Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपाली समाजका ७ अन्तरविरोध

नेपालको तराई र पहाडका बीचको अन्तरसम्बन्ध जुन छ, यसलाई हामीले राम्रोसँग व्यवस्थापन गर्न सकेनौं भने हाम्रो देशको अस्थित्वमाथि नै संकट उब्जिन सक्छ।

पीताम्बर शर्मा पीताम्बर शर्मा
साउन १६, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वामपन्थ भनेको के हो? यो एक प्रकारले गहकिलो प्रश्न हो, एक प्रकारले साह्रै सहज प्रश्न हो। सहज यस निम्ति कि कुनै पनि समाजमा रेडिकल रुपान्तरण गर्न चाहने समूहलाई वामपन्थी भन्ने चलन छ। त्यो रेडिकल रुपान्तरणका अवधारणा विभिन्न हुन सक्छन्। नेपालको सन्दर्भमा वामपन्थ भन्नाले खास–खास सोचहरु समाहित भएको हुनुपर्छ भन्ने लाग्छ।

    पहिलो– द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको विश्लेषण पद्दतिमाथि विश्वास राख्ने समूहलाई वामपन्थी भनिन्छ। समाजमा द्वन्द्व हुन्छ, द्वन्द्वको कारण छ र त्यो ऐतिहासिक समय क्रममा परिवर्तित हुँदै जान्छ। यो विश्लेषण प्रणालीमा विश्वास राख्ने र यसअनुसार समाज, अर्थतन्त्र र राजनीतिलाई व्याख्या गर्नुपर्छ भन्ने सोच वामपन्थको पहिलो विशेषता हो।

    दोस्रो– लोक कल्याणकारी राज्य र सामाजिक न्यायमा आधारित अग्रगामी सामाजिक–आर्थिक रुपान्तरणका पक्षपाती। लोक कल्याणकारी राज्यले व्यक्तिगत स्वतन्त्रताको मात्रै कुरा गर्दैन, राज्य लोक कल्याणकारी हुनुपर्छ र राज्य लोक कल्याणकारी भयो भने मात्रै समाज, अर्थतन्त्र, राजनीति सही दिशामा जान्छ भन्ने सोच वामपन्थ हो। लोक कल्याणलाई कतिपय पुँजीवादी भन्ने देशहरुले पनि अंगीकार गरेका छन्, कतिपय समाजवादी भनिएका देशहरुले पनि अंगीकार गरेका छैनन्। मेरो विचारमा लोक कल्याणकारी राज्य वामपन्थी सोचको दोस्रो विशेषता हो।

    तेस्रो– आधारभूत वर्गको पक्षपोषण गर्ने। उनीहरुको हितको रक्षाका लागि राज्यको गहन दायित्व र जिम्मेवारी छ भन्ने कुरामा विश्वास राख्ने। नागरिकको आर्थिक अधिकार, उसको खाद्यान्नको अधिकार, बसोबासको अधिकार, रोजगारीको अधिकार, सामाजिक सुरक्षाको अधिकार हुनुपर्छ। राज्यले त्यो अधिकारहरु सक्दो पुर्याउनुपर्छ भनेर विश्वास गर्ने वामपन्थीको दृष्टिकोण हो।

    चौथो– नेपालको सन्दर्भमा खास गरेर दुई ठूला देशहरुको बीचमा नेपालको स्वाधीन स्वतन्त्र अर्थतन्त्रको हिमायती हुने। अहिलेको अन्तरसम्बन्धित विश्वमा स्वतन्त्र हुनु चुनौतीपूर्ण छ। यो अन्तरसम्बन्धको निर्धारण आफूले गर्ने, अरुले होइन। विभिन्न देशबीचमा अन्तरसम्बन्ध त छ। तर, त्यो अन्तरसम्बन्धलाई हामी स्वयंले निर्धारण गर्ने हो।

    पाँचौं– वामपन्थीको पाँचौं विशेषता के हो भने साम्राज्यवादी शोषण र उत्पीडनको विरोधी। संसारका कुनै पनि देशमा साम्राज्यवादले जुन प्रकारको उत्पीडन र शोषण गरेको छ, त्यसको विरोध गर्ने।

    छैठौँ– सबै प्रकारका जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका विरोधी। यो पनि वामपन्थको विशेषता हो।

    सातौं– पर्यावरणीय शोषणका विरोधी, पर्यावरणीय सन्तुलनका पक्षपाती। अहिले संसारमा एकातिर व्यक्तिगत स्वतन्त्रतामाथि नै आधारित विकास हुनुपर्छ भन्ने एकातिर सोच छ। अर्कोतिर लोककल्याण र सामुहिकतामा आधारित विकास भएर मात्रै व्यक्तिको विकास सम्भव हुन्छ भन्ने सोचाइ छ। यी दुईवटा सोचका वीचमा अहिले पर्यावरणको विषय अगाडि आएको छ। पर्यावरणीय शोषण भनेको वर्गीय शोषणकै एउटा रुप हो। यसलाई बुझेर वामपन्थीहरुको पर्यावरणीय शोषणको विरोधी र पर्यावरणीय सन्तुलनको पक्षपाती हुनुपर्छ।

    आठौं– नेपालको सन्दर्भमा खास गरेर ठूला देशको बीचमा रहेको हुनाले पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीतिका पक्षपाती।

    मेरो विचारमा वामपन्थीहरुका विशेषताहरु यिनै हुन्। यो सबैको आधार के हो भने समावेशी लोकतन्त्र। यस्तो लोकतन्त्र, जुन सहभागितामूलक छ। यस्तो लोकतन्त्र, जुन समावेशी छ। यसका आधारमा यी सबै कुरामा विश्वास गर्नें जुन समूह छ, तप्का छ, मेरो विचारमा त्यसलाई हामी वामपन्थी भन्न सक्छौं।

    नेपाली समाजका ७ अन्तरविरोध

    नेपालको समस्या के छ भने हाम्रो अर्थतन्त्र अहिले हाम्रो नियन्त्रणमा छैन। नेपालको पुँजीवाद विश्व पुँजीवादको एउटा अंग हुन लागिसक्यो। यसले गर्दा समस्या जन्मायो। के नेपाली राष्ट्रिय पुँजी भन्ने चिज छ? यो प्रश्न जन्मियो। नेपाली राष्ट्रिय पुँजीपति भन्ने छ? अहिले प्रश्न जन्मिएको छ। किनभने, नेपालको राष्ट्रिय पुँजीपति अहिले क्रमिकरुपले विश्व पुँजीवादको एउटा पार्ट हुँदैछ।

    यसो हुँदैगर्दा पहिला जसरी बिचौलियाहरुलाई विश्वपुँजीवादको स्वार्थको सेवा गर्ने माध्यमका रुपमा लिइन्थ्यो, अब राष्ट्रिय पुँजीपतिहरु नै विश्वपुँजीवादको अंग भइसकेपछि त बिचौलियाहरु त कमजोर हुने भए। यसले गर्दा अहिले जुन समस्या आउन लागिराखेको छ, यो हामीले सोचेको भन्दा ठूलो समस्या हुनेवाला छ। यो समस्यालाई समाधान गर्नेबारे राजनीतिक दलहरुले अहिले सोचेकै छैनन्। लगानी भित्र्याउने, त्यसबाट नेपालको आय बढाउने। यसले विश्व पुँजीवादकै हातमा खेल्ने स्थिति पैदा गर्छ। यो समस्यालाई हामीले कसरी सोच्ने?

    नेपाली समाजमा अहिले खास–खास अन्तरविरोधहरु छन् :

    पहिलो– भूमिपति र भूमिहीनबीचको अन्तरविरोध। तराईमा यो व्यापकरुपमा छ। यसको सम्वोधन हुन सकेको छैन।

    दोस्रो– सीमान्त किसान र कर्पोरेट कमर्सियल किसानबीचको अन्तरविरोध। यो अन्तरविरोधलाई पनि हामीले उचित ढंगले सम्वोधन गरेका छैनौं।

    तेस्रो– साना मझौला घरेलु उद्योग र ठूला उद्योगीहरुबीचको अन्तरविरोध। अहिले नेपालको राष्ट्रिय पुँजीपति वर्ग भनेकै साना र मझौला उद्योगीहरु मात्रै हुन्। यो पनि क्रमिकरुपले विश्व पुँजीवादको पार्ट हुँदै गइराखेको छ।

    चौथो– शहरी गरीव, बेरोजगार र पुँजीका आधारमा शहरमा भएको सार्वजनिक सम्पत्ति हड्प्ने वर्गका बीचको अन्तरविरोध। अहिले शहरका पुँजीपतिहरु सार्वजनिक सम्पत्ति कब्जा गरिरहेका छन्। यो समस्यालाई हाम्रा वामपन्थीहरुले विचार गरेकै छैनन्।

    पाँचौं– सेवा क्षेत्र र उत्पादनका क्षेत्रबीचको अन्तरविरोध। एकातिर सेवाक्षेत्र व्यापकरुपले बढिरहेको छ, अर्कोतिर उत्पादन क्षेत्रको रोजगारी त्यही रुपले विकास हुन सकिरहेको छैन।

    छैठौं– भारतीय एकाधिकार र स्वतन्त्र अर्थतन्त्रबीचको अन्तरविरोध। एकातिर नेपाली बजार भारतमा निर्भर छन्। यसलाई रोक्ने हामीसँग कुनै उपाय छैन। हामी नेपालको स्वतन्त्र अर्थनीतिको कुरा गर्छौं। यो दुईटाका बीचमा अन्तरविरोध छ। यसलाई हाम्रा वामपन्थीहरुले सम्वोधन गरेका छैनन्।

    सातौं– नेपालमा भयंकर ठूलो जनसांख्यिक परिवर्तन भइराखेको छ। पहाडको जनसंख्या तराईतिर आइराखेको छ। गाउँले जनसंख्या शहरतिर आइराखेको छ। अर्को, पहाड र तराईको श्रम गर्न सक्ने जनसंख्या विदेशतिर गइराखेको छ। यो तीन प्रकारको जनसांख्यिक परिवर्नत भइराखेको छ, यसले नेपालको अर्थतन्त्रमाथि ल्याइरहेको समस्याको अध्ययन हामीले गरेकै छैन।

    पहाडबाट तराईमा जनसंख्याको जुन बहाव आइरहेको छ, यो सधैंका निम्ति सम्भव छ? गाउँको जनसंख्याको जुन वहाव शहरतिर आइरहेको छ, यो सधैंका निम्ति सम्भव छ? यस्तो हो पहाडको अर्थतन्त्रले कुन आधारमा विकास गर्छ? पहाड जनसंख्याविहीन हुँदै जाने, अनि जनसंख्याविहीन हुँदै गएको पहाडको स्रोत साधनको विकास हामीले कुन आधारमा गर्ने? यो कुरा मैले धेरै ठाउँमा भनें, तर यसको गम्भीरतालाई कसैले बुझेकै छैन।

    नेपालको तराई र पहाडका बीचको अन्तरसम्बन्ध जुन छ, यसलाई हामीले राम्रोसँग व्यवस्थापन गर्न सकेनौं भने हाम्रो देशको अस्थित्वमाथि नै संकट उब्जिन सक्छ। यसलाई हामीले सम्वोधन गर्नुपर्छ। यसका साथै नेपालमा बढ्दो शहर र ग्रामीण क्षेत्रवीचको अन्तरविरोधलाई पनि हामीले सम्वोधन गर्नुपर्छ।

    यी प्रश्नहरुको जवाफ वामपन्थीहरुले कसरी दिने? यसमा बहस चलाउनुपर्छ।

    वामपन्थीहरुबाटै वामपन्थलाई बचाऔं !

    नेपालमा वामपन्थीहरुको लोकप्रियता छ तर, वामपन्थी पार्टीहरुको जनतासँग सम्बन्ध रहेन। नेतासँग मात्रै सम्बन्ध रह्यो। अहिलेका वामपन्थी पार्टीहरुको मुख्य यात्रा चुनावदेखि चुनावसम्म मात्र रह्यो। त्यसर्थ वामपन्थीहरुबाटै वामपन्थलाई बचाउनुपर्यो।

    मेरो विचारमा प्रगतिशील, मार्क्सवादी, कम्युनिस्ट यी सबैमा भएको समान विशेषता भनेको वामपन्थी विशेषता हो। यसमा एक प्रकारका शास्त्रीय कम्युनिस्टहरुले एकदलीय शासन प्रणालीको पक्षमा अडान लेलान्, कतिपय यो पक्षमा नहोलान्। तर, मेरो विचारमा सबैको साझा विशेषता भनेको माथि चर्चा गरिएको वामपन्थी विशेषता हो।

    वर्गको प्रश्न : कम्युनिस्टहरु मूलतः वर्गीय आधारमा संगठित र परिचालित समूह भन्ने बुझिन्छ। तर, मेरो विचारमा वर्गविभेद अहिले सैद्धान्तिक मात्रै छ। किनभने कुनै पनि कम्युनिस्ष्ट पार्टीमा हेरौं, त्यहाँ वर्गीय आधार देखिँदैन। त्यहाँ सिद्धान्त र व्यवहारका वीचमा ठूलो अन्तरविरोध छ। यसलाई पनि वामपन्थीहरुले बुझन् आवश्यक छ।

    वामपन्थीहरुका वीचमा भएको एउटा ठूलो अवधारणागत समस्या के हो भने वर्ग, जाति, पहिचान, लैङ्गिग विभेदलाई कसरी लिने? यो एउटा समस्या छ। यसमा विशुद्ध मार्क्सवाद जुन छ, मार्क्सले जम्मा दुईवटा वर्गको कुरा गर्छन्। एउटा वर्ग जसले उत्पादनका साधनमाथि नियन्त्रण गर्छ, अर्को वर्ग जसको उत्पादनका साधनमा पहुँच छैन। र, आफ्नो जीवन यापनका निम्ति उसले उत्पादनका साधनमाथि नियन्त्रण भएकाहरु माथि आश्रित हुनुपर्छ। त्यस हिसाबले उनीहरु शोषणमा पर्न बाध्य हुनुपर्छ। यो प्रकारको वर्गको चर्चा मार्क्सले गरेका थिए।

    मार्क्सका लागि दुईवटा वर्ग भए पुग्छ। हुने र नहुनेबीचको संघर्ष नै वर्गसंघर्षको प्रारम्भिक रुप हो। अहिले हामी मध्यम वर्ग भन्छौं, यो चाहिँ रोजगारीमा आधारित वर्ग हो। वामपन्थीहरुले वर्गलाई बुझ्ने मूलतः मार्क्सको जुन आधारभूत विचार हो, त्यसैका आधारमा बुझ्ने हो। त्यसपछि आउने विषयलाई प्रत्येकलाई आ–आफ्नो सन्दर्भमा केलाएर विश्लेषण गर्ने हो।

    जातीय प्रश्न : जातीयता जुन छ, यसलाई पुँजीवादी प्रणालीकै एउटा पक्षका रुपमा हेर्ने चलन छ। यसले खास गरेर दक्षिण एशियामा के समस्या ल्याइदियो भने दक्षिण एशियाका देशहरुमा जातीय शोषण, जातीय बहिस्करण र जातीय हिंसा बढी छ। यहाँ वर्गको ठूलो वर्गीकरण छ, यसले यो शोषण र हिंसालाई प्रतिनिधित्व (सम्वोधन) गर्दैन।

    यसले गर्दा समाजको विश्लेषण गर्ने सबभन्दा प्राथमिक आधार वर्ग विश्लेषण हो, तर त्यो वर्ग विश्लेषणका सन्दर्भमा जातीयताका कतिपय विषयहरु गौण हुने भएको हुनाले जातीयतालाई एउटा विशिष्ट प्रकारको शोषण, उत्पीडन र विशिष्ट प्रकारको हिंसाका रुपमा पुँजीवादी समाजभित्र बढी छ। यसले गर्दा जातीय विषयलाई पनि वर्गीय विश्लेषणको एउटा महत्वपूर्ण पाटोका रुपमा लिइनुपर्छ। जुन पाटोमा अहिले नेपालका वामपन्थीहरुले ध्यान दिएका छैनन्। वर्गीय विश्लेषण गरियो भने त्योभित्र जातीय पाटो स्वतः आउँछ भनिन्छ, त्यो सही होइन।

    जातीय पाटोको जुन शोषण, बहिस्करण र हिंसा छ, त्यो हिंसालाई वर्गीय पाटोमा सामान्यीकरण गरिन्छ, विशिष्टीकरण गरिँदैन। पुँजीवादी शोषणको कसरी अन्त्य गर्ने भन्ने विषय पुँजीवादी प्रणालीको वर्ग विश्लेषणमा त्यो पर्छ। यसैको विशिष्ट भागको रुपमा जातीय प्रश्नलाई हेर्नुपर्छ भन्ने म ठान्छु।

    अहिले नेपालको मात्रै होइन, नेपाल बाहिरका वामपन्थीहरुले पनि दक्षिण एशियामा त्यसरी हेरेको आभाष हुँदैन। यसले गर्दा वर्गलाई जातीयताको दृष्टिकोणले हेर्ने, जातलाई वर्गको दृष्टिकोणले हेर्ने हाम्रोमा छ। यसको सही विधि के हो यी दुईवटै विषयमा ठूलो बहस आवश्यक छ, जुन बहस हाम्रोमा भएकै छैन।

    मार्क्सका जुन अवधारणाहरु थिए, ती अवधारणा नै समाज परिवर्तनका लागि यथेष्ट छन्, ती अवधारणाभन्दा माथि जानै पर्दैन भन्ने सोच नेपालका वामपन्थी दलहरुमा छ। अहिले नयाँ सोच आइराखेको छ, त्यो के हो भने मार्क्सले दिएका जुन वर्गीय अवधारणाहरु छन्, ती अवधारणालाई लिएर जातीयतालाई र विभिन्न समस्याहरुलाई हेर्न हामीले खोज्यौं भने त्यसले एउटा बाटोसम्म त पुर्याउँछ, तर अहिलेको समाजको यथार्थको चित्रण त्यसले गर्दैन।

    यसले गर्दा के गर्नुपर्यो भने अहिलेको समाजभित्र वर्गीय जातीय जुन विभेद छ, त्यो विभेदलाई व्यवहारमा हेर्ने, त्यसैका आधारमा त्यसलाई सैद्धान्तीकरण गर्ने अनि त्यो सिद्धान्तलाई फेरि व्यवहारमा लाने र त्यो व्यवहारमा कति उपयोगी छ छैन भनेर निर्क्यौल गर्ने र फेरि सैद्धान्तीकरण गर्ने। सिद्धान्त र व्यवहारको वीचको अन्तरक्रिया खहिले नेपालका वामपन्थी दलहरुले गरेका छैनन्। यो नगरिकन हामी अहिलेको समाजलाई बुझ्न सक्दैनौं।

    लैंगिक विभेद : अहिले लैंगिक विभेदको पाटो पनि गौण भएर गएको छ। लैंगिक विभेद पुँजीवादी समाजमा मात्रै होइन, सबै समाजमा पितृसत्तात्मक सोचको उपज हो। यसले गर्दा वर्गीय समस्याभित्रै यसलाई सम्वोधन गर्न सकिन्छ भनिराखेका छौं हामी। अब यो लैंगिक विभेदलाई लिएर पितृसत्तात्मक समाजलाई प्रश्न गर्नुपर्यो। यसलाई पनि वामपन्थीहरुले अहिलेसम्म सम्वोधन गरेका छैनन्।

    साम्राज्यवादको प्रश्न : पुँजीवाद र साम्राज्यवादलाई कसरी बुझ्ने? पुँजीवाद एउटा स्वस्फूर्त प्रणालीको हो, जुन आफ्नै तर्कले अगाडि बढ्छ। त्यो तर्क के हो भने उत्पादनको वृद्धि गर्ने, बजारको विस्तार गर्ने, अनि प्रतिस्पर्धामा बाहिरसम्म लिएर जाने। अहिले हामी जुन साम्राज्यवाद देख्छौं, त्यो पनि पुँजीवादकै विस्तारित रुप हो। जस्तो अहिले संसारभरि अमेरिकाका ८ सय भन्दा बढी सैन्य शिविरहरु छन्। तिनको मुख्य उद्देश्य भनेको आफ्नो बर्चश्वलाई अक्षुण राख्ने, आफ्नो एकाधिकारलाई अक्षुण राख्ने। प्रविधिको उनीहरुको जुन प्रणाली छ, त्यसलाई अक्षुण राख्ने। यसले केलाई सेवा गर्छ? पुँजीवादलाई नै गर्छ।

    हामी पुँजीवादी बाटोमा जाँदा साम्राज्यवादीहरुको अंग भएर जान भएन। पुँजीवादको सिर्जनात्मकताको प्रयोग गर्दागर्दै साम्राज्यवादको विरोध गर्नुपर्छ। नेपालका वामपन्थीहरुको मुख्य उद्देश्य यो हुनुपर्छ।

    अहिले साम्राज्यवादले बजार विस्तार गर्न आफैं सेना पुग्ने स्थिति छैन। अहिले साम्राज्यवादसँग दुईवटा पावर छन्। एउटा सफट् पावर, अर्को हार्ड पावर। त्यो हार्ड पावरको उद्देश्य पनि आफ्नो सफ्ट पावरकै विकास गर्ने हो। निगरानी पुँजीवादको विकास गर्ने हो।

    अहिले अमेरिकाले युक्रेनलाई गरिरहेको सहयोग पनि त्यसैका लागि हो। नेपालमा अहिले जुन एमसीसी छ, सुरक्षा क्षेत्रमा अमेरिकाको जुन विश्वव्यापी भूमिका छ, त्यसै अन्तरगत आएको हो।

    (नेपाल अध्ययन केन्द्रले शनिबार र आइतबार दुईदिन काभ्रेको पनौतीमा आयोजना गरेको ‘आजको वामपन्थ’ विषयक अन्तरसम्वाद कार्यक्रममा प्राध्यापक पीताम्बर शर्माद्वारा प्रस्तुत सम्वोधनमा आधारित रहेर यो सामग्री तयार पारिएको हो।) साभार : नेपालखबर 

    यो पनि  –

    आजको वामपन्थ – घनश्याम भूसाल 

    पतित–वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ – खगेन्द्र संग्रौला

    बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन – राम कार्की ‘पार्थ’ 

    सिद्धान्तबिहिन हुनु भनेको कुहिराको काग बन्नु हो – टंक कार्की 

    आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने? – रोशन जनकपुरी 

    वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने? – भूपाल राई 

    कम्युनिष्टहरुमा ‘डिकोडिङ’को समस्या छ – उमेश चौहान

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पीताम्बर शर्मा

      पीताम्बर शर्मा

      अमेरिकाको कर्नेल विश्वविद्यालयबाट विद्यावारिधी गरेका शर्मा लामो समय त्रिभुवन विश्वविद्यालयमा अध्यापनमा सक्रिय रहे। शहरी योजना, क्षेत्रीय विकास र जनसंख्यीक अध्ययन शर्माका अध्ययनका प्रमुख क्षेत्रहरु हुन्। प्राध्यापक शर्मा सन् २००८ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत बने। पछिल्लो समयमा शर्माले नेपालको राज्य पुनर्संरचनाको विषयमा महत्वपूर्ण विचारहरुअघि सार्दै आएका छन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.