Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अन्धविश्वासका बाहक हुन् या पीडित हुन् महिला?

महिनावारी बार्नका लागि आमाहरूले नै छोरीहरूलाई सिकाउने गरेको जस्तो देखिन्छ। तर, महिनावारी भएकी महिलालाई अछूत घोषणा गरेर कुनै पनि पूजापाठमा सहभागी नगराउने त आम रूपमा पुरुषहरू हुन्। पण्डितहरू हुन्, समाजका ‘जान्नेसुन्नेहरू’ हुन्।

मेनुका बस्नेत मेनुका बस्नेत
मंसिर २, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ‘महिला जन्मिदैनन्, बरु बनाइन्छन्,’ नारीवादी लेखक सिमोन दि बोउवारको यो प्रसिद्ध भनाईले लिंग र लैंगिकताबीचको अन्तरलाई मात्रै स्पष्ट गरेको छैन। यसले महिलाको मनोवैज्ञानिक र शारीरिक स्तरमाथि कुदिएको वास्तविकतालाई पनि उजागर गरेको छ। पितृसत्ताले जकडिएको यो समाजमा सामाजिक, राजनीतिक, आर्थिक लगायत प्रायः सबै क्षेत्रमा पुरुषको जगजगी छ। यी क्षेत्रमा आजपर्यन्त महिला दोस्रो दर्जाकै रूपमा छन्।

    पितृसत्ताले तोकेका महिलाका क्षेत्रहरू हुन् : घरभित्रको सरसफाई, चुल्होचौको, श्रृंगारपटार र पूजापाठ। शिक्षा र लैंगिक चेतनाका कारण आजका महिलाहरू पितृसत्ताले भिराइदिएका यी जिम्मेवारीहरूलाई विस्तारै बाँडफाँड गर्दै र केहीलाई लत्याउँदै बाहिरी दुनियाँमा छलाङ्ग मार्न थालिसकेका छन्। तर पनि उही पुरातन सोच बोकेको परिवार र समाज चौघेराको संघार नाघेका महिलाहरूको खुट्टा तान्न तल्लिन छ।

    अन्धविश्वासको भूमरी

    महिलाले मात्रै गर्ने भनेर तोकिएका काम र जिम्मेवारीहरू महिलालाई जबरजस्ती गरेर मात्रै लादिँदैन। कलिलो दिमागमै सम्झाइबुझाई गरेर, विवाहपछिको जीवनको त्रास देखाएर र यिनै काममा विस्तारै–विस्तारै अभ्यस्त गराएर महिलालाई उनको ‘लैंगिक भूमिका’ निर्वाह गर्न लगाइन्छ। यससँगै महिलालाई एउटा यस्तो भूमरीमा फसाइन्छ जहाँ महिलाले आफ्नो विवेकको प्रयोग गरेर न विद्रोह गर्न सक्छिन् न प्रश्न नै। त्यो भूमरी हो, अन्धविश्वासको।

    हुन त पुरुषहरू पनि धार्मिक आस्था र ईश्वरका नाममा अन्धविश्वासी हुन्छन्। व्रत, उपवास, पूजा, कर्मकाण्ड, वास्तु, जादू र टुनाजस्ता तमाम अवैज्ञानिक कार्यमा धेरैजसो महिलाहरू नै अल्मलिने गरेका छन् वा महिलालाई नै अल्मल्याउने गरिन्छ। पितृसत्ताले चुल्होचौको र धार्मिक कार्यहरू महिलाबाट महिलाई नै हस्तान्तरण गर्न लगाएको छ। जस्तैः धेरैजसो छोरीहरू यी कार्यहरू आफ्नी आमा, दिदी लगायत परिवारका महिला सदस्यबाटै सिकेका हुन्छन्।

    त्यसैले हुनसक्छ, महिलाहरू अन्धविश्वासका बाहक हुन्छन् भन्ने मिथ्या पनि हाम्रो समाजमा विद्यमान छ। तर महिलाको यो वास्तविकता र मिथ्याको पर्दापछाडि छ, धर्मभिरु पितृसत्ता। पुरुषले निर्माण गरेका नियम र शास्त्रहरूको आडमा टिकेको पितृसत्ताले महिलाको विवेकलाई अन्धविश्वासको ढक्कन मात्रै लगाइदिएको छैन, यसको शिकार पनि बनाएको छ। र, महिला नै अन्धविश्वासका बाहक हुन् भनेर प्रचार गरेको छ।

    को हो अन्धविश्वासको बाहक ?

    झट्ट हेर्दा व्रत, पूजापाठ, जादूटुनाजस्ता अन्धविश्वासमा महिलाहरू तल्लिन रहेको देखिएपनि यसप्रकारका अन्धविश्वासबाट धेरैजसो महिला नै पीडित छन्। र, यसको सर्जक, सञ्चालक र अन्धविश्वासको आडमा हुने गरेका हिंसाका पीडकमा पुरुष नै देखिन्छन्। समाजका सम्पूर्ण नियमहरूको सर्जक पुरुष नै हो, यसलाई सञ्चालनमा ल्याउने र निन्तरता दिने पण्डित र पुरेतहरूमा प्रायः पुरुष नै छन्। अन्धविश्वासका आधारमा महिलामाथि हिंसा गर्नेमा पनि पुरुष नै छन्।

    महिलामाथि हुने गरेका हिंसाहरूको पछाडि अन्धविश्वास पनि एउटा कारण हो। नेपाल प्रहरीको लैंगिक हिंसाको त्रीवर्षीय तथ्यपत्रमा भनिएको छ, ‘लैंगिक हिंसाका घटनाहरूमा अधिकांश पीडित महिला तथा बालिका र अभियुक्त/पीडक पुरुष भएको देखिन्छ।’ यसलाई अझै प्रष्टसँग बुझ्नका लागि पछिल्लो ३ वर्षमा भएका बोक्सीको आरोपको घटनालाई हेर्न सकिन्छ। पछिल्लो ३ वर्षभित्र बोक्सीको आरोपका १३७ जना पीडितमध्ये ८ जना पुरुष छन् भने ६ बालिकासहित १२९ जना महिला छन्। सोही तथ्यांकमा पीडक ७ बालकसहित २७१ पुरुष थिए भने महिला ५ बालिकासहित १०४ जना छन्।

    जस्तोकि : नेपालको सुदूरपश्चिमको छाउपडी प्रथाका कारण महिलाहरू पछाडि पारिएका मात्रै छैनन्, महिलाले ज्यानै गुमाउनुपरेको समेत छ। महिनावारी बार्नका लागि आमाहरूले नै छोरीहरूलाई सिकाउने गरेको जस्तो देखिन्छ। तर, महिनावारी भएकी महिलालाई अछूत घोषणा गरेर कुनै पनि पूजापाठमा सहभागी नगराउने त आम रूपमा पुरुषहरू हुन्। पण्डितहरू हुन्, समाजका ‘जान्नेसुन्नेहरू’ हुन्। अतः हरेक क्रियामा पुरुषको निर्भरमा रहने गरेका महिलाहरू महिनावारी बार्नेदेखि लिएर अरु कुनै पनि अन्धविश्वासका बाहक कसरी हुनसक्छन्? उनीहरू त समाजको जुनसुकै क्षेत्रमा निमित्त हुन्, कर्ता त आखिर पुरुष नै हो। यस्ता तमाम प्रश्नको उत्तर खोतल्दै जाने हो भने महिलालाई अन्धविश्वासको बाहक होइन, पीडितको रूपमा पाउन सकिन्छ।

    मनुवाद र अन्धविश्वास

    हाम्रो समाजको एउटा ठूलो तप्कालाई निर्देश गर्ने धार्मिक पुस्तक मनुस्मृतिमा लेखिएको छ, ‘रात र दिन, कहिले पनि स्त्रीलाई स्वतन्त्र हुन दिनु हुँदैन। स्त्रीलाई आफ्नो वशमा राख्नुपर्छ, बालपनमा पिता, युवाअवस्थामा पति र वृद्ध अवस्थामा पुत्रले स्त्रीको रक्षा गर्छ, स्त्री स्वतन्त्र हुनका लागि लायक छैनन्। (अध्याय ९, २–३)

    यसरी सैयौँ वर्षदेखि महिलामाथि लगाइएको दासताको यस्तै जञ्जिरका कारण अधिकांश महिलाभित्रको आत्मविश्वास नष्ट हुन्छ। पितृसत्ताले पुरुषबिना महिलालाई असुरक्षित ठह¥याएर उनलाई पुरुषमाथि निर्भर हुन लगाउँछ। यसै असुरक्षा र परनिर्भरताको फाइदा उठाएर ‘काल्पनिक ईश्वर’को माध्यमबाट महिलाको जीवनलाई अन्धविश्वासको अँध्यारोभित्र रुमल्याउने काम गरिन्छ। कुनै पनि व्यक्ति जति परतन्त्र, लाचार र विवश हुन्छ, उ त्यति नै अन्धविश्वासको शिकार हुन्छ। र, हाम्रो समाजमा महिलाको पराधीनता निर्विवादित सत्य छ।

    पुरुषद्वारा लेखिएका धर्मशास्त्रमा पुरुषले आफैँलाई श्रेष्ठ र महिलालाई नीच घोषित गरेको छ। अन्धविश्वासका जुनसुकै क्रियाकलापमा महिला सरिक हुने गरेका भएपनि यसबाट पुरुषकै ‘हीत’को कामना गर्ने गरिन्छ। हिन्दू नेपाली महिलाले मनाउने तीज, भारतीय महिलाले मनाउने करवाचौथ र मिथिला क्षेत्रका महिलाले पतिको दीर्घायु र पुत्र प्राप्तिको कामना गर्दै मनाउने जितिया पर्वहरूमा सम्बन्धित समुदायका महिलाहरू निराहार व्रत बस्ने गर्छन्। यी अन्धविश्वास हुन् भन्नेमा दुइमत छैन।

    यी कार्यमा प्रत्यक्ष रूपमा महिलाहरू सहभागी भएपनि यीसम्बन्धी नियमहरू पुरुषले, पुरुषकै लागि, पुरुषलाई नै उच्चस्थानमा राखेर निर्माण गरिएका हुन्। यसो भन्दैमा यहाँ एउटा कुनै लिंगलाई मात्रै दोष दिनु उचित हुँदैन। पुरुषले पुरुषलाई नै केन्द्रमा राखेर सञ्चालनमा ल्याएको पितृसत्तात्मक मानसिकताको जरा महिलामा पनि उत्तिकै फैलाइएको छ।

    अन्धविश्वासका ‘शिक्षित शिकार’

    शिक्षित वर्गमा पनि निमिट्यान्न हुन नसकेको ‘भालेवादी चिन्तन’ले कुनैपनि क्षेत्रमा अघि बढ्न चाहने महिलाको मनोबल बढाउने भन्दा पनि गिराउने काम गर्ने गरेको हामीले भोग्दै आएका छौं। अझ सिमान्तकृत समुदायका महिलाको अवस्था कहालीलाग्दो छ। बोक्सीप्रथा, छाउपडी प्रथा, बलीप्रथा, देउकीप्रथा, जातीय विभेद र दाइजोप्रथा जस्ता अन्धविश्वास र कुरीतिका कारण प्रायः महिलाले नै ज्यान गुमाउने गरेका छन्।

    अन्धविश्वासका कारण ज्यान गुमाउनेमा धेरैजसो अशिक्षित, दलित, मधेशी, निम्न वर्ग र पिछडिएका समुदायका महिलाहरू नै हुने गरेका छन्। उसो त उच्च वर्गका र शिक्षित महिलाहरू पनि अन्धविश्वासको भूमरीमा फसेका हुन्छन्। अब प्रश्न उठ्न सक्छ, शिक्षित र आर्थिक रुपले सम्पन्न महिलाहरू पनि अन्धविश्वासको शिकार किन हुन्छन्?

    पहिलो कुरा त, महिलामात्रै अन्धविश्वासको शिकार छैनन्, पुरुष पनि अन्धविश्वासको जाँतोमा पिसिएकै छन्। किनकि अन्धविश्वासले पुरुषलाई चाहिँ लाभ हुने अवश्य होइन। दोस्रो कुरा, महिलाहरू शिक्षित र आर्थिक रुपमा सम्पन्न भएपनि धार्मिक र सांस्कृतिक तवरबाट उनीहरू आज पनि मुक्त छैनन्। उनलाई आज पनि बाहक र पीडित दुबै बनाइएको छ। त्यसैले अबका दिनमा शिक्षाले मात्रै अन्धविश्वासबाट महिलालाई मुक्त गर्न सक्दैन। अन्धविश्वासबाट महिलालाई मुक्त गर्नुका साथै लैंगिक रुपमा विद्यमान मिथ्याहरूलाई तोड्का लागि लैंगिक चेतनासहितको तार्किक शिक्षाको जरुरी पर्छ।

    हाम्रो संविधानमा महिलाविरुद्ध हुने धार्मिक, सामाजिक, सांस्कृतिक र परम्परागत हिंसा नगरिने र समस्यामा परेकाहरूलाई न्यायको निम्ति कानुनी प्रावधानको समेत व्यवस्था छ। अन्धविश्वास न्यूनीकरणको निम्ति सामाजिक रूपले पछाडि परेका महिलाहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक सोचको आधारमा विशेष अवसर प्राप्त गर्ने हक व्यवस्था गरिएको छ। तर बनेका कानुन कार्यान्वयन गरेर समानतासहितको समाज निर्माण गर्न अझैपनि धेरै चुनौतीहरू छन्। त्यस्ता चुनौतीहरूलाई चिर्दै अघि बढ्न सके अन्धविश्वासका कारण कम पीडित हुन्थे महिला।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मेनुका बस्नेत

      मेनुका बस्नेत

      बस्नेत नेपाल रिडर्सकी संवाददाता हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.