Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनियाँ कम्युनिष्ट पार्टीले लडेका ३ युद्ध

चीनियाँ साम्यवादमा राष्ट्र र वर्गको सम्बन्ध सधैँ असहज खालको रहेको थियो। देशलाई साम्राज्यवादबाट मुक्त गर्ने संघर्षका दौरान यी दुई विषय उस्तै–उस्तै जस्तो लाग्थ्यो। साम्राज्यवादबाट देशलाई मुक्त पार्ने क्रममा एकै ठाउँमा यी दुई विषय मिसिएका थिए। तर सांस्कृतिक क्रान्तिका दौरान वर्ग संघर्षको विषय हावी भयो। तर, माओको मृत्युपछि देङले कमाण्ड समालेपछि उनले १९७० को दशकको अन्त्यमा चीनको प्राथमिकता मूख्य रूपमा ‘राष्ट्रिय एकजुटता’ तर्फ मोडियो। र, चीनले ‘राष्ट्रिय आधुनिकीकरण’ लाई आफ्नो नयाँ उद्देश्यका रूपमा घोषणा गर्‍यो।

वाल्डेन बेल्लो वाल्डेन बेल्लो
असार २७, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यही जुन १ मा चीनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० वर्ष पूरा भएको छ। चीनियाँ कम्युनिष्ट पार्टी हाम्रो समयका महत्वपूर्ण संस्थाहरूमध्ये एक हो। यस शताब्दिको मूल्यांकन गर्दा मेरो दिमागमा आएको पहिलो कुरा होः वर्तमानले अतीतको अर्थ/महत्ता बदलिदिन्छ। यदि सन् १९९१ मा भएको सोभियत संघको विघटन नभएको भए म दाबीका साथ भन्न सक्थें कि सन् १९१७ को रुसी क्रान्ति नै २० औँ शताब्दिको सबैभन्दा महत्वपूर्ण घटना हो।

    इतिहासका अनेकौँ असफल प्रयोगप्रति कट्टर असहिष्णुताका कारण पनि चीनियाँ क्रान्ति पछिल्लो शताब्दीको सबैभन्दा महत्वपूर्ण घटनाको रूपमा उदाएको छ। विश्व पूँजी सञ्चयको केन्द्रको रूपमा चीनको उदय यसै घटनाको विरोधाभाषपूर्ण परिणाम पनि हो। जसले यस शताब्दिकै सबैभन्दा महत्वपूर्ण विकासको दाबी गर्छ।

    राष्ट्रिय स्वतन्त्रतादेखि सांस्कृतिक क्रान्तिसम्म

    पहिलो अफिम युद्ध (१८३९–१८४२)मा भएको हारपछि लामो समय लज्जित बन्न पुगेको चीन सन् १९४९ को सफलतासँगै अफिम युद्धको लज्जालाई समेत ढाक्न सफल भयो। अफिम युद्धको हारका कारण उसले हङकङलाई ब्रिटिश शासक समक्ष सुम्पनुपरेको थियो।
    सफल हुँदै गरेका दशकहरूमा चिनियाँ शाही शासन ढलेको थियो। साथमा चीन गहिरो सामाजिक तथा आध्यात्मिक संकटमा फस्यो। चीन एउटा भ्रष्ट तथा कमजोर राष्ट्रवादी सरकार र माओ जेदोङले नेतृत्व गरेको एउटा कट्टर क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच भिषण गृहयुद्धबाट गुज्रिनु पर्‍यो।

    अरु देशहरूले सन् १९४९ पछिको एकत्रीकरण/परिवर्तनलाई महशुस गरे होलान्, तर चीनले गर्न पाएन। एक गतिशील क्रान्तिकारी नेता, माओले सन् १९५८ देखि १९६२ सम्म देशमा ‘ग्रेट लिप फरवार्ड’ (महान छलाङ) प्रयोग गरे तर यो विनकासकारी भयो। र, त्यसको छोटो विश्रामपछि उनले चीनलाई दशक लामो ‘सांस्कृतिक क्रान्ति’ मा पुर्या‍ए। जसले युवाहरूलाई आफ्ना पुराना पुस्ता र सबै प्राचिन तथा परम्परागत मान्यता/वस्तुसँग युद्धको घोषणा गर्न आह्वान गर्‍यो। माओले ‘हेडक्वार्टरहरुमा बमबारी गर्नुपर्छ’ भन्दै युवाहरूलाई उक्साए। जबकि पार्टी अन्तर्गतकै पिपुल्स लिबरेसन आर्मीले द्वन्द्वलाई नियन्त्रणमा राख्यो, किनकि ‘द्वन्द’ यसकै घेराभित्र सिर्जना गरिएको थियो।

    सन् १९७० को सुरुवातसम्म चीन कमजोर/थकित अवस्थामा थियो। अथवा, यसलाई मिलाएर यसो पनि भन्न सकिन्छ, माओले चीनलाई थकित बनाइदिएका थिए। चीनको पूर्वी सीमाहरू जापान, कोरिया र ताइवानमा कथित ‘एशियन चमत्कार’ भइरहेको थियो। तर रोडेरिक म्याकफारकुहर र माइकल स्कुनहलस्‌ले सन् २००९ मा व्याख्या गरे झैँ ‘चीन अहिले आफैँ फैलिएको छ, यस समय आफ्नै हातबाट फैलिएको छ, विदेशी आक्रमण वा परम्परागत गृहयुद्धहरूका कारण होइन।’

    माओले ‘हेडक्वार्टरमा गरेको बमबारी’मा जोगिएका देङ सिआओपिङ तथा अन्यहरूका लागि एउटा स्पष्ट सन्देश छ, जसरी म्याकफार्कुहरले सन् २०१० मा लेखेका छन्,

    “गुमाएको समयको क्षतिपूर्ति भर्न र सीसीपी शासनलाई वैध बनाउनका उनीहरूले तीव्र आर्थिक विकासको नीति सुरु गर्नुपर्थ्यो। उनीहरूले सन् १९२० को दशकमा सीसीपीमा जोडिँदा देखेको बलियो र समृद्ध राष्ट्र निर्माणका लागि, माओवादीको ‘आदर्श लोक’को काल्पनिकतालाई छोड्नुपर्‍थ्यो। अन्यथा सीसीपी स्वयं धेरै समय टिक्न सक्ने थिएन। त्यसैले ‘अभ्यास’ जरुरी छ, कुनै मार्क्सवादी–लेनिनवादी आदर्श र माओ जेदोङको विचार होइन– नै सत्यको एकमात्र मापदण्ड बन्यो। यदि यसले काम गर्‍यो भने काम सम्पन्न हुनेछ।’

    चीनियाँ साम्यवादमा राष्ट्र र वर्गको सम्बन्ध सधैँ असहज खालको रहेको थियो। देशलाई साम्राज्यवादबाट मुक्त गर्ने संघर्षका दौरान यी दुई विषय उस्तै–उस्तै जस्तो लाग्थ्यो। साम्राज्यवादबाट देशलाई मुक्त पार्ने क्रममा एकै ठाउँमा यी दुई विषय मिसिएका थिए। तर सांस्कृतिक क्रान्तिका दौरान वर्ग संघर्षको विषय हावी भयो। तर, माओको मृत्युपछि देङले कमाण्ड समालेपछि उनले १९७० को दशकको अन्त्यमा चीनको प्राथमिकता मूख्य रूपमा ‘राष्ट्रिय एकीकरण’ तर्फ मोडियो। र, चीनले ‘राष्ट्रिय आधुनिकीकरण’ लाई आफ्नो नयाँ उद्देश्यका रूपमा घोषणा गर्‍यो।

    आर्थिक वृद्धिको माध्यमबाट साझा समृद्धि तर्फ

    व्यक्तिलाई सहकारी उद्यममा मर्ज गरेर तीव्र आर्थिक वृद्धिको माध्यमबाट साझा समृद्धि तर्फ लैजाने सामूहिक उद्देश्य प्राप्त गर्न सकिँदैन थियो। बरु प्रतिश्पर्धाको गुप्त भावनालाई सक्रिय पारेर प्राप्त गर्नु थियो। यो तरिकाबाट प्रतिश्पर्धीहरूअलग हुनेछन् र प्रतिश्पर्धा तीव्र हुने छ भन्ने मान्यता राखिन्थ्यो।

    आम रूपमा विश्वास गरेअनुसार देङले भनेका थिएनन्, ‘धनी हुनु यशस्वी होइन।’ यद्यपि उनले नयाँ दृष्टिकोण व्यक्त गरेका हुनसक्थे। सिधै भन्दा, देङको भनाई एडम स्मिथको परम्परामा आधारित थियो। एडम स्मिथले विरोधाभासी रूपबाट, व्यक्तिगत प्रतिश्पर्धाबाटै साझा हित हुने बताएका थिए। यद्यपि एडम स्मिथको मान्यता र देंगले गरेको प्रयोगमा प्रष्ट भिन्नता थियो।

    स्मिथले न्युनतम रूपमा भनेका थिए, ‘प्रतिश्पर्धालाई मौलाउन दिन र व्यक्तिहरूको साझा हित हासिल गर्नका लागि राज्य ‘ सामान्य चौकिदार’ जस्तो बन्नु सबैभन्दा राम्रो हुन्छ। तर देङ र सीसीपीले ‘सांस्कृतिक क्रान्तिताक भएको जस्तै पिपुल्स लिबरेसन आर्मीजस्तो शक्तिसाली सेना भएको शक्तिसाली राष्ट्रले जसरी काम गरेको थियो, आम मान्छेको हितका लागि त्यस्तै सत्ता चाहिन्छ’ भने। उनीहरूको धारणा थियो कि प्रतिस्पर्धाको विषयले भ्रष्टाचार जन्माउँछ। हिस्रक पश्चिमा पूँजिवादी समाजको वर्चस्व रहेको समाजमा सांस्कृतिक क्रान्तिताक बलियो सेनासहित उभिएको चीनजस्तै समाज चाहिन्छ भन्ने देङ र सिसिपीको ठहर थियो।

    यस्तो ठहरले सन् १९२१ मा कम्युनिष्ट पार्टी स्थापना भएयता चीनको तेस्रो क्रान्तिको स्वरूपलाई नै बदलिदियोः चीनको अद्भुत र तिब्र पूँजिवादी रूपान्तरण। माओको समाजवादी क्रान्ति कमजोर हुँदै गएको थियो, तर उनले बनाएको राज्यकै कारण पूँजीवादी क्रान्ति सफल हुनगयो।

    त्यस राज्यका लागि माओका उत्तराधिकारी देंगलाई आत्मघाती सम्झौता गर्न पनि उकासियो। त्यस सम्झौताअनुसार देशको तिब्र विकासको बदलामा सीसीपीले अमेरिकी बहुराष्ट्रिय कम्पनीले देशको श्रम शक्तिको अत्याधिक शोषण गर्न पाउने विषय समेत थियो। यद्यपि, त्यस शक्तिशाली राज्यले त्यस सम्झौताबाट प्राप्त गरेको शक्ति ट्रान्सनेसनल कर्पोरेसनहरूको पक्षमा होइन, आखिर चीनकै पक्षमा हुनेगरी व्यवस्था मिलाएको थियो। र, त्यो राज्य (चीन)आफ्नो क्रान्तिकारी मूल चरित्रका कारण जापान र दक्षिण कोरियाजस्ता ‘विकासात्मक राज्य’को कथा हालिएका देशहरूभन्दा धेरै शक्तिशाली थियो। चीनले एसियामा चमत्कारिक अर्थव्यवस्था जन्माएको थियो।

    ४० वर्षको अवधिमा देङ र उनका उत्तराधिकारीहरूले पश्चिमी पूँजीवादको भन्दा राम्रो उपलब्धि हासिल गरेका छन्। तर त्यसको मूल्य पनि यसले चुकाएको छ, त्यस्तो मूल्य सामान्य मात्रै छैनन्। अमेरिकाकै बराबरी यहाँ पनि आय असमानता हुँदैछ। वातावरणीय विनास व्यापक छ। पश्चिमी चीनलाई तटीय चीनले पछाडि पारेको अवस्था छ। लैंगिक समानताले गति लिएको छैन। राज्यको स्थिरताको नाममा प्रजातान्त्रिक अधिकारहरू बेवास्ता गरिएका छन्।

    आज चीन विश्वव्यापी पूँजी संचयको केन्द्र बनेको छ। अन्तर्र्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०१३ देखि २०१८ सम्मको पाँच वर्षभित्र विश्व अर्थतन्त्रमा चीनको सबै प्रकारको वृद्धिको हिस्सा २८ प्रतिशत छ, जुन अमेरिकाको भन्दा दोब्बर हो। विश्व बैंकका अनुसार यस प्रक्रियामा ८० करोड भन्दा बढी मानिस गरिबीको रेखाभन्दा माथि उठेका छन्। यता, बेइजिङले आफ्नो ‘निरपेक्ष गरिबी’लाई समाप्त गरिसकेको दाबी गरेको छ तर यसलाई भने शंकाको दृष्टिले हेरिन्छ।

    यति हुँदाहुँदै पनि चीनमा तलैदेखि व्यापक विरोधका स्वरहरु उठिरहेका छन्। प्रायः यसलाई दबाइनुको सट्टा सामना गरिन्छ। राज्यका विरुद्ध इन्टरनेटका माध्यमबाट व्यापक रुपमा आवाज पनि उठ्ने गरेको छ। तर सीसीपीविरुद्ध कुनै प्रणालीगत चुनौती भने छैन। यहाँ दमनको डर एउटा कारक हुनसक्छ। तर त्यो भन्दा पनि अधिक महत्वपूर्ण कुरा यो एउटा सांसारिक घटना हो।

    दमनको त्रास पनि यहाँ एउटा कारण हुनसक्छ। तर अझै महत्वपूर्ण कारक तत्वचाहिँ धरातलीय फेनोमेना हुनसक्छ। एक पश्चिमा अर्थशास्त्रीले उल्लेख गरेझैँ, ‘विगत तीन दशकको धेरैजसो समय, प्रायः सबै डुंगा (प्रोभिन्स) हरू तैरिरहेका (विकास भइरहेका) छन्। र, प्रायः सबै मान्छेहरूले आफूभन्दा माथि तैरिएका डुंगाभन्दा आफ्नो डुंगाको नै ख्याल गर्ने गरेका छन्। छोटोमा भन्नुपर्दा, ‘मान्छेहरूले सुधारको प्रारम्भिक दिनहरूमा देङ स्यायो पेङले अगिंकार गरेको सिद्धान्तलाई स्विकारेका पनि हुनसक्छन्।’

    चीन एउटा मोडल हो?

    सन् १९३० को दशकमा नयाँ सोभियत संघको भ्रमणपछि अमेरिकी पत्रकार लिनकोल्न् स्टेफन्स्ले लेखेका छन्, ‘मैले भविष्य देखेको छु र यसले काम गर्छ।’ त्यसैगरी, चीनको आश्चर्यजनक सफलताले चीनबाहिरका मानिसलाई मोहित पारेको छ। ती मन्त्रमुग्ध भएकामध्ये एक हुन्, कोलम्बिया विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक जेफ्री स्याच।

    आफ्नो शुरुवाती दिनदेखि नै ‘स्वतन्त्र बजार’ (वास्तविक अर्थमा नवउदारवाद) सम्बन्धी वासिङ्टन सहमति (१९८०–१९९०) को ‘च्याम्पियन’ मानिएका स्याचले अन्ततः आफूलाई त्यसको ठीक विपरित धारमा बदले। संयुक्त राष्ट्रसंंघका अधिकारीहरूसँग केही समय पहिलेको कुराकानीमा स्याचले दाबी गरेका छन्, ‘छोटो समयमा नै समुदाय र राष्ट्रको हित हुनेगरी कसरी रुपान्तरण सम्भव छ भन्नेबारे चीनले बाटो देखाएको छ।’

    स्याचलाई उनका केही सहकर्मीहरूले सि जिन पिङलाई गाइड गरेको आरोप पनि लगाउँदै आएका छन्।

    जबकि उनी स्वतन्त्र र प्रगतिशील पश्चिमी अर्थशास्त्रीहरूको समूह मै पर्छन्, र स्याचसँग अब अमेरिकामाथि कुनै अपेक्षा छैन। किनकि नवउदारवादी नीतिले अमेरिकाको अर्थतन्त्रलाई बर्बाद पारेको छ। यस नीतिले गैरऔद्योगीकरण बढाएको छ। अनियन्त्रित वित्तिय आँकलन बढवालाई दिएको छ र अधिक असमानताका कारण (यहाँको ५० प्रतिशत जनसंख्याको पहुँच १२ प्रतिशत सम्पत्तिमा मात्र छ) यसले ग्लोबल साउथ (अल्पविकसित देशहरू) सँग दिनका लागि धेरै कुरा छन्। अर्कोतर्फ, चीन नयाँ उत्तरी ताराको रूपमा उदाएको छ।

    रणनीतिका हकमा चीन वैश्विक नेतृत्व दिनका लागि सबैभन्दा सक्षम देश बन्न सक्छ। चीनको रणनीतिलाई स्याचले ‘दिगो विकास’ भनेका छन्। तर चीनले न स्याचको ‘दिगो विकास’ लाई अँगालेको छ, न त यसले नवउदारवादलाई नै।

    जब चीनले विश्वलाई के दिन्छ भन्ने कुरा आउँछ, तब बेइजिङ भन्छ कि उ अन्य देशका लागि कुनै मोडल पेश गर्न गइरहेको छैन। बरु चीन देङ सिआओपिङको ‘चीनियाँ विशेषतासहितको समाजवाद’ लाई एक राज्य निर्देशित आर्थिक व्यवस्था हो भन्नेतर्फ अघि बढेको छ। चीनका लागि यो नौलो र सम्भवतः गैर–हस्तान्तरणीय व्यवस्था हो। यद्यपि, देङका उत्तराधिकारी सि जिन पिङ ‘कनेक्टिभिटी’को पछिल्लो चरणमा चीनका लागि विश्वव्यापीकरणका नेताको रूपमा चिनिन चाहन्छन्। वा विश्वको विशाल क्षेत्रमा भौतिक, आर्थिक र डिजिटल पूर्वाधारको माध्यमबाट व्यापक रूपले जोडिन चाहन्छन्।

    कनेक्टिभिटीको खोजमा बेइजिङले बहुचर्चित ‘बेल्ट एण्ड रोड इनिशिएटिभ’ (बिआरआई)लाई आफ्नो प्रमुख योजना बनायो। यसको लक्ष्य भौतिक र डिजिटल वेबका मध्यमबाट यूरेसियन ल्यान्डमास, अफ्रीका र ल्याटिन अमेरिकालाई समय र स्थानको सन्दर्भमा दबाबमा राख्नु हो।

    कतिपय अनुमानअनुसार, ३–४ ट्रिलियन डलरसम्मको विकास सहायता वा सरल वाणिज्य सम्झौताको बिआरआई परियोजनाको ठूलो हिस्सा विकाशशील देशहरूमा छ। यस सम्झौताका लागि सिले सुरुमा १ ट्रिलियनको प्रतिबद्धता गरेका छन्। वास्तवमा, बिआरआई ग्लोबल साउथ(अल्पविकसित देशहरू)का लागि विशाल विदेशी सहायताका रूपमा देखिन सक्छ। यो पश्चिमी देशको द्धिपक्षीय र बहुपक्षीय सहायतासँगको उच्च प्रतिश्पर्धा हुनसक्छ, जुन नवउदारवादी र मानव अधिकारका ‘शर्तहरू’सँगै जोडिएर आउने गरेको छ।

    जि ७

    इंग्ल्यान्डको कर्नवालमा भएको जि–७ बैठकका क्रममा अमेरिका र बेइजिङबीचको चिसोपना पूर्ण रुपमा देखिएको छ। डोनाल्ड ट्रम्पको विध्वंशात्मक कार्यपछि अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनले पूरानो पश्चिमी गठबन्धन पुर्नजागृत गर्ने असफल प्रयास गरेका छन्। जसले पश्चिमी प्रजातन्त्र र ‘अधिनायकवादी चीन’बीचको संघर्षलाई बल पुर्‍याइरहेको छ।

    अमेरिकी ट्रम्प शासनपछिको राहत महशुस त यहाँ नि प्रष्टै महशुस गर्न सकिन्थ्यो। तर जि ७ को बहाना र शब्दालंकारमा कठोर वास्तविकताहरू लुक्न पुगे। अमेरिकाका केही मित्र राष्ट्रहरूले बाइडेनले उनकै देशभित्रै एउटा अघोषित गृहयुद्धको सामना गर्नुपरेको बारे थाहा पाएका छन् र साथसाथै बाइडेनलाई अस्थिर बनाउन ट्रम्पले नेतृत्व गरेको स्वेत वर्चश्वको रिपब्लिकन पार्टी सक्रिय रहेको पनि ती देशहरूले बुझेका छन्।

    बेलायतले छोडेसँगै युरोपियन युनियन वास्तवमै संकटमा रहेको कुरा युरोपियनहरूले महसुश भएको छ। दोस्रो विश्वदेखिका ३० वर्षसम्ममात्र आर्थिक अस्थिरतालाई झेल्नुपरेको जापान १९७०/८० सम्म विस्तारवादी भइसकेको थियो तर अहिले यो सानो मुलुक जसरी खुम्चन पुगेकोछ।

    जो बाइडेनले प्रस्ताव गरेको बि३डब्ल्यु (बेटर वर्ल्ड पार्टनरशीप) परियोजनाको उद्देश्य बिआरआईलाई टक्कर दिनु हो। यो परियोजना धुमधामका साथ घोषणा गरिएको छ। र, यो विशुद्ध रूपमा प्रतिक्रियाका रुपमा चालिएको कदम हो । यस्ता शुद्ध प्रतिक्रियात्मक कार्यक्रमहरू गम्भीर विचारका साथ अनुसरण गर्न ल्याइन्छ र यी कार्यक्रम प्रायः हतारमा घोषणा गरिन्छन्।

    अवश्य पनि, सबैभन्दा ठूलो समस्या पैसा हो। आर्थिक र सार्वभौमिक ऋणको संकटको सामना गर्दै पश्चिमी देशहरू विआरआईमा चीनको अनुमानित ४ ट्रिलियनसँग मेल गराउनका लागि कहाँसम्म पुग्दैछन्? जर्मनी भने यसमा अपवाद हुनसक्छ।

    वासिङ्टनले एउटा कार्यक्रमका लागि पहिले नै २५० बिलियनको प्रतिबद्धता गरिसकेको छ। यसको सट्टा अमेरिका केन्द्रित उच्च प्रविधियुक्त औद्योगिक नीति कार्यक्रमका लागि द्विपक्षीय सहायता कार्यक्रमलाई राख्न सकिन्छ, जुन संसदमा निश्चित रुपमा पारित हुने प्रतीक्षा गरिरहेको छ।

    भलै आलंकारिक रुपबाट बि ३ डब्ल्यु को घोषणा गरिएको हो। तर, तथ्य यो पनि छ कि जापान र अमेरिका बाहेक जि ७ का बहुसंख्यक देशले चीनले नेतृत्व गरेको एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट ब्यांक (एआइआइबी) मा साझेदारका रूपमा हस्ताक्षर गरेका छन्। केही वर्ष अघि ओबामा प्रशासनले इन्कार गराउन प्रयास गरेपनि ती देशहरूले हस्ताक्षर गरेका हुन्। यी देशका सरकारहरूले आफ्नो हित कहाँ छ भन्ने कुरा राम्ररी बुझेका छन्, साथमा यिनले वासिङ्टनलाई खुशी राख्नका लागि सहज छ भन्ने कुरा पनि बुझेका छन्।

    चीनलाई सुझाव

    मसँग बेइजिङका लागि केही जरुरी सुझावहरू छन्। एउटा सुझाव बिआरआईसँग सम्बन्धित छ। बिआरआई परियोजनालाई बढी वातावरणीय र जलवायुमैत्री बनाइनु पर्छ र यो मानिसहरूको आवश्यकतामा आधारित हुनुपर्छ। अरुन्धती रोयले भनेको जस्तो २० औं शताब्दिको मध्यावधिलाई सम्झाउने खालको ‘विशाल’ टप डाउन प्रोजेक्टजस्तो हुनुहुँदैन।

    साथै, ग्रिन हाउ ग्याँस उत्सर्जनलाई कम गर्न चीनको प्रतिबद्धता हुनुपर्छ। यसमा उ आफ्नो दायरा र गतिमा झनै कट्टर हुनुपर्छ। ग्रीनहाउस ग्यास उत्सर्जनमा विश्वभरका अभियन्ताहरूबाट माग गरिएको प्रतिबद्धता चीनले पूरा गर्नुपर्छ। यसैगरी बेइजिङले अफ्रिका तथा अन्य ठाउँहरूमा विभिन्न परियोजनाको कामका लागि हजारौं चीनियाँ श्रमिकहरूलाई लैजाने काम बन्द गर्नुपर्छ। र, कतिपय ठाउँमा स्थानीय श्रमिकहरूलाई काममा राख्ने र प्रशिक्षित गर्ने काम थाल्नुपर्छ।

    यसका अतिरिक्त, चीनले मिसचीफ रीफ र स्कारबोरो, शोल जस्ता समुन्द्री टापुका संरचनाहरूलाई हत्याउन बन्द गर्नुपर्छ। यी सरंचनाहरू फिलिपिन्सको विशेष आर्थिक क्षेत्रसँग सम्बन्धित छन्। यसले दक्षिण चीन सागरको ९० प्रतिशत हिस्सा उसको अधिकारभित्र पर्ने दाबी गर्छ। यदि यसलाई दक्षिण चीन सागर र पश्चिमी फिलीपीनी सागरमा अमेरिकाबाट उत्पन्न हुने वास्तविक सैन्य खतराको सामना गर्नका लागि रणनीतिक रक्षात्मक कदमको लिइन्छ भने यो काम अवैध र अनुचित छ। यसको सट्टामा, चीनले अमेरिकाको खतरालाई अन्त्य गर्नका लागि सागरलाई असैन्यीकरण गर्ने सन्धीका लागि आसियानको साथ मिलेर काम गर्नुपर्ने हुन्छ।

    अन्त्यमा, बेइजिङले जिनजियाङमा उहीघुर जातिको बलपूर्वक सांस्कृतिक समायोजनलाई पनि अन्त्य गर्नुपर्छ। यस्तै हङकङ र ताइवान चीनको निर्विवाद भाग हुन्। अन्तर्राष्ट्रिय समुदायबाट विवाद नभएको तथ्य सार्वजनिक गरिएपनि यो क्षेत्र तनावग्रस्त हुनुपर्छ। यस क्षेत्रका मानिसहरूलाई आफ्ना अधिकारहरूको बारेमा जानकारी हुनुपर्छ। खासगरी उपनिवेशभन्दा बाहिर रहेका देशहरूसँगको लामो समयको छुट्काराबाट निर्मित राष्ट्रिय पहिचानको अपरिहार्य मुद्दामा उनीहरूका अधिकारका बारेमा जानकारी दिनुपर्छ।

    त्यसैले घरेलु र केही ‘ग्लोबल साउथसँग’को सम्बन्धमा चीनसँग केही समस्याहरू छन्। तर समग्रमा बेइजिङको उदय विश्वका अधिकांश व्यक्ति तथा राज्यका लागि एउटा ठूलो सहयोगीका रूपमा लिन सकिन्छ। चीन साना देशहरूको अर्थव्यस्थालाई शक्ति प्रदान गर्ने खालको विश्वव्यापी आर्थिक शक्ति पनि बनेको छ।

    चीनले ग्लोबल साउथका केही देशहरूलाई वित्तीय सहयोग उपलब्ध गराएको छ। जसबाट ती देशहरूलाई अमेरिका र पश्चिमका बाँकी देशहरूसँगको निर्भरता कम गरेको छ। यी बाहेक अरु देशहरूका लागि चीनकोे उत्प्रेरक पाठ बन्न पुगेको छ। सैन्य शक्ति प्रयोग नगरिकनै अथवा यसले यो हैसियत प्राप्त गरेको छ जबकि पश्चिमको उदय र प्रधानताको लागि उनीहरूले प्रशस्त हिंसा प्रयोग गरेका थिए।

    दृढ निश्चय, धैर्यता तथा सांगठनिकताका कारण चीन धेरै देशका लागि आफैँमा उदाहरण बनेको छ। पश्चिमी देशहरूको वर्चश्वलाई टुटाउन मात्रै होइन, राष्ट्रिय पुनरुत्थानका लागि पश्चिमा साधन नै प्रयोग गर्न सम्भव छ भन्ने उदाहरण हो चीन। दिर्घकालिन दृश्यलाई हेर्दा, चीनको उदयलाई पश्चिमी पूँजीवादको ५०० वर्ष लामो पुरानो दासता अन्त्य गर्न ग्लोबल साउथ (अल्पविकसित देशहरू) को १५० वर्ष पुरानो संघर्षको नविन चरणको रूपमा पनि व्याख्या गर्न सकिन्छ।

    खतराहरू

    हाम्रो अपेक्षामा हामी संयमित हुनुपर्छ। सबैभन्दा बढी अमेरिका जस्ता महाशक्तिहरूबाट होसियार हुनुपर्छ जो अक्सर अरुलाई गिराउनका लागि सबैभन्दा बढी चनाखो रहन्छन्। युद्धको क्षमतामा अमेरिका चीनभन्दा अगाडि छ। किनकि चीनले उससँग भएका स्रोतहरूलाई आर्थिक प्राथमिकता र आर्थिक कुटनीतिमा खर्च गर्ने बताएको छ। यस्तो अन्तरले खतरापूर्ण परिस्थितिको सिर्जना गर्छ। वासिङ्टनले नयाँ सैन्य साहसका साथ आफ्नो तीव्र आर्थिक गिरावटको क्षतिपूर्ति भर्ने प्रयास गर्नका लागि लोभिन सक्छ। अहिले अमेरिकाको ध्यान मध्यपूर्वमा छैन, जहाँ यसका टुकडीहरूलाई जित्न नसकिने संघर्षमा तल पारिन्छ। तर चीनसँग उसको चासो छ।

    त्यसकारण दक्षिण सागरमा सधै अस्थिरता छ। र, यो त्यस्तो ठाउँ बनेको छ, जहाँ शक्तिको अस्थिर सन्तुलनबाहके अन्य कुनै नियमले काम गर्दैन। तर यसो हुँदाहुँदै पनि दुर भविष्यमा समेत अमेरिका र चीनबीच परम्परागत युद्ध हुने सम्भावना छैन।

    के हामी वासिङ्टनको पूर्ण सैन्य–श्रेष्ठताको खतराको बारेमा बुझ्ने सन्दर्भमा धेरै सतर्क छौँ त? अमेरिका २ सय ४५ वर्ष यता, सम्भवतः सबैभन्दा बढी जंगी देश बन्यो। यसले सैन्यको माध्यमबाट विभिन्न क्षेत्रमा कब्जा जमायो। आफ्नो पहिलो १ सय ५० वर्ष उसले सैन्य बलको प्रयोग गरेर सैन्य आधिपत्यलाई प्राप्त गर्‍यो र त्यसपछिको पछिल्लो १०० वर्षमा सैन्य बल कायम राख्यो।

    अमेरिकाले युद्ध नलडेको क्षण अत्यन्तै थोरै होला। वास्तवमा अमेरिकीहरू पछिल्लो २० वर्ष यता अफगानिस्तानमा नियमित रुपले युद्धमा संलग्न रहँदै आएका छन्। र, वासिंगटनको शक्तिशाली ‘आतंकवाद विरुद्धको युद्ध’को लवीले राष्ट्रपति बाइडेनलाई यस वर्षको सेम्प्टेम्बरसम्म अफगानिस्तानबाट पूर्ण रूपमा युद्धबाट फिर्ति गर्ने अनुमति दिनेछ।

    यसलाई चीनसँग तुलना गर्दा, चीनले ४० वर्ष पहिले आफ्नो सीमाबाहिर युद्धका लागि एउटा दस्ता तैनाथ गरेको थियो। भियतनामलाई सजायँ दिनका लागि उसले त्यो बेला त्यस्तो तैनाथी गरेको थियो। तर सो अभियान पिपुल्स् लिवरेसन आफ आर्मीका लागि ठूलो विपदको विषय बन्न पुग्यो, शायद यस विषयलाई बेइजिङ सम्झन चाहँदैन होला।

    वास्तवमा अमेरिकासँग भएका जस्ता अनेक खालको युद्धको अनुभव चीनसँग छैन। चिनियाँ सैन्य रणनीतिकारहरूका लागि सबैभन्दा ठूलो चुनौती नै यही हो। यस्तो अनुभव नहुने कुराले जुनसुकै द्वन्द्वमा पनि उसको सैन्यवस्थाका लागि चुनौती बन्नसक्छ। युद्धका ठूला सिद्धान्तकार क्लाउसेविजको चेलाका रूपमा, युद्धको तयारी गर्नु र युद्धमा रहीरहनुमा ठूलो भिन्नता छ भन्ने कुरा चिनियाँ कम्युनिष्टहरूले राम्ररी जानेका छन्। र, पछि वास्तविक युद्धमा अनुभवको विषय प्रमुख हुनसक्छ भन्ने कुरा पनि उनीहरूलाई थाहै होला।

    केही समय पहिले छापिएको आफ्नो पुस्तक ‘डेस्टाइन्ड फर वार’मा अमेरिकन सुरक्षा अध्ययनसम्बन्धी प्रतिष्ठानका डिन ग्राहम एलिसन आलंकारिक रूपमा सोध्छन्, ‘चीन र अमेरिका यदि युद्धका लागि जुट्ने निश्चितै हो त?’ तर किताबलाई गहिरिएर पढ्दा यसमा भएका आवधिक विरोधका बावजुद यो बेइजिङ र वासिङटनबीच द्वन्दतर्फ नजाओस् भन्ने उदेश्य राखेरै लेखिएको बुझ्न सकिन्छ।

    वास्तवमा अनेक सैन्य माध्यमबाट चीनलाई नियन्त्रित गर्ने विभिन्न तरिकालाई प्रस्तुत गर्नका लागि यो किताब लेखिएको हुनसक्छ।

    अमेरिकी समाजको ‘लडाकु’ इतिहासँग लामो र गहिरो निकटता हुनेहरूका लागि यो कुनै आश्चर्यजनक कुरा होइन। र, यसमा पनि कुनै आश्चर्य मान्नुपर्दैन कि चिनियाँहरूलाई घरभित्रकै राज्यहरूबीचको सम्बन्धमा समेत पूर्ण रूपमा यथार्थवादी हुन सिकाइएको छ। यसर्थ, चीनले वासिङ्टनको अर्को एक उत्तेजक कदमलाई सम्भवमात्रै होइन, सम्भावितकै रूपमा लिनु पनि कुनै आश्चर्यको कुरा होइन।

    १०० वर्ष लामो संकट र द्बन्द्वबाट गुज्रिएका सीसीपीका नेताका लागि यतिखेरको प्रश्न, हुन्छ कि हुन्न भन्ने होइन, कहिले, कहाँ र कसरी त्यस्तो उत्तेजक कदम चालिन्छ भन्नेमात्रै हो।

    एफपीआइएफबाट मेनुका बस्नेतको अनुवाद।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      वाल्डेन बेल्लो

      वाल्डेन बेल्लो

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.