनन् भन्दा त अर्को कथ्य निश्कन्छ। कांग्रेस आन्दोलनमा छ सँधै लोकतन्त्रको पक्षमा छ। अहिलेको यो आन्दोलनमा किन आइपुग्यो? यदि पार्टी सभापतिले भनेका कुरा लाग्थ्यो भने त आन्दोलनको घोषणा नै गर्दैनथ्यो। अदालतको फैसला पर्ख अथाव वैशाख पर्ख भनेर त कांग्रेस सुतेर बस्थ्यो। तर कांग्रेस सुतेको छैन। मेची महाकाली आन्दोलन गरिरहेको छ। त्यसकारण कांग्रेस दुईवटा ढुंगामा टेकेको छ भनेर जसरी भनिएको छ, त्यो होइन। किनभने अब राति अँध्यारोमा कसले के गर्छ भन्ने कुरा त फरक भयो।

    नेपाल लेखक संघ आन्दोलनमै छ

    नेपाल लेखक संघ नितान्त स्वतन्त्र संस्था हो। जस्तो बामपन्थी खेमाको प्रगतिशील खेमासँग बढी नै सम्बन्ध हुन्छ। भातृ संगठन वा शुभेच्छुक संस्था जस्तो पनि यो होइन। प्रजातन्त्रमा विश्वास गर्ने लेखकहरुको मञ्च हो यो। अहिले के छ भने हाम्रो विभिन्न जिल्लामा, क्षेत्रहरुमा चाहिँ सबै सहभागी भइरहेका छन्। अब हाम्रो निर्णय हुन बाँकी छ। किन यस्तो अवस्था आइरहेको भन्दा,अधिवेशन गर्न बाँकी रहेको तर कार्यकाल सकिएकोले अहिले संक्रमणको अवस्थामा छ। त्यसकारण आफैंले मात्रै भन्ने अवस्था छैन। अधिवेशन कोरोना अघि नै गरिसक्नुपर्ने थियो। त्यसैले यहाँ कुनै महत्वपूर्ण निर्णय गर्न अप्ठ्यारो हुन्छ।

    केही जिल्लाहरुमा संस्थागत रुपमै पनि आन्दोलनमा सहभागी भइरहेको अवस्था छ। हामी पनि छलफल गरिरहेका छौँ। अब अघि बढ्नुपर्छ भन्ने छलफल भइरहेको छ। आन्दोलनको पनि चरणहरु हुन्छ। लेखकहरु आफ्नो ठाउँबाट गर्ने कुरो छदैंछ। संस्थागत रुपमा हामी अनभिज्ञ छैनौँ। निरपेक्ष र असहभागी पनि छैनौँ। त्यसकारण म नेपाल लेखक संघको अध्यक्ष भएको नाताले अध्यक्ष नै सडकमा हिंडेपछि मसँग सचिव पनि आइरहेको हुनुहुन्छ, महासचिव पनि आएको हुन्छ, यसले के अर्थ दिन्छ भने नेपाल लेखक संघ सडकमा छ भन्ने ठिक बुझाई हुन्छ।

    प्राविधिक कुराहरु पनि हुन्छन्, बैठक बसेर घोषणा गरेर आउने कुरामा अहिले कोरोनाका समय भएकाले सदस्यहरु बाहिर हुनुहुन्छ। त्यसकारण प्राविधिक समस्या मात्रै हो। सबैजना आ आफ्नै ठाउँबाट लागिरहनु भएकै छ।

    किन लेखियो ‘बिसे नगर्चीको बयान ?’

    बिसे नगर्ची, को हुन् भन्ने कुरा, पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्ने सन्दर्भमा उनको कथा यसरी आउँछ। पृथ्वी नारायण शाहले नुवाकोटमा दुइतीन चोटीसम्म युद्ध गर्ने क्रममा पराजित भइसकेपछि, गोली गट्ठा सकियो र उनी निराश भएर बिसेकोमा गएर चिन्ता व्यक्त गर्दा उनी सहयोगी हुन्। यसरी आर्थिक संकट भयो भन्दा, सबैले घरबाट एक एक मोहर उठाउँ, उठाएको पैसाले युद्धको तयारी गरौँ भनेर सल्लाह दिए। त्यसपछि पृथ्वी नारायण शाहले यो उपायलाई सही मानेर घर घरबाट एक एक मोहर उठाएर युद्ध खर्च निकालियो र युद्ध पनि जिते। यो मिथ हो। त्यसैको आधारमा मैले लेखेको कविता हो।

    त्यसकारण यो नेपाल एकिकरण शासकले मात्रै गरेको होइन, मैले पनि गरेको हो भनेर एउटा जनताको सहभागिता पनि ठूलो हुन्छ भनेर लेखिएको हो। यो एउटा इतिहासको पुनव्र्याख्या जस्तो पनि हो। सिमान्तकृतहरुको आवाजलाई प्रतिबिम्वित गर्न खोजिएको हो। हिजो ६२,६३ मा पुगेको समयलाई हेरेर, आजको समयको मानिस, आजको मानिस र उसको सपना, चेतना, क्रान्तिलाई सम्बोधन गर्न लेखिएको कविता हो यो। कविताभित्रै धेरै कुराहरु छ। र, हाम्रा प्राप्त अधिकारहरू जोगाउन अब हिजोका बिसे नगर्चीहरू पनि उठ्नुपर्छ। प्रतिगमनविरुद्ध सिंगै देश उठ्नुपर्छ।

    (नेपाल रिडर्सका लागि प्रकाश अजात र गौतम राईले कवि श्रवण मुकारुङसँग गरेको कुराकानीमा आधारित। तस्वीर : महेश पाण्डेय।)

    कवि मुकारुङको त्यो चर्चित कविताः बिसे नगर्चीको बयान

    म यो गोरखा राज्यमा
    अर्ढाई सय वर्षपछि बौलाएँ ।
    मेरो टाउको फनफनी घुमिरहेछ
    जमीन आकाशतिर
    आकाश जमीनतिर भइरहेछ
    आँखा तिर्मिरतिर्मिर भएर
    हजुरको शिर दसवटा देखिरहेछु
    खोई मेरो पैताला कहाँनिर छ (?
    कहाँनिर छ बिसे नगर्ची ?
    मालिक !
    म बौलाएँ ।
    मैले त महाराजको सेवा गर्नुपर्ने
    इतिहासको रक्षा गर्न
    यो गोरखकालीको पाउ छोएर
    नुनको सोझो हुनुपर्ने
    अर्ढाई सय वर्षछि आज के भयो मलाई ?
    यो बिसेलाई दशा लाग्यो मालिक ?
    म बौलाएँ ।
    नाथे मेरी स्वास्नी हो मारिएकी
    नाथे मेरी छोरी न हो बलात्कृत भएकी
    नाथे यो बिसेको झुप्रो न हो जलाईएको
    यत्तिमै यो बिसे उफ्रिनुपर्ने?थुइक्क बिसे?
    म बौलाएँ मालिक ?
    म बौलाएँ ।
    मेरो हात भाँचियो
    अब म हजुरका भारदारहरूलाई
    लवेदा सिउन सक्तिनँ
    नर्सिङ्गा फुक्नरसनाई बजाउन
    अथवा कुनै मङ्गलगान
    वा मृत्युगीत गाउन सक्तिनँ
    मेरो खुट्टा भाँचियो
    अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ
    मेरो दिमागै ठीकमा छैन
    अब म ठिक्कले बोल्न सक्तिन
    मालिक ! म बौलाएँ ।
    मालिक !
    यो गोरखा राज्यअघि उभिएका
    हिजोका ती अग्लाअग्ला पहाडहरू आज कसरी यस्तरी होचाहोचा भए (
    हिजोका सग्ला र कल्कलाउँदा
    यहाँका मानिसहरू
    आज कसरी यस्तरी खुनी र कुरूप भए ?
    यो दरौदी किन उल्टो बगेको देख्छु ?
    यो दरबारै किन खण्डहरजस्तो देख्छु?
    म बौलाएँ मालिक १ म बौलाएँ ।
    मालिक !
    हजुरको तरबारले
    टाउको काट्छ कि फूल ?
    भ्रममा परें म
    हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?
    भ्रममा परें म
    यस राज्यलाई प्रजाले बनायो कि राजाले
    भ्रममा परें म
    अर्ढाई सय वर्षेखि म तपाईसमक्ष छु मालिक !
    म कसरी आतङ्ककारी हुनसक्छु ?
    म केवल बौलाएँ मालिक !
    बौलाएँ ।
    हो मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
    रक्सी खाएर
    यो देश मैले पनि आर्जेको छु भने हुँला
    भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनें हुँला
    मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
    मेरो नाङ्गो आङ देखाएँ हुँला
    बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हुँला
    मालिक !
    मान्छे बौलाएपछि आफैंसित पनि निहँु खोज्दोरहेछ
    अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हर्ुर्केका
    मेरा दरसन्तानहरू कहाँकहाँ पुगे ?
    मैले खोज्न चाहें हुँला
    मेरा औंलामा खोपिएका छ्यान्द्रा र
    बगेका रगतहरूले मलाई उक्साए
    तरबारले आर्जेको मुलुकभन्दा
    मैले धागोले उनेको मुलुक विशाल ठानें हुँला
    मालिक !
    यस माटोको इतिहाससँगै म हजुरको
    राष्ट्रमा छु
    म कसरी अराष्ट्रिय हुनसक्छु (
    म साँच्चै बौलाएँ मालिक !
    साँच्चै बौलाएँ ।
    मेरो टाउको फनफनी घुमिरहेछ
    जमीन आकाशतिर
    आकाश जमीनतिर भइरहेछ
    आँखा तिर्मिरतिर्मिर भएर
    हजुरको शिर दसवटा देखिरहेछु
    खोई मेरो पैताला कहाँनिर छ
    कहाँनिर छ बिसे नगर्ची ?
    मालिक ! म बौलाएँ ।

    मुकारुङकै अर्को कविता : म जनता

    म जनता
    मेरो शरिर मेरो देश हो
    कुल्च मेरो छाती
    थुन मेरो आवाज
    भाँच मेरो हातखुट्टा
    यो स्वतन्त्रताको अन्तिम लडाईबाट
    म तिम्रो असली अनुहारको
    अभिलेख राख्न चाहन्छु

     

     

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      श्रवण मुकारुङ

      श्रवण मुकारुङ

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.