Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘तन्नेरी शरीरमा गाँसिएका बुढा टाउकोहरू’ले यो आन्दोलनलाई लैजान सक्दैनन्

सुदन किराँती सुदन किराँती
जेष्ठ २७, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्थानीय तहको निर्वाचन परिणाम हाम्रा लागि समग्रमा सन्तोषजनक नै रह्यो। तर, अपेक्षाकृत भने रहेन। हाम्रो अपेक्षा १५० स्थानीय पालिकामा जीत हासिल गर्नु थियो। एमाले अध्यक्ष केपी ओली तथा देशीविदेशी बुर्जुवाहरूले ‘यो निर्वाचनबाट माओवादी समाप्त हुँदैछ’ भन्ने खालको प्रचार गरेका थिए, त्यो सावित भएन।

    दिशा कता?
    हाम्रो पार्टीले थोरै ठाउँमा मात्रै अन्य दलसँग गठबन्धन भएको थियो। हाम्रो विपक्षमा एमाले लगायत अरु ९ दलीय गठबन्धन थियो। हाम्रो त कमसेकम परिवर्तनका वाहकहरूबीचको गठबन्धन थियो। जसलाई हामीले वाम–लोकतान्त्रिक गठबन्धन भन्यौँ। विपक्षीहरूको गठबन्धनमा राप्रपा, विप्लव(माओवादी) देखि सिके राउतसम्म रहनुले सो गठबन्धन कता जान खोजेको हो भन्ने कुरा नै निश्चित थिएन। एमालेको कम्पासले संकेत गरेको दिशा कता हो? हामी माओवादीको त दिशा स्पष्ट छ, स्वभाविक रुपमा हाम्रो गठबन्धन देश, संविधान, लोकतन्त्र र व्यवस्थाको लागि हो। यद्यपि हामी पनि नगण्य ठाउँमा हलोसँग नारिएका थियौँ। त्यस्ता गठबन्धनचाहिँ गठवन्धनको निर्देशन विपरित भएको थिए।

    अब कम्युनिष्ट आन्दोलनको सन्दर्भमा नयाँ ढंगले छलफल र बहस गर्नुपर्छ। यहाँ सच्चा ढंगले नेतृत्व गर्न सक्ने सक्षम पंक्ति पनि छ। यसको निम्ति एउटा ठूलो छलफल र बहस गर्नुपर्छ। स्थानीय निर्वाचनको परिणाम आएसँगै अब बाम एकिकरणको बहस सिर्जना गर्ने बेला भएको छ। तर, कम्युनिष्ट भएर पनि दक्षिणपन्थलाई नेतृत्व गरिरहेको पंक्तिमा अझै पनि अहंकार कायम रहेकाले यसका लागि केही समय लाग्छ।

    विगतमा पनि वाम एकता भएको हो, त्यसैको जगमा टेकेर झण्डै दुईतिहाईको सरकार पनि बनेको हो। तर त्यो नाम मात्रको वाम एकता भयो। त्यो एकताले केही समय गुजारेको भए स्वभाविक रुपमा हामी परिपक्व हुँदै जाने थियौँ। तर त्यो परिस्थिति परिवर्तन भयो। नेपाली जनताको चाहना एउटा स्थायी कम्युनिष्ट सरकार थियो। वाम एकताले त्यो चाहना पूरा गरेको थियो, तर व्यक्तिकेन्द्रित र स्वार्थकेन्द्रित प्रवृत्तिका कारण वाम एकता अघि बढ्न सकेन।

    आत्मालोचना आवश्यक
    अहिले फेरि वामपन्थी पार्टीहरूको एकताका बारेमा विभिन्न ठाउँबाट बहस उठ्दैछ। अब कम्युनिष्ट आन्दोलनलाई संगठित गर्नका लागि विगतका घटनाहरूबाट शिक्षा लिएर देश र जनता सामू पश्चाताप र आत्मालोचनासहित जान अवाश्यक छ। तर, कुनैपनि कुराको निर्णायक पक्ष भने भित्री पक्ष हुन्छ। कुनै पद र सत्ताका लागि भन्दा पनि सैद्धान्तिक र वैचारिक हिसाबले एकता हुन आवश्यक छ।
    यदि त्यो सम्भव छैन भने अब कम्युनिष्ट पार्टीका अग्रजहरूले अब विदा लिनुपर्छ। बिना विचार, बिना सिद्धान्त र दिशाहिन ढंगले वाम एकता हुन सक्दैन। बरु, पार्टीका अग्रज नेताहरू संरक्षक र सल्लाहकार भएर रहन सक्नुहुन्छ। घटनाक्रमहरूलाई आत्मसात गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेपछि कम्युनिष्ट आन्दोलन संगठित भएर जान्छ जस्तो लाग्छ। तर अहिलेको चरित्र हेर्ने हो भने यो एकता त्यति सजिलो भने छैन। किनकि नयाँ पुस्ताले नेतृत्व गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा परीक्षामा गएपछि थाहा हुन्छ। लेनिनको क्रान्ति सफल हुनुभन्दा अगाडि लेनिनले कुनचाहिँ विश्वविद्यालयबाट परीक्षा पास गरेका थिए? फेरि, कसैको निधारमा सक्षम वा असक्षम भनेर लेखिएको पनि हुँदैन। कर्मले नै व्यक्ति प्रमाणित हुने हो।

    निर्वाचन प्रणालीमा सुधार
    समाज धेरै राजनीतिकरण भइसकेको छ। तपाईँ गाउँ जानुहोस्, एउटा सामुदायिक वनको अध्यक्ष पार्टीको नेता हुन्छ। यस्तै विद्यालय, खानेपानी वा अरु कुनै सामाजिक संस्थाको अध्यक्ष पार्टीको नेता हुन्छ। अनि गाउँका किसानहरू आफ्ना अवाश्यकता पूर्ति गर्नका लागि नै भएपनि अध्यक्ष रहेकै पार्टीमा जान्छन्। राजनीतिक दलहरू यसरी पासो थापेर बसेका छन्। यस्तो अवस्थामा कसरी रुपान्तरण हुन्छ?
    सम्पूर्ण रूपमा निर्वाचनलाई समानुपातिक बनाउन सकिँदैन भने अर्को एउटा विकल्प छ। निर्वाचन आयोगको योजनामा निर्वाचन घोषणा गर्ने र घोषणा गरिसकेपछि उम्मेद्वारहरूलाई प्रचार गर्नका लागि आयोगले नै कार्यक्रमको आयोजना गर्ने। त्यसका लागि उम्मेद्वाहरू प्रहरीसँगै कार्यक्रममा जान्छन् र भाषण गर्छन्। यो मैले सोचेको उपाय हो। यसो गर्दा निर्वाचन कम खर्चालु हुन्छ। किनभने अहिलेको राजनीतिमा विचार र मूल्यमान्यताभन्दा पैसा बढी महत्वपूर्ण हुँदै गयो। त्यसकारण पैसाका लागि नेतृत्व नाजायज काममा पनि लाग्न सक्छ। त्यसैले यो निर्वाचन प्रणाालीलाई पूर्ण रुपमा खारेज गरेर अर्को ल्याउँदा राम्रो हुन्छ। नत्र यसलाई सुधार्नुपर्छ।

    जनताबाट अवज्ञा सुरु
    हिजो संविधान निर्माण प्रक्रियामा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ भन्दै संविधानप्रति असहमति जनाएका थियौँ। अब फेरि यो विषय छिटफुट रुपमा उठ्न थालेको छ। संसदमा पनि उठाउन थालिएको छ। हिजोका दिनमा यस्तै कुराहरू उठाउँदा माओवादी पार्टीलाई ‘जंगली’ भन्थे, तर अहिले हामीले उठाएका यी विषयहरू करिब करिब पुष्टि हुन थालेका छन्।

    म त सुधार मात्रै होइन, आमूल परिवर्तन ल्याउनुपर्छ भन्छु। संघ र प्रदेशमा समानुपातिक निर्वाचन प्रणाली अपनाइनुपर्छ र माथि प्रत्यक्ष कार्यकारी प्रमुखमै जानुपर्छ। स्थानीय निर्वाचन विकासको एउटा आधार भएको हुनाले स्थानीय तहमा निर्दलीय प्रणालीमा जानु नै उत्तम हुन्छ। स्थानीय तहमा जनतामा भिजेको र भिजन भएको नेताले नै ५ वर्ष सत्ताको बागडोर सम्हाल्ने भएकाले त्यहाँ निर्दलीय प्रणाली उचित हुन्छ भन्ने लाग्छ।

    र, गत स्थानीय निर्वाचनमा कति ठाउँमा स्वतन्त्र रूपमा उठे र जिते पनि। ती कतिपय पार्टीका मान्छे पनि थिए। पार्टीमा टिकट नपाएपछि तिनले बागी हालेका थिए र आफूलाई स्वतन्त्र भन्थे। तर काठमाडौँ र धरानको निर्वाचन भने धेरै अर्थमा फरक छ। त्यसले गर्दा अब पार्टीभित्रको विसंगतिको विरुद्ध शान्तिपूर्ण अवज्ञा सुरु भएको छ। जनताले रातो रगतको सट्टा मतपत्रमा निलो रंगको स्वस्तिक छापद्वारा अवज्ञा भयो। यो अवज्ञा झनै विद्रोहात्मक भयो भने के हुन्छ? अब हामी नसच्चिए, बेलैमा बुद्धि नपुर्याए र ‘आफू नै मालिक सारा रैती’ को शैलीमा हिँड्ने हो भने हाम्रो हालत डरमर्दो छ।

    एकताः सम्भव छ, सहज छैन
    कम्युनिष्ट पार्टीहरूको एकताको ताल्चा कसको हातमा छ, मलाई थाहा छैन। तर हामीले हाम्रो आत्मा छामेर भन्ने हो भने अहिलेको आवश्यकता कम्युनिष्ट एकता नै हो। एकताबाट नै एउटा स्थायित्व बन्छ र मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिन्छ। सर्वोच्चको नेकपा फुटाउने फैसलापछि वामपन्थी दलकै नेता तथा कार्यकर्ताहरू दिपावली गरेर लतारिएको सम्झिँदा भने अहिले पनि ग्लानी लाग्छ। त्यतिखेर केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीको केन्द्रीय सदस्य म पनि थिएँ, बबरमहलको कार्की पार्टी प्यालेसमा पटक–पटक बैठक बसेर ओलीलाई दुईतिहाई बहुमतले कारबाही पनि गरेका हौँ हामीले।

    त्यो कारवाही गर्ने बेलासम्म सारा खातापाता मिलाउने र दशहात उफ्रिएर ‘ओलीलाई कारवाही गर्नुपर्छ’ भन्नेहरू नै पार्टी फुटेपछि ओलीतर्फ एकोहोरो रुख ढलेजस्तो ढल्न थाले। यो सम्झिँदा अहिले पनि अचम्म लाग्छ। हामी युवाहरूमा आश राख्छौँ तर, माक्सिम गोर्कीले भनेजस्तै ‘तन्नेरी शरीरमा गाँसिएका बुढा टाउकोहरू’ले यो आन्दोलनलाई लैजान सक्दैनन्। र, तिनै मान्छेहरू युवाको रूपमा आए भने नेतृत्व गर्छजस्तो लाग्दैन। उतिखेर अरमठ्ठ भएर नेकपा फुटाउनु हुँदैन भन्ने अडान लिनुपथ्र्यो। र, नेकपाको एकतालाई जोगाउनका लागि हामी अदालतमा पुनर्विचारका लागि पेशसमेत गर्न सक्थ्यौँ। तर, त्यसो गर्नुको सट्टा दिपावली गरेर विभाजनको हर्षोल्लास् मनाइयो।

    सैद्धान्तिक रुपमा कम्युनिष्ट एकता कायम हुनुपर्छ भन्ने भावना छ र हुनुपर्छ। यो संविधान बचाईराख्न सकियो भने कम्युनिष्ट एकताका छलफल र बहसहरू चलिरहन्छ। एउटा विन्दुमा गएर एकता गर्न सकिन्छ। तर, यही व्यवस्था ढल्यो भने सम्भव छैन। अहिलेको निर्वाचनमा कति ठाउँमा स्वतन्त्र उम्मेद्वारहरूले पनि जितेर आए। यो राम्रो भयो। तर, स्वतन्त्रको बाटो प्रयोग भएर कुनै तानाशाह आउन पनि सक्छ। हामी त्यसमा सचेत हुँदै कम्युनिष्ट एकतातर्फ नै जानुपर्छ।

    भिडियो –

    माओवादी केन्द्रका नेता किराँतीसँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानीमा आधारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सुदन किराँती

      सुदन किराँती

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.