Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भाइरसको दृष्टिकोणबाट महामारी

ड्याभिड क्यूम्मान ड्याभिड क्यूम्मान
अशोज १५, २०७७
- कोभिड–१९, विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोरोनाभाइरसको पदोन्नति – डार्विनको शव्दमा सफलताको एक उत्कृष्ट कथा।

    कुनै विवेकशील मानिसले कोभिड-१९ एउटा विशाल मानव विपत्ति हो। एरिष्टोटलले परिभाषित गरेको नायकको अभिमानको कारण भएको विध्वंशपुर्ण अन्त्यको विपत्ति करीव प्राचिन ग्रिक ट्र्याजिडि जतिकै विपत्ति हो भन्ने कुरामा विमति राख्ने छैनन्। तर अहिलेको विपत्तिमा ओडिपस# वा आगामेम्नन्* उपस्थित छैनन्। यस पटक हामी छौं- हामी, जो आफै माथि यस्तो  प्रकोप निम्त्याउने दम्भी नायक हौं। यो विश्वमहामारीको क्षेत्र (ब्यापकता) र विध्वंसले दुर्भाग्यलाई प्रतिविम्बित गर्छ, साच्चै नै, खराब विश्वलाई प्रतिविम्बित गर्छ। अझ बढि यसले मानवको दुरदृष्टीको असफलता, सामुहिक इच्छाशक्ति र नेतृत्वको असफलतालाई पनि प्रतिविम्बित गर्छ।

    एक क्षण विगतमा भएका मानव विफलतातिर ध्यान दिनुहोस्। र, हाल भइरहेका सम्पूर्ण घटनालाई भाइरसको दृष्टिकोणबाट विचार गर्नुहोस्। ठण्डा दिमाग लगाएर क्रमिक–विकासका चरणहरुको नापजाँच गर्नुहोस्। तपाईंको निष्कर्ष हुनेछ– यदि डार्विनले कोरोनाभाइरस-२ को यस्तो पदोन्नति देखेका भए यसैको सफलताको उत्कृष्ट कथा हाल्थे होलान्।

    यो अहिलेको कुख्यात कोरोनाभाइरस पोहोरसम्म अनुमान नै नगरिएको सृष्टि थियो। यो कुनै प्राकृतिक बासस्थानमा चुपचाप लुकेर बसेको थियो: दक्षिणी चीनको गुफा र कुनै जङ्गलका प्राणीहरू, सम्भवतः चमेरामा। कुनै पनि नयाँ भाइरस अचानक मानव संक्रमणको रूपमा देखा पर्दा निश्चय नै यस्तो सृष्टि (भाइरस)लाई बस्न वा लुक्न दिने – कुनै जिवित प्राणी हुन्छ, जसलाई वासस्थल जीव (reservoir host) भनिन्छ।

    किन? किनकि सबै कुरा कतैबाट आउँदछ, र भाइरसहरु कोषीय जीवहरूबाट आउँदछन्, जस्तै प्राणी, बनस्पति वा च्याउहरू। (भाइरस कोष होइन; यो केवल प्रोटीन क्याप्सुलमा भएको आनुवंशिक गुण भएको एउटा त्यान्द्रा हो)। यदि भाइरसले अधिक जटिल सृष्टिका कोषहरूमा बस्न पाएमा, यसले जीवित भए जस्तो गरी कार्य गर्दछ, यसले आफ्नो प्रतिलिपी बनाउन सक्दछ, र आनुवंशिक परजीवीको रूपमा निश्चित समयभर ती कोषहरुमा रहिरहन्छ।

    सामान्यतया, भाइरस र वासस्थल जीव (reservoir host) बीचको सम्बन्ध हार्दिकपूर्ण हुन्छ। वास दिने स्रोतमा भाइरस सधैं स्वागत पाइरहने पाहुना जस्तै भएर बस्छ, कुनै दुख वा समस्या उत्पन्न गर्दैन। यसो गर्दा यसले दीर्घकालीन सुरक्षा प्राप्त गर्दछ। यसको बसोबास सिमित क्षेत्रभित्र हुन्छ: तुलनात्मक रूपमा सानो जनसंख्या, सीमित भौगोलिक क्षेत्रमा मात्र बसोबास गरेको हुन्छ।

    तर यो पाहुना भाइरस सधैंभरी पाहुना भएर बस्न सक्दैन। र, पाहुना–वासदिनेबीचको सम्बन्ध सकिन सक्छ। खासगरी बासदिने जीवको कुनै अर्को कुनै जीवसँग घनिष्ट सम्बन्ध भयो भने त्यो भाइरस नयाँ जीवलाई आक्रमण गरेर, कव्जा गरेर वा एउटै गुफा वा गुँडमा बस्न पुगेर नयाँ वासदाताकहाँ पुग्छ। मानौ कि भाइरस पनि धेरै दिनको पाहुना भएर घञ्चमञ्चमा नवसी सुविधाजनक वास पाइने आशामा नयाँको खोजीमा बाहिरिन्छ।

    जसरी जहाजको छुकछुके मुसा जहाजबाट विरानो टापुमा उफ्रिन्छ। यसरी नै भाइरस अर्को वासदिने जीव (host) मा पुग्ने गर्छ। र, सो नयाँ वासमा बृद्धि वा प्रतिलिपी गर्न थाल्छ वा त्यहाँ असफल हुन्छ र नासिएर जान्छ। यदि संयोगवश नयाँ वास ज्यादै अनुकुल भएमा, र यो नयाँ वासमा बृद्धि हुन थालेमा, यसले नयाँ फेला पारेको पहिलो व्यक्तिमा मात्र नभई त्यहाँको समुदायलाई आफ्नो जन्म गाउँ बनाउन सक्दछ।

    यसले नयाँ वासदिने जीव (host) को कोषमा प्रवेश गर्नसक्ने क्षमता आफैंले पत्ता लगाउन सक्छ। यस्तो पत्ता लाउने काम, प्रशस्त प्रतिलिपि बनाएर र एक व्यक्तिबाट अरूमा संक्रमण गरेर गर्छ। यस्तो नयाँ नयाँ वासदिने जीव (host) को कोषमा प्रवेश गर्ने कामलाई होस्ट–स्विचिंग भनिन्छ वा अर्को शव्दमा भन्दा बढि भएर पोखिनु हो । यदि बढि भएर पोखिएर एक दर्जन वा दुई दर्जन व्यक्तिहरुलाई रोग गरायो भने त्यस अवस्थालाई एक प्रकोप भनिन्छ। यदि यो देशव्यापी फैलियो, महामारी भनिन्छ। विश्वभर फैलिएमा विश्व–महामारी।

    कल्पना गर्नुहोस् त, मुसा-मुक्त टापुमा मुसाहरु पुगेर चकचक गर्न थालेपछि के हुन्छ ? समुद्री किनारका बालुवामा निर्वाधरुपमा अण्डा पारिरहेका चराहरुलाई मूसाहरुले हायलकायल गराउन थाल्छन्। तिनिहरुले चराहरुका अण्डाहरू खान थाल्छन्। टापुका हुट्टिट्याउँ, रेल चरो र डटरेल चराहरु सबैको सर्वनाश गर्छ। तर मूसाहरु भने छ्यापछ्याप्ति बढ्न थाल्नेछन्।

    समयको अन्तरालमा, मुसाहरुले चट्टानहरू र रुखका टोड्काहरूमा लुकेका छेपारा र माउसुलीहरुलाई बाहिर निकाल्ने चतुर्‍याइँसमेत सिक्नेछन् र तिनीहरूलाई खान थाल्नेछन्। तिनीहरू रूख चढ्न सिपालु बन्नेछन् र चराहरूको गुँडबाट अण्डाहरू खानेछन्। अब तपाईले यस स्थलको नाम मुसे–टापू राखेपनि हुन्छ। मुसाका लागि, यो विकासक्रमको सफलताको कथा हो।

    यदि अमानव जनावरमा रहेको भाइरस भर्खरै आफ्नो उपनिवेश बनाएको मान्छेमा पाहुना लाग्यो भने अब मान्छे भाइरसका लागि मूसे टापू जस्तै बन्यो, त्यस भाइरसलाई हामी जुनोसिस भन्दछौं। अब त्यहाँ भाइरसले मूसाजस्तै चर्तिकला देखाउन थाल्छ। यस्को चर्तिकलाको परिणाम वा संक्रमण नै जुनोटिक रोग (zoonotic) हो। यसरी नै कोभिड १९ लगायत ६० प्रतिशत मानव संक्रामक रोगहरू यस जुनोसिस श्रेणीमा आइपुगेका हुन्। केहि जुनोटिक रोग ब्याक्टेरियाहरू (जस्तै बुबोनिक प्लेग ब्यासिलसको कारण) वा अन्य प्रकारका रोगजनक जीवबाट हुन्छन्, तर अधिकांश भाइरल छन्।

    भाइरसले हाम्रोविरुद्ध कुनै द्वेषभाव राखेको होइन। तिनीहरूको हामीलाई नष्ट गर्ने कुनै उद्देश्य छैन, योजना छैन। तिनीहरू मुसा वा आनुवंशिक गुण भएका कुनै पनि अन्य जीव जस्तै डार्विनका नियमहरु अनुसरण गर्दछन्। यिनीहरु चाडै र आफ्ना सन्तानहरु धेरै भन्दा धेरै फैलिउन्, डाडाकाँडा ढाकुन् भन्ने प्रयत्न गर्छन्। यिनीहरुले पनि मान्छेले भन्ने गरेको “सन्तानले डाँडाकाँडा ढाकोस्” लाई पालना गरेका हुनसक्छन्।

    मानौ कि कुनै भाइरस एशिया वा अफ्रिकाको दुर्गम स्थानको कुनै चमेरो वा वाँदर वा दक्षिणपश्चिमी अमेरिकाको मूसामा वासस्थान बनाएर रहेको छ। ती मध्ये कुनैका पाहुना वा भाइरसले मान्छेमा पुग्ने अवसर पाउँछ। तर अवसर पाउने सबैखालका भाइरसले मान्छेलाई कोरोनाभाइरस–२ ले जस्तै हायलकायल गराउँदैनन् तर केहिले कम्तिमा मानिसहरूलाई हायलकायल गराउन उचित तरिकामा जान्छन्।

    एड्सको विश्व महामारी हुँदा पनि यसरी नै भएको थियो। चिम्पान्जी भाइरस आजकाल सिआइभि–सिपिजेड भनिन्छ, त्यो कुनै एक चिम्पान्जीबाट कुनै एक मानिसमा सर्‍यो। सम्भवतः काटमार हुँदा मान्छेको रगतबाट प्रवेश भयो होला। यस्तो सम्भवतः एक शताब्दी भन्दा अघि मध्य अफ्रिकाको क्यामरूनको दक्षिणपूर्वी कुनामा भएको थियो होला र एक मानिसबाट अर्कोमा प्रसारण हुने केही दशक लागेको हुनसक्छ।

    १९६० सम्ममा भाइरस लोपोल्डभिल (अहिले कङ्गोको राजधानी किन्शासा) जस्ता ठूलठूला शहरहरूमा यात्रा गरिसकेको थियो। त्यसैक्रममा यो अमेरिकामा विस्तार भयो र १९८० को दशकको शुरुमा त यसले उधुम नै मच्चायो। आजकाल हामी यसलाई “H.I.V.-1 समूह M” भन्छौं। यही समूह नै विश्वमहामारी मच्चाउने एचआइभी भाइरसको स्ट्रेन भएको छ। हालका दिनसम्ममा यसले ६ करोडभन्दा बढिलाई संक्रमण गरिसकेकोछ।

    चिम्पान्जी लोप भइरहेको एक प्रजाति थियो। यिनीहरु मानवका करीव ९९ % डिएनए मिल्ने नजिकैका पूर्खा प्रजाति थिए। तर, मानिसहरूले मार्दा यिनीहरुको संख्या घट्दै थियो भने बन फडानीका कारण तिनीहरुको वासस्थान गुम्दै थियो। त्यसैले चिम्पान्जीलाई आफ्नो वासस्थान बनाएर बसेका सिआइभि–सिपिजेड भाइरस मानवको भित्र फड्केर आइपुग्यो र मानवलाई नयाँ वासस्थान बनायो। आखिर लोप हुँदै गइरहेको प्रजातिबाट उदयीमान प्रजाति मानवकहाँ बास बस्न आइपुग्यो। यसले पुनः डार्विनको विकासवादी सिद्धातलाई सिद्ध गर्‍यो।

    सार्स–कोरोनाभाइरस–२ ले पनि त्यस्तै गरेको छ। तर यसलै अति नै चाँडो गर्‍यो।  यसले कुन बासस्थानबाट सरेको राम्ररी थाहा नपाउँदै १० महिनायता ३ करोड भन्दा बढी मानिसहरूलाई संक्रमित गरिसकेको छ, एचआईभीद्वारा ५ दशकमा संक्रमित गरेका आधा भन्दा कम। यस धर्तिमा सबैभन्दा चाडो मानवलाई संक्रमित गर्नेमा यो भाइरस पर्दैन। जनैखटिरो लगाउने भाइरसकै एक प्रजाति एप्स्टेन-बार भाइरस भन्दा यो कति पछि छ कति। त्यो एप्स्टेन-बार भाइरस ९० % प्रतिशत मानवमा बसोवास गरेको छ। र, यो कसैकसैमा लक्षणहरु देखाउने गरी र धेरैमा लक्षण नदेखिनेगरी बास बसेको छ। तर, सार्स कोरोनाभाइरस–२ ले त मान्छेभित्र राम्ररी बस्दै–नबसी उत्पात मच्चाउन शुरू गरिरहेकोछ।

    अब दृष्टान्तका लागि एउटा भिन्न भाइरस संलग्न रहेको परिदृष्यको कल्पना गरौं। रवान्डाको पहाडि जङ्गलमा किराफट्याङ्ग्रा खाने एउटा सानो चमेरो पाइन्छ जसलाई पहाडे घोडनाले चमेरो (horseshoe bat/Rhinolophus hilli) भनिन्छ। यो चमेरो वास्तविक हो तर यसलाई विरलै देखिएको छ र यसलाई अति लोपोन्मुख जनावर भनी बर्गीकृत गरिएको छ। वास्तवमा यो चमेरो कोरोना भाइरसको भण्डार रहने आस्रय (host) हो । यसलाई आरएचआरडब्ल्यु १९ भनौं (जीवविज्ञहरुको प्रयोगका लागि छोटो रुप), किनभने यो राइनोफोलस हिलि प्रजातिभित्र (Rh), रवान्डामा (RW), २०१९ (१९) मा भेटिएको हो ।

    यो भाइरस काल्पनिक हो तर यसको सम्भावना विद्यमान छ किनभने कोरोना भाइरसहरु विश्वभर विभिन्न प्रकारका घोडनाले चमेरोमा (horseshoe bat) पाइन्छन्। RhRw19 भाइरस लोप हुने अवस्थामा पुगेको छ किनभने यसको एक्लो आस्रय यहि लोपोन्मुख चमेरो हो। यस भाइरसको जीवनको डुङ्गामा प्वाल परेको छ र पानी पुरै पसेर उ भाग्नु पर्ने स्थिति बनेको छ।

    तर त्यस्तै बखतमा आफ्नो सानो टुक्रा जमीनमा लगाएको बालीका लागि मलखादको खोजीमा रहेको एकजना रवान्डियाली किसान एउटा गुफा भित्र पस्छन् र चमेरोको बिष्टा सोहोर्छन्। यो बिष्टा पहाडे घोडनाले चमेरोको (hill´s horseshoe bat) थियो जसमा उक्त भाइरस बस्दथ्यो। बिष्टा सोहोर्दै श्वास लिने क्रममा उनी RhRw19 बाट संक्रमित हुन्छन्। उनिबाट यो संक्रमण उनका भाइमा सर्छ जो एक क्षेत्रीय अस्पतालमा स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मी हुन्। त्यो भाइरस हप्तौंसम्म त्यहाँका कर्मचारीहरु र उनीहरुका सम्पर्कमा आएका ब्यक्तिहरुमा फैलन्छ, केहीलाई विरामी बनाउछ र एकजना त मर्छन् पनि। यसैक्रममा प्राकृतिक छनोटले (natural selection) त्यो भाइरसको मानिसको श्वासप्रश्वास नलिका कोषहरुभित्र वृद्धि विकास हुने र मानवबाट मानवमा सर्ने क्षमतामा सुधार हुन्छ।

    एक जना भिजिटिङ डाक्टर संक्रमित हुन्छिन् र उनले त्यो भाइरस राजधानी किगालि पुर्‍याउछिन्। अब त्यो हवाइ अड्डा हुँदै हवाइ जहाजभरि फैलन्छ र लक्षण नदेखिएका मानिसहरु (संक्रमितहरु) किन्सासा, दोहा र लण्डन जान जहाज चढ्छन्। अब तपाईं यस परिस्कृत भाइरसलाई नयाँ नामाकरण: SARS-CoV-3 गर्नसक्नु हुन्छ। हुन त  त्यो भनिएको घोडनाले चमेरोमा बसेको हुनसक्ने भाइरसले यसरी सफलता पाइसकेको छैन तर के बेर सजिलै घटित हुनसक्छ।

    कोरोना भाइरस अत्यन्तै खतरनाक भाइरस समूह हो। जर्नल सेल नामक जर्नलले हालसालै विश्वमहामारी रोगहरु र कसरी कोभिड-१९ हामीमाथि आइलाग्यो’ भन्ने विषयमा एक लेख प्रकाशित गरेकोछ। यो लेख डाक्टर ड्याभिड एम मोरेन्स नामका वैज्ञानिकले लेखेका हुन् र यसका एक सहलेखक डा. फाउची हुन्।

    उक्त लेख भन्छ, अन्य कुराहरुका साथै विभिन्न स्तनपायीहरुमा पाइने कोरोना भाइरसहरु, ” मानव संक्रामकतामा पहिले देखि नै रत्तिएका हुनसक्छन्”। केवल चमेरोमा मात्र नभएर – शालक, मझौला नीर बिरालो, बिरालो, मह खाने बिरालो/ मलसाप्रो, एक प्रकारको लोखर्के, नजाने अरु के के बस्तुमा मानव कोषमा कोरोना भाइरसहरु झुन्डिन सक्ने भाइरल अंकुसहरु जस्तै अंकुसहरु प्रति आकृष्ट हुने कोषहरु विद्यमान हुन्छन्। ती भण्डार होस्टहरुमा रहेर तिनले हामीलाई संक्रमित बनाउने भाइरस तयार गरिरहेका हुनसक्छन्।

    सार्स-कोभ-१९को चिनिएको नजिकको नातेदार वुहान इन्स्टिट्युट अफ भाइरोलोजीका डा. झेङली शिह् को नेतृत्वमा रहेको टोलिले ७ बर्ष अगाडि युनानको एउटा खानिको सुरुङमा बस्ने चमेरोमा पत्ता लगाएको थियो। त्यस भाइरसले RaTG13 भन्ने छद्म नाम पाएको छ। यो भाइरस ९६%सार्स–कोरोनाभाइरस–२ सँग मिल्दोजुल्दो छ तर यही ४% को भिन्नताले संभवत भिन्दै चमेराको समुहमा दशकौंको सम्मको भिन्न विकाशक्रमको (evolutionary divergence) अवस्थालाई दर्शाउँछ। अर्को शब्दमा RaTG13 र हाम्रो अध: पतनको जिम्मेवार किरो (भाइरस) भिन्दा भिन्दै शहरमा आफ्नो वयस्क जीवन बिताएका काका बडाबाउका छोराछोरी जस्तै हुन्।

    यी दशकौं भित्र के कस्ता विकाक्रमका भिन्नताहरु भए जसले अझै अन्वेषण नभएको चमेरे कोरोनाभाइरस मानव जीवनमा फैलन र सार्स–कोरोनाभाइरस–२ रुपान्तरित हुन सक्षम भयो? अहिलेसम्म थाहा छैन। चिनका वैज्ञानिकहरु त्यो नजिकबाट मिल्दो भाइरस खोजीरहनेछन्। अहिलेसम्म प्राप्त तथ्यहरु मिश्रित र अपूर्ण छन् र कोरोना भाइरसमा निहित विकाशक्रमको छल (evolutionary trick) पुनसंयोजन (recombination) का कारण थप जटिल बनेको छ।

    यसको अर्थ जब कोरोना भाइरसका दुईवटा स्ट्रेनले (strains) एउटै जनावरलाई संक्रमित बनाउछन् तब तिनीले केही खण्डहरु साटफेर गर्न सक्छन् र एउटा सिङ्गो भएर निस्कन सक्छ, सम्भवत (सुदुर सम्भावना) दुवै स्ट्रेनका सबैभन्दा आक्रामक र अनुकुलन हुनसक्ने खण्डहरु मिलेका हुनसक्छन्। सार्स–कोरोनाभाइरस–२ पनि अन्य जङ्गली भाइरसमा जीवित रहेका अवयवहरु काकतालि वा प्राकृतिक छनोटद्वारा मिलेर बनेको यस्तै गठजोड हुनसक्छ र गैह्रमानव वासस्थान (host) बाट खास प्रकारका मानव कोषलाई पक्रन, भित्र पस्न र फैलन सक्ने अझ बलियो शक्ति लिएर निस्किएका हुन सक्छन्।

    हाम्रा लागि दुर्भाग्य हो।  हामी होमो स्यापिन्सलाई खुशी पार्न विकाशक्रममा (इभोल्युसनमा) धाँधली हुँदैन।

    सार्स–कोरोनाभाइरस–२ ले आफ्नो रैथाने वासस्थानबाट निस्किएर मानिसमा फैलदै आफ्नो करियरमा ठुलै छलाङ मारेको छ। यसले डार्बिनका तीनवटा कथनमध्ये दुई कथन पुरा गरिसकेको छ: आफुलाई प्रचुर मात्रामा फैलाउनु र आफ्नो फैलावटको भौगोलिक क्षेत्र विस्तार गर्नु। अब तेस्रो कथनको चुनौतिमात्र बाँकी छ: आफुलाई समय सिमा बाहिर फैलाउनु।

    अब यो मानव भाइरस बनिसकेपछि के हामी यसबाट पुर्णरुपमा मुक्त हुन सक्छौं? सम्भवत सक्दैनौं। के हामी यो कोभिड-१९ को आपतकालको हाहाकारबाट मुक्त हुन सक्छौं? सक्छौं।

    डा. मोरेनले हालसालै कोरोना भाइरस कसरी हामीमाथि आइलाग्यो भन्ने बिषयको अनुसन्धान सम्बन्धी अर्को एउटा लेखमा सहलेखन गरेका छन्। त्यसमा उनी र उनका सहकर्मीहरुले ३३ वर्षको उमेरमा सन् १९५८ का नोवल पुरस्कार विजेता प्रख्यात मोलिक्युलर बायोलोजिस्ट जोसुवा लेडेरबर्गको समर्थन गरेका छन्, जसले पछि गएर: “मानवता र जिवाणुहरुको भविष्य  जासुसी उपन्यासका पात्रहरु जस्तै गरि पर्दाफास हुनेछन् जसलाई “हाम्रा चलाखी विरुद्ध तिनीहरुका वंशाणु” भनी नामाकरण गर्न सकिने छ।

    डा. मोरेनले सहि लक्ष्य साँधेका छन् र डा ल्याडेरबर्ग सहि थिए। भाइरसहरु द्रुत गतिमा प्रभावकारी रुपमा विकसित हुन सक्छन् तर मानव जाति पनि कहिलेकाहीँ चलाख हुनसक्छन्।

    भावानुवादः दामोदर उपाध्याय। सेप्टेम्बर १९, २०२० मा  spotac.com  बाट प्रसारित।

    टीप्पणी

    #ओडिपस: ओडिपस ग्रिक मिथकका एक पात्र हुन्। उनी थेब्स राज्यका राजा लाइयसका रानी जोकास्टाका छोरा थिए। उनले आफ्ना पिताको हत्या गर्ने र आफ्नै आमासँग विवाह गर्ने भविष्यवाणी हुन्छ। यसबाट वच्न राजाले नाबालकलाई जङ्गल लगेर मार्ने आदेश दिन्छन्। सिपाहिले बाल हत्या गर्न सक्दैनन् बालकलाई जङ्गलमा छोडेर आउछन्  र  एक गोठालाले भेट्छ। उसले बालक अर्को राज्यका निसन्तान राजारानीलाई दिन्छ। राजारानी उसलाई आफ्नै सन्तान मानेर पाल्छन्। ठूलो भएपछि उसले भविष्यवाणीबारे थाहा पाउँछ। तब उसले आफुलाई पाल्ने राजारानीलाई बाबुआमा ठानेर बाबू मार्नु पर्ने पिरले देश छाड्छन्। विभिन्न घटना र उतारचढाव पछि उसको हातबाट राजा लाइयसको हत्या हुन्छ र उनले रानी जोकाष्टासँग विवाह गर्छन्। उनीहरुका चार सन्तान हुन्छन्। कालान्तरमा उनीहरु सामु सत्य उद्घाटित हुन्छ। रानी जोकास्टाले विरक्तिएर झुन्डिएर आत्महत्या गर्छिन्। यसपछि कथाका विभिन्न संस्करण पाइन्छन्। यस्तै एक संस्करण अनुसार ओडिपसले रानीका बस्त्रमा उनिएका सुइरा निकालेर आफ्ना आँखा फोर्छन्।

    *आगामेम्नन्: आगामेम्नन माइसेन राज्यका राजकुमार थिए। उनका भाइ मेनेलाउस थिए। मेनेलाउसको विवाह हेलेनसँग भएको हुन्छ। जब पेरिसले हेलेनको अपहरण गरेर ट्रोय पुर्‍याउँछन्, तब आगामेमेननले सारा ग्रिक राज्य अरुका सेना भेला पारी ट्रोय विरुद्ध युद्ध छेड्छन्। धेरै लामो युद्ध हुन्छ र अन्तत: युद्धमा विजय पश्चात् जब आगामेम्नन् आफ्नो देश फर्किन्छन् तब उनी आफ्नी श्रीमती क्लेटेम्नेस्ट्राका प्रेमीका हातबाट मारिन्छन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      ड्याभिड क्यूम्मान

      ड्याभिड क्यूम्मान

      लेखक David Quammen  प्रख्यात लेखक तथा पत्रकार हुन्। उनको  "Spillover: Animal Infections and the Next Human Pandemic"  नामक पुस्तक विख्यात छ।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.