Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

थ्याङ्क यू खड्गप्रसाद शर्मा ओली

माओवादीको खेदो खनेर नथाक्ने ओलीले यत्रो दौडधुप गर्नुको एक सुत्रीय लक्ष्य के थियो भनेर जोसुकैले बुझ्न सक्थ्यो। प्रधानमन्त्री पद हत्याउनकै लागि भएपनि ओलीले माओवादीसँग गरेको तत्कालिन् एकताको अन्ततः दिर्घकालिन असरहरू रहन पुगे। हिजो माओवादी र ‘जनयुद्ध’को नामै सुन्न नचाहने तथा हिजो माओवादी युद्धका क्रममा कतिपय ठाउँमा स्वयं पीडित बन्न पुगेका एमाले कार्यकर्ताहरूले समेत माओवादी र उसले संचालन गरेको जनयुद्धलाई आत्मसात् गर्न थाले। स्थानीय स्तरमा ‘कम्युनिष्ट सम्बन्ध’ बाक्लिए।

प्रकाश अजात प्रकाश अजात
असार ३०, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालको राजनीतिमा झण्डै दुई तिहाईसहितको बहुमतको सरकार हाँक्ने दुर्लभ अवसर पाएका खड्गप्रसाद शर्मा ओलीले आफ्नै अहंकार र दम्भका कारण अन्ततः सत्ता गुमाएका छन्। अन्ततः ओली सर्वोच्च अदालतको फैसलामार्फत प्रधानमन्त्री पदबाट अपमानपूर्वक गलहत्याइएका छन्।

    साइडमा, प्रचण्ड र माधवकुमार पक्षले सत्ता चलाउनै नदिएको भाष्य स्थापित गर्न खोजिएपनि त्यो कुरा कसैगरी पनि प्रमाणित हुँदैन। प्रधानमन्त्री पद गुमाएर बालुवाटार छाड्दै गर्दा पनि ओलीको हठ र दम्भ भने सकिएको छैन। ओलीलाई अझै बुई चढाउन उनका पिछुवाहरू लागेकै छन्, बालुवाटारदेखि बालकोटसम्मको बुधवारको ‘लतरपतर जात्रा’ले त्यही संकेत गर्छ। मंगलबार सिंहदबारबाट ओलीले गरेको अन्तिम सार्वजनिक सम्बोधनमा त्यसको छनक पाइन्छ।

    भूतपूर्व प्रधानमन्त्री ओलीले आम जनतामा एउटा छाप पारेका छन्, त्यो हो, ‘ओलीले आफ्नो अहं र सत्ता जोगाउन, जुनसुकै मूल्यमा जस्तासुकै तिकडम र जालझेल गर्न सक्छन्।’ पार्टीभित्र उनको कार्यशैलीमा प्रश्न उठेपछि आफ्नै पार्टी फुटाउनका लागि दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन गरेको प्रयत्न, अर्को पार्टीका सांसद अपहरणको प्रयासले ओलीको फूलेको सेतो दारी र कपालभित्रको उनको ‘कालो’ प्रष्टेकै थियो।

    आफ्नो पार्टी फुटाउने प्रयत्नमा ब्रेक लागेपनि पुनः अरु पार्टी फुटाएर भएपनि शासन हाँक्ने उनको महत्वकांक्षाले अर्को पार्टी, जनता समाजवादी पार्टी अहिले फुटको संघारमै पुगेको छ। विधि र पद्धतिलाई उल्लंघन गर्दै ओलीकै कारण एमालेभित्रको एकता अहिले पनि संकटमा छ। यद्यपि, साउन २७ गते ‘एमाले कार्यदल’बीच भएको दोस्रो पुस्ताका नेताहरूबीचको सहमतिले एमाले पार्टी पहिलेभन्दा विधि र पद्धतिमा चल्ने विश्वास गरिएको थियो । तर मंगलबारको ओलीको भाषण, नवनियुक्त प्रधानमन्त्रीको शपथमा उपस्थित नहुनु र राष्ट्रपतिको रबैया आदीले एमाले पार्टीभित्र मात्र होइन नेपाली राजनीति नै अनिष्ठतातिर लैजाने संकेत दिएका छ । यसरी नै  नेपाली कम्युनिष्ट आन्दोलनमा अस्वभाविक रूपमा उदाएका खड्गप्रसाद ओलीले यस आन्दोलनलाई बदनाम र बर्बाद पार्न जेजे गरे, त्यसको लिस्ट लामो हुन जान्छ।

    दुई पटकको असंवैधानिक संसद बिघटनमात्रै होइन, संवैधानिक निकायहरूमाथिको नाङ्गो नाच, पार्टी प्रणालीमाथि निरन्तर प्रहार, यति, ओम्नी, वाइडबडी, नक्कली स्वास्थ्य सामग्री, सेक्युरिटी मेसिन खरिदमा भ्रष्टाचार, गाडी सिण्डकेटको भ्रष्टाचार, नेकपा हुँदाहुँदै निर्वाचन आयोगमा एमाले नामको पार्टी पुनः दर्ता, एमसीसी संसदबाट पास नहुँदै त्यसको कार्यान्वयन, मिडिया काउन्सिल विधेयक, बारम्बार संकटकालको धक्कु, प्रदेश सरकारहरूमा भाँडभैँलो, बिजुली व्यवस्थापनमा कुसल काम गरेका विद्युत प्राधिकरणका हाकिम कुलमान घिसिङसँगको द्वेष, भारतीय जासुसी संस्थाका प्रतिनिधि सामन्त गोयलसँग गोप्य मन्त्रणा, राष्ट्रपतिका लागि भन्दै ३ अर्बको हेलिकोप्टर किन्ने निर्णय, प्रदेश संघको इकाई भन्दै संघियताको मूल मर्ममाथि प्रहार र चुरे भत्काएर भारतमा ढुंगा र रोडा बेच्ने निर्णयजस्ता सैयौँ घटनाहरू छन्, जसमाथि इतिहासले निर्मम समीक्षा गर्नुपर्ने नै छ।

    भौतिकवादमा विश्वास गर्ने पार्टीको अध्यक्ष र धर्म निरपेक्षताको सपथ खाएका प्रधानमन्त्री स्वयं ‘धार्मिक शोभायात्रा’ गर्दै रामसिताको मन्दिर स्थापनामा जुटेको विषय र पशुपतिमा सुन दल्न करोडौँ राज्यकोष खर्चने कुरा कतैबाट पनि मिल्दो थिएन। कोरोना महामारीलाई वैज्ञानिक हस्तक्षेप गर्नुपर्ने बेला, त्यसबारे आम जनतालाई सचेत तुल्याउनुको साटो त्यसलाई सामान्य रुघाखोकी बुझेर बारम्बार अप्रमाणित बेसारपानी, अम्बाको पात र जडीबुटी खाने तथा कुल्ला गर्ने सल्लाह दिने कुरा आफैँमा लाजमर्दो थियो।

    यति हुँदाहुँदै पनि, खड्प्रसाद ओलीलाई प्रधानमन्त्रीबाट बिदाइ गर्दैगर्दा, बाइप्रडक्टकै रूपमा सही, उनकै कारणले कतिपय सकारात्मक सन्देशहरू पनि सिर्जना हुन पुगेका छन्। खड्गप्रसाद ओलीको शक्ति र सत्ताको महत्वाकांक्षामा उत्पादन भएका त्यस्ता कतिपय ‘बाइप्रडक्ट योगदान’हरू छन्, जसले कम्युनिष्ट आन्दोलनलाई फाइदै पुर्‍याएको छ। हामीले त्यस कोणबाट पनि कतिपय लाभहरूलाई हेर्नुपर्ने हुन्छ :

    असल कम्युनिष्टहरू एक ठाउँमा

    २०७४ फाल्गुणमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच अकस्मात एकताको विषय अघि आएको हो। त्यस एकताका लागि ओली एक्लै भूमिगत शैलीमा आफू तुरुन्त प्रधानमन्त्री हुन नेकपा माओवादी केन्द्रको पछि लागि परेका थिए। वैचारिक रूपमा प्रष्ट भएपछि मात्रै पार्टीहरूबीच एकता गर्ने आम प्रचलन हो तर ओलीलाई त्यस्तो फुर्सद थिएन। त्यसका लागि तत्कालिन् अवस्थामा नेकपा एमालेले अँगालेको मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ लाई च्यातचुत पार्दै एकाएक ‘जनताको जनवाद’ बनाइएको थियो। नेकपा घोषणा गर्दा माओवादीको ‘एक्काइसौँ शताव्दीको जनवाद’ र एमालेको ‘जनताको बहुदलीय जनवाद’बाट आधाउधी शब्द जोडेर अनौठो ‘शब्द सिद्धान्त’ बनाइएको थियो।

    जीवनभर माओवादीको खेदो खनेका ओलीले यत्रो दौडधुप गर्नुको एक सुत्रीय लक्ष्य के थियो भनेर जोसुकैले बुझ्न सक्थ्यो। प्रधानमन्त्री पद हत्याउनकै लागि भएपनि ओलीले माओवादीसँग गरेको तत्कालिन् एकताको अन्ततः दिर्घकालिन असरहरू रहन पुगे। हिजो माओवादी र ‘जनयुद्ध’को नामै सुन्न नचाहने तथा हिजो माओवादी युद्धका क्रममा कतिपय ठाउँमा स्वयं पीडित बन्न पुगेका एमाले कार्यकर्ताहरूले समेत माओवादी र उसले संचालन गरेको जनयुद्धलाई आत्मसात् गर्न थाले। स्थानिय स्तरमा ‘कम्युनिष्ट सम्बन्ध’ बाक्लिए।

    एमाले नेता र कार्यकर्ताहरूले जनयुद्धले स्थापित गरेका क्रान्तिकारी मुद्वाहरूलाई कम्युनिष्ट आन्दोलनकै उपलब्धिका रूपमा स्विकार्न र व्याख्या गर्न थाले। एमाले भनेपछि तीन कोस पर तर्कने माओवादीहरूले पनि एमालेले कम्युनिष्ट आन्दोलनमा गरेको लगानी र योगदानहरूको समीक्षा गर्न थाले। आजका दिनमा अदालतले एमाले र माओवादीलाई पहिलेकै अवस्थामा ब्युँताइदिएपनि कम्युनिष्ट आन्दोलनको एकीकरण, अझ असल कम्युनिष्टहरूलाई एकिकृत पार्नमा ओलीको भूमिका सहायक हुन आइपुगेको छ। र, एउटा सैद्धान्तिक आधार तयार गर्दै निकट भविष्यमा कम्युनिष्टहरूको वृहत एकता हुने सम्भावना झनै प्रबल देखिन्छ। यस अर्थमा खड्ग ओलीलाई कम्युनिष्ट आन्दोलनले धन्यवाद दिनैपर्छ।

    ओलीजस्ता पात्रको उदयमा सचेतता

    कम्युनिष्ट आन्दोलनमा संलग्न हुँदै लामो समय जेलनेल भोगेर आएका नेता हुन् ओली। र, आम रूपमा कम्युनिष्ट पार्टीलाई ‘सामूहिक सहकार्य’का रूपमा बुझिन्छ। यद्यपि, कम्युनिष्ट आन्दोलनहरू सहकार्य र सामुहिकता छाडेर व्यक्तिकरण र व्यक्तिपुजामा टुंगिएका दृष्टान्त पनि छन्। क्युबा, रसिया, उत्तर कोरिया र चीनको इतिहासमा त्यस्तो भएको छ। सामन्तवादका नाइकेहरू पनि केबल धार्मिक वा जातीय समूदायको प्रतिनिधि हुने गरेको सन्र्दभमा सामन्तवादबाट पूँजिवादतर्फ संक्रमण गर्दै गरेका समाजमा त्यस्ता समस्या थिए र अझै छन्। अझ खासगरी युद्ध र लडाईँका खास समयमा कडा अनुशासन सहितका सैन्य संचरनाहरू बन्ने अवस्थामा, प्रश्न गर्नै नपाइने अवस्थामा व्यक्तिवाद हावी हुनेगर्छ।

    तर व्यक्तिपुजा र देवत्वकरणले तानाशाही जन्मन्छ। माओवादी जनयुद्धबाहेक नेपाली कम्युनिष्ट आन्दोलनले सैन्य संरचना अपनाएको थिएन। त्यस्तो अवस्थामा खड्गप्रसाद ओलीले पार्टीभित्रै रहेर पनि केबल आफूलाई शक्तिशाली बनाउने एक सुत्रीय र अनैतिक हर्कत गरे, गर्दैरहे। शक्ति आर्जनको ओलीमा कति लोभ थियो भने उनी सामान्य टोले गुण्डाहरूको झगडामा घाइते भएकाहरूलाई समेत भेट्न अस्पताल पुग्थे र त्यस्ता पात्रहरूलाई राजनीतिक छहारी दिन्थे।

    पार्टीमा गैरराजनीतिक पृष्ठभूमिकाहरूलाई मलजल गर्ने मामलामा उनी अब्बल थिए। बितेर गएका लोकप्रिय नेता मदन भण्डारीको लोकप्रियतामा टेकेर उनले आफूमात्रै मात्र मदन भण्डारीको एक्लो उत्तराधिकारीको रूपमा आफूलाई गर्ने हर्कतमात्रै गरेनन्, मदन भण्डारी फाउण्डेसनका नाममा आएको भारतीय सहयोगको पैसामार्फत देशभर आफ्नो शक्तिको जालो फिँजाए। बाहिर भारतविरोधी चर्को राष्ट्रवादको चर्को डिङ हाँक्ने ओलीको असली हर्कत मध्यरातमा भारतीय जासुस सामन्त गोयललाई भेटेबाट पनि पटाक्षेप भएकै थियो।

    केन्द्रीय नेताहरूसँग पार्टीमा असहमति हुँदा तिनै फाउण्डेसनमा जागिर पाएका कार्यकर्ताहरूलाई सडकमा उतारेर ओली आफ्नो भँडास पोख्थे। पार्टीभित्र बहस र छलफललाई सहन गर्न दुत्कारेर जुलुस र प्रदर्शनमार्फत आफ्नो शक्तिको ध्वाँस देखाउने यस्ता नेता कम्युनिष्ट नेता नेपाली इतिहासमा चाहिँ कोही पनि थिएन। ओलीको उक्त कृत्यबाट कम्युनिष्ट पार्टीले नै बनाएको एउटा प्रौढ नेता, कम्युनिष्ट पार्टीकै अध्यक्षसमेत कतिसम्म जब्बर, अटेरी, द्वेषी, निरंकुस, अराजनीतिक, छद्भभेसी र तानाशाही बन्न सक्छ भन्ने निचोड निकाल्न सकिन्छ। भविष्यमा ओली आउन् नआउन्, तर ओलीजस्ता पात्रहरू अहिले पनि समाजमा टन्नै छन् र तिनको उदय हुनसक्छ भन्नेतर्फ सचेत बन्नका लागि ओलीले हामीलाई आजै सचेत गराएका छन्। त्यसका लागि ओलीलाई धन्यवाद।

    खराबविरुद्धका प्रष्ट उदाहरण

    लोकतान्त्रिक शासन व्यवस्थाका हजारौँ कमजोरीका बाबजुद, लोकतन्त्रमा जनताबाटै चुनिनुपर्छ, गोप्य मतदानबाट चुनिएकै व्यक्तिले शासन गर्छ। खड्गप्रसाद ओली पनि बारम्बार चुनावबाट आफूलाई प्रमाणित गरेरै आएका हुन्। गत चुनावमा उनी कमल थापाको दक्षिणपन्थी, धार्मिक र राजावादी पार्टी राप्रपासँग सहकार्य गरेर चुनाव जितेका थिए। ठूलो कम्युनिष्ट पार्टीका अध्यक्षले चुनाव जित्नकै लागि दक्षिणपन्थी शक्तिसँग सहकार्य गरेको कुरो आफैँमा अनैतिक देखिन्थ्यो। तर प्रम भएयता उनले गरेका हर्कतहरूले ‘राजनीतिमा जेसुकै पनि जायज हुन्छ र शक्तिका लागि जतिसुकै गिर्दा पनि हुन्छ’ भन्ने पत्रु सिद्धान्तलाई स्थापित गरेका छन्। भारतमा मोदीले हिन्दू धर्मको पीताम्बर ओडेर अतिशक्ति आर्जन गरेको देखेका ओलीले विस्तारै त्यही बाटो रोजेका छन्।

    पार्टीभित्र एक्लिँदै गएपछि शक्ति प्राप्तिको अन्तिम हतकण्डाका रूपमा उनले वामपन्थबाट एक्कासी रामपन्थतर्फ छलाङ मारे। नेपाली जनमतको पानी छाम्ने क्रममा उनका चेलाचपेटाहरूले पछिल्लो पटक धर्म निरपेक्षता र संघियताका बारेमा समीक्षा गर्नुपर्ने तर्कसमेत अगाडि सारेकै छन्। खड्ग ओलीले पशुपतिमा सुन दलेर होस् या ठोरीमा ठड्याउन रामसिताको मूर्ति बनाएर होस्, उनले अबको आफ्नो रणनीति प्रष्ट पारेका छन्।

    बालुवाटारमा ल्याएरै भारतको लोकप्रिय हिन्दूत्ववादी तथा मोदीपुजक बाबाको दर्शन गरेका ओलीलाई थाहा छ, यस्ता अनेकौँ हर्कत गरेपछि हिजोका दक्षिणपन्थीहरूको सदासयतासमेत आफूलाई मिल्ने छ। राजाको फोटोमा दैनिक जल चढाउने कोमल वली र वलीजस्ताहरूको आँशुभित्र केही भावनात्मक भोट फल्छ भन्ने कुरा कुनै बेलाका भौतिकवादी ओलीलाई राम्ररी थाहा छ। आउँदो चुनावलाई लक्षित गर्दै, मार्क्सको भौतिकवादी दर्शनलाई बालुवाटारको कमोडमा फ्लस गरेका ओलीले अहिले दामोदारदास मोदीले भारतबाट पठाएको पहेँलो धोती बेरेका छन्। आफू कम्युनिष्ट पार्टीको अध्यक्ष भएपनि अब कम्युनिष्ट नरहेको प्रष्ट पारेका छन्।

    तर जनताको लागि गरिने राजनीतिमा सिद्धान्त, मूल्य र आदर्श हुनैपर्छ। सिद्धान्त र आदर्शको राजनीतिले नै निम्छरा, निसहाय, विभेदमा परेका र शोषणमा परेका जनताहरूको हित र कल्याण गर्ने हो। शक्ति नै आर्जन गर्ने हो भने त भ्रष्ट व्यापारी, माफिया र खुंखार डन बन्दा पनि भइगयो, किन राजनीतिमा आउनुपर्‍यो र? सिद्धान्त रटेरै आन्दोलनमा लागेकाहरू कसरी सैद्धान्तिक ट्रयाक अवसरवादी राजनीतिको नालीमा डुब्छन् भन्ने दृष्टान्त आजका दिनमा ओलीले दिएका छन्।

    कसरी लोकतन्त्रकै भर्‍याङ चढेर शासनसत्ताको चरम दुरुपयोग गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ओली। भोलिका दिनमा पार्टीभित्रका र बाहिरका समेत अनेकौँ खराबविरुद्ध लड्ने सन्दर्भमा ओली प्रष्ट उदाहरण बनेका छन्। भोलिका दिनमा ओलीले पेश गरेको यो दृष्टान्तले असल नेता/कार्यकर्ता बन्न र असल नेता/कार्यकर्ता छान्न आम कम्युनिष्ट कार्यकर्ताहरूलाई सहयोगै गर्ला। यसर्थ, ओलीलाई पुन: धन्यवाद।

    ऐतिहासिक समीक्षाको अवसर

    खड्ग ओलीको सत्तोदय र पतनले वामपन्थी आन्दोलनमा लागेकाहरूलाई मात्रै होइन, सबै खालका सुधारवादी आन्दोलनहरूमा लागेकाले पनि धेरै खालका निचोड निकाल्न सक्नेछन्। पाठ पढ्न सक्नेछन्। सडकका पोलपोलमा टाँसिएका ओलीका फोटाका कागज कुहिँदै गर्दा अहिले राजनीतिमा लाग्न खोज्ने र बुझ्नेहरूले राजनीतिमा उदय र अस्तको अर्थ बुझ्लान्। क्षणभंगुर शक्ति आर्जनको अर्थ खोज्लान्। तिनीहरू अब थप क्रिटिकल र क्रिएटिभ बन्लान्। आफ्ना छोटेमोटे गुटका नेताहरूलाई महान् र मुक्तिदाताका रूपमा चित्रण खोज्नेहरू पनि आफ्नो अल्पदृष्टिमा झस्कलान्।

    कम्युनिष्ट आन्दोलन र विचारको उर्वर भूमि हो नेपाल। तर सैद्धान्तिक जगमा नउभिएका कम्युनिष्ट नेताहरूको नेतृत्वले कम्युनिष्ट आन्दोलन कसरी धुलिसात हुन्छ र आन्दोलन स्वयंले कसरी प्रतिरक्षात्मक बन्नुपर्छ भन्ने उदाहरण पनि ओली पतनले धेरैलाई बुझाएको हुनुपर्छ। पहिले नेकपालाई, त्यतिले पनि नपुगेर एमालेलाई, एमालेलाई पनि नपुगेर अन्य पार्टीलाई धुजाधुजा पारेका ओलीले धेरै व्यक्ति र संस्थाहरूलाई समीक्षाको अवसर दिएका छन्। एउटा व्यक्तिको अहंकार र क्षुद्रताले सिंगो आन्दोलनका एजेण्डाहरू नै कसरी संकटमा पर्छन् भन्ने उदाहरणका रूपमा ओली आफैँमा समीक्षाको विषय र पात्र दुबै हुन्।

    यति हुँदाहुँदै पनि हामीले ओलीको अहंकारको उदयलाई उनकै मात्रै टाउकामा थोपर्नु चाहिँ सही हुन्न। किनकि उनी पनि यही समाज र नेपाली कम्युनिष्ट आन्दोलनका उत्पादन हुन्। हाम्रै कमजोरीहरूको जगमा उनी उम्रेका हुन्। र, अर्को कुरा, तमाम बदनामी र खराबीका बाबजुद ओलीले सत्तामा रहँदा गरेका एकाध निर्णयहरू ऐतिहासिक महत्वका पनि छन्। उनको खराबीलाई उधिन्दै गर्दा उनका थोरै असल कुराहरूलाई आगामी दिनमा ग्रहण गरेर अघि बढ्न सके त्यसले नेपाली समाज र हितै गर्ला। त्यसका लागि पनि ओलीलाई धन्यवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.