Thursday, June 8, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » अन्धविश्वासका बाहक हुन् या पीडित हुन् महिला?

अन्धविश्वासका बाहक हुन् या पीडित हुन् महिला?

महिनावारी बार्नका लागि आमाहरूले नै छोरीहरूलाई सिकाउने गरेको जस्तो देखिन्छ। तर, महिनावारी भएकी महिलालाई अछूत घोषणा गरेर कुनै पनि पूजापाठमा सहभागी नगराउने त आम रूपमा पुरुषहरू हुन्। पण्डितहरू हुन्, समाजका ‘जान्नेसुन्नेहरू’ हुन्।

मेनुका बस्नेत by मेनुका बस्नेत
November 18, 2021
in विमर्शका लागि, समाचार
A A
1.4k
VIEWS
Share on FacebookShare on Twitter

‘महिला जन्मिदैनन्, बरु बनाइन्छन्,’ नारीवादी लेखक सिमोन दि बोउवारको यो प्रसिद्ध भनाईले लिंग र लैंगिकताबीचको अन्तरलाई मात्रै स्पष्ट गरेको छैन। यसले महिलाको मनोवैज्ञानिक र शारीरिक स्तरमाथि कुदिएको वास्तविकतालाई पनि उजागर गरेको छ। पितृसत्ताले जकडिएको यो समाजमा सामाजिक, राजनीतिक, आर्थिक लगायत प्रायः सबै क्षेत्रमा पुरुषको जगजगी छ। यी क्षेत्रमा आजपर्यन्त महिला दोस्रो दर्जाकै रूपमा छन्।

पितृसत्ताले तोकेका महिलाका क्षेत्रहरू हुन् : घरभित्रको सरसफाई, चुल्होचौको, श्रृंगारपटार र पूजापाठ। शिक्षा र लैंगिक चेतनाका कारण आजका महिलाहरू पितृसत्ताले भिराइदिएका यी जिम्मेवारीहरूलाई विस्तारै बाँडफाँड गर्दै र केहीलाई लत्याउँदै बाहिरी दुनियाँमा छलाङ्ग मार्न थालिसकेका छन्। तर पनि उही पुरातन सोच बोकेको परिवार र समाज चौघेराको संघार नाघेका महिलाहरूको खुट्टा तान्न तल्लिन छ।

अन्धविश्वासको भूमरी

महिलाले मात्रै गर्ने भनेर तोकिएका काम र जिम्मेवारीहरू महिलालाई जबरजस्ती गरेर मात्रै लादिँदैन। कलिलो दिमागमै सम्झाइबुझाई गरेर, विवाहपछिको जीवनको त्रास देखाएर र यिनै काममा विस्तारै–विस्तारै अभ्यस्त गराएर महिलालाई उनको ‘लैंगिक भूमिका’ निर्वाह गर्न लगाइन्छ। यससँगै महिलालाई एउटा यस्तो भूमरीमा फसाइन्छ जहाँ महिलाले आफ्नो विवेकको प्रयोग गरेर न विद्रोह गर्न सक्छिन् न प्रश्न नै। त्यो भूमरी हो, अन्धविश्वासको।

हुन त पुरुषहरू पनि धार्मिक आस्था र ईश्वरका नाममा अन्धविश्वासी हुन्छन्। व्रत, उपवास, पूजा, कर्मकाण्ड, वास्तु, जादू र टुनाजस्ता तमाम अवैज्ञानिक कार्यमा धेरैजसो महिलाहरू नै अल्मलिने गरेका छन् वा महिलालाई नै अल्मल्याउने गरिन्छ। पितृसत्ताले चुल्होचौको र धार्मिक कार्यहरू महिलाबाट महिलाई नै हस्तान्तरण गर्न लगाएको छ। जस्तैः धेरैजसो छोरीहरू यी कार्यहरू आफ्नी आमा, दिदी लगायत परिवारका महिला सदस्यबाटै सिकेका हुन्छन्।

त्यसैले हुनसक्छ, महिलाहरू अन्धविश्वासका बाहक हुन्छन् भन्ने मिथ्या पनि हाम्रो समाजमा विद्यमान छ। तर महिलाको यो वास्तविकता र मिथ्याको पर्दापछाडि छ, धर्मभिरु पितृसत्ता। पुरुषले निर्माण गरेका नियम र शास्त्रहरूको आडमा टिकेको पितृसत्ताले महिलाको विवेकलाई अन्धविश्वासको ढक्कन मात्रै लगाइदिएको छैन, यसको शिकार पनि बनाएको छ। र, महिला नै अन्धविश्वासका बाहक हुन् भनेर प्रचार गरेको छ।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

June 7, 2023
एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

May 26, 2023
ग्याँसलाइटिङः शोषणको एउटा हतियार

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

May 18, 2023
मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

May 16, 2023

को हो अन्धविश्वासको बाहक ?

झट्ट हेर्दा व्रत, पूजापाठ, जादूटुनाजस्ता अन्धविश्वासमा महिलाहरू तल्लिन रहेको देखिएपनि यसप्रकारका अन्धविश्वासबाट धेरैजसो महिला नै पीडित छन्। र, यसको सर्जक, सञ्चालक र अन्धविश्वासको आडमा हुने गरेका हिंसाका पीडकमा पुरुष नै देखिन्छन्। समाजका सम्पूर्ण नियमहरूको सर्जक पुरुष नै हो, यसलाई सञ्चालनमा ल्याउने र निन्तरता दिने पण्डित र पुरेतहरूमा प्रायः पुरुष नै छन्। अन्धविश्वासका आधारमा महिलामाथि हिंसा गर्नेमा पनि पुरुष नै छन्।

महिलामाथि हुने गरेका हिंसाहरूको पछाडि अन्धविश्वास पनि एउटा कारण हो। नेपाल प्रहरीको लैंगिक हिंसाको त्रीवर्षीय तथ्यपत्रमा भनिएको छ, ‘लैंगिक हिंसाका घटनाहरूमा अधिकांश पीडित महिला तथा बालिका र अभियुक्त/पीडक पुरुष भएको देखिन्छ।’ यसलाई अझै प्रष्टसँग बुझ्नका लागि पछिल्लो ३ वर्षमा भएका बोक्सीको आरोपको घटनालाई हेर्न सकिन्छ। पछिल्लो ३ वर्षभित्र बोक्सीको आरोपका १३७ जना पीडितमध्ये ८ जना पुरुष छन् भने ६ बालिकासहित १२९ जना महिला छन्। सोही तथ्यांकमा पीडक ७ बालकसहित २७१ पुरुष थिए भने महिला ५ बालिकासहित १०४ जना छन्।

जस्तोकि : नेपालको सुदूरपश्चिमको छाउपडी प्रथाका कारण महिलाहरू पछाडि पारिएका मात्रै छैनन्, महिलाले ज्यानै गुमाउनुपरेको समेत छ। महिनावारी बार्नका लागि आमाहरूले नै छोरीहरूलाई सिकाउने गरेको जस्तो देखिन्छ। तर, महिनावारी भएकी महिलालाई अछूत घोषणा गरेर कुनै पनि पूजापाठमा सहभागी नगराउने त आम रूपमा पुरुषहरू हुन्। पण्डितहरू हुन्, समाजका ‘जान्नेसुन्नेहरू’ हुन्। अतः हरेक क्रियामा पुरुषको निर्भरमा रहने गरेका महिलाहरू महिनावारी बार्नेदेखि लिएर अरु कुनै पनि अन्धविश्वासका बाहक कसरी हुनसक्छन्? उनीहरू त समाजको जुनसुकै क्षेत्रमा निमित्त हुन्, कर्ता त आखिर पुरुष नै हो। यस्ता तमाम प्रश्नको उत्तर खोतल्दै जाने हो भने महिलालाई अन्धविश्वासको बाहक होइन, पीडितको रूपमा पाउन सकिन्छ।

मनुवाद र अन्धविश्वास

हाम्रो समाजको एउटा ठूलो तप्कालाई निर्देश गर्ने धार्मिक पुस्तक मनुस्मृतिमा लेखिएको छ, ‘रात र दिन, कहिले पनि स्त्रीलाई स्वतन्त्र हुन दिनु हुँदैन। स्त्रीलाई आफ्नो वशमा राख्नुपर्छ, बालपनमा पिता, युवाअवस्थामा पति र वृद्ध अवस्थामा पुत्रले स्त्रीको रक्षा गर्छ, स्त्री स्वतन्त्र हुनका लागि लायक छैनन्। (अध्याय ९, २–३)

यसरी सैयौँ वर्षदेखि महिलामाथि लगाइएको दासताको यस्तै जञ्जिरका कारण अधिकांश महिलाभित्रको आत्मविश्वास नष्ट हुन्छ। पितृसत्ताले पुरुषबिना महिलालाई असुरक्षित ठह¥याएर उनलाई पुरुषमाथि निर्भर हुन लगाउँछ। यसै असुरक्षा र परनिर्भरताको फाइदा उठाएर ‘काल्पनिक ईश्वर’को माध्यमबाट महिलाको जीवनलाई अन्धविश्वासको अँध्यारोभित्र रुमल्याउने काम गरिन्छ। कुनै पनि व्यक्ति जति परतन्त्र, लाचार र विवश हुन्छ, उ त्यति नै अन्धविश्वासको शिकार हुन्छ। र, हाम्रो समाजमा महिलाको पराधीनता निर्विवादित सत्य छ।

पुरुषद्वारा लेखिएका धर्मशास्त्रमा पुरुषले आफैँलाई श्रेष्ठ र महिलालाई नीच घोषित गरेको छ। अन्धविश्वासका जुनसुकै क्रियाकलापमा महिला सरिक हुने गरेका भएपनि यसबाट पुरुषकै ‘हीत’को कामना गर्ने गरिन्छ। हिन्दू नेपाली महिलाले मनाउने तीज, भारतीय महिलाले मनाउने करवाचौथ र मिथिला क्षेत्रका महिलाले पतिको दीर्घायु र पुत्र प्राप्तिको कामना गर्दै मनाउने जितिया पर्वहरूमा सम्बन्धित समुदायका महिलाहरू निराहार व्रत बस्ने गर्छन्। यी अन्धविश्वास हुन् भन्नेमा दुइमत छैन।

यी कार्यमा प्रत्यक्ष रूपमा महिलाहरू सहभागी भएपनि यीसम्बन्धी नियमहरू पुरुषले, पुरुषकै लागि, पुरुषलाई नै उच्चस्थानमा राखेर निर्माण गरिएका हुन्। यसो भन्दैमा यहाँ एउटा कुनै लिंगलाई मात्रै दोष दिनु उचित हुँदैन। पुरुषले पुरुषलाई नै केन्द्रमा राखेर सञ्चालनमा ल्याएको पितृसत्तात्मक मानसिकताको जरा महिलामा पनि उत्तिकै फैलाइएको छ।

अन्धविश्वासका ‘शिक्षित शिकार’

शिक्षित वर्गमा पनि निमिट्यान्न हुन नसकेको ‘भालेवादी चिन्तन’ले कुनैपनि क्षेत्रमा अघि बढ्न चाहने महिलाको मनोबल बढाउने भन्दा पनि गिराउने काम गर्ने गरेको हामीले भोग्दै आएका छौं। अझ सिमान्तकृत समुदायका महिलाको अवस्था कहालीलाग्दो छ। बोक्सीप्रथा, छाउपडी प्रथा, बलीप्रथा, देउकीप्रथा, जातीय विभेद र दाइजोप्रथा जस्ता अन्धविश्वास र कुरीतिका कारण प्रायः महिलाले नै ज्यान गुमाउने गरेका छन्।

अन्धविश्वासका कारण ज्यान गुमाउनेमा धेरैजसो अशिक्षित, दलित, मधेशी, निम्न वर्ग र पिछडिएका समुदायका महिलाहरू नै हुने गरेका छन्। उसो त उच्च वर्गका र शिक्षित महिलाहरू पनि अन्धविश्वासको भूमरीमा फसेका हुन्छन्। अब प्रश्न उठ्न सक्छ, शिक्षित र आर्थिक रुपले सम्पन्न महिलाहरू पनि अन्धविश्वासको शिकार किन हुन्छन्?

पहिलो कुरा त, महिलामात्रै अन्धविश्वासको शिकार छैनन्, पुरुष पनि अन्धविश्वासको जाँतोमा पिसिएकै छन्। किनकि अन्धविश्वासले पुरुषलाई चाहिँ लाभ हुने अवश्य होइन। दोस्रो कुरा, महिलाहरू शिक्षित र आर्थिक रुपमा सम्पन्न भएपनि धार्मिक र सांस्कृतिक तवरबाट उनीहरू आज पनि मुक्त छैनन्। उनलाई आज पनि बाहक र पीडित दुबै बनाइएको छ। त्यसैले अबका दिनमा शिक्षाले मात्रै अन्धविश्वासबाट महिलालाई मुक्त गर्न सक्दैन। अन्धविश्वासबाट महिलालाई मुक्त गर्नुका साथै लैंगिक रुपमा विद्यमान मिथ्याहरूलाई तोड्का लागि लैंगिक चेतनासहितको तार्किक शिक्षाको जरुरी पर्छ।

हाम्रो संविधानमा महिलाविरुद्ध हुने धार्मिक, सामाजिक, सांस्कृतिक र परम्परागत हिंसा नगरिने र समस्यामा परेकाहरूलाई न्यायको निम्ति कानुनी प्रावधानको समेत व्यवस्था छ। अन्धविश्वास न्यूनीकरणको निम्ति सामाजिक रूपले पछाडि परेका महिलाहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक सोचको आधारमा विशेष अवसर प्राप्त गर्ने हक व्यवस्था गरिएको छ। तर बनेका कानुन कार्यान्वयन गरेर समानतासहितको समाज निर्माण गर्न अझैपनि धेरै चुनौतीहरू छन्। त्यस्ता चुनौतीहरूलाई चिर्दै अघि बढ्न सके अन्धविश्वासका कारण कम पीडित हुन्थे महिला।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मेनुका बस्नेत

मेनुका बस्नेत

Related Posts

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

देशको राजनीति बुझ्न महिला र सीमान्कृतको अवस्था हेरे पुग्छ

by डा‍. अरुणा उप्रेती
June 7, 2023

पश्चिममा काम गरेको झण्डै २५ वर्षको मेरो अनुभवका क्रममा त्यहाँ तुलनात्मक परिवर्तनहरू भएको पाएको छु। तर, हामीले गर्नसक्ने अझै धेरै...

एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

by म्यानुएल म्युनिज र समिर सरन
May 26, 2023

भविष्यमा इतिहासकारले २०२३ को मार्च महिनालाई आर्टिफिसियल इन्टेलिजेन्सको युग खास रुपमा सुरु भएको क्षणको रुपमा लिन सक्छन्। दुई हप्ताको अन्तरालमा...

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

ग्याँसलाइटिङः शोषणको एउटा हतियार

by nepal_readers
May 18, 2023

ग्याँसलाइटिङ शब्द प्याट्रिक ह्यामिल्टनले सन् १९३८ मा लेखेको नाटकबाट आएको हो। सन् १९४४ मा यसमाथि फिल्म पनि बनेको थियो। यो...

मार्क्सवाद र महिला मुक्ति

मार्क्सवाद र महिला मुक्ति

by उमा सी
May 16, 2023

जनसङ्ख्याका हिसाबले हेर्दा महिलाको सङ्ख्या आधा रहेको छ। एकातिर धरतीको आधा जनसङ्ख्या उत्पीडित तथा शोषित रहेको छ भने अर्कोतिर हरेक...

हिमालहरूलाई कसले बचाउने?

हिमालहरूलाई कसले बचाउने?

by सोफिया कलान्त्जाकोस, कुन्द दिक्षित
May 15, 2023

‘हिमाल अर्थात् ‘संसारको छानो’, यो सुन्ने बित्तिकै हामी सबै चम्किलो, सेतो, निश्चल, कतै टाढाको र अर्को छुट्टै संसारको कल्पना गर्छौं।...

सीआइएका हर्कतहरूको खुलासा

सीआइएका हर्कतहरूको खुलासा

by याङ नान
May 12, 2023

१७ अप्रिल, १९६१ को सबेरै  १४०० भन्दा बढी सशस्त्र समूह (क्युवाबाट निर्वासितहरूको समूह) क्युवाको दक्षिणी क्षेत्रमा पर्ने बे अफ पिगको...

Leave Comment

सिफारिस

एआई, लोकतन्त्र र विश्व व्यवस्था

एआई, लोकतन्त्र र विश्व व्यवस्था

2 weeks ago
हिमालहरूलाई कसले बचाउने?

हिमालहरूलाई कसले बचाउने?

3 weeks ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist