Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Tuesday, January 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख २, २०७७
- अर्थतन्त्र, कृषि, मुख्य समाचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मार्कोस फाभा नेभेस । यो लेखको उद्देश्य हालको लकडाउनको नीति र हामी बाँचिरहेको वर्तमान गम्भीर विश्व संकटबाट अति प्रभावित खाद्य तथा कृषि व्यवसायको क्षेत्रमा के के भइरहेको छ त्यसको सार खिच्नु हो। र यसको मनाशय  तथ्यहरु र तिनका असरहरुका अध्ययनका क्रममा नीति निर्माणमा सहयोग पुर्‍याउनु हो। यसका लागि  म यहाँ ब्राजिलको उदाहरण लिन चाहान्छु। अन्त्यमा म चुनौति र अवसरहरु भएका व्यवहार परिवर्तनका १० बुँदा पेस गर्नेछु जसले हाम्रो जीवनमा प्रभाव पार्नेछन् तर तिनको थप विश्लेषण गर्नु वान्छनीय छ।

    अन्तरराष्ट्रिय क्षेत्रमा दशकौंमा देखिएका परिदृश्यहरुलाई  विश्लेषण गर्ने हो भने यो महामारी एक ठूलो परिवर्तन हो। सुनामीले जस्तै कोरोनाभाइरसले मानवीय क्षति र आर्थिक गतिविधिमा संकुचन जस्ता दुखदायी परिणामहरु निम्त्याएको छ। यस्तो विश्वको हालसालैको सभ्यताको इतिहासमा उदाहरण छैनन्।

    सरदर गार्हस्थ्य उत्पादन बृद्धिको प्रक्षेपणलाई निर्मम पुनरावलोकन गरिएको छ र नतिजा घोषणा गरिएको छ। मैले आफ्नो ब्यवसायिक जीवनभर कहिल्यै नदेखेको पर्यावरणीय परिवर्तनको परिदृष्यमा नयाँ मान्यता अगाडि आएको छ: हामीले विश्वलाई रोकेर राख्नुपर्छ र अत: भाइरस संक्रमण फैलने क्रमलाई आमूलरुपमा घटाउनु पर्छ र स्वास्थ्य सेवा प्रणाली तहसनहस हुन नदिन, र सबैभन्दा बढि जोखिममा रहेका र बृद्धहरुको जीवन गुम्न नदिन सबै मिलेर लड्नुपर्छ।

    मूल्य संयोजित श्रृङ्खलाहरु (value-integrated  chains) मा संगठित विश्वका कुनै क्रियाकलाप बन्द गर्न त्त्यति सजिलो छैन। त्यसमाथि विशेषगरि जटिल तथा संवेदनशील आपूर्तिको श्रृङ्खला माथि अडिएका अनगिनत संचय गर्न नसकिने उपभोग्य बस्तुहरुका क्रियाकलापहरु त रोक्नै हुँदैन।

    असरहरु निर्मम छन्, सर्वप्रथम सेवा क्षेत्र तहसनहस भयो, त्यसपछि उद्योग र अन्त्यमा कृषि हुनेछ किनभने रोजगारी र आय गुमाउनेहरुले अन्त्यमा खपत घटाउने भनेकै खाद्य सामाग्रीमा हो। यसको अर्थ दुई महिना भन्दा कम समयमा प्रभावकारी परिवर्तन भएकोछ। आगामी दिनमा झन् कठिन हुनेछ।

    जिडिपी के हुन्छ?

    विश्व व्यापार संगठन (डब्ल्युटिओ) ले विनाशकारी चित्र प्रस्तुत गरेको छ। सन् २०२० मा विश्व व्यापार कारोवार घटेर ५ देखि  ३० प्रतिशतमा सिमित हुनेछ र अरुका साथै उत्पादक, खरिदकर्ता र वाहकहरुमा मूल्यको नाश हुनेछ। यसले विश्वको जिडिपि पहिले आँकलन गरिएको ३ प्रतिशतबाट घटेर ५ देखि ६ प्रतिशतमा सिमित हुनेछ, अर्थात ८ अंकको गिरावट हुनेछ। यो गिरावट सन् २००९ को गिरावट भन्दा खराब हुनेछ।

    आर्थिक नोक्सानी बाहेक मानिसहरु र कम्पनिहरुको आत्मविश्वास ज्यादै मन्द गतिमा पुन–प्राप्ति हुनसक्छ। किनकि हाम्रो जीवनमा भाइरसको जोखिम रहिरहेको हुनसक्छ।

    जिडिपिमा सेवा क्षेत्रको योगदान जति ठूलो हुन्छ गिरावट पनि त्यति नै ठूलो हुन्छ। ब्राडेस्को बैंकअनुसार अमेरिकाको अर्थतन्त्र १.५ मा सिमित हुनेछ, चिनको ३ प्रतिशतले वृद्धि हुनेछ (पहिले ६ प्रतिशतले बढ्ने आँकलन थियो) र युरोपको २.२ प्रतिशतले घट्नेछ।

    भाइरसले विश्वलाई घुँडा टेकाएको छ र छोटो समयमा धेरै परिवर्तनहरु ल्याएको छ र ल्याइरहनेछ। सामान्यत कृषि ब्यवसाय ज्यादै कम प्रभावित हुने मध्ये एक पर्छ तर यो सबै उत्पादन श्रृङ्खला वा सबै क्षेत्रका लागि सत्य होइन।

    कसले गुमाउँछ र कसले कमाउँछ

    सबैभन्दा पहिले फाइदा लिने मध्ये एक सुपर मार्केट नै हुनेछ।  रेस्टुरेन्टबाट फास्ट फुड च्यानल र अन्य तथाकथित खाद्य सेवा हुँदै सुपर मार्केटमा आएको परिवर्तनले यो संकटबाट यसलाई फाइदा हुनेछ।

    अंकहरु प्रभावशाली छन्। बेलायतमा सुपर मार्केटमा गरिने खर्चमा हप्ताको ३ करोड ६१ लाख पाउण्डले वृद्धि भएको छ। प्रत्येक हप्ता प्रति परिवार १३ पाउण्डको वृद्धि, अर्थात् २१ प्रतिशतको वृद्धि (ब्ल्याक टावर) देखिएकोछ। बेलायति खुद्रा ब्यापारीले यस अवधिमा माग बृद्धिका कारण थप ४५००० व्यक्तिलाई रोजगारी दिए। अमेरिकामा रिसर्च कम्पनि चिकोरीअनुसार सुपर मार्केटहरुको अनलाइन बिक्रीमा पोहोरको तुलनामा १२३ प्रतिशतले वृद्धि भएको छ।

    अमेरिका र युरोपमा जस्तै ब्राजिलमा पनि ओसारपसार प्रतिबन्ध लगाइएका हप्ताहरुमा सुपर मार्केटहरुको बिक्रीमा औसत २० प्रतिशतको वृद्धि भएको छ। केही खुद्रा ब्यापारीहरुका अनुसार अघिल्लो हप्ता क्रिसमस साँझ जस्तै थियो तर अब स्थिति सामान्य बन्दैछ। यद्यपि रेस्टुरेन्ट र अन्य खाद्य सेवा प्रदायकहरुको अवस्था भने नाजुक नै छ।

    वास्तविक संकट के छ भने वितरण रणनीति बनाई त्यसलाई समृद्ध पारिएपनि त्यसमा बिक्रिमा भएको घाटामा क्षतिपूर्तिको ब्यवस्था राखिएको छैन।

    आयात निर्यातमा असर

    चिन कोरोनाभाइरस विरुद्धको लडाइँमा विकसित चरणमा पुगेको छ। यसले लकडाउनका महिनाहरुमा उपभोग गरिएका सामानको पूर्ति गर्ने नीतिका साथ आयातका क्रियाकलापहरुलाई पुनसंयोजन गरिरहेको छ। यद्यपि संकटको अंग भएका कारण चीनले विश्वब्यापी बृद्धिमा कमी हुने कारण निर्यातमा र केही कम आयातमा समस्या भोग्नेछ।

    यो गाइको मासु र अन्य उत्पादन खरीद गर्न दोस्रो चौमासिकमा सबल हुनेछ जुन कुरा बिफ निर्यात गर्ने देशहरुका लागि सकारात्मक हुनेछ। बिफ, पोल्ट्री, पोर्क र माछा उत्पादक देशहरुले बढि मूल्यमा निर्यातबाट फाईदा लिन सक्नेछन्, अझ विशेषगरि अघिल्ला दुई वस्तु (बिफ र पोल्ट्री) बाट। तर ब्राजिल जस्ता विनिमय दरमा अवमूल्यन झेलेका राष्ट्रहरुमा दाना तथा अन्य आवश्यक सामाग्रीमा हुने मूल्य बृद्धिले नकारात्मक असर पर्न सक्छ।

    विश्व कै अर्को चासो भनेको मार्चको अन्त्यमा डब्ल्युटिओ को बैठकमा उठाइएको र एफएओ/ ओएनआई र डब्ल्युएचओ सँगको संयोजनमा बाहिर ल्याईएको दस्तावेजमा उल्लिखित कोरोनाभाइरसका कारण खाद्य आपूर्ति सृङ्खलामा कुनै अवरोध नआवस् भनी सुनिश्चत गर्नु हो।

    तर रुस र कजाकस्तानले अहिले नै गहुँ र अन्य उत्पादनको निर्यातमा रोक लगाएका छन्, भियतनामले चामल, थाइलेण्डले अण्डामा लगाइसकेका छन्। अमेरिकी मांस उद्योगमा पनि केही अवरोधहरु देखिन थालेका छन्।

    यसो हुँदा ब्राजिल जस्ता खाद्य उत्पादक देशहरुलाई प्रचुरमात्रामा उत्पादन गर्दै मानव जातिका लागि विश्वासिलो खाद्य आपूर्तिकर्ता बन्न सक्ने र आदर्श खाद्य उत्पादकहरु माझ स्वाधिन स्थान ग्रहण गर्नसक्ने अवशर हुन सक्नेछ। हाल केही देशहरुले आफ्ना बजारहरुमा ब्राजिलका उत्पादनहरुलाई प्रवेश दिने अनुमति प्रकृयालाई तेज पनि बनाइरहेका छन्, देशमा खाद्य उत्पादनका लागि स्थानहरु खुला गर्दैछन् र यो संकट टरिसकेपछि यसका लागि पर्याप्त प्राकृतिक स्रोतको कमि भएका देशहरुमा खाद्य सुरक्षामा फर्किने मागको आन्दोलनबाट जोगिने कोसिस गरिरहेका छन्।

    बलियो बन्दै जाने अर्को प्रवृत्ति भनेको खाद्य सामाग्रीको  वातावरणीय सरसफाइको पक्ष हो, जो अहिलेको संकट मासुवजारको सरसफाइको कारणले उव्जेकाले अझ टड्कारो बन्नेछ र निजी होस वा सरकारी खाद्य तथा कृषि ब्यवसायहरुले आन्तरिक तथा बाह्य बजारका निम्ति स्वस्थकर खाद्य सुनिश्चत गर्न नियमनका संयन्त्रमा प्रसस्त लगानी गर्नुपर्नेछ।

    अवसर प्रदान गर्नसक्ने एउटा तथ्य आर्थिक ब्यवस्थामा भएको क्षति, काम र कम्पनिहरुमा भएको नोक्सानीको केही अंश पूर्ति गर्न विश्वका सबै सरकारहरु र ब्राजिल सहितले सार्वजनिक खर्च बढाउनु पर्नेछ र यो खर्चको महत्वपूर्ण अंश खाद्यका लागि हुनेछ। यसो गर्नाले परिवारहरुको जिविकाको ग्यारेन्टी हुनेछ र यसले विश्वको खाद्यान्न खपतमा वृद्धि हुनेछ अथवा त्यसो नभए पनि खाद्यान्न खपतमा आएको गिरावट नियन्त्रित हुनेछ।

    विश्व र ब्राजिलको आर्थिक सुधार नीति

    ब्राजिलको अर्थतन्त्रमा पनि गम्भीर असर परेको थियो। केन्द्रिय बैंकले यस वर्षको जिडिपिको पुनरावलोकन गर्दै १.४८ प्रतिशतबाट घटाएर ०.४८ बनायो। सन् २०२१ को प्रक्षेपण त २.५ प्रतिशत थियो। ब्रजिलमा सुझाव दिइएका र लागू गरिएका उपायहरु मध्ये केही यस्ता छन् : कम ब्याज दर; परिवारहरुलाई सहयोग (भरथेग) गर्ने “बोल्सा फेमिलिया” कार्यक्रमको सवलीकरण; एक महिनाबराबरको थप तलब; अनौपचारिक कामदारका लागि अनुदान (भाउचर) ; कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका बिभागको अस्थायी तलब कटौती। यी बारे सरकारका तीनै अङ्गमा छलफल भइरहेको छ। यसैगरी कम्पनिहरुले आफ्ना कामदारहरु थमौति गरि राख्ने कार्यक्रम हुन सक्छन्।

    विश्वभरि नै विभिन्न नीतिहरु तयार गरिदैछन्। ती नीतिमा ब्याज दर कटौती, तरलता कायम राख्न केन्द्रीय बैंकले अन्य बैकलाई अल्पकालीन ऋण, ऋण पाइनसकिने व्यवस्था, कर छूट, नियमनकारी बाधाहरु हटाउने, सार्वजनिक खर्चमा वृद्धि, विश्वास आर्जन, सबैभन्दा बढि आवश्यकता भएकाहरुमा स्रोतहरुको पहुँच, साना र मध्यम कम्पनिहरुलाई उत्प्रेरणा जगाउने सहयोग, निर्णय निरुपण संरचना सरल बनाउने, जागिर थमौति गरेका कम्पनिहरुलाई बेरोजगार विमा र पुर्वाधार परियोजनाहरुलाई गति प्रदान गर्ने जस्ता समावेस गरिएका छन्।

    ब्राजिलको खुशियाली

    विश्वभर अनिश्चय छाएको यो समयमा ब्राजिलका खेतबारीबाट उत्साहजनक समाचार आइरहेका छन्। कोनाब एजेन्सीले आफ्नो मार्च महिनाको बुलेटिनमा अनुमानित २५ करोड १९ लाख (२५१.९ मिलियन) टन खाद्यान्न उत्पादन हुने प्रक्षेपण गरेको छ, जो अघिल्लो बर्षको उत्पादन भन्दा ४.१ प्रतिशतले बढि हो, अर्थात् ९९ लाख टन (९.९ मिलियन टन) थप उत्पादन। खेति योग्य जमिनको हकमा त्यो २.४ प्रतिशतले बढेर ६ करोड ४७ लाख ८० हजार (६४.७८ मिलियन) हेक्टर पुग्ने अपेक्षा गरिएको छ। कृषि मन्त्रालयले सन् २०२० को उत्पादनको कुल मूल्य ६८३ बिलियन रेइस (ब्राजिली मुद्रा) (१३३.७३ विलियन डलर) हुने अनुमान गरेको छ र त्यो सन् १९१९ को भन्दा ८.२ प्रतिशतले बढि हो। फेब्रुअरीबाट मार्च आइपुग्दा अनुमान ब्यवहारिक रुपमै ९.१ विलियन रेयस (ब्राजिली मुद्रा) ले बढेको छ। यसरी खाद्यान्न आउनेवाला छ।

    कोरोनाभाइरस संकटले खाद्य तथा कृषि ब्यवसाय श्रृङ्खलामा विभिन्न तरिकाले असर पुर्‍याएको छ। भटमास र मकैको हकमा हामी सन्तोषजनक अवस्थामा छौं। विनिमय दरबाट फाइदा लिँदा र उपभोगका यी पक्षले गर्दा मूल्य लाभदायी नै हुनेछ र भविष्यको उत्पादनको ठूलो हिस्सा बिक्री गरिसकिएको हुनाले कोभिड-१९ ले प्रभावित तुल्याइरहेको समयमा ती चिन्ताका स्रोत होइनन्।

    मासु निर्यात बढेको अवस्थामा चारोको माग उच्च हुन पनि सक्छ। हामी धेरै उत्पादकहरुले अपेक्षा गरिए अनुरुप नै सामानहरु खरिद गरेको तथ्यलाई पनि मनन गरौं, अत: रेइस मुद्रा अवमूल्यन भएको अवस्थामा विजयी रणनीतिबारे पनि सोचौं।

    अघिल्लो मार्च ब्राजिलले १ करोड ३३ लाख टन (१३.३ मिलियन टन) भटमास निर्यात गरेर रेकर्ड कायम गरेको थियो। यो वर्ष हालसम्म ब्राजिलले २ करोड १४ लाख टन (२१.४ मिलियन टन) निर्यात गरिसकेको छ जुन सन् १९१९ को पहिलो त्रैमासिकको भन्दा १७ प्रतिशतले बढि हो। मार्चमा मात्र चिनले १ करोड टन किन्यो (सन् १९१९ को मार्च भन्दा ४७ प्रतिशत बढि)। यो त्रैमासिकमा चिनले १ करोड ६० लाख टन (१६ मिलियन टन) खरिद गर्‍यो जुन अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढि हो।

    तर दुई प्रमुख तत्वले भटमास र मकैको मुल्यमा नकारात्मक प्रभाव पार्न सक्छन्। यु एस डि ए ले २०२० को अमेरिकी बालीको अनुमानले भटमास १० प्रतिशत र मकै ८ प्रतिशतले बढ्ने देखाएको छ। र हामीले मनन गर्नुपर्ने भटमास र मकैको बिक्रीका आउने खतरा भनेको इन्धन खपतमा आएको अति नै गिरावटका कारण धेरै अमेरिकी इथानोल उत्पादनहरु बन्द भएका छन्, र यदि मकै र भटमासले अन्तरराष्ट्रिय बजारमा प्रवेश गरे भने मकै र भटमासको मुल्यमा गिरावट आउनसक्छ जसले अमेरिकामा थप भटमास खेतिको आँकलन हुनसक्छ।

    कोरोनाभाइरसले गर्दा मुल्यमा गिरावट आउनु (मार्चमा १७ प्रतिशत) र कपडाका बस्तुहरुको खरिद स्थगन गरिनु, तेलको मुल्यमा आएको कमीले गर्दा उद्योगहरुले कपडा उत्पादन बन्द गर्नु र सिन्थेटिक कपडाको प्रतिस्पर्धात्मकताका कारणहरुले गर्दा कपासमा धेरै नकारात्मक असर परेको छ। यद्यपि अर्को बालीको मुनाफादायी मूल्य तोकिएको छ र विनिमय दर पनि सकारात्मक रहेको छ। यस्तो हुँदाहुँदै पनि केही मात्रामा खपत नासिनेछ, कुन बिल कहि समय पछि भुक्तानी गरिनेछ।

    रबरको श्रृङ्खलाले पनि नोक्सानी बेहोरिरहेको छ, कैयौं कारखाना बन्द हुनु र मजदुरहरु पाउन कठिनाइ भएकाले मोटर गाडी, टायर र रबरका सजावटका सामानको बिक्रीमा कमि आएको छ।

    छाला उद्योगले पनि कठिनाइ भोगिरहेको छ।

    उखुमा परेको मार विशाल छ। दस वर्षको अवधिमा उत्पादन र मुल्यको हिसाबले ब्राजिलले सबैभन्दा ठूलो बाली उठाउनेवाला थियो तर तेलको मुल्यमा भएको युद्ध र कोरोनाभाइरसको आगमनले परिदृष्य पुरै बद्लिएको छ।

    तेलको मुल्यमा महिनाको ६५ प्रतिशत गिरावट आएको छ; यद्यपि हामीले यो लेख सिध्याउने समयमा त्यो बढ्न थालेको थियो। एकान्तवास (isolation) सुरुवात सगै हाइड्रेटेड इथानोलको खपतमा भारी गिरावट आयो र चिनी उत्पादनमा थप उखु खपत गरिने सम्भावनाले यसको मूल्य झारेर ३० प्रतिशतमा ल्याएको छ।

    कोरोनाभाइरसका कारण फाइदामा जाने मध्ये सुन्तला जुसको श्रृङ्खला पनि हो। न्यु यर्क स्टक एक्स्चेन्जमा मूल्य एक हप्ताभन्दा केही बढि समयमा २४ प्रतिशतले बढेको छ र संसारको सबैभन्दा बढि उपभोग गर्ने अमेरिकामा यस महिनाको खपत १० प्रतिशतले बढेको छ जो विगत केही वर्षहरुमा देखिएको थिएन। अहिले स्वास्थ्य र “तरल खाद्य सामग्री” को आकर्षण कायम राख्न सुन्तला जुसको श्रृङ्खलाले यो खपत कायम राख्न जरुरी छ।

    कोरोनाभाइरसको महामारीमा कागति जस्ता भिटामिन सि बढि हुने अन्य फलफूलले फाइदा उठाउने छन्। टिस्यु पेपर र प्याकेजिङको मागका कारण फाइदा उठाउने अर्को क्षेत्र कागज र सेलेल्युजको हो र सेप्सिस निराकरणमा प्रयोग गर्ने सामाग्री उत्पादन जोडतोडले भइरहेको छ।

    कफिको अवस्था पनि राम्रो छ किनभने यसको माग उच्च नै छ र ब्राजिलले ५ करोड टन अरबिका सहित ६ करोडले ८० लाख टन उत्पादन गर्नेछ जो १५ प्रतिशत बढि उत्पादन हो। केवल बिक्रीका माध्यममा आएको परिवर्तनमा र कफिसप, रेस्टुरेन्ट र अन्य अस्थायी रुपले बन्द भएकोमा ध्यान पुर्‍याउनु पर्नेछ र यसको क्षतिपूर्ति खुद्रा बिक्रीबाट हुनसक्छ। हेक्का राख्नुपर्ने के छ भने सेवा दिने संस्था र पसलहरुले धेरै प्रिमियम कफि चलाउछन् जसको उत्पादनमा बढि असर परेको हुनसक्छ।

    फलफूल उत्पादनको हकमा एकातर्फ सुपर मार्केटहरुमा खपत उच्च छ तर अरु विक्रिस्थलहरु, हाटबजार र विशेष गरि रेस्टुरेन्टमा घटेको छ। बढि ध्यान दिनुपर्ने यो एउटा क्षेत्र हो।

    नयाँ सुरक्षा मापदण्ड सहित हाटबजार सञ्चालन हुन आवश्यक छ। यस अवसरलाई बितरणका उपायहरु पनि खोजिनुपर्छ र एप्सहरुका माध्यमबाट उत्पादक र उपभोक्ताबिच सिधा सम्पर्क बनाउने कोसिस गरिनुपर्छ ताकि वितरणका माध्यमहरुले रचनात्मक ऋण संयन्त्र (creative credit mechanisms) मार्फत काम गर्न सकुन्। यद्यपि यसले कामदारको समस्या निम्त्याउन सक्छ।

    एप्सहरुले ठूलो योगदान गरिरहेका छन् र डिजिटल प्ल्याटफर्म सहित एप्सको प्रयोग बलपूर्वक खाद्य तथा कृषि ब्यवसायमा काम लगाइएका छन्। एप्सले उपलब्ध गराएका सरलीकरणका समाधानहरु मध्ये ट्रक ड्राइभरहरु सामान ओसारपसारलाई जोड्ने, भुक्तानि र करार डिजिटलाइजलाई जोड्नेका साथै जगेडा पाटपुर्जा पाइने बजार र डिजिटल वित्तीय सञ्चालन सहित बिक्री बढाउने बितरण सेवा केही हुन् । प्रकृयाहरुको डिजिटलाइजेसनले पनि हामीलाई धेरै फाइदा भएको छ। यस्ता नविनताहरुले फलफूल बितरण केन्द्रहरु र होलसेलमा मानिसको आवागमन घटाएको छ।

    धेरैले बितरणका धेरै तहका विचौलियाका कारणले गर्दा केन्द्रीय बितरकले खाद्य कम्पनिका मोटरसाइकल प्रयोग गरि सामान सोझै उपभोक्ता वा साना ब्यापारीमा पुर्‍याउँछ। यो प्रभावकारीतामा ठूलो फड्को हो र यो रहिरहनेछ।

    ध्यान दिनुपर्ने अर्को उत्पादन दूध हो। नोक्सानीबाट वच्न यहाँ पनि रचनात्मक समाधानको आवश्यकता छ, जसको बितरण श्रृङ्खला नाशवान छ र विश्रामको आसा राख्न सकिँदैन । सिद्धान्तत: उपभोगमा गिरावट आउने छैन तर आपूर्ति व्यवस्थापनका मुद्दा चिन्ताका विषय हुन् ।

    प्रदर्शनी, महोत्सव, मास (आइतवारे प्रार्थना) जस्ता आयोजनाहरु शून्यमा झरेका छन्। यस श्रृङ्खलाका उत्पादन पक्षले अझ बढि नोक्सानी बेहोर्नेछ। यसका विषयमा खुद्रा ब्यापारलाई ऋण र भरथेग दिइनुपर्छ, थप स्थान उपलब्ध गराउँदै, अभियानहरु सञ्चालन गर्दै अन्य उत्पादनबाट भएको अतिरिक्त कमाइको केही हिस्सा फुलको क्षेत्रमा लगाउनु पर्छ। बगैँचा केन्द्रका साथै अन्य बिक्री केन्द्रहरुले काममा फर्किनु पर्छ।

    उपभोक्ताले पनि आफ्नो भूमिका  गर्नुपर्छ किनकि, “फुल भनेको सौन्दर्यताको प्रतिक हो र दिलको आहारा हो” र जसले सक्छ उसले बढि उपभोग गर्नुपर्छ।

    एउटा सकारात्मक असर भनेको समाजको नजरमा खाद्य तथा कृषि ब्यवसाय उत्पादकहरुको छवि सुन्दर बनेको छ। यस्तो हुनाका कारणहरु यस्तो संकटको घडिमा बजारका पसलहरु खाली रहेका भएता पनि आफ्नो खाद्यान्न भण्डार भरिभराउ हुनु राम्रो हो भन्ने सामुहिक धारणा हो र धेरैजसो सहायता खाद्य तथा कृषि ब्यवसाय, सामुहिक संगठनहरु र कोरोनाभाइसको कारण अन्य कम भाग्यशालीहरुबाट आइरहेको हुनाले पनि हो।

    जस्तै एन्टिसेप्टिकमा हुने अल्कोहोल जेल तरल अल्कोहल भएको उत्पादन हो। यो  उखु उद्योगमा आधारित धेरै मिलहरुबाट आउँछ। ब्राजिली खेतबारीमा कृषि ब्यवसायका क्रियाकलापहरु निर्वाध चलिरहेको कारण यही नै मुख्य तथ्य हो।

    यस बिचमा सहकारी, व्यापार, बन्दरगाहहरु र विश्वले नै यो महत्वपुर्ण खाद्य आपूर्तिकर्तामा ध्यान दिन थालेका छन् र तिनको मर्मतसम्भारमा चासो दिइरहेका छन्। समस्याहरु समाधानमा सहयोग हेतु एउटा चाखलाग्दो संयोजन भएको छ। जसमा मन्त्रालयहरु, रिटेल कम्पनिहरु र संगठनहरु, खाद्य उद्योग, कम्पनि र संगठनहरु, आपूर्ति कम्पनिहरु र खाद्य श्रृङ्खलामा आइलाग्ने समस्याहरुको अनुमान लगाउने, स्थायी सम्वाद स्थापित गर्ने र तुरुन्तै तिनबाट बच्ने काम गर्ने अन्य संस्थाहरु छन्। यो योगदानले विश्वका अन्य देशहरुलाई पनि आपूर्ति सुनिश्चित गर्न र यी सुचना केन्द्रहरु स्थापना गर्न सहयोग गर्नेछ।

    दश बूँदेब्यवहारगत परिवर्तनहरु

    म कोरोनाभाइरसको खाद्य श्रृङ्खलामा परेको असर बारेको यो लेख हालका दिनहरुमा ब्यवहारगत परिवर्तनहरु उल्लेख गरेर अन्त्य गर्न चाहन्छु र तिनले कसरी खाद्य तथा कृषि ब्यवसाय श्रृङ्खला, कम्पनिहरु र अन्यमा भविष्यमा कस्तो प्रभाव पार्नेछन् भन्ने विषयमा थप विश्लेषण गरिनुपर्छ। तथ्य के हो भने कोरोनाभाइरस संकटले हामीलाई एउटा भिन्दै विश्वको दर्शन गराएको छ र मेरो विचारमा निम्न कुराहरु ल्याउन सक्छ:

    १) समाजहरु बिच थप विश्व ऐक्यबद्धता तथा एकत्व ;

    २) स्रोतको कमी भोगिरहेका र दुख पाइरहेकाहरु प्रति बढि सम्वेदनशीलता;

    ३) बढि जोखिम आँकलन, बढि लचिलोपन र अनुकूलन;

    ४) बिषालुकृत सूचना वा जनतालाई पीडा दिने झुठो, अवाञ्छित र आततायी सूचनाको होसियारीपूर्वक प्रयोग;

    ५) डिजिटल लाभहरु हाम्रो जीवनमा अनपेक्षित रुपमा हुनेछन्, जसले शिक्षा, औषधीय सेवाहरु, घर कार्यालय, एप्स, वितरणहरु, उत्पादकत्व लाभ, अनलाइन मिटिङ र अन्य, ठूलो कार्यालय र भइपरि खर्चको आवश्यकताबारे पुनरविचार गराउनेछ;

    ६) सहकारी, संघ र अन्य रुपका सामुहिक कार्यले गति लिनेछन्;

    ७) यस समयमा थालिएका नयाँ मिडिया र नयाँ सूचना स्रोतहरु पछि पनि रहिरहनेछन्;

    ८) यो संकट र सामानको कमि रहेको अवस्थामा पनि मानिसहरुसम्म पुर्याउने खाद्य तथा कृषि ब्यवसायको छवि राम्रो देखिनेछ;

    ९) वातावरणीय समूहहरु खाद्य तथा कृषि ब्यवसाय प्रति नरम बन्ने छन् किनभने वातावरणीय प्रदुषणको मुख्य जिम्मेवार किसानको खेतबारी नभएर शहरहरु हाम्रा जीवनशैली हुन् भनेर उनीहरुले बुझ्नेछन्;

    १०) अबको ठूलो कुरा साधारण जीवन हो। हामी घरमै बस्यौं र हामीले यस अघिका जीवनमा उपभोग गर्दै आएका धेरै वस्तुहरु आवश्यक छैनन् भनेर बुझ्यौं।

    ठूला परिवर्तनहरु हुनेछन् र हामी अझ राम्ररी जीउनेछौं।

    साभारः चाइना डेली २०२० अप्रिल १०। [Photo by Song Chen/China Daily)

    मार्को फाभा नेभेसः साओ पाउलोको रिबेराओ प्रेटोको विश्वविद्यालयको प्रशासनिक कलेज र इ ए इ एस पि/ एफ जि भिका प्रोफेर हुन् र कृषि ब्यवसायको रणनीतिक योजनाका विशेषज्ञ हुन्।

     

     

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.