Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Monday, April 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

रूप कँवर : भारतको अन्तिम सती

सन् १९८७ को सेप्टेम्बर ४ मा १८ वर्षीय रूप कँवरले आफ्नो श्रीमानको चितामा हाम फाल्ने निर्णय गरिन्। एउटा विरासतलाई लामो समयसम्म जीवित राख्नका लागि आफ्नै बलिदान दिने अभियानमा उनले यो कदम चालिन्। यो घटनालाई हेर्न उपस्थित भएका प्रत्यक्षदर्शीहरूको समूहले यसलाई एउटा ‘स्वेच्छिक कदम’ भएको बताए।

गायत्री मिश्र गायत्री मिश्र
असार २७, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    इतिहासमा एकल महिला र त्यसमा पनि खासगरी श्रीमान गुमाएका महिलाहरूको अवस्थाका बारेमा हामी प्रायः अवगत नै छौँ। हिन्दू समुदायभित्र कथित उपल्लो जातमा श्रीमान गुमाएका धेरैजसो महिलाहरू जीवनभर रुढीवाद र शोषणले थिल्थिलो हुने गरेका छन्। श्रीमान गुमाएका महिलाहरुका लागि दक्षिण एसियाको इतिहासमा एउटा कहालिलाग्दो प्रथा प्रचलनमा थियो, जसको सांस्कृतिक र व्यवस्थित आधार बारे यही समाजभित्र अत्यधिक विरोध र बहस भयो। त्यो होः सती प्रथा।

    सती प्रथा: ऐतिहासिक पृष्ठभूमि

    सती प्रथा भारतमा गुप्त शासनकालमा फैलिएको थियो। सतीको पहिलो घटना ५१० सीसीईमा मध्य प्रदेशको एक प्राचीन शहरमा घटेको उल्लेख गरिएको छ। समयक्रमसँगै यो उत्तरी र दक्षिणी भारतमा फैलियो। खासगरी यो प्रथा राजस्थानका राजपूतहरूबीच बढी प्रचलनमा थियो। ‘सती’ शब्दलाई ‘सुत्ती’ समेत भनिन्छ, जसको अर्थ संस्कृतमा ‘पवित्र महिला’ भनेर बुझिन्छ। साझा रूपमा प्रयोग गरिने अर्को शब्द हो, ‘सतीप्रथा।’ श्रीमान गुमाएका महिलालाई श्रीमानकै चितामा जिउँदै जलाउने प्रथाको नाम नै सती प्रथा हो।

    यो प्रथा हिन्दू परम्परामा लामो समयसम्म अनिवार्य रुपमा प्रचलनमा रह्यो। श्रीमानको मृत्युपछि उनको नियति श्रीमानका लागि आफ्नो जीवन समर्पित गर्नुमा नै छ भनेर उनलाई विश्वास गर्न राजी गराइन्छ। पतिको शवमा डढेर जाँदा स्वर्गमा ठूलो पद पाइन्छ भनेर अनेकौँ कथाहरूमार्फत बुझाउने प्रयास गरिन्छ। सोही कारण कट्टरपन्थी धार्मिक समूहहरू तथा सर्वसाधारणले यस प्रथाको सांस्कृतिक विश्वासलाई आक्रमक रुपमा समर्थन गर्ने र प्रचार गर्ने काम गरे। त्यसैकारण यो प्रथा हिन्दू महिलाहरूविरुद्ध सबैभन्दा मजबुत र दमनकारी प्रथाका रूपमा रहन पुग्यो।

    यस प्रथाको विरोध नृशंस तथा दमनकारी चरित्रको त्यस बखत पनि तिब्र आलोचना भएको थियो। सन् १८२९ मा आएर भारतमा राजा राममोहन रोय र भारतका तत्कालिन गबर्नर जनरल विलियम बेन्टिक्टको संयुक्त पहलमा बंगाल प्रादेशिक सरकारद्वारा यस प्रथाको अन्त्य गरियो।

    पश्चिमी संस्कार तथा शिक्षाको प्रभावको नतिजास्वरूप भारतमा पनि सामाजिक तथा धार्मिक सुधारको आवश्यकता प्रकट भएपछि सतिप्रथाको आधिकारिक अन्त्य गरियो। जसले १९ औं शताब्दिका सामाजिक सुधारकहरूमा नयाँ जागरणको सिर्जना ग¥यो। त्यसका बाबजुद पनि महिलाहरूको अवस्था भने अपमानजनक र बहिष्किृत नै भइरह्यो। राजा राममोहन रोय तथा इश्वरचन्द्र विद्यासागरजस्ता शिक्षित बुद्धिजिवीहरूले महिला अधिकारका बारेमा वकालत गर्न थाले र सती तथा बालविवाहजस्ता सामाजिक कुरीतिलाई समाप्त पार्ने पहल लिए।

    यस अभियानलाई निमिट्यान्न पार्ने पहल कदमीस्वरूप विभिन्न नियम/कानूनहरूसमेत आए। तिनलाई लागु गराइयो। सती प्रथाको निन्दा गरियो र कानूनमार्फत त्यस प्रथालाई अपराधीकरण गरियो। आजसम्म पनि हाम्रो समाजमा महिलाविरुद्ध धेरै प्रथाहरू प्रचलनमा छन् र जुन रेकर्ड गरिएका छैनन्।

    रुप कँवरको ‘बलिदान’

    भारतमा कानूनी रूपमा सतीप्रथाको अन्त्य भइसकेपछि पनि सतीका धेरै घट्ना घटे। तिनको अभिलेख पनि छैन तर सती प्रथालाई गैरकानुनी घोषणा गरेको २ सय पुग्न लाग्दा, ३५ वर्षअघिमात्रै एउटा घटना घट्यो। त्यसले धेरैको ध्यान आकर्षित गर्नुका साथै विभिन्न बहस र आन्दोलनको नयाँ श्रृंखलाहरूको जन्म दियो, त्यो हो रूप कँवरको घटना। यसलाई भारतमा सती प्रथाको अन्तिम घटनाका रूपमा चिनिन्छ।

    सन् १९८७ को सेप्टेम्बर ४ मा १८ वर्षीय रूप कँवरले आफ्नो श्रीमानको चितामा हाम फाल्ने निर्णय गरिन्। एउटा विरासतलाई लामो समयसम्म जीवित राख्नका लागि आफ्नै बलिदान दिने अभियानमा उनले यो कदम चालिन्। यो घटनालाई हेर्न उपस्थित भएका प्रत्यक्षदर्शीहरूको समूहले यसलाई एउटा ‘स्वेच्छिक कदम’ भएको बताएका छन्।
    यस घटनाले पूरै राजस्थानमा हल्लियो, भारतकाभरीका मानवअधिकारकर्मीहरूको अभियानलाई यसले उत्तेजित बनायो।

    कँवरको ‘इच्छाशक्ति’बाट सिर्जित सो घटनाले देशभर एक खालको अनिश्चितता र अराजकता उत्पन्न गराएको थियो।
    विवाहको ८ महिनामै रूप कँवरका श्रीमान् बितेपछि उनले सती जाने निर्णय लिएकी थिइन्। यद्यपि उनका माइती पक्षका अभिभावकले उनको श्रीमानको मृत्यु र उनको सती जाने निर्णयका बारेमा मृत्युको भोलिपल्ट पत्रिकामार्फत मात्रै थाहा पाएका थिए। सतीका यस्तै खालका केही केसहरू रूप कँवरको घटना अघि पनि रेकर्ड भएका थिए।

    तर, रूप कँवरको केसले भारतीय मानव अधिकार र महिला आन्दोलनमा ठूलो हल्लीचल्ली मच्चियो। राजनीतिक क्षेत्रमा यसले ठूलो तरंग सिर्जना ग-यो र यो अन्ततः धार्मिक तथा सांस्कृतिक कट्टरता र महिला अधिकारको दाबीबीचको द्वन्द्वमा परिणत भयो।

    सतीः राष्ट्रिय परिचय !

    रूप कँवरको मृत्यु(हत्या!) विभिन्न तरिकाले सांकेतिक थियो। ‘विधवा’ हुनुका बाबजुद उनी लोग्नेको चितामा चढ्नुपूर्व गहना र दुलहीले लगाउनेजस्तो पारम्परिक रातो पोशाकले सुसज्जित थिइन्। मृत्यु अघिका उनका धेरै तस्वीरहरू थिए, जहाँ उनको श्रीमान उनको काखमा सुतेका थिए। एउटी आमाले आफ्नो बच्चालाई काखमा राखेजस्तो उनले श्रीमानलाई काखमा राखेकी थिइन्।

    उनी डढिसकेपछि र उनका तस्वीरहरू राष्ट्रिय पत्रिकाहरूमा छापिएपछि रूप कँवरलाई स्त्री जातिको एउटा आदर्शको रुपमा चित्रित गरिएको थियो, जुन हिन्दू राष्ट्रवादको विचारसँग निकट छ। सुरुवातदेखि नै हिन्दू राष्ट्रवादीले राष्ट्रको प्रतीकलाई अक्सर एक मातृत्व आकारमा स्थापित गर्न माग गरेका छन्। ‘धरती माता’ को धारणा मातृत्वप्रति समर्पणको रूप मात्र होइन, बरु राष्ट्रवादी भावनाको एक लैंगिक धारणा हो। जसले महिला नियन्त्रित र संरक्षित हुनुपर्ने मान्यतामाथि आफैँलाई समाहित गराउँछ।

    विभिन्न सन्दर्भहरूमा, राष्ट्रिय सम्मानका प्रतिकका रूपमा महिलालको शरीरकै वरिपरि राष्ट्रवादका प्रवचनहरू निर्माण हुने गरेका छन्, जसको उल्लंघनले राष्ट्रको अपमान र लज्जालाई निम्त्याउँछ भन्ने भाष्य भारतमा स्थापित छ। सती प्रथाले यिनै विचारलाई दर्शाउने गरेको छ।

    एकल युवतीलाई ‘पाल्नु’पर्ने र उनीमाथि ‘नियन्त्रण’ गरिनुपर्ने परम्परागत मान्यता छ। त्यसकारण उनको ‘पवित्रता’लाई कायम राख्नका लागि एउटै मात्र उपायका रूपमा उनलाई ज्यूँदै जलाउने चलन चलाइएको थियो। त्यसकारण यस कार्यलाई अपराधिकरण गरी अन्तिम संस्कार गरिने ठाउँमा बनाइने स्मारकहरूलाई निषेध गर्नेगरी राज्यले कदम चाल्यो। तर सर्वसाधारण तथा धार्मिक समूहले त्यस कदमको जमेर विरोध ग¥यो। राज्यको त्यस्तो कदमलाई उनीहरू आफ्नो सांस्कृतिक विश्वास तथा अभ्यासमाथि हस्तक्षेप गरेका रूपमा लिन्थे।

    राज्यले नै निषेध गरिसकेको अवस्थामा पनि यस्तो ‘सती जानेलाई हेर्न’ उपस्थित धेरै दर्शकहरूले अक्सर यसलाई दैवीक शब्दमा व्याख्या गर्दै सती जाने महिलाको निर्णयको स्वागत गरेको बताइन्थ्यो। रुप कँवर घटना भएको ३५ वर्ष पुग्नैलाग्दा पनि मानिसहरू उनको श्रद्धा गरिरहन्छन्। र, कवँरको सम्झनामा कवँरको अन्तिम संस्कार गरिएको स्थलमा एउटा अस्थायी खालको तिर्थस्थल नै बनाइएको छ।

    त्यस घटनाको १३ दिनपछि धेरै डरबीच, अदालतको आदेशको उल्लंघन गर्दै स्थानीयहरूले ‘चुनरी समारोह’ को आयोजना गरे। मानिसहरू उनको महिमामण्डनका लागि देवरालको सडकमा निस्किए, जुन पारम्पारिक हिन्दू विवाहमा दुलहीसँग पैदलयात्रा गरिरहेका दाजुभाईको प्रतीक हो।

    अक्टोबर १, १९८७ मा, सती रोकथाम आयोगले सती प्रथालाई बढवा दिन या यसको महिमामण्डनलाई कानूनद्वारा दण्डनीय बनाउनेगरी एउटा विधेयक पेश ग-यो। जुन् संसदको दुबै सदनबाट पास भयो। यो विधेयकले सन् १९८८ को जनवरी ३ मा राष्ट्रपतीय स्वीकृति प्राप्त ग-यो र त्यसै वर्षको मार्च २१ मा देखि कानूनका रूपमा लागु भयो। सती जाने कार्यका लागि उकास्ने तथा यसको प्रशंसा गर्न आरोप लागेका मध्ये ६ जनाको सुनुवाइका दौरान मृत्यु भयो, अन्त्यमा सबै मुक्त भए।

    प्रश्न

    मौलिक धार्मिक संस्थाहरूद्वाराको विश्वास, चेतना र विसंगतिको प्रतिबिम्ब हो सतीप्रथा। सांस्कृतिक विश्वासको नाममा महिलाले आफैँलाई हत्या गर्ने अधिकारको रक्षा र प्रशंसाको प्रयास गरियो। अहिले पनि कुनै न कुनै रूपमा त्यसको महिमामण्डन गरिन्छ। यस क्षेत्रमा सती प्रथाले यहाँका क्षत्रीयको विरता र साहसको प्रतिनिधित्व गर्छ। यी वर्षहरूमा बनेका साझा कथ्य पनि हुन् यी। सँगै, अर्को कहावत पनि छ कि यो एउटा कार्य हो, जो स्वेच्छाले गर्ने गरिन्छ।

    यसबारे अझै विवाद छ। तथाकथित धार्मिक आदर्श र भावुकताले ओतप्रोत भएर उनले चितामा चढेको हुनसक्ने भएपनि चितामा आगो लागेपछि उनी बेहोस भएकी या बाँच्ने चाहनाले अन्तिम प्रतिरोध गरेकी पनि हुनसक्थिन्। ती कुराहरू आगोका ठूला लप्का तथा धुँवाले छोपिएका पनि हुन सक्छन्। अथवा त्यो सबै देख्दादेख्दै पनि स्थानीय चुप लागेर बसे।

    संस्कृतिका नाममा जुन कुरालाई सही ठहराइयो, यो एउटा चरम हिंसा हो। सतीका घटनामा यो पनि दर्साइन्छ कि यो एउटा स्वेच्छा हो। र, त्यो ‘स्वेच्छा’को अर्थ केलाउन के पनि बुझ्न आवश्यक छ भने महिलाहरू त्यस्तो कठिन परीक्षामा भाग लिन्छन्। मरेपछि आफ्नो श्रीमासँग एकाकार हुने ‘पवित्र’ इच्छाले होइन, बरु बिधवाको भएर समाजमा बाँच्दाका अनेक महादुःखले पनि तिनले पतिसँगै जल्न खोजेका हुनसक्छन्।

    बृन्दावन र बनारसलगायतका केही थोरै ‘पवित्र’ठाउँहरू छन्, जहाँ श्रीमान गुमाएका महिलालाई समाजले निर्वासित गर्छ र जीवनभर भीख माग्नका लागि बाध्य बनाउँछ। बिधवा भएपछि अक्सर यौनशोषण तथा अन्य अमानवीय क्रियाकलापको शिकार हुने कारण पनि महिलाहरूसँग आत्महत्याभन्दा अन्य विकल्प नहुँदा आत्महत्या रोजेका हुनसक्छन्। फेरि यस्तै आत्महत्यालाई ‘भगवानको नाममा समर्पणभावले गरिएको कार्य’ भनेर मानिसहरूबाट प्रशंसा गरिन्छ।

    सतीको राजनीति वरिपरि पितृसत्ताका चरम आयामहरू छन्। सतिजस्तो बर्बर घटनालाई समेत आदर्श महिलाको प्रतीक र देवीका रूपमा प्रयोग गरिन्छ।र, यस्ता कार्यको देखिने भन्दा पनि गहिरो र नकारात्मक प्रभाव समाजमा पार्छ। स्वेच्छा र जबरजस्तीका कुरा त पछिका विषय हुन्। सतीजस्तो बर्बर प्रथालाई धार्मिक, आर्थिक र सामाजिक दमनको ठूलो प्रणालीभित्र यसलाई बुझिनु पर्छ, जसले यी महिलाहरुलाई यिनको जीवनभर अधिनमा राख्छ।र, दुःखको कुरा अहिले पनि भारतमा यस्ता सती मन्दिरहरूप्रति मान्छेको आस्था उत्तिकै छ।

    (फेमिनिस्ट इन्डियाबाट मेनुका बस्नेतको अनुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      गायत्री मिश्र

      गायत्री मिश्र

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.