Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओली र उनको भजनमण्डलीलाई नाङ्गेझार पार्नुछ

श्रीप्रसाद साह श्रीप्रसाद साह
चैत्र ४, २०७७
- राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई आफू बाहेक सारा दुनियाँ नै गलत छजस्तो लाग्छ। उहाँको यो दृष्टिकोणलाई बदल्न हामीले अधिकतम प्रयत्न ग¥यौँ र गरिरहेका छौँ । ओलीको दृष्टिदोष र उनको दृष्टिकोणमा हावी भएको गैह्रमाक्र्सवादी चिन्तनलाई सच्याउन हामी प्रयत्नरत छौँ ।

    अहिलेको विषम परिस्थितिमा कमरेड केपी ओली, जो अहिलेसम्म पनि पार्टीका अध्यक्ष हुनुहुन्छ, उहाँको पहलकदमी कम्युनिष्ट पार्टीलाई एकिकरण गर्ने र नेकपा एमालेलाई सुदिृढीकरण गर्ने भन्दा पनि कम्युनिष्टहरूलाई ध्वस्त पार्ने र एमालेलाई छियाछिया पार्नतिर बढी देखिन्छ । अध्यक्षको कुर्सीमा बसेका व्यक्तिबाट यस किसिमको पहलकदमी भइरहँदा नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालसहित केन्द्रीय कमिटीमा उहाँलाई याचना गराउने काम समेत भयो । तर त्यो याचनाबाट उहाँमा तात्विक भिन्नता भइरहेको छैन ।

    केपी ओलीलाई चुनेर गलत गरिएछ

    हरेक मान्छेलाई एउटा सापेक्षतामा विश्लेषण गर्ने गरिन्छ । जतिबेला केपी ओली पार्टीको अध्यक्ष चुनिनुभएको थियो, त्यतिबेलाको परिवेश तथा परिस्थिति र त्यतिबेला उहाँप्रति कार्यकर्ताको धारणा के थियो, त्यसलाई बिर्सनु हुँदैन ।

    आज भन्दा ७ वर्ष पहिले जतिबेला संविधानसभाको निर्वाचन भएको थियो, नेकपा एमालेभित्र कुनै प्रकारको वैचारिक र सैद्धान्तिक मतभिन्नता छैन भन्ने धारणा आम कार्यकर्तामा थियो । जनताको बहुदलीय जनवादलाई मदन भण्डारीले पाचौँ महाधिवेशनबाट तत्कालिन कार्यक्रमको रुपमा ल्याउनुभयो । त्यसयता नवौँ महाविधेशनसम्म आइपुग्दा त्यो कार्यक्रम आम रुपमा स्वीकार्य भइसकेको थियो । तिनै सिद्धान्तले आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर राजतन्त्र र सामन्ती निरंकुशता समाप्त भइसकेको छ ।

    त्यतिबेलाको परिस्थितिमा कमरेड माधवकुमार नेपालले करिब १४÷१५ वर्ष नेतृत्व गरिसक्नुभएको थियो। झलनाथ खनालले पनि पञ्चायतकालमा र आठौँ महाधिवेशनबाट नेतृत्व गरिसक्नुभएको थियो। त्यस अवस्थामा विचारमा मतभिन्नता नभएपछि तिनै विचार बोक्ने नेताहरूमध्येका एउटा नेता ओलीलाई हामीले चुन्यौँ। ओली त्यतिबेला शारीरिक रूपमा अशक्त हुनुहुन्थ्यो। आफ्नो अशक्ततालाई उहाँ कार्यकर्ताबीच सचित्र राख्नुहुन्थ्यो । यसरी कार्यकर्तामा सेन्टिमेन्टल ब्ल्याकमेल पनि गर्नुभयो उहाँले । त्यस कारणले गर्दा नवौँ महाधिवेशनमा युवा विद्यार्थीको एउटा पंक्ति केपी ओलीको पक्षमा लाग्यो।

    तर अहिले महशुस हुँदैछ कि पार्टी संगठनमा विचार र दृष्टिकोण प्रमुख हुँदो रहेछ । सिद्धान्त, विचार र दृष्टिकोण कमजोर भएको मान्छे नेतृत्वमा पुग्दा घातक हुँदो रहेछ भन्ने कुरा नराम्रो ढङ्गले पुष्टि भएको छ। केपी ओली अध्यक्ष हुनुभन्दा पहिला पनि पार्टीका नेता हुनुहुन्थ्यो। उहाँलाई पार्टीले विभिन्न जिम्मेवारी दिदै आएको थियो। उहाँ एकैचोटी अध्यक्षको रुपमा प्रकट हुनुभएको होइन। त्यसकारणले स्वभाविक रुपमा उहाँलाई हामीले नै अध्यक्षको रुपमा चुन्यौँ । तर उहाँलाई अध्यक्षको रुपमा उभ्याएर गलत गरिएको रहेछ भन्ने लागेकै छ ।
    एमालेलाई पनि सग्लो रहन दिइएन

    प्रधानमन्त्री एंव एमाले अध्यक्ष ओलीको बोली र व्यवहारमा अत्यन्तै भिन्नता छ । उहाँ आफूलाई मदन भण्डारीको निधनपछि जनताको बहुदलीय जनवादको सच्चा उत्ताराधिकारी ठान्नुहुन्छ । तर भण्डारीले नै भनेअनुसार ‘कुरा ले चिउरा भिज्दैन।’ हो, चिउरा भिजाउनका लागि दुध, मोही, नभएपनि पानी चाहिन्छ । तर उहाँको व्यवहार हेर्ने हो भने जबजको चरित्रसँग मेल खाँदैन । जबजले आम रुपमा समाजमा रहेको बहुलतालाई स्वीकार गर्छ र त्यसमा प्रतिस्पर्धामा जान चाहन्छ । तर कमरेड ओलीमा पार्टीभित्रको विविधतालाई बेवास्ता मात्रै होइन, भित्तामा पु-याउने चरित्र छ ।

    ओली जतिबेला पार्टीमा अल्पमतमा हुनुहुन्थ्यो, त्यतिबेला उहाँको प्रस्तुति अराजक ढङ्गको हुन्थ्यो। त्यतिबेला तत्कालिन अध्यक्ष झलनाथ खनाल उहाँको विचारलाई अत्यन्तै शालिनतापूर्वक स्वीकार गर्नुहुन्थ्यो र मान्नुहुन्थ्यो । नेता खनालमा पनि व्यक्तिगत रुपमा कमी कमजोरी होलान्। तर उहाँ अन्तरपार्टी लोकतन्त्रको पक्षपातीको एउटा प्रतिमूर्ति हो ।

    आठौँ महाधिवेशनपछि सम्झनुहोस्, जतिबेला अध्यक्ष र संसदीय दलका नेता खनाल हुनुहुन्थ्यो । त्यतिबेला प्रचण्ड नेतृत्वको सरकार ढलेपछि सरकारको नेतृत्व गर्न नेपाललाई अघि सारिएपछि त्यसलाई उहाँले सहजै स्वीकार गर्नुभयो । आफंैले माइन्युट र दस्तखत गर्नुभयो र त्यसलाई कार्यान्वयन पनि गर्नुभयो ।

    आज कमरेड ओली नै पार्टी अध्यक्ष हुनुहुन्छ र संसदीय दलको नेतापनि उहाँ नै । तर उहाँले कुर्सीका लागि ३ वर्ष पहिले एकिकृत भइसकेको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई ध्वस्त मात्रै गर्नुभएन, नेकपा एमालेलाई पनि सग्लो नरहने गरी अनेक क्रियाकलाप गर्दै हुनुहुन्छ ।

    नेकपा एमाले आज तीन समूहमा बाँडिएको छ । पहिलो, ओली आफैंले नेतृत्व गरेको लोभी र पापीहरूको समूह, दोस्रो, पार्टीको दृष्टिकोण, सिद्धान्त, विचार र पद्धति अँगालिरहेको र त्यसलाई पछ्याइरहेको समूह र तेस्रो, दुई वटैलाई मिलाउछु भनेर लागेको बामदेव गौतमको समूह । यसरी नेकपा एमाले तीन समूहमा बाँडिएपछि कम्युनिष्ट आन्दोलन कहाँ जान्छ ? हामीले कम्युनिष्ट पार्टीलाई सबल र सुदृढीकरण गर्न ओलीलाई नेतृत्वको जिम्मा दिएका थियौँ, पार्टीलाई छियाछिया बनाउन होइन ।

    ओलीका समर्थकहरू होइनन्, अन्धभक्तहरू हुन्

    कुनैपनि जमिनमा एउटामात्रै दुबो छ र त्यसलाई हटाइएन भने दुइचार महिनामै पूरै झार पलाउँछ । त्यस्तै कुनै घर नयाँ होस् वा पुरानो, कुचोले सरसफाई र रंगरोगन गर्दा राम्रो देखिन्छ र बसाईको वातावरण पनि सहज हुन्छ । त्यसरी नै पार्टी र संगठनमा पनि विचार र सिद्धान्तको कुचो लगाइरहनुपर्छ । पेन्टिङ गरिरहनुपर्छ । यसो गर्दा व्यवस्थित हुन्छ ।

    जब पार्टीमा विचार सिद्धान्त र दृष्टिकोणको प्रक्रिया भत्काउदै लगिन्छ, त्यो पार्टी खण्डहरमा परिणत हुन्छ । केपी ओली र उहाँका अन्धभक्तहरू एमालेलाई खण्डहर बनाउन उद्धत छन् । मैले उहाँका समर्थकहरूलाई ‘समर्थक’ भनिनँ, ‘अन्धभक्त’ भन्छु । जब कुनै साधु/महात्मा जतिसुकै व्यविचारी र अत्याचारी होस्, तर उनीप्रतिको अन्धभक्तिपना यसकारणले रहिरहन्छ कि उनीहरूलाई भक्ति गरेबापत् स्वर्ग पुगिन्छ भन्ने भ्रम हुन्छ ।

    आज नेकपा एमालेभित्रको कमरेड ओलीको पक्षपोषण गर्नेहरूपनि प्रायः त्यस्तै अन्धभक्तहरू हुन् । जोसँग आफ्नो विवेक छैन, स्वभिमान छैन र माक्र्सवादी दृष्टिकोणलाई बन्दगी राखिसकेका छन् । आन्तरिक ढङ्गले त ओलीलाई सच्याउन उनीहरूले पहल गरिरहेका होलान् भन्ने अपेक्षा गरौँ । तर ओलीका स्वेच्छाचारी प्रवृत्तिलाई परास्त गर्न सकिरहेका छैनन् ।

    राष्ट्रिय भेला के का लागि ?

    केपी ओलीको प्रवृत्तिका कारण आज यो अवस्थामा पुगेको कम्युनिष्ट पार्टी र बाम आन्दोलनलाई ध्वस्त हुन नदिन आम कार्यकर्ता तथा अगुवा व्यक्तिहरूसँग छलफल र विचार विमर्श गर्नका लागि राष्ट्रिय भेलाको आयोजना गरिएको हो । भेलामा सहभागी हुन करिब ४ हजार बढी कार्यकर्ताहरू काठमाडौँमा आएका छन् । काठमाडौँमा यत्रो संख्यामा कार्यकर्ता अटाउने व्यवस्थित तरिकाको हल नभएकाले हल भित्र र बाहिर एलसीडीको प्रयोग गरेका छौँ ।

    भेलाको उद्घाटनपछि पार्टीका जिम्मेवार नेताहरूले पछिल्लो घटनाक्रमका बारेमा आम कार्यकर्तालाई सविस्तार जानकारी गराएका छन् । यसमा कार्यकर्ताले पनि आ–आफ्नो धारणा राखिसकेपछि कार्यकर्ताबाट आएका विचारलाई प्रशोधन गरी केन्द्रीय कमिटीबाट ठोस कदम चालिनेछ ।

    हाम्रो अधिकतम प्रयत्न चाहिँ कम्युनिष्ट आन्दोलनलाई सकिन नदिनु हो। त्यसका लागि एमालेमा आएको अहिलेको समस्याको व्यवस्थापन गर्नुपर्छ । त्यो भनेको दोष र गुणको आधारमा कमीकमजोरीलाई सच्याउने र राम्रा पक्षलाई अंगाल्ने हो । २३ फागुनको सर्वोच्चको फैसलापछि एमाले अध्यक्ष केपी ओलीले एमालेलाई तीनवर्ष पहिले लगेर पुनर्व्यवस्थित गर्नुपथ्र्यो । तर उहाँ अर्को समूहका लागि ढोकाको चुकुल लगाउने मात्रै होइन, भित्ता भित्तामा किला ठोकेर ढोका बन्द गर्दै मनपरी गरिरहनुभएको छ । आफूभित्रमात्रै छलफल गरेर अरुलाई बार्दलीबाट बोलाउनुहुन्छ तर भित्र पस्न दिनुहुन्न ।

    ओलीले अहिले जुन मनपरी व्यवहार र हर्कत देखाइरहनुभएको छ, त्यसलाई र उहाँको भजनमण्डलीलाई नाङ्गेझार पार्नुछ । यो कुरालाई कार्यकर्ताबीच सचित्र व्याख्या गरेर लैजानुपर्ने छ । त्यसपछि कार्यकर्ताले के भन्छन् र कस्तो सुझाव आउछ, त्यसलाई मनन गरेर अघि बढ्छौँ। हामी एमालेलाई मर्न दिँदैनौँ, हाम्रो नेतृत्वले एमालेको विरासत थाम्नेछ र ओलीले जसरी जनवादको खोलभित्र मनपरी गरिरहेका छन्, त्यस पाखण्डलाई छताछुल्ल पार्नेछौँ । हामीले एमालेको विरासत अहिले पार्टीलाई बचाउन लागेका हामीसँगै रहने छ भन्ने पूर्ण अपेक्षा गरेका छौँ र विश्वास छ ।

    अब युवा नेतृत्व आउनुपर्छ

    पछिल्लो समय पार्टीमा पुस्तान्तरणका कुराहरू उठिरहेका छन् । यो उठ्नुपर्छ पनि । तर हाम्रो अभिभावक पुस्ताले नयाँ पुस्तालाई कतिबेला हस्तान्तरण गर्ने हो, यसको पनि विधि प्रक्रियाहरू छन् । एमालेले गएको नवौँ महाधिवेशनबाट विधानमा उमेरको हद तोकेको छ । ७० वर्ष नाघेका व्यक्तिहरू जतिसुकै आदरणीय भएपनि कार्यकारीमा नजाने भनेर विधानमा उल्लेख छ।

    लगभग पहिलो पुस्ताका नेताहरू यो उमेरको छेउछाउ पुगिसकेका छन् । कतिपय त नाघिसके। अब हाम्रो अपेक्षा के छ भने अबको महाधिवेशनमा यो कुरालाई सुद्रिढतापूर्वक कार्यान्वयन गर्नुपर्छ । ७० वरपर पुगेका र नाघिसकेका नेताहरूले यो नियमलाई सहज ढङ्गले कार्यान्वयन गर्नुपर्छ।

    ओलीले अवैधानिक काम गरेर विधानको यो दफालाई बाधाअड्काउ फुकाउको नाममा स्थगन गर्नुभएको छ। हिजो यिनै नेताहरू अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्छौ भनेर लठ्याउँथे। तर यदि उहाँले त्यस्तो चाहेको भए त्यो दफालाई किन संशोधन गरियो ? यो आफैंमा अवैधानिक हो। अधिवेशनभन्दा पहिले कसलै पनि विधान संशोधन गर्न सक्दैन। केन्द्रीय कमिटीले प्रस्ताव लान सक्छ । तर नियतवश केपी ओलीलाई कुर्सीमा बसाइरहने, उहाँको पूजापाठ र उहाँकै नामको चन्दन लगाइरहन यो कदम चालियो भन्ने कुरा छताछुल्ल भएको छ ।

    अबको आवश्यकता भनेको सबैभन्दा पहिले एमालेलाई भताभुङ्ग गर्न खोजेका ओली र उहाँका अनुयायीहरूबाट बचाउनुपर्छ । त्यसका लागि एमालेका जनहरूमा यी कुरालाइ बेलीविस्तार बताउनुपर्छ र त्यसपछि उहाँलाई पार्टीको वैधानिक तरिकाले केन्द्रीय कमिटीमा पराजित गरिनुपर्छ । उहाँले पार्टीका स्थायी र पोलिटव्युरो बैठकहरू राख्न खोजिरहनुभएको छैन, यी बैठक बोलाउन उहाँलाई बाध्य पारिनुपर्छ । र, त्यो प्लेटफर्मबाट उहाँलाई निस्तेज र पराजित गर्नुपर्छ ।

    यदि उहाँ कुनैपनि बैठक बोलाउन तयार हुनुहुन्न भने कार्यकर्ताहरूको सुझावबाट के आउछ, त्यसअनुसार उहाँलाई कारबाही गरेर र पार्टीबाट निश्चित रुपमा किनारा लगाएर नयाँ खालको नेतृत्व बनाई एमालेको दशौँ महाधिशवेन यथासिघ्र गर्नुपर्छ। त्यसबाट एमालेलाई व्यवस्थित ढङ्गले लानुपर्छ र त्यसपछि मात्रै एमाले व्यवस्थित हुन्छ र पुन ः नयाँ सिराबाट पार्टीलाई अगाडि बढाउन सकिन्छ ।
    ओलीले प्रधानमन्त्री बन्नका लागि विचार र सिद्धान्तलाई पन्छाएर जसरी हतारमा एकता गर्नुभयो, र त्यो एकता प्रक्रिया टुंगिन नपाउँदै अहिलको अवस्था सिर्जना भएको कुरालाई ख्याल गर्दै वैचारिक र सैद्धान्तिक हिसाबले नेकपालाई पुनर्व्यवस्थित गरेर एउटा कम्युनिष्ट पार्टी बनाउनुपर्छ ।

    भिडियो –

    (नेता साहसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      श्रीप्रसाद साह

      श्रीप्रसाद साह

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.