Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सन् १९१८ मा यसरी गरिएको थियो स्पेनिश फ्लू महामारी नियन्त्रणको पहल

सहयोगीबाट सहयोगीबाट
जेष्ठ ३०, २०७८
- इतिहास, समाज
A A
0
स्पेनिश फ्लूको महामारी चलेका बेला मास्क लगाएकी महिला

स्पेनिश फ्लूको महामारी चलेका बेला मास्क लगाएकी महिला

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्वव्यापी रूपमा कम्तीमा ५ करोड मानिसको ज्यान लिएको सन् १९१८को स्पेनिश फ्लू र र कोरोना भाइरसबीच धेरै समानता खोज्नु उचित नहुन सक्छ। कोभिड-१९ पूर्ण रूपमा नयाँ रोग हो जसले असमानुपातिक रूपमा वृद्धहरूलाई असर पारिरहेको बताइन्छ भने नयाँ भेरियण्टको कोरोना भाइरसले जुनसुकै उमेरका मानिसहरूमा असर पारिरहेको छ ।

    स्पेनिश फ्लूले बलियो प्रतिरक्षा प्रणाली भएका २० देखि ३० वर्षका मानिसहरूलाई बढी असर पारेको थियो।तर विभिन्न देशका सरकार र सर्वसाधारणहरूले सङ्क्रमण नफैलियोस् भनेर चालेका कदम भने समान देखिन्छन्। पब्लिक हेल्थ इङ्ल्याण्डले कोरोनाभाइरस सङ्क्रमणका विषयमा प्रारम्भिक आपत्‌कालीन योजना बनाउनका लागि स्पेनिश फ्लू प्रकोपको अध्ययन गरेको थियो जसको मुख्य निचोड सन् १९१८ को शरद ऋतुमा देखिएको सङ्क्रमणको दोस्रो लहर पहिलोभन्दा निकै धेरै घातक देखिएको थियो।

    सन् १९१८ को मे महिनामा भाइरसका कारण पहिलो मृत्यु हुँदै गर्दा यूके अझै युद्धमा होमिइरहेको थियो। उक्त सङ्क्रमणसँग लड्न अन्य देशका सरकार जस्तै युके पनि तयार अवस्थामा थिएन।रोयल सोसाइटी अफ मेडिसिनका लागि सर आर्थर निउजहोमले सन् १९१९ मा तयार पारेको प्रतिवेदनका अनुसार स्पेनिश फ्लू सैन्य टुकडीहरूको ओसारपसारदेखि हतियार कारखाना र भिडभाडयुक्त बस अनि रेल जस्ता स्थानहरूमा डढेलो लागे झैँ फैलिन थाल्यो।

    सन् १९१८ को जुलाई महिनामा उनले बिरामी भएको भए सर्वसाधारणहरूलाई घर बाहिर ननिस्कन र भिडभाड भएका स्थानमा नजान भन्दै ‘सार्वजनिक प्रयोगका लागि लेखेको ज्ञापन पत्र’ सरकारले बेवास्ता गरेको थियो। ती नियमको पालना गरिएको भए धेरैको ज्यान जोगिन सक्ने बताउँदै आर्थर थप्छन्स् ‘कहिलेकाहीँ यस्ता किसिमका राष्ट्रिय परिस्थिति हुन्छन् जति बेला स्वास्थ्य र जीवनको जोखिम हुँदा समेत प्रमुख दायित्व ‘अघि बढ्नु’ नै रहन्छ।’

    सन् १९१८ मा इन्फ्लुएन्जाको उपचार थिएन। निमोनिया जस्तो रोग निको पार्न एन्टिबायोटिक पनि थिएन। अस्पतालहरू छिट्टै भरिन्थे।कैयौँ नाटक घर, चलचित्र र नृत्य देखाइने हल अनि गिर्जाघरहरू बन्द गरिए पनि सङ्क्रमण नफैलियोस् भनेर केन्द्रीकृत रूपमा लकडाउन लागु गरिएको थिएन।युद्धकालीन समयका कारण पहिले नै खुला रहने समय तोकिएका पबहरू प्रायस्जसो खुलै थिए। ठूला फुटबल प्रतियोगिताहरू युद्धकै कारण रद्द गरिएको भए पनि क्षेत्रीय स्तरमा हुने त्यस्ता प्रतियोगिताहरू भने रद्द गरिएको थिएन।

    त्यस्ता कार्यक्रमहरूमा व्यापक भिडभाड हुने गर्थ्यो र त्यो महामारीको अवधिभरि चलेको थियो। केही सहरहरूमा निस्सङ्क्रमण गर्ने ‘स्प्रे’ छरिएको थियो भने केहीले जीवाणुबाट बच्नका लागि मास्कको प्रयोग गर्न गर्थे।जनस्वास्थ्यसम्बन्धी सूचना अलमल पार्ने किसिमका थिए र अहिले जस्तै मिथ्या समाचार अनि षड्यन्त्रका सिद्धान्त पनि प्रशस्त थिए।

    केही कारखानाहरूमा सङ्क्रमणबाट बच्न सहयोगी हुने बुझाइका कारण चुरोट पिउनमा रोक लगाइएको थिएन। प्रचारका लागि गरिएका अभियानहरूमा उक्त रोग खोक्दा वा हाच्छिउँ गर्दा फैलने बताइएको थियो।सन् १९१८को नोभेम्बर महिनामा न्यूज अफ द वर्ल्डले आफ्ना पाठकहरूलाई यस्तो सुझाव दिएको थियोस् ‘प्रत्येक साँझ र बिहान नाकभित्र साबुन पानीले सफा गर्न’। साँझ बिहान हाच्चिँउ गर्नू अनि गहिरो सास लिनू। गलबन्दी नलगाउनू। हिँडेरै काममा जानू अनि प्रशस्त ‘परिजु खानू।’

    सन् १९१८ को महामारीको प्रभाव नपरेको कुनै पनि देश थिएन। त्यसको प्रभाव र त्यसबाट बच्ने सरकारी प्रयास भने देश अनुसार फरक थियो।अमेरिकाका केही राज्यमा क्वारन्टीनको व्यवस्था गरिएको थियो जसको नतिजा मिश्रित थियो। अन्य केहीले मास्कको प्रयोग अनिवार्य बनाएका थिए।

    सिनेमा घर, नाटक घरसहित मनोरञ्जनका लागि प्रयोगमा ल्याइएका अन्य स्थानहरू देशभरि बन्द गरिएका थिए।पछिल्लो २० वर्षदेखि क्षयरोग विरुद्ध अभियान चलाइरहेको न्यूयोर्क अन्य राज्यका तुलनामा बढी तयार देखिएको थियो। फलस्वरूप त्यहाँ मृत्यु हुनेहरूको दर कम थियो।त्यसै कारण उक्त राज्यका स्वास्थ्यसम्बन्धी मामिला हेर्ने आयुक्त मनोरञ्जनका लागि प्रयोग गरिने चलचित्र घरसहित अन्य स्थान खुला राख्न दबावमा परे।

     

    अहिले जस्तै त्यस बेला पनि स्वच्छ हावालाई सङ्क्रमण फैलन नदिन सम्भावित उपायका रूपमा हेरिएको थियो र त्यसैका आधारमा केही सरल उपायहरू अपनाइएका थिए।तर अमेरिकाका अधिकांश सहरहरूमा ठूला भिडभाड रोक्न भने असम्भव जस्तै देखियो। त्यस्तो अवस्था सबैभन्दा बढी धार्मिक स्थलहरूमा देखिन्थ्योउक्त महामारीको अन्त सम्ममा ब्रिटेनमा ज्यान गुमाउनेहरूको सङ्ख्या २२८,००० पुगेको थियो र जनसङ्ख्याको एक चौथाइ सङ्क्रमित भएको आशङ्का गरिएको थियो।

    इन्फ्लुएन्जाबाट बच्न कपडाको मास्क लगाएका महिलाहरू ।
    टेलिफोन अपरेटर ।
    लन्डनमा एउटा बस निसङ्क्रमित पारिदैँ ।
    सङ्क्रमणबाट बच्न सावधानी अपनाइन्थ्यो ।
    सन् १९१८ मा रक्षासम्बन्धी निकायमा कार्यरत महिलाहरू स्वच्छ हावाले उक्त भाइरसबाट सङ्क्रमित हुने सम्भावना कम रहन्छ भनेर हरेक दिन बिहान र साँझ १५ मिनेट हिँडडुल गर्ने गर्थे ।
    सन् १९१८मा खुला स्थानमा अदालतको कारबाही ।
    सन् १९१८मा न्यूयोर्कमा मास्क लगाएर बाटा घाटा सफाइ गर्दै एक व्यक्ति ।
    स्पेनिश फ्लूको महामारी चलेका बेला मास्क लगाएकी महिला
    स्यान फ्रान्सिस्कोमा महामारीका बेला प्रार्थनामा सहभागी भिड ।

    सन्दर्भ सामाग्री
    बीबीसी
    गेटी इमेज

    – ओल्ड फोटोज् अफ नेपाल डटकमबाट साभार ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      लोकसंस्कृति र मादीका विशिष्टता

      लोकसंस्कृति र मादीका विशिष्टता

      झलक सुवेदी
      बैशाख ७, २०८१

      विषय प्रवेश/परिभाषा मान्छे आफ्ना इच्छाहरूभन्दा स्वतन्त्र रहेका उपलब्ध भौतिक साधनहरूको प्रयोग गर्दै उत्पादन कार्यमा संलग्न हुन्छ, परिभाषित पद्धतिमा आबद्ध भएर...

      ओझेल परेको समताको जलवायु न्याय

      ओझेल परेको समताको जलवायु न्याय

      डा. विमल रेग्मी
      चैत्र २५, २०८०

      जलवायु परिवर्तनको त्रासदीबाट विश्वलाई जोगाउन भनी अधिकांश राष्ट्रहरूले सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिलाई पारित गरेका थिए। तर २०२३...

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल

      नेपाल रिडर्स
      चैत्र २२, २०८०

      प्रविधिले सँस्कृति, सँस्कृतिले पहिचानलाई गतिशील बनाइरहन्छन्: डा. सुरेश ढकाल https://youtu.be/itG0btnpZUo

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      बसाइँ सराइ र तराईमा भूमि सम्बन्धी द्वन्द्व

      झलक सुवेदी
      चैत्र १२, २०८०

      विद्यमान उत्पादन पद्धतिमा भूमिको प्राकृतिक क्षमताको पूर्ण उपयोग भइसकेको छ। त्यही भएर पनि के कुरा अनौठो होइन भने सार्वजनिक भूमिको...

      संघीयता: राम्रो संविधान कमजोर अभ्यास – सोमत घिमिरे

      संघीयता: राम्रो संविधान कमजोर अभ्यास – सोमत घिमिरे

      नेपाल रिडर्स
      चैत्र ७, २०८०

      संघीयता: राम्रो संविधान कमजोर अभ्यास  । https://youtu.be/e5v4ojFnfQ0

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.