Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

२१ औं शताब्दीको थुसिडाइड्स पासो

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन १७, २०७६
- यो हप्ता, विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्वमा द्वन्द्व यत्रतत्र छ, शान्ति कायम गरिन्छ तर निकै मूल्य चुकाएर। त्यस्तो मूल्य सबै तहमा समान समायोजन गर्नु आवश्यक पर्दछ। २० औं शताब्दी अमेरिकाको लागि सुनौलो शताव्दी रह्यो, यसलाई इतिहासकारहरूले अमेरिकी शताब्दी भन्ने गरेकाछन्। दोस्रो विश्वयुद्धदेखि, केही छिटपुट छिनाझप्टी भएपनि अमेरिकी आधिपत्य विश्व शान्तिपूर्वक नै विकास भयो। अमेरिका अन्तर्राष्ट्रिय विश्व शक्तिसम्बन्धको प्रमुख वास्तुकार र संरक्षक थियो। २१ औं शताब्दीमा, चीजहरू परिवर्तन भएका छन्: अमेरिकाले अब त्यतिकै स्तरमा हैसियत जमाउन सक्दैन र केही क्षेत्रहरूमा यसको हैसियतलाई चुनौती दिइएको छ। खासगरी चीनको आश्चर्यजनक उदय अमेरिकी संस्थापनाको लागि दुःस्वप्न भएकोछ।

    चीनको उदयको प्रभाव

    जब देङ्ग सियाओपिङ्गले १९७८ मा बजार सुधार शुरू गरे, कसैले पनि सोचेन कि चीनको विकास कहानी दशकको विषयवस्तु हुनेछ। इतिहासमा यसभन्दा पहिले कहिले पनि यति धेरै फरक आयामहरूमा कुनै पनि मुलुकले प्रगति गरेको थिएन।

    झण्डै चार दशक पहिला, चीनका १ अरब जनसंख्याको ९०% भन्दा बढी जनताहरु दिनको २ अमेरिकी डलर भन्दा कम आम्दानीमा बाँच्न संघर्ष गरिरहेका थिए। हाल १% भन्दा कममात्र चरम गरिबीमा रहेका छन्। एक राष्ट्र जो साढे दुई दशक अघिसम्म कुनै पनि विकासको कुनै अन्तर्राष्ट्रिय सूचिमा दर्ज भएको थिएन, हाल चरमचूलिमा छ र उसका प्रतिष्पर्धीहरु यथास्थितिमा छन् र केही क्षेत्रमा प्रतिष्पर्धीहरु पछाडि परेकाछन्।

    “उदाउँदो शक्ति र स्थापित शक्तिबीचको रस्साकस्सी अमेरिका-चीन व्यापार युद्धमा देख्‍न सकिन्छ”

    सन् २००४ मा, चीनको अर्थव्यवस्थाको आकार संयुक्त राज्य अमेरिकाको आधा थियो। सन् २०१४ सम्म आइपुग्दा यसको कूल घरेलु उत्पादन अमेरिकाको बराबर थियो, र हालको गतिमा वृद्धि भएमा सन् २०२४ सम्ममा अमेरिकाको आकार चीनको आधा जति हुनेछ।

    यस्तो आर्थिक प्रभावको परिवर्तन सबै ठाउँमा महसुस गर्न सकिन्छ। २०१२ मा, चीनको १२४ देशहरुसँग अग्रणी व्यापार साझेदार गर्दैथियो, जबकि अमेरिका ७६ मा सिमित थियो। यस्तो ठूलो परिवर्तन २००६ पछि भयो। सन् २००६ मा अमेरिका १२७ देशहरूसँग सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा थियो।

    वर्तमान विश्व व्यवस्थाको चुनौती यो नै हो कि: एक उदाउँदो चीन चिरस्थायी शासन गरिरहने ठानिएको अमेरिकातिर लम्कीरहेको छ, इतिहासको कुन विन्दूमा सबैभन्दा ठूलो टक्कर हुने हो।

    यस्तो अवस्थालाई पुरानो ग्रीक इतिहासकार थुसिडाइड्सले आफ्नो सिद्धान्त मार्फत राम्रोसँग वर्णन गरेका थिए। हाल “थुसिडाइड्स पासो” भनेर प्रचलित छ। एउटाको उदय र अर्कोको प्रतिक्रियाले अभिमान, अहंकार र पागलपनको बारुद ओकल्न थाल्दछ र तिनीहरु दुबैलाई युद्धमा घचेट्छ। वर्तमान व्यापार युद्ध यस्तै एक उत्कृष्ट उदाहरण हो।

    २१ औं शताब्दीको थुसिडाइड्स पासो

    “एथेन्सको शक्तिको बृद्धि र यसले स्पार्टामा उव्जेको त्रासका कारण युद्ध भयो।” थुसिडाइड्सको यस्तो निष्कर्षका साथै, उनले पेलोपोनेसियाको युद्ध किन भयो भन्नेको विश्लेषण प्रस्तुत गरे। यो दुर्घटनावश वा नेताहरू व्यक्तिगत कारणले भएको थिएन, बरु दीर्घकालिक शक्ति परिवर्तनको एक प्राकृतिक परिणाम थियो।

    ग्रीक राज्यको परम्परागत प्रमुत्वशाली स्पार्टालाई एथेन्सको बढ्दो शक्तिदेखेर खतरा आइपरेको देख्यो। हालको परिदृश्यमा चीन, जसको तीव्र आर्थिक बृद्धि र भिमकाय आकार नै विश्वको अर्थतन्त्रमा अमेरिकाको प्रभुत्वका लागि एक डरलाग्दो चुनौतीको रूपमा देखिन्छ।

    चीनसँगको अमेरिकाको बढ्दो व्यापार घाटा साथै “मेड इन चाइना २०२५” को महत्वाकांक्षाले बेइजिङ्को उदाउँदो आर्थिक शक्तिको खतराको बारेमा अमेरिकी चिन्ता अझ गहिरो बन्दैछ। चलिरहेको चीन-अमेरिका व्यापार–युद्ध कुनै सैन्य द्वन्द्व होइन, तर यो युद्ध विश्वव्यापी आर्थिक प्रभुत्वको लागि प्रतिस्पर्धा भइरहेको सन्दर्भमा थुसिडाइड्स पासो परिकल्पना जस्तै छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले शुरू गरेको व्यापार युद्ध चीनको बढ्दो आर्थिक शक्तिको लागि एक तर्कसंगत प्रतिक्रिया थियो। ट्रम्प प्रशासनले चीनलाई त्यसको बजारमा अमेरिकी कम्पनीहरुलाई प्रवेश गर्न दिन, र अन्यायपूर्ण व्यवहार त्याग्न बाध्य पार्ने नियमावली पुनर्लेखन गर्नका लागि व्यापार युद्ध गरेको सन्देश दिन खोज्यो ताकि अमेरिकाले व्यापारिका मैदानमा चीनसँग नियमसँगत प्रतिस्पर्धा गर्न सकोस्।

    विगत ५०० वर्षमा तात्कालिन शक्ति राष्ट्रले अर्को उदाउँदो शक्तिको १६ पटक खतरा सामना गरेको थियो, र ती मध्ये १२ वटा युद्धमा परिणत भएका थिए। युद्ध उव्जाउने बिउ त्यसवेलाको गतिशीलताको जमिनमा उम्रिन्छ।

    थुसिडाइड्सको पासोको गतिशीलता

    कुनै पनि उदाइरहेको शक्तिले यसले संचित गरेको शक्तिभन्दा आफ्ना स्वार्थहरुलाई बढी वजन दिने गर्दछ। यसले आफ्नो शक्ति उदय हुनु पहिलाजस्तै वर्तमान व्यवस्थाहरूले पनि यसका विरुद्ध विभेद गर्दैछन् भन्ने विश्वास गर्दछ।

    उदाउँदो शक्ति खुम्च्याइएको महसुस गर्दछ र चीजहरू समायोजन गर्न सकिने होओस् भन्ने चाहन्छ, जबकि तात्कालिन शक्ति सोच्छ कि चीजहरूलाई परिभाषित गर्ने तरिका ठिक छ, भविष्यमा पनि यस्तै हुनुपर्दछ। तैपनि यथास्थितिले नै यस्तो वातावरण बनाइदिन्छ कि जुन वास्तवमा उदाउँदो शक्तिको लागि अवसर बन्छ। तर नवप्रवेशी भने प्रस्फूटन हुनसक्ने अवस्था बनाइदिने अवस्थाहरुप्रति आभारी हुने गर्दैन।

    यस्तो निरन्तर द्वन्द्वको परिणाम प्रायशः युद्धमा परिणत भएका छन्। तर विरोधी पक्षहरु युद्ध नचाहेको अवस्थाहरुमा युद्धको हाँक दिनेले मात्र होइन युद्धमा हाँक स्वीकार गर्न बाध्य हुनेले समेत दृष्टिकोणका साथै काम–कार्वाहीमा पनि धेरै ठूलो पीडादायी समायोजन गर्नुपर्ने हुन्छ।

    सीमारेखा

    कथमकदाचित् चीनको सपना साकार भएन भने, तब चिनियाँ राष्ट्रको कायाकल्प अपूर्ण हुनेछ। अमेरिकी अपवादवाद, (अमेरिकाको मानव इतिहासमा एउटा अनुपम हैसियत र भूमिका रहेको छ भन्ने एक विश्वास), चिनियाँ राष्ट्रवादका सामू एक प्रतिष्पर्धी हुनेछ।

    विश्वमा अनुपम हैसियत रहेको दृढविश्वासले कुनै पनि देशलाई हुने अपमानले संवेदनशील बनाउन सक्छ। त्यस्तो अवस्थामा कुनै पनि हिसाबले कुनै पनि उत्तेजनालाई बेइज्जत, बेइज्जती र यस्तै भयो भनेर व्याख्या गर्न सकिन्छ।

    थुसिसाइडड्सको पासोसंग सम्बन्धित एक जोखिम के छ भने एक अप्रत्याशित, असाधारण क्रियाप्रक्रिया तथा घटनाले मात्र होइन कुनै वेला निरन्तर भइरहने सामान्य क्रियाप्रक्रिया तथा घटनाले समेत ठूलो पैमानामा द्वन्द्व तर्फ खैचिन सक्छ। के हुन्छ भने तेस्रो पक्षको उत्तेजनाले एक वा अर्कोलाई घुमाउरो गतिमा एकनाश सञ्चालित प्रतिक्रिया गर्न बाध्य पार्छ र दुबै पक्षहरु आफूँले जान नचाहँदा–नचाहँदै द्वद्वन्दको मार्गतर्फ घचेटिनु पर्ने हुन्छ, जस्तो कि प्रथम विश्वयुद्धको बेला भएको थियो। सन् १९१४ मा सेरेजोवामा अष्ट्रियाका आर्कडुक फ्रान्ज फर्डिनान्डको भएको हत्याले प्रतिक्रियाहरूको हुण्डरी चल्न थाल्यो र जसको परिणामस्वरूप कुनै पनि पक्षहरुले चाहँदैनचाहेको विश्व युद्ध शुरु भयो।

    हालको अमेरिका र चीनका बिचमा धेरै चरमविन्दूहरू छन् जहाँ स्वार्थहरुबारे व्यापक फराकिलो र प्रत्यक्ष असहमति छ, जस्तै उत्तर कोरिया, इरान, हङ्कङ् र दक्षिण चीन समुद्रका मामलाहरुमा। यी स्वार्थहरु र प्रतिद्वन्द्वीतालाई व्यवस्थापन गर्न अमेरिका र चीनले ईतिहासको नजीर पछ्याउनेछन् कि या विना रक्तपातका उपायहरु अवलम्वन गर्नेछन् समयले नै बताउनेछ।

    लेखक रविकान्त मूगल न्यूज तथा द इन्डियन इकोनोमिस्टका कोलम्निष्ट हुन्। यो विश्लेण फरवरी २६,२०२० मा एशियन न्यूजमा प्रसार भएको थियो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.